हाईड्रो हाउस:

दक्षिणी इलामको दानाबारीमा निमार्णाधीन सानिमा माई हाईड्रपावर लिमिटेडको विद्युत उत्पादन गृह । यो हाईड्रपावर निर्माण सम्पन्न भएपछि २२ मेगावाट क्षमताको विद्युत उत्पादन हुनेछ । तस्विर : राम योङ्हाङ ।

हाईड्रो हाउस:

दक्षिणी इलामको दानाबारीमा निमार्णाधीन सानिमा माई हाईड्रपावर लिमिटेडको विद्युत उत्पादन गृह । यो हाईड्रपावर निर्माण सम्पन्न भएपछि २२ मेगावाट क्षमताको विद्युत उत्पादन हुनेछ । तस्वि

लखनपुर र सुन्दरदुलारीमा विउ बैंक स्थापना गरिँदै

दमक । झापाको लखनपुर र मोरङको सुन्दर दुलारीमा लोप हुन लागेका विउ विजन संरक्षणका लागि विउ बैंकको योजना अगाडि बढेको छ ।
 उर्लाबारीस्थित मदन भण्डारी स्मृति प्र्रतिष्ठानको अगुवाइमा लोप हुन लागेका नेपाली मौलिक विउ विजनहरु संरक्षण गर्ने अभियानका विषयमा विहीबार उर्लाबारीमा छलफल भएको छ । प्रतिष्ठानको ‘सशक्तिकरणको माध्यमबाट जिविकोपार्जनमा सुनिश्चितता’ कार्यक्रम अन्तर्गतको अर्धवार्षिक सहभागितामुलक चिन्तन मनन् प्रक्रिया (पीआरआरपी ) का सहभागिले सो कुरामा जोड दिएका छन् । कार्यक्रमको विषयवस्तु उठान गर्दै छलफलको सहजिकरण गरिरहेको प्रतिष्ठानका सामुदायिक विकास अधिकृत तथा कार्यक्रम संयोजक रुद्रबहादुर तामाङले भने’– केही संस्थासँगका सहकार्यमा प्रतिष्ठानले विउ बैंक खडा गर्ने तयारी अगाडि बढाएको छ । अनि वचत समूहहरुलाई पनि सहकारीमा रुपान्तरण गर्ने योजना तपाईहरुलाई कस्तो लाग्छ ? यो अभियानमा प्रतिष्ठानले सवैको सहकार्य खोजेको छ ।’
कार्यक्रममा सो विषयवस्तुलाई केन्द्रविन्दुमा राखेर छलफल चलेपछि  समूह, सरोकारवाला क्षेत्रका सहभागिहरुले त्यसमा धारणा राखे ।  ‘लोप हुन लागेका विउ विजन जोगाउनु ज्यादै आवश्यक छ तर हाइव्रिड विउविजनको हस्तक्षेप चुनौती बनेको छ ।’–लखनपुरस्थित साना किसान सहकारी संस्थाका व्यवस्थापक टंक पराजुलीले भने । विउ बैंक भनेर सुन्दा जति सजिलो हुने बुझिन्छ र तर त्यसको स्थापना गर्न उत्तिनै गाह्रो भएको पनि उनले उल्लेख गरे । ‘एउटा मात्र संस्थाले व्यवस्थापन गर्न नसक्ला, तर संस्थाहरुको सहकार्यमा त्यो काम गर्न भने सकिन्छ भनेर हाम्रो संस्था पनि लागिरहेको छ । ’– उनले भने ।
सन् २००७ बाट एक्सन एडको सहकार्यमा ‘सशक्तिकरणको माध्यमबाट जिविकोपार्जनमा सुनिश्चितता’ कार्यक्रमका रुपमा झापाको दमक, लखनपुर, मोरङको बयरबन, सुन्दरदुलारी र कोसीहरैंचामा प्रतिष्ठानले गतिविधि सञ्चालन गरेको छ । ती क्षेत्रमा भूमि तथा जिविकोपार्जन, नीति तथा सुशासन, महिला अधिकार र शिक्षा अधिकारको क्षेत्रमा काम गर्दै आएको छ । आर्थिक तथा चेतनाको पक्षमा कमजोर रहेका समुदायका लागि कार्यक्रम केन्द्रीत छ । जसमा भूमिअधिकारको पाटोबाट विउविजन जोगाउने कार्यक्रम यसैवर्षबाट अगाडि ल्याइँदै छ । जसका लागि लखनपुरको सानाकिसान, सुन्दरदुलारीको साना किसान सहकारीका व्यवस्थापक सहितका ३ जनालाई ५ दिने तालिम प्रदान भइसकेको छ ।
सुन्दरदुलारी ११ स्थित प्रगति महिला बचत समूहकी अध्यक्ष मेनुका कार्कीले लोप हुन लागेका नेपाली विउ विजनहरु जोगाएर त्यसलाई विस्तार गर्नु स्वास्थ्यका लागि पनि फाइदाजनक भएको बताइन् । उनले गाउँ टोलमा भएका बचत समूहहरुलाई सहकारीका रुपमा रुपान्तरण गर्ने प्रतिष्ठानको प्रस्तावलाई पनि समर्थन जनाइन् ।
सामाजिक परिचालक तारामान पौडेलले सशक्तिकरण कार्यक्रम अन्तर्गत प्रतिष्ठानले गठन गराएको ४३ वटा समूहबाट ३६ लाख रुपैयाँ बचत भएको उल्लेख गर्दै त्यसलाई सहकारीका रुपमा रुपान्तरण गर्ने विषयमा छलफल भइरहेको जानकारी गराए ।
उनीहरुले रासायनिक वस्तुको प्रयोगलाई कम गर्दै जाने, अधिकार र चेतनाका पक्षमा स्थानीयलाई जागरुक गराउँदै जाने कार्यक्रमले समुदायमा प्रभाव पारेको विवरण पेश गरेका थिए ।
कार्यक्रममा, विभिन्न समूहले आफुले गरेका गतिविधिलाई चार्टका रुपमा ल्याएर प्रस्तुत गरेका थिए । कार्यक्रमबाट आफ्नो जीवनस्तरमा सुधार आएको सहभागिको धारणा रह्यो । जसमा सामाजिक परिचालक रुना चौधरी, वालकुमारी राई, अम्बिका दहाल, सुनिता राजवंशीका साथै प्रतिष्ठानकी लेखा अधिकृत मेनका वास्कोटा लगायतका कार्यक्रमका समग्र पक्षका विषयमा जानकारी गराएका थिए । एक्सन एडका तर्फबाट सहभागि सुनिता महर्जनले समुदायको रुपान्तरमा कार्यक्रमले प्रभाव पारेको बताइन् ।

उपचारमा ४३ हजार सहयोग

दमक । दमक ११ की पाठेघर क्यान्सर पीडित राधादेवी शाहको उपचारका लागि दमक स्थित दमक युथ क्लब र महिला सशक्तिकरण केन्द्र नेपालले ४३ हजार ३७ रुपयाँ सहयोग गरेका छन् ।
विहिबार दमकमा पत्रकार सम्मेल गरी सो रकम पीडित राधाका श्रीमान कनैयाप्रसाद शाहलाई  हस्तान्तरण गरिएको हो । दमक युथ क्लब र महिला सशक्तिकरण केन्द्र नेपाललले संयुक्तरुपमा १६ हजार ३ सय ११ रुपयाँ र महिला सशक्तिकरण केन्द्रले २६ हजार ७ सय २६  गरी जम्मा
  ४३ हजार ३७ रुपयाँ सहयोग गरेको महिला सशक्तिकरण केन्द्र नेपाललकी सचिव सुमित्रा वाङ्देल चेलीले बताइन्  ।
शाहलाई १ महिना अघि भरतपुर क्यान्सर अस्पतालमा उपचारका लागि लगिएको  भएपनि पैसा अभावका कारण फेरि घर फर्काइएको थियो । सो कुरा थाहा पाए पछि आफुहरु सहयोग गरेको दमक युथ क्लबका सचिव पारस आचार्यले बताए । शाहले अहिले ठेलामा फलफुल पसल सञ्चालन गरी पाँच जनाको परिवार चलाउदैछन् । आफ्नो आर्थिक अवस्था कमजोर भएका कारण श्रीमतीको उपचार गर्न नसकेको बेलामा उनको जीवन रक्षामा सहयोग गरेकोमा कनैयाले खुसी व्यक्त गरेका छन् ।

सहिदका छोराछोरीलाई पढ्ने समस्या

पथरी । सुनसरीको इटहरीमा रहेको सहिद स्मृति आवासीय माविबाट एसएलसी उतीर्ण विद्यार्थीहरु अवको उच्च शिक्षा अध्ययन गर्न समस्या भएपछि चिन्तित बनेका छन् ।
सशस्त्र युद्धको बेलाका सहिद परिवार तथा द्वन्द्वपीडित अनाथहरुलाई एसएलसीसम्म अध्ययनका लागि खडा गरिएको विद्यालयले एसएलसीमा सतप्रतिशत नतिजा निकालेपनि विद्यार्थीको अवको भविष्य भनें अन्यौलमा परेको छ । ०६६ मा स्थापित तरहरास्थित सहिद स्मृति आवासीय विद्यालयबाट पहिलो पटक एसएलसी परीक्षामा सहभागी २० जनामध्ये ३ जनाले बिशिष्ट र १७ जना प्रथम श्रेणीमा उत्तीर्ण भएका छन् । असल मान्छे बन्ने सपना साँचेर निक्कै मेहनत गरेर आफुहरुले एसएलसी उत्तीर्ण गरे पनि अब अगाडिको शिक्षा कसरी लिन भन्ने चिन्ताले सताएको त्यहाँबाचट एसएलसी उत्तीर्ण ईलाम दानाबारी–१  की हीमा बराईलीले दुखेसो पोखिन् ।
विद्यालयमा उच्च माध्यमिक कक्षा सञ्चालन नभएको र आफ्नो खर्चमा बाहिर पढ्ने क्षमता उनीहरुको नभएकोले विद्यार्थीहरु समस्यामा रहेको विद्यालयकी प्रधानाध्यापक रीता फुयाँलले बताइन् । विद्यालयमा उच्च माबि सञ्चालन गर्न प्रयत्न भइरहे पनि उच्च माध्यमिक शिक्षा परिषदले दरखास्त नै नमागेकोले यो वर्ष उच्च मावि सञ्चालन हुनसक्ने अवस्था छैन ।
मन्त्रीस्तरीय निर्णय गराएर  विद्यालयमा उच्च मावि सञ्चालन गर्ने पहल भइरहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शिवकुमार डाँगीले बताए । उच्च मावि सञ्चालन नभए एसएलसी उत्तीर्ण द्वन्द्वपीडित बालबालिका समस्यामा पर्ने उनको भनाइ छ । जिरी, पोखरा, दाङ, डोटीमा समेत यस्ता स्कूल सञ्चालनमा छन् ।

ढाका बुनाई तालिम उद्घाटन

शिवसताक्षी । झापाको शिवसताक्षी ३ स्थित साविक शिवगञ्ज गाविसको सभाहलमा चन्द्रडाँगीमा ढाका बुनाई तालिमको उद्घाटन भएको छ ।
शिवसताक्षी नगरपालिकाको महिला लक्षित बजेटको आर्थिक सहयोग तथा पाथीभरा प्रोफेशनल एजुकेशन दमक १० को प्राविधिक सहयोग र ढाका बुनाई तालिम उपभोक्ता समिति शिवसताक्षी ३ को आयोजनामा वडा भरीका ५० जना भन्दा महिला सहभागी रहेको तालिमको नगरपालिकाका कार्यकारी अधिकृत हरिप्रसाद गुरागाईले उद्घाटन गरेका थिए ।

