हाईड्रो हाउस:

दक्षिणी इलामको दानाबारीमा निमार्णाधीन सानिमा माई हाईड्रपावर लिमिटेडको विद्युत उत्पादन गृह । यो हाईड्रपावर निर्माण सम्पन्न भएपछि २२ मेगावाट क्षमताको विद्युत उत्पादन हुनेछ । तस्विर : राम योङ्हाङ ।

हाईड्रो हाउस:

दक्षिणी इलामको दानाबारीमा निमार्णाधीन सानिमा माई हाईड्रपावर लिमिटेडको विद्युत उत्पादन गृह । यो हाईड्रपावर निर्माण सम्पन्न भएपछि २२ मेगावाट क्षमताको विद्युत उत्पादन हुनेछ । तस्वि

भेटघाट र कार्वाहीमा व्यस्त प्रधानमन्त्री – मुख्य समाचार

सेना समायोजनको प्रक्रिया र खर्तबारे छलफल

काठमाडौ, चैत ११ /प्रधानमन्त्री डा. बाबुराम भट्टराईले व्यवस्थापिका–संसद्मा प्रतिनिधित्व गर्ने साना सात राजनीतिक दलसँग शान्ति, संविधान र राष्ट्रिय सहमतिको सरकार गठनका बारे शुक्रबार छलफल गरेका छन् । प्रधानमन्त्री कार्यालयमा सिंहदबारमा भएको सो छलफलमा प्रधानमन्त्री डा भट्टराईले राष्ट्रिय सहमतिको सरकार छिटो गठन गर्न आफूले प्रयास गरिरहेको बताएका थिए ।
‘उहाँले राष्ट्रिय सहमतिको सरकार गठनमा सफलता नमिले वर्तमान सरकारलाई पुनर्गठन गरेर भए पनि राष्ट्रिय सरकारको स्वरुप दिने प्रतिबद्धता जनाउनुभएको छ’ सभासद् बद्री न्यौपाने भने ।
बैठकमा नेकपा (एकीकृ) नेपाः राष्ट्रिय पार्टी, नेपाल परिवार दल, नेपाल लोकतान्त्रिक समाजवादी दल, जनमुक्ति पार्टी, चुरेभावर राष्ट्रिय एकता पार्टी र समाजवादी प्रजातान्त्रिक जनता पार्टी नेपालका प्रतिनिधिहरुको सहभागिता थियो । यस्तै प्रधानमन्त्री भट्टराईले नेपाली सेनाका प्रधानसेनापति छत्रमान गुरुङसहित उच्च तहका पदाधिकारीसँग माओवादी लडाकूको समायोजनबारे छलफल गरेका छन् ।
प्रधानमन्त्री कार्यालय सिंहदरबारमा शुक्रबार भएको छलफलमा माओवादी लडाकूको रेखदेख, पुनःस्र्थापना र समायोजनसम्बन्धी समितिले गरेको निर्णयबारे छलफल भएको थियो । छलफलमा सेनापति गुरुङ, अर्थमन्त्री वर्षमान पुन, माओवादी सेनाका डेपुटी कमाण्डर चन्द्रप्रकाश खनाल र सेना समायोजनसम्बन्धी सचिवालयका संयोजक बालानन्द शर्मा सहभागी थिए ।
छलफलपछि प्रवक्ता खनालले सेना समायोजनसम्बन्धी विशेष समितिले गरेको निर्णयलाई कसरी प्रभावकारी रुपमा कार्यान्वयन गर्न सकिन्छ भन्नेबारेमा छलफल भएको जानकारी दिए । छलफलमा सेनासमायोजनका लागि लाग्ने खर्च र समायोजनका प्रक्रियाका विविध पक्षबारे समेत विस्तृतरुपमा छलफल भएको बुझिएको छ ।
समायोजनका लागि माओवादी लडाकूका कमान्डर तथा नेपाली सेनासँग पनि अनौपचारिक तथा औपचारिक छलफल अगाडि बढाउने बिहीबार सेना समायोजन विशेष समितिमा भएको सहमतिअनुसार प्रधानमन्त्रीले शुक्रबार उनीहरुसँग छलफल गरेको हो ।
सेना समायोजन विशेष समितिको बिहीबारको बैठकले पाँच दिनभित्र सेना समायोजनको ठोस प्रस्ताव पेस गर्न सचिवालयलाई निर्देशन दिनाका साथै राजनीतिक दलहरूबीच गत कात्तिक १५ गते भएको सहमतिअनुसार समायोजनको काम अगाडि बढाउन ध्यानाकर्षण गराएको थियो । पाँच दिनभित्र समायोजन रोजेका नौ हजार ७ सय माओवादी लडाकूलाई पुनःस्र्थापना तथा स्वेच्छिक अवकाश रोज्न दिइने व्यवस्था समेत मिलाइने सचिवालयले जनाएको छ ।

श्रममन्त्री गिरी बर्खास्त, थापा नियुक्त – उपमुख्य समाचार

दुई राज्यमन्त्रीको सरुवा

काठमाण्डौ, चैत ११ /बैदेशिक रोजगार बिभागमा सुधारका काम गरिरहेका महानिर्देशक पूर्णचन्द्र भट्टराईलाई हटाउने श्रममन्त्री सरिता गिरीलाई प्रधानमन्त्री डा. बाबुराम भट्टराईले बर्खास्त गरेका थिए । दुई दिनअघि आफ्नै कार्यालयमा बोलाएर राजीनामा गर्न निर्देशन दिएपनि गिरीले राजीनामा दिनुको सट्टा उल्टै आफ्नो कदमको बचाउ गर्दै प्रचारबाजी गरेपछि आक्रोशित बनेका प्रधानमन्त्री भट्टराईले गिरीलाई बर्खास्त गरेका हुन् ।
गिरीलाई बर्खास्त गरिएपछि उनको स्थानमा शुक्रबार नैै राष्ट्रिय जनमुक्ति पार्टीका अध्यक्ष मालवरसिंह (एमएस) थापालाई श्रम तथा यातायात ब्यवस्था मन्त्री नियुक्त गरेका छन् । प्रधानमन्त्री डा. बाबुराम भट्टराईले शुक्रबार दिउँसो नै राष्ट्रपति डा. रामवरण यादवको उपस्थितिमा सितलनिवासमा नव नियुत्त, श्रम तथा यातायातमन्त्री एमएस थपालाई सपथ खुवाएका छन् ।  यसअघि गिरीले हटाएका महानिर्देशक भट्टराईलाई पुनर्वहाली गरिने प्रधानमन्त्री निकट स्रोतले जानकारी दियो ।
गिरीले आफूलाई मन्त्रीबाट नहटाउन माओवादी अध्यक्ष प्रचण्डसँग गुहार माग्ने प्रयास गरेपनि त्यो सफल हुनसकेन । प्रचण्डका सहयोगीले भेट नमिलाइदिएपछि पद थमौती गर्ने उनको प्रयास बिफल भएको थियो  । यसैबीच मन्त्री र राज्यमन्त्रीबीच बिवाद भएका कारण मन्त्रालयको काममा असर परेपछि भुमिसुधार राज्यमन्त्री र पर्यटन राज्यमन्त्रीलाई सरुवा गरिएको छ । भूमिसुधार राज्यमन्त्री ज्वालाकुमारी साहलाई पर्यटन राज्यमन्त्रीमा र हाल पर्यटन राज्यमन्त्री रहेका दिलीप महर्जनलाई भुमिसुधार राज्यमन्त्रीको जिम्मेवारी तोकिएको छ । भुमिसुधारमन्त्री भीमप्रसाद गौतम र राज्यमन्त्री शाहबीच कर्मचारी सरुवाका बिषयमा बिबाद भएपछि राज्यमन्त्री साहलाई प्रधानमन्त्रीले स्पष्टीकरण साधेका थिए ।
यस्तै प्रधानमन्त्री भट्टराईले रिक्त संचार मन्त्रालयमा नयाँ मन्त्री नियुक्त गर्ने प्रयास थालेका छन् । जेपी गुप्ता जेल परेपछि खालीरहेको सो पदमा नयाँ ब्यक्ति पठाउन फोरम गणतान्त्रिकका नेताहरुलाई आग्रह गरेको भएपनि उनीहरुले नाम दिन नसक्दा नियुक्तिमा ढिला
भएको बताइएको छ । यस्तै मदिरा सेवन गरेर बीर अस्पतालका कर्मचारीलाई दुब्र्यबहार गर्ने स्वास्थ्य राज्यमन्त्री सरोज यादवले कर्मचारीसँग माफी मागेपछि बिवाद मिल्ने भएको छ । दुवै पक्षबीचको छलफलमा एकअर्काका कमीकमजोरी स्वीकार गरिएपछि बिवाद साम्य हुन लागेको बताइएको छ ।

गजुरेलको नेतृत्वमा आन्दोलन

काठमाडौं, चैत ११ / एकीकृत नेकपा माओवादीको बैद्य पक्षले साना दलहरुसँग मिलेर आन्दोलनको घोषणा गरेको छ ।

