हाईड्रो हाउस:

दक्षिणी इलामको दानाबारीमा निमार्णाधीन सानिमा माई हाईड्रपावर लिमिटेडको विद्युत उत्पादन गृह । यो हाईड्रपावर निर्माण सम्पन्न भएपछि २२ मेगावाट क्षमताको विद्युत उत्पादन हुनेछ । तस्विर : राम योङ्हाङ ।

हाईड्रो हाउस:

दक्षिणी इलामको दानाबारीमा निमार्णाधीन सानिमा माई हाईड्रपावर लिमिटेडको विद्युत उत्पादन गृह । यो हाईड्रपावर निर्माण सम्पन्न भएपछि २२ मेगावाट क्षमताको विद्युत उत्पादन हुनेछ । तस्वि

Showing posts with label मुख्य समाचार. Show all posts
Showing posts with label मुख्य समाचार. Show all posts

लखनपुर र सुन्दरदुलारीमा विउ बैंक स्थापना गरिँदै

दमक । झापाको लखनपुर र मोरङको सुन्दर दुलारीमा लोप हुन लागेका विउ विजन संरक्षणका लागि विउ बैंकको योजना अगाडि बढेको छ ।
 उर्लाबारीस्थित मदन भण्डारी स्मृति प्र्रतिष्ठानको अगुवाइमा लोप हुन लागेका नेपाली मौलिक विउ विजनहरु संरक्षण गर्ने अभियानका विषयमा विहीबार उर्लाबारीमा छलफल भएको छ । प्रतिष्ठानको ‘सशक्तिकरणको माध्यमबाट जिविकोपार्जनमा सुनिश्चितता’ कार्यक्रम अन्तर्गतको अर्धवार्षिक सहभागितामुलक चिन्तन मनन् प्रक्रिया (पीआरआरपी ) का सहभागिले सो कुरामा जोड दिएका छन् । कार्यक्रमको विषयवस्तु उठान गर्दै छलफलको सहजिकरण गरिरहेको प्रतिष्ठानका सामुदायिक विकास अधिकृत तथा कार्यक्रम संयोजक रुद्रबहादुर तामाङले भने’– केही संस्थासँगका सहकार्यमा प्रतिष्ठानले विउ बैंक खडा गर्ने तयारी अगाडि बढाएको छ । अनि वचत समूहहरुलाई पनि सहकारीमा रुपान्तरण गर्ने योजना तपाईहरुलाई कस्तो लाग्छ ? यो अभियानमा प्रतिष्ठानले सवैको सहकार्य खोजेको छ ।’
कार्यक्रममा सो विषयवस्तुलाई केन्द्रविन्दुमा राखेर छलफल चलेपछि  समूह, सरोकारवाला क्षेत्रका सहभागिहरुले त्यसमा धारणा राखे ।  ‘लोप हुन लागेका विउ विजन जोगाउनु ज्यादै आवश्यक छ तर हाइव्रिड विउविजनको हस्तक्षेप चुनौती बनेको छ ।’–लखनपुरस्थित साना किसान सहकारी संस्थाका व्यवस्थापक टंक पराजुलीले भने । विउ बैंक भनेर सुन्दा जति सजिलो हुने बुझिन्छ र तर त्यसको स्थापना गर्न उत्तिनै गाह्रो भएको पनि उनले उल्लेख गरे । ‘एउटा मात्र संस्थाले व्यवस्थापन गर्न नसक्ला, तर संस्थाहरुको सहकार्यमा त्यो काम गर्न भने सकिन्छ भनेर हाम्रो संस्था पनि लागिरहेको छ । ’– उनले भने ।
सन् २००७ बाट एक्सन एडको सहकार्यमा ‘सशक्तिकरणको माध्यमबाट जिविकोपार्जनमा सुनिश्चितता’ कार्यक्रमका रुपमा झापाको दमक, लखनपुर, मोरङको बयरबन, सुन्दरदुलारी र कोसीहरैंचामा प्रतिष्ठानले गतिविधि सञ्चालन गरेको छ । ती क्षेत्रमा भूमि तथा जिविकोपार्जन, नीति तथा सुशासन, महिला अधिकार र शिक्षा अधिकारको क्षेत्रमा काम गर्दै आएको छ । आर्थिक तथा चेतनाको पक्षमा कमजोर रहेका समुदायका लागि कार्यक्रम केन्द्रीत छ । जसमा भूमिअधिकारको पाटोबाट विउविजन जोगाउने कार्यक्रम यसैवर्षबाट अगाडि ल्याइँदै छ । जसका लागि लखनपुरको सानाकिसान, सुन्दरदुलारीको साना किसान सहकारीका व्यवस्थापक सहितका ३ जनालाई ५ दिने तालिम प्रदान भइसकेको छ ।
सुन्दरदुलारी ११ स्थित प्रगति महिला बचत समूहकी अध्यक्ष मेनुका कार्कीले लोप हुन लागेका नेपाली विउ विजनहरु जोगाएर त्यसलाई विस्तार गर्नु स्वास्थ्यका लागि पनि फाइदाजनक भएको बताइन् । उनले गाउँ टोलमा भएका बचत समूहहरुलाई सहकारीका रुपमा रुपान्तरण गर्ने प्रतिष्ठानको प्रस्तावलाई पनि समर्थन जनाइन् ।
सामाजिक परिचालक तारामान पौडेलले सशक्तिकरण कार्यक्रम अन्तर्गत प्रतिष्ठानले गठन गराएको ४३ वटा समूहबाट ३६ लाख रुपैयाँ बचत भएको उल्लेख गर्दै त्यसलाई सहकारीका रुपमा रुपान्तरण गर्ने विषयमा छलफल भइरहेको जानकारी गराए ।
उनीहरुले रासायनिक वस्तुको प्रयोगलाई कम गर्दै जाने, अधिकार र चेतनाका पक्षमा स्थानीयलाई जागरुक गराउँदै जाने कार्यक्रमले समुदायमा प्रभाव पारेको विवरण पेश गरेका थिए ।
कार्यक्रममा, विभिन्न समूहले आफुले गरेका गतिविधिलाई चार्टका रुपमा ल्याएर प्रस्तुत गरेका थिए । कार्यक्रमबाट आफ्नो जीवनस्तरमा सुधार आएको सहभागिको धारणा रह्यो । जसमा सामाजिक परिचालक रुना चौधरी, वालकुमारी राई, अम्बिका दहाल, सुनिता राजवंशीका साथै प्रतिष्ठानकी लेखा अधिकृत मेनका वास्कोटा लगायतका कार्यक्रमका समग्र पक्षका विषयमा जानकारी गराएका थिए । एक्सन एडका तर्फबाट सहभागि सुनिता महर्जनले समुदायको रुपान्तरमा कार्यक्रमले प्रभाव पारेको बताइन् ।

झापाका दर्जनौं सहकारीको अवस्था “कहालिलाग्दो”

– गोपाल काफ्ले
झापा । जिल्लामा सञ्चालित धेरै सहकारीले सहकारी ऐन २०४८, सहकारी नियमावली २०४९ र सहकारी मापदण्ड २०६८ बर्खिलाप हुने गरी आफ्नो संस्था चलाइरहेको पाइएको छ ।
१ करोडदेखि ५ करोड रुपैयाँसम्मको कारोबार गर्ने जिल्लाका १ सय १० वटा सहकारीमध्ये चालू आर्थिक वर्षमा ७० वटामा सघन निरीक्षण गर्दा यस्तो अवस्था पाइएको हो ।
डिभिजन सहकारी कार्यालय झापाका प्रमुख माधवप्रसाद पोखरेलका अनुसार ठूलो ‘भोल्यूम’मा कारोबार गरिरहेका सहकारीहरुसँग धेरै मानिसको सम्बन्ध जोडिने भएकाले सानोतिनो गल्ती भइहाले पनि बेलैमा सच्याउन सहयोग होस् भनी डिभिजन कार्यालयले मसिनो गरी निरीक्षण गर्दा ‘कहालीलाग्दो अवस्था’ पाइएको हो । ‘पछिल्लो चरणमा हामीले ७० वटाको निरीक्षण गर्यौं ।’– सहकारी अधिकृत पोखरेलले भने–‘अधिकांशमा यति धेरै समस्या, विकृति र विसंगति भेटियो कि सहकारी भन्नै नसकिने गरी नीति, नियम, मापदण्डको धज्जी उडाइएको छ ।’
सहकारी अधिकृत पोखरेलले थपे– ‘कतिपय सहकारीका सञ्चालकले आफ्नै संस्थाको विनियमको पालना नगरी सबैजसोले ऋण लिएको पाइयो, जबकि ४९ प्रतिशतभन्दा बढीले एकैपटक ऋण लिन पाइँदैन ।’ उनले कतिपयमा संस्थाको अध्यक्ष, सचिव, कोषाध्यक्ष, सदस्यलगायत पदमा बस्ने र मासिक तलब बुझेर दैनिक काम सञ्चालन गर्ने गरेको पाइएको पनि जनाए । ‘सञ्चालकमध्ये कुनै एकजनाले कार्यकारी भएर सुविधा लिन मिल्ने भए पनि एकभन्दा बढीले तलब वा यस्तै केही नाममा रकम बुझेका छन्, जुन सहकारी ऐन, नियम र मापदण्डसँग नमिल्ने कार्य भइरहेको छ ।’–उनले अवस्था दर्शाए ।
‘कहालीलाग्दो अवस्था’का बारेमा प्रष्ट्याउँदै अधिकृत पोखरेलले भने– ‘ऋण लगानी गर्दा ३ प्रतिशतसम्म सेवा शुल्क लिने गरिएको छ । सहकारी संस्थाको सदस्य बनाउन, बचत संकलन गर्न, ऋण उठाउन कमिशन दिने गरी कर्मचारीका नाममा बिचौलियाको उत्पादन गरिएको छ । गैर ब्यक्ति कारोबार बढेको छ ।’ उनले अनुगमन गरिएका ७० वटा सहकारीमा एकवटादेखि २ सय ४८ वटासम्म संस्थागत सदस्यता दिएको पाइएको छ । आफूलाई सहकारी संस्थाको पदाधिकारी–सदस्य दावी गर्ने तर विनियममा कहीँकतै उसको नाम उल्लेख नै छैन । ‘अब भन्नोस् यी सबै विकृति र विसंगतिहरु हुन् कि होइनन् ?’– पोखरेलले जिकिर गरे ।
१० लाख रुपैयाँभन्दा माथिको ऋण लगानी गर्दा संस्थाको कर्जा समितिले मूल्याङ्कन गरी लगानी गर्ने गरिएको छ तर मापदण्डमा संस्थागत मूल्याङ्कनकर्ताबाट गर्नुपर्छ भनिएको छ । बोनष कोषमा भएभन्दा धेरै रकम स्वास्थ्य उपचार, तालिम, शिक्षाजस्ता नाममा खर्च गरिएको हुन्छ । सहकारी संस्थाका सञ्चालकहरु नै नियमित बचत गर्दैनन् । ‘सहकारीका लागि माथि उल्लेखित सबै कुरा विधिसम्मत छैनन् र होइनन्, यसैले यो कहालीलाग्दो अवस्थामा पुगेको आभाष मिलेको हो’ अधिकृत पोखरेलले दावी गरे ।
हरेकजसो संस्थामा दुई दिनदेखि सात दिनसम्म लगाएर माथिका विवरण र तथ्याङ्क सङ्कलन गरिएको बताउँदै पोखरेलले सबै संस्थाका गलत क्रियाकलापका बारेमा टिप्पणी उठाएर सुझाव दिइएको बताए । हालसम्म गलत भएका र सच्याउन मिल्ने विषयहरु साधारणसभामा छलफल गरी सच्याउन निर्देशन दिइएको बताउँदै पोखरेलले यदि यही प्रकरण फेरि दोहोरिएमा आगामी आर्थिक वर्षमा कारवाहीको प्रक्रियामा लैजाने चेतावनी दिए । ‘कहालीलाग्दो अवस्था’मा पुगेका सहकारीहरुको नाम भनें हाल सार्वजनिक गरिनहाल्ने बताउँदै उनले भने “कमजोरीहरु पाइएका संस्थाहरुलाई सच्चिने अवसर दिइएकालेतत्कालै तिनीहरुको नाम उल्लेख गर्न मिल्दैन ।’
कतिपय संस्थाहरु सहकारी संघका नेतृत्वमा पुगेका जिम्मेवारहरुकै रहेको पनि सघन निरीक्षण अनुगमनमा खटिएका अधिकारीहरुले बताएका छन् । सघन निरीक्षणका लागि अधिकृत पोखरेलसहित नासु डिल्ली दाहाल, वशिष्ट अधिकारी, बद्री दाहालले झण्डै एक वर्षदेखि क्रियाशील रहेको बताइएको छ ।
 ‘सहकारीका ऐन, नियम, मापदण्डहरुको पालना गर्ने र काम कारवाहीलाई रचनात्मक बनाउनु पर्नेहरु कै संस्थाले पनि यस्ता गल्ती र कमजोरीहरु गरिरहेको पाइएकाले अब नसच्याउने हो भने कारबाहीको भागिदार बन्नुपर्ने निश्चित छ ।’– पोखरेलले गम्भीर शैलीमा सुझाए । (साझामञ्च)