औषधी व्यवसायीको स्थापना दिवश

दमक । नेपाल औषधी व्यवसायी संघको ४२ औ स्थापना दिवसका अवसरमा विहीबार दमकका अन्तरक्रिया र फलफूल वितरण कार्यक्रम सम्पन्न भएको छ ।
 कार्यक्रमका प्रमुख अतिथि आम्दा अस्पतालका मेडिकलसुपरिडेन्ट डाक्टर नविन ढकालले स्वाथ्य क्षेत्रमा सलंग्न व्यवसायीहरु सधै संवेदनशील हुनुपर्नेमा जोड दिएका छन् । ढकालले स्वास्थ्य क्षेत्रमा संलग्न पेशाकर्मीहरुवीच एकता हुन जरुरी रहेको औल्याएका छन् ।
कार्यक्रममा संघकाअध्यक्ष सुर्यप्रसाद कोइराला, पूर्व केन्द्रीय सदस्य राजेन्द्र ढकाल लगायतकाले समेत बोलेका थिए । त्यस अवसरमा शाखाबाट संघको केन्द्रीय समितिमा मनोनित हुने थोकतर्फका गौतम गुप्ता, खुद्राबाट सुरेन्द्र प्रधान, कञ्चन शर्मा र नेटवर्किङ तथा वुलेटिन प्रकाशन केन्द्रीय उपसमिति सदस्यमा अनिल सुवेदीलाई बधाई तथा कार्यकालको शुभकामना दिएको थियो । सोही अवसरमा आम्दा अस्पतालका करिव १ सय बढी विरामीहरुलाई फलफूल वितरण गरिएको संघका सदस्य अनिल सुवेदीले बताए ।

प्रशिक्षार्थी चिकित्सक र प्रहरीबीच झडप

विराटनगर । मोरङको विराटनगरस्थित नोवेल मेडिकल कलेजमा अध्ययनरत प्रशिक्षार्थी चिकित्सक र प्रहरीबीच बिहीबार झडप भएको छ ।
इन्टर्नसिपमा काम गरिरहेका प्रशिक्षार्थी डाक्टरहरुले श्रम शोषणको विरोधमा जारी राखेको धर्नामाथि प्रहरीले हस्तक्षेप गर्दा दर्जन बढी घाइते भएका छन् भने प्रहरीले २० जनालाई पक्राउ गरेको छ ।
नोबेल मेडिकल कलेजमा एमवीवीएस अध्ययन गरेका सन् २०१० ब्याचका विद्यार्थीहरु एक सातादेखि  आन्दोलनमा छन् । उनीहरुले कलेज प्रशासन समक्ष इन्टर्न समयमा गर्ने श्रमको उचित पारिश्रमिक दिनुपर्ने र भर्ना भएको बेला राखेको धरौटी रकम फिर्ता गर्नुपर्ने माग राखेका थिए । आफ्ना सुनुवाई नभएछि अस्पतालको ओपीडी सेवामा तालाबन्दी गरेर धर्नामा बसेका प्रशिक्षार्थीमाथि प्रहरीले अन्दाधुन्द लाठीचार्ज गरेको थियो ।
प्रशिक्षार्थी चिकित्सकहरुले अन्य मेडिकल कलेजले इन्टर्नमा श्रम गर्नेहरुलाई न्युनतम ७ हजारदेखि १२ हजार रुपैंयाँसम्म पारिश्रमिक दिने गरेको भन्दै सोही अनुसार पारिश्रमिक दिन माग गरेका थिए । नाबेलले भने मासिक ३ हजार ८ सय रुपैयाँ मात्र दिने गरेको छ । प्रहरीले धर्नामा बसेका चिकित्सकहरुमाथि हस्तक्षेप गर्ने क्रममा अस्पतालका बरिष्ठ चिकित्सकहरु पनि घाइते भएका छन् । जथाभावी बल प्रयोग भएपछि नोबेलमा कार्यरत अन्य चिकित्सकहरुले पनि प्रशिक्षार्थीहरुकोे आन्दोलनलाई
समर्थन गर्दै कालोपट्टी बाँधेर काम थालेका छन् । उनीहरुले कलेज प्रशासनले अस्पतालभित्र प्रहरी प्रवेश गराएकोमा आपत्ती जनाएका छन् ।
कलेजमा झडप भएपछि बिभिन्न विद्यार्थी संगठनहरुले अस्पताल प्रशासनको विरोध गरेका छन् । उनीहरुले माग पुरा नभए सशक्त आन्दोलन अघि बढाउने तयारी गरिरहेका छन् । नोवेल मेडिकल कलेजमा अहिले १ सय २४ जना प्रशिक्षार्थी चिकित्सकहरुले इन्टर्नसिप गरिरहेका छन् ।
उता, मेडिकल शिक्षामा उत्कृष्ट नतिजा ल्याएको दावी गर्ने सो कलेजका एमबीबीएस तेस्रो वर्षमा अधिकांश विद्यार्थी अनुत्तीर्ण भएका छन् । नतिजामा नोबेल मेडिकल कलेजनका १४ प्रतिशत विद्यार्थी मात्र उत्तीर्ण भएका छन् । आवश्यक भौतिक पूर्वाधार पुरा नगरी पहुँचका अधारमा १ सय ५० जना विद्यार्थीलाई एमबीबीएस पढाउने सम्बन्धन पाएका नोबेलले २२ जना विद्यार्थी मात्र उत्तीर्ण गराएको छ ।
पूर्वाधार विना ठूलो संख्यामा विद्यार्थी पढाउने सम्बन्धन लिएको भन्दै नेपाल मेडिकल काउन्सिलले नोबेलको कोटा कटौती गरेपनि कार्यान्वयन हुन सकेको छैन ।

विद्यार्थी संगठनद्वारा मेला बन्द

दमक । काठमाडौंका शैक्षिक परामर्श दिने संस्था रेञ्ज कन्सल्टेन्सीले दमकमा लगाएको शैक्षिक मेला विभिन्न ३ विद्यार्थी संगठनको टोलीले बिहिबार बन्द गराएको छ ।
अखिल क्रान्तिकारीको तर्फबाट बिपिन बस्नेत अग्रगामी विद्यार्थी युनियनका मनकुमार लिम्बु र राप्रवि संघका भरत दुलाल सहितको टोलीले दमकमा लाग्दै गरेको शैक्षिक मेला बन्द गराएका हुन् ।
विद्यार्थीलाई राम्रा राम्रा कलेजको आश्वासन देखाएर ठगी गर्ने प्रविधि बढेको भन्दै मेला बन्द गरिएको अखिल क्रान्तिकारीका जिल्ला सचिवालय सदस्य बिपिन बस्नेतले बताए ।
पछिल्लो समय झापाका बिभिन्न स्थानमा शैक्षिक परामर्श केन्द्रले भारतका बिभिन्न स्थानमा रहेका कलेजको विज्ञापन गर्न यस्ता मेला लगाउने गरेका छन् । संयुक्त विद्यार्थी संगठनले ठगीका बिषयमा पटक पटक सम्बन्धित निकायमा ध्यानाकर्षण गराउँदा पनि चासो नदिएको भन्दै मेला बन्द गर्न बाध्य भएको राप्रवि संघका भरत दुलालले बताए ।
‘यस्ता संस्थाले विद्यर्थीको भविष्य अन्योलमा पारेको छ कि त विद्यार्थीको त्यहाँ गइ पढेर नआएसम्मको जिम्मा लिनु पर्छ, होइन भने भ्रमात्मक प्रचार गर्न पाइदैन’।– क्रान्तिकारीका बस्नेतल भने ।

राखेपको सदस्य सचिवमा विष्ट

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद (राखेप) को सदस्य–सचिवमा केशव विष्ट बिहीबार नियुक्त भएका छन् । युवा तथा खेलकुद मन्त्री एवम् राष्ट्रिय खेलकुद परिषदका अध्यक्ष पुरुषोत्तम पौडेलले विष्टलाई नयाँ सदस्य–सचिव नियुक्त गरेका हुन् ।
एमालेका तर्फबाट मन्त्री बनेका पौडेलले आफ्नै पार्टीका विष्टलाई  राष्ट्रिय खेलकुद विकास ऐन २०४८ अनुसार सदस्यमा बिहीबारै नियुक्त गरी सदस्य–सचिव बनाएका हुन् । मन्त्री पौडेलले राजेन्द्र श्रेष्ठ र समिउल्लाहलाई पनि राखेपको सदस्यमा नियुक्त गरेका छन् । विष्ट एमालेमा नेता माधवकुमार नेपाल निकट मानिन्छन् । जेठ २८ मा युवराज लामाको कार्यकाल सकिएपछि मन्त्री पौडेलले सकुन्तला नगरकोटीलाई निमित्त सदस्य–सचिवको जिम्मेवारी दिएका थिए ।

लागू औषध सहित ४ पक्राउ

दमक । झापा प्रहरीले ठूलो परिमाणको लागू औषध सहित ३ भारतीय सहित ४ जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा, झापा टाघनडुव्वा २ का २० वर्षीय कलिम अन्सारी, भारतको विहार राज्य, किशनगन्ज जिल्ला, दिघलवैङ्क थानास्थित बालुवाडी ९ का १९ वर्षीय अन्जर अन्सारी, बालुवाडी ३ का २४ वर्षीय चन्दन राजवंशी र बालुवाडी २ का १८ वर्षीय सनोज कुमार सिंह रहेका छन् ।  
भारतको दिघलवैङ्क सिमाना बजारबाट ठूलो परिमाणमा लागु औषध खरिद गरी नेपालतर्फ ल्याउदै गरेको भन्ने विशेष सूचनाको आधारमा खटिई गएको प्रहरी गस्ति टोलीले झापा कुमरखोद सुरुङ्गा सडकखण्डबाट उनीहरुलाई पक्राउ गरिएको झापा प्रहरीले बुधबार जनाएको छ । उनीहरुको साथबाट लागू औषध कोरेक्स, रेस्काप सहित २ वटा मोटरसाइकल बरामद गरिएको छ ।

झापाका दर्जनौं सहकारीको अवस्था “कहालिलाग्दो”

