हाईड्रो हाउस:

दक्षिणी इलामको दानाबारीमा निमार्णाधीन सानिमा माई हाईड्रपावर लिमिटेडको विद्युत उत्पादन गृह । यो हाईड्रपावर निर्माण सम्पन्न भएपछि २२ मेगावाट क्षमताको विद्युत उत्पादन हुनेछ । तस्विर : राम योङ्हाङ ।

12

५१ परिवारका २ सय ७८ जना बिस्थापित – मुख्य समाचार

पिपुल्स टाइम्स समाचार बेलडाँगी/झापाको दमकस्थित भुटानी शरणार्थी शिविर बेलडाँगीमा बिहीबार राति भएको आगलागीबाट ५१ परिवारका २ सय ७८ जना बिस्थापित भएका छन् । बेलडाँगी २ को सेक्टर बी ४ छाप्रा नम्बर २५ का रामचन्द्र बाँस्कोटाको छाप्राबाट करिब साढे १२ बजेतिर सुरु भएको आगलागी थियो । सडक किनारमा बिस्थापितहरु  स्थानीय सशस्त्र प्रहरी वेस क्याम्पका सशस्त्र प्रहरी निरीक्षक बिजेन्द्र रिमालले शुक्रबार दिनभर उद्धारको कार्य गरिएकाले क्षतिको यकिन विवरण आइनसकेको बताए । आगलागीबाट ३४ छाप्रा जलेका हुन् भने अन्य...

‘एक लोटा पानी पनि पाईन’ – उपमुख्य समाचार

दनदनी बलेको छानो खसेर राप आउन थालेपछि मात्र रामचन्द्र बाँस्कोटाको निद्रा खुल्यो । तर निद्रा खुल्नसाथ उनी अर्धमुर्छित भए । उनले भने– ‘मैले त केहि देखिन, दनदनी बलेको छानो खसिरहेको थियो तर पनि मलाई अन्धकार झैँ भयो ।’ उनी गोलधाप शरणार्थी शिविरका पूर्व सचिव पनि हुन् । उनी गत जेठमा बेलडाँगी शिविर बसाई आएका हुन् । आगोले छानो टिपीसकेपछि ८ वर्षकी सानी छोरी च्यापेर श्रीमती निस्किएपछि उनी आगो निभाउन धुरीमा उक्लिए । ‘म आगो निभाउन ४ चोटी छानामा उक्लिँदै र ओर्लिदै गरे, त्यतिन्जेलमा वरिपरी मान्छेको भीड पनि लागिसकेको...

एघार दल खारेज

काठमाडौं/पटक–पटकको ताकेतापछि पनि हिसाबकिताब नबुझाएपछि निर्वाचन आयोगले ११ वटा दल खारेज गरेको छ । ति दलहरु आयोगको सूचनालाई अटेर गरी सम्पर्कमा नआएपछि शुक्रबार खारेज गरिएको हो । खारेजीमा परेका दलहरुमा समाजवादी पार्टी नेपाल, राष्ट्रिय जनता दल, प्रजातान्त्रिक शान्ति पार्टी, नेपाल जागृति दल, नेपाली जनतन्त्र पार्टी, प्रजातान्त्रिक शक्ति पार्टी, राष्ट्रिय जन एकता पार्टी, नेपाली राष्ट्रिय जन भावना पार्टी, राष्ट्रवादी मिलन केन्द्र नेपाल दल र प्रजातान्त्रिक जनमुक्ति पार्टी छन् । नेकपा (मालेमा केन्द्र) भने यसअघि एकीकृत नेकपा (माओवादी) सँग एकीकरण भइसकेको छ ।...