नोेवेल अस्पताल विरुद्ध विद्यार्थी आन्दोलित, बिद्यार्थीलाई होस्टलबाट निकालियो

विराटनगर । नोबेल मेडिकल कलेज टिचिङ अस्पताल विराटनगरले एमवीवीएस सकेर भर्खरै इन्टर्नसिप थालेका १ सय २४ जनालाई कलेजले होस्टलबाट समेत निकालेपछि त्यहाँका विद्यार्थीहरु आन्दोलित भएका छन् ।
असार १ गतेदेखि नोबेलमा सुरू भएको इन्टर्नसिप विद्यार्थीको आन्दोलन आइतबार पनि जारी छ । कलेजले असार ३ गते एउटा सूचना प्रकाशित गरी एमवीवीएस पाँचौं ब्याजका इन्टर्नसिप विद्यार्थी डाक्टरलाई होस्टेल खाली गराउन उर्दी गरेको थियो । अन्य मेडिकल कलेजले दिने गरेको बराबर पारिश्रमिक सुविधा दिन माग गर्दा एमवीवीएस सकेर इन्टर्नसिप थालेका पाँचौं ब्याचका विद्यार्थीहरुले कोर्स सकेर इन्टर्नसिप सुरू भएको एक महिनामात्र पुगेको थियो । इन्टर्नसिप नसकिँदै घर फर्किन दबाब परेपछि विद्यार्थीहरु आफ्नो भविष्यमा संकट सिर्जना गरिएको भन्दै आन्दोलनमा उत्रिएका छन् । 
विद्यार्थी डाक्टरले काठमाडौं विश्वविद्यालयका सहायक डिन डा. राजेन्द्र कोजुलाई आइतबार विहान आफ्ना समस्या सुनाएका छन् । ‘उहाँले भिसी सरसँग कुरा राखिदिउँला भन्नुभएको छ,’ विद्यार्थी गणेश फुलाराले भने, ‘हाम्रो भविष्य यतिखेर भड्खालोमा पर्न आँटेको छ ।’ फुलाराले चार वर्ष लगाएर एमवीवीएस कोर्स सकिएपनि मागेको अन्य मेडिकल कलेजले इन्टर्नसिपका विद्यार्थीलाई दिएसरह पारिश्रमिक मात्र मागेको सुनाए ।  ‘त्यही निहुँमा कलेज प्रशासनले हामीलाई तीन दिनयता होस्टेल छिर्न दिएको छैन,’ उनले भने, ‘हामी बाहिरबाहिरै दिनरात कटाइरहेका छौ ं।’ 
उनका अनुसार नोबेल बाहेक अन्य मेडिकल कलेजले इन्टर्नसिपका विद्यार्थी डाक्टरलाई मासिक ८ हजारदेखि १२ हजार रूपैयाँसम्म पारिश्रमिक दिने गरेको छ । नोबेल अस्पतालले ४ हजार रूपैयाँमात्र दिने गरेको छ । त्यसैगरी भर्ना भएको समयमा सेक्युरिटी बापत ५०  हजार रूपैयाँ धरौटी कलेजले लिएको थियो । कानुनतः कोर्स सकिएपछि यो रकम फिर्ता दिनुपर्ने हुन्छ । नोबेल कलेजसँग पारिश्रमिकसँगै धरौटी रकम उनीहरुले फिर्ता मागेका थिए । तर कलेजले फिर्ता गराउनुको सट्टा ‘सर्टिफिकेट’मा ‘ब्याड’ लेखिदिने धम्की दिएको फुलाराले आरोप लगाए । ‘सूचना टाँसेपछि कलेज आफैंले होस्टल छिर्न दिएको छैन, हामी चर्को गर्मीमा होस्टलबाहिर दिनरात काटिरहेका छौं,’ काठमाडौं सुमिना ढकालले भनिन्, ‘बिजोग भएको छ, कलेज प्रशासनले हाम्रो मागप्रति ध्यान दिएको छैन ।’ 
 विद्यार्थी डाक्टरबाट आगामी मंसिर महिनासम्मको लागि छात्राबास खर्चबापत ६४ हजार यसअघि नै कलेज प्रशासनले भुक्तानी लिइसकेको छ । काठमाडौं विश्वविद्यालय, मेडिकल काउन्सिल, शिक्षा मन्त्रालय 
सबैले जुन कलेजमा पढेको हो त्यही कलेजमा इन्टर्नसिप गर्न पाउने व्यवस्था गरेका छन् । अस्पतालका मेडिकल डाइरेक्टर डा. राजेश नेपालले विद्यार्थीहरूले अस्पतालमा अवरोध पुर्याउने गतिविधि गरेकाले उनीहरुलाई कलेजमा राख्न नसक्ने निर्णयमा पुगेको दाबी गरे । प्रबन्धक नारायण दाहालले इन्टर्नसिप विद्यार्थीको माग जायज नभएकाले पूरा गर्न नसकेको बताएका छन् । उनले इन्टर्नसिप विद्यार्थीलाई तलब दिने व्यवस्था नभए पनि दिइरहेको तर विद्यार्थीले आन्दोलन गरेको बताए । यता मोरङका प्रमुख जिल्ला अधिकारी गणेशराज कार्कीले विद्यार्थीमाथि परेको अन्यायबारे ध्यानाकर्षण भएको बताएका छन् ।

एसएलसीमा ४७ दशमलब ४३ प्रतिशत उत्तीर्ण

– २१ हजार २४७ विशिष्ट श्रेणीमा, – ९० हजार १७६ प्रथम श्रेणी


काठमाडौं । यसवर्षको प्रवेशिका परीक्षा (एसएलसीको) को नतिजा सार्वजनिक भएको छ । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले शुक्रबार दिउँसो २०७१ को एसएलसीको नतिजा सार्वजनिक गरेको हो । परीक्षा नियन्त्रक विष्णुबहादुर द्वारेले शुक्रबार दिउँसो सानोठिमीस्थित शिक्षा विभागको सभा हलमा नतिजा सार्वजनिक गरिएको जानकारी दिए ।
परीक्षा नियन्त्रण कार्यालयले सार्वजनिक गरेको नतिजा अनुसार नियमिततर्फ ४७.४३ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । यस अनुसार १ लाख ९२ हजार २ सय ६७ विद्यार्थी उत्तीर्ण भएका छन् । प्रकाशित नतिजा अनुसार परीक्षार्थीमध्ये नियमिततर्फ १ लाख ९२ हजार २ सय ४७ जना उत्तीर्ण भएका छन् । जसमध्ये छात्रतर्फ १ लाख ९ हजार ४३ र छात्रातर्फ ८३ हजार २ सय २४ जना उत्तीर्ण भएका छन् । विशिष्ट श्रेणीमा २१ हजार २ सय ४७ जना उत्तीर्ण भएका छन् । विशिष्टमा छात्रतर्फ १२ हजार ४ सय २६ छन् भने छात्रातर्फ ८ हजार ८ सय २१ छन् । प्रथम श्रेणीमा ९० हजार १ सय ७६ जना उत्तीर्ण भएका छन् । प्रथम श्रेणीमा छात्रतर्फ ५२ हजार ५ जना उत्तीर्ण भएका छन् भने प्रथम श्रेणीमा उत्तीर्ण हुने छात्राको संख्या ३८ हजार १ सय ७१ रहेको छ । त्यसैगरी दोस्रो श्रेणीमा छात्रतर्फ ४२ हजार १ सय ७६ र छात्रातर्फ ३४ हजार ३ सय ६ गरी कुल  ७६ हजार ४ सय ८२ जना उत्तीर्ण भएका छन् । तेस्रो श्रेणीमा ४ हजार ३ सय ६२ जना उत्तीर्ण भएका छन् । तेस्रो श्रेणीमा छात्रतर्फ २ हजार ४ सय ३६ जना उत्तीर्ण छन् भने छात्रा १ हजार ९ सय २६ छन् ।
यसैगरी ५ हजार ९९ ले परीक्षा छाडेका छन् भने १ हजार १ सय ९९ जना परीक्षार्थीको परीक्षा रोकिएको छ । ६ सय १२ जनाको परीक्षा रद्द भएको छ भने ८३ जनाको एक्स्पेल्ड भएको छ ।  गत वर्ष ४३.९२ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका थिए ।
परीक्षा गत वर्ष चैत ५ देखि १३ गतेसम्म सञ्चालन भएको थियो । गत वर्ष जेठ ३० गते नतिजा सार्वजनिक भए पनि यसवर्ष भूकम्पले गर्दा केही ढिला भएको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ । एसएलसीको नतिजा हेर्न नेपाल टेलिकमको १६०० डायल गरी सम्बन्धीत परीक्षार्थीले आफ्नो सिम्बल नम्बर थिच्नुपर्ने छ । जसबाट नतिजाको परिणाम तत्कालै थाहा पाईनेछ ।
 यस्तै, नेपाल टेलिकम र एनसेल मोबाइलमा क्ीऋ ?कउबअभश्र सिम्बल नम्बर टाइफ गरी ५२२५ मा एसएमएस पठाएर परीक्षार्थीले एसएलसीको नतिजा तुरुन्तै थाहा पाउनेछन् । टेलिकम र परीक्षा नियन्त्रण कार्यालयको वेबसाइटबाट पनि एसएलसी रिजल्ट हेर्न सकिने छ । शिक्षा मन्त्रालयको वेबसाइट धधध।mयभ।नयख।लउ, शिक्षा विभागको वेबसाइट धधध।मयभ।नयख।लउ, परीक्षा नियन्त्रण कार्यालयको वेबसाइट धधध।कयअभ।नयख।लउ, नेपाल टेलिकमको वेबसाइट धधध।कअि।लतअ।लभत।लउ मा पनि परीक्षाको नतिजा हेर्न सकिने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।
प्राविधिकतर्फको एक सातापछि
यस वर्षदेखि सुरु भएको प्राविधिकतर्फको प्रवेशिका परीक्षाको नतिजा भने एक साता ढिलो हुने भएको छ । श्रेणीकरण पद्धतिबाट प्राविधिक तर्फको नतिजा निकालिने परीक्षक नियन्त्रण कार्यालय प्रमुख द्वारेले बताए । आवश्यक तयारी नपुगेकाले प्राविधिक परीक्षाको नतिजा एक सात पछि धकेलिएको हो ।
सामुदायिकमा
३३.१८ प्रतिशत उत्तीर्ण
सामुदायिक विद्यालयतर्फ ३३.१८ प्रतिशत बिद्यार्थी
उत्तीर्ण भएका छन् । गत वर्ष  सामुदायीकमा २८.१९ प्रतिशत उत्तीर्ण भएका थिए ।
साउन २० देखि मौका परीक्षा
१ वा २ विषयमा मात्रै लागेका विद्यार्थीका लागि मौका परीक्षा साउन २० गते सुरु हुने पनि परिक्षा नियन्त्रण कार्यालयले जनाएको छ । यसैबीच ग्रेडिङ अनुसार गरिने प्राविधिकतिरको नतिजा भने एक सातापछि मात्रै सार्वजनिक हुनेछ । प्राविधिकतर्फ सबै सहभागी उत्तीर्ण हुनेछन् ।

