हाईड्रो हाउस:

दक्षिणी इलामको दानाबारीमा निमार्णाधीन सानिमा माई हाईड्रपावर लिमिटेडको विद्युत उत्पादन गृह । यो हाईड्रपावर निर्माण सम्पन्न भएपछि २२ मेगावाट क्षमताको विद्युत उत्पादन हुनेछ । तस्विर : राम योङ्हाङ ।

हाईड्रो हाउस:

दक्षिणी इलामको दानाबारीमा निमार्णाधीन सानिमा माई हाईड्रपावर लिमिटेडको विद्युत उत्पादन गृह । यो हाईड्रपावर निर्माण सम्पन्न भएपछि २२ मेगावाट क्षमताको विद्युत उत्पादन हुनेछ । तस्वि

‘धरासयी बन्दै इलम प्रशिक्षण केन्द्र’

विष्णु सुब्बा
दमक, १२ साउन/दमकको इलम प्रशिक्षण केन्द्र धरासयी बन्दै गएको छ । सम्झौता अनुसारको सहयोग नपाएपछि पूर्वकै ट्रेड स्कूलको रुपमा स्थापित हुने लक्ष्य बोकेको केन्द्र दिनानुदिन नाजुक बन्दै गएको हो ।
नेपाल सरकार, नेपाल उद्योग वाणिज्य महासंघ र प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सिटीइभिटी) को संयुक्त लगानीमा दमक सहित देशभर खुलिएका १० ओटा त्यस्ता ट्रेड स्कूलहरू अधिकांश बन्द हुने अवस्थामा छन् । २०६१ सालमा पहिलो चरणमा पाँचै ओटै विकास क्षेत्रहरूमध्ये दमक, नुवाकोट, कञ्चनपुर, सुर्खेत, नवलपरासीमा एकैसाथ स्थानीय स्तरमा ती ट्रेड स्कूल सञ्चालनमा आएका थिए । पछि थप ५ ओटा ट्रेड स्कूलहरू स्थापना भएका बताइएको छ ।
अर्ध शिक्षित, बेरोजगार, गरीब तथा आर्थिक विपन्नता भएका युवापुस्तालाई सीपमूलक तालिम दिएर दक्ष र स्वरोजगार बनाउने हेतुले साझेदारीमा खोलिएका ट्रेड स्कूलहरूले पछिल्ला वर्षहरूमा सरोकारवाला निकायहरूबाट सहयोग नपाएपछि समस्या झेल्दै आएका छन् ।
दमक–१३ स्थित अलपत्र बनेको इलम प्रशिक्षण केन्द्रको एक तले पक्की भवन । फोटो : पिपुल्स टाइम्स

दमकको इलम प्रशिक्षण केन्द्रका प्रमुख वेदु गौतमले सरोकारवाला निकायले सहयोग नगरेका कारण संस्थालाई नियमित चलाउन समस्या आएको बताए । आफ्नै स्रोतबाट केन्द्र चल्न सक्ने अवस्था छैन, सरकारको सहयोग रोकिएपछि नियमित कामकाज नै प्रभावित बन्न पुगेको प्रमुख गौतम बताउँछन् । उनले भने –‘दक्ष जनशक्ति उत्पादन गर्ने अवधारणा सहित राज्यका विभिन्न निकायले अनिवार्य सहयोग गर्ने सम्झौता अनुसार स्कूल खुले, अहिले सहयोगी निकाय चुपचाप बस्दा सञ्चालन गर्नै समस्या परेको छ । ’ मुख्यगरी उच्च स्तरीय ती निकाय सहित स्थानीय तहमा जिविस, नगरपालिका र सरकारले सञ्चालन गर्ने विभिन्न निकायका सीपमूलक तालिमहरू गराउने र सहयोग पु¥याउने भनिए पनि पछिल्ला वर्षहरूमा कसैको सहयोग नआएको केन्द्रले जनाएको छ ।
केन्द्रको व्यवस्थापन समितिका अध्यक्ष प्रकाश प्रसाईले सरोकारवाला निकायहरूले सहयोग नगरेका कारण केन्द्रको अवस्था नाजुक बन्दै गएको बताए । उनले प्रारम्भिक चरणदेखि २०६४ सालसम्म सरकारबाट छुट्ट्याइएको २५ लाख रुपैयाँ उद्योग वाणिज्य महासंघ मार्फत पटक–पटक गरी १९ लाख रुपैयाँ आएपनि त्यसपछि थप बजेट नआएको जनाए । ‘स्थानीय तहमा केन्द्र सञ्चालनको दिगो स्रोत छैन’ उनले भने –‘यसले गर्दा केन्द्र सञ्चालनमा कठिनाई बन्दै गएको हो’ । केन्द्रबाट विभिन्न रोजगारमुखी सीपहरू सिकाउने गरिन्छ ।
दमक–१३ मा रहेको केन्द्रले एक हप्ते साधारण देखि ९ महिने अवधिका तालिमहरू सञ्चालन गरी आएको छ । कतिपय सरकारी तथा अन्य संघ संस्थाहरूले समेत त्यस्ता तालिमहरू निःशूल्क रुपले चलाउँदै आएकाले पनि केन्द्रका तालिमहरूप्रति आकर्षण कम भएको गुनासो आएको छ । केन्द्रका प्रमुख गौतम भन्छन् –‘सरकारको स्थानीय निकायबाट उपलब्ध हुने सोही प्रकृतिको तालिममा भत्ता सहित तालिम दिने भएकाले यस्ता तालिम शिक्षालयमा भने जति सहभागीको संख्या न्यून छ’ ।
यसैबीच, पहिलो चरणमा खुलेका ट्रेड स्कूलहरूलाई सरोकारवाला नियकाहरूले स्थापनाका अवस्थामा ५ वर्ष सहयोग गर्ने भनिएको र पछि पुनः थपिएको ५ वर्षको अवधि समेत सकिन लाग्दा पनि थप सहयोग भने प्राप्त नहुँदा यस्ता स्कूलहरूको भोलिको अवस्था के हुने भन्ने जिज्ञासा उठेको छ ।
यस्ता केन्द्रहरूको कार्यक्रममा सघाउ पु¥याउने विभिन्न सरकारी निकायहरूले चासो नपु¥याएकै कारण धरान, सुर्खेत लगायतका ट्रेड स्कूलहरू बन्द भइसकेका छन् । यस्ता ट्रेड स्कूललाई व्यवस्थित गराउन विषयमा सरोकारवालाहरूले चासो नदिएपछि स्थानीय तहमा उद्योग वाणिज्य संघहरूले आप्mनो क्षमता अनुसार सञ्चालन गरिआएका छन् ।
महासंघले गठन गरेको सरकारको सचिव स्तरीय अनुगमन समिति र स्थानीय तहमा गठित व्यवस्थापन समितिहरूले केन्द्रको समस्या बारे छलफल गर्न समेत पहल गरेका छैनन् । स्रोत भन्छ –‘महासंघका केन्द्रस्तरको अनुगमन समिति दुई वर्षदेखि बैठक बस्न सकेको छैन भने स्थानीय तहको समिति वर्षदिन यता बैठक बस्न सकेको छैन’ ।
केन्द्रबाट १४ सय उत्पादन
इलम प्रशिक्षण केन्द्र दमक सञ्चालनमा आएपछि यसले हालसम्म करिब १४ सय बढीलाई रोजगारमुखी तालिम दिइसकेको छ ।
८ वर्षका अवधिमा केन्द्रबाट १४ सय जनाले स्वरोजगार मूलक तालिम पाएका केन्द्रका प्रमुख गौतम बताउँछन् । ती मध्ये ७० प्रतिशतले अहिले स्वदेश वा विदेशमा रोजगारी गरिआएका गौतमको भनाई छ । ‘बढी इलेक्ट्रिसियन, प्लम्बिङ्ग, वाइरिङ्ग लगायतका भोकेशनल ट्रेनिङ्गहरूमा आकर्षित छन्’ प्रमुख गौतमले भने –‘केन्द्रका अनुसार तीन ओटा विषयमा भने सिटीइभिटीबाट परीक्षा हुने गरेको छ । ’ टी.एस.एल.सी.मा विभिन्न परीक्षा चलाउने पूर्वमा दमको सो ट्रेड स्कूल भएको गौतमले जनाए । सो टी.एस.एल.सी.मा हालसम्म ३ सय परीक्षार्थीहरूले उत्तीर्ण भई प्रमाणपत्र लिएका छन् । टीएसएलसीमा कम्प्युटर अपरेटर, विल्डिङ्ग इलेक्ट्रीसियन र मेसन जस्ता ३ ओटा प्राविधिक विषयमा परीक्षा लिने गर्दछ । वर्षमा दुई पटक हुने सो परीक्षामा परीक्षार्थीहरूले बढीमा २५ सय रुपैयाँ शूल्क तिर्नुपर्ने हुन्छ । अन्य गाउँमा काम गरी आएकालाई विषयगत तालिमको मान्यता प्राप्त प्रमाणपत्र दिन टीएसएलसी परीक्षा लिने गरिएको छ । प्राविधिक विषयमा सो परीक्षा उत्तीर्ण गरे एसएलसी सरहको मान्यता प्राप्त हुने बताइएको छ । असार ३ देखि ८ सम्म पछिल्लो पटक चलेको सो परीक्षामा केन्द्रबाट ५० जनाले परीक्षा दिएका छन् ।

निर्माणाधीन भवन अलपत्र

दमक, १२ साउन/राज्यबाट स्कूल सञ्चालनका लागि दिइएको सहयोग आउन बन्द भएपछि दमकको इलम प्रशिक्षण केन्द्रको निर्माणाधीन भवन अलपत्र बनेको छ । वर्षेनी आउँदै गरेको रकम २०६४ सालदेखि बन्द भएपछि भवनको निर्माणाधीन काम रोकिएको हो ।
दमक–१३ मा स्थानीय दाता श्याम श्रेष्ठ र तिर्थकुमारी श्रेष्ठले १० कठ्ठा जग्गा केन्द्रलाई उपलब्ध गराएपछि निर्माण थालिएको भवनको काम ५ वर्षदेखि पूर्णरुपमा ठप्प भएको छ । ‘इलम प्रशिक्षण केन्द्र बन्दा धेरैलाई तालिम र रोजगारी मिल्ला भनेर जग्गा दियौं, तर सरकारले ध्यान नदिँदा दुःख लागेको छ’ –दाता श्रेष्ठले भने । उनले निर्माणाधीन दमक चक्रपथसँग जोडिएको ३ सय ६० फिट मुख भएको सो परिमाणको जग्गा केन्द्रका लागि दान दिएका हुन् । केन्द्रका प्रमुख गौतमले रकम
 अभावका कारण निर्माणाधीन भवनको काम रोकिएको बताए । चारकोठे पक्की निर्माणाधीन भवनमा ११ लाख बढी रकम खर्च भइसकेको गौतमको भनाई छ । २०६५ सालमा नै भवन पूरा गर्ने लक्ष्य भए पनि रकम अभावले पूर्वकै नमूना ट्रेड स्कूलको भवन लथालिङ्ग अवस्थामा छ ।
व्यवस्थापन समितिका अध्यक्ष प्रकाश प्रसाईले भवनको काम ८० प्रतिशत पूरा भए पनि अन्य घेराबेरा सहितका संरचना निर्माणमा रकम नभएकाले काम रोकिएको बताए । निर्माणाधीन भवनमा कम्पाउण्ड वालका लागि थप १९ लाख रकम महासंघ र जिविस लगायतका निकायमा गतवर्ष सहयोग माग गरिए पनि माग सुनुवाई नभएको गुनासो समितिका अध्यक्ष प्रसाईको छ ।     ‘घेराबेरा बिना कार्यालय नियमित गराउन सुरक्षित हुँदैन’ अध्यक्ष प्रसाई भन्छन् –‘दुवै काम पूरा नभएसम्म केन्द्रको नयाँ भवन सञ्चालनमा समस्या छ । ’ केन्द्र अहिले दमक उद्योग वाणिज्य संघको भवनमा सञ्चालनमा रहेको छ ।

एमाओवादी नेताको सम्पत्ति छानविन सुरु

काठमाडौं, १२ साउन/एमाओवादीका नेताहरूको सम्पत्ति छानविन गर्न गठित आयोगले आफ्नो काम थालेको छ । आयोगले साउन ११ देखि १७ गते भित्र उजुरीहरू पठाउन सार्वजनिक आह्वान समेत गरेको छ । पार्टी भित्र आर्थिक अनियमितता, भ्रष्टचार बढेकाले छानविनका लागि सातौं विस्तारित बैठकबाट आयोग गठन गरिएको थियो ।
बिहीबार पत्रकार सम्मेलन गरी आयोगका संयोजक अमिक शेरचनले उजुरी गर्नेको नाम गोप्य राखिने बताए । उनले अध्यक्ष पुष्पकमल दाहालमाथि पनि छानविन हुनसक्ने जानकारी दिए । केन्द्रबाट सुरु हुने सम्पत्ति छानविनको अभियान जिल्ला तहमा पुग्ने बताए ।

उद्योगमा आगलागी, ५० लाखको क्षति

सुनसरी, १२ साउन/सुनसरी इटहरीस्थित ओभनफ्रेस विस्कुट उद्योगमा बिहीबार आगलागी हुँदा ५० लाखभन्दा बढीको क्षति भएको छ । इलाका प्रहरी कार्यालय इटहरीका अनुसार बुधबार राति साढे १० बजे विजुली सर्ट भई एकाएक आगलागी सुरु भएको थियो ।
आगलागीबाट विस्कुट प्याकिङ् गर्ने मेसिन सहितका उपकरणमा क्षति पुगेको छ । उत्पादित विस्कुट र अन्य खाद्य सामग्री समेत नष्ट भएको तर, मानवीय क्षति भने नभएको उद्योगका सञ्चालक निर्मल रिजालले
 जानकारी दिए । २ घण्टासम्म भएको आगलागी नियन्त्रणका लागि प्रहरी, इटहरीको दमकल, मजदुर र स्थानीय वासिन्दा परिचालन गरिएका थिए ।

पत्रकार नेतिमाथि दुर्ब्यव‌हार‌

दमक, १२ साउन/होटलको भान्सामा रहेको फोहोरको विषयमा भिडियो समाचार बनाउदै गर्दा हिमशिखर र न्यूज २४ टेलिभिजनका सम्वाददाता टीकाराम नेतिमाथि होटल सञ्चालक पक्षले दुर्ब्यव‌हार‌ गरेका छन् ।
बिर्तामोडस्थित कलकता मिष्ठान भण्डारका सञ्चालकले आफूलाई समाचारका लागि भिडियो खिच्ने क्रममा नचिनेका मान्छेको समूह प्रयोग गरी दुव्यवहार गरेको पत्रकार नेतिले बताए । उनले भने –‘मैले होटलको भान्सामा रहेको फोहरका बारे भिडियो खिचेर बाहिर रहेको बोर्ड खिच्दै गर्दा एक्कासी १०–१२ जनाको हूल आएर हातपात गर्न खोजे । ’

यसैबीच नेपाल पत्रकार महासंघ झापा शाखाले सो घटनाको निन्दा गरेको छ । महासंघका अध्यक्ष गणेश पोख्रेलद्वारा जारी विज्ञप्तिमा कलकत्ता मिष्ठान्न भण्डारका सञ्चालकले गराएको घटनाप्रति महासंघको गम्भीर ध्यानाकर्षण भएको उल्लेख छ । विज्ञप्तिमा ‘घटनाको घोर निन्दा र भर्त्सना गर्दै दोषीलाई तत्काल पक्राउ गरी कडा कानुनी कार्वाही गर्न स्थानीय प्रशासनसँग माग गर्दछौं’ भनी उल्लेख गरिएको छ ।
पत्रकार र पत्रकारिता क्षेत्रमाथि निरन्तर आक्रमणका घटना भइरहेका तथा समाचारकै विषयलाई लिएर पत्रकारलाई धम्की दिने, कुट्ने, अपहरण गर्ने, मार्ने जस्ता घटनाले नेपाली प्रेस जगत आक्रान्त बन्दै गइरहेको विज्ञप्तिमा उल्लेख छ ।

आसामको जातीय हिंसामा ४१ को मृत्यु, २ लाख विस्थापित

एजेन्सी, १२ साउन/भारतको असम राज्यको कोक्राझार जिल्लामा भड्किएको जातीय हिंसाका कारण अहिलेसम्म ४१ जनाको ज्यान गइसकेको छ ।

हिंसाका कारण करिव २ लाख व्यक्ति विस्थापित भएर विभिन्न शिविरमा पुगेका छन् भने हजारौं हजार नागरिक घर छाडेर भागेका छन् । हिंसा प्रभावित जिल्लामा थुप्रै शरणार्थी शिविर बनाइएका छन् । स्थिति नियन्त्रण बाहिर जान थालेपछि केन्द्र सरकारले घटनामा संलग्न दोषीहरूलाई तत्काल पक्रेर कार्बाही थाल्न राज्य सरकारलाई निर्देशन दिएको छ । राज्य सरकारले पनि हिंसा फैलाउन खोज्ने जोसुकैलाई गोली हान्नेसम्मको आदेश दिएको छ भने अनिश्चितकालका लागि कफ्र्यु लगाएको छ ।
अघिल्लो साता कोक्राझार जिल्लामा दुई
मुस्लिम विद्यार्थी नेतामाथि अज्ञात समूहले गोली हानेपछि भएको प्रतिकारमा बोडो लिबरेशन टाइगर्स नामक संगठनका ४ जना मारिएका थिए । त्यसपछि त्यहाँ हिंसाले विकराल रुप लिएको हो ।

सिडीफोर सेवा सहज बनाउन माग

दमक, १२ साउन/एचआइभी र एड्सबाट संक्रमितहरूका लागि भाइरल लोड नाप्ने प्रविधि सेवा (सिडीफोर) धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान बाहेकका अन्य अस्पतालहरूमा सो प्रविधि नहुँदा सयौँ सेवाग्राही सेवा लिनबाट वञ्चित भएका छन् । प्रतिष्ठानका मात्र सीमित रहेको सो प्रविधि अन्यत्र नभएपछि पूर्वका सयौँ एचआइभी र एड्स संक्रमितहरूले सो सेवा लिन सास्ती खेप्नु परेको गुनासा गरेको छन् । दमकका एक संक्रमितले भने–‘प्रतिष्ठानमा सेवा सहज हुन नसक्दा त्यस्ता सेवा लिन सस्या बन्दै गएको छ । ’ संक्रमितहरूमा भाइरलको अवस्था थाहा पाउन गरिने सो सेवा प्रतिष्ठानले हप्तामा बुधबारका दिन आलोपालो गरी २० जनाले उपचार लिने गर्छन् । टाढाबाट जानेलाई सो परीक्षण गर्न एक÷दुई महिना कुनुपर्ने झण्झटिलो प्रक्रियाले सास्ती खेप्नु परेको उनीहरूको भनाई छ । प्रतिष्ठानले ट्रपीकल वार्डमा त्यस्ता संक्रमितहरूको सिडीफोर र एन्टीरेक्टो थेरापी (एआरटी) लगायतका सेवाहरू उपलब्ध गराइ आएको छ । सेवाग्राही संक्रमितहरूले
सिडीफोर परीक्षण अञ्चल तहमा एआरटी लिने अस्पतालमा समेत त्यस्ता सेवा उपलब्ध गराउन माग गरेका छन् । पूर्वका करिब १० हजार बढी संक्रमितहरूले एआरटी स्थानीय सरकारी अस्पतालमा लिइरहेका भए पनि सिडीफोर स्वास्थ्य परिक्षण भने प्रतिष्ठानमै निर्भर रहनुपर्ने अवस्था छ ।
यसैगरी मेची अञ्चल अस्पतालबाट एआरटी औषधी लिने संख्या ९७ जना रहेको छ । संक्रमितहरूको मानव शरीरमा रहेको भाइरस बढ्न नदिन लिँदै आएका त्यस्तो एआरटी नियमित रुपमा सेवन लिनेको संख्या ९७ रहेको अस्पतालकी सो क्षेत्र हेर्ने कमला कार्कीले जनाइन् ।