माओवादी उपाध्यक्ष मोहन बैद्य किरण पक्ष र साना ११ दलद्धारा गठित राष्ट्रिय जनआन्दोलन समिति नेपालले शुक्रबार राजधानीमा पत्रकार सम्मेलन गरी राष्ट्रियता, जनताको संघीय, लोकतान्त्रिक, गणतन्त्रात्मक संविधान, शान्ति एवं जनजीविकाका निम्ति र सामाजिक विकृति एवं भ्रष्टाचारविरुद्ध आन्दोलनको घोषणा गरेको हो ।
घोषित कार्यक्रम अनुसार चैत १८ गतेबाट जनताको संघीय, लोकतान्त्रिक, गणतन्त्रात्मक संविधानका पक्षमा २ सय ४० वटै निर्वाचन क्षेत्रमा हस्ताक्षर अभियान आरम्भ गरिने छ भने २० गते विशेष भित्तेलेखन, २२ गते सबै संविधानसभा सदस्य–५९८ जनालाई जनताको संघीय, लोकतान्त्रिक, गणतन्त्रात्मक संविधानका पक्षमा उभिन अपील गर्दै ज्ञापनपत्र बुझाउने र २४ गते सम्पूर्ण असमान सन्धिहरु जलाउने र राष्ट्रिय प्रतिरोध दिवस मनाउने रहेको छ ।
यस्तै २७ गते सबै निर्वाचन क्षेत्रमा जनगोष्ठी गर्ने, २९ गते मसाल जुलुस निकाल्ने र ३० गते संविधान सभाभित्र र बाहिर विरोध प्रदर्शन गर्ने कार्यक्रम छ । माओवादी सचिव सीपी गजुरेल संयोजक रहेको राष्ट्रिय जनआन्दोलन समितिमा मातृका यादव नेतृत्वको नेकपा माओवादी, क्रान्तिकारी कम्युनिष्ट पार्टी, नेपाल नागरिक पार्टी लगायतका दल सम्वद्ध छन् ।

दुर्घटनामा मृत्यु

सुरुङ्गा, चैत ११ /पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सुरुङ्गामा शुक्रबार भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।
सुरुङ्गा–२ मा मे.१ प १४६ नम्बरको मोटरसाईकल अनियन्त्रित भई पल्टिँदा मोरङको टाँडी बस्ने ५२ वर्षीय किरण राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । दुर्घटनामा सख्त घाईते उनको उपचारका क्रममा कन्काई अस्पताल बिर्तामोडमा मृत्यु भएको हो ।
यस्तै शुक्रबार धाईजन–६ स्थित मेचीराजमार्गमा भे.३प ३१७१ नम्बरको मोटरसाईकलको ठक्करबाट स्थानीय ९ वर्षीया रितु तामाङ घाइते भएकी छन् । उनको स्थानीय पाथीभरा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

सरकारी अधिकारीद्वारा ‘सेप’ अगुगमन

दमक, चैत ११ /दमकस्थित दमक बहुमुखी क्याम्पसमा सञ्चालित दोश्रो उच्च शिक्षा परियोजना–सेपको शुक्रबार उच्च सरकारी टोलीेले अनुगमन गरेको छ ।
विश्व विद्यालय अनुदान आयोगका सदस्य सचिव प्रा.भोलानाथ पोखरेल, राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा. शिवकुमार राई, शिक्षा मन्त्रालयका सचिव किशोर थापा लगायतको टोलीले परियोजनाका गतिविधिबारे अनुगमन गरेको हो । सो क्रममा टोलीले क्याम्पसको पुस्तकालय, प्रयोगशाला, बिभागीय कक्षाहरुको अनुगमन, परियोजनाका अवस्थाबारे जानकारी लिएको थियो ।
क्याम्पस सञ्चालक समितिका अध्यक्ष सुरेश सुब्बाको अध्यक्षतामा भएको कार्यक्रममा सेप संयोजक राम थापाले परियोजना अन्तर्गत भइरहेका गतिविधिबारे जानकारी गराएका थिए । यस्तै सेप सचिवालय प्रमुख डिल्ली भट्टराईले श्रव्य–दृश्य सामाग्री मार्फत परियोजनाका उपलब्धीबारे प्रकाश पारेका थिए । कार्यक्रममा क्याम्पस प्रमुख सन्तकुमार भगतले धन्यवाद ज्ञापन गरेका थिए ।
क्याम्पसको शैक्षिक गुणस्तर अन्तर्राष्ट्रियस्तरको बनाउन सन् २०१४ जनवरीसम्ममा सकिने गरी परियोजना सञ्चालित छ । क्याम्पसले परियोजना सञ्चालनपछि ‘गुणस्तर सुनिश्चितता तथा प्रत्यायन’ प्रमाण पत्र पाइसकेको छ ।

१ सय ५३ बालबालिका द्वन्द्व प्रभावित

धनकुटा, चैत ११ / दशवर्षे सशस्त्र द्वन्द्वमा जिल्लामा १ सय ५३ जना बालबालिकाहरू प्रभावित भएको एक सरकारी तथ्याङ्कले देखाएको छ । प्रभावित भएका बालबालिकाहरूमध्ये बाबुआमा गुमाएका र अपहरणमा परेकाको सख्या उल्लेख्य रहेको पाइएको छ ।
जिल्ला बाल कल्याण समितिले प्रकाशन गरेको धनकुटामा बालबालिकाको स्थिति प्रतिवेदन २०६८ मा सो कुरा उल्लेख छ । जिल्लाका ३५ गाविसमध्ये डाँडाबजार, पाख्रिबास, मुढेबास, कुरुलेतेनुपा, बुढीमोरङ, चानुवा, फाक्सिव र ताङ्खुवा गाविसमा द्वन्द्व प्रभावित बालबालिका रहेका छैनन् भने सबैभन्दा बढी मुगा गाविसमा २४ जना बालबालिका प्रभावित भएको प्रतिवेदनमा उल्लेख छ । त्यस्तै, जिल्लामा ९२ जना बालबालिकाहरू जोखिममा रहेका छन् । जोखिममा परेकाहरूमा अभिभावक तथा सहयोगी भएतापनि आर्थिक, सामाजिक र अन्य कारणबाट जोखिममा रहेको प्रतिवेदनमा उल्लेख छ ।
जिल्लामा रहेका बालबालिकाहरूमध्ये कुल ४ हजार ६ सय ५३ जनाको जन्मदर्ता गराएको पाइएको छ । यसमध्ये बालक २ हजार ५ सय १२ जना र बालिका २ हजार १ सय ४१ जना रहेका छन् । बालकको तुलनामा बालिकाहरूको जन्मदर्ता कम मात्रामा गरिएको पाइएको छ ।
जिल्लामा अपाङ्गता भएका बालबालिकाहरूको संख्या पनि उल्लेख्य रुपमा रहेको पाइएको छ । स्वास्थ्यसम्बन्धी पर्याप्त मात्रामा जानकारी नभएका कारण अपाङ्गता भएका बालबालिकाहरूमध्ये बढी जन्मजात अपाङ्ग रहेको पाइएको छ । हाल जिल्लामा ४ सय ८६ जना अपाङ्ग बालबालिकाहरू रहेका छन् ।
नेपालको अन्तरिम संविधान २०६३ को धारा १२ मा सबै नागरिक कानुनको दृष्टिमा समान हुने र कसैलाई पनि कानुनको संरक्षणबाट बञ्चित गरिने छैन भनिएको भएपनि अपाङ्गता भएका बालबालिकाहरूलाई परिवारमा नै विभेद्पूर्ण व्यवहार हुने गरेको जिल्ला बाल अधिकार अधिकृत हरि दाहालले बताए ।

अबैध हतियार बरामद

ईटहरी, चैत ११ /सुनसरीको सिमरीयास्थित एक घरबाट प्रहरीले शुक्रबार बिभिन्न हतियार बरामद गरेको छ ।
सिमरीया–८ का सुदान चन्द्रवंशीको घरबाट इलाका प्रहरी कार्यालय दुहबीको टोलीले एक थान ग्क्ब् अटोमेटीक पेस्तोल, एकथान म्याग्जिन र कटुवा पेस्तोल एक थान तथा त्यसको ९ राउण्ड गोली बरामद गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । सर्चका क्रममा सो घरबाट  खैरो रंगको धुलो पाउण्डर काजगमा वेरेको अवस्थामा ५० ग्राम, पहेलो रंगको धुलो
पाउडर १०० ग्राम, सेतो धुलो पाउडर ६० ग्राम, र  कानमा लगाउने सुनको २ थान टप, सुनको औठी २ थान तथा विभिन्न दरका नेपाली तथा भारतीय रुपैयाँ र दुई थान मोवाईल सेट समेत बरामद गरिएको प्रहरीले जनाएको छ ।
शंकास्पद व्यक्तिहरु बसोबास गर्ने गरेको सूचनाका आधारमा सर्च गरिए पनि ति व्यक्तिहरु फेला नपरेको जनाइएको छ । घर धनी चन्द्रवंशीलाई भने अनुसन्धानका लागि प्रहरीले नियन्त्रणमा लिएको छ ।

