हाईड्रो हाउस:

दक्षिणी इलामको दानाबारीमा निमार्णाधीन सानिमा माई हाईड्रपावर लिमिटेडको विद्युत उत्पादन गृह । यो हाईड्रपावर निर्माण सम्पन्न भएपछि २२ मेगावाट क्षमताको विद्युत उत्पादन हुनेछ । तस्विर : राम योङ्हाङ ।

12

शैक्षिक हड्ताल पाँच दिनलाई स्थगित – मुख्य समाचार

पिपुल्स टाइम्स समाचार काठमाडौं, फागुन २९/ शिक्षक युनियन र शैक्षिक गणतान्त्रिक मञ्चले आइतबारदेखि सुरु गरेको आम शैक्षिक हड्ताल ५ दिनका लागि स्थगित गरेको छ । सभामुख सुवास नेम्वाङ, शिक्षा मन्त्री दिनानाथ शर्मा र सरकोकारवालाबीच भएको वार्तापछि यस्तो निष्कर्ष निकालेको हो । वार्तामा सहभागी एक प्रतिनिधिका अनुसार तत्काल ५ दिन स्थगित गरेर हड्तालको सुरक्षित अवतरण गर्न लागिएको हो । सरकारले ४७ बुँदे माग सम्बोधन गर्ने आश्वासन दिएपछि हड्ताल स्थगित गर्न लागेको ति सहभागीले बताए । शिक्षा ऐनको आठौं संशोधनका लागि तयार विधेयकमा शिक्षकका माग समेट्ने मन्त्रीले प्रतिबद्धता...

उर्लाबारीले जित्यो उपाधी

दमक, फागुन २९/झापाको दमकमा आइतबार सम्पन्न रवी स्मृति अन्तर कलेज फुटबल प्रतियोगिताको उपाधी उर्लाबारी बहुमुखी क्याम्पसले कब्जा गरेको छ ।  दमक बहुमुखी क्याम्पस दमकलाई ट्राइवेकर मार्फत ३–१ को गोल अन्तरले पराजित गर्दै उर्लाबारीले उपाधीमाथि कब्जा जमाएको हो । खेलको पहिलो पूरा समय दुबै तर्फका खेलाडीहरुबाट गोलका लागि निक्कै प्रयासहरु गरिएको भए पनि गोल भने हुन नसकेपछि ट्रइवेकरमा प्रवेश गरेको थियो । अखिल क्रान्तिकारी दमक बुहुमुखी क्याम्पस इकाइ समिति दमकले आयोजना गरेको प्रतियोगिताको बिजेता टिम उर्लाबारी बहुमुखी क्याम्पसले नगद १५ हजार ट्रफी र प्रमाणपत्र...

दानाबारी र याङशीलाको स्थानान्तरण पूरा

दमक, फागुन २९/इलामको चुलाचुलीस्थित माओवादी जनसेनाको प्रथम डिभिजन मातहतका दुई सहायक शिविरमा रहेका लडाकुहरुको स्थानान्तरण कार्य पूरा भएको छ । इलामको दानाबारी सहायक शिविरमा रहेको विप्लप स्मृति ब्रिगेड अन्तर्गतका समायोजन रोजेका १ सय ६६ जनालाई चुलाचुलीस्थित मुख्यालयमा र मोरङको याङशिला सहायक शिविरबाट १ सय ७३ जना लडाकुलाई  टाँडी शिविरमा स्थानान्तरण गरिएको हो । प्रथम डिभिजन कमाण्डर यामबहादुर अधिकारी प्रतिक्षले दुवै शिविर आइतबार साँझ सम्ममा खाली गराइएको जानकारी दिए । सेना समायोजन विशेष समितिका सदस्य डा. शम्भु सिंखडा नेतृत्वको टोलीले गत बिहीबारदेखि...