बैंकको ब्याजदर घटाउन दबाव

काठमाडौं, १२ साउन/नेपाल राष्ट्र बैंकले वित्तीय संस्थाहरूले लिँदै आएको ब्याजदर घटाउन अप्रत्यक्ष दबाव दिएको छ । बुधबार सार्वजनिक मौद्रिक नीति अनुसार बैंक वित्तीय संस्थाले कर्जाको आधार ब्याजदर (बेस रेट) सार्वजनिक गर्नुपर्ने र सोही आधारमा ब्याजदर निर्धारण गर्नुपर्ने छ ।
आधार दरको निश्चित प्रतिशत भन्दा बढी कर्जाको ब्याजदर तोक्न नपाइने गरी मौद्रिक नीति अनुसार नै केन्द्रीय बैंकले निर्देशन जारी गर्ने छ । ‘बैंक वित्तीय संस्थालाई कर्जा लगानीमा पारदर्शी बनाउन नियमित रूपमा आधार ब्याजदर प्रकाशन गर्नुपर्ने छ’, नीति सार्वजनिक गर्दै नेपाल राष्ट्र बैंकका गभर्नर युवराज खतिवडाले भने ।
राष्ट्र बैंकका एक उच्च अधिकारीका अनुसार बैंक आफैले पूँजीको लागतका आधारमा आधार दर तय गर्नुपर्ने छ । पुँजीको लागत बैंकले रकम जम्मा गरेका व्यक्ति तथा संस्थालाई दिनुपर्ने ब्याज र शूल्क लगायत अन्य खर्च हो । उक्त लागतको आधारमा निकालिएको आधार दरमा २ देखि ३ प्रतिशत बढाएर कर्जाको ब्याजदर तोक्नुपर्ने व्यवस्था केन्द्रीय बैंकले गर्नेछ ।
‘अध्ययन भइरहेकाले अहिले नै यति भन्न त सकिँदैन’, स्रोतले भन्यो –‘तर आधार दरमा २ देखि ३ प्रतिशत विन्दु भन्दा बढाएर कर्जाको ब्याजदर तय गर्न बैंकहरूलाई कठिन हुनेछ । ’ अहिले वाणिज्य बैंकहरूको पूँजीको औसत लागत करिब ५ प्रतिशत छ । नयाँ खुलेका वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीको लागत भने केही बढी छ । केन्द्रीय बैंक स्रोतका अनुसार बैंक वित्तीय संस्थाले यसैलाई आधार बनाएर आधार दर तय गर्न सक्छन् ।
राष्ट्र बैंकले २०४२ देखि नै ब्याजदर तोक्ने अधिकार बैंकहरूलाई नै दिइसकेकाले सीधै हस्तक्षेप गर्न नमिल्ने भएकाले अस्वाभाविक रूपमा देखिएको निक्षेप र कर्जाको ब्याजबीचको फरक (स्प्रेडदर) नियन्त्रणको अप्रत्यक्ष उपाय निकालेको हो ।
गभर्नर खतिवडाका अनुसार बैंक वित्तीय संस्थाले लिने ब्याजदर औसत १३ प्रतिशतको हाराहारीमा छ । व्यवसायीहरू भने केही वित्तीय संस्थाले १५ प्रतिशतसम्म ब्याज लिइरहेको बताउँछन् । तर गत वर्षभरि नै बैंकमा जम्मा हुने रकम बढेका कारण वित्तीय संस्थाहरूले सर्वसाधारणलाई दिने ब्याजदर भने घटाएका छन् ।
तर, उद्योग वाणिज्य महासंघका उपाध्यक्ष पशुपति मुरारकाले राष्ट्र बैंकमा वित्तीय संस्थाले अनिवार्य रूपमा राख्नुपर्ने मौज्दात (सीआरआर) बढाएकाले ब्याजदर बढाउने खतरा कायमै रहेको बताए ।
नयाँ नीति अनुसार वाणिज्य बैंकले कूल निक्षेपको ६ प्रतिशत रकम ब्याज नआउने गरी राष्ट्र बैंकमा जम्मा गर्नुपर्छ । जसलाई सीआरआर भनिन्छ । सीआरआर बढेकाले लगानी गर्न पाउने रकम कम भएको भन्दै बैंकहरूले ब्याजदर बढाउने खतरा भने छ’, मुरारकाले भने ।
राष्ट्र बैंकले ब्याजदरलाई अप्रत्यक्ष रूपमा नियन्त्रण गर्न ब्याजदर कोरिडरको अवधारणा गत वर्षबाट ल्याएको छ । जसअनुसार यसवर्ष विभिन्न कार्यक्रम अघि बढाइने गभर्नर खतिवडाले बताए ।

होमियोपैथिक चिकित्सालाई मान्यता

विराटनगर, १२ साउन/भारत सरकारले नेपालमा अध्ययन हुने होमियोपैथिक चिकित्सा पद्धतिलाई मान्यता प्रदान गरेको छ ।
नेपाल होमियोपैथिक चिकित्सक संघ केन्द्रीय कार्यालय विराटनगरको विशेष पहलमा भारतले उक्त मान्यता प्रदान गरेको हो ।
भारत सरकारको सेन्ट्रल काउन्सिल अफ होमियोपैथिकले नेपालको पूर्वाञ्चल विश्वविद्यालय विराटनगरको स्नातक स्तरको ब्याचलर अफ होमियोपैथिक मेडिसिन एण्ड सर्जरी (बिएचएमएस), होमियोपैथिक उपाधिलाई स्नातक स्तरको मान्यता प्रदान गरेको संघले जनाएको छ ।
उपरोक्त मान्यताका सम्बन्धमा भारत सरकारले पूर्वाञ्चल विश्वविद्यालयले तयार पारेको स्नातक स्तरको पाठ्यक्रमलाई आफ्नो एकेडेमिक कमिटीबाट मान्यता प्रदान गरेको हो ।
नेपाल स्वास्थ्य व्यवसायी परिषद् बाँसबारीले नेपालको होमियोपैथिक चिकित्सा सम्बन्धमा नेपाल सरकारले गरेको कार्य, त्यस सम्बन्धी हुने अध्ययन, अध्यापन र मान्यताका सम्बन्धमा सेन्ट्रल काउन्सील अफ होमियोपैथी भारतले माग गरे अनुसार जवाफ पनि पठाइएको बताएको छ ।
त्यसका आधारमा नेपालको होमियोपैथिक
 चिकित्सालाई भारत सरकारले मान्यता प्रदान गरेको हो । होमियोपैथिक उपाधि (बिएचएमएस) लाई नेपाल एवम् भारत सरकारको सेन्ट्रल काउन्सील अफ होमियोपैथिकबाट मान्यता प्राप्त गराउनमा नेपाल होमियोपैथिक चिकित्सक संघ, केन्द्रीय कार्यालय विराटनगरको भूमिका रहेको संघका अध्यक्ष डा. जीवन प्रकाशले बताए ।
हालसम्म नेपालमा सरकारी स्तरमा पशुपति होमियो चिकित्सालय हरिहर भवनमा सञ्चालित छ । निजी स्तरबाट नेपाल होमियोपैथिक मेडिकल कलेज विराटनगरमा छ । यसैगरी डाक्टर अफ मेडिसिन पाठ्यक्रम निर्माणका लागि पूर्वाञ्चल विश्वविद्यालयमा दर्ता गराएको बताइएको छ । विराटनगर होमियोप्याथिक कलेजबाट ५६ चिकित्सक उत्तीर्ण भएका छन् ।

सूर्ति नियन्त्रणका लागि अनुगमन

इलाम, १२ साउन/सुर्तिजन्य वस्तु नियन्त्रणका लागि जिल्ला सञ्जाल इलाम अन्तर्गतको अनुगमन समितिले विशेष अनुगमन शुरू गरेको छ ।
जिल्लास्थित वाच–वाच ग्रुपको अग्रसरतामा नगरपालिका, जिल्ला प्रहरी कार्यालय, नेपाल पत्रकार महासंघ, जिल्ला प्रशासन लगायतको संयुक्त टोलीले अनुगमन शुरू गरेको हो ।

कायम मुकायम प्रमुख जिल्ला अधिकारी पुरुषोत्तम घिमिरेको नेतृत्वमा रहेको अनुगमन टोलीले अनुगमनका क्रममा सदरमुकामका ५० वटा पसलहरूबाट खैनी, सुर्ती, गुट्खा, मधु, चुरोट लगायतका सामग्री बरामद गरेको छ । ती पसलबाट तीन बोरा सुर्तीजन्य सामग्री बरामद गरिएको टोलका श्रेष्ठले जानकारी दिए ।
बजारमा सबैभन्दा बढी मोती स्टोर, कृष्ण श्रेष्ठ र यङकी होटलबाट बरामत गरिएको थियो । टोलीले ३÷३ दिनमा लगातार अनुगमन गरिरहने बताईएको छ ।

जथाभावी सिसा प्mयाँक्दा सास्ती

उर्लाबारी, १२ साउन ÷पूर्व–पश्चिम राजमार्ग अन्तर्गत मोरङको उर्लाबारी–आइतबारे खण्डमा जथाभावी रुपमा सिसा फालिएपछि सर्वसाधारण जनतालाई हिँड्न समस्या भएको छ ।
सिसा पसलेहरूले जथाभावी सडकमा सिसा फ्याँक्दा सडकमा हिड्ने सर्वसाधारण तथा आसपासका स्थानीयबासीलाई समस्या सृजना भएको स्थानीय सुरेश पोखरेलले जानकारी दिए । उक्त सडक खण्डमा दर्जनौ बोरा सिसा सडकको किनारामा फ्याँकिएको भएपनि सम्बिन्धत निकायले चासो नदिएको पोख्रेलले गुनासो पोखे ।
जथाभाबी सिसा फ्याकने विरुद्ध स्थानीयवासीहरूले पहिचान गरी कार्बाहीका लागि इलाका प्रहरी कार्यालय उर्लाबारीमा उजुरी हाल्ने तयारी गरिरहेका छन् ।

धनकुटामा १८ सामुदायिक अध्ययन केन्द्र

धनकुटा, १२ साउन/धनकुटा जिल्लामा अहिले १८ ओटा सामुदायिक अध्ययन केन्द्रहरू सञ्चालनमा रहेका छन् । समुदायका मानिसहरूलाई आवश्यक ज्ञान र सीप सिक्ने अवसर प्रदान गर्ने उद्देश्यले जिल्ला शिक्षा कार्यालय धनकुटामा दर्ता भइ ती सामुदायिक अध्ययन केन्द्रहरू सञ्चालनमा रहेका छन्् ।
समुदायको विकासको लागि समुदायबाटै स्थापना गरी सञ्चालन र व्यवस्थापन गर्ने अवधारणा अनुरुप प्रत्येक वर्ष सामुदायिक अध्ययन केन्द्रहरूको स्थापना गर्ने कार्य भैरहेको विद्यालय निरीक्षक शिवप्रसाद घिमिरेले जानकारी दिए । अध्ययन केन्द्र सञ्चालनका लागि जिल्ला शिक्षा कार्यलयबाट वार्षिक ५० हजार रुपैयाँका दरले प्रत्येक अध्ययन केन्द्रहरूलाई उपलब्ध गराइएको विद्यालय निरीक्षक घिमिरेले बताए ।

युवा क्लव गठन

दमक, १२ साउन/वातावरण, समाज सुधार, संस्कृति, खेलकुद, सामाजिक एकता र विद्यालय विकासका लागि दमक–९ मा वडा स्तरीय एकता युवा क्लव गठन भएको छ ।
मणिराज धिमालको अध्यक्षतामा गयठत ९ सदस्यीय समितिका उपाध्यक्ष, सचिव, सह–सचिव र कोषाध्यक्षमा क्रमशः असिम राई, प्रेम चापागाईँ, जीवन सापकोटा, सोमबहादुर धिमाल छन् । त्यस्तै सदस्यहरूमा अधिराज राई, राम सिवा, शान्ता धिमाल र अनुषा धिमाल चयन भएका छन् ।
क्लवको संरक्षकहरूमा क्रमशः केन्द्रबहादुर प्रसाई, नरपति पाण्डे, कर्णबहादुर लामा, बाबुराम घिमिरे, दूर्गाबहादुर धिमाल, अशोक श्रेष्ठ, दीपलाल धिमाल, भविराज धिमाल, सुस्मा धिमाल र सुभाष विकलाई चयन गरिएको छ ।

सुधार गृहमा निःशुल्क स्वास्थ्य शिविर

उर्लाबारी, १२ साउन/लागू औषध प्रयोगकर्ताहरूको उपचार गर्दै आएको विराटनगरमा रहेको न्यू लाईफ फेलोसिप सुधार गृहले विराटनगरमा पहिलो पटक विहिबार एक दिने निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको छ ।
श्री हस्पिटल प्रालिको प्राविधिक सहयोगमा शिविरको आयोजना गरिएको हो । शिविरमा डाक्टर दिनेश न्यौपाने र स्त्री रोग विशेषज्ञ डाक्टर प्रेरणा दाहाल नेत्रृत्वको स्वास्थ्यकर्मी टोलिले स्वास्थ्य परीक्षण गर्नुका साथै विरामीको उपचार गरेर निःशुल्क औषधि वितरण गरेको हो ।
मोरङका जनस्वास्थ्य प्रमुख नवराज सुब्बाले लुकेर बसेका बिरामीहरूले समेत शिविरमा आएर आफ्नो रोग प्रष्फुटन गराउने अवसर पाएको बताए । कतिपय बिरामीहरू आर्थिक अवस्था लगायतका कारणले पैसा तिरेर उपचार गर्न जान असमर्थ भइरहेको अवस्थामा सुधार गृहले निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरेर उदाहरणीय कार्य गरेको जिल्ला एड्स समन्वय समितिका संयोजक झमक घिमिरेले बताए ।
सुधार गृहका संस्थापक संरक्षक मुकेश बुढाथोकीले लागुऔषधको कुलतमा फसेका र उपचारको पहुँच सम्म पुग्न नसकेका सर्वसाधारणलाई लक्षित गरेर स्वास्थ्य शिविरको आयोजना गरिएको बताए । सुधार गृहका अध्यक्ष रविन खत्रीले एक दिने शिविरमा डेढ सय बढी सर्वसाधारण र लागु औषधको कुलतमा फसेर विभिन्न सुधार गृहमा उपचार गराइरहेका ५३ जनाले स्वास्थ्य परीक्षण गराएका बताए ।

उर्लाबारीमा फेरि फेरिए निरीक्षक

उर्लाबारी, १२ साउन/स्थानीय स्तरमा राजनीतिक दलहरूका बीच सृजना हुने द्वन्द्व र तनावका कारण मोरङको उर्लाबारीमा पटक–पटक प्रहरी निरीक्षक परिर्वतन भइरहेका छन् ।
यसैसाता मात्र इलाका प्रहरी कार्यालय उर्लाबारीमा प्रहरी निरीक्षक ढुण्डीराज न्यौपाने जिम्मेवारी सम्हाल्न आइपुगेका छन् । पछिल्लो समय १ महिनाको अवधिमा ४ प्रहरी निरीक्षक उर्लाबारी आइपुगेका हुन् ।
एक महिनाको अवधिमा इप्रका उर्लाबारीमा प्रहरी निरीक्षक सुनिल दाहाल, कमल खत्री आए र तुरुन्त सरुवा भए भने र इलाका प्रहरी कार्यालय सिजुवाका प्रहरी निरीक्षक गोपाल धमलाले काजमा आई जिम्मेवारी सम्हालेका हुन् । काजमा आएका धमला आप्mनो कार्य क्षेत्रमा फर्किएपछि जिल्ला प्रहरी कार्यालय मोरङले प्रनि न्यौपानेलाई जिम्मेवारी दिई इप्रका उर्लाबारी पठाएको हो ।
भर्खरै उर्लाबारी आएका न्यौपानेले उर्लाबारी क्षेत्रको शान्ति सुरक्षालाई मजबुत बनाउन कुनै कसर बाँकी नराख्ने बताएका छन् ।
बिहीबार सञ्चारकर्मीसँगको कुराकानीमा न्यौपानेले शान्ति सुरक्षा कायम गर्न कसैसँग पनि सम्झौता नगर्ने प्रतिवद्धता व्यक्त गरे ।
जनताको जिउधनको सुरक्षमा विशेष ध्यान दिँदै संगठित अपराधलाई नियन्त्रण गर्ने उनले बताए ।

राजनीतिक सुधारको खाँचो

झापा जिल्लाका क्रियाशील राजनीतिक दलहरु तथा सामाजिक संघसंस्थाका अगुवाहरुले दिगो शान्ति स्थापना र द्वन्द्व न्यूनीकरणका लागि सबै पक्षको पहिचान सुनिश्चितता सहितको संविधान आवश्यक रहेको औल्याएका छन् ।
बुधबार झापाको दमकमा सम्पन्न ‘दिगो शान्ति स्थापनाका लागि गोलमेच सम्वाद’ कार्यक्रमका सहभागीहरुले आ–आफ्ना दलगत र संस्थागत विचार प्रस्तुत गर्नेक्रममा विभिन्न खाने धारणाहरु राखे । समग्रमा उनीहरुको धारणाको सार भन्नु सबैको पहिचान र आत्मसम्मान सहितको भेद्भाव रहित समाज र राज्य निर्माण हुनुपर्दछ भन्ने नै थियो । अर्थात् फेरि पनि मुलुकमा जुनसुकै नाउँमा जो कसैलाई विभेद् गर्ने, किनारा लगाउने, राज्यको मूलधारबाट हटाउने वा नीति निर्माण गर्ने तहमा पुग्न र आफ्ना धारणा राख्ने अवसरबाट बञ्चित गर्ने जस्ता कार्यको अन्त्य भए मात्र समाज भित्र व्याप्त द्वन्द्व न्यूनिकरण हुँदै जाने सहभागीहरुको भनाई थियो । समाजमा जारी थुप्रै प्रकारका द्वन्द्वहरु समाधान भइसकेपछि मात्र दिगो शान्ति कायम गर्न सम्भव हुने सहभागीहरुको धारणा थियो ।
केन्द्रीय राजनीतिक माहौल सत्ताको हत्तामा कसको पहुँच पुग्ने ? भन्ने विषय तिर लम्किरहेको अवस्थामा जिल्ला र स्थानीय तहका जनतामा शान्ति र संविधानको सुनिश्चितता थप प्रवल आवश्यकताको विषय बन्दै गएको छ । नेपाली जनतालाई सहज र आत्मसम्मान सहितको समाज आवश्यकता छ । राज्य पक्षबाट उत्पीडनमा पारेका तथा विभिन्न कारणले शोषण र दमन खेपिरहेका जनतालाई यो संक्रमणकालीन अवस्थामा शान्ति, सुरक्षा, मानव अधिकारको प्रत्याभूत गरेका सबै खाले अधिकार तथा अग्रगामी समाजको पक्षमा छन् । तर, जनआकांक्षा अनुरुप मुलुकको राजनीतिले सही गति लिइरहेको अवस्था छैन । नेपाली जनता वास्तवमा भन्ने हो भने राजनीतिक अस्थिरता र सत्ता झगडाकै कारण पीडित छन् ।
झापामा दिगो शान्ति स्थापनाका लागि किरात राई यायोक्खाले गरेको सम्वादमा बोलिएका जनविचारले राष्ट्रिय परिस्थितिमा कति महत्व पाउला नपाउला त्यो फरक विषय हो । तर, मुलुक चल्ने र जनताले खोजेको शान्तिका लागि अब राजनीतिक सुधार आवश्यक भइसकेको छ ।

