हाईड्रो हाउस:

दक्षिणी इलामको दानाबारीमा निमार्णाधीन सानिमा माई हाईड्रपावर लिमिटेडको विद्युत उत्पादन गृह । यो हाईड्रपावर निर्माण सम्पन्न भएपछि २२ मेगावाट क्षमताको विद्युत उत्पादन हुनेछ । तस्विर : राम योङ्हाङ ।

12

आयोगको प्रतिवेदन पेश गर्नेबारे विवाद कायमै – मुख्य समाचार

काठमाडौं, चैत्र २/ यसअघि तीनपटक म्याद थप्दा समेत विवादित विषयमा सहमति जुटाउन नसकेको संवैधानिक समितिले फेरि १० दिनको समय पाएको छ । बुधबार बसेको संविधानसभाको कार्यव्यवस्था परामर्श समितिको बैठकले विवादित विषयमा सहमति खोज्न संवैधानिक समितिलाई चैत १० गतेसम्मको समय दिएको छ । संवैधानिक समितिको मंगलबार बसेको बैठकले १५ दिनको समय माग्ने निर्णय गरेको थियो । तर कार्यव्यवस्था परामर्श समितिको बैठकले १० दिनको मात्र समय दिएको हो । बैठकले गम्भीर भएर संविधान निर्माणको काममा लाग्न दलहरुको ध्यानाकर्षण पनि गराएको छ । खासगरी मुख्य तीन दलका शीर्ष नेताहरुले आ–आफ्नो जिम्मेवारीमा...

संघीयता विरोधको प्रतिकार हुने – उपमुख्य समाचार

केन्द्रमा राज्य पुनर्संरनाको बहस चर्किरहेका बेला राष्ट्रिय जनमोर्चाले भने संघीयताको विरोध गर्नेक्रमलाई निरन्तरता दिएको भन्दै मञ्च सम्बद्ध संघीय लिम्बुवान राज्य परिषद्ले कडा आपत्ति जनाएको छ । परिषद्का महासचिव फक्ताङलुङ योङहाङले बुधबार जारी गरेको प्रेस बिज्ञप्तिमा संंविधानसभा मार्फत् नयाँ संघीय संविधान लेखन कार्य भइ जारी गर्ने समय नजिक आइरहेको सन्दर्भमा मोर्चाले संघीयताको विरोधमा बन्द हड्तालजस्ता कार्यक्रम तय गरेकोले त्यस्ता बन्दको प्रतिकारमा उत्रिने चेतावनी दिइएको छ । परिषद्ले  निर्धारित समय जेठ १४ मा लिम्बुवान सहितको संघीय संविधान जारी गर्न...

राज्यमन्त्रीद्वारा भवन उद्घाटन

लखनपुर, चैत्र २/झापाको लखनपुर–८ स्थित सरस्वती माविको नवनिर्मित भवनको शिक्षा राज्यमन्त्री लिला भण्डारीले उद्घाटन गरेकी छन् । शिक्षा राज्यमन्त्री लीला भण्डारीलाई दमक बहुमु्खी क्याम्पसमा स्वागत गरिँदै । बिभिन्न निकायको सहयोगमा निर्मित भवनको उनले बुधबार उद्घाटन गरेकी हुन् । भवन निर्माणका लागि जिल्ला शिक्षा कार्यालयले ६ लाख ५० हजार, जिल्ला विकास समितिले ३ लाख, गाविसले ८० हजार, दश विद्यालय भौतिक निर्माण तथा सहयोग समितिले १ लाख रुपैयाँ सहयोग गरेका छन् । यस्तै सो भवनका लागि  विद्यालयको आन्तरीक श्रोतबाट...