ब्राह्मण समाजको बन्द स्थगन

दमक/ब्राह्मण समाज नेपालले आगामी फागुन–२१ गर्ने भनेको नेपाल बन्द स्थगन गरेको छ । बिभिन्न जातीय संस्थाहरु बीच कार्यगत एकता गरी निर्णायक आन्दोलनको तयारीका लागि नेपाल बन्द स्थगन गरिएको शुक्रबार दमकमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । कार्यक्रममा समाजका केन्द्रीय सल्लाहकार मोहन भण्डारीले जातीय राज्य र जातीय आरक्षणको बिरोधमा रहेका बिभिन्न संस्थाहरु बीच कार्यगत एकता शुरु भइसकेको बताए । यस्तै समाजका केन्द्रीय सह–अध्यक्ष लक्ष्मी संग्रौलाले नेपालमा जातीय राज्य सम्भव नरहेको उल्लेख गर्दै समाज यसको बिपक्षमा रहेको बताए । कार्यक्रममा समाजका केन्द्रीय...

गाउाको सुरक्षामा महिलाहरु

विष्णु सुब्बा लखनपुर/झापा लखनपुर–१ का महिलाहरुको हिजोआज दैनिकी बदलिएको छ । सधै घरायसी कामकाजमा खटिने उनीहरु अहिले सा“झ पर्नासाथ गाउ“का सुरक्षामा जुट्छन् । गाउ“लाई जाडरक्सी, लागुऔषधबाट हुने सामाजिक उच्छृंखल नियन्त्रण गर्न केहीसमयदेखि त्यस क्षेत्रका महिलाहरुले रात्री गस्ती अभियान सञ्चालन गरेका छन् । लखनपुर–१ र २ को मंगलबारे बजार आसपासका क्षेत्रमा स्थानीय आमा समूह र सगुन युवा क्लबका युवाहरु संगठित भइ गाउ“लाई सामाजिक उच्छृंखलमुक्त बनाउन रात्री गस्ती अभियान थालेका छन् । युनाइटेड बहुउद्देश्यीय सहकारी संस्थाकी सदस्य रहेकी चन्द्रकला सुब्बा भन्छिन्–‘गाउ“लाई...

पत्नीहत्या आरोपी पक्राउ

इलाम/कोल्बुङग गाविस–३ का धनबहादुर लेप्चालाई पत्नी हत्याको आरोपमा शुक्रबार प्रहरीले गिरफ्तार गरेको छ । ३९ वर्षीया फूलमाया लेप्चालाई कुटपिट गरी हत्या गरेको आरोपमा इलाका प्रहरी कार्यालय पशुपतिनगरले उनलाई गिरफ्तार गरेको हो । घरनजिकै फूलमायाको लास फागुन १३ गते भेटिएपछि स्थानीयले उनको हत्या भएको आशंका गरेका थिए । मृतकको शरीरमा चोट र निलडाम समेत भएकाले पीडितको हत्या गरेको हुनसक्ने भएकोले अनुसन्धानका लागि धनबहादुरलाई गिरफ्तार गरेको इलाका प्रहरी कार्यालय पशुपतिनगरका प्रहरी निरीक्षक राजेन्द्र पराजुलीले बताए । उनका अनुसार घटनाको थप अनुसन्धान भईरहेको छ । घटनाका...

‘नेपालमा अमेरिकी सेना’

काठमाडौ/अमेरिकी सेनाको महत्वपूर्ण फोर्स नेपालमा रहेको खुलासा भएको छ । अमेरिकास्थिति पेन्टागनका वरिष्ठ अधिकारीले नेपाल लगायत दक्षिण एसियका अन्य ४ वटा देशमा अमेरिकी सेना तैनाथ भएको खुलासा गरेका हुन् । तर, सरकारले भने यसबारेमा कुनै आधिकारीक जानकारी सार्वजनिक गरेको छैन ।  अमेरिकाले आतंकवादको विरोधमा अमेरिकी सेनालाई तैनाथ गरिएको बताएको छ । नेपालका साथै भारत, माल्दिभ्स, बंगलादेश र श्रीलंकामा अमेरिकी सेना तैनाथ रहेको बताइएको छ । अमेरिकाले दक्षिण एसियामा आफ्ना लागि निकै चूनौतिपूर्ण अवस्था रहेको बताएको छ । भारत तथा पाकिस्तानबीचको अस्थिर सम्बन्ध, लश्कर...