‘एक युवा, एक रोजगार’ कार्यक्रम ल्याइने

दमक, फागुन २९/ युवा तथा खेलकुद राज्यमन्त्री गोपी अछामीले युवाहरुलाई आत्मनिर्भर बनाउन ‘एक युवा, एक रोजगार’ कार्यक्रम ल्याइने बताएका छन् । देशमा रोजगारीका अवसर नहुँदा वर्षेनी हजारौं युवाहरु विदेशिनु परेको उल्लेख गर्दै उनले युवाहरुको आत्मनिर्भरता नैं बेरोजगारी समस्या समाधानको दीर्घकालिन उपाय भएको उनले बताए । झापाको दमकस्थित दमक बहुमुखी क्याम्पसमा आयोजित रवि स्मृति फुटबल प्रतियोगिताको समापन समारोहमा उनले देशका एक करोड युवाहरुलाई लक्षित गरेर ‘एक युवा, एक रोजगार’ कार्यक्रम ल्याइन लागेको बताए । राष्ट्रिय...

मोर्चा अखण्ड लिम्बुवानको पक्षमा

बिर्तामोड, फागुन २९/लिम्बुवान मुक्तिमोर्चा झापाले मोर्चा अक्षुण अखण्ड लिम्बुवानको पक्षमा रहेको जनाएको छ । मोर्चाका जिल्ला अध्यक्ष देउकुमार नेम्वाङको अध्यक्षतामा आइतबार बिर्तामोडस्थित जिल्ला कार्यालयमा बसेको बैठकपछि नेम्वाङले सो जानकारी दिएका हुन् । उनले मञ्च सम्बद्ध संघीय लिम्बुवान राज्य परिषद्का अध्यक्ष कुमार लिङ्देनले शनिबार मार्चपास समापन कार्यक्रममा दमकमा छुट्टै स्वतन्त्र लिम्बुवान राज्य घोषणा हुनसक्ने चेतावनी दिएको भन्दै सो प्रति बैठकले आपत्ति जनाएको समेत बताए...

कांग्रेसको सम्मेलन सकियो

बिर्तामोड, फागुन २९/नेपाली कांग्रेस झापाको पहिलो जिल्ला सम्मेलन आइतबार सकिएको छ । शनिबारबाट पार्टीको जिल्ला कार्यालय बिर्तामोडमा शुरु सम्मेलनले समसामयिक राजनीतिक तथा सांगठानिक प्रतिवेदन संसोधनसहित पारित गरेको छ । पार्टीका जिल्ला सभापति उद्धव थापाले पेश गरेको प्रतिवेदन माथि सहभागीहरुले टिप्पणी गरेका थिए । पार्टीको १२ औं महाधिवेशपछि संसोधित विधान बमोजिम गाउँ, नगर, क्षेत्र तथा जिल्लाका सम्मेलनहरु गर्न थालिएको हो ।   पार्टीका जिल्ला सभापति सुशिल कोईरालाले उद्घाटन गरेका थिए । सम्मेलनमा जिल्लाका महासमिति सदस्य, महाधिवेश प्रतिनिधी, जिल्ला...

प्रसुतिमा समस्या

खोटाङ , फागुन २९/जिल्लामा दक्ष स्वास्थ्यकर्मीको अभावमा प्रसुतिमा समस्या रहेको जिल्ला अस्पताल दिक्तेलले जनाएको छ । २ लाख ७४ हजार जनसंख्या रहेको जिल्लामा ५२ हजार ३६१ विवाहित महिला प्रजनन् योग्य भएपनि १४ जना दक्ष स्वास्थ्यकर्मीको भर पर्नुपर्ने भएकाले समस्या रहेको जिल्ला अस्पतालका डाक्टर ओमबिजु पन्तले बताए । उनका अनुसार तालिम प्राप्त स्वास्थ्यकर्मीहरु बिदामा बस्दा थप जटिलता आउने गर्छ । यातायातको समस्यासँगै दक्ष स्वास्थ्यकर्मी गाउँका बर्थिङ सेन्टरमा नहुँदा सुत्केरीको मृत्यु हुने गरेको उनले बताए । जिल्लामा १० वटा बर्थिङ सेन्टर, एक बीईओसी र एक सीईओसीमार्फत...

