राष्ट्रिय खेलकुदका लागि पूर्पाञ्चलबाट ६०१ जना जाने – खेल समाचार

दमक/ ÷फागुन १४ देखि २१ गतेसम्म धनगढीमा हुने छैठौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा भाग लिन पूर्वाञ्चलबाट खेलाडी व्यवस्थापक र प्रशिक्षक सहित ६०१ जना त्यसतर्फ जाने भएका छन् । फुटबल, भलिबल, क्रिकेट, ब्याडमिन्टन, उसु, डोजो, तेक्वान्दो, कराँते लगायतका विभिन्न विधामा भाग लिन छनौट भएका ति खेलाडीहरुलाई बुधबार बिराटनगरमा बधाई तथा बिदाई समारोह गरिएको छ ।
पूर्वाञ्चल क्षेत्रीय खेलकुद विकास समितिको आयोजनामा भएको सो कार्यक्रममा प्रमुख अतिथि संघीय मामिला तथा संस्कृति मन्त्री गोपाल किराँती, युवा तथा खेलकुद राज्यमन्त्री  गोपी अछामी लगायत विभिन्न पार्टी प्रतिनिधिहरुले बधाई ज्ञापन गरी अविर लगाएर बिदाई गरेका छन् ।
पूर्वाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष किरण राईको अध्यक्षतामा भएको सो कार्यक्रममा समितिका कार्यालय सचिव लभकुमार श्रेष्ठले स्वागत मन्तव्य राखेका थिए । सो कार्यक्रमको सञ्चालन वरिष्ठ प्रशिक्षक मदन उप्रेतीले गरेका समितिका सदस्य विष्णु राईले जानकारी दिए ।
राईका अनुसार पूर्वाञ्चलबाट सो टिम लैजान एक दर्जन बढी यात्रुबाहक बसको व्यवस्था मिलाइएको छ । सो टोली भोलि (शुक्रबार) बिराटनगरबाट धनगढी प्रस्थान गर्ने जनाइएको छ ।

0 प्रतिकृया:

Post a Comment