पाँच महिनामा २ सय २० चेलीको उद्धार

विर्तामोड । पूर्वी झापालाई केन्द्र बनाएर पूर्वमा चेलीवेटी बेचविखन गर्ने गिरोह सक्रिय बनेको खुलासा भएको छ । पछिल्लो ५ महिनाको अवधिमा २ सय २० जनाको उद्धार भएको छ ।
जिल्लाको विर्तामोड, काँकडभिट्टा, धुलावारी, भद्रपुरलगायतका स्थानलाई केन्द्र बनाएर पूर्वमा चेलीबेटी बेचबिखन गर्ने गिरोह सक्रिय रहेको माइती नेपालका पूर्वाञ्चल संयोजक गोविन्द घिमिरेले जनाए । माइती नेपालको कार्यालय काँकडभिट्टाले गत जनवरीदेखि मईसम्मको ५ महिनाको समयावधिमा २ सय २० जना महिलाको उद्धार गरेको उनले बताए । खुला सिमानाका कारण पूर्वबाट महिलालाई भारतलगायत तेस्रो देश लान सहज हुँदा एजेन्टले यो बाटो प्रयोग गर्ने गरेको तथ्य फेला परेको उनले सुनाए । पश्चिम नेपालका युवतीलाई आर्थिक प्रलोभन देखाएर केही दिनसम्म झापामा राख्दै उनीहरुलाई भारतलगायत तेस्रो देश पु¥याउने गिरोहका व्यक्ति झापामा पक्राउ पर्न थालेसँगै यस्तो रहस्य सार्वजनिक भएको हो ।
भूकम्पबाट पीडित बनेका युवतीलाई विदेशमा राम्रो कमाई हुने आश्वासन देखाउँदै पूर्वी नाका काँकडभिट्टा, भद्रपुर, इलामको पशुपतिनगरलगायतका स्थानबाट भारतसहित तेस्रो देश पु¥याउने गिरोहका एक महिला र एक पुरुषलाई विहीबार इलाका प्रहरी कार्यालय बिर्तामोडले पक्राउ गरेसँगै यस्तो रहस्य खुलेको हो । केही दिनअघि मात्र दुई जना दलाललाई काँकडभिट्टा नाकाबाट पक्राउ गरी मानव बेचबिखनसम्बन्धी मुद्दा चलाइएको थियो ।
बर्दिया सानो श्रीगाविस–९ की १८ वर्षीया प्रमिला केसीलाई उनीहरुले भारत लैजान लाग्दा प्रहरीले बिर्तामोडबाट उनको उद्धार गरेको छ । एक साताअघि शनिअर्जुन नगरपालिका–६ का मीना घतानी राजवंशीको घरमा ल्याइएकी उनलाई एक सातासम्म झापामा राखेर भारत लान लागेको गोप्य सूचनाका आधारमा केसीको उद्धार गरिएको प्रहरीले जनाएको छ । प्रहरीले घरधनी राजवंशी तथा मोरङ उर्लावारी–६ का सन्दीप बुढाथोकीलाई पक्राउ गरी कारबाही अगाडि बढाएको छ ।
उनीहरुलाई चेलीबेटी बेचबिखनअन्तर्गत मुद्दा चलाउने तयारी भइरहेको इलाका प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ । उता, रामेछाप स्नालु–७ घर भएका हर्क तामाङलाई प्रहरीले झापाको धुलाबारीबाट बुधबार पक्राउ गरेको थियो ।  पक्राउ परेका तामाङ चेलीबेटी बेचबिखनमा संलग्न भएको जनाउँदै धुलावारीमा सञ्चालित रञ्जित होटलबाट प्रहरीले पक्राउ गरेको थियो । लामो समयदेखि पाँचजना युवतीलाई होटलमा राखेको गोप्य सूचनाका आधारमा प्रहरीले छापा मारी उनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
रामेछाप, सिन्धुपाल्चोक, नवलपरासी, र सुनसरी घर भएका युवतीलाई किर्गिजस्तान लैजान भन्दै उनले उक्त होटलमा राखेको बताइएको छ । राहदानीलगायत अन्य कागजातसमेत उनीहरु आपैंmले बनाइदिएर ती युवतीलाई भारत हुँदै किर्गिजस्तान लैजान लाग्दा प्रहरीले उद्धार गरेका ती युवतीलाई काँकडभिट्टास्थित माइती नेपालको कार्यालयमा राखिएको र अभिभावकको जिम्मा लगाउने तयारी भइरहेको छ ।
काठमाडौं निवासी श्याम श्रेष्ठले युवतीलाई झापासम्म ल्याएर राखिदिएवापत तामाङलाई प्रतिव्यक्ति भारतीय रुपैयाँ १५ हजार दिने गरेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।
एकसाताअघि झापाको भद्रपुर हुँदै चारजना युवतीलाई भारत लैजाँदै गर्दा प्रहरीले सोही गिरोहका दुईजना महिलालाई  जलथलबाट पक्राउ गरेको थियो । पक्राउ पर्नेमा जलथल–७ की हिमा श्रेष्ठ र सोही ठाउँकी २८ वर्षीया सरिता लिम्बु रहेका छन् । उनीहरुले भद्रपुरमा महिलालाई राखेर भारतलगायत तेस्रो देश पु¥याउने गरेको बताइएको छ ।

फोहोरको ब्यवस्थापनमा समस्या, दुुर्गन्धले महामारी फैलिने डर

दमक १२ मा थुपारिएको फोहोर
– विमल लामिछाने
दमक । दमक नगरपालिकाले तोकेको ठाउँमा फोहोर व्यवस्थापन हुन नसक्दा नगरवासी आक्रोशित हुन थालेका छन् । दमकलाई फोहोर मुक्त बनाउने भन्दै नगरपालिकाबाट दैनिक रुपमा उत्पादन हुने सबै किसिमका फोहोर मैलालाई स्रोतका रुपमा परिचालन गर्न र त्यसको व्यवस्थापन गर्न सार्वजनिक निजी साझेदारीको अवधारणा ल्याएको थियो । जस अन्तर्गत पाथ वे नेपाल प्रा.लि. जेभी इटहरी सुनसरीले २०७२ साल वैशाख १ गतेदेखि २०७६ साल चैत्र मसान्तसम्म जम्मा ५ वर्ष सञ्चालन गर्ने गरी सम्झौता गरेको थियो ।
 पाथ वे नेपाल प्रालि जेभीले यसअघि दमक नगरपालिका बजार क्षेत्रबाट प्रति महिना शुल्क लिने गरी सरसफाई शुल्कको दररेट समेत सार्वजनिक गरिसकेको छ । तर यो दररेट अवैज्ञानिक र स्तर अनुुकुल नभएको भन्दै चौतर्फी विरोध आइरहेपछि  फोहोर मैला व्यवस्थित हुन नसकेको हो । पाथ वे प्रालि र नगरपालिका बीच भएको यसअघिको सम्झौतालाई नगरबासीले स्वीकारेका छैनन् । उनीहरुले दररेट महंगो भएको र नगरपालिकाले उचित वर्गीकरण गर्न नसकेको बताएका छन् । ब्यावसायीहरुले दोहोरो कर तिर्न नसकिने भन्दै यसको तत्काल ब्यापक छलफल गरी पुनः वर्गीकरणको माग समेत गरेका छन् ।
 पाथ वे नेपाल प्रालिका अध्यक्ष सुुवास बस्नेतले नगरपालिका र पाथ वेबीच भएको सम्झौता अनुसार नै नगरको फोहोर व्यवस्थापन गरिने र यो कार्य जारी रहेको बताए । उनले भने ः  स्थानीय स्वायत्त शासन ऐन २०५५, फोहोर मैला व्यवस्थापन ऐन २०६८, फोहोर मैला व्यवस्थापन नियमावली २०७०, सार्वजनिक नीजि साझेदारी नीति २०६० लगायतका नियम बमोजिम नपा र पाथ वेबीच सम्झौता भएकाले यही सम्झौता अनुुसार काम भइरहेको जानकारी गराए ।  दमक नगरपालिकाका कार्यकारी अधिकृत युवराज दहालले फोहोरलाई स्रोतका रुपमा विकास गरी प्राप्त आम्दानीबाट दमक नगरपालिकाले विगतमा फोहोर व्यवस्थापनमा गरिरहेको खर्चलाई घटाएर नगर विकासमा अधिकतम प्रयोग गरिने, चुस्त व्यवस्थापनबाट दमक नगरबासीलाई प्रभावकारी सेवा उपलब्ध गराउने र नगरपालिकालाई फोहोर व्यवस्थापनको दीर्घकालीन दायित्वबाट मुक्त गर्ने अवधारणा अनुरुप यो कार्य सञ्चालन गरिएको बताए । उनले यो योजना तर्जुमा गर्दा कतिपय संघसंस्थाका प्रतिनिधिसँग परामर्श लिन छुुटेकाले केही समस्या आए पनि अब थप छलफल गरेर मिलाउने बताए ।
दमक नगर घरबेटी संघका अध्यक्ष मेहरमान लिङदेनले सरसफाई शुल्कको नाममा उठाइने रकम नगरपालिकाको कर श्रेस्ता भित्रैबाट तिर्नुपर्ने बताए । घरबेटीहरुको पूूर्ण सहमतिबिना नगरपालिकाले कर लगाएको छ । त्यसमाथि फोहोर व्यवस्थापन हुुन नसक्नुु दुःखको कुरा हो भन्दै ब्यापक छलफलको आवश्यकता रहेको बताए ।
यसैरी दमक–१२ का श्याम कार्कीले नगरपालिका र पाथ वेले गरेको सम्झौता अनुसार फोहोर फ्याक्ने ठाउँमा नफ्याकी दमक–१२ मा फोहोर फ्याक्ने कार्य भइरहेको बताए । यसले दुुर्गन्ध फैलाएर स्थानीयलाई विभिन्न रोगको संक्रमण बढीसकेको स्थिति छ । यो गैरजिम्मेवारी कार्यलाई तत्काल सुुधारी सम्बन्धित 
पक्षले तोकिएकै ठाउँमा ब्यवस्थापन गरोस् । उनी भन्छन्–‘अव्यवस्थित फोहोरले विरामी बढ्न थाले, महामारी चल्ने डर भयो यसको जिम्मा कस्ले लिने हो ?’ होटल व्यवसायी संघका कार्यबाहक अध्यक्ष राजेन्द्र दंगालले होटल व्यवसायीहरुले चर्को मूल्य तिर्नुु परेको बताए । उनले भने–‘कर समायोजन भएको छैन, नगरपालिकाले ठेक्का लिइसकेपछि नगरपालिकाले नै कर तिर्नुु पर्ने हो तर साना होटललाई मासिक ५ सय र ठूूला होटललाई मासिक १ हजारका दरले उठाउने गरिन्छ यो आफैमा अवैज्ञानिक छ ।’ उता, पाथ वे प्रालि दमक नगर शाखा कार्यालय प्रमुख निर्मला चौधरीले फोहोरबाट मल बन्ने र प्लाष्टिकजन्य वस्तुको गमलालगायत भाँडा बनाइने भएकाले ‘फोहोर नै मोहोर हो’ भन्दै फोहोर व्यवस्थापनलाई साथ दिन नगरबासीसँग आग्रह गरिन् । उनले प्रसोधनका लागि लगानी नगरपालिकाले गर्ने र व्यवस्थापन गर्ने काम मात्र पाथ वे प्रालिले गर्ने बताइन् । उनले फोहोर व्यवस्थापनलाई ‘रिसोर्स रिकभर सेन्टर’ भन्ने अर्थमा बुुझ्नुु पर्ने बताइन् । उनले भनिन्–अहिले हामीले फोहोरलाई विभिन्न वर्गमा छुुट्याएर मल बनाउने र अन्य सामग्री बन्ने कच्चा पदार्थलाई छुुट्टाछुृट्टै व्यवस्थापन गरिरहेका छौं, तर औषधि व्यावसायी र कतिपय अस्पतालहरुले रगतसहितका सिरिन्ज समेत फोहोर मैलामा फ्याँकीदिने गरेकाले समस्या भएको छ । दमक नगरपालिकामा दैनिक १२ टनभन्दा बढी फोहोर उत्पादन हुुने गरेको छ तर यसको व्यवस्थित डम्पिङ हुन नसक्दा यो फोहोर दुुर्गन्धित बनेर समाजमा प्रत्यक्ष असर पारिरहेछ । नगरपालिका र पाथवे को पूर्व सर्त अनुुसार प्रशोधन गरिने भनिएको स्थान र तरिकाले काम गर्न नसक्दा दमकमा यो समस्या सृजना भएको हो । दमक–१२ स्थित सृजना टोलको किनारमा थुुपार्दै आएको फोहोर मैलाले अब केही दिनभित्रै अर्को समस्या निम्त्याउने खतरा देखिन्छ । सृजना टोलका जनसमुुदायले यहाँ फोहोर नथुुपार्न पटक–पटक आग्रह गर्दा पनि संस्थाले नटेरेपछि त्यस क्षेत्रका बासिन्दाहरु आक्रोशित बनेका कुरा स्थानियबासी राजकुमार सुब्बाले बताए । अहिले त्यस क्षेत्रमा दुुर्गन्धका कारण रुघाखोकी लाग्ने, टाउको दुुख्ने, बच्चाहरुलाई बान्ता हुुने जस्ता रोगहरु बढेपछि यसले महामारीको रुप लिने स्थिति भइरहेको छ ।