पाँच जनालाई ह्वील चियर

दमक, चैत ११ /लायन्स क्लब अफ दमक माउण्ट एभरेष्टले शुक्रबार पाँच जना अपाङ्गता भएका व्यक्तिहरुलाई ह्वील चियर प्रदान गरेको छ ।
दमकस्थित होटल गेटवेमा आयोजित कार्यक्रममा तोपागछीका डिल्लीप्रसाद
खतिवडा, देवीप्रसाद चापागाँई, अर्जुन काफ्ले, निरकुमार श्रेष्ठ र सन्दिप श्रेष्ठलाई ति ह्वील चियर प्रदान गरिएको हो । क्लबका अध्यक्ष सेवक दाहालको अध्यक्षतामा भएको कार्यक्रममा संस्थापक अध्यक्ष कृष्णभक्त सुवेदी प्रमुख अतिथि रहेका थिए ।
सचिव नेत्र चौलागाँईले सञ्चालन गरेको कार्यक्रममा पूर्व अध्यक्षहरु तिर्थनारायण श्रेष्ठ, पदम क्षेत्री लगायतले बोलेका थिए । यस अघि क्लबले २ जनाको मोतिया बिन्दूको निःशुल्क शल्यक्रिया तथा रक्तदान कार्यक्रम समेत सम्पन्न गरिसकेको छ ।

जग्गा नक्सा पास हुन छाड्यो

ताप्लेजुङ, चैत ११ /जिल्ला नापीकार्यालय ताप्लेजुङमा एमोनिया रोल सकिएपछि सर्वसाधारणले जग्गा जमिनको नक्सा पाउन छोडेका छन । नक्सा उतार्न प्रयोग गरिने एमोनिया रोल  सकिएकोले नक्सा उतार्ने काम प्रभावित भएको नापी कार्यालयका प्रमुख मानकुमार प्रधानले जानकारी दिए ।
एमोनिया रोल नेपालमा नपाइने र भारतबाट झिकाउनुपर्ने हुँदा आउन केही दिन समय लाग्ने बताइएको छ । बुधबारदेखि यस्तो समस्या खेपीरहेका सर्वसाधारणले  नक्सा पाउन अझै केही दिन पर्खनुपर्ने  प्रधानले  जानकारी दिए । नापी कार्यालयमा दैनिक जस्तो २० जनाको हाराहारीमा सर्वसाधारणहरु जग्गा जमिनको नक्सा लिन  आउने गरेका छन् ।

खुल्ला कविता प्रतियोगिता

केर्खा, चैत ११ /झापाको धरमपुरमा रहेको नवरङ्ग साहित्य प्रतिष्ठानले शुक्रबार तोपगाछीमा खुल्ला कविता प्रतियोगिता सम्पन्न गरेको छ । दिवंगत साहित्यकार एवम् कार्यसमिति तत्कालिन सदस्य “पुनम सुब्बा”को स्मृतिमा कार्यक्रम गरिएको हो । प्रतियोगितामा विजय दंगाल प्रथम, कविता पौड्याल दोश्रो र नवराज दाहाल तृतीय भएका थिए ।
सुब्बाको स्मृतिमा प्रत्येक वर्ष खुल्ला कविता प्रतियोगितामा १० हजारको प्रारम्भिक अक्षयकोष समेत स्थापना गरिएको छ । अक्षयकोषलाई ५० हजार रुपैयाँको बनाउने जनाइएको छ । कार्यक्रममा साहित्यकारहरु सेलिङ्ग केसी, राजकुमार अनिश्चित, अशोक बस्नेत, प्रकाश बुढाथोकी, कैलाश थापामगर, उर्मिला तिम्सिना लगायतले रचना वाचन गरेका थिए ।
प्रतिष्ठानका अध्यक्ष अनिलदेव राईको सभापतित्वमा भएको कार्यक्रमा लोकगायक एल पी जोशी प्रमुखआतिथि रहेका थिए । प्रतिष्ठानका उपाध्यक्ष तेजेन्द्र घिमिरेको सञ्चालनमा भएको कार्यक्रमको संयोजन एलपी दाहालले गरेका थिए । स्वागत मन्तव्य विष्णु निरौलाले व्यक्त गरेका थिए ।

पर्यटन प्रवद्र्धनका लागि समिति

चुलाचुली, चैत ११ /चुलाचुली–९ स्थित शिखरकटेरी तथा अन्धाराजा दरबार क्षेत्रको प्रवद्र्धन गर्ने उद्देश्यले शिखरकटेरी अन्धाराजा ऐतिहासिक धार्मिक, पर्यटकीय क्षेत्र संरक्षण तथा विकास समिति सार्वजनिक गरिएको छ ।

समितिको आयोजना तथा पत्रकार मञ्च दमकका संयोजनमा शुक्रबार शिखरकटेरीमा आयोजित अन्तत्र्रिmयामा समिति तथा सल्लाहकार समिति सार्वजनिक गरिएको हो । संरक्षण तथा विकास समितिको अध्यक्षमा कमलप्रसाद भण्डारी, उपाध्यक्ष अमर राई, सचिव रामनाथ अचार्य, सह–सचिव रामचन्द्र भण्डारी र कोषाध्यक्षमा प्रकाश घिमिरे रहेका छन् । समितिका सदस्यहरुमा बुद्धिमान राई, बिष्णु राई, राजु मगर, ईन्द्रमायाँ दर्जी, तुलसा मगर, ललिता केसी लगायत रहेका छन् ।
यस्तै समितिका सल्लाहकारहरुमा पत्रकारहरु गञ्जबहादुर दाहाल, दिपेन वाला राई, डिकेश लामा तथा सङ्गीतकर्मी विशाल राई रहेका छन् । अन्तत्र्रिmयामा चुलाचुली गाविसका निवर्तमान गाविस अध्यक्ष ओमनारायण खनाल, नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष गणेश पाखरेल लगायतले धार्मिक तथा पर्यटकीय क्षेत्रहरुको प्रवद्र्धन गर्न सके स्थानीयबासीको आर्थिकस्तरमा समेत सुधार आउन सक्ने बताएका थिए ।
धार्मिक तथा ऐतिहासिक महत्व तथा पर्यटन प्रवद्र्धनको सम्भाव्यता भएर पनि शिखरकटेरी तथा अन्धाराजा दरवार क्षेत्र ओझेलमा परेको स्थानीय कञ्चन्जंघा सामुदायिक वनका अध्यक्ष नविनकुमार राईले बताए ।

कपडा कारोबार हुने स्थानको अनुगमन

बिर्तामोड, चैत ११ /आन्तरिक राजस्व कार्यालय, भद्रपुरले शुक्रबार झापाका बिभिन्न बजारहरुमा कपडाको कारोबार हुने स्थानहरुमा अनुगमन गरेको छ ।
कार्यालयका कर अधिकृत खगेन्द्र दाहाल, सन्तोष न्यौपाने र दीपक खड्काको नेतृत्वका टोलीले चन्द्रगढी, बिर्तामोड र धुलाबारी क्षेत्रमा सञ्चालित ३३ वटा टेलरिंग हाउस, कुर्तासलवार, साडी, पोलिस्टर, सिफन लगायतका टेक्सटाइल पसलहरुमा अनुगमन गरेको हो ।
सो क्रममा  ५ व्यवसायीलाई कारोवारको सीमा नाघेको आधारमा मूल्य अभिबृद्धि करमा दर्ता हुन आउने सूचना जारी गरिएको कार्यालय प्रमुख डा. नारायण ढकालले जानकारी दिए । यस्तै कानूनको पालना नगर्नेहरुबाट ६ हजार रुपैयाँ जरीवाना गरिएको छ ।

सतासीधाम प्लाष्टिकमुक्त

दुधे, चैत ११ /झापाको सतासीधामलाई आगामी बैशाख १ गतेबाट प्लाष्टिकका झोला मुक्त घोषणा गरिने भएको छ ।
शुक्रबार दुधेमा भएको सर्वपक्षीय भेलामा सो सहमति भएको हो । झापा उद्योग वाणिज्य संघ सतासीधाम शाखाको आयोजना भएको भेलामा सातामा एक दिन बजार बन्द गर्ने समेत सहमति भएको छ । सो सम्बन्धी निर्णय भने बजार व्यवस्थापन समितिले गर्ने जनाइएको छ । बन्द मुक्त क्षेत्र घोषणा गर्न भने स्थानीय राजनीतिक दलहरु सहमत हुन सकेनन् ।
संघ शाखाका कार्यवाहक अध्यक्ष पदमलाल अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा एकीकृत नेकपा माओवादीका दुर्गेश योङ्हाङ्, नेपाली कांग्रेसका गाउँ सभापति पर्शुराम ढुङ्गाना, नेकपा एमालेका गाउँ अध्यक्ष धनबहादु थेवे, मञ्च सम्बद्ध संघीय लिम्बूवान राज्य परिषद्का भीमप्रसाद शेर्मा लगायतले बोलेका थिए । कोषाध्यक्ष कमलबहादुर दाहालले स्वागत मन्तव्य राखेको कार्यक्रम सचिव तेजु भट्टराईले सञ्चालन गरेका थिए ।
प्लाष्टिक झोला मुक्त अभियानको अनुगमनका लागि गाविस सचिव छत्रबाबु ओझाको संयोजकत्वमा अनुगमन समिति गठन गरिएको छ  । समितिमा वाणिज्य संघ सतासीधाम शाखाका कार्यवाहक अध्यक्ष अधिकारी, खुद्रा व्यापार संघका तर्फबाट चन्द्रप्रसाद खरेल, डुँडामारी बजार व्यवस्थापन समितिका कमलप्रसाद तामाङ, झिलझिले बजार व्यवस्थापन समितिका कालीबहादुर लिम्बू र माईधार बजार व्यवस्थापन समितिका कुमार गिरी सदस्य रहेका छन्  ।

