हाईड्रो हाउस:

दक्षिणी इलामको दानाबारीमा निमार्णाधीन सानिमा माई हाईड्रपावर लिमिटेडको विद्युत उत्पादन गृह । यो हाईड्रपावर निर्माण सम्पन्न भएपछि २२ मेगावाट क्षमताको विद्युत उत्पादन हुनेछ । तस्विर : राम योङ्हाङ ।

12

रेडक्रसको तालिम

उर्लाबारी ÷नेपाल रेडक्रस सोसाइटी उपशाखा उर्लाबारीले गोदाम ब्यवस्थापन तथा लेखा तालिम सम्पन्न गरेको छ । उपशाखाको कार्यालयमा भएको सो तालिममा कार्यसमितिका पदाधिकारी जुनियर रेडक्रसका सर्कलका शिक्षक नायक र आजीवन सदस्यहरुको सहभागिता रहेको उपशाखा सभापति जीतबहादुर खत्रीले बताएका छन् । जिल्ला शाखाका प्रशिक्षक अग्नि प्रसाईसहितले सहजीकरण गरेका थिए...

सूचनाको वर्गीकरण लागू नगर

काठमाडौं÷सर्वोच्च अदालतले सूचनाको वर्गीकरण हालका लागि कार्यान्वयन नगर्न सरकारका नाममा मंगलबार अन्तरिम आदेश जारी गरेको छ । हालै सरकारले १ सय ४० प्रकारका सूचनामा प्रतिबन्ध लगाउने निर्णय गरेको थियो ।सरकारको उक्त निर्णयको विरुद्ध प्रजातान्त्रिक लयस्र एशोसिएसनले सर्वोच्चमा दायर गरेको रिटको पहिलो सुनुवाइ गर्दै न्यायाधीश वैद्यनाथ उपाध्यायको एकल इजलाशले उक्त आदेश जारी गरेको हो ।सर्वोच्चले अन्तरिम आदेशलाई निरन्तरता दिनुपर्ने नपर्नेबारे २२ गते दुवै पक्षलाई छलफलका लागि अदालतमा आउन पनि भनेको छ । यसैबीच नेपाल पत्रकार महासंघका अध्यक्ष शिव गाउँलेले सरकारले तत्काल...

कालिका उच्च मा.वि.ले उपाधी जित्यो

उर्लाबारी÷सहिद दिवसको अवसरमा मोरङको उर्लाबारीमा साचालित अन्तर माध्यमिक र उच्च मा।बि। स्तरीय भलिबल प्रतियोगिताको कालिका उच्च मा।बि। टाँडीले हात पारेको छ । आदर्श क्लब उर्लाबारी-१ को आयोजनामा स्थानीय सप्तकोशी उच्च मा।बि।sाे मैदानमा साचालित सो प्रतियोगिताको सोमबार सम्पन्न फाइनल खेलमा राधिका उच्च मा।बि। उर्लाबारीलाई हराउँदै उपाधी हात पारेको हो । खेलको पहिलो सेटमा २३-२५ को अन्तरले पराजित भएको कालिका उच्च मा।बि।ले दोस्रो तेस्रो र चौथो सेटमा क्रमश ः २५-१७ २५-१७ र २५-१६ ले हराउँदै एक सेट बाँकी हँुदै उपाधी माथी कब्जा जमाएको थियो । उपाधीसँगै कालिकाले नगद...

देवकोटाको रित्तो यादहरु

दमक÷बिभिन्न चलचित्र तथा टेलिचलचित्रमा अभिनय गरिसकेका बिष्णुबाबु देवकोटाले ुरित्तो यादहरु गिती एल्बम् बजारमा ल्याएका छन् । एल्बम्मा उनले लेखेका ९ ओटा गीत संग्रहित छन् । एल्बम् बारे जानकारी दिन मंगलबार दमकमा गरिएको पत्रकार भेटघाटमा गीतकार देवकोटाले एल्बम्मा सुगम शैलीका गीतहरु रहेको जानकारी दिए । वालन्द राईको संगीत रहेका गीतहरु उदय सोताङ राजेशपायल राई दीपक लिम्बू सत्य÷स्वरुप आचार्य रीमा गुरुङ र सन्ध्या राईको स्वर रहेको छ । फोटो पनि...