के भन्छन् दलका नेताहरु

विभिन्न राजनीतिक दलका प्रतिनिधिहरुले दमक नगरभित्रको फोहोर व्यवस्थापनको योजना कार्यान्वयन  गर्न सम्बन्धित संस्थाले ब्यापक छलफल र वहस चलाउनुु पर्ने आवश्यकता रहेको बताएका छन् ।
नेकपा एमालेका नगर अध्यक्ष अम्बिका खनालले फोहोर व्यवस्थापनमा केही समस्याहरु सृजना भएकाले उद्योगी, ब्यापारी र नगरबासीहरुको प्रतिनिधित्व हुुने गरी ब्यापाक छलफल गर्नुुपर्ने आवश्यकता रहेको र यो कार्यको निम्ति चाँडै पहल गर्न नगरपालिकाले  चासो राख्नुुपर्ने बताए । उनले डम्पिङ साइडका लागि भनेर छुुट्याइएको जमिनमा निश्चित क्षेत्रभित्र प्रशोधन गर्ने क्षेत्र नबनिसकेको स्थिति भएको बताए । उहाँ डम्पि साइड व्यवस्थापन समिती दमकका संयोजक समेत हुन् । उनले भने–अहिले जुुन कदम चालेर पाथवे र नगरपालिकाबीचको समन्वयमा काम भइरहेको छ, यो अरुभन्दा छुुट्टै र पृथक कार्य हो यसलाई तीन प्रकृतिबाट फोहोर मैलाको व्यवस्थापन गर्नुुपर्ने हुन्छ ।  
यसैगरी राप्रपाका नगर सचिव प्रकाश सुवेदीले फोहोर व्यवस्थापनमा जनचेतनाको खाँचो रहेको बताए । उनले भने ः कसले लान्छ, कतिखेर गाडी आउँछ, कहाँ लगेर फ्याँक्ने ? यो केही पनि सर्वसाधारणलाई थाहै छैन । यो स्थितिमा खातामा योजना बनाएर दराजमा खाता थुुनेर योजना कार्यान्वयन हुँदैन । अहिले जहाँ फोहोर फ्याक्दिैछ, त्यो अव्यवस्थित र गैरजिम्मेवारी हो । किनभने हम्सेदुुम्से सामुुदायिक वनले उपलब्ध गराएको क्षेत्रको ल्याण्डफिल्ड (डम्पिङ साइड)मा फ्याक्ने भनिएको फोहोर मैला पहिले सयपत्री टोलमा फ्याकिदै आएको र अहिले दमक १२ को नयाँ सुुकुम्बासी बस्तीमा फ्याँकिएकाले यो कदम गलत छ । 
यसैगरी नेपाली कांग्रेसका नगरसभापति ढुण्डीराज भण्डारीले नगरबासीहरुले फोहोरको समस्या हाम्रो समस्या हो भन्ने अर्थमा बुुझ्न आवश्यक रहेको बताए । उनले भने–कोही मान्छेहरु फोहोरमा राजनीति गर्ने र केही व्यक्तिगत स्वार्थ राखेर संस्थामा पसकेका छन् । यी मान्छेहरुले काम बिगारेका हुन् । उनले भने सबैसँग परामर्श र छलफल नगरी कामलाई अगाडि बढाउन गलत कदम हो । विभिन्न स्वार्थ राखेर व्यापारिक उद्देश्यले संस्थामा पसेका मान्छेहरुदेखि नगरबासी सचेत रहनुुपर्छ ।
यसैगरी एकीकृत कम्युुनिष्ट पार्टीका नगर सेक्रेटरी उमेश सिटौलाले नगरपालिकाले पाथवेलाई जिम्मा दिएपछि अहिलेको भन्दा भिन्न र नयाँ तरिकाले फोहोर व्यवस्थापन गर्न सक्नुुपथ्र्यो तर यो हुन सकेन । यसका लागि नागरिक स्तरबाट पनि उत्तिकै सहयोगको आवश्यक पर्छ ः उनले भने ।
नेकपा माओवादीका नगर सेक्रेटरी लोमनाथ भण्डारीले वन क्षेत्र  को पूर्वाधारलाई व्यवस्थित नगरी फोहोर तोकिएको ठाउँमा भन्दा अन्यत्र फ्याँकीएकोमा जनआपत्ति रहेको छ । यसलाई नगरपालिकाले तत्काल समाधान गरोस् । तोकिएको ठाउँमा फ्याक्न नसक्दा दमक–१२ को गाउँ नै प्रदुषित भएको छ ।
 यसैगरी संघीय समाजवादीका नगर इन्चार्ज सुुशिल राईले पाथवेले ल्याएको यो कदम पूूर्वको लागि पहिलो भए पनि सबैको राय सुुझाव र सल्लाहले काम गर्न नसक्दा योजना असफल भएको जस्तो देखिने बताए । उनले भने– बिहान उठाउनु पर्ने फोहोर उठाउन बेलुका ३ बजे गाडी लिएर आउँछन् । कतिबेर पर्खिएर बस्ने र कुन–कुन टोलको एक ठाउँमा संकलन गर्ने यो पनि तोकिएको छैन । यसैगरी यसअघिको शुल्क निर्धारणमा एकरुपता छैन भन्दै  एकरुपताको खाँचो दर्शाए ।
एमाओवादीका नगर इन्चार्ज रमेश गुुरागाईले संस्थाले नगरबासीको धारणा बुुझेर काम गर्न सक्नुपर्छ भन्दै योजना सफल परामर्शको अभाव भएको प्रतिकृया दिए । 
राप्रपा नेपालका केन्द्रीय सहमहामन्त्री राम थापाले पाथवे, नगरपालिका र नगरबासीबीच समन्वयको खाँचो छ । यो हुुन नसक्दा काम फितलो र अव्यवस्थित भएको बताए । उनले फोहोर डम्पिङ कार्य अव्यवस्थित छ भन्दै तोकिएको ठाउँमा फोहोर नफ्याकिएको गुुनासो गरे ।
त्यसैगरी लिम्बुवानका केन्द्रीय सचिव देउकुमार नेम्वाङले ब्यापक छलफल नगरी केही ठूला व्यक्तिहरुले मात्र बसेर बनाएको योजना भएकाले कार्यान्वयन हुने कुरामा थप समस्या भएको बताए । उनले भने– यो योजना व्यवस्थित गर्न सके राम्रो हुुने थियो तर संस्थाले भूूमिका निभाउनै सकेन ।

तमोर बगरमा माछैमाछा, एउटै ८० किलोसम्म [ फिचर फोटो सहित ]

माछा मारेपछि बोकेर घर लाँदै स्थानिय
धनकुटा । तीन दिनअघि अकस्मात आएको बाढीका कारण तमोर नदीमा ठूल्ठूला माछा फेला परेका छन् । उत्तरी जिल्लाहरुमा भएको भीषण वर्षापछि बाढी आएर नदि धमिलिएको थियो । त्यसक्रममा ठूल्ठूला आकारका माछा बगरसम्म लेदोमा बगेर आएका थिए । बगरमा छ्यापछ्याप्ती माछा आएको हल्ला फैलिएपछि आसपास गाउँ र धनकुटा सदरमुकामसम्मका बासिन्दा माछा संकलन गर्न पुगेका थिए । बूढीमोरङ, मूलघाट लगायत क्षेत्रमा पर्ने बगरमा माछा देखेपछि कोसी राजमार्गमा चल्ने सवारी साधनका कर्मचारी र यात्रु समेत माटा बटुल्न पुगेका थिए । त्यसरी फेला परेको माछा ६५ देखि ८० किलोसम्मको भएको स्थानीय पत्रकार मोहन वान्तवाले बताए । माछा गोंज जातको भएको स्थानीयको भनाइ छ । एकै दिन धनकुटाका विभिन्न स्थानमा पर्ने तमोर किनारमा संकलन गरिएको माछा १० हजार टनसम्म भएको अनुमान गरिएको 
छ । फेला परेको माछा समातेर कतिपयले घरमा लगेर थिए । कतिपयले भने बिक्री गरेका थिए । वान्तवाका अनुसार सयदेखि ४ सय रुपैयाँ प्रतिकिलोसम्ममा किनबेच भएको थियो । तमोरमा यसरी छ्यापछ्याप्ती माछा हमेसा पाइँदैन । स्थानीय बूढापाकाका अनुसार २०३७ सालताका आएको बाढीमा पनि यसैगरी माछा बगरमा फेला परेका थिए । यसअघि पाँचथरमा पनि तमोर नदीबाट ठुलो मात्रामा माछा निकालेर बेचिएको थियो ।












ताप्लेजुङमा फेरि अर्को पहिरो, मेची राजमार्गमा यातायात ठप्प

ताप्लेजुङ / बुधबार झरेको पहिरोमा परेकाको उद्वार गरिनसक्दै  ताप्लेजुङमा फेरि अर्को पहिरो गएको छ । पश्चिमी क्षेत्रमा पहिरोले वितन्डा मच्चाए लगत्तै शुक्रबार राति पुर्वी क्षेत्रमा शुक्रबार राति पहिरो गएको हो । पहिरोले सबैभन्दा बढी सुरुम्खिम र खेवाङ, पेदाङ र याम्फुदिन लगायतका गाविसमा क्षति पुर्याएको स्थानीय बासिन्दाले बताएका छन् । शुक्रबार दिनभर अवरुद्ध मेची राजमार्गमा शनिबार बिहानै पहिरो खसेपछि यातायात साधन गुड्न सकेका छैनन् । ताप्लेजुङको खोक्सेखोला र कावेलीमा पहिरो खसेर बाटो अवरुद्ध भएपछि झापाको बिर्तामोड, इलाम र पाँचथरबाट ताप्लेजुङ आउने र ताप्लेजुङबाट झापा झर्ने गाडी बीच बाटोमै अलपत्र छन् ।
सुरुम्खिम निवासी खड्ग तिवारीका अनुसार पहिरोले सो क्षेत्रको थुप्रै संरचना, अलैंची बारी, पशुचौपाया र खेतीयोग्य जमीनमा क्षती पुर्याएको छ । पहिरो खोल्साहरु लेदोसहित बग्दा झन् त्रास बढेको छ । सुरुम्खिम माबि छेउबाट पहिरो गएकोले सो विद्यालय पनि खतरामा परेको उनले जनाकारी दिए । पहिरोले ठूलो क्षति गरेको जानकारी पाउनासाथ तेल्लोकबाट प्रहरी पठाइएको ताप्लेजुङका प्रहरी नायव उपरीक्षक शान्तिराज कोइरालाले बताए ।
३५ जनाको शव भेटियो
जिल्लाको पश्चिमी भेगमा बुधवार रातिको पहिरोमा पुरिएकामध्ये शुक्रवार साँझसम्म ३५ जनाको शव फेला परेको छ । जसमा २७ जनाको शव परिवारलाई बुझाइसकिएको प्रहरीले जनाएको छ । पहिरोमा पुरिएकामध्ये थिङलावु गाविसबाट मात्रै १७ जनाको शव निकालिएको छ । त्यस्तै लिवाङमा ९,  लिङतेपमा ६ र खोक्लिङमा तीनको शव भेटिएको छ । पहिरोमा अझै २६ जना वेपत्ता छन् ।  
हेलिकोप्टरबाट खोजी तथा उद्वार
वेपत्ताको खोजी, उद्धार र राहतका लागि शनिबार स्थानीयबासी प्रहरी परिचालित भए ।  प्रतिकुल मौसमले हेलिकोप्टर जान नसक्दा पहिरोपीडितले राहत पाउन सकेनन् । पहिरो प्रभावित क्षेत्रबाट सुरक्षित ठाउँमा सारिदिन भनिरहेका स्थानीय अझै पनि पहिरो प्रभावित क्षेत्रमा त्रासमा बाँचिरहेका छन् ।
रातभर खुल्ला आकाशमुनि बास
पहिरो प्रभावित वासिन्दाहरु रातभर डाँडा, पाखा र विद्यालयमा आश्रय लिएर बसिरहेको लिङ्तेपस्थित लक्ष्मी माध्यमिक विद्यालयका प्रधानाध्यापक राजकुमार दासले बताए । उनका अनुसार पहिरोले रामदुवाली लगायतका गाँउका बजार सबै खोलामा परिणत गरिदिएको छ । बाटो र पुल भत्काएकाले स्थानीयबासी वल्लो गाउँबाट पल्लो गाँउ पुग्न सकेका छैनन् । छिमेकी लिवाङमा थुप्रै मानिस पहिरोमा फसेपनि उद्धारकर्मी जान सकेका छैनन् ।


संखुवासभामा पहिरोले १ को मृत्यु, ४ बेपत्ता

संखुवासभा । संखुवासभामा पहिरोले पुरिएर एक जना महिलाको मृत्यु भएको छ । पाथीभरा–१ थाप्रुङकी ३२ वर्षीया सुकु तामाङको शनिबार दिउँसो गएको पहिरोले पुरिएर मृत्यु भएको हो । पहिरोले पुरिएर नुम र पाथीभरामा ४ जना बेपत्ता भएका छन् । पहिरोले पुरिएर उनको ३ बर्षीय छोरा बेपत्ता छन् । उनका अर्का छोरालाई सेनाले जिवितै उद्धार गरेको थियो । उनीहरुको नाम भने खुल्न सकेको छैन । सेनाको हेलिकप्टरले उद्धार गरेर ल्याएपछि उनको खाँदबारी अस्पतालमा उपचार भइरहेको छ ।
पहिरोले नै पुरिएर नुम गाविसको फ्याक्सिन्दामा एकै परिवारका ३ जना बेपत्ता भएका छन् । शुक्रबार राति घर माथिबाट पहिरो झरेपछि भाग्ने क्रममा ३२ बर्षिय रोशन तामाङ, उनका २८ बर्षीया श्रीमती उर्मिला तामाङ र १९ महिनाकी छोरी सुनिता तामाङ बेपत्ता भएको डीएसपी कमल थापाले बताए । पहिरोका कारण फ्याक्सिन्दाका १७ परिवारका ८१ जनाले गाउँ छाडिसकेका छन् । वेपत्ताहरुको खोजी जारी राखिएको छ । पहिरो गएपछि फ्याक्सिन्दामा रहेको अरुण नदीको पुलबाट आवतजावतमा समेत रोक लगाइएको छ । पहिरोले मकालु गाविस ६ याङदेममा ४ वटा घर बगाएको छ । घर बगाएपछि उनीहरु नजिकैको साक्सेवा गाउँमा अस्थायी रुपमा बसिरहेका छन् । मकालुको तल्लोवालुङमा ३ घर बगेका छन् । मकालुमा पहिरोले १४ घर–परिवार विस्थापित भएको प्रहरीले जनाएको छ । यसैबीच, २ दिन अघिबाट पहिरोमा फसेका पावाखोला ६ खङदुवाका ६२ परिवारलाई सेनाको हेलिकप्टरले उद्धार गरेर सुरक्षित स्थानमा सारेको छ ।

