विर्तामोड÷ झापा उद्योग वाणिज्य संघको नयाँ नेतृत्व चयन भएको छ ।संघको बुधबार सम्पन्न २१ औं अधिवेशनबाट विर्तामोडका उमेश डाल्मियाँको अध्यक्षतामा नयाँ कार्य समिति निर्वाचित गरिएको हो ।डाल्मियाँले १ सय २३ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्दी संघका निवर्तमान अध्यक्ष राजेन्द्र घिमिरेले ९९ मत पाए । अर्का प्रतिद्वन्दी बुधबारेका गोविन्द पौडेलले १३ मत ल्याएका निर्वाचत समिति संयोजक गणेश पोखरेलले जानकारी दिए ।त्यसैगरी संघको बरिष्ठ उपाध्यक्ष पदमा नवराज पनेरु १ सय २१ मत ल्याएर विजयी भएका छन् । उनका प्रतिद्वन्दी तोया गड्तौलाले १ सय ९ मत पाएका छन्...