सेनाद्वारा बिस्फोटक पदार्थ निष्कृय

भोजपुर, फागुन २९/नेपाली सेनाले सशस्त्र द्वन्द्वका समयमा राखिएका घरेलु बिस्फोटक पदार्थ निष्कृय पार्ने कार्य पुनः शुरु गरेको छ । नेपाली सेनाको माइन डिस्पोजल टोलीले गोरखबहादुर गण परिसर क्षेत्रमा रहेका घरेलु बिस्फोटक पदार्थ निष्कृय गर्ने कार्यलाई ३ दिन अघिदेखि सुरु गरेको हो । सशस्त्र द्वन्द्वका समयमा तत्कालिन बिद्रोही माओवादीले छोडेका बिस्फोटक पदार्थहरु राखिएका स्थानको पनि पहिचान गरी बिस्फोटक पदार्थ निष्कृय गर्ने कार्यलाई सुचारु गरिने सेनाले जनाएको छ । केही दिनसम्म सेनाको व्यारेक परिसर र आसपासमा रहेका घरेलु बिस्फोटक पदार्थहरु निष्कृय गरी अन्य स्थानको...

महिला हत्याको आरोपमा गिरफ्तार

पाँचथर, फागुन २९/सिवा गाविस–३ की ३४ वर्षीया रमादेवी आलेमगरको हत्या भएको रहस्य खुलेको छ । उनलाई १० दिन अघि राति सोही ठाउँका जेठाजु ५० वर्षीय जहरमान आलेमगर, १८ वर्षीय सुभराज नेम्बाङ, इम्बुङ गाविस–९ का ४१ वर्षीय बसन्त तामाङ र बसन्तकै पत्नी ३६ वर्षीया सञ्चमाया तामाङले घाटी निमोठेर हत्या गरी भिरमा लगेर फालेको रहस्य खुलेको छ । भीरबाट लडेर मृत्यु भएको भनिएका मगरको लास गत फागुन २० गते बिहान घरबाट दक्षिण तर्फ ५० मिटर टाढा गोरेटो बाटोबाट ९ मिटर तल झरेको अवस्थामा स्थानीयबासीहरुले फेला पारेका थिए । छोरीको मृत्यु रहस्यमय र शंकास्पद रहेको भन्दै मृतकको बुवा इलाम...

कोरिया सेमिफाइनलमा, भारत बाहिरियो – खेल समाचार

एएफसी च्यालेन्जकप फुटबल  काठमाडौं, फागुन २९/ डिफेन्डिङ च्याम्पियन उत्तर कोरिया एएफसी च्यालेन्ज कप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ भने भारत समूह चरणबाटै बाहिरिएको छ । पहिलो खेलमा ताजकिस्तानसँग हार व्यहोरेको भारत आइतबार भएको दोस्रो खेलमा फिलिपिन्ससँग २–० ले पराजित भएपछि एक खेल अघि नै समूह चरणबाट बाहिरिएको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा खेलको केही महिना अघि मात्र साफ च्याम्पियनसीपको उपाधि जितेको भारत फिलिपिन्स सामू निरीह देखिएको थियो । ११ औं मिनेटमा गोल गर्दै फिलिपिन्सलाई अग्रता दिलाएका फिलिप योङहसब्याण्डले खेलको ३ औं मिनेटमा...

नाटकबट राजनीतिमाथि व्यङ्ग्य

विष्णु सुब्बा  देश बिग्रिएको चित्रणलाई कलाकारहरुले अभिनयमा साटेका थिए । समाजमा उठेका हिंसा र खिचलो राजनीतिको संस्कार सुधार्न दमकेली कलाकारहरुले सर्जकको अभ्यास थालेका छन् नाटकमा । नाटकलाई व्यवसायिक बनाइनुपर्छ भन्ने यथार्थतालाई आइतबार दमकमा मञ्चित ‘बेरङ रङहरु’ कार्यक्रममा नाटककार प्रकाश आङ्देम्बे भन्दै थिए–‘यो अभ्यास हो, यसलाई निरन्तरता दिनुपर्छ ।’ गन्तव्य थिएटरको प्रस्तुती रहेको ति नाटक भोजपुर र भारतको दार्जिलिङ पछि दमकमा पहिलो पटक मञ्चन गरिएको थियो । दमकमा एउटा सुविधा सम्पन्न पढ्ने घरको स्थापना...

