हाईड्रो हाउस:

दक्षिणी इलामको दानाबारीमा निमार्णाधीन सानिमा माई हाईड्रपावर लिमिटेडको विद्युत उत्पादन गृह । यो हाईड्रपावर निर्माण सम्पन्न भएपछि २२ मेगावाट क्षमताको विद्युत उत्पादन हुनेछ । तस्विर : राम योङ्हाङ ।

12

केही हप्तामा सेना समायोजन निष्कर्षमा पुग्छ : प्रचण्ड – मुख्य समाचार

पोखरा/ एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अबको केही हप्तामा सेना समायोजन निष्कर्षमा पुग्ने दाबी गरेका छन् । अवकास रोजेका लडाकूहरुको बिदाई सकिसकेको भन्दै उनले अब समायोजन प्रक्रिया सुरु हुने बताए ।१७ औं जनयुद्ध दिवस मनाउने क्रममा गत फागुन १ गते काठमाडौमा दुर्घटनामा परि ज्यान गुमाएका प्रगतिशील लेखक संघका अध्यक्ष घनश्याम ढकालको श्रद्धाञ्जली सभामा प्रचण्डले भने –‘सेना समायोजन प्रक्रियाको पनि हामी अन्त्यमा छौं, अब केही हप्तामा नै निष्कर्ष निस्कन्छ ।’ माओवादी अध्यक्ष प्रचण्डले सविधान...

बाबुराम–प्रचण्ड भेट – उपमुख्य समाचार

यसैबीच बुधबार प्रधानमन्त्री डा. बाबुराम भट्टराई र अध्यक्ष प्रचण्डबीच भएको भेटमा प्रधानमन्त्री भट्टराईले राष्ट्रिय सहमतिको सरकार गठनका लागि आफू बाधक नबन्ने बताएका छन् । स्रोतका अनुसार प्रम भट्टराई अध्यक्ष प्रचण्ड निवास लाजिम्पाट पुगेर भनेका थिए –‘राष्ट्रिय सहमति हुनुपर्छ भन्ने विषयमा मैलै धेरै पहिलेदेखि आफ्नो स्पष्ट अडान राख्दै आएको छु’, भट्टराईको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो –‘म पार्टीले सरकारमा पठाएर गएको हुँ, फिर्ता बोलाएको खण्डमा जुनसुकै बेला राजीनामा दिन तयार छु ।’ तर, राष्ट्रिय सहमतिको सरकार गठन तथा शान्ति र संविधानको ग्यारेन्टी नहुँदासम्म...

सभाषद्को कोठामा चोरी

काठमाडौं/÷ नेकपा एमालेकी सभाषद  बिना ज्ञवालीको कोठामा चोरी भएको छ । बर्दिया जिल्ला गुलरिया नगरपालिका ६ घर भइ काठमाडौं महानगरपालिका ३२ घट्टेकुलो डेरा गरी बस्ने सभाषद् बिना ज्ञवालीको मंगलबार बिहान कोही नभएको अवस्थामा ढोकाको ताल्चा फुटाई भारतीय रुपैयाँ १७ हजार ४ सय, ल्याप्टप १ थान,  साढे २ तोला बराबरको सुनका गहना, चाँदीको करुवा १ थान गरी करिब २ लाख ८ हजार रुपैयाँ बराबरको धनमाल चोरी भएको प्रहरीले जनाएको छ...

राष्ट्रिय खेलकुदका लागि पूर्पाञ्चलबाट ६०१ जना जाने – खेल समाचार

दमक/ ÷फागुन १४ देखि २१ गतेसम्म धनगढीमा हुने छैठौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा भाग लिन पूर्वाञ्चलबाट खेलाडी व्यवस्थापक र प्रशिक्षक सहित ६०१ जना त्यसतर्फ जाने भएका छन् । फुटबल, भलिबल, क्रिकेट, ब्याडमिन्टन, उसु, डोजो, तेक्वान्दो, कराँते लगायतका विभिन्न विधामा भाग लिन छनौट भएका ति खेलाडीहरुलाई बुधबार बिराटनगरमा बधाई तथा बिदाई समारोह गरिएको छ । पूर्वाञ्चल क्षेत्रीय खेलकुद विकास समितिको आयोजनामा भएको सो कार्यक्रममा प्रमुख अतिथि संघीय मामिला तथा संस्कृति मन्त्री गोपाल किराँती, युवा तथा खेलकुद राज्यमन्त्री  गोपी अछामी लगायत विभिन्न पार्टी प्रतिनिधिहरुले...