‘विद्युत चुहावटमा सुधार आउँदै’

विष्णु सुब्बा
दमक, १० साउन/बढ्दो विद्युत चुहावट नियन्त्रण गर्न नेपाल विद्युत प्राधिकरण दमक वितरण केन्द्रले गस्ती परिचालन गरेपछि चुहावटमा कमी आउन थालेको छ ।
सिल खोलिएको अवस्थामा प्राधिकरणको गस्ती टोलीले फेला पारेको मिटर बक्स । फोटो : पिपुल्स टाइम्स

चुहावट क्षेत्रहरूमा केन्द्रले जनपथ र सशस्त्र प्रहरीको सहयोगमा उपभोक्ता सहितको संयुक्त गस्ती टोली बनार्य अभियान बढाइएपछि ३६ प्रतिशत भइरहेको चुहावट आर्थिक वर्ष २०६८÷६९ मा २७ प्रतिशतमा झरेको छ ।
केन्द्रका प्रमुख सन्तोष कुमारका अनुसार गस्ती अभियान प्रभावकारी बनेपछि चुहावट हुने ग्रामीण क्षेत्रमा सुधार आएको छ । केन्द्रलको तथ्याङ्कमा गएको वर्ष ३ सय ७४ चुहावट गर्ने उपभोक्ता उपर कार्बाही गरेबापत २१ लाख ७ हजार ६ सय ३१ रुपैयाँ राजस्व संकलन भएको छ । १ लाख ६३ हजार २ सय ७१ युनिट विद्युत चुहावट वापत सो जरिवाना असुली गरिएको हो ।     चुहावट रोक्न प्राधिकरणले पछिल्लो केही महिना यता संयुक्त गस्ती टोली गठन गरी गाउँ–गाउँमा परिचालित हुने अभियानलाई सशक्त बनाएको छ । कार्य सम्पादनमा सहज पु¥याउन केन्द्रले इञ्जिनियर दिपेन्द्र बुढाथोकीको संयोकत्वमा आन्तरिक रुपमा चुहावट नियन्त्रण समिति र अधिकांश गाउँमा स्थानीय उपभोक्ताहरूको सक्रियतामा समिति गठन गरी गस्ती अभियान जारी राखेको छ । ‘सबैसँग समन्वय गरेर ती टोलीले काम गरी आएको छ’ चुहावट नियन्त्रण समितिका संयोजक इञ्जिनियर बुढाथोकी भन्छन् –‘गाउँ–गाउँमा अवैध विद्युत चुहावट रोक्न गाउँले आफै जुट्न थालेका छन् । ’ बुढाथोकीका अनुसार चुहावट बढी हुने लक्षित ठाउँहरूमा टोलीले निगरानी बढाएको छ । केन्द्रको वितरण क्षेत्र मध्ये झापाको दक्षिणी बैगुन्धुरा, पाँचगाछी, महाभारा, महारानीझोडा र पूर्वी मोरङको पथरी, शनिश्चरे लगायतका क्षेत्रहरूमा चुहावट बढी हुने क्षेत्र मानिन्छन् । ती क्षेत्रहरूमा अहिले ४० प्रतिशत चुहावट हुने गरेको अनुमान केन्द्रको छ ।
इञ्जिनियर बुढाथोकीले कतिपय उपभोक्ता आपूmले चुहावट गर्ने उपकरण बरामद गरी केन्द्रमा कार्बाहीका लागि बुझाउने गरेका बताए । ‘महारानीझोडाको जोरघरेमा उपभोक्ताहरूले चुहावट हुने औजार नियन्त्रणमा लिए’ इञ्जिनियर बुढाथोकी भन्छन् –‘चुहावट गर्नेले अधिकांश सिंचाइमा प्रयोग गरिआएका छन् । ’
चुहावटको जरिवाना १ लाख बढी
अवैध रुपमा विद्युत चुहावट गर्ने उपर गस्तीसँगै कार्बाहीको प्रक्रियामा केन्द्र थालेको छ । गस्तीले उपभोक्ताहरूसँग चुहावट फेला परे न्यूनतम ३ हजारदेखि १ लाख बढी रुपैयाँसम्म जरिवाना असुल गरी आएको छ ।
केन्द्रका प्रमुख सन्तोष कुमारले नियमानुसार चुहावट रोक्न दण्ड र जरिवाना गरिआएको जानकारी दिए । ‘बढ्दो चुहावट रोक्नु नै हाम्रो थालनी हो’ प्रमुख कुमारले भने –‘यसबाट चुहावट नियन्त्रणमा प्रगति भएको छ’ । केन्द्रका इञ्जिनियर बुढाथोकीका अनुसार देहात बस्तीका उपभोक्ताहरूले मिटर दबाएर अवैध रुपले सेवा लिने र विद्युत चुहावट गरिआएका छन् ।
चुहावट रोक्न खटिएका टोलीले घर–घरका विद्युत जडित अवस्थामा समेत निगरानी बढाएका उनले जानकारी दिए । ‘चुहावट बाहिरी नदेख्ने गरी प्रयोग गरेका पाइएको छ’ उनले भने –‘यस्तो अभियानले चुहावट हुने क्षेत्रमा क्रमिक सुधार आइरहेको छ’ गएको वर्ष केन्द्रले चुहावट गर्ने उपभोक्ताहरूबाट विद्युत युनिट बाहेक थप जरिवाना १ हजारदेखि २५ हजार सम्म र मिल, सिंचाइलाई १ लाख १० हजार सम्म दण्डित गरिआएको छ ।
केन्द्रको आयमा वृद्धि
दमक, १० साउन÷ अघिल्ला वर्षहरूको तुलनामा प्राधिकरणको दमक वितरण केन्द्रले आर्थिक वर्ष ०६८÷०६९ मा ५ करोड बढी राजस्व संकलन गरेको छ ।
केन्द्रको लेखा शाखाले दिएको जानकारी अनुसार अघिल्लो आर्थिक वर्ष ०६७÷०६८ को कूल राजस्व भन्दा करिब ५ करोड रुपैयाँ आ.व. २०६८÷६९ मा संकलन भएको हो ।
अघिल्लो वर्ष २० करोड १६ लाख ३६ हजार १ सय ९ रुपैयाँ संकलन गरेको केन्द्रको तथ्याङ्कमा छ । ०६८÷६९ मा भने केन्द्रले २५ करोड ७० लाख ४२ हजार ८ सय ३३ रुपैयाँ संकलन गरेको लेखा प्रमुख खुमनारायण श्रेष्ठले जानकारी दिए । केन्द्रले गएको वर्ष ३ करोड ९७ लाख ६४ हजार ८ सय ५८ कूल बिक्री युनिटबाट २३ करोड ७४ लाख २८ हजार ९ सय ७६ रुपैयाँ बिक्री वापत उठाएको हो ।
 त्यस्तै ०६८÷०६९ मा जरिवाना विविध मार्पmत १ करोड ५३ लाख २१ हजार ७ सय १३ रुपैयाँ संकलन गरेको केन्द्रको तथ्याङ्कमा उल्लेख छ । दमक वितरण केन्द्र अन्तर्गत गतवर्ष ६३ हजार ९ सय ग्राहक थिए भने सो संख्यामा वृद्धि भइ ६९ असार मसान्तसम्ममा ७२ हजार ८ सय ७ पुगेका छन् । प्राधिकरणको दमक वितरण केन्द्र देशभरकै बढी ग्राहक र क्षेत्र भएको केन्द्र मानिन्छ । झापाको माई पश्चिम १ नगरपालिका सहित १५ गाविस र पूर्वी मोरङका ८ गाविसहरूमा दमक केन्द्रले आफ्नो सेवा विस्तार गरेको छ ।

सरकार बन्ने भए मात्र उम्मेद्वार सार्वजनिक

काठमाडौं, १० साउन/कांग्रेस एमाले नयाँ सरकार बन्ने टुङ्गो नहुँदासम्म नयाँ प्रधानमन्त्रीको उम्मेद्वार को भन्ने सार्वजनिक नगर्ने सहमति गरेका छन्।
सरकार बन्ने टुङ्गो नभई प्रधानमन्त्रीको उम्मेद्वार तोक्नु ठीक नहुने भन्दै यस विषयमा सार्वजनिक टिकाटिप्पणी पनि नगर्ने निष्कर्ष निकालेका छन् ।

केही दिन यता एमाले नेताहरूले कांग्रेसले उम्मेद्वार तय नगर्दा समस्या भएको उल्लेख गर्दै आँट नगर्ने हो भने एमालेले विकल्प दिने धारणा सार्वजनिक गरेका थिए । अध्यक्ष झलनाथ खनाल, वरिष्ठ नेताहरू माधवकुमार नेपाल र केपी ओलीले पनि पहिलो प्राथमिकता कांग्रेस नै भएको तर तयार नहुने हो भने एमालेले विकल्प दिने धारणा पार्टीका र सार्वजनिक कार्यक्रम मार्फत अघि सारेका थिए ।
यसै सन्दर्भमा कांग्रेस नेताहरू सहमति, सरकार र आन्दोलन लगायतका विषयमा छलफल गर्न मंगलबार दिउँसो एमाले मुख्यालय बल्खु पुगेका थिए । बैठकमा दुई दलले सहमति निर्माण र नयाँ सरकार गठन लगायतका विषयमा बुधबार माओवादीसँग छलफल गर्ने भएका छन् । माओवादीसँगको छलफलपछि मात्र कसरी अघि बढ्ने टुङ्गो लगाउने बैठकपछि दुवै दलका नेताहरूले जानकारी दिए । बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै कांग्रेस उपसभापति रामचन्द्र पौडेलले भने –‘मुलुकलाई कसरी निकास दिने भन्ने सम्बन्धमा हाम्रो कुराकानी भएको हो, माओवादी अब कसरी अघि बढ्छ त्यसपछि मात्र हाम्रो राणनीति तय हुन्छ । ’ उनले राजनीतिक सहमति नै नभएको अवस्थामा प्रधानमन्त्रीको उम्मेद्वार तोक्नु आवश्यक नरहेको बताए ।
एमाले उपाध्यक्ष वामदेव गौतमले भने सार्वजनिक रूपमा कसले नेतृत्व गर्ने भन्ने सम्बन्धमा टिप्पणी नगर्ने सहमति भएको जानकारी दिए । उनले भने –‘यो सरकार संवैधानिक छैन त्यसले कसरी अघि बढ्ने, सहमति खोज्ने भन्नेमै हामी छलफलमा बसेका हौं । ’ सरकारको नेतृत्व कसले गर्ने भन्ने विषयमा सार्वजनिक रूपमा नबोल्ने कुरा भएको उल्लेख गर्दै गौतमले अब पनि सहमतिको दिशामा नजाने हो भने आन्दोलन चर्काउँदै लैजाने धारणा राखे ।

सिफारिस कार्यान्वयन गर्न ध्यानाकर्षण

काठमाडौं, १० साउन/राष्ट्रिय मानवअधिकार आयोगले आयोगका सिफारिस पुरै कार्यान्वयन गर्न सरकारको ध्यानाकर्षण गरएको छ ।
आयोगका अध्यक्ष केदारनाथ उपाध्यायले सरकारका मूख्य सचिव माधव घिमिरेलाई भेटेर मंगलबार सरकारको ध्यानाकर्षण गराएका हुन् । भेटमा उपाध्यायले मुद्दा फिर्ता, दण्डहीनता, आयोगको संस्थागत विकास बारे पनि ध्यानाकर्षण गराएका थिए ।
मानव अधिकार उल्लंघनका सम्बन्धमा आयोगले गरेका सिफारिश आंशिक रुपमा मात्र कार्यान्वयन भएको भन्दै अध्यष उपाध्यायले सिफारिस कार्यान्वयन गर्ने दिशामा सरकार असल मनशायले क्रियाशील हुनुपर्नेमा जोड दिए । भेटमा मुख्य सचिव घिमिरेले देशको मानव अधिकार सुदृढ बनाउन आपूm प्रयत्नशील रहेको बताएको मानव अधिकार आयोगले जनाएको छ ।
यस्तै मानवअधिकार आयोगले सुनसरीमा विद्यार्थी बोकेर गएको बसमा गरिएको आगजनीको भत्र्सना गरेको छ । घटनामा संलग्न व्यक्तिको खोजवीन गरी उनीहरूलाई कानुनी दायरामा ल्याउन आयोगले सरकारको ध्यानाकर्षण समेत गरेको छ ।
आफ्ना माग पूरा गराउने नाममा समाजमा बढ्दै गएको तोडफोड, आगजनी जस्ता हिंसात्मक गतिविधि तत्काल रोकी वार्ताको माध्यमबाट शान्तिपूर्ण तौरतरिका अवलम्बन गरी समस्या समाधान गर्ने दिशामा अघि बढ्न आयोगले सबै सरोकारवाला पक्षलाई आव्हान समेत गरेको छ ।

पूर्व विशिष्टका सुविधा खारेजीका लागि आन्दोलन

काठमाडौं, १० साउन/पूर्वप्रशासकहरूले नेतृत्व गरेको नेपाल नागरिक समाजले पूर्वविशिष्ट पदाधिकारीहरूलाई सरकारद्वारा प्रदान गरिएको विलाशी गाडी, आवास सहितको आजीवन सुविधा खारेज गर्न माग गर्दै आन्दोलनको कार्यक्रम घोषणा गरेको छ । गरीब राज्यको अर्थतन्त्रले धान्न नसक्ने गरी पूर्वराष्ट्रपतिदेखि पूर्वगृहमन्त्रीसम्मका पूर्वपदाधिकारीलाई आजीवन गाडी, इन्धन, मर्मत खर्च, आवास र सचिवालय सुविधा प्रदान गर्नु मुलुकको हितमा नरहेको भन्दै त्यसलाई खारेज गर्न माग गर्दै आन्दोलनको कार्यक्रम घोषणा गरिएको समाजका अध्यक्ष एवम् पूर्वसचिव खेमराज रेग्मीले जानकारी दिए ।
रेग्मीका अनुसार समाजले विभिन्न पेशागत संगठन र नागरिक समाजका अगुवाहरूको ऐक्यबद्धतामा समाजले आन्दोलनको कार्यक्रम घोषणा गरेको हो । समाजले आन्दोलनको पहिलो चरणमा बुधबार ‘पूर्वविशिष्ट पदाधिकारीलाई दिइएको सुविधा खारेज गर’, ‘राष्ट्रिय ढुकुटीको
 ब्रह्मलुट बन्द गर’ लेखिएको पम्पलेट देशभर चोकचोकमा बसेर बाँड्ने कार्यक्रम राखेको छ ।
समाजले पूर्वविशिष्ठ पदाधिकारीलाई आजीवन सुविधा दिन जारी अध्यादेश खारेज गर्न माग गर्दै राजधानीको रत्नपार्कमा बिहीारदेखि ८÷८ जनाका दरले २४ घण्टे रिले अनसन सुरु गर्ने भएको छ । पहिलो दिन पूर्वसचिव रेग्मीको नेतृत्वमा समाजका पदाधिकारीहरू रिले अनसन बस्नेछन््् । रिले अनसन कार्यक्रममा सहभागी भई पत्रकार महासंघ, बार एसोसिएसन सहितका संघसंगठन र नागरिक समाजका अगुवाहरूले ऐक्यबद्धता जनाउने भएका छन््् ।
दोस्रो दिन समाजका सहअध्यक्ष पूर्वगृहसचिव उमेश मैनालीको नेतृत्वमा समाजका पदाधिकारीहरू रिले अनसनमा बस्ने कार्यक्रम छ । समाजका ७२ जिल्लामा रहेका शाखाका तर्फबाट प्रमुख जिल्ला अधिकारीमार्फत सरकार प्रमुख प्रधानमन्त्री बाबुराम भट्टराईलाई पूर्वविशिष्ट पदाधिकारीलाई दिइएको सुविधा खारेज गर्न माग गर्दै ज्ञापनपत्र दिने कार्यक्रम छ । २४ घन्टे रिले अनसन शनिबारसम्म जारी रहने छ । त्यसपछि पुनः आन्दोलनका थप कार्यक्रम घोषणा गरिने जानकारी समाजका अध्यक्ष रेग्मीले दिए ।
सरकारले अध्यादेशमा पूर्वराष्ट्रपति, पूर्वउपराष्ट्रपति, पूर्वप्रधानमन्त्रीलाई आजीवन विलाशी गाडी, चालक, इन्धन मर्मत खर्च, अतिथि सत्कार तथा मसलन्द खर्च, महिनाको ५० हजार रुपैयाँका दरले आवास सुविधा, शाखा अधिकृत, दुई जना कार्यालय सहायक र दुई जना कार्यालय सहयोगी रहेको सचिवालय सुविधा प्रदान गर्ने व्यवस्था गरेको छ । अध्यादेशअनुसार बहुदल पुनर्बहालीपछिका पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर देउवा, लोकेन्द्रबहादुर चन्द, सूर्यबहादुर थापा, पुष्पकमल दाहाल, माधवकुमार नेपाल र झलनाथ खनालले सरकारबाट उक्त सुविधा लिइरहेका छन्् । राजधानीमा महल र निजी गाडी भएका देउवा, चन्द, थापा, नेपाल र खनालले समेत आवास र गाडी सुविधासमेत लिएका छन्् ।

बसमा आगजनी गर्ने पक्राउ

धरान, १० साउन÷विद्यार्थी बोकेको स्कूल बसमा तोडफोड र आगजनी गर्ने मोहन बैद्य नेतृत्वको नेकपा–माओवादी समर्थित अखिल क्रान्तिकारी नेता पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय धरानले अखिल क्रान्तिकारीका कोचिला राज्य समिति संयोजक प्रल्हाद राउतलाई धरान ११ स्थित डेराबाट मंगलबार नियन्त्रणमा लिएको हो ।
सोमबार इटहरीबाट विद्यार्थी लिएर धरान आउदै गरेको को १ ख ३२०४ नम्बरको दिल्ली पब्लिक स्कूलको बसमा अखिल क्रान्तिकारीले आगजनी गरेको थियो । विदेशी नाम खारेज गरेर नेपाली नाम राख्नुपर्ने माग गदै अखिल क्रान्तिकारीले आइतबार र सोमबार प्लस टु बन्द आह्वान गरेको थियो ।