अधिक मदिरा सेवनले मृत्यु

उर्लाबारी÷अत्याधिक मादक पदार्थ सेवन गरेका कारण एक रिक्सा मजदुरको मृत्यु भएको छ । झापाको महारानीझोडा-२ घर भई दमक-१५ मा बस्दै आएका करिब ६० बर्षीय हेमबहादुर पौडेलको सोमबार राति उर्लाबारीस्थित मधुमल्ला बस स्टेण्डमा मुत्यु भएको प्रहरीले जनाएको छ । अत्याधिक मादक पदार्थ सेवनको कारण पौडेलको मुत्यु भएको अनुसन्धानको क्रममा खुलेको इलाका प्रहरी कार्यालय उर्लाबारीले जनाएको छ । घोप्टो परेर दुबै हात आफ्नै शरीरले थिचेको नाक र दाँत भाँचिएको र मुखबाट रगत बगेको अवस्थामा पौडेलको शव फेला परेको थियो । उनी चार दिनदेखि उर्लाबारीमा रिक्सा चालकको रुपमा काम गर्दै आएका थिए...

वशिष्ठ समाजको भवन

दमक÷बशिष्ठ भण्डारी समाजले दमक-१८ मा सामुदायिक भवन निर्माण शुरु गरेको छ । भवनको समाजका केन्द्रीय अध्यक्ष दुर्गाप्रसाद भण्डारी उपाध्यक्ष तथा झापाका प्रमुख जिल्ला अधिकारी गेहनाथ भण्डारी तथा महासचिव दुर्गाप्रसाद भण्डारीले सिलान्यास गरेका हुन् । बशिष्ट बन्धु तथा बिभिन्न क्षेत्रबाट प्राप्त सहयोगले भवन निर्माण सम्पन्न गरिने भवन निर्माण समितिका संयोजक परमानन्द भण्डारीले जानकारी दिए । सो स्थानमा समाजको ४ कठ्ठा १६ धुर जग्गा रहेको जनाइएको छ...

महोत्सवमा मुन्द्रे

दमक÷दमकमा जारी आदिवासी जनजाति सांस्कृतिक महोत्सवमा मंगलबार जितु नेपाल अर्थात् मुन्द्रेले दर्शकलाई हसाए ।टेलिभिजनमा मात्र देखेका धेरैजसो दर्शक सामुन्नेमा ुमुन्द्रेकोु प्रहसन देखेर दंग परेका थिए । यस्तै मंगलबार लोकपि्रय गायक कुबेर राईले बिभिन्न गीत गाएर दर्शकलाई मन्त्र मुग्ध बनाए । यस्तै जसेहाङ राईले गीत गाए मुना राईले पनि बिभिन्न गीत गाएका थिए । मंगलबार नै महोत्सवमा किरात याक्खा छुम्माको सांस्कृतिक प्रदर्शनी समेत गरियो । महोत्सवमा आज तामाङ जातिको सांस्कृतिक प्रदर्शनी गरिनुका साथै गायिका शितल र शिवानी...

होटल व्यवसायीहरुको जोड

उर्लाबारी÷होटललाई स्वच्छ व्यवसायका रुपमा साचालन गरिनुपर्ने उर्लाबारीका होटर व्यवसायीले बताएका छन् । होटल तथा पेय पदार्थ व्यवसायी संघ उर्लाबारीको १३ औं स्थापना दिवसको अवसरमा मंगलबार मोरङको उर्लाबारीमा आयोजित कार्यक्रमका वक्ताले सो कुरा बताएका हुन् । संघका सल्लाहकार मनोहरी दाहालले होटल व्यवसायका नाममा अनैतिक कि्रयाकलाप गराउनेले छुट पाउन नहुने बताए । संघका सदस्य मुक्ती न्यौपानेले राज्यले निषेध गरेका कि्रयाकलाप होटल व्यवसायभित्र भएमा सङ्गठनले विरोध गर्नुपर्ने उल्लख गरे...