जनतासँग सभाषद्

गौरादह/ गौरादहमा बुधबार नेकपा एमाले गौरादह गाउँ कमिटीले जनतासँग सभाषद् कार्यक्रममा सम्पन्न गरेको छ । सो क्रममा स्थानीयबासीले झापा क्षेत्र नम्बर–६ का सभाषद् दीपक कार्कीसँग स्थानीय बिकास निर्माणमा केन्द्रित बिभिन्न प्रश्न तथा जिज्ञासा राखेका थिए । जवाफ दिदै  सभाषद् कार्कीले जनताको अपेक्षा र चाहना बढी भएको तर त्यो अनुसार काम गर्न नसकिएको बताए । गौरादह गाउँ कमिटीका अध्यक्ष दुर्गा गौतमले स्थानीयबासीले जनप्रतिनिधिसँग प्रत्यक्ष जिज्ञासा राख्ने अवसर प्रदानका लागि कार्यक्रम गरिएको बताए...

जहदाको साधारणसभा

दमक/  दमक–१९ स्थित जहदा टोल विकास संस्थाको वार्षिक साधारणसभा मंगलबार सम्पन्न भएको छ । संस्थाका अध्यक्ष भक्तबहादुर धिमालको सभापतित्व र वडास्तरीय टोल विकास सञ्जालका अध्यक्ष बद्री खनालको प्रमुख आतिथ्यमा भएको कार्यक्रमको सञ्चालन सचिव विष्णु धिमालले गरेका थिए । सो सभामा कोषाध्यक्ष कमला श्रेष्ठले वार्षिक प्रतिवेदन प्रस्तुत गरेकी थिइन् । सभाले देवबहादुर श्रेष्ठको अध्यक्षतामा पार्वता धिमाल र कोषाध्यक्ष देवी पौडेल चुनिएकी जनाइएको छ...

बालिकाद्वारा आत्महत्या

गौरीगञ्ज/ गौरीगञ्ज–५ कि एक बालिकाले आत्महत्या गरेकी छिन् । श्यामलाल महत्तोकी १४ वर्षिया छोरी कल्पनाले बुधबार बिहान आफ्नै घरमा सलको पासो लगाई आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । आत्महत्याको कारण खुलेको छैन...

आगलागीबाट २८ लाखको क्षति

खाँदबारी÷संखुवासभाको छुट्टाछुट्टै स्थानमा आगलागी भएको छ । ति आगलागीबाट करिब २८ लाख क्षति भएको छ । चैनपुर–५ का ओमनाथ गिरीको ३ तले घर आगलागीमा परेर नष्ट भएको छ । सोमबार राति १ बजे लागेको आगलागीका कारण १५ लाख रुपैयाँभन्दा बढीको क्षति भएको छ । घरको पछाडि खोले पकाउन बालेको आगो सल्किदा आगलागी भएको इलाका प्रहरी कार्यालय चैनपुरले जनाएको छ...

अनुगमनमा आरआरएनको टोली

चुलाचुली/ इलामको चुलाचुली क्षेत्रमा सञ्चालित कार्यक्रमका बारे नेपाल ग्रामीण पुनर्निर्माण संस्था (आरआरएन) ले बुधबार अनुगमन गरेको छ । संस्थाका एक टोलीले चुलाचुली क्षेत्रमा संचालित विभिन्न गरिबी निवारण लगायतका कार्यक्रमहरुको बारे अनुगमन गरेको हो । अनुगमनमा संस्थाका केन्द्रीय निर्देशक कुलचन्द्र दाहाल, क्षेत्रीय संयोजक नविन कुमार कार्की, इलाम संयोजक रवि ज्ञवाली, झापा संयोजक दुर्योधन अधिकारी लगायतका टोली सहभागी थिए । टोलीले संस्थाले संचालन गरेका कार्यक्रमहरुका बारे स्थानीयबासिन्दासँग छलफल गरेको थियो । संस्थाले डेढ वर्षयता चुलाचुलीका विभिन्न क्षेत्रमा...