माओवादी कार्यकर्ता पक्राउ

दाङ/ माओवादी मगरात राज्य समिति सदस्य जसराम बुढा बिस्फोटक पदार्थसहित पक्राउ परेका छन् । ओत ३ छड्केढुंगा निवासी ३५ वर्षीय बुढा १० थान डेटोनेटर, १० थान जिलेटिन र ७ दशमलव ९ मिटर डेटकर्डसहित पक्राउ परेका हुन् । घोराहीको भानु चोकमा बिहीबार राति ११ बजे शरीर खानतलासी गर्दा उनको झोलामा बिस्फोटक पदार्थ पक्राउ परेको हो । उनले बोकेको बिस्फोटक पदार्थ निकै शक्तिशाली बम बनाउन प्रयोग हुने जिल्ला प्रहरी प्रमुख एसपी गणेशबहादुर ऐरले बताए । २०५४ सालदेखि माओवादीमा लागेका घर्ती पार्टीमा तुफानका नामले परिचित छन् । उनी गुल्मीमा कार्यरत थिए । गुल्मीबाट रोल्पा फर्कने क्रममा...

दुर्घटना न्युनिकरणमा सक्रियता

झिलझिले/झापाको सतासीधाम आसपासका क्षेत्रमा सडक दुर्घटना न्युनिकरण गर्न ट्राफिक प्रहरी र स्थानीयहरुको सक्रियता बढ्दै गएको छ । लामो समय भएपछि मेटिदै गएको सतासीधाम आसपासका जेब्रा क्रसिङ लाइनलाई पुन रङ्गयाउने कार्य शुक्रबार सम्पन्न गरिएका छन् । ट्राफिक प्रहरी पोष्ट झिलझिले र क्रिएटिभ स्पोर्टिङ्ग क्लव झिलझिलेको संयुक्त सहकार्यमा महेन्द्र राजमार्गका आधादर्जन ठाउँमा बन्दको मौकामा चहलपहल थोरै हुने भएकाले जेब्रा क्रसलाईन बनाइएको हो । राजमार्ग आसपासमा विधार्थी सहित अन्य मानिसहरु ओहोरदोहोर गर्ने हँुदा मेटिएका...

बलात्कारको आरोपी जेल चलान

सुनसरी/एघार महिना अगाडि मधुवन गाविस–७ की १४ वर्षीया एक बालिकालाई बलात्कार गरी फरार रहेको दुई जनालाई बिहीबार जिल्ला अदालत सुनसरीको आदेशमा पूर्पक्षका लागि क्षेत्रीय कारागार झुम्का चलान गरिएको छ । कारागार चलान भएकाहरुमा लौकही गाविस–८ का ३० वर्षीय निरन्जनकुमार मण्डल र सोही गाविस–७ का २८ वर्षीय गौतमकुमार मण्डल रहेको प्रहरीले जनाएको छ । गत वैशाख ३ गते बालिकालाई बलात्कार गरी हालसम्म फरार रहेको अवस्थामा जिल्ला अदालत सुनसरीमा बुधबार बयानका लागि हाजिर भएको अवस्थामा प्रहरीले नियन्त्रणमा लिई अदालतमा उपस्थित गराउँदा अदालतको आदेशमा पुर्पक्षका लागि कारागार गरिएको...

कांग्रेसको क्षेत्रीय सम्मेलन

दमक/नेपाली कांग्रेसले आज दमकमा क्षेत्रीय सम्मेलन गर्दैछ । सम्मेलनमा झापा क्षेत्रनम्बर–७ का अगुवा कार्यकर्ताहरुको सहभागिता रहने क्षेत्रीय सभापति शेरबहादुर भट्टराईले जानकारी दिए । पार्टीका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीको प्रमुख आतिथ्यता रहनेछ । केहि महिनादेखि बिरामी परेका पार्टीका पूर्व जिल्ला सभापति तथा महासमिति सदस्य पूर्णानन्द शर्माको समेत सम्मेलनमा उपस्थिति रहने जनाइएको छ...