राशप्रपाको वडा कमिटी

दमक, चैत ११ /राष्ट्रिय शक्ति प्रजातन्त्र पार्टी दमक वडा नं. १ मा वार्ड कमिटी गठन गरिएको छ ।
शुक्रबार सम्पन्न भेलाले कृष्ण कोइरालाको अध्यक्षतामा नौ सदस्यीय वडा कमिटी गठन गरिएको हो ।
गठित समितिका उपाध्यक्ष सुनकुमारी तामाङ, सचिवमा राजु राई, सहसचिवमा दुर्गाप्रसाद गोले र रुपा सुवेदी कोषाध्यक्ष रहेकी छिन् । सदस्यहरुमा राजु पौडेल, पुष्प खवास, संगीता श्रेष्ठ र माया राई रहेकी छिन् ।
सोही भेलाले शेरसिंह सुब्बा, रामबहादुर राई र बिमला गौतमलाई नगर प्रतिनिधिमा चयन गरेको छ । भेलामा पार्टीका जिल्ला सदस्य प्रविण चाम्लिङ, भिष्म भण्डारी र प्रकाश सुवेदी लगायतको उपस्थिति रहेको थियो ।

कन्काई क्वाटर फाईनलमा – खेल समाचार

दमक, चैत ११ /दमकमा जारी क्याम्पसस्तरीय क्रिकेट प्रतियोगिताको शुक्रबारको खेलमा कन्काई क्याम्पस बिर्तामोड विजयी भएको छ ।
दमक बहुमुखी क्याम्पसमा सम्पन्न खेलमा प्रतिष्पर्धी काँकडभिट्टा क्याम्पसलाई ७ विकेटले पराजित गर्दै कन्काईले क्वाटरफाईनलमा आफ्नो स्थान सुरक्षित गरेको हो । काँकडभिट्टाले दिएको १ सय २ रनको सामान्य लक्ष्य पछ्याएको कन्काईले ९ दशमलव १ ओभरमा ३ विकेट गुमाएर भेट्टायो ।
कन्काईको जितमा मन्जिल विमलीले सर्वाधिक ६० रन बनाए । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको काँकडभिट्टाले १७ दशमलव २ ओभरमा अल आउट हुँदै १ सय १ रन बनायो । काँकडभिट्टाका लागि मनोज मैनालीले सर्वाधिक २३ रन बनाए ।
खेलको म्यान अफ द म्याच ३ ओभर बलिङ गर्दै ३ रन खर्चेर ३ विकेट लिएका कन्काईका सन्तोस घोष घोषित भए । प्रतियोगिता अन्तर्गत आज पहिलो खेलमा मोडल क्याम्पस दमक र कन्काई क्याम्पस सुरुङ्गा तथा दोश्रो खेलमा कोयेड क्याम्पस बिर्तामोड र उर्लाबारी बहुमुखी क्याम्पस प्रतिस्पर्धा गर्ने खेल संयोजक सुवास काफ्लेले जानकारी दिए ।

कविता

राजनीति खेल भ्रष्टलाई जेल

जयप्रसाद गुप्ता तिमीले जनताको जय
गर्छौ भन्दै जनताले चुनाउवमा भोट लाए
जनताको जय होइन आफ्नै जय ग¥यौ
जनघाती भ्रष्टाचारी आम कमार छाड्यौ

भ्रष्टचारको छिनो फानो अदालतमा भएको
गुप्तीचालले खाँदा पनि कस्तो चालपाएको
संसद भयौ मन्त्री भयौ भ्रष्ट ग¥यौ अत्ति
तिमी जस्ता भ्रष्ट संसद होलान्  अझै कत्ति

भ्रष्टाचारको आरोप पहिला होइन भन्दै गयौ
सर्वोच्चमा पुगे पछि भ्रष्टाचारी भयौ
भ्रष्टाचारी भयौ नेता पुग्यौ मामा घरमा
मन्त्री होइन जेलमा बस्ने रहेछ तिम्रो कर्म

जयप्रसाद गुप्ता तिम्रो नामको मात्र जय
भ्रष्टाचारी नेता मन्त्री तिम्रै साथी भए
जनता ढाट्यौ भ्रष्ट ग¥यौ आफ्नै खल्ती भ¥यौ
पाटीको र देशको बदनाम गर्न सम्म ग¥यौ

सुत्दा पनि सपनीमा पैसा गनी रहन्छ्यौ
मर्दा पनि धनसम्पत्ति साथै लिएर जान्छौ
जन्मे पछि एक दिन आउँछ मनुपर्ने दिन
धन सम्पत्ति जग्गा जमिन पाउने छैनौ सान
पुण्य प्रसाद भट्टराई
दमक–१८

 

 

 

आमा

आमाको ममताको लेखा छैन
आमा भन्दा ठूलो इश्वर होइन
आमा हाँस्दा दिशा खुल्छ
हृदय भित्र ईश्वर डुल्छ

सुपुत्रले नै आमा चिन्छ
सेवा गर्दै बाटो हिड्छ
आमाले खुवाइन दूधको घाटा
देखाई दिइन् विश्व सारा
सृष्टि अधिकारी
कक्षा – आठ
श्री सिंह देवी उच्च मा.वि.



घाम

उजेलीलाई साथै ल्यााउने
कति राम्रो घाम
घामसित शुरु हुन्छ
हाम्रो पनि काम

विद्यार्थीले पढ्ने लेख्ने
उजेलीमा हाँसो
आफ्नो–आफ्नो काम गरौ
मनमा माया गासौँ

अध्यारोलाई भगाई आउने
कति राम्रो जुन
मनको डर हटाइदिने
नबिर्से है गुन ।
सौगात न्यौपाने