मेलाबाट पाँच पक्राउ

पाँचथर÷मेलाको अवसर छोपी स्थानीयलाई ठग्दै गरेको अवस्थामा प्रहरीले पाँच भारतीय नागरिकलाई पक्राउ गरेको छ । प्लाष्टिकका फूल बिक्री गर्ने बहानामा स्थानीय पसलहरुबाट रकम ठगी गरेको भन्दै प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । प्रहरीका अनुसार उनीहरुले स्थानीय बासिन्दाबाट ठूलो रकम ठगी गरेको पाइएको छ । प्रहरी निरीक्षक याम पौडेलले पक्राउ परेका भारतीय नागरिकहरुको बारेमा छानबिन भइरहेको बताए । पक्राउ पर्नेहरुमा भारतीय नागरिक सुन्दर िसंह भीम िसंह चन्द्रमान िसंह गजु िसंह र मंगल िसंह रहेको प्रहरीले जनाएको छ । अनुसन्धानपछि ठगी मुद्दा चलाउने तयारी प्रहरीले गरेको छ...

रोकिएन हात्तिको उपद्रो

बिर्तामोड÷सोमबार राति आएको जंगली हात्तीले झापाको धाईजन-६ की मनोमया चेम्जोङको घर भत्काएको छ । राति १ बजेतिर आएको हात्तीले घर भत्काउँदा ४५ हजार रुपैयाँ बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । हात्तीलाई प्रहरी तथा स्थानीयबासीले धपाएका थिए । यसैबीच झापाको चारआली-चन्द्रगढी क्षेत्रको जंगलमा हात्ती बसेर स्थानीयबासीलाई दुःख दिएको जनाउँदै मंगलबार सुरक्षाकर्मीले हात्तीको खोजी गरेका छन् । जिल्ला वन कार्यालयका कर्मचारी वन रक्षक सशस्त्र प्रहरी जनपथ प्रहरी लगायतको टोलीले दिन भर हात्ती खोजे पनि फेला पार्न नसकेको प्रहरीले जनाएको छ...

विद्युत चोरी गर्ने २७ पक्राउ

ईटहरी÷विद्युत चोरी गरेको आरोपमा सुनसरीका बिभिन्न स्थानबाट २७ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । ईनरुवा नगरपालिका तथा नरिसंह र डुम्राहा गाविसबाट उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो । उनीहरु मध्ये २३ जनालाई जनही ३ हजार १ सय र एक जनालाई ७ हजार ५ सय ९ रुपैयाँ जरिवाना तिराएर छोडिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।&nb...

पौडी खेल्दा मृत्यु

सुरुङ्गा÷कन्काई खोलामा पौडी खेल्ने क्रममा ढुङ्गामा ठोकिएर एकजनाको मृत्यु भएको छ । सुरुङ्गा-४ स्थित कन्काई खोलामा सोमबार पौडी खेल्ने क्रममा झापा शनिश्चरे-१ का २२ वर्षीय निलकुमार सुब्बाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । ढुङ्गामा ठोकिएर गम्भिर घाईते भएका उनको बीपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानमा उपचारका क्रममा मृत्यु भएको हो । त्यसैगरी आफ्नै घरमा रहेको मिलको फित्तामा परेर झापा भद्रपुर-१३ की एक व्यक्ति घाईते भएका छन् । मंगलबार अपरान्ह सो ठाउँका राम कामतीको धान कुट्ने मिलमा परेर बाँया खुट्टा काटिएको हो । उनको स्थानीय...

