आगलागीबाट २८ लाखको क्षति

खाँदबारी÷संखुवासभाको छुट्टाछुट्टै स्थानमा आगलागी भएको छ । ति आगलागीबाट करिब २८ लाख क्षति भएको छ ।
चैनपुर–५ का ओमनाथ गिरीको ३ तले घर आगलागीमा परेर नष्ट भएको छ । सोमबार राति १ बजे लागेको आगलागीका कारण १५ लाख रुपैयाँभन्दा बढीको क्षति भएको छ । घरको पछाडि खोले पकाउन बालेको आगो सल्किदा आगलागी भएको इलाका प्रहरी कार्यालय चैनपुरले जनाएको छ ।

0 प्रतिकृया:

Post a Comment