तीन दिनभित्र स्ववियु मिति

काठमाडौ, फागुन २९/त्रिभूवन विश्वविद्यालयले तीन दिनभित्र स्ववियु चुनाव मिति घोषणा गर्ने तयारी गरेको छ । विश्वविद्यालयका उपकुलपति हिराबहादुर महर्जनले स्ववियु चुनाव मिति घोषणा गर्ने जानकारी दिएका हुन् । ‘हामी सबै विद्यार्थी संगठनसँग यस विषयमा छलफल गरिरहेका छौं,’ महर्जनको भनाइ उद्धृत गर्दै नेविसंघ उपाध्यक्ष नैनसिंह महरले आइतबार भने, ‘मंगलबारसम्म चुनाव घोषणा गर्ने गृहकार्य भइरहेको छ ।’ नेविसंघले तत्काल चुनाव मिति घोषणा गर्न माग गर्दै बुझाएको ज्ञापन पत्र लिदै महर्जनले यस्तो जानकारी दिएका हुन् । यद्यपी प्रमुख विद्यार्थी संगठनबीच चुनाव प्रणालीमा सहमति...

करेण्ट लागेर मृत्यु

इटहरी, फागुन २९/मोटरबाट पानी तान्ने क्रममा करेण्ट लागेर इटहरी–४ का एक व्यक्तिको आईतबार मृत्यु भएको छ । बिहान–७ बजे तिर मोटरबाट पानी तान्दै गर्दा करेण्ट लागेर ५५ वर्षीय केशवप्रसाद न्यौपानेको निधन भएको हो । बन्दै गरेको घरमा पानी लगाउने क्रममा उनलाई करेन्ट लागेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ...

आगलागीमा ५५ घर जले

लाहान, फागुन २९/सिराहाको दक्षिणपूर्वी नहरा रिगौल गाविस–३ नरहा टोलमा शनिबारराति आगलागी हुँदा ५५ घर गोठ जलेका छन् । आगलागीमा करिब रु ६० लाख बराबरको धनमाल जलेर क्षति भएको प्रहरीले जनाएको छ । राति करिब ८ बजेको समयमा स्थानीय रामकृपाल यादवको घरको भान्साबाट निस्किएको आगोको झिल्कोले आगलागी भएको स्थानीय केदार यादवले बताए । आगलागीमा भिखन यादव, कुसुमलाल यादव, श्यामसुन्दर यादव, चन्देश्वर यादव, बिल्टु यादव, शत्रुघन यादव, महेन्द्र यादव, रामदयाल यादव र केशर यादवलगायतको घरगोठ जलेर नष्ट भएको सशस्त्र प्रहरी बल बेस क्याम्प इनरुवा ठाडीका प्रहरी निरीक्षक रामजङ्ग पाण्डेले...

‘२०४७ सालको संविधान ल्याऔँ’

बिराटनगर, फागुन २९/नेपाली कांग्रेसका नेता शेरबहादुर देउवाले जेठ १४ भित्रमा संविधान नबने २०४७  सालको संविधानलाई राजसंस्था हटाएर लागू गर्नुपर्ने धारणा अघि सारेका छन् । आइतबार सञ्चारकर्मीसँग उनले वर्तमान सरकारको नेतृत्वमा संविधान लेखन कार्य हुन नसक्ने ठोकुवा गर्दै २०४७ सालको संविधानमा, गणतन्त्र, संघीयता, धर्म निरपेक्षता र राजसंस्थाको ठाउँमा राष्ट्रपति थपेर लागू गरे समस्याको समाधान हुने बताए । माओवादीले शान्ति प्रकृयालाई लम्ब्याएर संविधान निर्माणमा ढिलाई गरेको उल्लेख गर्दै देउवाले २०४७ सालको संविधान...

एससिीद्वारा सडक विस्तारमा २० करोड लगानी

 खोटाङ, फागुन २९/स्वीस विकास नियोग एसडिसीले खोटाङको सडकमा २० करोड ५० लाख रुपैयाँ लगानी गरेको छ । महुरे, फोक्सिन्टार सडकखण्ड अन्तर्गत गत वर्Èदेखि स्थानीयवासीद्वारा खन्न शुरु गरिएको ४९ किलोमिटर लामो सडकमा उक्त रकम खर्च भएको बताइएको छ । माथिल्लो सगरमाथा लोकमार्गको नामले परिचित उक्त सडक १७ वर्Èअघि सर्वेÔण्ँ गरिएको थियो । बजेटको अभावमा अलपत्र बनेको सडकलाई जिल्लावासीको आग्रहअनुसार स्वीस सरकारले निर्माण्ँको जिम्मा लिएपछि तीव्र गतिमा सडक निर्माण्ँ भइरहेको छ । नेपाल सरकार, स्वीस विकास नियोग र जिल्ला विकास समिति खोटाङको साझेदारीमा ‘जिल्ला सडक सहयोग...