– गोपाल काफ्ले
झापा । जिल्लामा सञ्चालित धेरै सहकारीले सहकारी ऐन २०४८, सहकारी नियमावली २०४९ र सहकारी मापदण्ड २०६८ बर्खिलाप हुने गरी आफ्नो संस्था चलाइरहेको पाइएको छ ।
१ करोडदेखि ५ करोड रुपैयाँसम्मको कारोबार गर्ने जिल्लाका १ सय १० वटा सहकारीमध्ये चालू आर्थिक वर्षमा ७० वटामा सघन निरीक्षण गर्दा यस्तो अवस्था पाइएको हो ।
डिभिजन सहकारी कार्यालय झापाका प्रमुख माधवप्रसाद पोखरेलका अनुसार ठूलो ‘भोल्यूम’मा कारोबार गरिरहेका सहकारीहरुसँग धेरै मानिसको सम्बन्ध जोडिने भएकाले सानोतिनो गल्ती भइहाले पनि बेलैमा सच्याउन सहयोग होस् भनी डिभिजन कार्यालयले मसिनो गरी निरीक्षण गर्दा ‘कहालीलाग्दो अवस्था’ पाइएको हो । ‘पछिल्लो चरणमा हामीले ७० वटाको निरीक्षण गर्यौं ।’– सहकारी अधिकृत पोखरेलले भने–‘अधिकांशमा यति धेरै समस्या, विकृति र विसंगति भेटियो कि सहकारी भन्नै नसकिने गरी नीति, नियम, मापदण्डको धज्जी उडाइएको छ ।’
सहकारी अधिकृत पोखरेलले थपे– ‘कतिपय सहकारीका सञ्चालकले आफ्नै संस्थाको विनियमको पालना नगरी सबैजसोले ऋण लिएको पाइयो, जबकि ४९ प्रतिशतभन्दा बढीले एकैपटक ऋण लिन पाइँदैन ।’ उनले कतिपयमा संस्थाको अध्यक्ष, सचिव, कोषाध्यक्ष, सदस्यलगायत पदमा बस्ने र मासिक तलब बुझेर दैनिक काम सञ्चालन गर्ने गरेको पाइएको पनि जनाए । ‘सञ्चालकमध्ये कुनै एकजनाले कार्यकारी भएर सुविधा लिन मिल्ने भए पनि एकभन्दा बढीले तलब वा यस्तै केही नाममा रकम बुझेका छन्, जुन सहकारी ऐन, नियम र मापदण्डसँग नमिल्ने कार्य भइरहेको छ ।’–उनले अवस्था दर्शाए ।
‘कहालीलाग्दो अवस्था’का बारेमा प्रष्ट्याउँदै अधिकृत पोखरेलले भने– ‘ऋण लगानी गर्दा ३ प्रतिशतसम्म सेवा शुल्क लिने गरिएको छ । सहकारी संस्थाको सदस्य बनाउन, बचत संकलन गर्न, ऋण उठाउन कमिशन दिने गरी कर्मचारीका नाममा बिचौलियाको उत्पादन गरिएको छ । गैर ब्यक्ति कारोबार बढेको छ ।’ उनले अनुगमन गरिएका ७० वटा सहकारीमा एकवटादेखि २ सय ४८ वटासम्म संस्थागत सदस्यता दिएको पाइएको छ । आफूलाई सहकारी संस्थाको पदाधिकारी–सदस्य दावी गर्ने तर विनियममा कहीँकतै उसको नाम उल्लेख नै छैन । ‘अब भन्नोस् यी सबै विकृति र विसंगतिहरु हुन् कि होइनन् ?’– पोखरेलले जिकिर गरे ।
१० लाख रुपैयाँभन्दा माथिको ऋण लगानी गर्दा संस्थाको कर्जा समितिले मूल्याङ्कन गरी लगानी गर्ने गरिएको छ तर मापदण्डमा संस्थागत मूल्याङ्कनकर्ताबाट गर्नुपर्छ भनिएको छ । बोनष कोषमा भएभन्दा धेरै रकम स्वास्थ्य उपचार, तालिम, शिक्षाजस्ता नाममा खर्च गरिएको हुन्छ । सहकारी संस्थाका सञ्चालकहरु नै नियमित बचत गर्दैनन् । ‘सहकारीका लागि माथि उल्लेखित सबै कुरा विधिसम्मत छैनन् र होइनन्, यसैले यो कहालीलाग्दो अवस्थामा पुगेको आभाष मिलेको हो’ अधिकृत पोखरेलले दावी गरे ।
हरेकजसो संस्थामा दुई दिनदेखि सात दिनसम्म लगाएर माथिका विवरण र तथ्याङ्क सङ्कलन गरिएको बताउँदै पोखरेलले सबै संस्थाका गलत क्रियाकलापका बारेमा टिप्पणी उठाएर सुझाव दिइएको बताए । हालसम्म गलत भएका र सच्याउन मिल्ने विषयहरु साधारणसभामा छलफल गरी सच्याउन निर्देशन दिइएको बताउँदै पोखरेलले यदि यही प्रकरण फेरि दोहोरिएमा आगामी आर्थिक वर्षमा कारवाहीको प्रक्रियामा लैजाने चेतावनी दिए । ‘कहालीलाग्दो अवस्था’मा पुगेका सहकारीहरुको नाम भनें हाल सार्वजनिक गरिनहाल्ने बताउँदै उनले भने “कमजोरीहरु पाइएका संस्थाहरुलाई सच्चिने अवसर दिइएकालेतत्कालै तिनीहरुको नाम उल्लेख गर्न मिल्दैन ।’
कतिपय संस्थाहरु सहकारी संघका नेतृत्वमा पुगेका जिम्मेवारहरुकै रहेको पनि सघन निरीक्षण अनुगमनमा खटिएका अधिकारीहरुले बताएका छन् । सघन निरीक्षणका लागि अधिकृत पोखरेलसहित नासु डिल्ली दाहाल, वशिष्ट अधिकारी, बद्री दाहालले झण्डै एक वर्षदेखि क्रियाशील रहेको बताइएको छ ।
 ‘सहकारीका ऐन, नियम, मापदण्डहरुको पालना गर्ने र काम कारवाहीलाई रचनात्मक बनाउनु पर्नेहरु कै संस्थाले पनि यस्ता गल्ती र कमजोरीहरु गरिरहेको पाइएकाले अब नसच्याउने हो भने कारबाहीको भागिदार बन्नुपर्ने निश्चित छ ।’– पोखरेलले गम्भीर शैलीमा सुझाए । (साझामञ्च)

नोेवेल अस्पताल विरुद्ध विद्यार्थी आन्दोलित, बिद्यार्थीलाई होस्टलबाट निकालियो

विराटनगर । नोबेल मेडिकल कलेज टिचिङ अस्पताल विराटनगरले एमवीवीएस सकेर भर्खरै इन्टर्नसिप थालेका १ सय २४ जनालाई कलेजले होस्टलबाट समेत निकालेपछि त्यहाँका विद्यार्थीहरु आन्दोलित भएका छन् ।
असार १ गतेदेखि नोबेलमा सुरू भएको इन्टर्नसिप विद्यार्थीको आन्दोलन आइतबार पनि जारी छ । कलेजले असार ३ गते एउटा सूचना प्रकाशित गरी एमवीवीएस पाँचौं ब्याजका इन्टर्नसिप विद्यार्थी डाक्टरलाई होस्टेल खाली गराउन उर्दी गरेको थियो । अन्य मेडिकल कलेजले दिने गरेको बराबर पारिश्रमिक सुविधा दिन माग गर्दा एमवीवीएस सकेर इन्टर्नसिप थालेका पाँचौं ब्याचका विद्यार्थीहरुले कोर्स सकेर इन्टर्नसिप सुरू भएको एक महिनामात्र पुगेको थियो । इन्टर्नसिप नसकिँदै घर फर्किन दबाब परेपछि विद्यार्थीहरु आफ्नो भविष्यमा संकट सिर्जना गरिएको भन्दै आन्दोलनमा उत्रिएका छन् । 
विद्यार्थी डाक्टरले काठमाडौं विश्वविद्यालयका सहायक डिन डा. राजेन्द्र कोजुलाई आइतबार विहान आफ्ना समस्या सुनाएका छन् । ‘उहाँले भिसी सरसँग कुरा राखिदिउँला भन्नुभएको छ,’ विद्यार्थी गणेश फुलाराले भने, ‘हाम्रो भविष्य यतिखेर भड्खालोमा पर्न आँटेको छ ।’ फुलाराले चार वर्ष लगाएर एमवीवीएस कोर्स सकिएपनि मागेको अन्य मेडिकल कलेजले इन्टर्नसिपका विद्यार्थीलाई दिएसरह पारिश्रमिक मात्र मागेको सुनाए ।  ‘त्यही निहुँमा कलेज प्रशासनले हामीलाई तीन दिनयता होस्टेल छिर्न दिएको छैन,’ उनले भने, ‘हामी बाहिरबाहिरै दिनरात कटाइरहेका छौ ं।’ 
उनका अनुसार नोबेल बाहेक अन्य मेडिकल कलेजले इन्टर्नसिपका विद्यार्थी डाक्टरलाई मासिक ८ हजारदेखि १२ हजार रूपैयाँसम्म पारिश्रमिक दिने गरेको छ । नोबेल अस्पतालले ४ हजार रूपैयाँमात्र दिने गरेको छ । त्यसैगरी भर्ना भएको समयमा सेक्युरिटी बापत ५०  हजार रूपैयाँ धरौटी कलेजले लिएको थियो । कानुनतः कोर्स सकिएपछि यो रकम फिर्ता दिनुपर्ने हुन्छ । नोबेल कलेजसँग पारिश्रमिकसँगै धरौटी रकम उनीहरुले फिर्ता मागेका थिए । तर कलेजले फिर्ता गराउनुको सट्टा ‘सर्टिफिकेट’मा ‘ब्याड’ लेखिदिने धम्की दिएको फुलाराले आरोप लगाए । ‘सूचना टाँसेपछि कलेज आफैंले होस्टल छिर्न दिएको छैन, हामी चर्को गर्मीमा होस्टलबाहिर दिनरात काटिरहेका छौं,’ काठमाडौं सुमिना ढकालले भनिन्, ‘बिजोग भएको छ, कलेज प्रशासनले हाम्रो मागप्रति ध्यान दिएको छैन ।’ 
 विद्यार्थी डाक्टरबाट आगामी मंसिर महिनासम्मको लागि छात्राबास खर्चबापत ६४ हजार यसअघि नै कलेज प्रशासनले भुक्तानी लिइसकेको छ । काठमाडौं विश्वविद्यालय, मेडिकल काउन्सिल, शिक्षा मन्त्रालय 
सबैले जुन कलेजमा पढेको हो त्यही कलेजमा इन्टर्नसिप गर्न पाउने व्यवस्था गरेका छन् । अस्पतालका मेडिकल डाइरेक्टर डा. राजेश नेपालले विद्यार्थीहरूले अस्पतालमा अवरोध पुर्याउने गतिविधि गरेकाले उनीहरुलाई कलेजमा राख्न नसक्ने निर्णयमा पुगेको दाबी गरे । प्रबन्धक नारायण दाहालले इन्टर्नसिप विद्यार्थीको माग जायज नभएकाले पूरा गर्न नसकेको बताएका छन् । उनले इन्टर्नसिप विद्यार्थीलाई तलब दिने व्यवस्था नभए पनि दिइरहेको तर विद्यार्थीले आन्दोलन गरेको बताए । यता मोरङका प्रमुख जिल्ला अधिकारी गणेशराज कार्कीले विद्यार्थीमाथि परेको अन्यायबारे ध्यानाकर्षण भएको बताएका छन् ।

नेता शिक्षकको विद्यालयमा एसएलसी नतिजामा सुधार

दमक । झापाका नेता शिक्षकहरूले पढाउने विद्यालयको नतिजा गतवर्षभन्दा केही सुधार भए पनि सन्तोषजनक देखिएको छैन । शुक्रबार प्रकाशित एसएलसी नतिजा अनुसार नेपाल शिक्षक संघका जिल्ला अध्यक्ष नेत्र खरेलले पढाउँदै आएको महेन्द्ररत्न उमावि विर्तामोडले ४५ प्रतिशत विद्यार्थी उत्तीर्ण गराउन सफल भएको छ । त्यहाँ ११ जना प्रथम, २२ जना दोस्रो र १ जना विद्यार्थी तेस्रो श्रेणीमा पास भएका छन् । गत सालको एलएलसीमा २७ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका थिए ।
नेपाल राष्ट्रिय शिक्षक सङ्गठन झापाका अध्यक्ष बुद्धिमान कार्कीको विद्यालय गौरादह उच्च माविबाट ४४ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । प्रथम श्रेणीमा ९ जना, दोस्रो श्रेणीमा ३५ जना विद्यार्थी उत्तीर्ण भएको सो विद्यालयका प्रधानाध्यापक कार्कीले बताए । 
नेपाल शिक्षक युनियन झापाका अध्यक्ष तेजप्रसाद चौलागाईँले पढाउँदै आएको धुलाबारी उमाविमा ३९ दशमलव ६८ प्रतिशत विद्यार्थी (प्राविधिक विषयका विद्यार्थी समेत) उत्तीर्ण भएका छन । उनी त्यहाँका सहायक प्रधानाध्यापक हुन् । शिक्षकहरूको छाता सङ्गठन नेपाल शिक्षक महासंघका केन्द्रीय सदस्य नारायण गौतमको विद्यालयले २० प्रतिशत नतिजा ल्याएको छ । उनी सहिद धर्मभक्त उच्च मावि केर्खाका शिक्षक हुन् । त्यस विद्यालयमा प्रथम श्रेणीमा २ जना र दोस्रो श्रेणीमा ११ जना पास भएका छन् । शैक्षिक गणतान्त्रिक मञ्च (एन्टो) झापा अध्यक्ष शिवराज राजभण्डारीको विद्यालयबाट २८ प्रतिशत पास भएका छन् । राजभण्डारी  सरस्वती मावि पृथ्वीनगरका प्रधानाध्यापक हुन् । गत वर्ष यो विद्यालयबाट २३ प्रतिशत पास भएका थिए । मधेसी शिक्षक युनियन झापाका अध्यक्ष वीरेन्द्रप्रसाद गुप्ताले अध्यापन गराउँदै आएको शनिअर्जुनस्थित लक्ष्मी माविले ६३ दशमलव ६३ प्रतिशत विद्यार्थी उत्तीर्ण गराएको छ । प्रथम श्रेणीमा १ जना, दोस्रो श्रेणीमा १८ जना र तेस्रो श्रेणीमा २ जना उतिर्ण भएको सो विद्यालयका उनी प्रधानाध्यापक हुन् । लक्ष्मी माविको गत वर्षको एलएलसीको उत्तीर्ण नतिजा १६ प्रतिशत रहेको थियो ।