ढड्डु मुसाको बकबक – कथा

विनय कसजू
कथा नसुनी मायालाई निँद लाग्दैनथ्यो । साँझ दूधभात खाएपछि ऊ ओछ्यानमा पल्टन्थी । अनि मैले उसलाई कथा सुनाउथेँः–“राजकुमारीले भ्यागुतोलाई माया गरेर म्वाई खाई । अचानक भ्यागुताको रुप फेरियो । राजकुमारीको हातबाट भ्यागुता बिलायो । उसको अगाडि सुन्दर राजकुमार उभियो ।”
ऊ यस्तै कथा सुन्न रुचाउँथी । तर कथा टुंगिन नपाउँदै माया निदाइसक्थी । उसले पूरै कथा कहिल्यै सुन्न भ्याउन्नथी । माया निदाए पनि मैले कथा बीचैमा रोक्दिनथेँ । कोठामा मेरो कथा सुन्ने अरु पनि हुन्थे ।
मायालाई कथा सुनाउन म कोठामा पस्दा मेरो पछिपछि टाटे कुकुर र पाटे बिरालो पनि आउँथे । टाटे भुइँमा बस्थ्यो । मैले कथा सुनाउँदा ऊ मतिर फर्कन्थ्यो र बडो ध्यान दिएर सुन्थ्यो । पाटे भने कहिले ओछ्यानमाथि मायासँगै बस्थ्यो भने कहिले खाटमुनि गएर मुसालाई ढुकेर बस्थ्यो । तर कथा सुनाउन थालेपछि ऊ पनि हल्ला नगरी बस्थ्यो ।
एक दिन पानी परिरहेको थियो । अलिअलि जाडो थियो । मैले राजकुमार भ्यागुताको कथा सुनाउन थालेँ । तर कथा शुरु हुने बित्तिकै माया निदाइहाली । मलाई कथा सुनाउन अल्छी लाग्यो । मलाई पनि निँद लाग्यो ।
सपनामा पनि टाटे र पाटे दुवैले बडो ध्यान दिएर मेरो कथा सुनिरहेका थिए । मैले कथा भन्न छाडेको देखेर टाटे “कुइँ कुइँ” करायो । पाटे पनि खाटमुनिबाट निस्केर “म्याउँ म्याउँ” गर्न थाल्यो ।
“हुन्छ, हुन्छ । म कथा सुनाउँछु ।” मैले भनेँ । ती दुवै खुशी भए, र मतिर ध्यान दिएर हर्न थाले । मैले सुनाउन लागेको कथा तिनीहरुकै कथा थियोः
“यो घरमा आउँदा शुरुमा टाटे र पाटे खुबै झगडा गर्थे । एक अर्कालाई देखी सहँदैनथे । एक दिन टाटेको भागमा राखेको मासु पाटेले चोरेर खाइदियो ।”
“होइन यो कुरा झुटा हो । त्यो दिन मैले मासु चोरेको थिइन । मेरो भागमा पनि मासु थिएन । दुवैको भागको मासु ढड्डु मुसाले खाएको थियो । फ्वाक्कैमा ममाथि शंका गरेर टाटेले मलाई झम्टेको हो । यस्तो झुठो आरोप लाग्यो भने टाटेलाई पनि रिस उठ्छ । उठ्दैन त टाटे ?” अचानक पाटेले आफू निर्दाेष भएको कुरा सुनायो ।
“मलाई त तिमीमाथि नै शंका लागेको थियो । अहिलेसम्म पनि त्यो शंका मेटिएको छैन बुझ्यौ ।” टाटे कुकुरले पाटेको कुरा पूरै पत्याएको थिएन ।
“त्यसो भए त्यो ढड्डु मुसालाई सोध । सबै कुरा थाहा भइहाल्छ ।” पाटे बिरालोले भन्यो ।
उसको कुरा टुँगिन नपाउँदै दुलोबाट ढड्डु मुसा फुत्रुक्क बाहिर निस्क्यो । ऊ बिरालोसँग सतर्क हुँदै टेबुलमाथि पुग्यो र भन्न थाल्यो, “हो, हो । त्यो दिन तिमीहरुको भागको मासु सुटुक्क खाइदिएर तिमीहरुलाई लडाएको मैले नै हो ।” यति भन्दै ऊ मज्जाले हाँस्यो ।
“कस्तो बदमास रहेछ यो । आफूले मासु खाएर हामीलाई लडाउने ?” कुकुरले ठूलाठूला आँखाले ढड्डुतिर हेर्दै भन्यो । “त्यो दिन झण्डै हामी दुवैलाई घरपेटीले घरबाट निकालेको । रातभरि बाहिर बस्नुप¥यो । किन यस्तो बदामासी गरेको ?”
मुसा फेरि जोडले हाँस्यो । उसले कम्मरमा हात राख्दै भन्यो, “तिमीहरुलाई घरपेटीले यो घरबाट निकालेको भए त मलाई हाइसँचै हुन्थ्यो नि !”
मुसाको कुरा सुनेर मलाई रिस उठ्यो । “मेरो घरमा बसेर मेरै साथीहरुलाई तैँले धम्की दिने ? पख तँलाई ।” मैले भनेँ ।
मेरो कुरा सुनेर ढड्डु मुसा फेरि हाँस्यो । उसले भन्यो, “यो घर तिम्रो हो भन्ने भ्रममा रहेछौ तिमी । तिमी यो घरमा आएको कति वर्ष भयो भन त ? हामी त यहाँ पुस्तौँ पुस्तादेखि बस्दै आएका छौँ । वास्तवमा यो घरको मालिक हामी पो हौँ । तिमी त किराया तिरेर बसेका हौ ।”
उसको कुरा सुनेर कसलाई रिस नउठ्ला ? मैले भनेँ, “मेरै भान्छाको खानेकुरा, माछामासु चोरर मोटाएका छौ अझै मलाई नै आँखा तर्छाै ? धेरै फुर्ती लायौ भने तिम्रो पूरै वंशलाई धपाइ दिन्छु ।” “भो–भो धेरै धक्कु नलाऊ । सक्ने भए गरिसक्थ्यौ । बिरालो र कुकुरको मद्दत लिनु पर्दैनथ्यो ।” यति भनेर ढड्डु मुसा टेबुलबाट बुरुक्क उफ्रेर दुलोभित्र पस्यो । पाटेले झम्टन खोज्यो तर भेट्टाउन सकेन ।” ङ्यार्रर्रु गरेर रिस पोख्यो ।
कोठाभित्र धेरै हल्ला भएकोले मायाको निद्रा खुल्यो । उसले आँखा मिच्दै आफ्नो वरिपरि हेरी । मलाई कुर्सीमा बसेको देखेर उसले सोधी, “अनि त्यो राजकुमारीले भ्यागुतोलाई के गरी ? पूरै कथा सुनाउनुस् न ।”
“जहिले पनि त्यही भ्यागुतो राजकुमारको कथा कति सुन्ने ? नयाँ कथा छैन ?” दुलोभित्रबाट आवाज उही ढड्डु मुसाको आवाज आयो ।
ढड्डु मुसाको कुरा सुनेर माया छक्क परी । उसले भनी, “कस्तो बाठो मुसा रहेछ ! दुलोभित्र बसेर कथा सुन्दो रहेछ ।”
“मेरो छिमेकमा बस्ने मुसाहरुले टेलिभिजन हेर्छन् । यहाँ त कथा सुनेर चित्त बुझाउनु पर्छ । तर ठिकैछ । तिम्रा बालाई धेरै कथा भन्न आउने रहेछ । कथाले टेलिभिजनको धित मार्छ भने किन टेलिभिजन नै हेर्नु पर्यो र ? होइन त माया ?”
ढड्डु मुसाको चिप्लो कुरा सुनेर माया हाँसी । मेरो पनि रिस म¥यो । “तिमीलाई कस्तो कथा मनपर्छ ?” मायाले ढड्डु मुसासँग सोधी ।
“मलाई त मेरै कथा मन पर्छ नि । एउटा मुसाले कसरी जङ्गलको राजा सिंहलाई जोगायो भन्ने कथा तिमीले सुनेकी छौ ? अहिलेसम्म हामीले बिरालोको घाँटीमा घण्टी झुण्ड्याउन सकेका थिएनौँ । तर तिम्रो बुबाले त एक दिन मुसाहरु मिलेर कसरी बिरालोको घाँटीमा घण्टी बाँध्न सफल भयो भन्ने कथाहरु पनि सुनाउनु भयो । साँच्चै तिम्रो बुबाले मुसा राजा भएको अनि मुसाको छोरा युवराज भएको कथा सुनाउनु हुन्न ?”
ढड्डु मुसाको बठ्याइँ बल्ल मैले बुझेँ । मैले भनेँ, “अब तिमी राजा भएको, तिम्रो छोरा युवराज भएको सपना नदेख । त्यो जमाना गयो । अब सबै जना मिलेर बस्नुपर्छ बुझ्यौ ?”
“त्यसो भए मुसाले गल्ती गरेको र बिरालोले मुसालाई सजाय दिएको कथा पनि लेख्न छाड ।” डढ्डु मुसाले भन्यो ।
उसको कुरा सुनेर मलाई रिस उठ्यो, “कस्तो कथा लेख्ने कस्तो नलेख्ने भनेर तिमीले मलाई सिकाउने ? म त स्वाभिमानी लेखक हुँ । मनमा लागेको कथा लेख्छु । तिमीले अह्राएको कुरा लेख्छु र ?”
“ठिकै छ । तिमीले बाघ, भालु, चितुवाको कथा लेख्छौ भने हामीलाई पनि सुन्न कर छैन । जसको कथा हो उसैलाई सुनाऊ ।” भन्दै ढड्डु मुसा दुलोभित्र हरायो ।
हाम्रो कुरा मायाले मात्रै होइन टाटे र पाटेले पनि ध्यान दिएर सुनिरहेका थिए । मुसा हराएपछि मायाले भनी, “मुसाको कुरा ठिकै त हो नि बुवा । टाटेलाई कुकुरको कथा मन पर्छ, पाटेलाई बिरालोको कथा मनपर्छ । होइन त पाटे ?”
“त्यो त हो । तर मलाई मुसाले बिरालोलाई जितेको कथा पटक्कै मन पर्दैन ।” पाटेले भन्यो ।
उसको कुरा टुंगिन नपाउँदै टाटेले थप्यो, “हो । मलाई पनि अरु पशुपंछीले कुकुरलाई हेपेको, कुकुरलाई मुर्ख बनाएको कथा मनै पर्दैन ।”
तिनीहरुको कुराले मलाई गम्भीर बनायो । मैले भने, “हेर, सबै जना आफू बाठो र बहादुर भएको कथा सुन्न चाहन्छन् । अहिलेसम्म लेखिएका कथाहरुमा यस्तै छ । एउटा पक्षले अर्काे पक्षलाई जितेको, मारेको, दास बनाएका कथाहरु धरै छन् । कुराकानी र मेलमिलाप गरेर लडाइँ झगडाको समाधान गरेको कथा लेख्न बाकी नै छ ।”
“भो, भो । धेरै अर्ति उपदेश दिनु पर्दैन । लडाइँ, झगडा, ढिस्युँढिस्युँ भएन भने कसले सुन्छ तिम्रो कथा?” दुलोबाट निस्केर ढड्डु मुसाले फेरि बकबक गर्न थाल्यो । उसलाई देख्ने बित्तिकै पाटे बिरालोको कन्सिरी तातिहाल्यो । रिसले उसले आँखा देखेन । झ्वाम्म झम्टिहाल्यो । बिजुली चम्केझैँ ढड्डु मुसा दुलोभित्र लुकिहाल्यो । बिचरा पाटे भित्तामा नराम्ररी ठोक्कियो । उसको मुखमा घाउ भयो ।
“हाऊ । हाऊ ।” पाटेको समर्थनमा टाटे जोडले भुक्न थाल्यो । माया रमाइलो मानेर हाँसिरही ।

