हाईड्रो हाउस:

दक्षिणी इलामको दानाबारीमा निमार्णाधीन सानिमा माई हाईड्रपावर लिमिटेडको विद्युत उत्पादन गृह । यो हाईड्रपावर निर्माण सम्पन्न भएपछि २२ मेगावाट क्षमताको विद्युत उत्पादन हुनेछ । तस्विर : राम योङ्हाङ ।

12

भुकम्प गयो

काठमाडौं÷बुधबार ४ दशमलव २ रेक्टर स्केलको भूकम्प गएको छ । अपरान्ह २ बजेर ३४ मिनेट जाँदा ४ दशमलव २ रेक्टर स्केलको भुकम्प गएको खानी तथा भुगर्भ विभाग राष्ट्रिय भुकम्प मापन केन्द्र लैनचौरले रेकर्ड गरेको छ । भुकम्पको केन्द्रविन्दु दैलेख जिल्लाको डाँडा गाउँ आसपास भएको विभागले जनाएको छ । भुकम्पबाट कुनै ठूलो क्षति भने भएको छैन...

अमेरिकामा नेपालीको हत्या

एटलान्टा÷अमेरिकास्थित जजर्या राज्यको एटलान्टास्थित डेक्लाब काउन्टीमा रहेको बीपी ग्याँस स्टेशनमा कार्यरत एक नेपालीको हत्या भएको छ । सो ठाउँ बस्ने ३९ वर्षीय दामोदर पाठक को सोमबार स्थानीय समय राती करिब साढे ११ बजे गोली प्रहारबाट हत्या भएको हो । ग्याँस स्टेशन स्टोरमा राखिएको भिडियो क्यामेराबाट हेर्दा रातीको करिब साढे ११ बजे दुई जना व्यक्ति स्टोरभित्र छिरेका र तिनै व्यक्तिहरुले रजिष्टर्डबाट नगद लुटेका थिए । पाठकमाथि तिनै लुटेराहरुले गोली प्रहार गरेको स्थानीय प्रहरीलाई उद्धृत गर्दै स्थानीय टेलिभिजनले जानकारी दिएको छ । पाठकको छातीमा गोली लागेको र...

आज खानेपानीको साधारणभा

दमक÷ दमक खानेपानी तथा सरसफाई उपभोक्ता संस्था दमकको आज १७ औं साधारण सभा हुँदैछ । गत कार्तिक-४ गते भएको निर्वाचनले नयाँ कार्यसमिति चयन भएपछि पहिलो पटक साधारण सभा हुन लागेको हो । साधारण सभाले आर्थिक वर्ष ०६७÷६८ को कार्यसम्पादन बारे छलफल र आर्थिक वर्ष २०६८÷६९ को अनुमानित बजेट तथा कार्यक्रम तय गर्ने अध्यक्ष पशुपतिराज गौतमले बताए...

म्याटि्रक्सद्वारा सम्मानित

बेलडाँगी÷ मनोक्रान्ति मिनि म्याटि्रक्स बेल्ाडाँगी झापाले बुधबार बिभिन्न व्यक्तिलाई अभिनन्दन गरेको छ । विगत तीनवर्षदेखि शरणार्थी शिविरमा निःशुल्क योग साधना प्रदान गर्दै आइरहेको म्याटि्रक्सले भूटानी शिविरमा योगदान पुर् याउने विभिन्न विधाका सात स्रष्टालाई अभिनन्दन गरेको हो । म्याटि्रक्सको हलमा भएको समारोहमा भूटानी शरणार्थी अगुवा डा। भम्पा राई दार्जिलिङ निवासी संगीतकार मणिकमल क्षेत्री रंगकर्मी प्रकाश आङ्देम्बे भूटानी स्रष्टा याम थुलुङ लिला निशा र मनोक्रान्तिका साधकहरु क्षमानन्द र ग्लिमलाई अभिनन्दन गरिएको हो । उनीहरुलाई कार्यक्रममा प्रमुख अतिथि...

पृथ्वी जयन्ती मनाइयो

दमक÷पृथ्वीनारायण शाहको २ सय ९० औँ जन्मजयन्ती बुधबार मुलुकभर विविध कार्यक्रम गरी मनाइएको छ । जयन्तीका अवसरमा काठमाडौंको िसंहदरबार अगाडि रहेको पृथ्वीनारायण शाहको प्रतिमामा माल्यार्पण गरियो । यस दिनलाई राष्ट्रिय एकता दिवसमा रुपमा स्मरण गरिदै आए पनि गणतन्त्र स्थापना भएपछि भने सरकारले दिवस मनाउन छाडेको हो । शाहको जन्म वि।सं। १७७९ साल पुस २७ गते अर्थात् गोरखामा भएको थियो । यसै अवसरमा राप्रपा नेपालले बुधबार साँझ बिभिन्न स्थानमा दीप प्रज्वलन गरेको छ । दमक चोकमा जिल्ला उपाध्यक्ष बीरेन्द्र संग्रौलाको नेतृत्वमा दीप प्रज्वलन गरिएको थियो । त्यसैगरी मेचीनगर...