प्रतिष्ठानको महादान वचत

गौरादह/  गौरादह–२ स्थित सितापुरीमा श्री कृष्ण प्रणामी प्रतिष्ठान नेपालले प्राणनाथ क्षेत्र विकास कोष अभियानलाई तिव्रता दिएको छ । २०६७ सालदेखि ५ वर्ष भित्रमा प्रतिष्ठानले कोष स्थापनाका लागि प्रतिव्यक्ति एक रुपैयाँका दरले रकम संकलन गर्न अभियान थालेका हुन् । प्रतिष्ठानका सचिव टंकप्रसाद अधिकारीका अनुसार महादान वचत अभियान वर्षका रुपमा सो अभियानबाट अहिलेसम्म ३ सय बढीलाई संगठित गरी कोषको रकम संकलन भइरहेको छ । उनले प्रतिष्ठानले असहाय, बाल, बृद्धबृद्धाका सेवामूलक कार्य गर्नुका साथै गरीब तथा विभिन्न शैक्षिक क्षेत्रहरुमा कार्यहरु गरी आएको बताए । २०६२...

दिदीमाथि लाठी प्रहार

दुधे/ सतासीधाममा एक व्यक्तिले आफ्नै दिदीलाई लाठी प्रहार गरी घाइते बनाएका छन् । बुधबार सामान्य बिवाद हँुदा सतासीधाम–६ का ४६ वर्षीय सूर्य लिम्बूले मोरङ मधुमल्ला–४ बस्ने दिदी मनमायाँ लिम्बूलाई लाठी प्रहार गरी घाइते बनाएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । सूर्यलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने घाइते बिराटनगरस्थित न्युरो अस्पतालमा उपचारपछि घर फर्किएको इलाका प्रहरी कार्यालय झिलझिलेले जनाएको छ...

आमाको हत्या

दाङ/ दाङमा एक छोराले आफ्नी बृद्ध अवस्थाकी आमाको हत्या गरेका छन् । घोराही–१ का पूर्णबहादुर पुनले ७७ वर्षीया आमा सुनिताको हत्या गरेका हुन् । घरायसी विवादमा पुनले आमालाई धारिलो हतियार प्रहार गरी मंगलबार राति हत्या गरेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । आमाको हत्या गर्ने पुनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान प्रकृया अघि बढाइएको प्रहरीले जनाएको छ...

अझै सहज भएन ग्याँस

दमक/ झण्डै २ महिनादेखि अभाव शुरु भएको खाना पकाउने ग्याँसको आपूर्ति अझै सहज हुन सकेको छैन । आयल निगम मार्फत पर्याप्त मात्रामा ग्याँस उपलब्ध नगराउँदा बजारको अभाव नहटेको बिक्रेताहरुले बताएका छन् । दमकमा रहेको बिभिन्न ग्याँसका ३० ओटा भन्दा बढी ग्याँस डिलरहरुले आफ्ना नियमित ग्राहकलाई समेत ग्याँस उपलब्ध गराउन नसकिएको जनाएका छन् । ग्याँस बिक्रेता महासंघ क्षेत्रीय समितिका सचिव महेन्द्र खड्काका अनुसार दमकमा मात्र दैनिक २ सय भन्दा बढी सिलिण्डर ग्याँसको माग हुने गरेको छ । तर डेढ महिनादेखि मागको २५ प्रतिशत...