मलेसियामा एक हप्तामा चार नेपालीको मृत्यु

रामचन्द्र नेपाल मलेसिया, फागुन २९/ रोजगारीको सिलसिलामा मलेसियामा रहेका चार नेपालीको एक हप्ताको अवधिमा मृत्यु भएको छ । पछिल्लोपटक सर्लाही इन्द्रपुर घर भई जौहोरको श्रीआलममा रहेको एक फर्निचर कम्पनीमा कार्यरत फ्याकु सिहं चौधरीको सुतेकै अवस्थामा मृत्यु भएको हो । सधैं झैं खाना खाएर सुतेका उनलाई भोलिपल्ट मृत अवस्थामा फेला पारिएको हो । यसैगरी महोत्तरी घर भई रावाङको एक कम्पनीमा कार्यरत विश्वेस्वर यादवको सडक दुर्घटनामा परी मृत्यु भएको छ । पाँच महिना अगाडि मात्रै रोजगारीको सिलसिलामा उनी मलेसिया आएका थिए । यसैगरी जोहोरको आयरबिरुमा रहेको साबुन र तेल बनाउने...

१८ करोडको अदुवा निकासी

धनुकटा, फागुन २९/ धनकुटाका किसानहरुले यस वर्È १८ करोड रुपैयाँको अदुवा निकासी गरेका छन् । जिल्लामा उत्पादित अदुवा धरान र विराटनगर हुँदै भारत तर्फ निकासी भएको हो । धनकुटाको हिलेका व्यवसायी नन्दकिशोर शाहले पूर्वीनाका काँकडभिट्टा हुँदै भारतीय बजारसम्म अदुवा बिक्री गर्दै आएको बताए । विराटनगरका मनोज शाहले पनि नेपालको पूर्वीनाकाबाट भारतीय बजारमा अदुवाको व्यापार गर्दै आएका छन् । उनीहरुले कृÈकबाट अदुवा खरिद गरी हिले बजारमा भण्डारण्ँ गर्ने गरेका छन् । भारतीय बजारमा नेपाली अदुवाको माग बढीरहेकाले कृÈकलाई लाभ...

गिनिजबुकमा नेपाली

रोहित तिमिल्सिना “म आप्पाको देशमा छु, सामाजिक सञ्जाल फेसबुकको” स्ट्याटसमा लेख्न नपाउँदै उताबाट प्रतिक्रियास्वरुप प्रश्न आयो, के आप्पा अहिले त्यहीँ छन् ? जवाफमा उनले भनेँ, “हो, आप्पा अहिले ग्रेट हिमालयन टेरलको पदयात्राका लागि नेपालमा छन् ।” २१ पटक सर्वोच्च शिखर सगरमाथाको आरोहण्ँ गरेर “गिनिजबुक अफ दी वल्र्ड रेकर्ड”मा नाम लेखाउन सफल आप्पा शेर्पाको सम्बन्धमा सिन्धुपाल्चोकको रिसोर्टमा एक अमेरिकी पर्यटक फेसबुकमार्फत बखान गर्दै थिए । सँगै रहेका हामी केही सञ्चारकर्मीलाई यस कुराले गर्वको महसुस गरायो । नेपाल...