मुम्बईमा झापालीको मृत्यु

दुधे÷रोजगारको शिलशिलामा भारतको मुम्बईमा रहेका झापा सतासीधाम ६ नहर चोकका एक जनाको रहस्यमय मृत्यु भएको छ । ३६ वर्षीय लक्ष्मी बस्नेत ८ दिन अघि मृत भेटिएका हुन् । उनको शरीरमा घाउ चोट देखिएकाले मृत्यु रहस्यमय भएको भारतीय प्रहरीलाई उद्धृत गर्दै मृतकका दाजु नारायण बस्नेतले जानकारी दिए । उनका अनुसार बस्नेतको मृत्यु विषयलाई लिएर मुम्बई प्रहरीले महाराष्ट्रका एक व्यक्तिलाई पक्राउ समेत गरेको छ ।उनको शव ८ दिनपछि बुधबार बिहान घर ल्याइएको थियो । उनको सोहि दिन कन्काई नदीमा दाहसंस्कार गरिएको छ । स्वर्गीय बस्नेतकी श्रीमती र जुम्ल्याहा छोरा छन्...

पशुपति सदनका लागि ७० लाख

दमक÷दमक-११ स्थित पशुपति मन्दिरमा पशुपति सेवा सदन निर्माणका लागि स्थानीबासीहरुले ७० लाख रुपैयाँ भन्दा बढी बजेट सहयोग गरेका छन् । बिभिन्न दाताहरुले प्रदान गरेको सहयोगका भरमा भवन निर्माण गरिएको भवन निर्माण समितिका अध्यक्ष नन्दी अधिकारीले बताए । उनका अनुसार भवन निर्माणका लागि दमक नगरपालिकाले १० लाख रुपैयाँ उपलब्ध गराएको छ । ७ तला निर्माणको दिर्घकालिन योजना बनाइएको भवनको हाल दुईतला निर्माण गरिएको छ । दानको बचन दिएका दाताहरुबाट २० लाख रुपैयाँ उठ्न बाँकी रहेकाले सो रकम समेत संकलन कार्य भइरहेको निर्माण समितिका सचिव राम थापाले बताए । २०६६ सालको जेठदेखि...

यातायात बन्द फिर्ता

दमक÷पूर्वमा थारुवान कोचिला राज्य संयुक्त संघर्ष समितिले बुधबारदेखि तीन दिनसम्म आह्वान गरेको पूर्वका ६ जिल्ला बन्द फिर्ता लिएको छ । शान्तिमन्त्री सत्या पहाडीले बुधबार पत्राचार गरी बन्द हड्ताल छाडेर वार्तामा आउन आग्रह गरेपछि बन्द फिर्ता भएको संघर्ष समितिका अध्यक्ष सन्तोष थारुले जानकारी दिए । बुधबार अपरान्ह झापाको बिर्तामोडमा समेत बन्दकर्ताहरुले कोणसभा गरी बन्द कार्यक्रम फिर्ता भएको जनाउ दिएका छन् । कोणसभामा मोर्चाका जिल्ला संयोजक गया राजवंशीले सो जानकारी दिएका हुन् । समितिले विभिन्न ६ बुँदे माग राख्दै तराईका ´ापा मोरङ सुनसरी सिरहा सप्तरी र...

कांग्रेस एमालेले बढाए राजनीतिक सकि्रयता

बिर्तामोड÷ पछिल्लो समय झापामा नेपाली कांग्रेस र नेकपा एमालेले पार्टीको संगठनात्मक राजनीतिक सकि्रयता बढाएका छन् । एमालेको भातृ संगठन युवा संघ नेपालले राष्ट्रिय कार्यकर्ता भेला भोलि पुष २९ गते देखि बिर्तामोडमा गर्ने भएपछि झण्डै १ महिना यता नै केन्द्रीय नेताहरुको दौडधुप जिल्लामा चलिरहेको छ । पार्टीमा वरियताका हिसाबले तेस्रो वरियता पाएका स्थायी कमिटी सदस्य केपी शर्मा ओलीको गृह जिल्ला झापामा हुने युवा संघ नेपालको कार्यकर्ता भेलालाई बृहत बनाउन मात्र नभई पार्टी एकता तथा संगठन सुदृढिकरण अभियानको समेत...