‘पुनः निर्वाचन आवश्यक छैन’

खाँदबारी, १० साउन/नेकपा–माओवादीका पोलिटव्यूरो सदस्य तथा पूर्वाञ्चल केन्द्रीय व्यूरो इञ्चार्ज खड्गबहादुर विश्वकर्माले नेपालमा पुनः संविधानसभाको निर्वाचन आवश्यक नभएको दाबी गरेका छन् ।
उनले संविधानका कुरा थाती राखेर निर्वाचन गर्नु नहुने बताए । नेता विश्वकर्माले वर्तमान सरकारले जनताको भावना विपरित चुनावको घोषणा गरेको आरोप लगाए ।
सर्वपक्षीय गोलमेचसभा गरेर वर्तमान समस्याको समाधान गर्नुपर्ने उनको भनाइ थियो । उनले भने
–‘गोलमेचबाट नै विकल्पहरूको खोजी गर्नुपर्छ । मुलुकमा राजनीतिक र संवैधानिक सङ्कट आइपरेको छ । ’
संखुवासभाका अगुवा कार्यकर्तालाई प्रशिक्षण दिन मंगलबार खाँदबारी आइपुगेका विश्वकर्माले मुलुकमा भएका सबै शक्ति एकै ठाउँमा केन्द्रीत हुनुपर्ने बताउँदै राजनीतिक सहमतिको आधारमा निकास निकाल्नु पर्ने बताए । विश्वकर्माले शीर्ष दलका नेताहरूले नेपाली जनतालाई छिटो भन्दा छिटो संविधान दिनुपर्ने बताए ।

माओवादी महाधिवेशनको तयारीमा

काठमाडौं, १० साउन/एकीकृत नेकपा माओवादी माघमा गर्ने भनिएको महाधिवेशनको तयारीमा जुटेको छ । उसले महाधिवेशको मिति तोकेर नेताहरूको कार्यविभाजन गर्ने तयारी थालेको छ ।
महाधिवेशन आयोजक समितिको मंगलबार बसेको बैठकमा केन्द्रीय कार्यालयका तर्फबाट अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बैठकका एजेण्डाहरू प्रस्तुत गरेका छन् ।
बैठककमा एजेण्डामा महाधिवेशनको मिति सहितको ठोस् कार्यतालिका बनाउने, नेताहरूको कार्यविभाजन र महाधिवेशन आयोजक समितिको पूर्णता रहेका छन् । यसबारे केन्द्रीय कार्यालयले थप गृहकार्य गरेपछि अर्काे बैठक बस्ने समितिका सदस्य महेश्वर गहतराजले जानकारी दिए ।

व्राह्मणद्वारा पुनः परीक्षाको माग

दमक, १० साउन/व्राह्मण समाजले प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद्ले लिएको परीक्षा अम¥यादित भएको भन्दै पुनः परीक्षाको मिति तय गर्न माग गरेको छ ।
समाजका झापा, सुनसरी सहितका पदाधिकारीहरूको टोलीले परिषद्को इटहरी क्षेत्रीय कार्यालयमा गई पुनः परीक्षाको माग गरेका हुन् । समाजले ज्ञापनपत्र बुझाउँदै धनी र पहुँचवालाले मात्र प्राविधिक शिक्षा पढ्न पाउनु विडम्बना भएको जनाउँदै जेहेन्दार र गरीब विद्यार्थीहरूलाई पढ्नका लागि अवसर सृजना गर्नुपर्ने माग अघि सारेका छन् ।
माग पत्रमा परिषद्ले झापामा सञ्चालन गरेको परीक्षामा स्थानीय एजेण्टहरूसँग मिलेर परीक्षा
अगावै प्रश्नपत्र बाहिरिएको र औपचारिकताका लागि मात्र परीक्षा गरेको समाजको आरोप छ । जिल्लाका पदाधिकारीहरूद्वारा संयुक्त रुपमा जारी विज्ञप्तिमा माग सुनुवाई नभए परिषद् विरुद्ध आन्दोलन गर्ने समाजका झापा अध्यक्ष टिकाराम खरेलले बताए ।

आदिवासी जनजाति पार्टी खोल्ने तयारीमा

चितवन, १० साउन/आदिवासी जनजाति नेताहरूले राजनीतिक पार्टी खोल्ने तयारीमा जुटेको सार्वजनिक घोषणा गरेका छन्।
उनीहरूले माओवादी, कांग्रेस र एमालेबाट जनजातिको पक्षमा अधिकार नमिल्ने आरोप लगाउँदै पार्टी खोल्नुको विकल्प नभएको मंगलबार आयोजित सार्वजनिक कार्यक्रममा घोषणा गरे । जनजाति नेताहरूको भनाईमा आगामी साउन २५ सम्ममा नयाँ पार्टी खुल्ने छ ।
यसका लागि देशका प्रमुख ठाउँमा सबैको राय बुझ्न र जनजातिका कार्यकर्तालाई एकीकृत गर्न भेला भइरहेको उनीहरूले बताए । नेपाल आदिवासी जनजाति पत्रकार संघ (अनिज) ले गरेको कार्यक्रममा नेपाल आदिवासी जनजाति महासंघका केन्द्रीय अध्यक्ष राजकुमार लेखीले भने –‘देशले जनजातिको हितमा काम गर्ने नयाँ पार्टी खोजिरहेको छ । ’ उनले ठूला भनिएका दलहरूले जातीय मुद्दा छोडेकाले सबैलाई समेटेर पार्टी गठन गर्न लागिएको उनले बताए । लेखीले साउन २५ गते विश्व आदिवासी दिवसमा आफूहरूको पार्टी घोषणा गर्ने जानकारी दिए ।
 महासंघका पूर्वअध्यक्ष एवं वर्तमान सल्लाहकार पासाङ शेर्पाले पार्टी निर्माणका क्रममा बनाइएको नौ सदस्यीय कार्यदलले नयाँ पार्टीको विचारधारा, दर्शन, उद्देश्य, नीति र कार्यक्रमबारे राजधानीमा वुद्धिजीवि, पूर्वप्रहरीप्रमुख, पूर्वसेनाप्रमुख लगायतसँग छलफल तीव्र पारेको जानकारी दिए । उनले साउन २५ गते केन्द्रीय तदर्थ समिति सहित पार्टी घोषणा गरी तीन महिनाभित्र राष्ट्रिय महाधिवेशन गरिने बताए । संविधानसभाको विघटनपछि आदिवासी जनजाति आन्दोलनको दिशा तथा यसको स्वरूप विषयक बृहत् भेलामा सहभागी हुन लेखी लगायतका जनजाति नेताहरू जिल्ला दौडाहामा निस्किएका महासंघले जनाएको छ ।

पञ्चायत उत्कृष्ट भएको दावी

पथरी, १० साउन/मोरङको पथरीमा स्थापित पञ्चायत उच्च माविको कक्षा १२ का विज्ञान संकायका ६३ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् ।
उत्तीर्ण संख्या सामुदायिक (सरकारी) विद्यालयहरू मध्ये मोरङ जिल्लाकै उच्च भएको विद्यालयको दावी रहेको छ । उच्च माध्यामिक शिक्षा परिषद्ले २०६८ साल लिएको परीक्षामा विज्ञान विषयमा २२ जना विद्यार्थी सहभागी रहेका थिए ।
सहभागी मध्ये ११ प्रथम, तीन दोस्रो श्रेणी गरी १४ जना विद्यार्थी उत्तीर्ण भएको पञ्चायत उच्च माविका प्राचार्य चण्डीप्रसाद राईले जानकरी दिए । विद्यालयमा २०६६ सालदेखि विज्ञान संकायको पढाई सुरु भएको हो ।

लसएन्जेलसका दमकेली सङ्गठित

दमक, १० साउन/अमेरिकाको लसएन्जेलसमा रहेका झापा दमक घर भएका नेपालीहरूले लसएन्जेलस दमक सम्पर्क समिति गठन गरेका छन्््् । दमकेलीहरूको भेलामा जेष्ठ नागरिक दिल बहादुर श्रेष्ठ संयोजक रहने गरी सम्पर्क समिति गठन गरिएको छ ।
संस्थाको सह संयोजकमा युबराज सिटौला रहेका छन्््् भने भने त्यहाँ रहेका सम्पूर्ण दमकबासी संस्थाको सकृय सदस्य रहने निर्णय गरिएको छ ।
भेलामा दमकबाट त्यहाँ गएका नेपालीहरू दिलबहादुर श्रेष्ठ, सुकदेव शाही, कृष्णलाल मिश्र, शान्तिराम ढकाल, सुदिप पन्त, युबराज सिटौला, ओमराज खड्का, योगेन्द्र श्रेष्ठ, गोपाल सापकोटा र शारदा श्रेष्ठको उपस्थिति रहेको थियो । लामो समयदेखि लसएन्जेलसमा बसोबास गर्ने अन्य दमकेलीहरू रमेश बस्नेत, सूर्य प्रसाईं, भक्त नेपाल, सुरेश श्रेष्ठ, योगेन्द्र बिमली लगायत सबै परिवारको कुल संख्या करीब ५५ जना रहेको बताइएको छ । सो संस्थाले दमकको भौतिक संरचना लगायत अन्य क्षेत्रमा हरेक बर्ष केही न केही आर्थिक सहयोग गर्नेदेखि लिएर यहाँ रहेका दमकेलीबीचको आपसी सम्बन्ध अझ बढी प्रगाढ बनाउन विभिन्न कार्यक्रम गर्ने लक्ष्य लिएको संस्थाका संयोजक श्रेष्ठले जानकारी दिए ।

लेटाङमा सार्वजनिक शौचालय

लेटाङ, १० साउन/मोरङको लेटाङमा सार्वजनिक शौचालय निर्माण गरिएको छ । लेटाङको बसपार्क नजिकै सार्वजनिक शौचालय निर्माण भएको हो ।
शौच समस्याबाट पीडित लेटाङवासी र बजार आउने सर्वसाधारणलाई सहजाका लागि ४ लाख ९५ हजार रुपैयाँको लागतका निर्माण भएको सो शौचालय केही दिनबाटै प्रयोगमा ल्याइने भएको शौचालय निर्माण समितिका सचिव विकाश अधिकारीले बताए ।
शौचालय प्रयोगँंगै स्थानीय ३५ घरले वायोग्याँसको सुविधा समेत उपभोग गर्न पाउने भएका हुन् । दैनिक १ हजार बढी सर्वसाधारणले शौचालय प्रयोग गर्न अनुमान गरिएको र सो प्रयोगमा आएपछि बजार सफा हुने निर्माण समितिका सदस्य लालबहादुर राई बताउँछन् । लेटाङको हाटखोलामा निर्माण भएको सो शौचालयको व्यावस्थापनको जिम्मा स्थानीय सरसफाई समन्वय समितिले लिएको छ ।     प्लान नेपालको २ लाख रुपैयाँ र लेटाङ गाविसको २ लाख २० हजार, एकता महिला सञ्जालको ५० हजार रुपैयाँ, अपाङ संघबाट २० हजार, जनसेवा सामुदायिक वनबाट ६ हजार र अपुग रकम जनश्रमदानबाट जुटाएर सो शौचालय निर्माण भएको जनाइएको छ ।

राज्यको ध्यान पुगोस्

नेकपा माओवादी पार्टीको भातृ संगठन अखिल क्रान्तिकारीले आह्वान गरेको शैक्षिक आन्दोलनले नियमित पठनपाठन भइरहेका केही उच्च मावि तथा निजी लगानीमा सञ्चालित विद्यालयहरूमा समस्या उत्पन्न भएको छ । राष्ट्रब्यापी आन्दोलन घोषणा गरिएकोमा क्रान्तिकारी विद्यार्थी संगठनले विदेशी शैक्षिक प्रतिष्ठानहरूबाट सम्बन्धन लिएर सञ्चालित तथा बिदेशी भाषामा नाम राखेर विद्यालय तथा उच्च माविहरू सञ्चालन गर्न नपाइने भन्दै आन्दोलन घोषणा गरेको छ । यसैक्रममा राजधानी लगायत देशभरका कतिपय उच्च माविहरूमा आन्दोलनरत पक्षले तालाबन्दी गरेका छन् । भने केही विद्यालयका सवारी साधनहरूमा आगजनी र तोडफोड समेत गरेका छन् । केही दिनयता चलिरहेको यो आन्दोलनका पक्ष वा विपक्षमा धेरै थरी मानिसका आ–आफ्नै अभिमत रहेको पाइएको छ । कतिपयले शिक्षा जस्तो संवेदनशील विषयमा बिदेशी शैक्षिक प्रतिष्ठानबाट सम्बन्ध लिने र उनीहरूकै पाठ्यक्रममा आधारित शिक्षा दिनु व्यवहारिक नहुने तथा राष्ट्रिय भाषा, नेपाली पाठ्यक्रम माथिको अपमान भएको भन्ने गरेका छन् । त्यस्तै कतिपयले भने गुणस्तरीय शिक्षाका लागि शिक्षाको आधुनिकता र आवश्यकता महत्वपूर्ण भएकाले जुनसुकै पाठ्यक्रम पठाउँदा पनि गुणस्तरीय शिक्षा पहिलो शर्त भएकाले यस्ता बिषयमा हस्तक्षेप गर्न उपयुक्त नहुने बताउँदै आएका छन् ।
समग्रमा, नेकपा–माओवादी पार्टी विधिवत रुपमा भर्खरै आकारमा आएको पार्टी भएकाले पनि र हाल सत्ता नेतृत्व गरिरहेको एकीकृत, माओवादीबाट वैचारिक बिग्रहका कारण क्रान्तिकारी धारणा सहित संगठन गरिरहेको अवस्था भएका कारण पनि नेकपा–माओवादी र उसको भातृ संगठनले राष्ट्रिय बिषयहरूमा गम्भीर विश्लेषण सहित आन्दोलित हुनुलाई अन्यथा मान्न सकिन्न । शैक्षिक क्षेत्र मात्र नभएर राष्ट्रिय गरिमा र शान मेटिएका र मेट्ने प्रयत्न गरिएको अरु पनि थुप्रै महत्वपूर्ण विषयवस्तुहरू छन् । सबैभन्दा पहिले देशको भूमि मिचिएको, अर्थतन्त्र लुटिएको जस्ता गम्भीर बिषय काँचै पल्टिएका छन् । राष्ट्रवादी शक्ति निर्माण गर्ने अठोट हो भने जो कसैलाई यस्ता मूलभूत विषयहरूमा ध्यान दिए थप उपयुक्त हुन सक्छ । राष्ट्रताका लागि आन्दोलित हुने जुनसुकै शक्तिलाई राष्ट्रभक्त नेपाली नागरिकहरूको साथ रहने निश्चित छ । तर, राष्ट्रताका नाउँमा कसैले कुनै एउटा मुद्दालाई समातेर फेरि पनि सत्ताको भ¥याङ सोझ्याउने काम मात्रै गरेको हो भने त्यस्तो मौसमी आन्दोलनको सार्थकता नरहने निश्चित छ । जनताका छोराछोरी पढिरहेका विद्यालय र कलेजहरूमा नियमित पठनपाठन नै रोक्किनुले फेरि पनि निर्वाध पढ्न पाउने उनीहरूको मानवअधिकार हनन् भएको ठकर्छ । आन्दोलनकारी पक्षले यस विषयलाई गम्भीर रुपमा विश्लेषण गर्न जरुरी छ ।
आन्दोलन परिवर्तन, सुधार र अग्रगमनको सम्वाहक हो । आन्दोलनले आफ्नो चरण अनुसार उपलब्धि प्राप्त गर्ने एक जीवन्त गतिविधि पनि हो । त्यसैले लोकतान्त्रिक राज्य व्यवस्थामा जनताका इच्छा, आकांक्षा, आवश्यकताका लागि राष्ट्रिय, क्षेत्रीय वा स्थानीय विषयहरूमा जोडिएर आन्दोलनहरू उठ्छन् । तर, यी सबै विषयलाई मिलाउने जिम्मेवारी राज्यको हो । राज्य यस विषयमा मौन बसिरहने र तमासा मात्रै हेरिरहने हो भने सडक–सडकमा अरु पनि विद्यालयका सवारीसाधन जल्छन् । विद्यालयहरूमा तोडफोड र हुलदंगा मच्चिरहन्छन् । अन्ततः राज्यको गैरजिम्मेवारीकै कारण अरु थप क्षति र बिपत्ति उत्पन्न हुने खतरालाई कम आँक्न मिल्दैन । तसर्थ, समयमै यस्ता गम्भीर विषयहरूलाई सही विकल्प सहित समाधान गर्ने तर्फ राज्यको ध्यान पुग्न जरुरी छ ।

‘आयोजना सञ्चालनमा समस्या’

विष्णु सुब्बा
केर्खा, ९ साउन/सरकारी अनुदान आउन छाडेपछि झापाको तोपगाछीस्थित रतुवा माई वृक्षारोपण आयोजना धरासायी बन्दै गएको छ ।
वन मन्त्रालय अन्तर्गतको वन पैदावार विकास समितिले २०३५ सालमा आयोजना स्थापना गरी सञ्चालन गरेको पूर्वकै एक मात्र वृक्षारोपण आयोजना पछिल्ला वर्षहरूमा आर्थिक चपेटामा पर्दै गएको छ ।
कार्यालयका प्रमुख भक्तिप्रसाद गौतमका अनुसार सरकारी अनुदान आउन छाडेपछि दैनिक कार्यालय सञ्चालनमा समस्या भएको छ । आयोजनाको रोयल्टी समयमै निकासा नहुनु र आयोजना संरक्षण सम्बद्र्धनका लागि सरकारले सहयोगमा चासो नदिएपछि आयोजनाको अवस्था खस्किँदै गएको उनले बताए । आयोजनाका कर्मचारीहरूलाई तलब भत्ता पु¥याउनै समस्या हुन थालेको प्रमुख गौतम बताउँछन् । उनी भन्छन् –‘उत्पादित काठको बजार भाउ छैन, यसले समेत समस्या पारेको छ । ’
पूर्व–पश्चिम राजमार्गको लखनपुरदेखि माइधार क्षेत्रसम्म २ हजार ७ सय ५३.७६ हेक्टर क्षेत्रफलमा फैलिएको सो आयोजनामा २६ जना स्थायी र ४४ जना ज्यालादारीमा कर्मचारी कार्यरत रहेका छन् । आयोजनाले ती कर्मचारीहरूलाई तलब तथा पारिश्रमिकका लागि वर्षमा १ करोड रुपैयाँ खर्च हुने गरेको छ । तर, त्यतिका रकम अहिले आयोजनाले संकलन गर्न छाडेपछि वन रेखदेखका जिम्मा पाएका कर्मचारीहरूलाई तलब भत्ता खुवाउन नै चुनौति बन्दै गएको कार्यालय प्रमुख गौतमको भनाई छ । सरकारको वन क्षेत्र विरुतार गर्ने नीति बनिरहेको अवस्थामा वृक्षारोपणको जिम्मा पाएका यस्ता आयोजनाहरूतर्फ सरकारको ध्यान जानु पर्ने प्रमुख गौतमको भनाई छ ।
झापाको तोपगाछी–७, केर्खा बजारमा अवस्थित रतुवा–माई वृक्षारोपण कार्यालयको हाता । फोटो : पिपुल्स टाइम्स