फेल भएपछि चार जनाद्वारा आत्महत्या

काठमाडौ । एसएलसी परिक्षामा असफल भएका कारण तीन दिनको अवधिमा चार जनाको ज्यान गएको छ । रुपन्देही, तनहुँ, मोरङ र धादिङमा तीनजनाले झुण्डिएर तथा बिष सेवन गरी आत्महत्या गरेका छन् । 
रुपन्देही बुटवल नगरपालिका–८ बस्ने १७ बर्षीया ममता पभरले शुक्रबार साँझ विष सेवन गरी आत्महत्या गरिन् । एसएलसी परिक्षाको नतिजा आउनासाथ सेवन गरेकी उनको किम्सन अस्पताल मणिग्राममा उपचारकै क्रममा मृत्यु भएको थियो । यसैगरी, तनहुँको भानु गाविस वडा नम्बर २, तिलहार बस्ने १७ बर्षीया मनिषा पाण्डेको पनि एसएलसीमा फेल भएकै कारण ज्यान गएको छ । एसएलसीं परिक्षामा असफल भएका कारण घरमा झुण्डिएर शनिबार उनले आत्महत्या गरेकी हुन् । यसैगरी धादिङ मैदी–८ देविस्थान 
बस्ने १७ बर्षीय सुनिल भारतीले पनि शुक्रबार एसएलसींको नतिजा सार्वजनिक भएपछि आत्महत्या गरे । उनी देवीस्थानको केराबारी जंगलको रुखमा डोरीको पासो लगाई झुण्डिएर मृत्यु भएको अवस्थामा फेला परेका थिए । यता, फेल भएपछि निराश बनेकी मोरङ उर्लाबारीकी–७ की १७ वर्षीया लक्ष्मी खड्काले शुक्रबार साँझ घरमै झुन्डिएर आत्महत्या गरेकी थिइन् ।

३,१५० अस्थायी टहरा बनायो कांग्रेसले

काठमाडौं । कांग्रेसले महाभूकम्प पीडितका लागि प्रभावित क्षेत्रमा ३ हजार १ सय ५० अस्थायी टहरा निर्माण गरेको जनाएको छ । कांग्रेसका भूकम्प प्रभावित विभिन्न जिल्लाहरुमा खटिएको टोलीले श्रमदानबाट ३ हजार १ सय ५० टहरासँगै  १ हजार १ सय २५ भग्नावशेष हटाइएको, १ हजार ८५ विद्यालय कक्षा कोठा, एउटा मन्दिर र १० वटा सामूदायिक भवन निर्माण गरेको जनाएको छ । कांग्रेस अभियानमा १५ हजार सहभागी भएको आइतबार पार्टी कार्यालय सानेपामा भएको पत्रकार सम्मेलनमा प्रवक्ता दिलेन्द्रप्रसाद बडुल जानकारी दिए । उनका अनुसार श्रमदानमा झापादेखि कञ्चनपुरसम्मका तराई क्षेत्रका विभिन्न जिल्लाहरुबाट पार्टी, भातृ एवं शुभेच्छुक संस्थाका नेता कार्यकर्ता खटिएका छन् । नेपाली कांग्रेसको केन्द्रीय नीति तथा प्रशिक्षण प्रतिष्ठानले भूकम्पपछि ‘कस्ता वस्ती, कस्ता घर’  विषयक अन्तक्र्रिया कार्यक्रम आयोजना गरेको छ । यसैबीच कांग्रेसको भूकम्प पीडित राहत कोषमा हालसम्म १ करोड ६४ लाख ३९ हजार ९ सय २९ रुपैयाँ जम्मा भएको छ ।

विश्व खाद्यलाई कारबाही गर्न सरकारको निर्देशन

काठमाडौं । सरकारले भूकम्पपीडितलाई राहतका नाममा गुणस्तरहीन चामलसहितका खाद्यान्न बाँड्ने विश्व खाद्य कार्यक्रममाथि कारबाही चलाउन निर्देशन दिएको छ । प्रधानमन्त्रीको कार्यालयका सचिव शान्तराज सुवेदीको कार्यालयमा आइतबार भएको सरोकारवालाबीचको छलफलपछि विश्व खाद्यले बाँडेका खाद्यान्नको यथाशीघ्र परीक्षण गरी गुणस्तरहीन पाइएमा प्रचलित कानुन अनुसार हदैसम्म कारबाही गर्न निर्देशन दिइएको हो । गोरखाको लाप्राका लगायतका स्थानमा बाँडिएको चामल र पेयपदार्थको वाणिज्य विभाग र खाद्य प्रविधि तथा 
गुण नियन्त्रण विभागले तीन दिनभित्र परीक्षण गरी गुणस्तरहीन पाइएमा कारबाही चलाएको जानकरी प्रमको कार्यालयलाई दिन पनि बैठकले निर्देशन दिएको छ । गुणस्तरहीन खाद्यान्न बाँड्नेलाई असारत २ गते नै कारबाहीको निर्देशन दिइएसकिएको छ । भूकम्प प्रभावितक्षेत्रमा विश्व खाद्यबाट वितरित चामल गुणस्तहीन र मानव स्वास्थ्यलाई हानिकारक पाइएको गुनासो आइरहेका छन् ः सचिव सुवेदीले भने ः कृषि मन्त्रालय, वाणिज्य तथा आपूर्ति मन्त्रालय, गृह मन्त्रालय, वाणिज्य विभाग एवं खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका पदाधिकारीसँग छलफलमा खाद्य सामग्रीको परीक्षण गरी अखाद्य र गुणस्तरहीन पाइएमा हदैसम्म कारवाही गर्न निर्देशन दिइएको छ ।


गोदाममा कुहिएको दाल

नेपालगन्ज । विपद् व्यबस्थापन अनुगमन तथा निर्देशन बिशेष समितिले आइतबार बाँकेमा रहेका विश्व खाद्य कार्यक्रमका गोदामहरु निरिक्षण गर्दा कुहिएको दाल फेला पारेको छ । कपास विकासको गोदाममा रहेको ५ सय १४ टन केराउको दाल अखाद्य भेटिएको हो । बाँकेका ३ वटा 
गोदाममध्ये खजुरा कपास बिकास समितिको हातामा रहेको गोदाममा गुणस्तरहीन खाद्यान्न फेला परेको अनुगमन समितिका संयोजक तथा सभासद् सन्जय गौतमले बताए । ‘कुहिएको दाल फेला परेको छ,  त्यस्तो दाल कसरी आयो अध्ययन  गर्दै छौं,’ उनले भने ।

प्राधिकरण अध्यादेश सिफारिस, अध्यक्ष प्रधानमन्त्री नै

काठमाडौं । सरकारले ‘भूकम्पबाट भएको क्षतिको पुनर्निर्माण गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश’ राष्ट्रपतिसमक्ष सिफारिस गरेका छ । मन्त्रिपरिषदको आइतबार बसेको बैठकले पुनर्निर्माण प्राधिकरण अध्यादेश राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको उद्योग मन्त्री महेश बस्नेतले जानकारी दिए ।
प्राधिकरण गठन प्रक्रियामा सत्तारुढ कांग्रेस र एमालेबीच नै मतैक्यता थिएन । शनिबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्तारुढ दलको बैठकमा अध्यादेशमार्फत प्राधिकरण गठन गर्ने सहमति भएको थियो । एमाले स्थायी कमिटी बैठकले शनिबार अध्यादेश संसदबाट ल्याउनुपर्ने प्रस्ताव अघि सारेको थियो । तर, कांग्रेसले एमालेले भने बमोजिम अध्यादेश सच्याउन तयार भएपछि एकाएक सहमति भएको थियो ।

यस्तो छ पुनर्निर्माण संयन्त्र
पुनःनिर्माण परामर्श राष्ट्रिय समिति र पुनर्निर्माण प्राधिकरण दुवैको अध्यक्षता प्रधानमन्त्रीले गर्नेछन् । परामर्श राष्ट्रिय समितिमा सबै मन्त्रीहरु सदस्य रहने छन् । व्यवस्थापिका संसदका विपक्षी दलका नेता सदस्य रहने छन् । पुर्व प्रधानमन्त्रीहरुलाई पनि परामर्श समितिको सदस्यमा राखिएको छ । संविधानसभामा प्रतिनिधत्व गर्ने सबै राजनीतिक दलका प्रमुखहरु पनि यस समितिको सदस्य हुने अध्यादेशमा व्यबस्था गरेको स्रोतले बतायो । 
यसको एक तहमुनि प्रधानमन्त्रीकै अध्यक्षतामा पुनर्निर्माण प्राधिकरण हुने छ । प्रधिकरणमा ४ बर्षे कार्यकालका लागि प्रमुख कार्यकारी निर्देशक (सिईओ) हुनेछन् । उनलाई प्रधानमन्त्रीले चाहेमा हटाउन सक्नेछन् । मुख्य सचिव, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रमुख कार्यकारी अधिकृत र केही मन्त्री प्राधिकरणको सदस्य रहने छन् । प्राधिकरण र अध्यादेशका रुपमा आउने ऐन पाँच बर्षे अवधिको हुने छ । नेपाल सरकारले चाहेमा यसको अवधि एक बर्ष थप्न सक्ने व्यबस्था गरिएको छ । उक्त स्वरुपको संचनाप्रति प्रमुख प्रतिपक्ष दल एमाओवादीले भने बिमति राखेको छ । प्रधानमन्त्री परामर्श समितिको मात्रै अध्यक्ष र अर्को तहमा छुट्टै व्यक्ति संयोजक वा अध्यक्ष हुनुपर्ने अवधारणा माओवादीले अघि सारेको थियो । सार्वजनिक खरिद, वातावरण र जग्गा प्राप्ति ऐन प्राधिकरण्का लागि आकर्षित हुने छैनन् ।

पूर्वी मोरङमा राष्ट्रनिर्माण अगाडी

उर्लाबारी । एलएलसीमा पूर्वी मोरङबाट इटहरामा रहेको राष्ट्रनिर्माण सेकेण्डरी बोर्डिङ स्कुलले सबैभन्दा धेरै विशिष्ट श्रेणी ल्याएको छ । उर्लाबारी क्षेत्रमा रहेको ठूला भनिएका नीजि विद्यालयलाई समेत पछार्दै ग्रामिण क्षेत्र इटहरा १ सोमबारेमा रहेको राष्ट्रनिर्माण विशिष्ट श्रेणीमा उत्कृष्ट अंकसहित शतप्रतिशत विद्यार्थी उतिर्ण गराएको हो । राष्ट्रनिर्माणबाट परीक्षामा सहभागी २७ जनामध्ये ८ जान विशिष्ट श्रेणी र अरु १९ जना सबै प्रथम श्रेणीमा उतिर्ण भएको विद्यालयका प्रिन्सिपल विश्वास ढकालले जानकारी दिए । ढकालले पूर्वी मोरङमा आफ्नो विद्यालयको विशिष्ट श्रेणी सबैभन्दा धेरे रहेको दावी गरे । राष्ट्रनिर्माणबाट गत वर्षहरुमा पनि बिशिष्ट श्रेणी सहित शतप्रतिशत विद्यार्थी उतिर्ण भएका थिए ।

