चुलाचुलीमा स्यालोट्युब

चुलाचुली/ दक्षिण इलामको चुलाचुली गाविसका विभिन्न वडामा स्यालो ट्युववेल गाड्ने कार्यले तिव्रता पाएको छ ।
भुमिगत जलस्रोत विकास समिति शाखा कार्यालय विराटनगर र चुलाचुलीस्थित नमुना भुमिगत जल उपभोक्ता समिति चुलाचुली–६ को सहकार्यमा आर्थिक वर्ष ०६७÷०६८ देखि थालिएको सो कार्यले तिव्रता पाएको उपभोक्ता समितिका अध्यक्ष अर्जुन गिरीले जानकारी दिए ।
गत आर्थित वर्षमा परीक्षणका लागि २ ओटा स्यालोट्युवेल गाडिएकोमा यस आर्थिक वर्षमा सो संख्या ४७ पुगेको बताइएको छ । चुलाुलीका ३, ४, ६ र ७ नम्बर वडाहरुमा गाडिएका स्यालो ट्युववेलका माध्यमबाट हालसम्म त्यहाँको १ सय ८८ विगाह कृषि योग्य जमिनमा सिंचाई सुविधा पुगेको समितिका सह–सचिव छविराज ढकालले बताए ।
समितिका अनुसार चुलाचुली गाविस भर ५ सय संख्यामा स्यालो ट्युववेल गाड्ने लक्ष्य रहेको छ । त्यस्तै भुमिगत जलस्रोतकै सहयोगमा गाविसका विभिन्न स्थानहरुमा चुरे भु–भाग छेउछाऊ डीप ट्युववेल गाड्ने तयारी अन्तिम चरणमा पुगेको बताइन्छ । डीप ट्युववेलका लागि चुलाचुली–६ का ८० घर परिवारले १ लाख ५० हजार रुपैयाँ धरौटी रकम जम्मा गर्ने कार्य अन्तिम चरणमा पुगेको अध्यक्ष गिरीको भनाई छ ।
वडा नम्बर ६ मा डीप ट्युववेलको परीक्षण कार्य पछि क्रमशः सम्भावित वडाहरुमा यो प्रविधि पु¥याउने लक्ष्य समितिको रहेको छ । एक डीप ट्युववेलको मद्दतले ८० देखि १ सय बिगाह जमिनमा सिंचाई गर्न सकिने भुमिगत
जलस्रोत विकास समितिले जनाएको छ । भुमिगत जलस्रोत र उपभोक्ता समिति बीच गत आर्थिक वर्षमा भएको सम्झौता बमोजिम कार्य गर्नसके २ करोड बराबरको लागतमा सिंचाई पूर्वाधार बन्ने बताइन्छ ।

0 प्रतिकृया:

Post a Comment