निर्देशकमा ओली

काठमाडौ/परराष्ट्र मन्त्रालयलले दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) सचिवालयको नेपाल निर्देशकमा धनबहादुर ओलीलाई पठाउने भएको छ । नेपाल निर्देशकमा ओलीलाई पठाउने निर्णय भएको परराष्ट्र मन्त्रालयल स्रोतले जनाएको छ । परराष्ट्रमा उपसचिव रहेका उनी अहिले युएन शाखामा कार्यरत छन् । ओलीलाई तीन वर्षका लागि सार्क सचिवालय नेपाल निर्देशकमा पठाउने निर्णय भएको एक अधिकारीले बताए । परराष्ट्र स्रोतले भन्यो ‘डेढ महिना भित्र उहाले आफ्नो नयाँ जिम्मेवारी सम्हाल्नु हुनेछ...

च्याम्पियनसीपको उपाधि हमाललाई

कञ्चनपुर/मध्यमाञ्चल विकास क्षेत्र निवासी फिडेमास्टर मनिष हमालले छैटौं राष्ट्रिय खेलकुद अन्र्तगत सञ्चालित १७ औं राष्ट्रिय बुद्धिचाल प्रतियोगितामा उपाधि चुमेका छन् । शुक्रबार सम्पन्न फाइनल चरणको खेलमा एपीएफका क्यान्डिडेटमास्टर केशव श्रेष्ठलाई बराबरीमा रोक्न सफल भएपछि मनिषले मध्यमाञ्चल विकास क्षेत्रका लागि थप १ स्वर्ण पदक पक्का गरेका हुन् । केशव दोश्रो स्थानमा रहँदै रजत पदक हात पार्न सफल भए । फाइनल चरणको खेलमा मध्यमाञ्चलकै धरमबहादुर लामालाई पराजित गरेका प्रचण्डमान मालाकारले तेश्रो स्थानमा रहँदै काँस्य पदक प्राप्त गरे । मनिष, केशव र प्रचण्डको समान...

रवि स्मृति फुटबल शुरु – खेल समाचार

दमक/अखिल क्रान्तिकारी इकाईको आयोजनामा शुक्रबारबाट दमक बहुमुखी क्याम्पसको खेल मैदानमा रवि स्मृति फुटबल प्रतियोगिता शुरु भएको छ । पत्रकार र अखिल क्रान्तिकारी बीचको मैत्रीपूर्ण खेल खेलको उद्घाटन कार्यक्रममा भएको पत्रकार र अखिल क्रान्तिकारी बीचको मैत्री पूर्ण खेलमा क्रान्तिकारीले २ का बिरुद्ध ३ गोल लगाएको थियो । यस्तै दोश्रो खेलमा दमक बहुमुखी क्याम्पस बि टीमले लाईफलाईन स्वास्थ्य विज्ञान प्रतिष्ठानको टीमलाई शुन्यका बिरुद्ध २ गोलले जित्यो । सो खेलमा बिजयी टीमका प्रविन लिम्बू म्यान अफदी म्याच घोषित...

रुट बाहिर जाँदा विमान दुर्घटना

ललितपुर/प्रचलित रुटको परिधिभन्दा बाहिर गई चालक दलले अवतरणको प्रयास गरेकाले ललितपुरको कोटडाँडामा बुद्ध एयरको विमान दुर्घटनाग्रस्त भएको छानबिन समितिले ठहर गरेको छ । शुक्रवार पर्यटन तथा नागरिक उड्डयन मन्त्री लोकेन्द्र बिष्ट मगरलाई प्रतिवेदन दिदै समितिका अध्यक्ष एवं सदस्यहरुले त्रुटिपूर्ण अवतरण विधिलाई नै दुर्घटनाको प्रमुख कारण मानेका छन् । ‘विचक्राफ्ट विमान सामान्यता ६ हजार फिटको उचाईमा उपत्यकाभित्र छिर्नुपर्नेमा मात्रै ५५ सय फिट उचाईमा फरक ठाउँबाट भ्यालीमा छिरेको देखिन्छ’ छानविन समितिका संयोजक राजेशराज दलीले भने, ‘विमान जमिन पुगेको जनाउ दिने आर्लाम...