दाताहरुसित सावधान – दोस्रो लेख

ध्रुवहरि अधिकारी
समयको सङ्केत । नेपालको तिब्बती शरण्ाँर्थी समुदाय हरेक वर्È फागुन–चैतका केही साता बाक्लो चर्चामा रहने गर्छ । किनभने यस अवधिमै १० मार्च र १४ मार्च पर्दछन् । १० मार्चको संझना सन् १९५९ को तिब्बत विद्रोहको संझनामा गरिन्छ भने १४ मार्चको चर्चा सन् २००८ को ल्हासा दङ्गाको सन्दर्भमा हुने गर्छ । यसबाहेक, असारमा (जुलाई) दलाई लामाको जन्मदिन मनाउने चलन छ । जगजाहेर कुरो हो, यी कामहरु शान्तिपूर्वक गरुञ्जेल नेपाल सरकारका प्रहरी निकाय संयमित रहन्छन्, चीन विरोधी जुलुस प्रदर्शन र नाराबाजी हुन थालेपछि भने प्रहरीले चूप्प लागेर बस्न मिल्दैन । किनभने नेपाल सरकारले चीनसितको सम्बन्धलाई बेवास्ता गर्न सक्दैन । “एक चीन नीति” अर्थात् तिब्बत, ताइवान समेतका भू–भाग चीनमै पर्छन् भन्ने मान्यतालाई त्याग्न सक्दैन । सबैलाई थाहा छ, प्रभावशाली भारत र शक्तिशाली अमेरिकाले समेत “एक चीन नीति” छोड्न सकेका छैनन् । भारतमा त तिब्बतबाट भागेर हि“डेका दलाई लामा सहित एक लाख तिब्बतीहरु निर्वासनमा बसेका छन् । यसरी एक हदभन्दा बढी गएर चीनलाई चिढ्याउने सामथ्र्य अमेरिका र भारतले समेत सक्दैनन् भने “सानो” नेपालबाट सा“ध जोडिएको चीनसित कुन स्तरको प्रतिवाद, प्रतिरोधको अपेÔा गर्ने ? यतिञ्जेल शरण्ँको मारण्ँ गरेको छैन, त्यही ठूलो कुरो हो । यस तथ्यलाई शरण्ाँर्थी समुदायले बुझिदिनै पर्छ । 
यो वास्तविकता नेपालमा निर्वासित जीवन बिताइरहेका तिब्बतीहरु र तिनका युरोपेली, अमेरिकी समर्थकहरुले नबुझेका पनि छैनन् । मानव अधिकारवादी संगठन र तिनका सदस्यहरु पनि अनभिज्ञ छैनन् । शरण्ाँर्थीले शरण्ाँथीको थान्कोमा बस्नुपर्छ, नेपालमा बसेर चीनको विरोध गर्ने राजनीतिमा लाग्न पाउनुपर्छ भन्ने सरासर अनुचित माग राख्नु हु“दैन । यस्तो यथार्थप्रति आाखा चिम्लेर अन्तर्राष्ट्रिय मञ्चहरुमा नेपालको निन्दा, आलोचना गर्ने–गराउने कार्य आफैंमा निन्दनीय छ । बुझ पचाउने प्रवृत्ति र दोहोरो मापदण्ड अपनाउने नीति दुवैथोक आलोच्य छन् । 
निर्वासित तिब्बतीहरुको सञ्चार माध्यम “फायुल” वेबसाइटमा देखिएका र “टिबेटन रिभ्यु” मा दोहो¥याईएका विवरण्ँले मार्च ५ मा जारी भएको त्यस संयुक्त वक्तव्यको उल्लेख गरेका छन् जसको स्रोत इन्टरनेसनल कमिसन अफ् जुरिस्ट र ह्युमन राइटस् वाच हुन् । तिनले जेनेभास्थित् राष्ट्रसंघीय मानव अधिकार परिÈद्लाई ध्यानाकर्Èण्ँ गराएका रहेछन् । यसैबीच, अस्ति शनिबारको अङ्कमा बेलायती पत्रिका “दि इकोनोमिस्ट” मा नेपालमा चीनको प्रभाव बढ्दो छ भन्ने सन्देश दिन तिनै तिब्बतीका गतिविधि नियन्त्रण्ँ गर्न खोजेको भनिएका घटनाको चर्चा गरिएको रहेछ । चीनको राजदूतावासले नेपालको परराष्ट्र मन्त्रालयलाई ङ्खयाक्समार्फत् बाक्लो पत्राचारद्वारा तिब्बतीका गतिविधि नियन्त्रण्ँ गर्न दबाब दिने गर्छ भनिएको रहेछ । 
पश्चिमी देशहरु र तिनको आडमा सञ्चालित गैर–सरकारी संस्थाहरुको चाहिनेभन्दा बढी चासो चीनको दबाब बढाउने मुख्य कारक–तत्व हो । नेपालमा बसेका तिब्बती शरण्ाँर्थीलाई उक्साउने काम पनि आफैं गर्ने र त्यसरी उक्साइएका तिब्बतीहरुले उपद्रो गर्दा निगरानी राख्न खोज्ने नेपाली अधिकारीहरु चिनिया“ दबाबसामु लत्रिए भनेर नेपाललाई नै व्यङ्ग्य गर्न पनि अघि सर्ने ? नेपाललाई मद्दत गर्ने निहु“मा नेपाललाई नै अप्ठेरो पार्ने, अर्घेलो देखाउने पश्चिमा देश र नानाथरी नामका संस्था र निकायहरु तिब्बती मामिलामा उदांग भएका छन् । नेपालको धार्मिक सहिष्ण्ँुता, जाति–जाति बीचको सद्भाव र यस मुलुकको भौगोलिक अखण्डतालाई कमजोर तुल्याइदिने काम पनि दाता कहलिने कतिपय देश र तिनबाट सञ्चालित समूहहरुबाट भैरहेको छ । नर्वे, स्वीडेन, फिनल्याण्ड जस्ता मुलुक किन विवादास्पद भैरहेका छन् तिनका कूटनीतिक नियोगले आत्मसमीÔा गर्नु आवश्यक भैसकेको छ । र, यस प्रसङ्गमा बेलायतजस्तो सहयोगी मित्रराष्ट्र समेत विवादमुक्त रहन सकेन किन होला त ?
“एक–चीन नीति” कायम राख्दाराख्दै पनि भारतले तिब्बतको मामिलामा पश्चिमी जगतको अवधारण्ाँलाई बल दिने काम गर्दै आएको मानिन्छ, बेला–बेलामा देखिन्छ पनि । भारतले त्यसो गरेको भारत–प्रशासित काश्मीरको विÈयमा चीनले राख्ने गरेको आग्रहको प्रत्युत्तर हुनसक्छ भन्ने एकथरीको सोच छ, जुन आधारहीन कुरो होइन । किनभने दिल्लीस्थित चीनिया“ दूतावासले चीन जाने प्रवेशाज्ञा (भीसा) खोज्ने जम्मु–काश्मीरका बासिन्दालाई राहदानी (पासपोर्ट) मा छाप लगाइदिनुको साटो छुट्टै कागजमा लेखेर दिएको अनुमति राहदानीमा गाासिदिने गर्दछ । यस्तो प्रक्रिया अपनाउनुको अर्थ काश्मीरलाई भारतमा गाभेको कुरालाई चीनले मान्यता नदिएको लाग्दै आएको छ । अभिलेखमा भएको विÈय पनि हो, सन् १९४७ मा भारत र पाकिस्तानको जन्म भएपछि भारतले सैनिक बल समेतको प्रयोगद्वारा काश्मीरका राजा हरि सिंहलाई कागज गराई काश्मीरको नियन्त्रण्ँ आङ्खनो हातमा लिएको हो । पछि, राष्ट्रसंघमा त्यो मामिला पुग्यो र तत्कालीन प्रधानमन्त्री नेहरुले काश्मीरका जनताको राय बुझ्न जनमतसंग्रह गराउने वाचा गरे । तर यो काम आजसम्म भएको छैन । परिण्ाँमतः काश्मीर अशान्त रहिआएको छ, र पाकिस्तान–प्रशासित काश्मीर र भारत–प्रशासित काश्मीरको बीचमा राष्ट्रसंघीय शान्ति नियोग कार्यरत छ । भारतको विदेश राज्यमन्त्री रहिसेकका शशी थरुरले हालै प्रकाशित एउटा आलेख (द काठमाडौं पोस्ट, २७ फेब्रुअरी) मा काश्मीरबारे चर्चा गर्दै सन् १९४७ मा अरु ५६२ वटा रजौटाहरुसरह भारतमा विलय हुन नचाहने काश्मीरका महाराजा हरि सिंहले आङ्खनो राज्यलाई भारत र पाकिस्तान दुवैबाट अलग “स्वतन्त्र काश्मीर” बनाउन चाहेको कुरा स्वीकार गरेका छन् । जनमतसंग्रह गरिएन र विवादको स्थिति अद्यपि कायम रहन गयो भन्ने थरुरको निष्कर्È छ ।
कतै चीन–भारत शीतयुद्धको यसै चेपुवामा त नेपाल पर्न लागेको होइन ? यस्तो बखतमा नेपालमा सबल र दूरदर्शी नेतृत्व हुनुपथ्र्यो । तर बहाल छ अस्थिर र कमजोर नेताहरुको सरकार ।