प्रजातन्त्रका सेनानीको निधन

गौरादह, चैत्र २/प्रजातन्त्रका सेनानी गौरादह ९ निवासी कृष्णप्रसाद घिमिरेको निधन भएको छ ।मंगलबार साँझ पौने ७ बजे काठमाडौमा उपचारकै क्रममा निधन भएका घिमिरेको बुधबार पशुपति आर्यघाटमा अन्त्येष्टी गरिएको जनाइएको छ । ८५ वर्षीय घिमिरे मधुमेह रोगबाट पीडित थिए । उनको अन्त्येष्टीमा नेपाली कांग्रेसका महामन्त्री कृष्णप्रसाद सिटौला सहित राजनीतिक नेता कार्यकर्ता सामाजिक तथा शैक्षिक व्यक्तित्वहरु लगायत सहभागी थिए ।स्वर्गीय घिमिरेका श्रीमती, छोरा डा. हरि घिमिरे, छोरीहरु इन्दिरा, भुपा र सीता रहेका पार्टी स्रोतले जनाएको छ । उनको निधनमा बुधबार गौरादहमा नेपाली कांग्रेस...

आलु कुहिएको बारे अनुसन्धान शुरु

किसानहरुले भने माटोमा नभई बिउमा रहेको खराबीका कारण आलु उत्पादनमा नोक्सानी भएको बताएका छन् । लखनपुर, चैत्र २/लखनपुर–१ गुहेश्वरीमा दादे रोगका कारण बिज बृद्धिका लागि गरिएको आलुखेती असफल बारे अनुसन्धान सुरु गरिएको छ । पूर्व मूल बिउ प्रदान गरेको आलुबारी विकास कार्यक्रमले नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) सँगको समन्वयमा अनुसन्धान सुरु गरेको हो । प्रारम्भिक अनुसन्धानसँगै सो जमिनमा ५ वर्षसम्म आलुखेती नगर्न बिज्ञहरुले सुझाव दिएका छन् । स्थानीय लगनशील कृषि सहकारी संस्थाको अगुवाईमा ३ वर्षदेखि आलुको बिज बृद्धि खेती गरिँदै आएको स्थाननको जमिन प्रारम्भिक अनुसन्धानबाट...

श्रीमतिको हत्या

शिवगञ्ज, चैत्र २/ झापाको महाभारा–७ मा एक व्यक्तिले मादक पदार्थ सेवनगरी आफ्नै श्रीमतीको हत्या गरेका छन् । सो ठाउँका ३५ वर्षीय हल्दि मर्डी (सन्थाल) ले मादक पदार्थ सेवन गरी कुटपिट गर्दा ३० वर्षीया ऋषीदेव मर्डीको मृत्यु भएको हो । गत फागुन २५ गते पारिवारीक विवादमा श्रीमानको कुटपिटबाट गम्भिर घाईते भएकी ऋषीदेवको उपचार अभावमा घरैमा मंगलबार मृत्यु भएको इलाका प्रहरी कार्यालय झिलझिलेले जनाएको छ । प्रहरीेले ऋषीदेवका श्रीमान हल्दिलाई बुधबार नै नियन्त्रणमा लिएको जनाइएको छ...

नेपालको दोस्रो जित – खेल समाचार

दमक, चैत्र २/ नेपालले डेनमार्कलाई ९ विकेटले हराएर बुधबार आईसीसी ट्वान्टी–ट्वान्टी विश्वकप क्रिकेट छनोटमा लगातार दोस्रो जित हात पारेको छ । डेनमार्कले दिएको ८३ रनको विजयी लक्ष्य नेपालले ४४ बल बाँकी छँदै पार ग¥यो । दुबईको आइसीसी ग्लोवल क्रिकेट एकेडेमीमा भएको खेलमा नेपाललका लागि प्रदीप ऐरिले सर्वाधिक ६५ रन बनाएका थिए भने शरद भेष्वाकरले १३ रन जोडे । उनीहरुले दोस्रो विकेटका लागि नट आउट ७८ रनको साझेदारी गरेका थिए । ओपनर ब्याट्स् म्यान परेश लोहनी ३ रन बनाएर पवेलियन फर्केका थिए । यसअघि नेपालको सानदार प्रदर्शनमा ह्याट्रिक गरेका शक्ति गौचनले चार विकेट लिएका...