आर्थिक वर्ष २०६८÷६९ मा आयोजनाले विभिन्न काठपात बिक्री गरेर ८८ लाख आम्दानी गरेको छ । त्यो रकम १९ हजार बढी क्युबिक फिट गोलिया, बल्लाबल्ली काठपात बिक्रीको परिणाम भएको आयोजनाले जनाएको छ । आयोजनामा टिक, मसला, साल, सिरिस जस्ता बिरुवाहरू छन् ।
‘टिक’को बजार छैन
आयोजनाले वर्षमा सरदर २० देखि २५ हजार क्युबिक फिट काठ उत्पादन गरिआएको छ । वयस्क बिरुवा काट्ने र नयाँ बिरुवा वृक्षारोपण गर्ने लगायतका कार्य गरिआएको सो आयोजनामा सबैभन्दा बढी ‘टिक’ जातका काठ उत्पादन हुन्छ ।
आयोजना प्रमुख गौतम भन्छन् –‘पूर्वका बजारमा टिकको मूल्य छैन, सामान्य अवस्थामा बिक्री हुने गरेको छ’ वर्षमा वयस्क काठ प्रति हेक्टर करिब २ सय ओटा निस्कने हुने गौतमको भनाई छ । बजारमा टिकको मूल्य सन्तोषजनक नभएकाले टिकको सञ्चित परिणाम बढेको उनले बताए ।
यसैगरी गएको वर्ष आयोजनाले वन क्षेत्रमा अवैध रुपले वन फडानी गर्न ९ जनालाई मुद्दा चलाएको थियो । आयोजना क्षेत्र आसपासका चिरानका आरा, खुकुरी, साइकल सहित समातिएका ९ जना विरुद्ध जिल्ला वन कार्यालयमा बुझाई मुद्दा चलेको आयोजना प्रमुख गौतमले जानकारी दिए ।

बजेट अभावले वृक्षारोपण हुन सकेन

केर्खा, ९ साउन/बजेट अभावका कारण गएको वर्ष नर्सरीमा रहेका ३० हजार बिरुवाहरू रोप्न नसकिएको रतुवामाई वृक्षारोपण आयोजनाले जनाएको छ ।
वर्षेनी खाली क्षेत्रमा वृक्षारोपण गर्दै आएकोमा आयोजनामा हाल ३० हजार बढी बिरुवा वृक्षारोपणका लागि तयारी अवस्थामा रहेको भए तापनि माथिल्लो निकायबाट बजेट नआउँदा सो हुन नसकेको हो ।
प्रमुख गौतमका अनुसार आयोजनाको १ हजार ४ सय ५० हेक्टरमा बाक्लो गरी वृक्षारोपण भएको छ । त्यस्तै, ५ सय ६७ हेकटरमा मसला र टिकका बिरुवा रोपिएको छ । आयोजना हाताको ७ सय ३६ हेक्टर क्षेत्र पूर्ण खाली रहे पनि प¥याप्त बजेटको अभावमा वृक्षारोपण गर्न समस्या भएको गौतमले जानकारी दिए ।

१ अर्व ५ करोड युनिट विद्युत आयात हुने

काठमाडौं, ९ साउन/सरकारले यो आर्थिक वर्षमा १ अर्व ५ करोड युनिट विद्युत आयात गर्ने भएको छ ।
स्वदेशी उत्पादनले मात्रै नधान्ने भएपछि नेपाल विद्युत प्राकिरणले यो वर्ष भारतबाट झण्डै ७ अर्व ६४ करोड ४० लाख रुपैयाँ बराबरको विद्युत आयात गर्ने भएको हो । तर भारतबाट विद्युत आयात गरे पनि यो वर्षको हिउँदमा लोडसेडिङ बढेर दैनिक १८ घण्टासम्म पुग्न सक्ने प्राधिकरणले जनाएको छ ।
प्राधिकरणले युनिटको ७ रुपैयाँ २८ पैसाको दरमा भारतबाट विद्युत आयात गर्न लागेको हो । तर स्रोतका अनुसार भारतबाट आयात गर्दा झण्डै १ अर्ब ९१ करोड १० लाख रुपैयाँ प्राधिकरणलाई घाटा पर्नेछ । प्राधिकरणले गएको वर्ष ७ रुपैयाँ १५ पैसाको दरले ७५ करोड युनिट विद्युत खरिद गरेको थियो ।
चालू वर्षमा पर्याप्त वर्षा नभएको र विद्युतको माग वर्षेनी झण्डै सय मेगावाटको हाराहारीमा बढ्दै गएकाले भारतबाट विद्युत आयात गर्नैपर्ने बाध्यता रहेको प्राधिकरण अर्थ विभागका उपकार्यकारी निर्देशक लवबहादुर घिमिरेले जानकारी दिए ।
यसैबीच चालु आर्थिक वर्षमा सार्वजनिक तथा निजी लगानीमा निर्माणाधीन ६ ओटा जलविद्युत आयोजना पूरा भई राष्ट्रिय प्रणालीमा ७० मेगावाट बिजुली थप हुने भएको छ ।
ऊर्जा मन्त्रालयका अनुसार चालु आर्थिक वर्षमा साना तथा ठूला आयोजनाहरूबाट थप ७० मेगावाट बिजुली थप हुने भएको हो । ७० मेगावाट थप हुँदा जडित क्षमता ७ सय ८० मेगावाट हुने भएको छ । ऊर्जा मन्त्रालयका सचिव हरेराम कोइरालाका अनुसार मन्त्रालयले तयार पारेको वार्षिक कार्यक्रम अनुसार राष्ट्रिय
 प्रसारणमा ७० मेगावाट बिजुली थप भए पनि राष्ट्रिय आवश्यकता पूरा नहुने भएको छ ।
मन्त्रालयका अनुसार चालु आर्थिक वर्षमा ३० मेगावाटको चमेलिया, १०–१० मेगावाटका सिप्रिङ र तल्लोमोदी, ८ मेगावाटको आखु, ४–५ मेगावाटको विजयपुर र ५ मेगावाटको सिउरीबाट विद्युत उत्पादन हुनेछ । यसैगरी देशका विभिन्न स्थानबाट साना आयोजनाहरूबाट थप विद्युत उत्पादन भएर सो परिमाण पूरा हुने बताइएको छ ।
सरकारले भने लोडसेडिङको मार रहेकै बेला चालु आवमा थप ३ लाख ३५ हजार घरधुरीलाई विद्युत सेवा पु¥याउने महत्वाकांक्षी योजना अगाडि सारेको ऊर्जा मन्त्रालयले जनाएको छ । आगामी २०७१ चैतभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएका तर आर्थिक सङ्कटबाट निर्माण प्रभावित भएका निजी लगानीबाट निर्माण भइरहेका जलविद्युत आयोजनालाई सहुलियत दिन थालिएको मन्त्रालयले जानकारी दिएको छ ।
मन्त्रालयका अनुसार ३३ मेगावाट क्षमताका ७ ओटा आयोजनालाई प्रतिमेगावाट २ करोड रुपैयाँका दरले सस्तो दरमा कर्जा दिइने भएको छ । यी सबै आयोजनाबाट आगामी तीन वर्षपछि विद्युत उत्पादन हुने लक्ष्य राखिएको छ । यसैगरी सरकारले बुढीगण्डकी, दूधकोशी, नरसिंह गाड, माथिल्लो अरुण, तमोर लगायत जलाशययुक्त आयोजनाको काम समेत अगाडि बढाउने भएको छ ।

दोस्रो दिन पनि देशभरका उच्च मावि बन्द

धरानमा स्कूल बस जलाइयो

काठमाडौं, ९ साउन/नेकपा–माओवादी निकट अनेरास्ववियु क्रान्तिकारी विद्यार्थी संगठनले आह्वान गरेको बन्दका कारण सोमबार दोस्रो दिन पनि देशभरका निजी उच्च माध्यामिक विद्यालयहरूको पठनपाठन बन्द रहेको छ ।
बन्दका कारण देशभरका ५ सय ७६ उच्च माविहरूको पठनपाठन ठप्प भएको छ । विदेशी नाम हटाई स्वदेशीपन झल्कने नाम राख्नुपर्ने, महँगा होडिङ बोर्ड हटाउनुपर्ने, निजी विद्यालय र कलेजहरूले लिने शुल्क वैज्ञानिक हुनुपर्ने, दर्ता नगरी सञ्चालित निजी विद्यालयको सम्बन्धन खारेज गर्नुपर्ने लगायतका माग राखी संगठनले बन्दको आव्हान गरेको हो ।
यसैबीच बन्दको अवाज्ञा गरेको भन्दै क्रान्तिकारीका कायकर्ताले सोमबार बिहान ७ बजे धरानस्थित दिल्ली पब्लिक स्कूलका दुई बसमा आगजनी र तोडफोड गरेर क्षति पु¥याएका छन् ।
सुनसरीको इटहरीबाट विद्यार्थी बोकेर धरान जाँदै गर्दा धरान र हाँसपोसाको सिमानामा पर्ने सेउती पुलमा स्कूल बसमामाथि आगजनी र तोडफोड भएको धरान प्रहरीले जनाएको छ ।
आन्दोलनकारीहरूले विद्यालयका
 विद्यार्थी बोकेको को १ ख ३२१४ नम्बरको बसबाट विद्यार्थी ओह्रालेर बसमा पेट्रोल छर्केर आगजनी गरेका र सोहि विद्यालयको को १ ख ४५० नम्बरको बस तोडफोड गरेको प्रहरीले जनाएको छ ।

कुर्सी जलाएकोमा विरोध

दमक, ९ साउन/दमक बहुमुखी क्याम्पसका सहायक क्याम्पस प्रमुखको कुर्सी जलाएको घटनाप्रति दुई ओटा विद्यार्थी संगठनहरूले निन्दा गरेका छन् । एमाले निकट अखिलका दमक क्याम्पस इकाई अध्यक्ष सुमन बञ्जराले आइतबार सहायक क्याम्पस प्रमुखको कुर्सी निकाली जलाएको घटनाको विरोध गर्दै नेविसंघ र संघीय लिम्बुवान विद्यार्थी युनियनले विज्ञप्ति निकाली भत्र्सना गरेका हुन् । उच्च शिक्षा अध्ययन गर्न आउने विद्यार्थीहरूसँग प्रशासनले प्रवेश परीक्षा शुल्क लिएको भन्दै शुक्रबार क्याम्पस प्रमुखको कार्यकक्षमा अखिलले तालाबन्दी गरेका थिए । माग सुनुवाइमा प्रशासनले चासो नदेखाएकाले अखिलका अध्यक्ष सहितका विद्यार्थीहरूको एक समूहले आइतबार सहायक प्रमुखको कुर्सी निकालेर जलाएका थिए । ती संगठनहरूले वार्ताबाट समस्याको समाधान खोज्न आग्रह गरेका छन् ।

ग्रिनबेल्टको तयारी गरिँदै

दमक, ९ साउन/रतुवा–मावा खोलाबाट हुने भू–क्षय रोक्न सञ्चालित तटबन्धन कार्यक्रम सँगसँगै ग्रिनबेल्ट निर्माण गरिने भएको छ ।
दमक नगरपालिकाले दवबै खोलाबाट हुने कटान नियन्त्रणसँगै ग्रिनबेल्ट निर्माणका लागि योजना अघि बढाएको हो । यसका लागि योजना
तयार गर्ने काम समेत भएको नगरपालिकाले जनाएको छ ।
दमक नगरपालिकाका कार्यकारी अधिकृत राजेश पौड्यालले तटबन्धन आसपासको क्षेत्रमा वृक्षारोपण सहितको ग्रिनबेल्ट निर्माणको लागि तयारी भइरहेको जानकारी दिएका छन् । रतुवा–मावाको कटान नियन्त्रण गर्न जनताको तटबन्धन कार्यक्रम अन्तर्गत बाँध र खोलामा स्पर निर्माण गर्ने कार्य भइरहेको छ ।

झापामा ८० प्रतिशत धान रोपाइ

दमक, ९ साउन/साउनको पहिलो साता सम्म झापामा ८० प्रतिशत जति धान रोपाइ भएका छन् । जिल्लाको कूल ९० हजार हेक्टर क्षेत्रफलमा हुने धान खेती मध्ये अहिलेसम्म करिब ८० प्रतिशत जति रोपाइ सकिएका छन् ।
जिल्ला कृषि विकास कार्यालयका कृषि सहायक प्राविधिक शालिकराम भट्टराईका अनुसार साउनयता मनसुन भएकाले रोपाइ कार्य तिव्र भएका छन् । ‘जिल्ला भित्र धान रोपाइ अन्तिम चरणमा पुगेको छ’ कृषि सहायक प्राविधिक भट्टराईले जानकारी दिए । भदौ पहिलो साता सम्म जिल्लामा धान रोपाइ गरिने भट्टराई बताउँछन् । यो वर्ष कूल ९० हजार हेक्टर मध्ये करिब ८८ हजार क्षेत्रफलमा धान खेतीहुने अनुमान कार्यालयको छ । यो वर्ष जिल्लाका कृषकहरूले उन्नत जात धान खेती लगाएका छन् । बढी उत्पादन हुने स्थानीय जातका धान छोडयेर भारतीय बिउको खेती गरेका कृषि सहायक भट्टराईले जनाए ।

न्यून विद्यार्थी हुने विद्यालय अन्यमा गाभिने

इलाम, ९ साउन/जिल्ला शिक्षा कार्यालय इलामले विद्यार्थी संख्या शून्य र कम भएका एक दर्जन विद्यालयलाई अन्य विद्यालयमा गाभ्ने तयारी गरेको छ । जसमध्ये केही विद्यालय बन्द नै गर्ने तयारी थालिएको छ ।
कार्यालयले नयाँ शैक्षिकसत्रमा विद्यार्थी संख्या शून्य भएकालाई बन्द गर्ने र नियम अनुसार विद्यार्थी संख्या न्यून भएका विद्यालयहरूलाई अन्यमा गाभ्ने तयारी गरेको हो । बन्द गर्नुपर्ने र अन्यमा गाभ्नुपर्ने अवस्थाका विद्यालयहरूको कार्यालयले प्रारम्भिक सूचि तयार गरेको छ ।
जिल्ला शिक्षा अधिकारी दिलनाथ पूरीका अनुसार विद्यार्थी शून्य भएका र भर्ना भएका विद्यार्थी सबै उपस्थित नहुने विद्यालयहरू सदरमुकामका दुई र अन्य विभिन्न गाविसका दश ओटा रहेका छन् ।
कार्यालयका अनुसार यस शैक्षिकसत्रमा सुलुबुङको सरस्वती प्रावि र साङ्रुम्बाको बिजुवाडाँडा प्राविमा एक जना पनि विद्यार्थी भर्ना भएका छैनन् । विद्यालयका शिक्षकहरूले नपढाई तलब बुझिरहेका छन् । त्यस्तै अन्य विद्यालयमा गाभिन लागेका विद्यालयहरूमा नगरपालिकास्थित बालमन्दिर प्राविमा ६ शिक्षक २० विद्यार्थी, दृपादेवी प्राविमा ४ शिक्षक २ विद्यार्थी तथा पशुपतिनगरको महेन्द्ररत्नमा ३ शिक्षक र ३ विद्यार्थी छन् ।
साङ्रुम्बास्थित युवा प्रावि र दूर्गा प्रावि साथै मावुस्थित जनता प्राविलाई पनि अन्य विद्यालयमा गाभ्ने तयारी गरिएको छ । तीमध्ये युवा प्राविमा १५ जना विद्यार्थी भर्ना भए पनि ९ जना मात्र नियमित उपस्थित हुने गरेका छन् । सो विद्यालयमा तीनजना शिक्षक दरबन्दी रहेको छ । दूर्गा प्राविमा २ जना शिक्षक, ६ जना विद्यार्थी र जनता प्राविमा ३ शिक्षक र ६ जना विद्यार्थी छन् ।
त्यसैगरी दानाबारीस्थित बालमन्दिर प्राविमा दुई शिक्षक, १५ विद्यार्थी, अरनीको प्राविमा एक शिक्षक २० विद्यार्थी, बालज्योति प्राविमा एक शिक्षक ११ विद्यार्थी र महमाईस्थित फूलबारी नमुना प्राविमा एक शिक्षक रहेको जिल्ला शिक्षा कार्यालयले जनाएको छ ।
विद्यालयहरूमा कम मात्र विद्यार्थी भर्ना भएका र भर्ना भएकामध्ये कतिपय नियमित उपस्थित नहुने भएकाले ती विद्यालयहरूको तत्काल निरीक्षण गरी नजिकैको विद्यालयमा गाभ्ने कार्यालयका उपसचिव गेहेन्द्र दाहालले बताए ।
प्रक्रियागत रुपमा विद्यालयहरूलाई बन्द गराउन सम्बन्धित विद्यालय व्यवस्थापन समितिको निर्णय आवश्यक पर्ने भएकाले कार्बाही प्रक्रियामा केही ढिला भइरहेको जिशिअ पुरीले बताए । उनले भने –‘ती विद्यालयहरू बन्द गराउन व्यवस्थापन समिति मञ्जुर छैनन् । ’
यसअघि कार्यालयले एकै जना पनि विद्यार्थी नभएका ५ ओटा प्राथमिक विद्यालयहरू बन्द गरिसकेको छ । कार्यालयले गोर्खेको सरस्वती निवास प्रावि, श्रीअन्तुको विद्याज्योति प्रावि, लक्ष्मीपुरको गंगादेवी प्रावि, गजुरमुखीको भानुभक्त प्रावि र नगरपालिकास्थित कुमीटार प्राविलाई बन्द गराएको थियो ।

डिफेन्स आर्मीका ७ जना पक्राउ

मोरङ, ९ साउन/विभिन्न आपराधिक क्रियाकलपमा संलग्न नेपाल डिफेन्स आर्मीका ७ जना कार्यकर्तालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
काठमाडौंस्थित विभिन्न सिनेमा हल जस्ता सार्वजनिक स्थानहरूमा, विराटनगरको वसपार्क तथा सार्वजनिक सवारी साधनमा विष्फोटन गराउने अपराधिक योजनाको तयारी चरणमा रहेका नेपाल डिफेन्स आर्मीका उनीहरूलाई ललितपुरको विभिन्न स्थानबाट नेपाल प्रहरीका अनुसन्धान सम्वद्ध निकायहरूको कार्यदलले पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरूमा आफूलाई नेपाल डिफेन्स आर्मीको मोरङ जिल्ला अध्यक्ष बताउने मोरङ्ग मोतीपुर–६ लोहासुरका २९ वर्षीय पुलिस विश्वास, आर्मीका केन्द्रीय कोषाध्यक्ष बताउने मोरङ्ग डाङिहाट–९ का २७ वर्षीय दिनेश भण्डारी, आर्मीका केन्द्रीय उपाध्यक्ष बताउने मोरङ्ग कटहरी–१ का ४७ वर्षीय राम भण्डारी, आर्मीका सक्रिय सदस्य बताउने मोरङ डाँगीहाट–५ का २३ वर्षीय जीवन राई, सक्रिय सदस्य बताउने काठमाडौं गोलढुङ्गा–३ का ३४ वर्षीय कविराज अर्याल र आर्मीका केन्द्रीय उपाध्यक्ष बताउने सर्लाही शंकरपुर–९ का २६ वर्षीय प्रमोद महत्तो र आर्मीको सक्रिय सदस्य बताउने रुपन्देही वुटवल–५ का २७ वर्षीय रविन श्रेष्ठ छन् ।
उनीहरूको साथबाट कटुवा पेस्तोल थान १, पेस्तोल थान १, राईफलको गोली ४ राउण्ड, विभिन्न क्यालीवरको पिस्तोलको गोली राउण्ड ६, विष्फोटक पदार्थ, वारुद २ केजी २ सय ग्राम र नेपाल डिफेन्स आर्मीको पर्चाहरू वरामद भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार पक्राउ परेका व्यक्तिहरूलाई हात हतियार तथा खरखजाना ऐन तथा विष्फोटक पदार्थ सम्वन्धी ऐन अन्तर्गत अनुसन्धानमा राखिएको छ ।