एमाले कार्यकर्तालाई सञ्चार प्रशिक्षण

धुलाबारी । नेकपा एमालेका वैकल्पिक पोलिटव्यूरो सदस्य एवं झापा क्षेत्र नं. १ का सभासद् रविन कोइरालाले सूचना विनाको समाज अब परिकल्पना गर्न नसकिने बताएका छन् । २२ औं द्रेणचार्य क्षेत्री स्मृति दिवसको अवसरमा आइतबार धुलाबारीमा नेकपा एमाले झापा जिल्ला प्रचार विभाग र प्रेस चौतारी झापाको संयुक्त आयोजनामा क्षेत्रीयस्तरको सूचना तथा संचार अभिमुखीकरण कार्यक्रमको उद्घाटन गर्दै कोइरालाले यस्तो बताएका हुन् । उनले सूचनाको युगमा पार्टीका हरेक क्रियाकलापहरु आमसञ्चार माध्यमबाट सम्प्रेषित हुन सके कार्यकर्ता र जनताले सुसूचित हुन सहयोग मिल्ने बताए । एमाले झापा जिल्ला अध्यक्ष चिन्तन पाठक, जिल्ला कमिटी सदस्य तथा १ नं. क्षेत्रीय इन्चार्ज गोपाल बुढाथोकी, क्षेत्रीय अध्यक्ष अर्जुन पौडेल लगायतले मन्तव्य राखेका थिए । कार्यक्रममा जिल्ला प्रचार विभाग प्रमुख माधव विद्रोही, प्रेस चौतारीका पूर्व अध्यक्ष गोपाल गड्तौला, प्रेस चौतारीका जिल्ला अध्यक्ष गोपाल काफ्ले, नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य मोहनकाजीले सहजीकरण गरेका थिए ।
अधिकांश सहभागीहरुले समाजमा भएका विविध गतिविधि र घटनालाई सञ्चार माध्यममा पुर्याउने सजिलो उपायको सम्बन्धमा जिज्ञासा राखेका थिए । जिज्ञासालाई सहजकर्ताहरुले आफूहरुले सहभागिता जनाएको पार्टी गतिविधिको जानकारी सञ्चारकर्मीलाई उपलब्ध गराउन सकियो भने समाचार सम्प्रेषण हुने सुझाए ।

गोलधापमा बुहारी पढाउने अभियान

गोलधाप । झापाको बिर्तामोडबाट झण्डै १० किलोमिटर दक्षिणमा रहेको गोलधाप गाविसमा छोरी र बुहारी पढाउन छोरी–बुहारी साक्षरता अभियान नै सञ्चालन गरिएको छ । छोरी नपढाउने अनि पढेका बुहारी खोज्ने समाजको विरोध गर्दै गोलधापका वासिन्दाले आफ्नै लगानीमा सामुदायिक क्याम्पस स्थापना गर्दै गाविसभित्रका सबै छोरी–बुहारीलाई शिक्षा अनिवार्य रुपमा दिने रित बसालेका छन् । विवाहपछि पढ्ने इच्छा भएका बुहारीले पढ्न नपाउने र बुहारी भएपछि उनीहरु घरायसी काममा नै रुमलिँदा परिवार शिक्षित नहुने भन्दै गोलधापका अगुवाले बुहारीलाई शिक्षा अनिवार्य बनाएको स्थानीयवासी तथा राजगढ गाविस सचिव तेजप्रसाद रेग्मीले बताए । छोरी–बुहारी पढाउन त्यहाँका अगुवाले २०६६ सालमा जनजागृति क्याम्पसको स्थापना गर्दै त्यस यता सो क्याम्पसमा छोरी र बुहारीलाई शिक्षा प्रदान गर्ने काम भइ आएको छ ।
चुलाचौकामा सधैँ व्यस्त रहने यहाँका अधिकांश बुहारी उच्च शिक्षा अध्ययनका लागि घरको काम छाडेर भए पनि नियमित रुपमा क्याम्पस जाने गरेका छन् । विसं २०७१ मा क्याम्पसले गोलधापवासीका घर घरमा गएर छोरी र बुहारी अनिवार्य पढाउनुहोस् भन्दै अभियान सुरु गरेपछि अभिभावकले समेत आफ्ना बुहारी तथा छोरीलाई नियमित रुपमा क्याम्पस पठाउने गरेको स्थानीय तेजप्रसाद रेग्मीले बताए । कक्षा ११ को परीक्षामा सामेल भएकी हल्दिबारी निवासी शर्मिला लामिछानेले परिवारकै सल्लाहले आफूले क्याम्पस पढ्न सुरु गरेको बताइन् । उनले भनिन् – “श्रीमानले पनि तिमी पढ भन्नुभयो अनि म क्याम्पस आउन थालेकी हुँ ।” राजगढ – ८ घर भई सोही क्याम्पसमा बिएड दास्रो वर्षमा अध्ययनरत रमा भण्डारीका अनुसार क्याम्पसमा अध्ययनका लागि छोरीहरुभन्दा पनि बुहारीहरु नियमित क्याम्पस आउने जाने गर्छन् । आर्थिक अवस्था कमजोर भएका लक्षित परिवारसम्म पुगेर सामुदायिक क्याम्पस सञ्चालक समितिका पदाधिकारीले उनीहरुलाई छात्रवृत्ति, पूर्ण छात्रवृत्ति प्रदान गरेर भए पनि शिक्षालाई अनिवार्य बनाएको जनजागृति क्याम्पस गोलधापका प्रमुख हरि संग्रौलाले उल्लेख गरे ।
 सामुदायिक क्याम्पस सञ्चालनार्थ आर्थिक अभाव भएको समयमा गत वर्ष पुराणको आयोजना गरी झण्डै रु ५५ लाख जुटाइएको थियो र अहिले सो क्याम्पसमा छोरी–बुहारीसहित ८० जना विद्यार्थीलाई शिक्षा प्रदान गर्दै आएको क्याम्पसका सूचना अधिकारी अर्जुन न्यौपाने बताउँछन् । उनका अनुसार क्याम्पसमा अधिकांश बुहारी अध्ययनरत छन् ।

एसएलसीमा ४७ दशमलब ४३ प्रतिशत उत्तीर्ण

– २१ हजार २४७ विशिष्ट श्रेणीमा, – ९० हजार १७६ प्रथम श्रेणी


काठमाडौं । यसवर्षको प्रवेशिका परीक्षा (एसएलसीको) को नतिजा सार्वजनिक भएको छ । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले शुक्रबार दिउँसो २०७१ को एसएलसीको नतिजा सार्वजनिक गरेको हो । परीक्षा नियन्त्रक विष्णुबहादुर द्वारेले शुक्रबार दिउँसो सानोठिमीस्थित शिक्षा विभागको सभा हलमा नतिजा सार्वजनिक गरिएको जानकारी दिए ।
परीक्षा नियन्त्रण कार्यालयले सार्वजनिक गरेको नतिजा अनुसार नियमिततर्फ ४७.४३ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । यस अनुसार १ लाख ९२ हजार २ सय ६७ विद्यार्थी उत्तीर्ण भएका छन् । प्रकाशित नतिजा अनुसार परीक्षार्थीमध्ये नियमिततर्फ १ लाख ९२ हजार २ सय ४७ जना उत्तीर्ण भएका छन् । जसमध्ये छात्रतर्फ १ लाख ९ हजार ४३ र छात्रातर्फ ८३ हजार २ सय २४ जना उत्तीर्ण भएका छन् । विशिष्ट श्रेणीमा २१ हजार २ सय ४७ जना उत्तीर्ण भएका छन् । विशिष्टमा छात्रतर्फ १२ हजार ४ सय २६ छन् भने छात्रातर्फ ८ हजार ८ सय २१ छन् । प्रथम श्रेणीमा ९० हजार १ सय ७६ जना उत्तीर्ण भएका छन् । प्रथम श्रेणीमा छात्रतर्फ ५२ हजार ५ जना उत्तीर्ण भएका छन् भने प्रथम श्रेणीमा उत्तीर्ण हुने छात्राको संख्या ३८ हजार १ सय ७१ रहेको छ । त्यसैगरी दोस्रो श्रेणीमा छात्रतर्फ ४२ हजार १ सय ७६ र छात्रातर्फ ३४ हजार ३ सय ६ गरी कुल  ७६ हजार ४ सय ८२ जना उत्तीर्ण भएका छन् । तेस्रो श्रेणीमा ४ हजार ३ सय ६२ जना उत्तीर्ण भएका छन् । तेस्रो श्रेणीमा छात्रतर्फ २ हजार ४ सय ३६ जना उत्तीर्ण छन् भने छात्रा १ हजार ९ सय २६ छन् ।
यसैगरी ५ हजार ९९ ले परीक्षा छाडेका छन् भने १ हजार १ सय ९९ जना परीक्षार्थीको परीक्षा रोकिएको छ । ६ सय १२ जनाको परीक्षा रद्द भएको छ भने ८३ जनाको एक्स्पेल्ड भएको छ ।  गत वर्ष ४३.९२ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका थिए ।
परीक्षा गत वर्ष चैत ५ देखि १३ गतेसम्म सञ्चालन भएको थियो । गत वर्ष जेठ ३० गते नतिजा सार्वजनिक भए पनि यसवर्ष भूकम्पले गर्दा केही ढिला भएको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ । एसएलसीको नतिजा हेर्न नेपाल टेलिकमको १६०० डायल गरी सम्बन्धीत परीक्षार्थीले आफ्नो सिम्बल नम्बर थिच्नुपर्ने छ । जसबाट नतिजाको परिणाम तत्कालै थाहा पाईनेछ ।
 यस्तै, नेपाल टेलिकम र एनसेल मोबाइलमा क्ीऋ ?कउबअभश्र सिम्बल नम्बर टाइफ गरी ५२२५ मा एसएमएस पठाएर परीक्षार्थीले एसएलसीको नतिजा तुरुन्तै थाहा पाउनेछन् । टेलिकम र परीक्षा नियन्त्रण कार्यालयको वेबसाइटबाट पनि एसएलसी रिजल्ट हेर्न सकिने छ । शिक्षा मन्त्रालयको वेबसाइट धधध।mयभ।नयख।लउ, शिक्षा विभागको वेबसाइट धधध।मयभ।नयख।लउ, परीक्षा नियन्त्रण कार्यालयको वेबसाइट धधध।कयअभ।नयख।लउ, नेपाल टेलिकमको वेबसाइट धधध।कअि।लतअ।लभत।लउ मा पनि परीक्षाको नतिजा हेर्न सकिने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।
प्राविधिकतर्फको एक सातापछि
यस वर्षदेखि सुरु भएको प्राविधिकतर्फको प्रवेशिका परीक्षाको नतिजा भने एक साता ढिलो हुने भएको छ । श्रेणीकरण पद्धतिबाट प्राविधिक तर्फको नतिजा निकालिने परीक्षक नियन्त्रण कार्यालय प्रमुख द्वारेले बताए । आवश्यक तयारी नपुगेकाले प्राविधिक परीक्षाको नतिजा एक सात पछि धकेलिएको हो ।
सामुदायिकमा
३३.१८ प्रतिशत उत्तीर्ण
सामुदायिक विद्यालयतर्फ ३३.१८ प्रतिशत बिद्यार्थी
उत्तीर्ण भएका छन् । गत वर्ष  सामुदायीकमा २८.१९ प्रतिशत उत्तीर्ण भएका थिए ।
साउन २० देखि मौका परीक्षा
१ वा २ विषयमा मात्रै लागेका विद्यार्थीका लागि मौका परीक्षा साउन २० गते सुरु हुने पनि परिक्षा नियन्त्रण कार्यालयले जनाएको छ । यसैबीच ग्रेडिङ अनुसार गरिने प्राविधिकतिरको नतिजा भने एक सातापछि मात्रै सार्वजनिक हुनेछ । प्राविधिकतर्फ सबै सहभागी उत्तीर्ण हुनेछन् ।