केर्खामा कन्सर्ट हुने

केर्खा, चैत्र २/झापाको तोपगाछीस्थित केर्खामा आगामी आइतबार लाइभ कन्सर्ट हुने भएको छ । केर्खास्थित न्यू स्टार क्लबको आयोजना रहने सो कन्सर्टमा नेपालकै चर्चित द एज ब्याण्डले एकल प्रस्तुती गर्ने कन्सर्टका संयोजक गोपाल साम्राले जानकारी दिए । गत पौष महिनामा केर्खामा आयोजना गरिएको प्रथम ऐतिहासिक तोपगाछी महोत्सवमा नोक्सानी व्यहोर्नुपरेकाले सोका लागि सहयोगार्त कन्सर्ट आयोजना गर्न लागिएको संयोजक साम्राले बताए । कन्सर्टमा २ लाख ५० हजार रुपैयाँ खर्च हुने तथा ५ हजार दर्शकले टिकट काटेर कन्सर्ट हेर्ने आयोजकको दाबी छ । केर्खास्थित शहिद धर्मभक्त उच्च मा.वि.को प्राङ्गणमा...

एभरेष्टद्वारा सम्मान र छात्रवृत्ति

दमक, चैत्र २/ झापाको दमकस्थित एभरेष्ट मल्टी टेक्निकल कलेजले बुधबार एक कार्यक्रमको आयोजना गरी २७ जना शिक्षकहरुलाई सम्मान तथा २९ जना विद्यार्थीलाई छात्रबृत्ति प्रदान गरेको छ । जिल्ला शिक्षा कार्यालय झापाका उप–सचिव फडिन्द्र खत्रीको प्रमुख आतिथ्यमा सम्पन्न एभरेष्ट सांस्कृतिक तथा बृहत छात्रबृत्ति एवम् सम्मान कार्यक्रमको आयोजना गरी एभरेष्टले दमकका अग्रज शिक्षक छबिलाल सिटौला सहित सामुदायिक विद्यालय अन्तर्गत दमक स्रोत केन्द्रका कृष्ण भण्डारी, गौरादह स्रोत केन्द्रका गणेश पौडेल, तोपगाछी स्रोत केन्द्रका सूर्य सापकोटा र कलेजका सिनियर कम्प्युटर टेक्निसियर...

परीक्षा दिँदा ध्यान दिनुपर्ने कुराहरु

श्यामकुमार सिंह हामीले आफूभित्र यस्तो Ôमता विकसित गर्नुपर्छ कि जीवनमा प्रत्येक Ôण्ँ केही न केही सिक्न सकौ“ । आजको समय कडा प्रतिस्पर्धाको हो । जीवनको प्रारम्भदेखि लिएर अन्त्यसम्म मानिसलाई कैयन् परीÔा पार गर्नुपर्छ । स्कुलमा जीवनका लागि स्पष्ट मार्गदर्शन एउटा बालकलाई दिइरहनुपर्छ । एउटा छात्रले आङ्खनो विÈयलाई कति गहिराइसाथ आत्मसात् गरेको छ । परीÔामा उसले प्राप्त गरेको अङ्क नै हुन्छ । परीÔाले हामीलाई आत्मसात् गराउ“छ कि हामी कुन माटोले बनेका छौ“ र हामीस“ग विÈम परिस्थितिबाट बच्ने र समस्या सुल्झाउने कति Ôमता छ । परीÔामा सफल हुने केही सुझाव यसप्रकार छन्...

बेमौसमको शिक्षक आन्दोलन – खुल्ला आकाश

शिव अधिकारी पटके आन्दोलन गर्दै आएका शिÔकहरुले फागुन २८ गते चाहिं अति नै गरे । आङ्खनै विद्यार्थीलाई वार्Èिक परीÔा दिनबाट समेत बञ्चित गरेर उनीहरुले शिÔासेवी भएको ‘काइते’ व्यबहार प्रस्तुत गरे । कÔा ८ को जिल्लास्तरीय परीÔा शुरु भएकै दिन शिÔकहरुले शैÔिक आमहड्तालको कार्यक्रम घोÈण्ाँ गरे । विद्यार्थीहरु भने परीÔाको सम्पूणर््ँ तयारी गरेर विद्यालय गए । शिÔकले बन्द गराएका विद्यालयको खाली कोठालाई नियाल्दै निन्याउरो अनुहार बनाएर घर फर्किए । सम्भवतः विद्यार्थीको वार्Èिक परीÔाकै दिन शिÔकहरुले स्कूल बन्द गराएको यो पहिलो घटना हो । वाह, नेपाली शिÔासेवी मान्नुपर्छ...