खानीडाँडा विमानस्थल पहिरोको खतरामा

खोटाङ, ९ साउन ÷कल्भर्ट थुनिएपछि धावनमार्गमाथिबाट बगेको भलपानीको कटानका कारण खोटाङको खानीडाँडा बिमानस्थल पहिरोको खतरामा परेको छ । भलपानीले बगाएर झरेको माटोले कल्भर्ट थुनिएपछि धावनमार्गमाथिबाट बगेको भलले कटान गर्दा खाल्लेस्थित बिमानस्थल पहिरोको खतरामा परेको हो ।
वर्षाको भलपानी निकासा गर्ने टावर नजिकैको कल्भर्ट थुनिएपछि धावनमार्ग हुँदै बगेको भलपानीको कटानका कारण बिमानस्थलको दक्षिणी भाग भत्किन थालेको खाल्लेका स्थानीय निवर्तमान गाविस उपाध्यक्ष नन्दप्रसाद घिमिरेले बताए । धावनमार्गमाथिबाटै बग्ने भलपानीले माटो कटान गरेपछि विमानस्थलको दक्षिणी छेउका तीन ठाउँमा ठूलो खाल्डो परेको र भत्किएको घिमिरेको भनाई छ । छेउबाट कटान हुँदै बिमानस्थलबीचको सेतो मार्किङ लाईनसम्म खाल्डो बनेको हो ।
तत्काल कल्भर्टको माटो हटाएर भलपानीलाई कल्भर्ट मार्फत निकासा गर्ने व्यवस्था नगरे बिमानस्थल पहिरोको जोखिममा पर्ने एक स्थानीयले बताए । विमानस्थलमाथिबाट झर्ने भलपानीलाई अन्यात्रै निकासा गर्ने कुलो नबनाएका कारण पनि विमानस्थल कटानमा सहयोग पुगेको स्थानीयबासीको भनाई छ । पछिल्लो समय अनुगमन नगरिएका कारण यसबारेमा थाहा नभएको विमानस्थल निर्माण उपभोक्ता समितिका अध्यक्ष दूर्गा घिमिरेले बताए ।

७० प्रतिशत मुद्दा किनारा

इलाम, ९ साउन/जिल्ला अदालत इलामले आर्थिक वर्ष २०६८÷६९ मा ७० प्रतिशत मुद्दाको फैसला गरेको छ ।
अदालतले ३ सय ७८ मध्ये २ सय ४५ थान मुद्दा किनारा लगाएको कार्यालयका श्रेस्तेदार तीर्थराज भट्टराईले जानकारी दिए ।
जसमा अदालतमा जिम्मेवारी सरी आएको १ सय ६ थान र अघिल्लो आर्थिक वर्षमा दर्ता भएका २ सय ७२ थान मुद्दाहरू रहेका छन् । एक वर्षमा अदालतमा सबै भन्दा बढी ९० थान अंश मुद्दा दर्ता भएका थिए ।

यूके भ्रमण सकेर लिङ्देन फिर्ता

दमक, ९ साउन/समञ्च सम्बद्ध संघीय लिम्बुवान राज्य परिषद्का केन्द्रीय अध्यक्ष कुमार लिङ्देन ‘मिराक’ एक महिने यूके भ्रमण सकेर सोमबार नेपाल आएका छन् ।
परिषद् प्रवास कार्य समिति यूकेको निमन्त्रणामा गत असार ८ गते यूके पुगेका अध्यक्ष लिङ्देनले भ्रमणका क्रममा त्यहाँ रहेका लिम्बुवान प्रेमीहरूका विभिन्न जातीय संघसंस्थाहरूद्वारा आयोजित विभिन्न कार्यक्रमहरूमा सहभागी भएको परिषद्को भातृ संगठन संघीय लिम्बुवान पत्रकार परिषद्ले जनाएको छ ।
भ्रमणका क्रममा लिङ्देनले जुलाई ८ तारिक यूके प्रवास कार्य समितिको प्रथम ऐतिहासिक सम्मेलन उद्घाटन गरेका थिए । उनलाई लिम्बुवान स्वायत्त नागरिक एकता समाज यूकेले एक समारोहको आयोजना गरी स्वागत गरेको थियो । भ्रमणका क्रममा लिङ्देनले वेल्स, स्कट्ल्याण्ड, आयरलेण्ड र लण्डनमा रहेका सबै लिम्बुवानप्रेमीहरूसँग भेटघाट गरेका पत्रकार परिषद्ले जनाएको छ ।

महिला नेतृत्व तालिम समापन

उर्लाबारी, ९ साउन/मोरङको बेलबारीमा विभिन्न तीन संस्थाको संयुक्त आयोजनामा सञ्चालित तीन दिने महिला नेतृत्व तालिम सोमबार समापन भएको छ ।
महिला प्रतिभा संघ, नारी विकास र दीपज्योति सहकारी संस्थाको संयुुक्त आयोजना रहेको तालिमा ३० बढी महिला सहभागी रहेका महिला प्रतिभा संघकी अध्यक्ष मिनु राईले जानकारी दिइन् । तालिममा उप्का नेपालका कार्यक्रम निर्देशक शुभचन्द्र राईले सहजीकरण गरेका थिए ।

वैद्य पक्षधर ट्रेड युनियनको प्रशिक्षण

उर्लाबारी, ९ साउन/नेकपा–माओवादी सम्वद्ध अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघको कोचिला राज्य समिति स्तरीय राजनैतिक प्रशिक्षण सोकबार समापन भएको छ ।
महासंघका केन्द्रीय संयोजक रामदीप आचार्यले सहजीकरण गरेको सो प्रशिक्षणमा कोचिला राज्य स्तरका करिव २ सय
कार्यकर्ता सहभागी रहेका थिए ।
विराटनगरमा भएको प्रशिक्षण कार्यक्रममा पार्टीका मोरङ सह–इञ्चार्ज हेम कार्की लगायतको सहभागिता रहेको थियो ।
महासंघका मोरङ जिल्ला संयोजक कवि सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा गोपाल विष्टले स्वागत र टिकाराम राईले सञ्चालन गरेका थिए ।

जलपान कार्यक्रम सम्पन्न

दमक, ९ साउन/संघीय लिम्बुवान महिला परिषद दमक नगर समितिले आफ्नो संगठन १ वर्ष पूरा गरेको अवसरमा आईतबार जलपान कार्यक्रम गरेको छ ।
दमकस्थित राष्ट्रिय बहुमुखी सहकारी संस्थाको सभाहलमा भएको उक्त कार्यक्रममा मञ्च सम्बद्ध संघीय लिम्बुवान राज्य परिषदका वैकल्पिक केन्द्रीय सदस्य तथा महिला सचिवालय सदस्य निश्चलता लावतीको प्रमुख आतिथ्य रहेको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि लावतीले महिलाहरू राज्यको हरेक निकायमा पचास प्रतिशत अनिवार्य हुनु पर्नेमा जोड दिएका थिए । कार्यक्रममा परिषद्का उप–महासचिव वाङगाई धिमाल, प्रेमदीप थाम्सुहाङ्, अर्थ सचिव सुरेन्द्र लिम्बू ‘नोनाम’, केन्द्रीय सदस्य धनराज सुब्बा, युवा जिल्ला संयोजक देवु गड्सन, क्षेत्रीय उपाध्यक्ष नारायण तामाङ्, दमक नगर सह–इन्चार्ज सोम ढुंगाना, दमक एल.भी. नगर इन्चार्ज अर्जुन राई, दमक नगर उपाध्यक्ष हेम चेम्जोङ् लगायतले शुभकामना व्यक्त गरेका थिए ।
कार्यक्रममा नगर महिला उपाध्यक्ष मनु साम्पाङ् राईले स्वागत गरेकी थिइन् भने नगर महिला अध्यक्ष मनिषा एवाई‘महिमा’को अध्यक्षतामा सम्पन्न कार्यक्रममा सञ्चालन सचिव सावित्रा गुरुङको रहेको थियो ।

जिविसमा एक मतले हारेको दिन


उनको यो उचाईमा जिन्दगी चलाउन निकै सहयोग पाएका छन् दमकका बासिन्दाहरूको । ‘बाँच्ने प्रेरणादायी व्यक्तित्वहरू छन्, बाचुञ्जेल म भुल्न सक्दिन ’ उनको जवाफ थियो । राजनीति, सामाजिक कामकाजले घरायसी कार्य चलाउन श्रीमतीको चुरोट कारखानाको नोकरी अनि तारानाथ निरौला, विरबहादुर गुरुङ, मानबहादुर देवान, दिलबहादुर बस्नेत, बिजय लामा लगायतले नबिर्सने सहयोग पु¥याएका छन् उनलाई ।
२०२६ सालयता दमकलाई कार्यथलो बनाएर राजनीतिक, सामाजिक कार्यमा उनको लगाव चुलिएको छ । दमकले चिन्नुपर्ने नाम बनेको उनको योगदान हो । राप्रपा नेपालका केन्द्रीय सदस्य समेत भएका उनले मुलुकमा संकट गहिरिदै गएको अनुभव गर्छन् । ‘राष्ट्रियता गुमाइरहेका छौँ’ मुलुकको राष्ट्रियता प्रति बुझ्नेहरूले मनन् गर्ने बेला आएको छ, उनको भनाई थियो । देशको माटोको रक्षा नभए हामी कहाँ रहन्छौँ ? उनी भन्ने गर्छन्–‘पहिला राष्ट्र बलियो बनाऔँ, अनि हाम्रा अन्य समस्या केलाऔँ । ’ उनी संकटको निकास भनेको अस्तित्वमा आएका पार्टी, शक्ति एक ठाउँमा बसेर समस्या खोजिनुपर्ने देख्छन् । ‘चुनाव, संविधान पछिका कुरा हुन्’ उनले राष्ट्र विदेशी प्रभाव मुक्त बनाउन विचार एक हुनुपर्ने बताउँछन् ।
सहमति बिना त्यस्ता निकास निस्कने अवस्था तत्काल नआएपनि अन्तिम विन्दु त्यही नै हो भन्ने ठान्छन् उनी । भन्छन्–‘पहिले देश नै खतरा बन्दै गएको छ, खतरामुक्त बनाउन लागौँ । ’

विष्णु सुब्बा
पढ्नका लागि मधेस झरेका थिए २०२६ सालतिर । १३ वर्षको वाल्यकालको उमेर थियो मेरो त्यो बेला । पहाडमा प्राथमिक विद्यालय तह पूरा गरी थप पढ्नका लागि त्यसताका निकै समस्या नै हुने गर्दथ्यो । त्यही बेला पहिलो पटक मधेस झरेका स्मरण छ । पाँचथरका अमरपुर–७ मा जन्मिएका राम थापाले चारदशक अघि जन्म र वाल्यकाल जीवनी कोट्याउँदै भने–‘बाल्यकालमा नै परिवारले बाठोको रुपमा चित्रण गर्थे । ’
पहाडबाट मधेस झरेर दमकको हिमालय विद्या भवनमा पढे । त्यो बेलाको विद्यालय अहिले हिमालय उच्च मावि बनेको छ । हिमाविबाट २०२९ सालदेखि एसएलसी गरेका थिए । थप उच्च शिक्षाको पठन पाठन भने धरान र भद्रपुरमा गरेका थिए । २०३६ सालमा राजनीतिक शास्त्रमा स्नातक गरेका उनले विद्यार्थी समयमा राजनीतिक शुरुवात गरेका थिए । विद्यार्थी हुँदा नै पञ्चायत राजनीतिको यात्रा तय गरेका थिए उनले । त्यसताका पञ्चायतमा राष्ट्रवादी स्वतन्त्र विद्यार्थी निकै शक्तिशाली संगठन मानिन्थ्यो ’ उनले प्रसङ्गमा भने ‘गाउँनगर हुँदै त्यो संगठनको केन्द्रीय सदस्य बनेको थिए । ’ पञ्चायतमा पहिलो पटक विद्यार्थी संगठनमा त्यतिका उचाईमा पुगेको स्मरण गर्छन् उनी । त्यो संगठनको केन्द्रीय अध्यक्ष थिए हाल राप्रपा नेपालका केन्द्रीय अध्यक्ष कमल थापा । २०३१ सालमा विरगञ्जमा भएको अधिवेशनले उनी केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए । राजनीतिबाट सामाजिक कामकाजमा मरिमेट्ने उनले २०२९ सालमा दमक नगरको वडा अध्यक्षमा दुईपटक निर्वाचित भएका थिए । बहुदल पछि समेत एकपटक सोही वडा अध्यक्षमा निर्वाचित बन्न सफल थिए उनी ।
२०४३ सालमा पहिलो पटक नगरको प्रधानपञ्चमा हारे उनी । बलभद्र अधिकारीसँग नगरपञ्चायतको प्रधानपञ्चमा पराजय बनेका थिए । ‘त्यो मेरो राजनीतिमा पहिलो हार थियो’ उनको भनाई थियो । त्यसताका नै मोरङ रङ्गेलीकी रिता थापासँग बैवाहिक बन्धनमा बाँधिएका थिए । राजनीति दौडानमा उनले २०४६ सालमा युवक संगठन दमकमा निर्वाचित बने । संवैधानिक व्यवस्था थियो त्यो संगठनको । उनले भने–‘हारजितका राजनीतिकबाट चित्त बुझाउँदै सेवा गर्न कहिल्यै छोडिन । राजाको प्रत्यक्ष शासनकालमा नगरको ‘मेयर’ पदमा मनोनित भएका उनी २०४९ सालमा जिल्ला विकास समितिको सभापति पदमा १ मतको अन्तरले पराजय भोगेका थिए । ‘त्यो हार मेरो राजनीति यात्राको दुःखद् हार हो । ’ उनले थपे–‘मलाई जबरजस्ती हराउने षड्यन्त्र थियो त्यो । ’ एक मतको हारपछि अदालतमा सो मत परिणामप्रति न्यायका लागि ढोका ढकढकाए । आखिर पदावधि सकिन लाग्दा मेरो पक्षमा फैसला भयो । ‘मुद्दा त्यति लामो चल्यो, अन्तिम फैसला कार्यान्वयन हुने समय थिएन । ’ उनको भनाई थियो । पञ्चायत र पञ्चायत पछिका राजनीतिक घडीमा कहिल्यै विचलित बनेनन् उनी ।
पञ्चायतमा राष्ट्रवादी खेमामा आकर्षित उनले २०४६ सालको राजनीतिक परिवर्तनपछिका घडीमा सधै राष्ट्रियता हिन्दू धर्म र संवैधानिक राजसंस्थाको मूल कार्यदिशा भन्दा बाहिर गएनन् उनी । अहिले राजसंस्था र हिन्दू धर्म परिवर्तन गर्ने पक्षमा चित्त बुझाउन नसकेका उनी– यस्ता महत्वपूर्ण बिषयमा जनताको राय, अभिमत हुनुपर्ने तर्क गर्छन् । ‘दुई, चार व्यक्तिले मुलुकको बागडोर सम्हाल्न कसले दियो अधिकार’ उनको प्रश्न थियो ।
२०६३ सालमा राजाको हस्तक्षेपबाट शासन चलेताका मेयर बनेका उनी ६ महिना कार्यकाल भरी त्यतिका संकटमा असुरक्षा भोगेनन् रे । ‘खोई त्यस्तो असुरक्षाको वातावरणको परिस्थिति सामना गर्नु परेन । ’ त्यसताकाको स्मरण थियोे उनको । २०५३ सालमा नेपाल चिया निगमका १८ महिने कार्यकारी अध्यक्ष नियुक्ति पाएका उनी राजनीतिक बाहेक दमकको खानेपानी, क्याम्पस, विद्यालय, मठमन्दिर लगायत क्षेत्रमा सामाजिक कामकाजमा उत्तिकै साथ दिए उनले । राजनीतिज्ञको परिचयसँगै थपिदै गए उनको सामाजिक सेवा ।
५६ वर्षीय थापाले त्यसताका प्रशस्त अवसर पाएका थिए अन्य जागिरे पेशा । उनले सरकारी जागिर कि देश बिदेशका आकर्षक जागिरे पेशामा अनेकौ प्रस्ताव आएपनि प्रवाह गरेनन् त्यस्ता प्रस्तावलाई कहिल्यै जागिरे मन आएन–उनको ठाडो जवाफ हुने गथ्र्यो । अहिलेसम्म तेस्रो व्यवसाय बनाएका छैनन् उनले । बिहानदेखि साँझ ७ बजेसम्म दैनिक जसो सधै राजनीति, सामाजिक काममा मरिमेट्ने गरेका उनको पाँचदशक बढीको दैनिकी एकै नासको रहिआएको छ । ‘सामाजिक र राजनीतिक काम मज्जाले व्यवस्थापन गरिआएको छु’ उनको उत्तर थियो । उनले बुझेका छन् सामाजिक काम भनेको मान, पद, पैसा, स्वार्थ भन्दा विल्कुल विशुद्ध छ भन्ने ।