ूएरोबिक एक्सरसाइजमा महिलाहरुको बढ्दो लोकपि्रयताू

वैद्य योग प्रशिक्षक श्री गंगा ढकाल स्वस्थ्य जीवन जिउने कुरा कसलाई पो रहर नलाग्ला र ! आफूलाई स्वस्थ्य राख्न मानिसले मात्रै होइन सबै प्राणिले अनेकौ प्रयत्न गरेकै हुन्छन् । त्यसमा पनि सर्वश्रेष्ठ प्राणि मानिने मानिस अझ झन् चनाखो नै हुन्छ अनेकाँै उपायको खोजी गरेकै हुन्छ । स्वस्थ रहनको लागि व्यायाम आहार विहार र व्यावहारको उत्तिकै भूमिका भएतापनि व्यायामको भने महत्वपूर्ण भुमिका हुन्छ । व्यायाम एक्सरसाईज मानिसले उमेर अनुसार क्षमता अनुसार रोग अनुसार अवस्था अनुसार विभिन्न मोडलका एक्सरसाइजहरुको प्रयोग गरेका हुन्छन् । कोहि जीम हाउस र फिटनेस सेन्टर जान्छन्...

प्रतिक्रान्तिकारी र जनविद्रोहको संघारमा मुलुक - दोस्रो लेख

निधिरत्न अधिकारी प्रतिक्रान्ति भनेको सयौँ वर्षदेखि नेपाली राजनीतिको अग्रभागमा रहेर जनता र देशको नाम बेचेर अचुक सम्पत्ति आर्जन गर्ने सम्भ्रान्त कुलिन वर्ग सामन्त साम्राज्य र विस्तारवादका आसे पासहेरु अनि तिनका चिल्ला सुकिला सल्लाहकार र वुद्धिजीविहरु र मैला धैला क्रान्तिको विगुल फुक्ने देश र जनताको समग्र संवृद्धिको सपना देख्ने क्रान्तिका अगुवाहरु त्यसमा चलायमान कार्यकर्ता शुभ चिन्तक जनताको अन्तरद्वन्द्वको चरम उत्कर्ष रुप नै प्रतिक्रान्ति हो । भने जनविद्रोह भनेको त्यहीँ क्रान्तिको सपनामा रमाईरहेका त्यसैको आडमा जनजिवीकामा जीवन व्यतित गर्नेहरु जुन करौडौँ...

पहिलो लेख-प्रस्तावित मिडिया नीतिको सार्थकता

लक्की चौधरीनेपाली पत्रकारिताको सवा सयको इतिहासकालमा सनद देखि विभिन्न मिडिया नीति ऐन र आचारसंहिताहरु जारी गरिए । ती ऐन नियम तथा आचारसंहिताहरु समयानुकुल परिमार्जन तथा संशोधन हुन नसक्दा साचार पनि परम्परावादी महसुस भए । नेपाली पत्रकारिताको इतिहास लामो भएपनि यसले फुल्ने तथा फक्रने अवसर २०४६ पछिमात्र पायो । छयालिस सालको जनआन्दोलनले प्रेस र अभिव्यक्ति स्वतन्त्रताको Ôेत्रमा महत्वपूण्र्ँ सुधार ल्याएको मान्न सकिन्छ । ०४७ सालको संविधानले प्रेस अधिकारलाई मौलिक अधिकारको रुपमा स्थापित गर् यो । त्यसपश्चात् ०४९ सालमा आएको तत्कालिन ऐनले निजी Ôेत्रलाई रेडियो र...

सरकारको दिग्भ्रम अन्त्य हुनुपर्छ- सम्पादकीय

एकीकृत माओवादी र मधेसी मोर्चाको गठबन्धन सरकारका गतिविधि र निर्णयहरु दिनानुदिन विवादित बन्दै गएका छन् । सरकारले दिनहुँजसो मन्त्री परिषद् बैठकबाट गर्दै आएका निर्णयहरुको विरोध जनस्तरबाट हुन थाल्नुले सरकारको आयु बढ्ने वा घट्ने आफै स्पष्ट छ । जनताले थेग्नै नसक्ने गरी पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको भन्दै मुलुकभर विरोधका टायर बलेका छन् । सरकारका मन्त्रीहरुको उपस्थितिलाई कालो झण्डा देखाएर स्वागत गर्न थालिएको छ । त्यस्तै माओवादी सशस्त्र द्वन्द्वका समयमा विद्रोहीका रुपमा उसले स्थापना गरेको जनसत्ताका माध्यमबा गरिएका विभिन्न खाले निर्णयहरुलाई वैधानिकता...