ब्युरोमा पुनः शुसन लिम्बू

उर्लाबारी/एकीकृत नेकपा माओबादीको भातृसंगठन जनस्वयम्सेवक परिचालन ब्यूरो उर्लाबारी नगरसमितिमा पुनः सुशन लिम्बुको अध्यक्षतामा  नयाँ कार्यसमिति पुनर्गठन गरिएको छ । शुक्रबार भएको भेलाले बरिष्ठ उपाध्यक्षमा राजिव लिम्बु, उपाध्यक्षमा जीवन राई, सचिवमा गोबिन्द लिम्बु, सह–सचिवमा बिधान बराल, कोषाध्यक्षमा दीपक आले मगर र सह–कोषाध्यक्षमा मिलन निरौला रहेका छन् । त्यस्तै सदस्यहरुमा सुवास तामाङ, भवानी लिम्बु, रोमन कार्की, राजु आले मगर, श्यामु कार्की, चन्द्र लिम्बु, मणि राई, रोहित कार्की, गोपाल कट्टेल, मनिष कार्की, निमा तामाङ, बिजय लिम्बु लगायत रहेको अध्यक्ष...

भन्सार राजस्वमा एक करोड घाटा

जनकपुर/जलेश्वर भन्सार कार्यालय मटिहानीलाई एक करोड घाटा भएपछि राजस्व लक्ष्य प्रभावित भएको छ । आन्दोलनको क्रममा २६ दिन जलेश्वर बन्द भएपछि सो घाटा भएको भन्सार प्रमुख पार्वतीरमण दाहालले बताए । भन्सार कार्यालयको वार्षिक लक्ष्य १६ करोड रुपैयाँ रहेको छ । भन्सार अधिकृत दाहालले भने–‘२६ दिन जलेश्वरमा आन्दोलन भएपछि भन्सार कार्यालय ठप्प भएकोले यस्तो स्थिति आएको हो ।’ यस वर्ष लक्ष्य प्राप्ति गर्न मुस्किल पर्नेछ भन्सार स्रोतले बतायो । भारतबाट यो नाका भएर औद्योगिक कच्चापदार्थ पेट्रोलियम पदार्थ आउने गरिन्छ तर जलेश्वर बन्दको क्रममा व्यापारीहरु अर्का नाकातर्फ आकर्षित...

इलामको बजेट २ अर्ब ७१ करोड

ईलाम/ जिल्ला विकास समिति इलामले आगामी आर्थिक वर्ष २०६९÷०७० को बजेट सार्वजनिक गरेको छ । आगामी वर्षका लागि  २ अर्ब ७१ करोड ८६ लाख ७० हजार रुपैंयाँ बजेट सार्वजनिक गरिएको हो । स्थानीय विकास अधिकारी सुमन घिमिरेले बजेट सार्वजनिक गरेका हुन् । सार्वजनिक गरिएको बजेट नीति तथा कार्यक्रमबाट जिविसतर्फ आन्तरिक तथा बाह्य स्रोत गरी कूल ३६ करोड ७६ लाख ३४ हजार रुपैंया बजेट बिनियोजन गरेको छ । त्यस बजेटमध्ये आन्तरिक स्रोततर्फ रु. १ करोड ९० लाख तथा राजश्व वाूडफाूडबाट ८० लाख रुपैंया प्राप्त हुने साथै बाह्यतर्फ नेपाल सरकारबाट प्राप्त हुने कार्यक्रमहरुको रु. ३३...