सक्छौ गर सक्दैनौ छाड – पहिलो लेख

राम प्रधान
आज नेपाल अन्यौलको भूमरीभित्र मडारीरहेको छ । नेपालको भावी दिनहरुमा कसरी नेपाली जनताहरुको नैसर्गिक अधिकारहरुको रक्षा गर्ने, देशलाई सार्वभौम बनाउने, नेपाल आमाका सन्तानहरुलाई सुखी बनाउने, दीर्घकालीन रुपमा शान्ति स्थापना अहिलेको चुनौति हो । एउटा निर्णयले क्षणिक आवेश र भावनाले देश र नेपाली जनताहरुको भाग्य र भविष्यमाथि जे पनि हुन सक्दछ । नेपाल र नेपालीहरुको भाग्य उदय हुन सक्छ भने गलत हुँदा इतिहासका पानामा मात्र नेपाल र नेपाली कैदी मात्र पनि हुन सक्छ । हो देशलाई सुन्दर, स्रोत, शक्ति सम्पन्न बनाउने काम नेताहरुको कर्मले गर्छ । नेताहरु इतिहासको पानामा अनन्तकालसम्म आदरणीय र पुजनीय पनि हुन्छन् । जसले देश र जनताहरुको भाग्य र भविष्य निर्माणको लागि योगदान पु¥याउनेहरु इतिहासमा जीवित रहन्छन् । वर्तमान अवस्थामा नेपाल र नेपालीहरु अत्यन्तै संकटपूर्ण अवस्थामा गुज्रनु परेको छ । दैनिक रुपले नेताहरु र तिनका राजनीतिक पार्टीहरु प्रतिको जनविश्वास घट्दो क्रममा छ । नेताहरुको कर्म, धर्म, नैतिकता र व्यवहार यस्तै रहेमा नेपालीहरुको टाउकोमा ठूलो बज्रपात बज्रिने अवस्था आएको छ ।
नेपालका राजनीतिक परिवर्तनहरु विभिन्न पार्टीका नेताहरुले अगुवाई गरेर परिवर्तनको लागि महत्वपूर्ण भूमिकाहरु निर्वाह गरेपनि परिवर्तनका उपलब्धीहरुलाई व्यवस्थापना गरी संस्थागत गर्ने कार्य क्षमताको अभाव खड्किएको छ । केवल परिवर्तनहरु गर्दै जाने र उपलब्धीहरुलाई उचित रुपले व्यवस्थापन नगर्ने हो भने त्यो जनघातीमात्र हुन्छ । आज दोस्रो जनआन्दोलनको उपलब्धीहरुलाई उचित रुपमा व्यवस्थापन नभएको कारण सर्वत्र अस्तव्यस्त स्थिति छ । नेपालको राष्ट्रिय हितको लागि जनताहरुले गरेको अपेक्षाहरु, जनताको त्याग र बलिदानहरु अवमूल्यन गरिएको छ । जसको बलिदानबाट यो अवस्था आयो । जसले जीवन, धनसम्पत्ति, परिवार, सन्तान, समय गुमाए । उनीहरुको निम्ति बास, गास, शिक्षा, स्वास्थ्य, शान्ति सुरक्षा केही छैन । गुमेका र बेपत्ता परिवारका सदस्यहरुको कुनै मतलब छैन । अवसरवादी, लुटाहा, फटाहा, हत्याराहरुको बोलवाला छ । जो सर्वत्र अपराधमा संलग्न छन् । उनीहरुलाई पुरस्कृत गरिएको छ । क्रान्ति वा आन्दोलनमा घाइते भएर जीवन मरणको दोसाधमा परेकाहरुलाई वास्ता छैन । राजनीतिक पार्टीहरु र नेताहरुलाई आजको वातावरणमा पु¥याउने जीवन मरणको संघारमा रहेका घाइतेहरुलाई अस्पतालसम्म पु¥याउने विचार पु¥याउन इच्छा व्यक्त गर्न नसक्ने सरकार एउटा व्यक्तिलाई करोडौँ करोड रुपैयाँ दिएर राष्ट्रिय ढिकुटी ब्रह्मलुट मच्चाउने कार्यमा अग्रसर छ । के नेपाली जनताहरुले गरेको त्याग, बलिदान, योगदान, मेहनत, क्रान्ति, हत्या, हिंसा, ध्वंस लगायतका कार्यहरु केवल प्रचण्ड कमरेडको छोरालाई मात्र दिएका हुन् । राष्ट्रिय सम्पत्ति नष्ट गरेर सगरमाथा चढ्दा शान्ति स्थापना हुने भए २१ औँ पटक सम्म सगरमाथा पुग्ने व्यक्तिहरु पुग्दा किन संविधान बनेन ? सगरमाथा चढ्दा संविधान बनेर स्थायी शान्ति हुने भए छोरा होइन बुबा आफै सबै विरोधी लिएर १४ जेठसम्म उतै बसे संविधान बन्थ्यो होला नि ? नेपालको इतिहासमा सबैभन्दा विद्वान, सबैभन्दा योग्य, कला कौशल र प्रतिभा भएको महान् क्रान्तिकारी नेता प्रधानमन्त्री हुनुहुन्छ । प्रधानमन्त्री सबैभन्दा विद्वान भएको कारणले होला वहाँको कार्यकालमा मन्त्री भएर छाडा, अश्लील गाली बेइजति जे गरे पनि छुट हुन्छ । हत्यारालाई चोख्याउने काम भइरहेको छ ।
तर जनताहरुको त्याग, बलिदान, योगदानको कुनै अर्थ रहेन । जो जसको कारणले रमाई–रमाई खाँदै राष्ट्रिय अर्थतन्त्र तहसनहस बनाउने काम हुँदै छ । जनआन्दोलनको र कुथित जनयुद्धको घाइतेहरुको औषधी उपचारमा, भरण पोषणमा, हत्या हिंसाबाट पीडित परिवारजनहरुको विल्लीवाठ भएको स्थितिमा हजारौँ परिवारका बेपत्ता सदस्यहरुको भ्रष्टाचारीको, तस्करहरुको एकमुष्ट भन्दा आर्थिक र नेतिक अपराधीहरुको मात्र देश हो । सर्वसाधारण, गरीब, निमुखा, इमान्दार, मेहनती र स्वाभिमानीहरुको होइन जस्तो देखिएको छ । त्याग र बलिदान गर्नेहरुको मूल्य र मान्यता रहेन । संविधान बनाउने नाममा संविधासभा निर्वाचनपछि केवल राष्ट्रिय अस्मिता, लुट्ने भन्दा बाँकी केही भएन । क्रान्तिको नाममा, युद्धको नाममा, आर्थिक, भौतिक, प्राविधिक, शैक्षिक र जनधनको मानसिक क्षति भएको छ । त्यसको पूर्ति गर्ने नेपालका नेताहरुको कार्य क्षमता र व्यवस्थापन रहेनछ भन्ने उनीहरुको व्यवहारले देखाईरहेको छ । नेपाली राजनीतिमा नेतृत्व गर्ने नेताहरुको चरित्र निर्माण होइन । नष्ट, ध्वंश गर्न नदिने, गरेको देखि नसक्ने छ । हत्या, हिंसा, विध्वंश, नष्ट गर्दा प्राप्त हुने स्वाद आनन्द निर्माणले दिँदैन । निर्माण प्रक्रिया, प्रविधि मान्यताहरु समय चाहिन्छ भने विनासको लागि केही चाहिँदैन । किनभने नेपाली जनता र राष्ट्रियता प्रतिको दायित्व र जिम्मेवारी कसैबाट महसुस भएन । विवाद निरन्तर रुपमा चलिरहन्छ । विकासको लागि विवाद आवश्यकता पनि छ । कुनै व्यक्ति, कुनै गुट, कुनै झुण्ड, कुनै पार्टीको देश बन्धक बनाउन पाइँदैन । देश कुनै व्यक्ति, पार्टी, गुट वा झुण्डको सम्पत्ति होइन ।
२०६९ साल जेठ १४ गते सम्ममा नेपालको संविधान बनाएर घोषणा नगर्ने हो भने संविधासभाको, संविधान सभामा प्रतिनिधित्व गर्ने पार्टीहरुको, तिनका नेताहरुको अब कुनै अर्थ छैन । १४ जेठ २०६९ भन्दा उता संविधान सभाको सदस्य भएर बस्ने नैतिक अधिकार छैन । नेपालको धर्तीमा देश र जनताको लागि काम गर्न गठन गरिएको राजनीतिक पार्टीहरु हुन् देश र जनताहरुप्रतिको जिम्मेवारी र उत्तरदायित्व पूरा गर्नु पर्दछ । नेपाली धर्तीको अनन्तकालसम्म यस्ता राजनीतिक पार्टीहरु गठन, पुनर्गठन, विलय, विघटन भइरहन्छ । वर्तमान नेपाली धर्तीमा संगठित, स्थापित जिम्मेवार पार्टीहरुले संविधान सभालाई निष्कर्षमा पु¥याउनु नसक्ने हो भने यी पार्टीहरु नेताहरु ऐतिहासिक कलंक मात्र हुन् । यदि इतिहासमा कलंकको टीका नलगाउने हो भने सबै कुरा स्थगित राखेर संविधान निर्माण होस् । संविधान बनाउन नेताहरु, तिनका पार्टीहरुले नसक्ने हो भने ठाउ छाडे हुन्छ । सक्छौ संविधान बनाउने काम गर सक्दैनौ ठाउँ छाड । पार्टीहरुले नसक्ने हो भने ठाउँ छाडे हुन्छ । नेपाली जनताहरु नेताले गोठमा बाँधेको पशु होइन ।