गाउँलेमाथि हात्ती आक्रमण, २ महिलासहित ३ को मृत्यु

दमक । एउटा जंगली हात्तीको आक्रमणबाट दक्षिणी इलामको चुलाचुलीमा बुधबार विहान दुईजना महिलाको ज्यान गएको छ । बिहान चुलाचुली ६ पेल्टीमारीकी ४२ वर्षीया प्रीति लिम्बु र चुलाचुली ४ तिनकुनेकी ३२ वर्षीया अशक्त महिला धनमाया लावतीको हात्तीको आक्रमणमा ज्यान गएको प्रहरी चौकी चुलाचुलीले जनाएको छ । विहान ५ बजेको समयमा घर बाहिर निस्किएकी धनमायालाई हात्तीले आक्रमण गरेको थियो । दाजुको घरमा वास बसेकी धनमाया उठेर आफ्नो घर फर्कदै गर्दा हात्तीको आक्रमणमा परेकी थिइन् ।
 त्यसपछि सो हात्तीले केही पश्चिममा पुगेर घर पछाडी काम गर्दै गरेको अवस्थामा प्रीतिलाई आक्रमण गरेको चुलाचुली प्रहरी चौकी प्रमुख दिवाकर कटुवालले जनाए । हात्तीले आक्रमण गरी २५ मिटर टाढा घिसारेर सख्त घाइते प्रितीको उपचारका लागि लैजान तयारी गर्र्दा गर्दै घरमै ज्यान गएको थियो । सो हात्तीले बाटोमा हिँड्ने अरुलाई पनि आक्रमण प्रयास गरेको र स्थानीय भागेर ज्यान जोगाएका थिए । हात्तीले गाउँमा आतंक फैलाएपछि चुलाचुलीमा रहेको नेपाली सेनाको २२ नम्बर वाहिनीको टोलीले हात्तीलाई लखेटेर कमलखोला पारी उत्तरतर्फ जंगलतिर धपाएको थियो । हात्तीको आक्रमणमा दुई जना महिलाको ज्यान गएपछि आतंकित भएका चुलाचुलीबासीलाई सुरक्षा दिन बुधबार राती प्रहरी, इलाका बन र स्थानियबासिन्दाले संयूक्त गस्ती गर्ने भएका छन् । हातीले आएर आतंक मच्चाएमा हवाइ फायर समेत गर्ने अनुमती जिल्ला प्रहरी कार्यलय इलामले दिएकोले गाउलेहरुलाई ढुक्कले बस्न प्रहरीले आग्रह गरेको छ । 
त्यस्तै करेन्ट लागेर मोरङको पथरी शनिश्चरे नगरपालिकामा बुधबार दिउँसो एक बृद्धाको घटनास्थलमै मृत्यु भएको छ । दिउँसो साढे १२ बजे आँप टिप्ने क्रममा बिजुलीको चुडिएको तारबाट करेन्ट लाग्दा पथरी शनिश्चरे ७ कि ७० वर्षिया बृद्धा लिलामाया पाख्रिनको मृत्यु भएको हो । बृद्धाको शवलाई पोष्टमार्टमका लागि प्राथमिक स्वास्थ्य केन्द्र उर्लाबारी मंगलबारेमा राखिएको छ ।

विभिन्न घटनामा ७ घाइते

पथरी । मोरङको पथरी शनिश्चरेमा बुधबार दिउँसो दुई वटा मोटरसाईकल एक आपसमा ठक्कर खाँदा चार जना गम्भिर घाईते भएका छन् । दिउँसो २ ः ४० बजेतिर  पथरी शनिश्चरे ६ स्थित भित्रि सडक खण्डमा मे ४ प ८६७७ र मे ४ प ३६२५ नम्बरको मोटरसाईकल एक आपसमा ठक्कर खान पुग्दा दुर्घटना भएको थियो । दुर्घटनामा परी ८६७७ नम्बरको मोटरसाईकलका चालक हसन्दह ४ का ४५ वर्षिय इश्वर थापा र पछाडी सबार सोही ठाउँकी १७ वर्षिया लक्ष्मी थापा तथा ३६२५ नम्बरको मोटरसाईकल चालक जाँते ४ का २३ वर्षिय मिलन तामाङ र सोही ठाउँकी १९ वर्षिया दुर्गा श्रेष्ठ गम्भिर घाईते भएका हुन् । घाईतेहरुको बिराटनगरको न्युरो र नोबेल हस्पिटलमा उपचार भईरहेको इलाका प्रहरी कार्यालय पथरीले जनाएको छ ।
यसैबीच विद्युत वायरिङमा त्रुटि भएका कारण झापाको दमक १५ मा करेन्ट लागेर एउटा गाई मरेको छ । स्थानीय डिल्लीप्रसाद ओलीको ४५ हजारमा किनेको गाई बुधबार विहान विद्युत वायरिङमा त्रुटि भएका कारण करेन्ट घरभरी सर्टेज भएको थियो । सो क्रममा आँगनमा रहेको गाईलाई पनि करेन्ट लागेर मरेको ओलीका नातेदार युवराज पौडेलले बताए ।
त्यस्तै बुधबार विहान पानीसंगै परेको चट्याङले लागेर मोरङमा तीन जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यलय मोरङका अनुसार मोरङ बुधनगर ८ का अमित शर्मा, सोही ठाउ“की मिरा सरबरिया र उमानन्द शर्मा घाइते भएका छन् । उनीहरुको विराटनगर तथा भारतको  अस्पतालमा उपचार भइरहेको छ ।

आफ्नै लगानीमा बाटो निर्माण अभियान

विर्तामोड । झापाको गरामनी, चकचकी र गोलधाप गाविसका २ सय घर परिवारले आफ्नै लगानीमा साढे चार किलोमिटर बाटो निर्माण गरेका छन् |
गरामनी सापडिग्री हुँदै चकचकी–७ जनता होलीतरी पुनः गरामनीबाट गोलधाप–४ जनजागृति उमावि अगाडि कालोपत्रेमा जोड्ने बाटो स्थानीयवासीले निर्माण गरेका हुन् । अत्यन्त साँघुरो सो बाटोलाई ३० फिट र पैनी भएको ठाउँमा ३५ फिट चौडा कायम गरी माटो भर्ने काम सम्पन्न गरिएको निर्माण समितिका अध्यक्ष अम्बरबहादुर कन्दङ्वाले जानकारी दिए ।
तीन चरणमा निर्माण सम्पन्न गरिएको सो बाटोका लागि १ हजार २ सय ३२ जना मजदुर परिचालन गरिएको र ६ लाख बढी खर्च भएको निर्माण समितिका सचिव मोहनकुमार उप्रेतीले बताए । समितिले बाटोको स्तरोन्नति गरी हेभी ग्राभेलका लागि जिल्ला विकास समिति समक्ष बजेट माग गरेको छ । गाविसको सिफारिस र जिल्ला प्राविधिक कार्यालयबाट १ करोड १७ लाख ८७ हजार ९ सय १२ रुपैयाँ ५० पैसाको लागत इस्टमेट सहित हेभी ग्राभेलका लागि बजेट माग गरिएको हो । अध्यक्ष कन्दङ्वा, सचिव उप्रेती सहितको टोलीले प्रतिवेदन र उक्त माग योजनासहितको फायल मंगलवार जिविस झापामा बुझाएको छ ।
यसैबीच, बाटो निर्माण समितिले एक भेलाको आयोजना गरी आम्दानी र खर्चको विवरण सार्वजनिक गरेको छ । अध्यक्ष कन्दङ्वाले प्रस्तुत गरेको प्रतिवेदन भेलाले पारित तथा अनुमोदन गरेको छ । जस अनुसार ६ लाख २५ हजार ६१ रुपैयाँ आम्दानी भइ ६ लाख २१ हजार ९ सय ६३ रुपैयाँ खर्च भएको र ३ हजार ९८ रुपैयाँ बचत भएको छ  ।
नेपाली कांग्रेसका २ नम्बर क्षेत्रीय सभापति मोहनसिंह कार्कीको प्रमुख आतिथ्यतामा भेला सम्पन्न भएको थियो । कार्यक्रममा एमाओवादीका जिल्ला नेता सीपी कडरिया, कांग्रेसका विर्तामोड सभापति भोजराज सिटौला, एमाओवादी गरामनी अध्यक्ष मोहन सुब्बाले मन्तब्य राखेका थिए ।

झिलझिलेमा ३ किमि सडक ग्राभेल

झिलझिले । झापाको शिवसतासी—७ दुधे—झिलझिले सडकखण्डको उत्तरतर्फ रहेको डाँडागाउँका बासिन्दाहरु आफ्नो गाउँ आफै बनाऊ भन्ने अभियानमा जुटेका छन् । विकाश निर्माणमा सधै अरुको भरपर्नु पर्ने त्यस क्षेत्रका मानिसहरु आफ्नै प्रयासमा ३ किलोमिटर सडकमा ग्राभेल गरी नमूना गाउँको रुपमा परिचित गराएका छन् । पूर्वपश्चिम राजमार्गदेखि नजिक भएरपनि विकास निर्माणमा पछिपरेका सो क्षेत्रका वासिन्दाले राजनीतिक पार्टीका अगुवाहरुसंग हारगुहार गरेपनि कुनै चासो नभएको भन्दै आफैं जुटेको स्थानीय नरवीर फागोले बताए  । विद्यालय आवत—जावत गर्ने आफ्ना बालबालिका र बजारसम्म किनमेल लगायत अन्य कामको निम्ति हिलाम्य सडकलाई व्यवस्थित गर्दै सो सडकमा ग्राभेल गरिएको फागोले जनाए ।
हिउँदमा सडकमा आवतजावत गर्न समस्या नभएपनि बर्षादको समयमा आवतजावत गर्न कठिनाई भइरहेको फागो बताउँछन् । ३ किलोमिटर सडकखण्ड अन्र्तगत यसअघि २ किलोमिटर सकडमा ग्राभेल गर्ने कार्य पुरा भइसकेको छ । नगरपालिकाको ५० हजार र स्थानीयले स्काइभेटर सहित श्रमवापत १ लाख ५० हजारको लगानीमा १ किलोमिटर सडकमा माटो भर्ने र ग्राभेल गर्नेकार्य पुरा गरेका हुन् ।

चट्याङले ठुलो जनधनको क्षति, २ को मृत्यु

बिर्तामोड । शुक्रबार राती पानीसँगै परेको चट्याङ लागेर झापामा ठुलो मात्रा धनजनको क्षति भएको छ । दुईजनाको मृत्यु भएको छ भने एक दर्जन बढी घाइते भएका छन् । चट्याङ लागेर चौपायादेखि बिभिन्न इलेक्ट्रीक लगायतका सामानमा क्षति पुगेको प्रहरीले जनाएको छ ।  मुत्यु हुने झापा गरामनी गाविस–९ का खोटनाथ रेग्मी र शान्तिनगर गाविस–६ का सीता राई रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । प्रहरीका अनुसार रेग्मी घरमा बसिरहेको अवस्थामा चट्याङ लागेको र उनको उपचारका लागि बिर्तामोड स्थित विर्तासिटी अस्पताल लगिएकोमा उपचारको क्रममा मुत्यु भएको हो । त्यस्तै राईलाई पनि चट्याङ लागेपछि कन्काई अस्पताल लैजाँदै गर्दा बाटैमा मुत्यु भएको प्रहरीले जनाएको छ ।
 चट्याङ लागेर भद्रपुर १० का बिर ब. राजबंशीको एउटा गाई, जलथल ६ का श्रीप्रसाद ओलीको एउटा गाईको बाछी, हल्दीबारी ८ की सुमित्रा लुईटेलको एउटा भैसी, शनिअर्जुन ४ का हरी गिरीको एउटा लैनो भैसी र गौरादह ९ का शुकु राजवंशीको एउटा गाईको मृत्यु भएको प्रहरीले जनाएको छ । चट्याङले धेरै सर्बसाधारणको घर, पसलमा जोडिएका टेलिभिजन, फ्रिज, इन्भर्टर, फ्यान, इन्टर्नेट जडानका सामान क्षति भएको छ । चट्याङका कारण एक दर्जन बढी सर्बसाधारण घाइते भएको र ती उपचारपछि घर फर्किएको जिल्ला प्रहरी कार्यलय झापाले जनाएको छ ।