पाँच महिनामा २ सय २० चेलीको उद्धार

विर्तामोड । पूर्वी झापालाई केन्द्र बनाएर पूर्वमा चेलीवेटी बेचविखन गर्ने गिरोह सक्रिय बनेको खुलासा भएको छ । पछिल्लो ५ महिनाको अवधिमा २ सय २० जनाको उद्धार भएको छ ।
जिल्लाको विर्तामोड, काँकडभिट्टा, धुलावारी, भद्रपुरलगायतका स्थानलाई केन्द्र बनाएर पूर्वमा चेलीबेटी बेचबिखन गर्ने गिरोह सक्रिय रहेको माइती नेपालका पूर्वाञ्चल संयोजक गोविन्द घिमिरेले जनाए । माइती नेपालको कार्यालय काँकडभिट्टाले गत जनवरीदेखि मईसम्मको ५ महिनाको समयावधिमा २ सय २० जना महिलाको उद्धार गरेको उनले बताए । खुला सिमानाका कारण पूर्वबाट महिलालाई भारतलगायत तेस्रो देश लान सहज हुँदा एजेन्टले यो बाटो प्रयोग गर्ने गरेको तथ्य फेला परेको उनले सुनाए । पश्चिम नेपालका युवतीलाई आर्थिक प्रलोभन देखाएर केही दिनसम्म झापामा राख्दै उनीहरुलाई भारतलगायत तेस्रो देश पु¥याउने गिरोहका व्यक्ति झापामा पक्राउ पर्न थालेसँगै यस्तो रहस्य सार्वजनिक भएको हो ।
भूकम्पबाट पीडित बनेका युवतीलाई विदेशमा राम्रो कमाई हुने आश्वासन देखाउँदै पूर्वी नाका काँकडभिट्टा, भद्रपुर, इलामको पशुपतिनगरलगायतका स्थानबाट भारतसहित तेस्रो देश पु¥याउने गिरोहका एक महिला र एक पुरुषलाई विहीबार इलाका प्रहरी कार्यालय बिर्तामोडले पक्राउ गरेसँगै यस्तो रहस्य खुलेको हो । केही दिनअघि मात्र दुई जना दलाललाई काँकडभिट्टा नाकाबाट पक्राउ गरी मानव बेचबिखनसम्बन्धी मुद्दा चलाइएको थियो ।
बर्दिया सानो श्रीगाविस–९ की १८ वर्षीया प्रमिला केसीलाई उनीहरुले भारत लैजान लाग्दा प्रहरीले बिर्तामोडबाट उनको उद्धार गरेको छ । एक साताअघि शनिअर्जुन नगरपालिका–६ का मीना घतानी राजवंशीको घरमा ल्याइएकी उनलाई एक सातासम्म झापामा राखेर भारत लान लागेको गोप्य सूचनाका आधारमा केसीको उद्धार गरिएको प्रहरीले जनाएको छ । प्रहरीले घरधनी राजवंशी तथा मोरङ उर्लावारी–६ का सन्दीप बुढाथोकीलाई पक्राउ गरी कारबाही अगाडि बढाएको छ ।
उनीहरुलाई चेलीबेटी बेचबिखनअन्तर्गत मुद्दा चलाउने तयारी भइरहेको इलाका प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ । उता, रामेछाप स्नालु–७ घर भएका हर्क तामाङलाई प्रहरीले झापाको धुलाबारीबाट बुधबार पक्राउ गरेको थियो ।  पक्राउ परेका तामाङ चेलीबेटी बेचबिखनमा संलग्न भएको जनाउँदै धुलावारीमा सञ्चालित रञ्जित होटलबाट प्रहरीले पक्राउ गरेको थियो । लामो समयदेखि पाँचजना युवतीलाई होटलमा राखेको गोप्य सूचनाका आधारमा प्रहरीले छापा मारी उनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
रामेछाप, सिन्धुपाल्चोक, नवलपरासी, र सुनसरी घर भएका युवतीलाई किर्गिजस्तान लैजान भन्दै उनले उक्त होटलमा राखेको बताइएको छ । राहदानीलगायत अन्य कागजातसमेत उनीहरु आपैंmले बनाइदिएर ती युवतीलाई भारत हुँदै किर्गिजस्तान लैजान लाग्दा प्रहरीले उद्धार गरेका ती युवतीलाई काँकडभिट्टास्थित माइती नेपालको कार्यालयमा राखिएको र अभिभावकको जिम्मा लगाउने तयारी भइरहेको छ ।
काठमाडौं निवासी श्याम श्रेष्ठले युवतीलाई झापासम्म ल्याएर राखिदिएवापत तामाङलाई प्रतिव्यक्ति भारतीय रुपैयाँ १५ हजार दिने गरेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।
एकसाताअघि झापाको भद्रपुर हुँदै चारजना युवतीलाई भारत लैजाँदै गर्दा प्रहरीले सोही गिरोहका दुईजना महिलालाई  जलथलबाट पक्राउ गरेको थियो । पक्राउ पर्नेमा जलथल–७ की हिमा श्रेष्ठ र सोही ठाउँकी २८ वर्षीया सरिता लिम्बु रहेका छन् । उनीहरुले भद्रपुरमा महिलालाई राखेर भारतलगायत तेस्रो देश पु¥याउने गरेको बताइएको छ ।

बसपार्कका लागि ६ करोडको योजना

दमक । सरकारले यसपटक बजेट विनियोजन नगर्दा अलपत्र परेको झापाको दमक वसपार्कको द्रुततर निर्माणको माग गर्दै ६ करोड बढीको योजना सरकारमा पेश गरिएको छ ।
निर्माण उपभोक्ता समितिले सहरी विकास मन्त्रालयमा ६ करोड १७ लाखको लागत स्टिमेट सहितको योजना पेश गरेको समिति अध्यक्ष तीर्थराज बस्नेत (शंकर) ले बताए । उनले बहुवर्षीय क्रमागत योजनामा परेको बसपार्कको निर्माण कार्यलाई निरन्तरता दिई बाँकी काम सम्पन्न गर्नका लागि योजनाको लागत पेश गरेको जनाए ।
हालसम्म दमक ११ मा रहेको सो वसपार्कको आधाजसो मात्र काम भएको छ । बाँकी रहेको वसपार्क कालोपत्रे सहितको ढलाई, जक्सन रोड, यात्रु प्रतिक्षालय र विद्युतीकरणका लागि सो रकमको योजना पेश गरिएकोसरकारको वहुवर्षीय अन्तर्गत क्रमागत योजनामा परेको भएपनि यस आर्थिक वर्षमा बजेट नआउँदा निर्माण कार्यमा समस्या भएको वस्नेतले समस्या दर्शाए । चालु आर्थिक वर्षमा अढाई करोडको हाराहारीमा बजेट आउनु पर्नेमा ४० लाख मात्र आएर काम अलपत्र बनेको उनको भनाई छ ।
यसअघि साढे ४ करोडको हाराहारीमा बसपार्क फिलिङ तथा फुटपाथ निर्माण, ढलनिकास र टर्मिनल भवनको काम भएको हो ।    ८६ जना अट्ने टर्मिनल भवन अत्याधुनिक र अपाङ्गमैत्री हुनेछ । नगरपालिकाले सामान्य हिसावले ग्राभेलको केही काम गरेको भएपनि आर्थिक वर्ष ०६८।०६९ बाट क्रमागत योजनामा परेर वसपार्क निर्माणको काम अगाढि बढेको थियो ।
नेपाली कांग्रेस दमक नगर सभापति ढुण्डीराज भण्डारी र एमालेका दमक नगर अध्यक्ष अम्बिका खनालले क्रमागत योजनामा परेका यसखाले विकास निर्माणका काममा सरकारले बजेट रोक्न नहुने  धारणा राख्छन् । नगरपालिकाको कुल २ विगाहा १ कट्ठा क्षेत्रफलमा रहेको वसपार्क देशमै पहिलो अपाङ्गमैत्री वसपार्कका रुपमा निर्माण भएको नगरपालिकाको दावी छ ।

चट्याङले एकको मृत्यु

दमक । दक्षिणी झापाको पृथ्वीनगरमा खेतमा जोत्दै गरेको अवस्थामा चट्याङ लागेर एक जना किसानको ज्यान गएको छ ।
विहीबार विहान परेको चट्याङले लागेर पृथ्वीनगर–१ बस्ने ६३ वर्षीय जयप्रसाद गौतमको ज्यान गएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
घर छेउको खेलमा जोत्दै गरेको अवस्थामा चट्याङले लाग्दा गौतमको घटनास्थलमै ज्यान गएको थियो । जोतिएका हल गोरुलाई भनें केही नभएको झापा प्रहरीका प्रहरी नायव निरीक्षक विश्वमणि पोखरेलले बताए ।

पेस्तोल सहित महिला पक्राउ

सिरहा । प्रहरीले सिरहा नगरपालिका २ बाट नलकटुवा पेस्तोलसहित एक महिलालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सिरहा हनुमाननगर प्रध घर भई हाल सिरहा नगरपालिका–२ स्थित भोलाप्रसाद यादवको घरमा डेरा गरी बस्दै आएकी अन्दाजी २५ वर्षीया आशादेवी मण्डल रहेकी छन् ।
विशेष सुराकीको आधारमा घरमा छापा मार्दा नलकटुवा पेस्तोल फेला परेपछि आशादेवीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी उपरीक्षक रामकृपाल साहले जानकारी दिएका छन् ।

विदेशमा ३ को मृत्यु

दमक । वैदेशिक रोजगारीमा गएका झापा र सप्तरीका गरी पछिल्लोपटक ३ जनाको ज्यान गएको छ ।
साउदी अरवमा रोजगारीमा गएका झापा डाँगीबारी २ का दिलीप चौधरीको शव जिल्ला आइपुगेपछि विहीबार कन्काई नदीमा दाहसंस्कार गरिएको छ ।
२३ वर्षीय चौधरीको साउदीस्थित आफ्नै डेरामा डेढ महिना अघि संकास्पद अवस्थामा मृत भेटिएको दिलीपका आफन्त मन्ना शाहले जनाएका छन् ।
चौधरीका सिमन र सीमा २ छोरी, श्रीमति कुशुम, बाबु हल्दर र आमा फूलदेवी चौधरी रहेका छन् ।
त्यस्तै, रोजगारीका शिलशिलामा मलेशियामा रहेका सप्तरीका प्रभुकुमार यादवको मृत्यु भएको दुई दिन नबित्दै विहीबार फेरि भारदह गाविस–५ का २६ वर्षीय उपेन्द्र दासको मृत्यु भएको छ । मृत्युको कारण भनें खुल्न नसकेको मलेशियामै रहेका उनका भाई दिपेन्द्र दासले बताए । एक वर्ष अगाडि रोजगारीका सिलसिलामा उपेन्द्र मलेसिया गएका थिए ।

ताप्लेजुङ पुगे डाक्टर केसी

ताप्लेजुङ । त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थानका प्राध्यापक तथा हाड जोर्नी विशेषज्ञ डा. गोविन्द केसी ताप्लेजुङको पहिरो पीडितको उपचारका लागि ताप्लेजुङ पुगेका छन् ।
 गाउँ वस्तीका स्वास्थ्य समस्यामा विशेष चासो राख्ने केसी त्यहाँका विस्थापितहरुको स्वास्थ्य परीक्षण साथै विरामी परेका र घाइतेहरुको विहीबारबाट उपचार थालेका छन् । ‘यस क्षेत्रमा रोगको प्रकोप नफैलियोस् भनेर म आफैं आएर उपचारमा लागेको हुँ ।’– उनले भने । बुधबार साँझ ताप्लेजुङ आइपुगेका केसी विहीबार बिहानै पहिरोबाट बढि प्रभावित लिवाङ् गाविस तर्फ लागेका छन् । पहिरो पिडितको आवश्यकता भएसम्म उतै रहेर उपचारमा संलग्न रहने उनले जनाए । तेस्रो पटक ताप्लेजुङ आएको बताउँदै उनले १८ वर्ष अघि पहिलो र ३ वर्ष अघि दोस्रो पटक आएको भन्दै जिल्लाको आवश्यकता अनुसार पहिरो प्रभावित क्षेत्रबाट फर्किएपछि जिल्लाका चिकित्सक र सरोकारवालासँग छलफल गर्ने पनि बताए । उनी ताप्लेजुङ आइपछि पीडितहरुले आफुहरुका लागि ठूलो सहयोग र उत्साह मिलेको अनुभूति गरेका छन् ।

लेटाङमा तालिम

पथरी । आदिवासी जनजाति समुदायहरुका लागि मोरङको लेटाङभोगटेनी नगरपालिकामा आधारभुत नेतृत्व तथा क्षमता विकास सम्बन्धि ३ दिने तालिम आजबाट सुरु भएको छ ।
योग्य जीवन र वातावरणका निम्ति प्रयास नेपालको आयोजनामा सुरु भएको तालिममा तालिमामा नेतृत्व तथा क्षमताको विकास, जैविक विविधताको संरक्षणलगायतका विषयमा जानकारी गराइएको छ ।
कार्यक्रममा सामुदायिक वन उपभोक्ता महासंघ मोरङका अध्यक्ष अग्नी पौडेल, आदिवासी जनजाती महासंघ मोरङका पूर्व उपाध्यक्ष बेदेन्द्र श्रेष्ठ, नेपाली कांग्रेस लेटाङभोगटेनी नगर सचिव दीपक भण्डारी लगायतले बोलेका छन् ।
ओरेक नेपालकी कार्यक्रम अधिकृत शान्ति दनुवार र साना किसान सहकारीका हरि घिमिरेको सहजिकरण रहेको तालिममा ३ दर्जन स्थानीयको सहभागिता रहेको छ ।
जिविस मोरङको सहयोगमा तालिम सञ्चालन भएको आयोजक संस्थाका अध्यक्ष मीनकुमार राईले बताए ।