धनयुद्धको लडाई र जनखबरदारी

ओमप्रकाश गौतम
स्वभावैले आजको मानव भौतिक सुखसुविधा चाहन्छ । काम गर्नु नपरोस् । अर्काको घरमा गएर ढिंकी, जाँतो गर्नु नपरोस् । भरसक मीठो–मीठो खानेकुरा खानु परोस् । अर्काले मोटरसाईकल किन्यो भने आफूले चाहि शयर गर्नका लागि कार चढ्नु परोस् । अरुलाई आपत बिपत प¥यो भने आफूलाई चाहि कहिल्यै बिपत्ति नपरोस् । भरसक फुसको छानो र टिनको छानो होइन, ७ तले रातो बंगलामुखी घर बनाएर स्वर्गीक संसारमा आनन्द लिनु परोस् वास्तवमा यिनै मनोरञ्जका साधनले आजको मानव बढी भन्दा बढी आकर्षित छ ।
किन कि आफ्नो हातमा डाडु पनि पुन्यु पनि हुँदा ‘मौकामा चौका’ हान्न सकियो भने आफ्नो शेखपछि भावी सन्ततीले सातपुस्तासम्म पुगुञ्जेल बसी बसी खान पाउने व्यवस्था अगाडि नै गरेपछिको मानव रुपैयाँका लागि मरिहत्ते गर्दैन र ? वास्तवमा रुपैयाँ पैसाकै लागि अहिले राजनीति खेलमा हाम्रा नेता भनाउँदाहरू गुट–उपगुटको फोहोरी खेलमा प्यानल–प्यानलमा विभाजित गराएर धनयुद्धका लागि लडाई गरिरहेका छन् । कुर्सी हाना–हान गर्दैछन् ।
जनयुद्ध र जनसंविधानलाई ब्रेक फेल गर्दैछन् । यो ब्रेकफेल गराउने कार्य सबैभन्दा ठूला दल भनाउँदाहरू र मधेसवादी दलहरू नै अग्रगतिमा अघि बढेका छन् । हिजो संविधानसभाको निर्वाचनमा सभाषद् हुँदा सत्ता, भत्ता, ऐश, आराम तथा भौतिक सुविधाबाट सर्वसम्पन्न बनेर मातिएको मान्छे संविधानसभा नै बिघटन भएपश्चात ‘घरको न घाटको’ भएपछि अतिपछि अत्याचार भयो भने जुनसुकै कुरामा पनि जनबिद्रोह हुन्छ । त्यसले हिंसात्मक बाटोको अख्तियार ग¥यौ भने एक दिन न एकदिन क्षति पु¥याउँछ भनेझै त्यो क्षति आज प्रत्येक पार्टीमा पुग्दै आएको छ । यसको प्रमुख कारक भनेको नै संकिर्णतावाद, एकात्मकवाद, अराजकतावाद र रकमी भागवण्डा वाद नै हो ।
हिजोको राजनीतिक अवस्था खुकुलो भएको बेला प्रत्येक जनताबाट लिएको चन्दा पारदर्शी नभई झुण्ड–झुण्ड बनाएर बाँडफाँडमा एकरुपता गराएर रकमको भागवण्डा पश्चात घर जग्गा किनबेच गरेपछि जनतालाई नै कंगाल बनाएपछि किन जनतामा विद्रोहको राप सल्किदैन र ? सहिद तथा बेपत्ता नागरिकका छोराछोरी पढ्ने शिक्षालयमा फर्निचरदेखि दैनिक रासन ठेक्कामा ब्रम्हलुट गरेपछि अनि शिविरको अनियमितता पारदर्शी नगरीकन एक्लै भागेदार भएपछि कसको मन कुँडिदैन र ?
भित्रभित्रै ज्वाला दन्किएपछि बिद्रोहका स्वरहरू किन छताछुल्ल भएर गोला बारुदझैँ पड्किदैन र ? जनयुद्धदेखि वर्तमान अवस्थामा आइपुग्दा हिजोको अवस्था र आजको अवस्थामा परिवर्तन भएको मानवीय जीवन कसरी तिलस्मीमय भएको छ तपाई हामीले नै मूल्यांकन गरौँ न ? विगतका दिनमा एउटा गरीब किसान जो अर्काको घरमा बनिबतो गरेर जीवन चलाउँछन् तिनको घरमा हिजो रात्तो दिन धाउने ति बिद्रोहका नक्कली स्वर गुन्जाउनेहरू आज त्यो फुसको छानोमा बास माग्न जाँदैनन् किन ? किन कि हिजोको बास नक्कली मात्र थियो सक्कली हुन सकेको थिएन । त्यतिबेला जनताको गाँस, बास र कपासका कुराहरू उठेका थिए । आज ति सबै हात्तीको देखाउने दाँत मात्र भए आज । त्यही चपाउने दाँत भत्काइदिएका छन् बहुरंगी नेताहरूले । शान्ति प्रक्रिया आएपश्चात तिनै नेताहरूले नियम बनाएर कागज मिलाएर राज्यकोषको ढुकुटी दाँइ गरेर सुकुम्बासी र मुक्त कमैयाहरूलाई जग्गा दिलाई दिने झुट्टा आश्वासनमा ‘चपरी मुनीको बास’ निरीह किसान, मजदुरलाई बनाइदिएका छन् । आफ्नो नाममा रहेको ऐलानी जग्गा तथा नम्बरी जग्गा अर्कैलाई दिलाई दिएर भु(माफियाको साँठगाँठमा जालसाँझी गरेर कित्ता काट गराइदिएर लाखौ लाख रकम असुलेर गाउँ र नगरको महासेठ बनेपछि ति च्यातिएका लुगा लगाएर रिक्सा र ठेलागाडा कुदाउनेहरूलाई बिर्सेका छन् जनयुद्धका नाममा धनयुद्धमा लडाई गर्नेहरू ।
सशस्त्र जनयुद्धमा मरेका लडाकुका सन्तानहरू गाउँमै बिचल्लीमा परिरहेका छन् । हिजो सशस्त्र द्वन्द्वमा गाउँ र शहर छोडेर खुल्ला राजनीति गर्नेहरू चाकरी र चाप्लुसी अनि बढी भन्दा बढी रकम दिने नक्कली साम्यवाद चाहनेहरू दशवर्षे जनयुद्धमा मोर्चा भिडेको भन्दै ठूला–ठूला बैठकहरूमा नारा लगाउँदै गुट र उपगुटको सारंगी बाजा बजाइ रहेका छन् किन होला ? किन कि त्यो बाजा बजाईएन भने आगामी दिनमा जसरी कुर्सीले हाने त्यो भन्दा अझै धेरै कुर्सी हान्ने समूहको बहुसंख्यक हातहरू लामबद्ध हुँदैछन् भन्ने कुराको हेक्का अब भ्रष्टाचारी गर्ने नेताहरूको सातोपुत्लो आज उड्दैछ । त्यसैले विगतमा जे जति कर्तुत गरियो त्यसको भागिदार मैले भोग्नु पर्दछ । आखिर मेरै राजनीतिक चलखेलले गर्दा आज राजनीतिमा भण्डाफोर र शक्ति सञ्चय बलियो अरुको हुँदै गयो भन्ने कुराको हेक्का राख्दै धनयुद्धको लडाईलाई छानबिन गरेर युद्ध लडेका संघर्षशील हातहरूलाई चाँडो भन्दा चाँडो सम्बोधन गरौँ ।

माओवादी पार्टी दुई नेतृत्वमा

एकीकृत नेपाल कम्युनिष्ट पार्टी माओवादीबाट फुटेर बनेको पार्टी नेपाल कम्युनिष्ट पार्टी– माओवादीले झापा जिल्लामा आफ्नो पार्टीगत जिम्मेवारी बाँडफाँड गरेको छ । संस्थापन अर्थात् एकीकृत माओवादीले पार्टीको क्रान्तिकारी धार छाडेको विश्लेषण गर्दै मोहन वैद्य ‘किरण’ को नेतृत्वमा क्रान्तिकारी र जुझारु पार्टी संगठन खोलिएको चर्चा गर्दै आएका नेकपा–माओवादीका नेता, कार्यकर्ताहरूमा यतिबेला सांगठानिक जोस र उत्साह पनि देखिएको छ । संस्थापन पक्षका रुपमा रहेको एकीकृत माओवादी पार्टीको भर्खरै सम्पन्न विस्तारित बैठक महाधिवेशनको निर्णय गर्दै समाप्त भएको अवस्था छ । केन्द्रदेखि स्थानीय तहसम्मका सबैे कमिटीहरू भङ्ग गर्दै महाधिवेशन आयोजक कमिटीका रुपमा मात्रै कायम रहेको अवस्थामा त्यही मूल पार्टीबाट फुटको नेकपा–माओवादीले भने केन्द्रदेख जिल्ला र क्षेत्रसम्मका इकाईहरूमा नेतृत्व चयन गर्दै गरेको वर्तमान अवस्था ‘माओवाद’ मान्ने कम्युनिष्ट सिद्धान्तका पालकहरूका लागि चाखलाग्दो विश्लेषणको पक्ष हो भन्ने देखिन्छ ।
स्वभाविक रुपमा पार्टी भित्र असन्तुष्टि व्यक्त गर्दै वैद्य पक्षले अन्ततः छुट्टै पार्टी खोल्ने र संगठन विस्तार गर्ने लगायतको गतिविधि थालेको अवस्था विकसित राजनीतिक क्रियाशीलता हो । त्यस्तै, एकीकृत माओवादीले समेत यतिबेला पार्टीभित्र उठेका यावत विषयहरूको निराकरणका लागि वैधानिक थलोका रुपमा महाधिवेशनमा जाने भनी गरेको निर्णयलाई रचनात्मक मान्न सकिन्छ ।
नेपाली राजनीतिको निकासक्रम नै गुट–फुट र जुटको अवस्थाबाट अघि बढ्दै आएको इतिहास छ । तसर्थ, मुलुककै ठूलो पार्टी एकीकृत माओवादीमा आएको फुट चिन्ताको बिषय बन्नु त स्वभाविक हो । तर, राजनीतिक दलहरूका बीचमा आन्तरिक विवाद, दलीय गुट र फुट तथा पुनः पार्टी एकीकरण हुन्न भन्नु गलत हो । नेपाली राजनीतिक अभ्यासले दिएको परिणाम पनि त्यही हो । कुनै एक विचारबाट सञ्चालित राजनीतिक दल हुनु भनेकै थुप्रै फरक विचार र प्रयोगको थलो बन्नु हो । तसर्थ विचारहरूको घर्षणबाट नै निष्कर्षहरू प्राप्त हुने गरेका छन् । विचारहरूको तात्कालीनता र दीर्घकालीनताले एकै दल भित्र बहु विचारहरूको तर्क र संघर्षको परिणाम नै कि संगठनको मजबुदीकरण हो अथवा बिग्रह भइ फरक दलको अस्तित्व सहित नयाँ पार्टी संगठन जन्मनु हो । नेपाली राजनीतिक परिवेशमा शक्तिशाली संगठनका रुपमा प्रचण्ड नेतृत्व र वैद्य नेतृत्वको दुई ओटा माओवादी पार्टी अस्तित्व देखिएको स्पष्ट हो । यो वास्तविकता समाजलाई स्वीकार्य हुन जरुरी छ । राजनीतिक दलहरू भनेका सार्वभौमसत्ता सम्पन्न जनताका आत्मविश्वास र आस्थाका धरोहर पनि हुन् । तसर्थ, उनीहरूले नेपाल राष्ट्र र नेपाली जनताको हित र समृद्धिका पक्षमा राजनीतिक ढङ्गले गतिविधि गर्न आवश्यक छ । जनताले दलहरूबाट राखेको अपेक्षा पनि त्यति नै हो ।

सहारा नेपालमा तालाबन्दी

व्यवस्थापन र कर्मचारी संगठनका आ–आफ्नै अडान

कमन देवान
दमक, ७ साउन/कर्मचारी सरुवाको विषयलाई लिएर कर्मचारी संगठनले तालाबन्दी गरेका कारण चार दिन देखि सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेड चारपाने–३ झापाको सम्पूर्ण गतिविधि ठप्प बनेको छ ।
सहारा नेपालको व्यवस्थापन पक्षले गत असार २६ गते झापाको विर्तामोड, सुरुङ्गा र मोरङको लेटाङ्ग शाखाका प्रवन्धकहरूलाई सरुवा गरेको विषयमा व्यवस्थापन पक्ष र कार्मचारी संगठनका प्रतिनिधिहरू बीच विवाद बढ्दै जाँदा सहकारीमा तालाबन्दी सहितको आन्दालन चर्किएको हो ।
पत्रकार सम्मेलनमा प्रेस विज्ञप्ति वाचन गर्दै सहारा नेपालका  सञ्चालक समिति उपाध्यक्ष ताराप्रसाद सञ्जेल ।              फोटो : पिपुल्स टाइम्स

त्यहाँस्थित नेपाल राष्ट्रिय कर्मचारी संगठन (साकोस) ले साउन २ गते विर्तामोड शाखामा तालाबन्दी गरेको थियो भने ३ गतेदेखि चारपानेस्थित केन्द्रीय कार्यालय लगायत अन्य ३ इलाका कार्यालय र ३१ शाखाहरूमा समेत तालाबन्दी सहितको आन्दोलन सुरु गरेपछि सहारा नेपालको को दैनिक कारोबार समेत बन्द भएको हो । केन्द्रीय कार्यालय सहित सबै शाखाहरू गरी दैनिक २ करोड बढीको कारोबार हुने सहारा नेपालले चार दिनमा ८ करोड बढीको नोक्सानी भएको स्रोतले जनाएको छ ।
यसैबीच शनिबार झापाको दमकमा पत्रकार सम्मेलन गरी सहारा नेपालको सञ्चालक समिति र व्यवस्थापन पक्षले संस्थाको कर्मचारी विनियम र श्रम ऐनको अधिनमा रही शाखा प्रवन्धकहरूको सरुवा गरिएको जानकारी दिएको छ । त्यस्तै जारी आन्दालनको नेतृत्व गरिरहेका संगठनका अध्यक्ष मोतिखर सञ्जेलले भने पिपुल्स टाइम्स दैनिकसँगको टेलिफोन कुराकानीमा व्यवस्थापन पक्षले आफ्नो कम्जोरी ढाकछोप गर्न र कर्मचारीहरूलाई भ्रमित पार्न पत्रकार सम्मेलन गर्दै हिँडेको आरोप लगाएका छन् ।
सहारा नेपाल सञ्चालक समितिका उपाध्यक्ष
ताराप्रसाद सञ्जेलले नियम अनुसार कर्मचारी सरुवा भएको पत्रकार सम्मेलनमा जानकारी दिए । संस्थाका तर्फबाट विज्ञप्ति जारी गर्दै उनले कर्मचारी संगठनले अधिकार क्षेत्र भन्दा बाहिरको माग र अवैधानिक विरोधको कार्यक्रमहरू बिना शर्त फिर्ता लिएर कामा फर्कन आग्रह गरेका छन् ।
त्यस्तै सो कार्यक्रममा बोल्दै सहारा नेपालका प्रमुख कार्यकारी अधिकृत महेन्द्रकुमार गिरीले व्यवस्थापन समितिले गरेको निर्णय नियमसङ्गत भएकाले फिर्ता नहुने बताए ।
तर, कर्मचारी संगठनका अध्यक्ष सञ्जेलले भने सहारा नेपालको विर्तामोड शाखामा कर्मचारी संगठन समेतको कार्यालय रहेको र सो शाखामा अधिकृत तहका प्रवन्धकको मातहतमा रहेर संगठनका पदाधिकारीले कार्य गर्ने नियम अनुसार विर्तामोड शाखामा अधिकृत तहका प्रवन्धक ल्याउन गरिएको आग्रहलाई नियम विपरित गरिएको आन्दोलन भनी गलत प्रचार गरिएको बताए ।
सुरुङ्गाबाट सरुवा गरी विर्तामोड लगिएका प्रवन्धक अधिकृत स्तरको कर्मचारी नभएको समेत सञ्जेलले आरोप लगाएका छन् । संस्था र कर्मचारीहरूको हितका पक्षमा जारी आन्दोलनलाई गलत सावित गर्न व्यवस्थापन पक्षले अन्य कर्मचारीहरूलाई आन्दोलको विपक्षमा उचालेको उनले आरोप लगाएका छन् ।
उनले भने –‘हामीले श्रम ऐन अनुसार म्याद भाका राखेरै आन्दोलन गर्न खोजेका हौं । तर, हाम्रो आन्तरिक विवादमा व्यवस्थापन पक्षले प्रहरी प्रशासनलाई गुहारेर
 हामीमाथि धरपकड र कुटपिट जस्ता घटना गरेकाले तत्काल तालाबन्दी सहितको आन्दोलनमा उत्रिएका हौं ।’ संगठनका पदाधिकारी सहित आन्दोलनमा उत्रिएका चार जनामाथि प्रहरी लगाएर कुठपिट गरिएको उनको आरोप छ । सञ्जेलले आपूmहरूले वार्ताका लागि सम्पूर्ण विकल्प खुल्ला गरेको भए पनि व्यवस्थापन पक्षले वार्ताबाट समस्या समाधान गर्न नचाहेको बताए । उनले भने –‘कर्मचारी संगठन र व्यवस्थापन पक्षबीचको समस्यालाई वार्ताबाट नसुल्झाएर किन होहल्लामा
 लगिएको हो थाहा छैन ।’
प्रहरी प्रयोग गरी कुटपिट गरिएको भन्ने आरोपको खण्डन गर्दै कार्यकारी अधिकृत गिरीले भने –‘विर्तामोड शाखामा कार्यरत कर्मचारीहरू समेतलाई कार्यालय भित्रै थुनेर तालाबन्दी गर्न खोजियो । हामीले मानवअधिकारकर्मीहरू समेतको रोहबरमा उनीहरूलाई उद्दार गर्दा प्रहरी प्रशासनको मद्दत लिइएको हो ।’
संस्थाको व्यवस्थापन पक्षले गत असार २६ गते झापा विर्तामोडका शाखा प्रवन्धक हेमन्त चौहानलाई मोरङको लेटाङ्ग, लक्ष्मी रिजाललाई लेटाङ्गबाट झापाको सुरुङ्गा र सुरुङ्गाका खेमराज पूरीलाई विर्तामोड शाखामा सरुवा गरेको थियो । व्यवस्थापनको सो सरुवा निर्णयपछि कर्मचारी संगठनले आन्दोलनका कार्यक्रम थालेको हो ।
 लघु वित्त कार्यक्रम अन्तर्गत ग्रामीण क्षेत्र र महिला समूहहरूमा सहाराले आयमूलक र धितो जमानीमा बचत तथा ऋण कारोबार गर्दछ । २०५२ सालमा स्थापित सहकारीको हाल झापा, मोरङ र इलाममा ३६ ओटा शाखा छन् भने ८० करोड बढी लगानी र १ अर्ब कारोबार रहेको छ । सहारामा १ सय ९१ जना कर्मचारी कार्यारत छन् भने शेयर सदस्य संख्या ५६ हजार रहेको जनाइएको छ ।
संस्था बचाउ अभियान
दमक÷यसैबीच सहारा नेपाल बचत तथा सहकारी संस्था लिमिटेडमा कार्यरत विभिन्न शाखाका प्रबन्धक तथा फिल्ड कर्मचारीहरूले शनिबार झापाको दमकमा संस्था बचाऊ अभियान बारे वृहत् छलफल गरेका छन् ।
सो कार्यक्रममा सहभागी सहारा नेपालका विभागीय प्रमुख दिनेश निरौलाले नियम सङ्गत भएको आन्तरिक कर्मचारी सरुवा निर्णय विरुद्ध संगठनका पदाधिकारीहरू लागेको बताए ।
संस्था रहे मात्र कर्मचारी रहने र कर्मचारीहरू रहेमात्र कर्मचारी संगठनको भूमिका रहने भन्दै सो कार्यक्रममा सहभागी ३१ जना शाखा प्रबन्धक सहित ७० जना सहारा नेपालका कर्मचारीले संस्था बचाउन आपूmहरूले अभियान थालेको बताए ।
झापा बुधबारेका शाखा प्रबन्धक तथा सहभागी घनश्याम रायले सबै शाखाहरूको कारोबार ठप्प भएको र हाल यो विवाद श्रम मन्त्रालयसम्म पुगेको बताए । अर्का सहभागी तथा मोरङ तेतरिया शाखाका प्रबन्धक योगेन्द्रप्रसाद प्रसाईले आन्तरिक सरुवा विरुद्ध आन्दोलन गरेर संगठनले कमजोरी गरेको धारणा राखे ।