एमालेको कोहवरा गाउँ अधिवेशन

गौरादह/  नेकपा एमाले कोहवरा गाउँ कमिटीको अध्यक्षमा पुनः छत्रपति सुवेदी सर्वसम्मत चयन भएका छन् । बुधबार कोहवरा–७ स्थित जनज्योति माविमा भएको पार्टीको १० औँ गाउँ अधिवेशनले पुनः सुवेदीलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो । उपाध्यक्षमा डम्बर न्यौपाने, सचिवमा रमेश रिजाल र सह–सचिवमा ओमराज अधिकारी चयन भएका जनाइएको छ । पार्टीका केन्द्रीय सल्लाहकार तथा पूर्व मन्त्री युवराज कार्कीले अधिवेशन उद्घाटन कार्यक्रममा एमालेको गौरवशाली इतिहासलाई निरन्तरता दिन कार्यकर्ताहरुलाई निर्देशन दिए । उनले संविधान निर्माण र शान्ति प्रक्रियामा माओवादीलाई जिम्मेवार भएर प्रस्तुत...

साउदीमा तीन अलपत्र

इलाम/ इलाममा शाखा रहेको फोर्सवान प्रा.लि मार्फत बैदेशिक रोजगारका लागि साउदी अरब पुगेका इलामका तीन युवाहरु अलपत्र परेका छन् । रोजगारीका लागि साउदी पुगेका इलाम सोयाक–३ का श्याम चौहान, निर्मल कटुवाल र इलाम नगरपालिका–२ का बिरबहादुर मोते अलपत्र अवस्थामा परेको पीडितका आफन्तले बताएका छन् ।  फोर्सवान प्रा.लि इलाम शाखाका प्रबन्धक झापा बुधबारेका गोपीकृष्ण चिमोरियाले राम्रो सेवा सुविधा हुने भन्दै पठाएका थिए । तर अहिले तीनै जनालाई ठगी गरेर झुक्याएर पठाएको र अहिले फर्किन पनि गाह्रो भएको उनीहरुले बताए । पीडित परिवारले आफ्ना छोराहरु तत्काल स्वदेश फर्काइ...

महायज्ञबाट १ करोड

उर्लाबारी/ मोरङ पथरी बहुमुखी क्याम्पसले श्रीमद् भागवत् ज्ञान महायज्ञबाट १ करोड २१ लख १७ हजार ८ सय ७५ रुपैयाँ आर्थिक संकलन गरेको छ । यस्तै ७ बिगाह १० धुर जग्गा पञ्चायत उच्च माविले पथरी बहुमखी क्याम्पसलाई हस्तान्तरण गरेको छ । ५० लाख रुपैयाँ राष्ट्रिय वाणिज्य बैंकको खातामा जम्मा गरी मुद्दती खातामा अक्षय कोष स्थापना गरिएको क्याम्पसका प्रमुख अर्जुन बुढाथोकीले जानकारी दिए ।  मोरङ  क्षेत्र नं २ का सभाषद् लालबहादुर सुस्लिङ मगरको  प्रमुख आतिथ्यमा सम्पन्न पुराणमा समापन कार्यक्रम पथरी बहुमुखी क्याम्पस सञ्चालक समितिका अध्यक्ष मोहन तुम्वापोको...

चुलाचुलीमा स्यालोट्युब

चुलाचुली/ दक्षिण इलामको चुलाचुली गाविसका विभिन्न वडामा स्यालो ट्युववेल गाड्ने कार्यले तिव्रता पाएको छ । भुमिगत जलस्रोत विकास समिति शाखा कार्यालय विराटनगर र चुलाचुलीस्थित नमुना भुमिगत जल उपभोक्ता समिति चुलाचुली–६ को सहकार्यमा आर्थिक वर्ष ०६७÷०६८ देखि थालिएको सो कार्यले तिव्रता पाएको उपभोक्ता समितिका अध्यक्ष अर्जुन गिरीले जानकारी दिए । गत आर्थित वर्षमा परीक्षणका लागि २ ओटा स्यालोट्युवेल गाडिएकोमा यस आर्थिक वर्षमा सो संख्या ४७ पुगेको बताइएको छ । चुलाुलीका ३, ४, ६ र ७ नम्बर वडाहरुमा गाडिएका स्यालो ट्युववेलका माध्यमबाट हालसम्म त्यहाँको १ सय ८८ विगाह...