लिम्बूवानको सदस्यता

दमक । संघीय लिम्बूवान पार्टीले विहीबार इलामको चुलाचुली १ मा क्रियाशिल सदस्यता वितरण गरेको छ । घुम्ती शिविरका रुपमा लिम्बुवानी सहिद राजकुमार आङ्देम्बेको निवासमा क्रियाशिल सदस्यता वितरण शुरु गरेको पार्टीका दिलकुमार लावतीले जनाए । पहिलो दिन १ सय जनाले क्रियाशिल सदस्यता लिएको उनले उल्लेख गरे । १ महिनासम्ममा अरुण सप्तकोशी पूर्वका ९ जिल्लामा सदस्यताको शिविर सञ्चालन गरिसक्ने पार्टीले जनाएको छ ।

वर्षाले परियोजना रोकियो

पथरी । विराटनगरको मझौला सहर एकीकृत सहरी वातावरणीय सुधार परियोजनाको काम वर्षाका कारण रोकिएको छ ।
एशियाली विकास बैंकको ऋण सहयोगमा सुस्त गतिमा सञ्चालित परियोजना वर्षा लागेको भन्दै सञ्चालनमा रहेका ढल, सडक र नाला निर्माणको काम रोकिएको हो । लगातार पानी पर्न थालेकाले काम रोक्नु परेको परियोजना प्रमुख उपेन्द्रप्रसाद बरालले जनाए । इमरजेन्सी बाहेक परियोजनाका अन्य काम वर्षा लागेकाले रोकिएको उनले बताए । उनले रोकिएको काम बर्षापछि सुरु गरिने जानकारी दिए ।

जातिय विभेद र दाइजो विरुद्ध नाटक

दुधे । झापाको शिवसतासीस्थित राष्ट्रिय रमणीय आदर्श उच्च माध्यमिक विद्यालय दूधेका विद्यार्थीहरुले जातीय विभेद र दाइजो प्रथा विरुद्धको नाटक विद्यालयमा प्रस्तुत गरेका छन् ।
सामाजिक शिक्षाको विषयगत शिक्षणका क्रममा कक्षा ८ का विद्यार्थीहरुले जातीय विभेद र दाइजोका कारणले धेरै महिलाहरु घरेलु हिंसाको सिकार बन्नु परिरहेको कुरालाई नाटकको रुपमा प्रस्तुत गरेका छन् । नाटकबाट सामाजिक समस्या र त्यसको समाधानको उपाय खोजिएको विषय शिक्षक गोविन्द काफ्लेले जनाए ।
पाठका आधारमा विद्यार्थीहरुलाई दाइजो प्रथा, भ्रष्टचार, विदेश पलायन र लागु पदार्थ दूव्र्यसन गरी ४ भागमा विभाजन गरेका छन् । विद्यालयमा रहेको ५ सदनलाई ४ समूहमा विभाजन गरी सो नाटक प्रस्तुत गरिएको छ । दाइजोका कारण हुने घरेलु हिंसालाई कसरी न्यूनीकरण गर्ने, गाउँ समाजमा त्यस्ता घटना हुन नदिन विद्यार्थीहरुले समाजमा खेल्नु पर्ने भूमिका नाटकीय ढंगबाट प्रस्तुत गरिएको थियो ।
विद्यार्थीहरुलाई पाठको आधारमा विषय बस्तुलाई यसरी नाटकीय ढंगबाट प्रस्तुत गराउँदा उनीहरुको सिकाई बढी रुचीपूर्ण, प्रभावकारी, उद्देश्यपूर्ण र विद्यार्थीहरुलाई बुभ्mन सजिलो हुने शिक्षक श्रीप्रसाद खरेलले बताए ।
नाटकमा विद्यार्थीहरु जीवन उप्रेती, सपना लिम्बु, सिमसन राई, नेहा साँवा, कुशल नेपाल, तोया कटुवाल, सन्तोष श्रेष्ठ, विजय उप्रेती, सृष्टि तामाङ्ग, छुनु लक्सम, विनिता मिश्र, सुनिल देवान, अभिषेक राई लगायतले अभिनय गरेका छन् ।

असारभित्रै संविधान : भट्टराई

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा एमाओवादीका नेता डा. बाबुराम भट्टराईले असार मसान्तभित्र संविधानसभाबाट नयाँ संविधान जारी हुने बताएका छन् ।
 आफ्नो गुहजिल्ला गोरखा सदरमुकाममा विहीबार पत्रकारसँग कुराकानी गर्दै नेता भट्टराईले भने, ‘प्रमुख राजनीतिक दलहरूबीच संविधान निर्माणको विषयमा सहमति जुटेकाले धमाधम संविधान लेखनको काम अघि बढेको छ । छुटेका विषयहरू राजनीतिक तहमै सुल्झाउने हो ।’उनले भने ‘मस्यौदा समितिले टुङ्ग्याउने भन्ने होइन ।’
 आन्दोलनकारी शक्तिहरूबीच संविधान निर्माण गर्ने सहमति भएकाले नयाँ संविधान जारी हुने उनले प्रतिबद्धता जनाए । हल्लाको भरमा जनता लाग्न नहुने भन्दै उनले यसअघि दलहरूबीच भएको धर्म्निरपेक्षता जस्ता ठूला विषय अब परिवर्तन नहुने उल्लेख गरे ।
 शक्ति बाँडफाँडमा दलहरूबीच सहमति नभएको बताउँदै उनले राष्ट्रपतिको ठाउँमा राष्ट्रप्रमुख राख्दा पनि खासै फरक नपर्ने धारणा राखे । ‘संबिधान जारी गरेर प्रधानमन्त्रीले छोड्छु भन्नुभएको छ’ उनले भने, ‘साउनमा राष्ट्रिय सरकार गठन हुन्छ ।’

फोहोरको ब्यवस्थापनमा समस्या, दुुर्गन्धले महामारी फैलिने डर

दमक १२ मा थुपारिएको फोहोर
– विमल लामिछाने
दमक । दमक नगरपालिकाले तोकेको ठाउँमा फोहोर व्यवस्थापन हुन नसक्दा नगरवासी आक्रोशित हुन थालेका छन् । दमकलाई फोहोर मुक्त बनाउने भन्दै नगरपालिकाबाट दैनिक रुपमा उत्पादन हुने सबै किसिमका फोहोर मैलालाई स्रोतका रुपमा परिचालन गर्न र त्यसको व्यवस्थापन गर्न सार्वजनिक निजी साझेदारीको अवधारणा ल्याएको थियो । जस अन्तर्गत पाथ वे नेपाल प्रा.लि. जेभी इटहरी सुनसरीले २०७२ साल वैशाख १ गतेदेखि २०७६ साल चैत्र मसान्तसम्म जम्मा ५ वर्ष सञ्चालन गर्ने गरी सम्झौता गरेको थियो ।
 पाथ वे नेपाल प्रालि जेभीले यसअघि दमक नगरपालिका बजार क्षेत्रबाट प्रति महिना शुल्क लिने गरी सरसफाई शुल्कको दररेट समेत सार्वजनिक गरिसकेको छ । तर यो दररेट अवैज्ञानिक र स्तर अनुुकुल नभएको भन्दै चौतर्फी विरोध आइरहेपछि  फोहोर मैला व्यवस्थित हुन नसकेको हो । पाथ वे प्रालि र नगरपालिका बीच भएको यसअघिको सम्झौतालाई नगरबासीले स्वीकारेका छैनन् । उनीहरुले दररेट महंगो भएको र नगरपालिकाले उचित वर्गीकरण गर्न नसकेको बताएका छन् । ब्यावसायीहरुले दोहोरो कर तिर्न नसकिने भन्दै यसको तत्काल ब्यापक छलफल गरी पुनः वर्गीकरणको माग समेत गरेका छन् ।
 पाथ वे नेपाल प्रालिका अध्यक्ष सुुवास बस्नेतले नगरपालिका र पाथ वेबीच भएको सम्झौता अनुसार नै नगरको फोहोर व्यवस्थापन गरिने र यो कार्य जारी रहेको बताए । उनले भने ः  स्थानीय स्वायत्त शासन ऐन २०५५, फोहोर मैला व्यवस्थापन ऐन २०६८, फोहोर मैला व्यवस्थापन नियमावली २०७०, सार्वजनिक नीजि साझेदारी नीति २०६० लगायतका नियम बमोजिम नपा र पाथ वेबीच सम्झौता भएकाले यही सम्झौता अनुुसार काम भइरहेको जानकारी गराए ।  दमक नगरपालिकाका कार्यकारी अधिकृत युवराज दहालले फोहोरलाई स्रोतका रुपमा विकास गरी प्राप्त आम्दानीबाट दमक नगरपालिकाले विगतमा फोहोर व्यवस्थापनमा गरिरहेको खर्चलाई घटाएर नगर विकासमा अधिकतम प्रयोग गरिने, चुस्त व्यवस्थापनबाट दमक नगरबासीलाई प्रभावकारी सेवा उपलब्ध गराउने र नगरपालिकालाई फोहोर व्यवस्थापनको दीर्घकालीन दायित्वबाट मुक्त गर्ने अवधारणा अनुरुप यो कार्य सञ्चालन गरिएको बताए । उनले यो योजना तर्जुमा गर्दा कतिपय संघसंस्थाका प्रतिनिधिसँग परामर्श लिन छुुटेकाले केही समस्या आए पनि अब थप छलफल गरेर मिलाउने बताए ।
दमक नगर घरबेटी संघका अध्यक्ष मेहरमान लिङदेनले सरसफाई शुल्कको नाममा उठाइने रकम नगरपालिकाको कर श्रेस्ता भित्रैबाट तिर्नुपर्ने बताए । घरबेटीहरुको पूूर्ण सहमतिबिना नगरपालिकाले कर लगाएको छ । त्यसमाथि फोहोर व्यवस्थापन हुुन नसक्नुु दुःखको कुरा हो भन्दै ब्यापक छलफलको आवश्यकता रहेको बताए ।
यसैरी दमक–१२ का श्याम कार्कीले नगरपालिका र पाथ वेले गरेको सम्झौता अनुसार फोहोर फ्याक्ने ठाउँमा नफ्याकी दमक–१२ मा फोहोर फ्याक्ने कार्य भइरहेको बताए । यसले दुुर्गन्ध फैलाएर स्थानीयलाई विभिन्न रोगको संक्रमण बढीसकेको स्थिति छ । यो गैरजिम्मेवारी कार्यलाई तत्काल सुुधारी सम्बन्धित 
पक्षले तोकिएकै ठाउँमा ब्यवस्थापन गरोस् । उनी भन्छन्–‘अव्यवस्थित फोहोरले विरामी बढ्न थाले, महामारी चल्ने डर भयो यसको जिम्मा कस्ले लिने हो ?’ होटल व्यवसायी संघका कार्यबाहक अध्यक्ष राजेन्द्र दंगालले होटल व्यवसायीहरुले चर्को मूल्य तिर्नुु परेको बताए । उनले भने–‘कर समायोजन भएको छैन, नगरपालिकाले ठेक्का लिइसकेपछि नगरपालिकाले नै कर तिर्नुु पर्ने हो तर साना होटललाई मासिक ५ सय र ठूूला होटललाई मासिक १ हजारका दरले उठाउने गरिन्छ यो आफैमा अवैज्ञानिक छ ।’ उता, पाथ वे प्रालि दमक नगर शाखा कार्यालय प्रमुख निर्मला चौधरीले फोहोरबाट मल बन्ने र प्लाष्टिकजन्य वस्तुको गमलालगायत भाँडा बनाइने भएकाले ‘फोहोर नै मोहोर हो’ भन्दै फोहोर व्यवस्थापनलाई साथ दिन नगरबासीसँग आग्रह गरिन् । उनले प्रसोधनका लागि लगानी नगरपालिकाले गर्ने र व्यवस्थापन गर्ने काम मात्र पाथ वे प्रालिले गर्ने बताइन् । उनले फोहोर व्यवस्थापनलाई ‘रिसोर्स रिकभर सेन्टर’ भन्ने अर्थमा बुुझ्नुु पर्ने बताइन् । उनले भनिन्–अहिले हामीले फोहोरलाई विभिन्न वर्गमा छुुट्याएर मल बनाउने र अन्य सामग्री बन्ने कच्चा पदार्थलाई छुुट्टाछुृट्टै व्यवस्थापन गरिरहेका छौं, तर औषधि व्यावसायी र कतिपय अस्पतालहरुले रगतसहितका सिरिन्ज समेत फोहोर मैलामा फ्याँकीदिने गरेकाले समस्या भएको छ । दमक नगरपालिकामा दैनिक १२ टनभन्दा बढी फोहोर उत्पादन हुुने गरेको छ तर यसको व्यवस्थित डम्पिङ हुन नसक्दा यो फोहोर दुुर्गन्धित बनेर समाजमा प्रत्यक्ष असर पारिरहेछ । नगरपालिका र पाथवे को पूर्व सर्त अनुुसार प्रशोधन गरिने भनिएको स्थान र तरिकाले काम गर्न नसक्दा दमकमा यो समस्या सृजना भएको हो । दमक–१२ स्थित सृजना टोलको किनारमा थुुपार्दै आएको फोहोर मैलाले अब केही दिनभित्रै अर्को समस्या निम्त्याउने खतरा देखिन्छ । सृजना टोलका जनसमुुदायले यहाँ फोहोर नथुुपार्न पटक–पटक आग्रह गर्दा पनि संस्थाले नटेरेपछि त्यस क्षेत्रका बासिन्दाहरु आक्रोशित बनेका कुरा स्थानियबासी राजकुमार सुब्बाले बताए । अहिले त्यस क्षेत्रमा दुुर्गन्धका कारण रुघाखोकी लाग्ने, टाउको दुुख्ने, बच्चाहरुलाई बान्ता हुुने जस्ता रोगहरु बढेपछि यसले महामारीको रुप लिने स्थिति भइरहेको छ ।


