अनुगमनमा आरआरएनको टोली

चुलाचुली/ इलामको चुलाचुली क्षेत्रमा सञ्चालित कार्यक्रमका बारे नेपाल ग्रामीण पुनर्निर्माण संस्था (आरआरएन) ले बुधबार अनुगमन गरेको छ ।
संस्थाका एक टोलीले चुलाचुली क्षेत्रमा संचालित विभिन्न गरिबी निवारण लगायतका कार्यक्रमहरुको बारे अनुगमन गरेको हो । अनुगमनमा संस्थाका केन्द्रीय निर्देशक कुलचन्द्र दाहाल, क्षेत्रीय संयोजक नविन कुमार कार्की, इलाम संयोजक रवि ज्ञवाली, झापा संयोजक दुर्योधन अधिकारी लगायतका टोली सहभागी थिए ।
टोलीले संस्थाले संचालन गरेका कार्यक्रमहरुका बारे स्थानीयबासिन्दासँग छलफल गरेको थियो । संस्थाले डेढ वर्षयता चुलाचुलीका विभिन्न क्षेत्रमा शैक्षिक, सोलार जडान, पशुपालन, कल्भर्ट, भवन निर्माण लगायतका क्षेत्रमा ३० लाख बढीका सहयोग गरी सकेका छन् । चुलाचुली–६ मा पहिलो पटक स्थानीय कृषकहरुको जीवनस्तर उकास्न ५ उत्कृष्ट कृषकहरुलाई २ लाख ३१ हजार ६ सय ६० रुपैयाँ बराबरको ५ वटा उन्नत जातका गाई खरिद गर्न सहयोग पु¥याएका छन् ।

0 प्रतिकृया:

Post a Comment