“यो आन्दोलन एकताको आन्दोलन हो”– बाटैमा

सीताराम अधिकारी, अध्यक्ष अखिल नेपाल शिक्षक संगठन(झापा) लामो समयदेखि निरन्तर शैक्षिक आन्दोलनमा हुनुहुन्छ, के छ आन्दोलनको अवस्था ? हो, हामी नेपाली शिक्षकहरु केही समयदेखि निरन्तर आन्दोलनमा होमिएका छौँ । सबै जिल्लामा विद्यालय शिक्षक (बालविकास समेत), कर्मचारीको मात्र होइन, अभिभावक, विद्यार्थी, नागरिक समाज, पत्रकार, व्यापारीको पनि आन्दोलनमा उल्लेखनीय सहभागिता,समर्थन, ऐक्यबद्धता पाइरहेका छौँ । यो आन्दोलन समस्या हल गर्ने दिशातर्पm उन्मुख मात्र होइन एकताका संवाहक बनेको ऐतिहासिक आन्दोलन भएको छ । सरकारको नेतृत्व गर्ने दल निकटको संगठन पनि किन आन्दोलनमा नि...

आखिर झुप्रा त झुप्रै रहे नि – दोस्रो लेख

रुद्र निरौला शिशिर ऋतुको पतझड र तुवाँलो लागेको क्षितिज । फुङ्ग उडेको उराठिलो वातावरण र कर्कस पुनरावृत्ति गरिरहने रेडियो टेलिभिजनका कर्ण विदीर्ण गर्ने अलापहरु अब अनाश्यक भइ सके । पत्रपत्रिकाका अनगन्ती सुस्केराहरु र आँखा अगाडि प्रत्यक्ष देखिने परिदृष्य अहिले कहाली लाग्दा बज्रपात बनेका छन् । भन्न सबैलाई छुट भएका कारण शीत युद्ध चल्दो रहेछ । कसैले कसैलाई भन्न बाँकी राखेनन् । बोल्न हुने नहुने केही ध्यान छैन । कसलाई सम्मान गर्नुपर्ने र कसलाई तिरस्कार गर्नुपर्ने ? कसैलाई चासो छैन । सिंगान पुछिएको र नाक काटिनुको टुङ्गो भएन । को ठूलो ?, को सानो ?, को महान्...

विहार विकास : हल्ला र यथार्थ – पहिलो लेख

रमेश न्यौपाने केही बेथिति वा नराम्ँ्रो कुरालाई जनाउनु परे ‘विहारी शैली’ भनेर टिप्पण्ँी गर्नेहरु अहिले ठीक उल्टो बोल्न थालेका छन् । कारण्ँ हो, विहारले हाँसिल गरेको द्रुत आर्थिक विकास । उनीहरुका विचार र टिप्पण्ँी प्रायः भारतीय सञ्चारमाध्यम र त्यसकै प्रभावले विदेशी मिडियासम्म आउने समाचारमा आधारित हुन्छन् । तर यथार्थ जति सुनिन्छ के त्यत्ति नै हो त ? के विहार साँच्चै राम्राज्य बनिसकेको हो त ? नेपाली पत्रकारहरुसँगको कुराकानीमा पूर्व मुख्यमन्त्री लालु यादव (जो पछि केन्द्रीय रेलमन्त्री समेत भए) ले भनेको एउटा सन्दर्भ रोचक छ । उनले भनेका थिए, ‘तपाईंहरुले...

सच्चा सम्मानको खाँचो – सम्पादकीय

२००७ सालको क्रान्तिदेखि २०६२÷०६३ को जनआन्दोलनका बीचमा पटक–पटक प्रजातन्त्रको घाँटी निमोठिँदै भए पनि प्रजातन्त्र हुँदै ऐतिहासिक जनआन्दोलनपछिको संविधानसभा मार्पmत मुलुक संघीय लोकतान्त्रिक गणतन्त्र सम्म आइपुगेको छ । लोकतान्त्रिक गणतन्त्रको अभ्यास गर्न थालेको पनि ५ वर्ष पुगिसकेको छ । यसबीचका पटक–पटकका राजनीतिक परिवर्तनहरु त्यत्तिकै सम्भव भएका होइनन् । हजारौँ नेपाली आमाका सपुतहरुको बलिदानी, त्याग, तपस्या र निरन्तर कैयौँ योद्धाहरुको संघर्षबाट मात्रै हामीले अहिलेसम्मको राजनीतिक उपलब्धी हात पारेका हौँ । झापा जिल्ला यस्ता अनेकौँ महत्वपूर्ण राजनीतिक परिवर्तनहरुका...