
पिपुल्स टाइम्स समाचारझापा/नेपाल कम्युनिष्ट पार्टी (एमाले) को नवौँ राष्ट्रिय महाधिवेशनबाट केपी शर्मा ओली पार्टी अध्यक्षमा निर्वाचित भएका छन् । नवनिर्वाचित अध्यक्ष ओलीले अध्यक्षका प्रत्यासी एमाले पूर्व महासचिव तथा भूतपूर्व प्रधानमन्त्री माधवकुमार नेपाललाई ३९ मत अन्तरले पराजीत गर्दै जित दर्ज गरेका हुन् ।मंगलबार साँझ सार्वजनिक अन्तिम मत परिणाम अनुसार अध्यक्ष ओलीले १००२ मत प्राप्त गरेर विजयी भएका हुन् भने अध्यक्षका प्रत्यासी नेपालले ९६३ मत प्राप्त गरेका थिए ।यसैबीच एमाले अध्यक्ष पदमा चुनाव हारेका...