बजेट अभावमा निर्माणाधिन बसपार्क अलपत्र

– विमल लामिछाने
दमक । सरकारले यसपटक बजेट विनियोजन नगर्दा झापाको दमकमा बन्दै गरेको अत्याधुनिक टर्मिनल भवन सहितको  अपाङ्गमैत्री वसपार्क निर्माण कार्य अलपत्र बनेको छ । पूर्वपश्चिम राजमार्गसँगै जोडिएको दमक नगरपालिका ११ स्थित वसपार्क देशमा नै पहिलो अपाङ्गमैत्री निर्माण गरिएको हो । वसपार्कभित्र प्रवेश गर्ने पश्चिमी द्धारमा अत्याधुनिक टर्मिनल भवन निर्माण भइरहेको छ । निर्माणको अन्तिम चरणमा पुगेको भवनभित्र ४६ जना यात्रुलाई एकैपटक आराम गर्न सक्ने व्यवस्थित प्रतिक्षालय निर्माण गरिएको भएपनि अन्तिम चरणमा पुगेर त्यसको निर्माण कार्य अलपत्र बनेको हो ।
आरामदायी सिट सहितको अपाङ्गमैत्री हल निर्माणको योजना छ । भवनमा यात्रुका लगेज (सामान) सुरक्षित हिसावले भण्डार गर्न सकिने छ । टिकट काउण्टर, शौचालय, वाथरुमदेखि वसमा चढ्न समेत अपाङ्गमैत्री स्थल बनाइएको वसपार्क निर्माण उपभोक्ता समितिका अध्यक्ष तीर्थराज वस्नेत (शंकर ) ले जनाए । उनले अहिलेसम्ममा नेपालकै पहिलो अपाङ्गमैत्री वसपार्क बन्दै गरेको दावी गरे । वसपार्क निर्माणका लागि हालसम्म कुल ८ करोड ५० रुपैयाँ खर्च भइसकेको छ । चालु आर्थिक वर्षमा सरकारले ४० लाख रकम आएको गत सालको ठेक्का लगाइसकेको भवनतर्फ खर्च भएको छ । यो रकम प्रत्येक वर्ष १२ प्रतिशतले बड्ने नियम छ । एकैपटक २५ वटा वस अटाउन सक्ने यस वसपार्क निर्माणकार्य सम्पन्न गरिसक्न अव लगभग ४ करोड रुपैयाँ लाग्ने बस्नेतको अनुमान छ ।
 कुल २ विगाहा १ कट्ठा क्षेत्रफलमा निर्माण भएको वसपार्क वरिपरी व्लक निर्माण गरिसकिएको छ । वस्नेतले बजेट निरन्तर आएमा आगामी दुई वर्षभित्रमा सम्पूर्ण काम सम्पन्न हुने बस्नेतले जनाए । टर्मिनल भवनको सम्पूर्ण काम अन्तिम चरणमा पुगेको छ भने वस
स्टेण्ड भित्र कालोपत्रे गर्ने काम वाँकी रहेको छ । पहिलो चरणमा पाइप, सवबेस, दोस्रोमा पुराइ, सफाइ र तेस्रोमा कालोपत्र गरिने हुनाले अब कालोपत्रेको मात्र बाँकी रहेको उल्लेख छ । दमक नगरपालिकाका कार्यकारी अधिकृत युवराज दहालले भूकम्पको असरका कारण अन्यत्रको बजेट कटौती गरेर राहतमा खर्च गर्नु पर्ने परिस्थिती भएकाले तल्लो निकायसम्म नै बजेट विनियोजनमा कमि आएको उल्लेख गरे । ‘त्यसको असर चाँही हामीलाई यहाँ समेत परेको हो ।’राजमार्गसगै जोडिएको यो वसपार्क नेपालकै नमूना वसपार्क रहेको निर्माणको जिम्मा लिएको शहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक शम्भु केसीले जानकारी दिए । खर्च भएको कुल वजेटमध्ये १ करोड ६ लाख रुपैयाँमा टर्मिनल भवन निर्माण गरिएको उनले बताए ।

बन्द आँखा अस्पताल पुनः सुचारु

अस्पतालको शुभारम्भ गर्दै प्रजिअ पौडेल, साथमा सभासद सुब्बा
– मनकुमार गदाल 

दमक – पश्चिम झापा र पुर्बोत्तर मोरङको एकमात्र आँखा अस्पताल पाथिभरा नेत्रालयको १० बर्षअघि बन्द भएको सेवा सुचारु हुँदा दमकबासी उत्साहित भएका छन् । दमक १ स्थित आफ्नै भवनमा बन्द रहेको नेत्रालयमा आँखाको उपचारको  सेवा बुधवारबाट शुभारम्भ भएपछि  स्थानिय नागरिकहरु खुशी भएका हुन् । भवन परिसरमा आयोजित कार्यक्रममा झापाका प्रमुख जिल्ला अधिकारी तेज प्रसाद पौडेलले नेत्रालयको पानसमा बत्ती बालेर  शुभारम्भ गरेका हुन् । प्रजिअ पौडेलले अरुको मुख ताक्ने भन्दा पनि यस आँखा अस्पताल सबै मिलेर सुचारु गरे  सधैं जिवित रहने बताएका छन् । यसले आर्थिक अवस्था कमजोर भएकाहरुलाई बिरामीलाई सेवा दिनुपर्ने उनले बताए । सभाषद महिन्द्रा कुमारी सुब्बाले दमकबासीले  आँखा अस्पतालको स्तरोन्नति गर्न  सहकार्य गर्नु पर्ने सुझाव दिइन् । नेत्रालयको सेवालाई नमुना बनाउन आफूले सहयोग गर्ने सुब्बाले बताइन् । नेत्रालयले  चश्माको जाँच, दृष्टिको जाँच , प्राथमिक आँखाको उपचार शुरु भएको मेची आँखा अस्पताल अनारमनीका मेडिकल डाइरेक्टर डाक्टर पुरुषोत्तम जोशीले बताए ।  सातामा एक पटक चिकित्सकले सेवा दिने पनि उनले बताए ।  नेत्रालयको ब्यवस्थापन मेची आँखा अस्पताल संघ ,लायन्स क्लव अफ दमक माउण्ट  एभरेष्ट र लायन्स क्लव अफ काठमाण्डौंले गर्ने सम्झौता भएको हो  । ती संस्थाहरुले ५ वर्षका लागि ब्यवस्थापनको जिम्मा लिएका हुन् । लायन्स क्लव माउण्ट एभरेष्टका अध्यक्ष तथा नेत्रालय सहयोग समितिका संयोजक अजय अग्रवालले आँखाका रोगीहरुले पैसाको अभावमा आँखा 
गुमाउनु नपरोस भनेर सेवा दिन आफुहरु लागि परेको बताए ।  लान्यस क्लवका डिष्ट्रिक गभर्नर भीम घिमिरले उर्जाशील युवाहरुको  लागि परेर अस्पतालले सेवा दिने कुरामा फड्को मार्ने बताए ।  लायन्स क्लव अफ काठमाण्डौंका अध्यक्ष बाबुलाल अग्रवालले  आफनो क्लवले  नेत्रालय सञ्चालनमा सक्दो सहयोग गर्ने बताए । आँखा देखाउन आएकी दमक १३ बस्ने दमक मोडल कलेजकी बिद्यार्थी निर्मला शिवाकोटीले आँखाको उपचार शुरु भएपछि सामान्य समस्या देखाउन टाढा जानु पर्ने समस्या हटेको बताए ।  यस सेवालाई निरन्तरता दमकबासी मिलेर दिनु पर्ने उनले जोड दिए । 
शुभरारम्भ कार्यक्रममा नेत्रालयका  ४ जना जग्गादाताहरुलाई सम्मान गरेको छ ।  दमक १ बस्ने  काजीशेर देवान, केन्द्र देवान, डाक्टर हिमाल देवान र दिब्यराज देवानका परिवारलाई  दोसल्ला ओढाएर सम्मान गरेको थियो । देवान परिवारले एक बिगाहा जग्गा दान गरेपछि १२ बर्षअघि फुजी अप्टिकल कम्पनीको आर्थिक सहयोगमा दुई तले पक्की भवन बनेको थियो । स्थापना भएको २ वर्षपछि कमजोर  ब्यवस्थापनका कारण नेत्रालय  बन्द भएको थियो ।  २०६० बैशाख १३ गते तत्कालिन संस्कृति तथा पर्यटन तथा नागरिक उड्ययन मन्त्री कुवेर शर्माले नेत्रालयको समद्घाटन गरेका थिए ।

चिहानका कारण वनक्षेत्र संकटमा

– विमल लामिछाने   

दमक । वन क्षेत्रमा कंक्रीट चिहान (कपुरथान ) वनाउदा यसले पुरयाउने असरवारे विभिन्न चेतनामुलक कार्यक्रम गरिदै आएपनि यो प्रथा अझै रोकिएको छैन ।
विभिन्न जातीय संस्थाहरुको पहलमा यो प्रथा रोक्न प्रयास गरिएपनि संस्कारलाई परिवर्तन गर्न सकिएको छैन । तराइका विभिन्न स्थानहरुमा रहेका वनक्षेत्र र सार्वजनिक जमिनमा कंकिट चिहान महंगोगरी वनाउने होडवाजीले वन क्षेत्र संकटमा पर्ने गरेको वातावरण विद्हरुको भनाई छ ।
 रतुवामाई वृक्षारोपण आयोजनाका प्रमुख भक्तिप्रसाद गौतमले समुदायमा जनचेतना नभएसम्म क्रंकिट चिहान बनाउने कार्य नरोकिने बताए । वातावरणको हिसावले बनजङ्गलको संरक्षण गर्नुपर्ने भएपनि संस्कार र संस्कृतिको नाममा जथाभावी क्रंकिटद्धारा चिहान बनाउदा बनजङ्गल मरुभूमिकरण हुने सम्भावना छ ।’–उनले भने ।
राई, लिम्बु, सुनुवार, याक्खा, तामाङ्ग, मगर, गुरुङ्ग लगायत विभिन्न जात—जातिहरुले पुरानो आफ्नो संस्कार संस्कृतिलाई निरन्तरता दिने क्रममा मृत शरीरलाई माटोमा जलाएर वा पुरेर त्यसमाथि कंक्रिट चिहान बनाइने गरेको छ ।  यो क्रम पछिल्लो समयमा पनि प्रतिस्पर्धा भइरहेको नेपाल आदिवासी जनजाति महासंघ झापाका अध्यक्ष पारसमणि राईले बताए । उनले आदिवासी समुदायभित्र विभिन्न जातजाती र समुदायमा पक्की चिहान बनाउने प्रतिस्पर्धा भएको बताउदै राज्यस्तरवाट उचित व्यवस्थापनका लागि पहल गरिनुपर्ने र वातावरण स्वच्छ राख्न जनमैत्री कार्यक्रम ल्याउनुपर्ने बताए ।
 किरात राई यायोख्खा झापाका सचिव दीपेनवाला राईले उचित व्यवस्थापन नभएको भन्दै पहिचानका नाममा यस्ता कंक्रिट चिहान निर्माणमा ठूलो धनरासी खर्च गरिदै आएको बताए । उनले क्रमिक रुपमा यसलाई सुधार गर्ने आदिवासी जनजाति महासंघमा आवद्ध जातीयसंघसंस्थाले पहल सुरु गरिएको भएपनि त्यो पर्याप्त हुन नसकेको जनाए । जङ्गल र सार्वजनिक क्षेत्रमा मात्र होइन आफ्ना निजी जमिनमा पनि अनावश्यक खर्च गरी क्रंकिट चिहान बनाइनु राम्रो नहुने उनको भनाई छ ।
  मोरङ उर्लावारी ६ का मेहेरमान लिम्वुले प्रतिशपर्धाकै आधारमा यो क्रम रहेका कारण आफन्तहरुलाई सजग गराउँदै यसको स्थानमा धुले चिहान बनाई त्यसको वरीपरी विरुवा रोप्न सल्लाह दिदै आएको वताए ।
 सहप्राध्यापक विना राईले पुरानो संस्कृतीको कारण यो प्रथा वदल्न गाह्रो परिरहेको वताइन् । पारिवारिक सरसफाईको दृष्टिकोणले शौचालय वनाउन नसक्नेहरुले पनि आडम्वरकै लागि कंक्रिट चिहान निर्माण गर्ने काम नरोकिएको हो ।
  जिल्ला वन कार्यालय झापाले विभिन्न स्थानमा सूचना पार्टी राखेर सचेत गराएको भएपनि यो क्रम रोकिएको छैन । झापाका पूर्वपश्चिम राजमार्गको करिब ४० किलोमिटर लम्वाई र करिव २० हेक्टर क्षेत्रफल कंक्रिट चिहानले ओगटेको छ । चिहानले १ देखि ३ धुर क्षेत्रफल ओगट्ने गरेको र यो क्रम नरोकिने हो भने विस्तारै जंगल चिहानमा परिणत हुने सम्भावना बढ्दै गएको छ । झापाको सितापुरी, केर्खा, धरमपुर, माईधार, झिलझिले, चारआली, धाईजनमा क्रंकिट चिहान निर्माणकार्य व्यापक छ । मोरङको पथरीशनिश्चरे, बयरबन, डाँगीहाट, बेलबारी तथा सुनसरीको धरान सहितका ठाउँमा कंक्रिट चिहानघारी छन् ।
झापाली युवा सरोकार समाजका अध्यक्ष कविराज चाम्लिङका अनुसार जनचेतनामूलक कार्यक्रम मार्फत यस्ता चलनलाई न्युनिकरण गर्न सकिन्छ । तर  कंक्रीटका कारण वन क्षेत्रमा नया विरुवा उम्रने उर्वराशक्ति ह्रास आउनेछ ।