कार्यकर्ताको स्थिति सार्वजनिक गर्न माग

धनकुटा/ युवा संघ नेपाल धनकुटाले आफ्ना कार्यकर्ताको स्थिति सार्वजनिक गर्न माग गरेको छ । संघले फागुन १९ गते प्रेस विज्ञप्ति जारी गर्दै धनकुटा नगरपालिका वडा नं. १ हिलेका सन्तोष भनिने २४ वर्षीय मोहन तामाङलाई २ दिन अघि अपरिचित समूहले नियन्त्रणमा लिएको भन्दै स्थिति सार्वजनिक गर्न माग गरेको हो । संघ जिल्ला अध्यक्ष डिपलव राईद्वारा जारी विज्ञप्तिमा तामाङलाई मोटरसाईकल दुर्घटना भयो भन्दै ढोका खोल्न लगाएर विना कारण अपहरण शैलीमा लगेको उल्लेख गरिएको छ । सो समूहले लगे पश्चात राति केही समय तामाङलाई हिले प्रहरी चौकीमा राखिएको थाहा भएको स्थानीयबासी ओङदा तामाङले...

सहकारीको लेखापाल तालिम

दमक/ सहकारी संस्थामा आवद्ध लेखापालहरुको क्षमता अभिबृद्धि गर्ने उद्देश्यले दमकमा पाँच दिने तालिम सञ्चालन गरिएको छ । शुक्रबारदेखि शुरु भएको सो तालिममा दमक, तोपगाछी, धरमपुर र लखनपुर गाविस अन्तर्गत ३० ओटा सहकारीका लेखापालहरुको सहभागिता रहेको छ । तालिम उद्घाटन कार्यक्रममा राष्ट्रिय सहकारी संघका सदस्य गणेश बस्नेत, डिभिजन सहकारी कार्यालयका प्रमुख नेत्र प्रसाद घिमिरे लगायतले सहकारीका बारेमा बोलेका थिए । अन्तर्राष्ट्रिय सहकारी वर्ष २०६८ को सन्दर्भ पारेर झापा जिल्ला सहकारी संघ क्षेत्रीय समन्वय समिति र डिभिजन सहकारी कार्यालयले संयुक्त रुपमा सोतालिमको आयोजना...

प्राकृतिक उपचारका एकलव्य वालिङ्

नगेन्द्र राई बाहुनडा“गी÷ एक वर्षको छ“दा वाबुको मृत्यु भयो । पहाडको परिवार दुःखले हुर्किए उनी । १२ वर्षको हु“दा जन्मथलो ताप्लेजुङ मेहेले छाडेर कमाईखान गाउ“का युवाहरुसंगै सिक्किम लागे । त्यहा“ उनले कसैको घरमा काम गर्ने अवसर पाए । जेनतेन घरको काम गर्दा एक विरामी उपचार गरि माग्दै म काहा“ आए । विरामीको उपचार गर्न त के मलाई कुन प्रकारको विराम हो भन्ने समेत थाहा थिएन । उनले भने– ‘तरपनि जंगली वनस्पतीको प्रयोगवाट उपचार हुन्छ भन्ने सुनेको कारण मैले जंगलमा गई अन्दाजमा वनस्पतीको जरा ल्याएर विरामीलाई ख्वाए“...

जे.के. रोलिङ – प्रेरक व्यक्तित्व

(किताब लेखेर नै विश्वका अत्यन्त धनी महिलाको सूचिमा परेकी साहित्यकार) जे.के रोलिङको जन्म ३१ जुलाई, १९६५ मा इंग्ल्याण्डको ब्रिस्टोल नजिकै चिपिङ सोडबरीमा भएको थियो । रोलिङ एक किशोर जादूगरको चमत्कारिक विषयमा आधारित ह्यारी पोट्टर श्रंखलाकी लेखिका हुन् उनको फुच्ची हुँदाको नाम जोआन क्याथलीन थियो । उनीभन्दा दुई वर्ष कान्छी उनकी एक बहिनी डि छिन् । यहाँ रोचक कुरा के छ भने रोलिङ आफूले ५÷६ वर्षदेखि नै लेख्न थालेको कुरा बताउँछिन् । उनको पहिलो कथा “खरायो” मा रोचक पात्रहरु थिए । मिस बी नामको एक ठूलो मौरी ती मध्ये...