खसक्षेत्रीले निकाले राँके जुलुश

दमक/ नयाँ बन्ने संविधानमा खसक्षेत्रीहरुलाई पनि सुचिकृत गर्नुपर्ने सहितका मागहरु अघि सार्दै खस क्षेत्रीहरुले बुधबार साँझ दमकमा राँके जुलुश निकालेका छन् । खस क्षेत्रीहरुलाई संविधानमा नै आरक्षणको व्यवस्था हुनुपर्ने उनीहरुको माग छ । रात्री बस काउन्टरबाट शुरु भएको जुलुश गणतन्त्र चौकमा पुगेर कोणसभामा परिणत भएको थियो । कोणसभालाई खसक्षेत्री एकता समाज दमक नगर अध्यक्ष गोविन्दबहादुर बस्नेत, नगर सचिव राम थापा, खसक्षेत्री युवा अगुवा रवि न्यौपाने र महिला केन्द्रीय उपाध्यक्ष मन्दरा पौडेलले धारणा राखेका थिए । उनीहरुले...

माओवादी नेता दुर्घटनामा घाइते

बिराटनगर/ एकीकृत नेकपा माओवादीका कोचिला राज्य समिति सेक्रेटरी तथा सभाषद् सावित्रीकुमार काफ्ले (समर) मोटरसाईकल दुर्घटनामा परी घाइते भएका छन् । काफ्ले सवार रहेको को ११प ३५८६ नम्वरको मोटरसाइकललाई धरान चतरा चल्ने को १ ज ५९७ नम्वरको ट्याक्सीले धरान ११ स्थित आपगाछीमा ठक्कर दिएको थियो । ठक्करबाट गम्भीर घाइते काफ्लेको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र बिराटनगरस्थित न्युरो अस्पतालमा उपचार सम्भव नभएपछि थप उपचारका लागि काठमाडौंको नर्भिक अस्पताल पठाइएको छ । उनको स्वास्थ्य अवस्थामा यो समाचार तयार पार्दासम्म उल्लेख्य सुधार हुन नसकेको चिकित्सकहरुलाई...

‘ पूर्वका तीन अञ्चल एउटा प्रदेश बनाइनुपर्छ ’ – नेता बुढाथोकी – कुराकानी

केशवकुमार बुढाथोकी नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा झापा क्षेत्र नं.–५ का संविधानसभा सदस्य हुन् । संविधानसभामा कांग्रेसका तर्पबाट जिल्लाका एक मात्र निर्वाचित सभासद् उनी प्रखर वक्ताका रुपमा चिनिन्छन् । आफ्नो अगुवाईमा पूर्वका मेची, कोशी र सगरमाथा अञ्चललाई एउटा सवल राज्यको रुपमा खाका बनाउन विभिन्न गृहकार्य, छलफलमा तल्लीन नेता बढाथोकी राज्यको पुनर्संरचना गर्दा हरेक दृष्टिकोणले मान्य संघीय प्रदेशको पक्षमा जोड दिन्छन् । प्रस्तुत छ नेता बुढाथोकीसँग यिनै सेरोफेरोमा उनीसँग गरिएको कुराकानी :– राज्य पुनर्संरचना...

प्रकृति संरक्षणमा चुनौती – खुल्ला आकाश

भक्तबहादुर थापा प्रकृति र प्रकृतिभित्रका सम्पदा वातावरण्ँीय सन्तुलनका दृष्टिले महŒवपूणर््ँ मानिन्छ । प्रकृतिभित्रका सम्पदाको संरÔण्ँले प्रकृति तथा वातावरण्ँीय सन्तुलनको अवस्थालाई कायम राख्दछ । जसले मानव जीवनको रÔा गर्नमा सरल बनाउ“दछ । प्रकृति र प्रकृतिभित्रका सम्पदाको संरÔण्ँ मानव जीवन र स्वास्थ्यस“ग प्रत्यÔ सम्बन्ध र सरोकार राख्ने भएकाले यसको संरÔण्ँमा विश्व नै सक्रिय भएका बेला हाम्रा लागि भने प्रकृति र प्रकृतिभित्रका सम्पदाको संरÔण्ँ तथा रÔा चुनौती बनेको छ । जुन अहिले आम संरÔण्ँकर्ता तथा संरÔण्ँविद् माझ चिन्ता र चासोको विÈय बन्नपुगेको छ । हामीकहा“...