भूकम्पले पूर्वाञ्चलमा ५६ हजार बढी विस्थापित

दमक । गत वैशाख १२ को भूकम्प र त्यसपछिका लगातारका पराकम्पनले पूर्वाञ्चलमा २० हजार ८ सय ७० घरमा पूर्ण रुपमा क्षति पुगेको छ । भूकम्पबाट २० हजार ६ सय ४१ निजी घर र २ सय २९ वटा सरकारी भवन पूर्ण रुपमा क्षति पुगेको पूर्वाञ्चल क्षेत्रीय प्रशासन कार्यालय धनकुटाले जनाएको छ । ३ हजार २ सय ८७ सरकारी र ४२ हजार १ सय ९१ निजी घरमा आंशिक क्षति पुग्दा ५६ हजार ६ सय ७० जना विस्थापित भएको कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।
जसमा पूर्वाञ्चलमा सबैभन्दा बढी ओखलढुंगामा क्षति भएको उल्लेख छ । ओखलढुंगामा १० हजार ३१ घरमा पूर्ण रुपमा क्षति भएको छ भने १० हजार ५ सय ९३ घरमा आंशिक क्षति पुगेको छ । त्यसैगरी, भोजपुरमा १ हजार ४ सय १४, संखुवासभामा १ हजार १ सय १६, इलाममा ३ सय १६, झापामा ६२, ताप्लेजुङमा ५१, पाँचथरमा २५ वटा घर पूर्ण रुपमा क्षतिग्रस्त भएको जनाइएको छ । त्यस्तै, धनकुटामा ५ सय ९० घरमा पूर्ण रुपमा भत्किएका छन् भने २ हजार ४ सय ५३ घरमा सामान्य क्षति पुगेको छ ।  सुनसरीमा ४ घर पूर्ण क्षतिग्रस्त छन् भने १ सय ८२ घरमा आंशिक क्षति पुगेको छ । सोलुखुम्बुमा २ हजार ५ सय घरमा पूर्ण रुपमा भत्किएका छन् भने ६ हजार १ सय ७६ घरमा सामान्य क्षति क्षति पुगेको छ । खोटाङमा २ हजार १ सय १० घर पूर्ण क्षतिग्रस्त हुँदा ४ हजार ९ सय ८६ घरमा 
आंशिक क्षति पुगेको छ । उदयपुरमा ९५ घर क्षतिग्रस्त हुँदा ७ हजार ४ सय ९० घरमा आंशिक क्षति पुगेको छ । सिराहामा ८७, सप्तरीमा १ सय ३ र मोरङमा ५० घरमा आंशिक क्षति पुगेको बताइएको छ । 
 क्षेत्रीय प्रशासन कार्यालयको विवरण अनुसार इलाममा ३४ घरमा पूर्ण क्षति भएको छ भने ४२ घरमा आंशिक क्षति पुगेको छ । संखुवासभामा ८८ घरमा पूर्ण क्षति र २ सय ८ घरमा आंशिक, सोलुखुम्बुमा ७५ मा पूर्ण क्षति र १ सय ४२ मा आंशिक क्षति ओखलढुंगामा १ घरमा पूर्ण क्षति र १ सय ९१ मा आंशिक क्षति, उदयपुरमा ५२ मा पूर्ण क्षति र ४६ घरमा आंशिक क्षति पुगेको कार्यालयले जनाएको छ । त्यस्तै, ताप्लेजुङमा ६९, पाँचथरमा ४०, झापामा ४६, भोजपुरमा २१, तेह्रथुममा ६०, धनकुटामा ३९, मोरङमा ५१, सुनसरीमा १ सय १६, सिराहामा ३०, र सप्तरीमा २७ सरकारी भवनमा आंशिक क्षति पुगेको छ । भूकम्पका कारण पूर्वाञ्चलमा ५७ जनाले ज्यान गुमाएका छन् भने ३ सय ८५ चौपाया मरेका छन् । ३ सय ९३ जना घाइते भएका छन् । ज्यान गुमाएका र घर क्षतिग्रस्त भएका परिवारलाई जिल्ला प्रशासन कार्यालय, दैवीप्रकोप उद्धार समिति, सामाजिक संघसंस्था मार्फत राहत वितरण भइरहेको पूर्वाञ्चल क्षेत्रीय प्रशासन कार्यालयका सहक्षेत्रीय प्रशासक कालीप्रसाद पराजुलीले बताए ।

दमक रबि सडकको अध्यक्षमा गगन पुरी


विजयी भएपछि बधाई दिँदै अध्यक्षका अर्का उमेद्वार प्रकाश बुढाथोकी :
– परिणाम मिश्रित
 दमक । दमक चिसोपानी रवि (फाल्गुनन्द सडक) उपभोक्ता समितिको अध्यक्षमा रेवतराज पुरी (गगन) निर्बाचित भएका छन् । पुरी प्रतिद्धन्दी प्रकाश बुढाथोकीलाई ५८ मत अन्तरले हराएर अध्यक्षमा निर्बाचित भएका हुन् ।  पुरीले ४९७ मत र बुढाथोकीले ४३९ मत ल्याएका थिए ।
पुरी प्यानलले ६ पदाधिकारी र ३ सदस्य गरि ९ पद जितेको छ । पुरी प्यानलले समितिको सहअध्यक्ष, बरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, सचिव, र कोषाध्यक्ष पदका ६ जना पदाधिकारी जितेको छ । दुई सदस्य र एक महिला सदस्यमा पनि पुरी प्यानलबाट निर्बाचित भए । बुढाथोकी प्यानलले ३ पदाधिकारी सहित १४ पदमा जितेको छ । उसले महिला उपाध्यक्ष, महासचिव, महिला सचिव गरि ३ वटा पदाधिकारी जितेको छ । बुढाथोकी प्यानलले सदस्यमा ९ र महिला सदस्य २ वटा जितेको छ ।
विजयी भएपछि अन्य कार्यसमितिका विजयी पदाधिकारी
तथा सदस्यहरुसँग सामुहिक तस्वीर खिचाउँदै :
समितिको सहअध्यक्ष गोबिन्द बस्नेत, बरिष्ठ उपाध्यक्ष शुशिल कुमार राई, उपाध्यक्ष बिनोद कुमार नेम्बाङ, महिला उपाध्यक्ष भगवती श्रेष्ठ, महासचिब हेमन्त राई, सचिब दिल कुमार लावती, महिला सचिब लिलादेबी ढुंगेल (दाहाल ) र कोषाध्यक्ष नैनबहादुर भण्डारी निर्बाचित भएको निर्बाचन समितीका संयोजक बिश्वदिप लिङ्देनले जानकारी दिए । सदस्यहरुमा केन्द्र बहादुर प्रसाई, बिक्रम अधिकारी, भूपेन्द्र साँवा , रुद्रबहादुर कार्की, डम्वर पुलामी, चन्द्र कुमार साँवा, प्रदिप चन्द्र राई, कुल बहादुर लिम्वू, हर्क बहादुर साँवा, मनकुमार साँवा, पुकार राई निर्वाचित भए । महिला सदस्यमा हर्कमाया तामाङ, सुजता अधिकारी र नरमाया तामाङ बिजयी भएको निर्वाचन समितिकी सदस्य भूमिका कोइरालाले बताईन् । ९ पदाधिकारी, ११ सदस्य र ३ महिला सदस्य गरि २३ सदस्यीय कार्यसमितीका लागि एक स्वतन्त्र गरि ४७ जना चुनावी प्रतिष्पर्धामा थिए । शुक्रबार र शनिबार भएको निर्बाचनको परिणाम आइतबार दिउँसो सार्बजनिक भएको हो ।
तीन पटक भएको साधारणसभा नेतृत्वबारे सहमति हुन नसकेपछि नेतृत्व हात पार्न सत्तारुढ दल र बिपक्षी दलहरु दुई समुह बनाएर चुनावी प्रतिष्पर्धामा उत्रिएका थिए । सत्तारुढ नेपाली कांग्रेस, नेकपा एमाले सहित जनमुक्ति पार्टी एउटा प्यानल बनाई प्रकाश बुढाथोकीलाई अध्यक्षको उमेद्वार
बनाएर चुनावी प्रतिष्पर्धामा थिए । पुरीलाई अध्यक्षको उमेद्वार बनाएर एमाओबादी सहित साना दलहरु संघिय समाजबादी, लिम्बुवान पार्टी, नेकपा माओबादी, राप्रपा र नेकपा एकिकृत गरि ६ वटा दलहरु गठबन्धनमा आबद्ध थिए । स्थानीय निकायको निर्बाचनको झल्को दिने गरि भएको निर्वाचनमा पदाधिकारीमा पुरी प्यानलले बहुमत स्थानमा जितेको छ भने सदस्य गरि कुल २३ सदस्यीय समितीमा १४ पदमा कांग्रेस एमालेले जितेको छ ।
पुरी एमाओबादीका झापा जिल्ला सदस्य हुन् भने बुढाथोकी कांग्रेस कार्यकर्ता हुन् । बुढाथोकी र पुरीको प्यानल बनाएर दलहरु दुई समुह बनाएर यो निर्बाचनमा आफ्ना उमेद्वार जिताउन नेताहरु शक्ति देखाउदै खटिएका थिए । सत्तारुढ दलका तर्फबाट उठेका अध्यक्ष उमेद्वार बुढाथोकी हारे नकरात्मक सन्देश जाने भन्दै कांग्रेस एमाले नेतृत्व आफ्ना उमेद्वारलाई जिताउन धेरै खटेको देखिन्थ्यो । सत्तारुढ दलको उमेद्वारलाई परास्त गर्न एमाओबादी सहितका साना दलहरु झनै सकृय थिए । सबै दलहरु गठबन्धन गरेर दुई समुहमा निर्बाचनमा गएकाले दुबै पक्षका दलका नेताहरु जित आफ्नो पक्षमा पार्न छलफल, कोठे बैठक र प्रचार प्रसारमा ब्यस्त थिए । उमेद्वारहरु दमकमा हुने मतदान स्थलमा मतदातासमक्ष फोटोसहितको नाम गलामा झुन्ड्याई सयौं प्रसार सामग्री लिएर भोट मागेका देखिन्थे । यो परिणामले सत्तारुढ कांग्रेस र एमालेका स्थानीय नेता कार्यकर्तालाई दुखी तुल्याएको छ भने अध्यक्ष सहित धेरै पदाधिकारी जितेकाले एमाओबादी सहित साना दलहरु निक्कै हौसिएका छन् ।

