
बिर्तामोड(३०चैत)÷ जिल्ला प्रहरी कार्यालय झापालले ८ दिन अघि झापाको बिर्तामोडमा हत्या गरिएका पत्रकार यादव पौडेलका बारेमा बुधबार सार्वजनिक गरेको प्रतिवेदन प्रति पत्रकार तथा नागरिक समाजका अगुवाहरुले आपत्ति जनाएका छन् ।
प्रहरीले घट्नालाई तोडमोड गरी प्रतिवेदन सार्वजनिक गरिएको भन्दै नेपाल पत्रकार महासंघका अगुवा तथा नागरिक समाजका अगुवाहरुले आपत्ति जनाएका हुन् । प्रहरीको प्रतिवेदनमा पत्रकार पौडेललाई उनीसँगै गएका होटल व्यवसायी युवराज गिरीले तीन तला माथिबाट धकेलेर मारेको उल्लेख छ । उनी पत्रकार पौडेलको सक्रियतामा...