नेपाल आमा इमान्दार सपुत जन्माइदेऊ – दोस्रो लेख

राम प्रधान नेपाल दुई आटा ठूला देशकोबीचमा चेपिएको एउटा भूपरिवेष्ठित मुलुक हो । पूर्व, दक्षिण र पश्चिमतिर भारत छ भने उत्तरतिर विशाल चीन छ । ती देशहरुको औकात र हैसितय एसियाको शक्तिशाली देशमा पर्दछ । नेपाल विश्वमान चित्रमा छुट्टै पहिचना बोकेको देश भए तापनि नेपालले आर्थिक हैसियत समृद्धिको बाटोमा उल्लेखनीय गति चाल्न सकेको छैन । नेपालको आर्थिक उन्नति र प्रगति भन्दा पनि राजनीतिक परिपार्टीको परिक्षण प्रयोग अरुको इसारामा चल्ने र वैदेशिक मालिकहरुलाई रिझाउँदैमा नेपालको नेताहरुको दिनचर्या बित्छ । नेपालमा राजनीतिक पण्डितहरु विदेशी प्रभूहरुलाई खुशी बनाएर मात्र...

संघीयता सामथ्र्य र पहिचानसहितको – पहिलो लेख

परशुराम तामाङ संविधानसभा, राज्यको पुनःसंरचना तथा राज्यशक्तिको बा“डफा“ट समितिको प्रतिवेदन आएदेखि नै जातीय राज्यका नाममा प्रतिवेदनको विरोध हुन थालेको हो । नेपाली कांग्रेस र नेकपा एमालेका प्रमुख नेताहरु समितिको प्रतिवेदनमाथि छलफल गा्रेर कमजोरी हटाउनेतर्फ भन्दा राज्य पुनःसंरचना सुझाव उच्चस्तरीय आयोगको गठनतिर लागे । समितिले प्रतिवेदन बुझाएको करिब २२ महिनापछि उच्चस्तरीय आयोग गठन भयो । संविधानसभाका ठूला दलहरु एनेकपा माओवादी, नेपाली कांग्रेस, नेकपा एमाले र मधेसी मोर्चाको सहमति र सहभागितामा र उनीहरुले नै दिएको कार्यादेशमा आयोगको प्रतिवेदन बन्यो । आयोगले...

दमकको नौलो परिचय ? – लाईन क्रस

प्रकाश आङ्देम्बे स्वामी आनन्द अरुणद्वारा शब्द, विषय संकलित कृति सन्त दर्शनमा एउटा कथा पढन पाइन्छ । त्यो कथामा उल्लेख छ कि, ः हज्जारौँ वर्ष पहिले बिहारको नालान्द विश्वविधालय संसारमा प्रशिद्ध थियो रे । हालको एसिया आसपासका स्थानहरुमा चर्चा नपाउने कुरा भएन । बुद्दत्व सम्बन्धी ज्ञान लिनका लागि तिब्बतवाट एक धार्मिक गुरु पनि नालान्द विश्वविधालयमा आएका थिए रे । ज्ञान हासिल गरेपछि धेरै वर्ष त्यही विश्वविधालयमा अध्य्यन र अध्यापन गराएछन् ती धार्मिक गुरुले । अन्तत यहाँका ज्ञान आफ्नो जन्मभूमि तिब्बतमा लगेर बाँड्ने सोंच बनाएछन् । उनको सुन्दर कुरा सुनेर तिब्बतवाट...