दाइजो उन्मूलन ः पुरुष केन्द्रीत जनचेतना आवश्यक – दोस्रो लेख

देवेन्द्र कार्कि गत चैत, वैशाख र असारमा सप्तरीमा लगातार तीन महिलाको हत्या भयो । यी तीनवटै हत्या मागअनुरुपको दाइजो नल्याउ“दा पति, सासू र ससुरासहितको संलग्नतामा गरिएको थियो । ०६८ साल असार ७ गते सप्तरीको भारदह–४ की २८ वर्Èीया रिनादेवी मिश्र मारिइन् । सप्तरीकै मलेकपुर–६ की २० वर्Èीया सुशीला रामको गएको वैशाख १७ गते हत्या भयो । हत्यालगत्तै ससुरा विष्ण्ँुदेव रामसहितले घरदेखि दुई सय मिटर पर रहेको पोखरीको डिलमा उनको दाहसंस्कार गरे । आठ वर्Èअघि उनको विवाह भएको थियो । विवाहमा मोटरसाइकल, टीभी, सुन र नगद गरी सात लाख बराबर दाइजो दिए पनि पर्याप्त नभएको भन्दै...

संविधानप्रतिको उदासिनता – पहिलो लेख

लक्की चौधरी संविधान निर्माण्ँ गर्ने पछिल्लो कार्यतालिका अनुसार माघ १५ भित्र राज्यको पुनःसंरचनास“ग सम्बन्धित विÈय बाहेकका अन्य सबै विÈयको पहिलो मस्यौदा तयार गर्ने व्यवस्था थियो । तर शासकीयरुप, निर्वाचन प्रण्ाँली, न्यायप्रण्ाँली तथा प्रस्तावनाकै विÈयमा सहमति जुट्न नसकेपछि सो काम हुन माघ २९ सम्मका लागि सारियो । अन्तिम पटकका लागि छ महिना थपिएको म्यादभित्र संविधान निर्माण्ँ गरिछाड्ने दलका नेताहरुको पछिल्लो प्रतिबद्धता र सोही समयावधिलाई मध्यनजर गरी बनाइएको कार्यतालिकालाई दलहरुको असहमतिले पुनः माथ दिएको छ । विवाद समाधान उपसमितिमा भइसकेका सहमतिलाई संवैधानिक...

हक्की र स्वागतयोग्य फैसला – सम्पादकीय

नेपालको न्यायिक इतिहासमै सर्वोच्च अदालतले सम्भवतः पहिलो पटक हक्की पैmसला सुनाएको छ । मन्त्री पदमा वहाल व्यक्ति माथिको उसले न्यायिक ढङ्गले गरेको फैसलाको चौतर्फी स्वागत भइरहेको छ । यसअघि सर्वोच्चले सरकारी, संवैधानिक, निजामति, सुरक्षा र राजनीतिक तहमा उच्च पद धारणा गरिरहेका वा पद वहाल रहेका उच्च पदस्थ व्यक्ति माथि जुनसुकै विषयमा फैसला गरिहाल्ने आँट गरेकै थिएन । उसो त यस अघि अन्तर्राष्ट्रिय स्तरमै मुलुककै नाम बदनाम गर्ने चर्चित सुडान घोटला काण्डमा नेपाल प्रहरीका तीन पूर्व महानिरीक्षकहरु उपर सजाय तोक्न हिम्मत गरेर सर्वोच्चले न्यायिक विरासतलाई स्थापित...