अध्यक्ष जित्ने दुबै पक्षको दावी

अध्यक्षका २ उमेद्वारहरु भोट माग्दै

दमक । दमक चिसोपानी रवि (फाल्गुनन्द मार्ग) सडक उपभोक्ता समितिको नेतृत्वमा उठेका दुबै प्यानलले अध्यक्ष सहितको नेतृत्व जित्ने दावी गरेका छन् । कांग्रेस एमालेको गठबन्धन तथा एमाओबादी सहितका साना दलहरुको गठबन्धनले शुक्रबार र शनिबार भएको मतदानमा आफ्नो उमेद्वारहरुले जित्ने दावी गरेका हुन् । मतदान सकिएपछि कसले जित्ने भनेर अन्योल भइरहेका बेला गठबन्धनका नेताहरुले आफ्नो गठबन्धनको पक्षमा धेरै मत खसेको भन्दै त्यस्तो दावी गरिरहेका छन् । अध्यक्षमा कांग्रेस एमालेको गठबन्धनबाट प्रकाश बुढाथोकी र एमाओबादी र साना दलहरुको गठबन्धनबाट रेवतराज पुरी (गगन) सहितको उमेद्वारहरुको प्यानल नै चुनावी मैदानमा उत्रिएको छ । 
कांग्रेस एमाले गठबन्धनले आफुहरुले अध्यक्ष सहित प्यानलै जित्ने दावी गरेको छ । तर एमाओबादी गठबन्धनले अध्यक्षमा आफ्नो उमेद्वारले जित्ने र अन्य पदहरुमा मिश्रित परिणाम आउने बताएको छ । कांग्रेस दमक नगर समितीका सभापति ढुण्डीराज भण्डारीले अध्यक्षमा बुढाथोकी सहित पुरै प्यानलै जित्ने दावी गरे । उनले भने:  बाहिर हल्ला गरेजस्तो माहौल छैन, अध्यक्ष सहितका सबै पदाधिकारी र सदस्यहरुमा हामी जित्छौ । भण्डारीले एमाओबादी सहितका साना दलका केही मतहरु पनि आफ्नो पक्षमा खसेको दावी गरे । एमाओबादीका दमक नगर इन्चार्ज रमेश गुरागाईले अध्यक्षमा पुरीले सहजै जित्ने दावी गरे । उनले ब्यक्तिगत सम्पर्क र गठबन्धनको एकताका कारण पुरीको पक्षमा जित्ने मत आउने बताए । तर पदाधिकारी र सदस्यमा भने मिश्रित नजिता आउनसक्ने गुरागाईले उल्लेख गरे ।  
दुई दिन भएको निर्बाचनमा दुबै गठबन्धनमा रहेका सबै दल र उमेद्वारहरु आफ्नो पुरै शक्ति लगाएर मत माग्न हिडेका थिए । दमकस्थित रेडक्रस हलभित्र मतदान भइरहदा रेडक्रस परिसरमा दुवै पक्षका उम्मेदवारहरुलाई जिताउन भोट माग्न ब्यस्त रहेका थिए ।  अध्यक्षका उम्मेदवार प्रकाश बुढाथोकीको समुह  र  रेवतराज पुरीको समुह मतदाताहरुलाई आफनो पक्षलाई मतदान गर्न आग्रह गरीरहेका थिए । उपभोक्ता समितिको अध्यक्ष सहितका ९ पदाधिकारीका लागि १८ जना उम्मेदवारले निर्वाचन लडेका छन ्।  कार्यसमितिको ११ जना  सदस्ययहरुको लागि २३ जना चुनावी मैदानमा छन् ।
यसैगरी कार्यसमितिको ३ महिला सदस्यका लागि ६ जना उम्मेदवार छन् । स्थानीय निकायको निर्बाचनको झल्को दिने गरि उमेद्वार र नेताहरु शक्ति देखाउदै खटिएका थिए । सत्तारुढ दलका तर्फबाट उठेका अध्यक्ष उमेद्वार बुढाथोकी हारे नकरात्मक सन्देश जाने भन्दै कांग्रेस एमाले नेतृत्व आफ्ना उमेद्वारलाई जिताउन धेरै खटेको देखिन्थ्यो । सत्तारुढ दलको उमेद्वारलाई परास्त गर्न एमाओबादी सहितका साना दलहरु झनै सकृय थिए । सबै दलहरु गठबन्धन गरेर दुई समुहमा निर्बाचनमा गएकाले दुबै पक्षका दलका नेताहरु जित आफ्नो पक्षमा पार्न छलफल, कोठे बैठक र प्रचार प्रसारमा ब्यस्त थिए । उमेद्वारहरु दमकमा हुने मतदान स्थलमा मतदातासमक्ष फोटोसहितको नाम गलामा झुन्ड्याई सयौं प्रसार सामग्री लिएर भोट मागेका देखिन्थे । उमेद्वारहरुसंगै कांग्रेस, एमाले, एमाओबादी, संघिय समाजबादी, राप्रपा, लिम्बुवान, जनमुक्ति लगायतका दलका नेतादेखि कार्यकर्ताहरु दिनभर मतदानस्थलमा खटिएका थिए । पहिलोपटक निर्बाचन भएकाले अध्यक्षमा बुढाथोकी र पुरीमध्ये कसले जित्छ भनेर जिज्ञासा राख्ने धेरै देखिन्थे । दुबै पक्षले अन्य पदबाहेक अध्यक्षमा आफ्नै उमेद्वारले जित्ने दावी भने गर्न छोड्दैनथे ।

नतिजा आज आउने 
मतगणनाको अन्तिम परिणाम आज (आइतबार) सार्बजनिक हुने भएको छ । शुक्रबार इलामको बाँझोस्थित खलंगे बिद्यालय र शनिबार दमकस्थित रेडक्रस भवनमा भएको निर्बाचनमा ९ सय ६७ मत खसेको छ । कुल मतदाता ११ सय ३ जना थिए । मतदान सम्पन्न भएपछि शुरु भएको मतगणनाको नतिजा भने आइतबार बिहानमात्र सार्बजनिक हुने निर्बाचन समितीका संयोजक बिश्वदिप लिङ्देनले जानकारी दिए । उनले मतपरिणाम आइतबार बिहान ११ बजेपछिमात्र आउने बताए । मतदान सकिएपछि शनिबार राती १० बजेपछिदेखि मतगणना शुरु भएको निर्बाचन समितीले जनाएको छ । त्यसअघि मतगणनामा खटिएका दल र उमेद्वारहरुका प्रतिनिधिबीच आचारसंहिता बनाउन ब्यस्त भएका कारण मतगणना शुरु गर्न ढिला भएको छ । उमेद्वारहरु ४७ जना र खसेको मत ९६७ खसेकाले पनि मतगणनाको नतिजा आउन ढिलाई हुने अवस्था देखिएको हो । मतगणमा दुबै गठबन्धनका तर्फबाट ९÷९ जना र स्वतन्त्र उमेद्वारका २ गरि २० जना प्रतिनिधी खटिएका छन् ।

आफ्ना जिताउन सबै दौडधुपमा

दमक । दमक चिसोपानी रवि सडक उपभोक्ता समितिको नेतृत्व चयनका लागि शुक्रबार मतदान शुरु भएको छ । पहिलो दिनको मतदान इलामको बाझोको खलङ्गे स्कुलमा भएको छ । त्यहा भएको मतदानमा १ सय ३७ मत खसेको निर्बाचन समितीका सदस्य लिला गुरागाईले जानकारी दिए ।  बिहान ८ वजेदेखि शुरु भएको मतदान दिउसो ४ वजे सकिएको थियो ।  मतदान केन्द्रमा २ सय ६९ मतदाता रहेको निर्वाचन समितिले जनाएको छ  । खलंगे स्कुलको मतदान केन्द्रमा खसेको मत सिलबन्दी गरेर साझ दमक ल्याएर  इलाका प्रहरी कार्यालयमा राखिएको छ । दोस्रो दिनको मतदान आज दमकस्थित नेपाल रेडक्रस सोसाइटी उपशाखाको भवनमा हुदै छ । मतदानको सम्पुर्ण तयारी पुरा भएको र मतदान बिहान ७ देखि अपरान्ह ४ बजेसम्म हुने समितिका सदस्य गुरागाईले जनाए । मतदान हुदै गर्दा दुबै पक्षका उमेद्वारहरु जित आफ्नो पक्ष्ँमा पार्न मतदाताहरुलाई भेट्न दौडधुपमा ब्यस्त छ । अध्यक्ष्ँका उमेद्वारद्धय प्रकाश बुढाथोकी र रेवतराज पुरी (गगन) को प्यानलमा रहेका उमेद्वारहरु र राजनितीक दलका स्थानीय नेता कार्यकर्ता दौडधुपमा छन् । कांग्रेस एमाले बुढाथोकी तथा एकिकृत माओबादी सहितका साना दलहरु पुरीलाई जिताउन लागेका छन् । मतदान संगसंगै बुढाथोकी र पुरी प्यानल आ आप्mना प्यानलले सहज जित्ने दावी गर्दै हिडेका छन् । दुबै पक्षको प्यानल नै उमेद्वारहरु भएकाले दुबैले पक्षले आफ्ना उमेद्वारहरुले जित्ने दावी गरेका छन् । दलका नेतादेखि कार्यकर्ताहरु आफ्ना उमेद्वारलाई जिताउन आफ्नो पुरै शक्ति लगाएर हिडेका छन् । स्थानीय निकायको निर्बाचनको झल्को दिने गरि उमेद्वार र नेताहरु शक्ति देखाउदै खटिएका छन् । सत्तारुढ दलका तर्फबाट
 उठेका अध्यक्ष उमेद्वार बुढाथोकी हारे नकरात्मक सन्देश जाने भन्दै कांग्रेस एमाले नेतृत्व आफ्ना उमेद्वारलाई जिताउन सकृय छ । सत्तारुढ दलको उमेद्वारलाई परास्त गर्न एमाओबादी सहितका साना दलहरु झनै सकृय छन् । लामो समय सत्तारुढ दलका पक्षबाट मात्र समितिको नेतृत्व लिएको ठहर गर्दै यो गठबन्धन जसरी पनि सत्तारुढका उमेद्वारलाई हराउने दाउमा छ । दुबैले जित्ने दावी गरेपनि निर्बाचन परिणाम मिश्रित आउने अनुमान गरिएको छ । पहिलोपटक निर्बाचन भएको, मतदाता र उमेद्वारहरु तराई र पहाडका भएकाले नतिजा मिश्रित आउने अनुमान गरिएको छ । सबै दलहरु गठबन्धन गरेर दुई समुहमा निर्बाचनमा गएकाले दुबै पक्षका दलका नेताहरु जित आफ्नो पक्षमा पार्न छलफल, कोठे बैठक र प्रचार प्रसारमा ब्यस्त छन् । उमेद्वारहरु दमकमा हुने मतदान स्थलमा मतदातासमक्ष फोटोसहितको नाम गलामा झुन्ड्याई सयौं प्रसार सामग्री लिएर आउने तयारीमा छन् ।

सहकारीबीच सहकार्य हुनुपर्नेमा जोड

दमक । सहकारी संस्थाहरुबीच प्रतिष्पर्धा छोडेर सहकार्य गर्नुपर्ने आवश्यक रहेको दमकमा बिहीबार आयोजित एक कार्यक्रमका सहभागीहरुले बताएका छन् । नयाँ बाटो बहुउद्धेश्यीय सहकारी संस्थाको उद्घाटन कार्यक्रमका  बक्ताहरुले बिभिन्न बाहनामा प्रतिष्पर्धा भन्दापनि एक अर्काबीच सहकारीले समन्वय गरेर काम गर्नु पर्ने बताएका हुन् । जिल्ला सहकारी संघ झापाका उपाध्यक्ष बलराम गजुरेलले  अव सहकारीले बचत गर्ने होडबाजी गर्ने भन्दा पनि आयात प्रतिष्थापन गर्नु पर्ने बताए । प्रमुख अतिथि गजुरेलले अहिले बार्षिक २० अर्वको चामल  मुलुक बाहिरबाट आयात हुने हुँदा त्यसलाई कमी गदै लैजानुपर्ने बताए । राष्ट्रिय कर्मचारी सहकारी संघका केन्द्रिय सचिव खोम बगालेले संस्थालाई ब्यवसायीमुखी बनाउनु पर्नेमा जोड दिए । बगालेले सदस्यलाई आधुनिक सुचना प्रविधिलाई  प्रयोग गरेर सप्mटवेयर मार्फत पारदर्शी सेवा दिन सुझाए । दमक उद्योग बाणिज्य संघका कार्यवाहक अध्यक्ष गोकुल श्रेष्ठले  मुलुक कृषि प्रदान देश भनिए पनि बिदेशबाट खाद्य आयात गर्नु परीरहेको बेला त्यसलाई कम गदै स्वदेशमै उत्पादन गर्नमा सहकारीहरुले भुमिका खेल्नुपर्ने बताए । नेपाल पत्रकार महासंघ झापाका सहसचिव गोपाल झापालीले सहकारीले मुलुकभित्र रहेको गरिबी निवारण गर्ने खालका कार्यक्रम सहकारीले दिनु पर्ने सुझाव दिए । संस्थाका अध्यक्ष खेम दाहालको सभापतित्वमा भएको कार्यक्रममा  संस्थाकी कोषाध्यक्ष अनिता केसीले संस्थाको कार्ययोजना र
ब्यवस्थापक राजेन्द्र बिमलीले गतिबिधिको बारेमा जानकारी दिएका थिए । अहिले झापामा ९ सय ५० बढी सहकारी संस्था दर्ता भइसकेको संघले जनाएको छ । दमकमा मात्रै १सय २० वटा सहकारी संस्था रहेको बताइएको छ । नयाँ बाटो सहकारीले उद्घाटनपछि बिहीबारबाट कारोबार शुरु गरेको छ । 

भोट माग्दै उमेद्वारहरु घरदैलामा

दमक । दमक चिसोपानी रबि सडक उपभोक्ता समितिको नेतृत्व हात पार्न उमेद्ववारहरु भोट माग्न ब्यस्त छन् । उमेद्ववारहरु बिहानदेखि बेलुकासम्म भोट माग्न मतदाताहरुकै घरदैलो पुगेका छन् । राष्ट्रिय राजनितीकको झल्को दिने गरि उमेद्धवारहरु आ आफ्नो प्यानल लिएर मतदाताहरुको घर घरमा पुगेका थिए । मतदान १५ गते इलामको बाझोस्थित खलंगे बिद्यालय र १६ गते रेडक्रस भवन दमकमा हुने निर्बाचन समितीले जनाएको छ ।
कांग्रेस, एमाले सहितको प्यानलबाट अध्यक्षका उम्मेद्ववार प्रकाश बुढाथोकीको प्यानल र एमाओवादी सहितका साना दलहरुको गठबन्धनका तर्फबाट अध्यक्षका रेवतराज पुरी (गगन) को प्यानल भोट माग्न ब्यस्त छन् । बुढाथोकी नेतृत्वको बुधबार टोलीले दमक १, २ र ३ को दुर्गा पाञ्चायन मन्दिरमा भेला भई भोट मागेको एमाले दमक नगर अध्यक्ष अम्विका खनालले बताए । उनीहरुले यसअघि ९ ,१०, १३ र १४ मा रहेका मतदातासंग भोट माग्ने काम सकिएको जनाएको छ । यसैगरी अध्यक्षका उम्मेदवार पुरी नेतृत्व टोलीले बुधबार दमक चोकका मतदाताहरुसंग भोट मागेको एमाओवादी नगर इन्चार्ज रमेश गुरागाईले जनाए । उनीहरुले बुधबार दमकको २, १०, ११, १२, १३ र १४ वडामा पुगेर भोट मागेका छन् ।