इन्टरनेट म अनि तपाई

इन्टरनेट भनेको के हो भनेर कसैले सोधिहाल्यो भने हामी धेरै जसोले एउटा सामान्य कम्प्युटर देखाउँछौं । त्यसैबाट इमेल पठाउने, पाउने र चाहिएको सूचना प्राप्त गरिन्छ । इन्टरनेटको व्याख्या यतिले मात्र पुग्दैन र सायद मैले पनि पुरा दिन सक्दिन । तर म कोसिस गर्नेछु । यो आँखा नदेख्ने मानिसहरूलाई हात्ती कस्तो छ भनि सोध्दा कसैले खम्बा जस्तो छ, कसैले पहाड जस्तो छ र कसैले पाइप जस्तो छ भनेको जस्तै पनि हुन सक्छ । सबै यसको अन्तर गहिराइसम्म पुग्न सक्दैनन् र आफुले जस्तो रूपमा देख्यो उस्तै जवाफ दिएको पाइन्छ । संसारमा करोडौ कम्प्युटरमा सूचना तथा जानकारी राखिएको...

नवरङ्ग र रङ्गहरुमा विविधता

नेपाली साहित्याकाशलाई धरमपुरको माटोबाट प्रक्षेपण गरिएको क्षेप्यास्त्र हो नवरङ्ग साहित्य प्रतिष्ठान । तथापि झापाली यो नवरङ्गको आलोक बारे शिक्षित वौद्धिक चेतनशील र सभ्य भनिएको झापाली समाज अझै बेखबर छ । नवरङ्गले विगत करिब २ दशक अघि देखि झापाली पहिचान उचाल्न भरमग्दुर प्रयास गर्दै आएको छ । मुलुक भरका र मुलुक भन्दा बाहिर बसेर नेपाली भाषा र साहित्यका लागि समय श्रम र जीवन दिने स्रष्टा र द्रष्टाहरुलाई चिन्ने पहिचान गर्ने सम्मान गर्ने पुरस्कृत गर्ने देखि भाषा साहित्यको धरोहर थप्ने कार्यमा नवरङ्ग अनवरत...

बहुसांस्कृतिक महत्वको माघे सक्रान्ति

माघे संक्रान्तिका अवसरमा प्रत्येक वर्ष मुलुकका विभिन्न स्थानहरुमा मकर संक्रान्ति मेला लाग्ने गरेको छ । पूर्वााचलका कन्काई माई सुनसरीको बराहक्षेत्र चितवन र तनहुँको बीच भएर बग्ने त्रिशुली नदीको किनारामा अवस्थित देवघाट लगायतका हिन्दु धार्मिक महत्वका दृष्टिले प्रख्यात स्थानहरुमा मकर नुहाउने अनुष्ठान गर्ने र रमाईलो मेलाहरुको आयोजना हुँदै आएका छन् । यस्ता मेलाहरुमा मुलुकका विभिन्न जिल्लाका मानिसहरुको जमघट हुने गर्दछ । तिर्थालु श्रद्धालु र मेलामा सहभागिताकै निम्ति मात्रै पनि नेपाल र नेपाल बाहिरका मानिसहरुको माघे संक्रान्ति मेलाहरुमा सहभागिता रहँदै...

दुवईमा उग्रचण्डी सहकारी

त्रिलोचन कोईराला दुवई÷ब्ौदेशिक रोजगारीका लागि दुवई आएका नेपालीले विदेशमा नै सहकारी स्थापना गरेका छन् । हाल यहाँ उग्रचण्डी बचत तथा ऋण सहकारी संस्थाको स्थापना भई संचालन भइरहेको छ । २०६६ माघमा स्थापना भएको सहकारीले २ बर्षमा २५ लाख बढी बचत संकलन गरेका छन् । १५ जना नेपालीहरुले सामान्य बचतको निम्ति संचालन गरेको सो सहकारी अहिले नेपालीका साथै भारतीयबंगालादेश तथा फिलिपिनी नागरिक पनि आवद्ध छन । सहकारीमा अहिले ९५ जना सदस्य रहेको ब्यावस्थापक पिृथ सुबेदीले बताए । प्ाुर्णचन्द्र न्यौपाने को संयोजनमा स्थापित...

दमक क्याम्पसलाई ुक्युएएु

२८पुष दमक÷ दमक बहुमूखी क्याम्पसमा साचालित दोश्रो उच्च शिक्षा परियोजना-सेप अन्तर्गत गुण्स्तर सुनिश्चितता तथा प्रत्यायन प्रमाण पत्र-ुक्युएएु पाएको छ । बुधबार बसेकेा विश्व विद्यालय अनुदान आयोगको बैठकले दमक क्याम्पसलाई सो प्रमाण पत्र दिने निर्णय गरेको क्याम्पस साचालक समितिका अध्यक्ष सुरेस सुव्बाले बताए । प्रमाण पत्र प्रदान गरिने निर्णयले क्याम्पसको शैक्षिक गुणस्तर अन्तराष्ट्रिय स्तरको भएको ठहरिएको उनको भनाई छ । क्याम्पसका सेप सायोजक राम थापाले आयोगको निर्णयबाट आफुहरु थप उत्साहित भएको बताए ।...