निकास कांग्रेसले दिन्छ : कोइराला

काठमाडौं, ७ साउन/नेपाली कांग्रेसका सभापति सुशील कोइरालाले बोलाई र गराईमा एकरुपता ल्याएर त्यसलाई व्यवहारमा उतार्न एकीकृत माओवादीलाई आग्रह गरेका छन् । सभापति कोइरालाले एउटा बोल्ने र अर्को काम गर्ने माओवादीको दोधारे प्रवृत्तिले कसैलाई फाइदा नहुने भएकाले त्यस्तो प्रवृत्ति त्याग्न माओवादीलाई आग्रह गरेका हुन् ।

विपी स्मृति दिवसको अवसरमा नेपाली कांग्रेस काठमाडांैले शनिबार राजधानीमा आयोजना गरेको कार्यक्रममा कोइरालाले अरुलाई मूर्ख बनाउने र धोका दिने काम नर्गन समेत माओवादीका नेताहरुलाई आग्रह गरे । उनले भने –‘अरुलाई मूर्ख बनाउने र धोखा दिने काम छोड्नुस्, मुखले जे बोलेको हो सबैले विश्वास गर्ने गरी त्यसलाई व्यवहारमा लागू गर्नुस् ।’ एकीकृत माओवादीले सहमति गरेका विषयहरुलाई लत्याउदै गएका कारण दलहरुका बीच सहमति जुट्न नसकेको कोइरालाको भनाई थियो । उनले एकीकृत माओवादीले लिएको हत्या हिंसाको नीतिको कारण पार्टीमा विग्रह र अराजकता बढ्दै गएको र त्यसैको परिणाम स्वरुप पार्टी फुटेको समेत टिप्पणी गरे ।
सभापति कोइरालाले विपीको राष्ट्रिय एकता, मेलमिलाप र सहकार्यको बाटोबाट देशलाई अहिलेको राजनीतिक सङ्कटको निकास कांग्रेसले नै दिने बताए । शान्ति, संविधान र राजनीतिक सङ्कटको निकासका लागि सबै दल सहमतिमा आउनुको विकल्प नभएकोमा कोइरालाको जोड थियो । उनले कांग्रेसले वार्ता र संघर्षका कार्यक्रमलाई एकसाथ लिएर अघि बढेको बताए ।
कार्यक्रममा महामन्त्री कृष्णप्रसाद सिटौलाले कांग्रेसले आफ्नो स्पष्ट दृष्टिकोणका साथ शान्ति, संविधान र राजनीतिक सङ्कटको निकास छिट्टै दिने बताए । सिटौलाले संविधानसभा भङ्ग गरेर सत्ता लम्ब्याउने अभिप्रायले सरकारले नयाँ निर्वाचनको घोषणागरेको भएपनि अहिले त्यसमा माओवादी आफै फसेको बताए ।

माओवादी केन्द्रीय समिति विघटन

दाहालले सम्पत्ति पार्टीलाई बुझाउने

काठमाडौं, ७ साउन/ एकीकृत माओवादीको केन्द्रीय समिति बिघटन भएको छ ।

राजधानीमा जारी विस्तारित बैठकले केन्द्रीय समिति विघटन गर्दै अध्यक्ष पुष्पकमल दाहालको नेतृत्वमा महाधिवेशन आयोजक समिति गठन गरेको हो । पाँच दिने बैठकको अन्तिम दिन शनिबार माओवादीले स्थायी, पोलिटब्यूरो समिति समेत विघटन गरेको हो ।
महाधिवेशन आयोजक समितिमा आदिवासी, जनजाति, मुस्लिम लगायतलाई पनि समावेश गरिनेछ । एकीकृत भएपछिको माओवादीले आगामी माघमा पहिलो महाधिवेशन तय गरेको छ ।
माओवादीले सहरी जिल्लाका इञ्चार्जलाई गाउँ र गाउँकालाई सहरमा पठाउने रणनीति समेत तय गरेको छ ।

सम्पत्ति पार्टीलाई

यसैबीच विस्तारित बैठकको समापन काक्रममा अध्यक्ष पुष्पकमल दाहालले आङ्खनो सम्पत्ति पार्टीलाई बुझाउने घोषणागरे ।
माओवादीमा खासगरी लडाकुको रकम हिनामिनाको विषयले चर्को रुप लिने भएपछि दाहालले सम्पत्ति बुझाउने घोषणागरेका हुन् । दाहालले यस्तो घोषणागरिरहँदा कार्यकर्ताले लामो समयसम्म ताली पिटेका थिए ।
बैठकबाट बाहिरिएका माओवादी प्रतिनिधिहरुले पार्टी एकताको पक्षमा नाराबाजी गरेका थिए । शुक्रबारको कुर्सी हानाहानपछि तनावपूर्ण रहेको माओवादी विस्तारित बैठकका सहभागी कार्यकर्ताहरु महाधिवेशनको टुङ्गो लागेपछि खुशी देखिन्थे ।

प्रम विरुद्ध आन्दोलन थाल्ने युवा संघको उद्घोष

काठमाडौं, ७ साउन/नेकपा एमाले निकट युवा संघ नेपालले प्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई पदच्यूत गर्ने गरी भीषण आन्दोलन थाल्ने बताएको छ ।
शनिवार राजधानीमा पत्रकार सम्मेलन गरेर संघका अध्यक्ष महेश बस्नेतले युवा संघ अहिले आन्दोलनको आन्तरिक तयारीमा जुटेको जानकारी दिँदै केही दिनभित्रै भीषण आन्दोलन गर्ने घोषणा गरे ।
माओवादी नेताहरु भष्मासुर प्रवृत्तिका भएको आरोप लगाउँदै अध्यक्ष बस्नेतले यस्तालाई पदच्यूत गरेर मुलुकमा लोकतन्त्र सुरक्षित राख्न आन्दोलन अपरिहार्य भएको दावी गरे ।
उनले आन्दोलनको तयारीका लागी संघले आगामी साउन ७ र ८ गते राजधानीमा दोस्रो राष्ट्रिय कार्यकर्ता भेला आयोजना गर्न लागेको जानकारी दिए । भेलामा केन्द्रीय कमिटी सदस्य, केन्द्रीय लेखा कमिटीका सदस्य, केन्द्रीय विभाग सचिव, अञ्चल कमिटी सचिव, अञ्चल महिला विभाग प्रमुख, जिल्ला कमिटिका अध्यक्षहरुको सहभागी हुने छन् ।
भेलाले परिवर्तित राजनीतिक परिस्थिति, पार्टीले लिएको नीति, आन्दोलन तथा युवा संघको नयाँ कार्ययोजना निर्माण गरिने बस्नेतले जानकारी दिए ।

वीपी स्मृति दिवसमा विभिन्न कार्यक्रम

दमक, ७ साउन/नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको ३० औँ स्मृति दिवसको अवसरमा शनिबार मुलुकभरी विभिन्न कार्यक्रमहरू गरी मनाइएका छन् । वीपी स्मृति दिवसको अवसरमा दमकमा नेपाली कांग्रेसले १९ वडा भित्र एकै साथ विभिन्न कार्यक्रमहरू मनाएका छन् । नगर समितिले दमक–४, १५ र १८ वडामा कांग्रेसका कार्यालय उद्घाटन गरिएका नगर सभापति ढुण्डीराज भण्डारीले जानकारी दिए । दमक–४ वडा समितिको कार्यालय कांग्रेसका सहासमिति सदस्य दिलबहादुर बुढाथोकीले उद्घाटन गरेका वडा सभापति पूर्णबहादुर भट्टराईले बताए ।

वडासमितिहरूले गरेका औपचारिक कार्यक्रमहरूमा महासमिति सदस्य बुढाथोकी, शुरेश सुब्बा, देवी दाहाल, पूर्णानन्द शर्मा, चन्द्रा खड्का तथा जिल्ला सदस्यहरू भूमिराज राई, हरि सुवेदी, उमाकान्त सुवेदी, तारा प्रसाई, मानबहादुर बुढाथोकी लगायतले बोलेका थिए । त्यस्तै, महेन्द्रसिंह निरौला, डिल्ली परियार, महासचिव विक्रम अधिकारी, नेपाल किसान संघका केन्द्रीय सदस्य बसन्त बुढाथोकी, संघका नगर सभापति भानु सुवेदी, प्राध्यापक मोहन भण्डारी, क्षेत्रीय सभापति शेरबहादुर भट्टराई, सचिव नारायण बराल लगायतले ती कार्यक्रमहरूमा बोलेका थिए ।
सोही अवसरमा, दमक–३ मा वीपी स्मृति दिवस वडा सभापति भगवत दुलालको सभापतित्वमा सम्पन्न भएको छ । कार्यक्रममा जिल्ला प्रतिनिधि अञ्चल धिमाल, पूर्व वडा सभापति राजेन्द्र संग्रौला, महेन्द्र सुब्बा लगायतले बोलेका थिए भने वडा सचिव टंक ढुङ्गानाले कार्यक्रम सञ्चालन गरेका थिए ।
त्यस्तै, दमक–२ मा भएको स्मृति दिवसमा कांग्रेसका टंकबहादुर दाहाललाई सम्मान गरिएको छ । वडा समितिले पार्टीलाई योगदान पु¥याएबापत दाहाललाई टोपी र प्रमाणपत्र प्रदान गरेर सम्मान गरिएको वडा सभापति रोशन विष्टले बताए । सोही अवसरमा विभिन्न पार्टी परित्याग गरी कांग्रेसमा प्रवेश गर्ने महेन्द्र थापा, चन्द्रबहादुर विक, अम्बिका, अस्तमाया विक र तिलामाया नेपालीलाई साधारण सदस्यता वितरण गरिएको थियो । कार्यक्रम कांग्रेसका महासमिति सदस्य शुरेश सुब्बाको प्रमुख आतिथ्यमा भएको थियो भने सहभागी वक्ताहरूले वीपीका विचार अहिलेका लागि उत्तिकै सान्दर्भिकता भएकोमा जोड दिएका थिए । कार्यक्रममा पूर्व नगर उपसभापति डिल्लीप्रसाद शिवाकोटी, पूर्व वडा सभापति अगमसिंह आङ्देम्बे, पूर्णबहादुर विष्ट, ध्रुवदेवी तिम्सिना, भरुवा राजवंशी लगायतले बोलेका थिए ।
यसैगरी, नेपाली कांग्रेस लखनपुर गाउँ इकाई समितिले रङपुरको श्री सरस्वती माविमा वृक्षारोपण कार्यक्रम गरी वीपी स्मृति दिवस मनाएको छ । पार्टीका महाधिवेशन प्रतिनिधि हुकुमसिंह राईको प्रमुख आतिथ्यमा भएको सो कार्यक्रममा विद्यालयको जग्गामा विभिन्न जातका बिरुवाहरू रोपिएको पार्टी सभापति टंकप्रसाद सेढाईँले बताए । उनीहरूले खयर, टीक, कदम लगायतका १२० बिरुवा रोपेका थिए । कार्यक्रममा सो विद्यालयका प्रअ दुर्गाप्रसाद सेढाईँ, गाउँ उपसभापति बालकृष्ण गौतम लगायतले बोलेका थिए भने कार्यक्रम सञ्चालन प्रमोद दाहालले गरेका थिए ।

‘प्रहरीमा मुद्दा दर्ता बढ्यो’

दमक, ७ साउन/माइपश्चिम झापामा अपराध सम्बन्धी विभिन्न मुद्दाका घटना बढेर गएको छ । इलाका प्रहरी कार्यालय दमकको तथ्याङ्कमा वर्षेनी विभिन्न किसिमका मुद्दाका घटनामा वृद्धि भएको उल्लेख छ । गएको वर्षमा सो कार्यालय अन्तर्गत १ सय ७३ ओटा मुद्दाहरू मध्ये १ सय २ फछ्र्यौट भएको प्रहरीको तथ्याङ्कमा जनाइएको छ । गत तीन वर्षलाई तुलना गर्दा त्यस्ता मुद्दा दर्ता हुने क्रम बढेको इलाका प्रहरी कार्यालयले जनाएको छ । सो कार्यालयका प्रहरी नायब निरीक्षक गणेश भट्टराईका अनुसार गएको वर्षमा सार्वजनिक अपराधमा ३२, जबर्जस्ती करणीमा १४, बहुविवाहमा ७, मानव बेचबिखनमा २, लागुऔषधमा २, चोरीमा ३, डाका, चन्द, किर्ते सरकारी दस्तखत लगायतका घटनामा १÷१ ओटा मुद्दा दर्ता भएका छन् । प्रहरीको तथ्याङ्कमा आ.व. २०६७÷०६८ मा कूल १ सय ७१ ओटा मुद्दा दर्ता, १ सय १ फट्र्यौट र ०६६÷०६७ मा १ सय ४६ ओटा मुद्दा मध्ये ७८ ओटा फछ्र्यौट भएका थिए । मुद्दा दर्ता सामान्य बढे पनि जघन्य अपराधको घटना नभएको कार्यालय
 प्रहरी निरीक्षक हरि खतिवडाले जानकारी दिए ।

शिविरका घटना सुस्तै

दमक–५ स्थित भुटानी शरणार्थी शिविर बेलडाँगीमा गएको वर्ष २० ओटा घटना भएका छन् । शिविरमा विष सेवन र अन्य आत्महत्याका घटना सबैभन्दा बढी देखिएको छ । आत्महत्याको सूचिमा ६ ओटा, भवितव्य ३, जबर्जस्ती करणी ३, ज्यान मार्ने २, कर्तव्य ज्यान २ र सार्वजनिक अपराध, अप्राकृतिक मैथुन, बहुबिवाह, मानव बेचबिखन लगायतमा १÷१ ओटा घटना दर्ता भएका इलाका प्रहरी कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।

एसएल पत्रकारिता पुरस्कार नेम्बाङलाई

बिर्तामोड, ७ साउन/नेपाल पत्रकार महासङघद्वारा प्रेस स्वतन्त्रता सेनानी एलएल शर्माको स्मृतिमा स्थापित ‘एसएल शर्मा स्मृति सिर्जनशील पत्रकारिता पुरस्कार’ यो वर्ष पत्रकार भीम नेम्बाङलाई प्रदान गर्ने निर्णय भएको छ ।
नेम्बाङ २०५० सालदेखि नेपाल टेलिभिजनको झापा संवाददाताका रुपमा निरन्तर क्रियाशील छन् ।
त्यस्तै प्रेस स्वतन्त्रता सेनानी एलएल शर्माकी धर्मपत्नी पार्वतीदेवी शर्माको स्मृतिमा स्थापित ‘पार्वती पत्रकारिता प्रोत्साहन पुरस्कार’ यस वर्ष पत्रकार अमृतलाल श्रेष्ठकी धर्मपत्नी नीलु श्रेष्ठलाई प्रदान गर्ने निर्णय भएको छ । पुरस्कारको राशी क्रमशः ११ हजार रुपैयाँ र ताम्रपत्र तथा ५ हजार रुपैयाँ र सम्मानपत्र रहेको छ ।
नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष गणेश पोखरेलको संयोजकत्वमा रहेको पुरस्कार छनोट समितिले शनिबार सो निर्णय गरेको हो ।
समितिमा शर्मा परिवारको तर्फबाट
भाष्कर शर्मा र अघिल्लो पटक पुरस्कृत व्यक्तित्व पत्रकार गोपाल गड्तौला सदस्य छन् । त्यस्तै पार्वती पत्रकारिता प्रोत्साहन पुरस्कार छनोट समितिको सदस्यमा अघिल्लो पटक पुरस्कृत व्यक्तित्व पत्रकार माधव विद्रोहीकी धर्मपत्नी साजु अधिकारी छन् ।
त्यस्तै प्रत्येक वर्ष प्रेस चौतारी मोरङले प्रदान गर्दै आएको जर्नादन मैनाली स्मृति पत्रकारिता पुरस्कार यस वर्ष मोरङको उर्लाबारीबाट प्रकाशित हुँदै आएको राष्ट्रिय समाचार पत्र साप्ताहिकका प्रधानसम्पादक केदार चौहानलाई प्रदान गरिने भएको छ ।
प्रेस चौतारी मोरङका अध्यक्ष विक्रम लुइटेलका अनुसार चौहानलाई आज (आईतबार) एक समारोहका बीच पुरस्कृत गरिने छ ।
पथरीबाट प्रकाशित हुँदै आएको मोफसल साप्ताहिकबाट पत्रकारिता शुरु गरेका उनी हाल राष्ट्रिय समाचार पत्र साप्ताहिकका प्रधानसम्पादक छन् ।

यलम्बर टाईम्सको वार्षिकोत्सव

अर्जुनधारा, ७ साउन/आदिवासी जनजाति समुदायका आवाजलाई मुखरित गर्दै आएको यलम्बर टाईम्सले आप्mनो ५ औं वर्ष प्रवेशका अवसरमा विविध कार्यक्रम सम्पन्न गरेको छ ।
मैनबत्ती बालेर वार्षिकोत्सव कार्यक्रमको उद्घाटन गर्दै कार्यक्रमका अतिथिहरु ।

शनिबार ५ औं वर्ष प्रवेशको उपलक्ष्यमा आयोजित कार्यक्रममा अधिकांश वक्ताहरूले ग्रामीण पत्रकारिता नै विकासको आधार भएको बताए । अर्जुृनधारा गाविसको सभाकक्षमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि वरिष्ठ पत्रकार मदन ढकालले खुकुरीको धारमा कलम लिएर यलम्बर टाईम्स पत्रिका यहाँसम्म आएकोमा धन्यवाद व्यक्त गरे ।
समावेशी प्रकाशन समूहका सल्लाहकार किरात साहित्यकार नवल फाईवालीको सभापतित्वमा भएको कार्यक्रममा अनिज झापाका अध्यक्ष इन्द्रजित मुखिया, विविसी नेपाली सेवाका झापा प्रतिनिधि उमाकान्त खनाल, जेसिजका महासचिव कुमार भट्टराई, क्यूपेक नेपालका जिल्ला सचिव देवकुमार राई, नेपाली कांग्रेसका मोहन काफ्ले, एमालेका कुसुम राई, अम्बिका खतिवडा, जनजाति महासंघका कृष्ण थेबे, जनमुक्ति पार्टीका भरतसिंह राई, शान्ति समितिका मानबहादुर राई लगायतले ग्रामीण पत्रकारिताको मेरुदण्ड यलम्बर टाईम्स पत्रिका भएको बताए । कार्यक्रममा पत्रिकाको समीक्षा शनिश्चरे उच्च माविका पूर्व प्राचार्य अनिल मण्डलले गरेका थिए ।
कार्यक्रममा पत्रिकामा प्राविधिकका रुपमा कार्यरत दीपकला तामाङ र पूर्व कार्यलय प्रतिनिधि अमित खम्बूलाई सम्मान गरिएको थियो भने पत्रिकाको गतिविधि बारे सम्पादक दीपिन राईले प्रकाश पारेका थिए ।
पत्रिकाका कानुनी सल्लाहकार अधिवक्ता लक्ष्मी शिवाकोटीको स्वागत रहेको कार्यक्रममा सचेत युवा मञ्चका चतुरभुज काफ्ले, जलेश्वर धामका प्रेस सूचना प्रमुख विष्णु निरौला लगायत डेढ दर्जन संघसंस्थाका प्रतिनिधिहरूले शुभकामना व्यक्त गरेका थिए ।