आरती, एरिका र गङ्गा – असरल्ल

जुनार बस्नेत
तन भगत चर्चिच लेखक हुन्  । युवा छन् । भारतीय हुन्  । उनका पुस्तकको बिक्री अत्यासलाग्दो छ  । भारतमा मात्र होइन, विश्वभरि नै उनका कृतिको अहिले खुबै चर्चा हुन्छ  । समीक्षा हुन्छ  । आलोचना र समालोचना हुन्छ  । उनको पछिल्लो पुस्तक रिभुल्युसन २०२० भारतका प्राचीन सहर वाराणसी र वरिपरि घुम्छ  । काशी प्रयागघाटको सँझको आरतीलाई उनका सटीक शब्दले तस्विरमा साँच्चै मज्जाले सजाएको छ  । काशी नपुग्ने, गङ्गाको जलमा डुङ्गा नचढ्नेहरू पनि पुस्तक पढ्दा त्यही पुगेको अनुभव गर्छन्  । मैले पनि अनुभव गरेको थिएँ  । पुस्तक पढ्नेहरू जो वाराणसी पुग्छन्, साँझमा गङ्गामा डुङ्गामा तैरिन हतारिन्छन् । झलमल्ल आरती देख्दा कति सुन्दर रौनक हुन्छ त्यहाँ  । सङ्गीतमय भक्तिको सुरिलो झङ्कार त्यसमा थपिन्छ  । एकसुरले बजेका घन्टाले मन तान्छ  । गङ्गाजलमा तैरिएको सहरका चित्रले भूतलमा स्वर्ग झरेको अनुभूति गर्छ  । आखिर मानिसलाई त्योभन्दा आनन्द त कहाँ मिल्ला र ?
ग्वाटेमालाकी एरिका पुस्तक पढेरै साँझको आरती रमाइलो हेर्न गङ्गाकिनार पुगिन््  । पुस्तकका प्रसङ्ग र त्यो आरतीको साँझको वर्णन गर्दै थिइन् आफ्ना पे्रमीसँग  । वी आर इन्जोइङ टु मच, उनी सङ्गीतका आनन्दमै भन्दै थिइन्  । त्यही अपराह्न (२१ फागुन २०६८) काठमाडौँबाट बनारस पुगेको नेपाली पत्रकारको एक समूह गङ्गाको मध्येभागमा डुङ्गामा सयर छ, यतिबेला  । एरिकाको डुङ्गा पनि सँगसँगै गङ्गामा हेलिएको छ  । साँझ छिप्पियो क्रमशः क्षितिज चुक घुप्ट्याएजस्तो अँध्यारो  । अकाशमा पिलपिल तारा । तर, एक टुक्रा कतै स्वर्ग नै झरेको त होइन भन्ने झल्को दिइरहेको छ, साँझको आरतीले । अनेकौँ डुङ्गामा, मध्यभागमा पुगेर तस्वीर लिनेहरूको होड छ । नेपाली पत्रकारलाई प्रदर्शक (गाइड)को सौभाग्य पनि मिलेको छ । बीएचयुमा पढेका सञ्जय श्रीवास्तव काशीको ८४ घाटको गाथा सुनाउँदै छन्, यतिबेला । भन्छन्,“काशीका घाटको विशेषता अनेक छन् । मणिकर्निका घाटमा शव जलिरहेका छन् । त्यहाँ २४सै घन्टा शव जलिरहेका हुन्छन् । काशीमा शव जलाउँदा मोक्ष पाउने हिन्दु धर्मावलम्बीको अटुट विश्वासले टाढा–टाढाबाट पनि त्यहाँ शव आउँछन् । जीवनको अन्तिम अवस्थामा काशीबास गर्ने चलन अहिले पनि छ । कतिपय नेपाली पनि ऐतिहासिक कालखण्डदेखि नै काशीबास गर्थे ।” सञ्जयले सिन्धिया घाट चिनाए । सिन्दिया खानदानले डुमराजासँग पैसा बिछ्याएर घाट किनेको ऐतिहासिक कथा सुनाए । जिज्ञासा र अन्तत्र्रिmया पनि थिए त्यहाँ ।
१८ फागुन २०६८ बाट बनारस उडान भर्न शुरु गरेको बुद्ध एयरले उडानको दोस्रो खेपमा फागुन २१ गते पत्रकारको एक समूह काठमाडौँबाट त्यहाँ पु¥याएको थियो । कम्पनीकी सञ्चार सम्पर्क अधिकृत बिनिता थापा अलिकति पनि समय खेर नफाली समय उपयोग गर्ने पक्षमा थिइन् । आरतीको त्यो सङ्गीतमय धुनमा मग्न हुन त्यही साँझ हामी गङ्गा पुगेका थियौँ । अपराह्न ५ः३० मा लालबहादुर शास्त्री विमानस्थल छोडेपछि पटेल नगरको एक होटलमा हतारले पुगियो । शुरुमा रिक्सा र रिक्साले पनि भीड छिचोल्न छोडेपछि पैदलै काशीघाट पुग्दा बनारसी भीड र व्यस्तताले नराम्ररी हिर्कायो । बीस अर्बको उत्तरप्रदेशको जनसंख्यामा बनारसले ४० लाख रुपैयाँको हिस्सा राख्छ । भीड र अन्यन्तै भीड । होलीको पूर्वसन्ध्या स्पष्टै देखिन्थ्यो । बिनाहेलमेटका मोटरसाइकल चढेकाहरू कोही–कोही राताम्यै थिए । यी सबै छिचोलेर गङ्गा आरतीले धेरैलाई चुम्बकीय शैलीमा तानिरह्यो । आरतीको त्यो सङ्गीतमय धुन कम नभए पनि रात छिप्पिन समय लागेन । गाइड सञ्जयले होटल फर्कने उर्दी मात्र सुनाएनन्न् डुङ्गामै अर्काे दिनको घुमफिर कार्यतालिका पनि सुनाए । होटलमा आएपछि भने बिहान ६ बजे नै तयार नहुने साथीहरू छुट्नुभयो भने म क्षमामात्र माग्न सक्छु ।
बल्लभजी (पत्रकार बल्लभमणि दाहाल, दी राइजिङ नेपाल) सँग साँझ धेरै कुरा भए । एउटै कोठा सेयर गर्दा मन मिल्ने साथी भए घरबाट पर पुगेपछि अलि सजिलो हुन्छ । कुराकानी मिल्छ । बनारससित नेपालको राजनीति जोडिएको लामो परम्परा छ । पिताजी कृष्णप्रसाद कोइरालाको प्रवास, बीपी कोइरालाको बाल्यकालीन बनारस जीवन र राजनीतिदेखि पुष्पलालको बनारस बसाइलगायत धेरै कुरा हाम्रा सम्झना र चर्चामा आए । मैले अध्ययन गरेका विषय मेरो स्मरणमा आए । उतिबेला प्रवासमा रहँदा कृष्णप्रसाद कोइरालाको परिवारले छतमा बसेर चना खाएका प्रसङ्गको वरिपरि स्मरण घुम्यो । जेल जर्नललगायत बीपीका कृति सम्झिएँ । त्यो त्याग र आजको हाइफाई राजनीति, कहाँ, कसरी तुलना गर्नु ?
पन्डाको सियो
भोलिपल्ट हामी दुईले “मर्निङवाक” सकेर होटल फर्कंदा घडीले ६ बजेको देखाएको थियो । सञ्जय हाम्रा लागि गाडी लिएर पाँच मिनेटअघि नै “लबी”मा आइसकेका थिए । साथीहरू एक–एक गरेर आउन लागे । विनिताजीलाई साथीहरू छुट्छन कि भन्ने चिन्ता थियो । १५ मिनेट कुर्ने भए सञ्जय । थप १० मिनेट कुर्दा पनि केही साथी आएनन् । आखिर छुटे । यात्रामा साथी छुट्दा नमज्जा त हुन्छ । लगत्तै थियो, गङ्गा स्नान । हामी अघिल्लै दिनको स्थल गएका थियौँ । गङ्गा भर्खर ब्युँझँदै थिइन् । स्नानअघि हामीले बागमती सम्झियौँ । बिहानै नुहाएका हामीलाई पानी अँचाए पुग्ने निष्कर्ष निकाल्यौँ । पानी अँचाएर स्नानरूपी आत्माशुद्धि गर्ने तौरतरिका हामी सबैको कुरा मिल्यो ।
बनारसका पन्डाबारे धेरै सुनिएको कुरा हो । आज हेर्नु थियो । पितृको श्राद्ध गर्ने साथी पनि सँगै थिए । साइबाबाको थानसँगै पन्डाहरूबीच ग्राहक तान्ने होड चलिरहेको थियो । शुरुमा उनीहरू सियो बन्दा रहेछन् । किनार सफा थियो भन्न मिल्दैन तर श्रद्धालुलाई मजाले नुहाउन त्यसले कुनै बाधा गरेको थिएन । एकपटक गङ्गामा नुहाउँदा जीवनको सम्पूर्ण पाप नष्ट हुर्ने धार्मिक विश्वासलाई सञ्जय पटक–पटक सम्झाउँदै थिए । पानी अँचाएपछि मैले पनि पूजा गरेँ । अनेक करबिन्ती गर्दा पनि पन्डाको हातको टीका मैले लगाइनँ । आफँै टीका लगाएँ । दक्षिणा भने उसलाई दिएँ । ऊ मलाई कर्के आँखाले हेर्दै थियो । सायद उसले मलाई बेग्लै सूचीमा राख्यो होला । श्राद्धको चार–पाँच मिनेटको विधि गर्न साथीलाई शुरुमा उसैले उक्सायो । दिवङ्गत पितृका निम्ति साथी सहमत भए । पचास रुपैयाँसम्मले सामान्य विधि हुने उसैले भन्यो तर पछि जब सङ्कल्प शुरु भयो, दस हजारबाट “बार्गेनिङ” शुरु ग¥यो । समूह हाम्रो बलियै भएकाले अँध्यारो मुखमा तीन सयले त्यो पनि जबरजस्ती मान्न ऊ तयार भयो । पन्डाबारेमा अरूहरूले भनेका अनकौँ कुरा सम्झिएँ । वास्तवमै पन्डाको चरित्र बनारसको विकृति हो । हातमा सङ्कल्प गर्न लगाएर उनीहरूले गर्ने “बार्गेनिङ”लाई जसरी घृणा गरे पनि त्यो कमी नै हुन्छ । क्रमश...