शिक्षकका आवाजमा झस्कने र तर्सनेहरु – दोस्रो लेख

टङ्क पाठक २०३६ साल देखि यो मुलुकमा शिक्षकहरुले आफ्ना पेशा हक हित र देशमा समय सापेक्ष शिक्षा सुधारका लागि आवाज उठाउँदै आएका छन् । आज पनि ती आवाजहरु गुञ्जमान छन् । आवाज गुञ्जिन्छन् अनि थन्किन्छ । “काग कराइरहन्छ पिना सुकिरहन्छ ।” ती आवाजप्रति वास्तविकताको अध्ययन गर्ने कसरत नै गरिदैन । अनि सामुदायिक विद्यालयका शिक्षकहरुलाई आरोप लगाइन्छ, राजनीति गरे रे, पढाएनन् रे, झण्डाबोकेर । राजनीतिक गर्नु झण्डा बोकाउन र झोले बनाउने को हो थाहा छ ? तिनै आज झस्कने र तर्सनेहरु होइनौ र ? तिनै कांग्रेसका, एमालेका, माओवादीका मान्छेहरु होइनौ र ? जब–जब संगठन गर्ने बेला आउँछ...

तराई केन्द्रीत कांग्रेस कार्यक्रम – पहिलो लेख

कुलचन्द्र वाग्ले नेपाली कांग्रेसले तराइ Ôेत्रमा आफूलाई थप सक्रिय बनाउने प्रयत्न गरेको छ । यस क्रममा गत हप्ता सुनसरीको इटहरीमा प्रशिÔण्ँ कार्यक्रमसमेत सम्पन्न ग¥यो । अन्य ठाउ“मा पनि यस्ता कार्यक्रम गर्ने योजना बनाएको कांग्रेसले प्रशिÔण्ँबाट त्यहा“को माग, आवश्यकता र खा“चोलाई बुझ्नेछ । जनताकै जरामा पुगेर स्थिति बुझ्नु र राजनीति गर्नु कुनै पनि राजनीतिक दलका लागि स्वभाविक दायित्व हो । त्यसमा पनि लोकतान्त्रिक दललाई अनिवार्य नै हुन्छ । यस्ता कार्यक्रममा स्थानीयबाट प्राप्त सुझावलाई सङ्कलन गरेर कांग्रेसले नेपाल अनुकूल तराइ नीति तय गर्ने लक्ष्य लिएको हुनुपर्छ...

सरकार–वर्कस वार्ता सकरात्मक शुरुवात – सम्पादकीय

२०६४ माघ महिना देखि किरात स्वायत्त राज्यको माग राख्दै सशस्त्र गतिविधि थालेको किरात जनवादी वर्कस पार्टीले हतियार बिसाउने संकेत दिएको छ । वर्कस र सरकारका प्रतिनिधिहरु बीच भर्खरै सम्पन्न प्रथम चरणको वार्तामा राज्यका तर्पmबाट वर्कस नेता–कार्यकर्ता माथि लागेका आरोप फिर्ता लिन र वर्कसले विभिन्न समुदायमा पूर्वी पहाडी जल्लाका प्रहरी चौकीहरुबाट लुटेका हतियार सरकारलाई बुझाउने विषयमा सकरात्मक छलफल प्रारम्भ भएको देखिन्छ । किरात मुन्धुम विचारधाराका आधारमा वर्कसले किरात स्वायत्त राज्यको माग गर्दै थालेको भूमिगत गतिविधिका दौरान पूर्वी पहाडका खोटाङस्थित नुनथला...