के भन्छन् दलका नेताहरु

विभिन्न राजनीतिक दलका प्रतिनिधिहरुले दमक नगरभित्रको फोहोर व्यवस्थापनको योजना कार्यान्वयन  गर्न सम्बन्धित संस्थाले ब्यापक छलफल र वहस चलाउनुु पर्ने आवश्यकता रहेको बताएका छन् ।
नेकपा एमालेका नगर अध्यक्ष अम्बिका खनालले फोहोर व्यवस्थापनमा केही समस्याहरु सृजना भएकाले उद्योगी, ब्यापारी र नगरबासीहरुको प्रतिनिधित्व हुुने गरी ब्यापाक छलफल गर्नुुपर्ने आवश्यकता रहेको र यो कार्यको निम्ति चाँडै पहल गर्न नगरपालिकाले  चासो राख्नुुपर्ने बताए । उनले डम्पिङ साइडका लागि भनेर छुुट्याइएको जमिनमा निश्चित क्षेत्रभित्र प्रशोधन गर्ने क्षेत्र नबनिसकेको स्थिति भएको बताए । उहाँ डम्पि साइड व्यवस्थापन समिती दमकका संयोजक समेत हुन् । उनले भने–अहिले जुुन कदम चालेर पाथवे र नगरपालिकाबीचको समन्वयमा काम भइरहेको छ, यो अरुभन्दा छुुट्टै र पृथक कार्य हो यसलाई तीन प्रकृतिबाट फोहोर मैलाको व्यवस्थापन गर्नुुपर्ने हुन्छ ।  
यसैगरी राप्रपाका नगर सचिव प्रकाश सुवेदीले फोहोर व्यवस्थापनमा जनचेतनाको खाँचो रहेको बताए । उनले भने ः कसले लान्छ, कतिखेर गाडी आउँछ, कहाँ लगेर फ्याँक्ने ? यो केही पनि सर्वसाधारणलाई थाहै छैन । यो स्थितिमा खातामा योजना बनाएर दराजमा खाता थुुनेर योजना कार्यान्वयन हुँदैन । अहिले जहाँ फोहोर फ्याक्दिैछ, त्यो अव्यवस्थित र गैरजिम्मेवारी हो । किनभने हम्सेदुुम्से सामुुदायिक वनले उपलब्ध गराएको क्षेत्रको ल्याण्डफिल्ड (डम्पिङ साइड)मा फ्याक्ने भनिएको फोहोर मैला पहिले सयपत्री टोलमा फ्याकिदै आएको र अहिले दमक १२ को नयाँ सुुकुम्बासी बस्तीमा फ्याँकिएकाले यो कदम गलत छ । 
यसैगरी नेपाली कांग्रेसका नगरसभापति ढुण्डीराज भण्डारीले नगरबासीहरुले फोहोरको समस्या हाम्रो समस्या हो भन्ने अर्थमा बुुझ्न आवश्यक रहेको बताए । उनले भने–कोही मान्छेहरु फोहोरमा राजनीति गर्ने र केही व्यक्तिगत स्वार्थ राखेर संस्थामा पसकेका छन् । यी मान्छेहरुले काम बिगारेका हुन् । उनले भने सबैसँग परामर्श र छलफल नगरी कामलाई अगाडि बढाउन गलत कदम हो । विभिन्न स्वार्थ राखेर व्यापारिक उद्देश्यले संस्थामा पसेका मान्छेहरुदेखि नगरबासी सचेत रहनुुपर्छ ।
यसैगरी एकीकृत कम्युुनिष्ट पार्टीका नगर सेक्रेटरी उमेश सिटौलाले नगरपालिकाले पाथवेलाई जिम्मा दिएपछि अहिलेको भन्दा भिन्न र नयाँ तरिकाले फोहोर व्यवस्थापन गर्न सक्नुुपथ्र्यो तर यो हुन सकेन । यसका लागि नागरिक स्तरबाट पनि उत्तिकै सहयोगको आवश्यक पर्छ ः उनले भने ।
नेकपा माओवादीका नगर सेक्रेटरी लोमनाथ भण्डारीले वन क्षेत्र  को पूर्वाधारलाई व्यवस्थित नगरी फोहोर तोकिएको ठाउँमा भन्दा अन्यत्र फ्याँकीएकोमा जनआपत्ति रहेको छ । यसलाई नगरपालिकाले तत्काल समाधान गरोस् । तोकिएको ठाउँमा फ्याक्न नसक्दा दमक–१२ को गाउँ नै प्रदुषित भएको छ ।
 यसैगरी संघीय समाजवादीका नगर इन्चार्ज सुुशिल राईले पाथवेले ल्याएको यो कदम पूूर्वको लागि पहिलो भए पनि सबैको राय सुुझाव र सल्लाहले काम गर्न नसक्दा योजना असफल भएको जस्तो देखिने बताए । उनले भने– बिहान उठाउनु पर्ने फोहोर उठाउन बेलुका ३ बजे गाडी लिएर आउँछन् । कतिबेर पर्खिएर बस्ने र कुन–कुन टोलको एक ठाउँमा संकलन गर्ने यो पनि तोकिएको छैन । यसैगरी यसअघिको शुल्क निर्धारणमा एकरुपता छैन भन्दै  एकरुपताको खाँचो दर्शाए ।
एमाओवादीका नगर इन्चार्ज रमेश गुुरागाईले संस्थाले नगरबासीको धारणा बुुझेर काम गर्न सक्नुपर्छ भन्दै योजना सफल परामर्शको अभाव भएको प्रतिकृया दिए । 
राप्रपा नेपालका केन्द्रीय सहमहामन्त्री राम थापाले पाथवे, नगरपालिका र नगरबासीबीच समन्वयको खाँचो छ । यो हुुन नसक्दा काम फितलो र अव्यवस्थित भएको बताए । उनले फोहोर डम्पिङ कार्य अव्यवस्थित छ भन्दै तोकिएको ठाउँमा फोहोर नफ्याकिएको गुुनासो गरे ।
त्यसैगरी लिम्बुवानका केन्द्रीय सचिव देउकुमार नेम्वाङले ब्यापक छलफल नगरी केही ठूला व्यक्तिहरुले मात्र बसेर बनाएको योजना भएकाले कार्यान्वयन हुने कुरामा थप समस्या भएको बताए । उनले भने– यो योजना व्यवस्थित गर्न सके राम्रो हुुने थियो तर संस्थाले भूूमिका निभाउनै सकेन ।

उपभोक्ता समिति र प्रधानमन्त्रीबीच भेटबार्ता बहुबर्षिय योजनामा पार्ने प्रधानमन्त्रीको आश्वासन

दमक । प्रधानमन्त्री शुशील कोइरालाले निर्माणाधिन दमक चिसोपानी रवि सडक निर्माणमा सक्दो सहयोग गर्ने आश्वसन दिएका छन् । प्रधानमन्त्री कोइरालाले लामो समयसम्म सडक निर्माण हुन नसकेकोमा दुःख ब्यक्त गर्दै आउदो बर्ष बहुबर्षिय योजनामा पार्ने आश्वासन दिए । 
 दमक चिसोपानी रबि सडक निर्माण उपभोक्ता समितिको टोलीलाई मंगलबार भेट गर्दै उनले आफू सडक निर्माणप्रति आफु गम्भिर रहेको भन्दै आगामी बर्ष बहुबर्षिय योजनामा पार्ने आश्वासन दिए । कोइरालाले सबै विभागहरु, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष, सडक डिभिजन लगायतको निकायहरुसँग सम्पर्क गरी बाटोलाई आगामी बर्ष कुनै पनि हालतमा बुहबर्षीय योजनामा पार्न निर्देशन दिएको समितिका अध्यक्ष रेवतराज पुरीले जानकारी दिए । 
त्यस अवसरमा अध्यक्ष पुरीले सडकबाट करिब १५ लाख जनताहरु प्रत्यक्ष लाभान्वित हुने, ४७ किलोमिटर रहेता पनि मेची अञ्चलको सबै जिल्लालाई छुने बाटो भएको हुँदा प्राथमिकता नं. १ मा पारिदिन आग्रह गरेका थिए । 
उनले  भारतको फत्तेपुर हुँदै झापाको गौरीगञ्ज र चीनको घाङ्लासम्म जोड्ने भएकोले विशेष गरी झापा, पाँचथर, 
इलामको ३३ वटा गाविस, एक नगरपालिका, विभिन्न धार्मिक पर्यटकीय स्थलहरु, किरात धर्मको प्रमुख धार्मिकस्थल लारुम्बा, माङ्सेबुङ् लगायत ठाउँहरुहरु सो बाटोमा पर्ने भएको हुँदा सो सडकलाई बहुबर्षीय परियोजनामा पारिदिन आग्रह गरेका थिए । सोही भेटको क्रममा ताप्लेजुङ्मा गएको पहिरोले पिडीतहरुलाई गास, बास र कपासमा सरकारको पुर्याउन पनि सहभागी सभासदहरुले आग्रह गरेका छन् ।
टोलीमा झापा, इलाम र पाँचथर जिल्लाका सभासदहरु केशवकुमार बुढाथोकी, भिष्मराज आङ्देम्बे, दिपक कार्की, श्रीप्रसाद जवेगु, राम कार्की, मोहन टुडु सहभागी थिए । त्यसैगरी समितिका पूर्व उपाध्यक्ष लोकबहादुर धिमाल, वर्तमान उपाध्यक्ष विनोद नेम्वाङ्, सचिव दिल कुमार लावती, महिला सचिव लिलादेवी दाहाल, सदस्यहरु केन्द्र प्रसाई अन्य दलीय प्रतिनिधिहरु झलकसिंह दर्लामी, धर्मशीला चापागाई, हरि भण्डारी, रुद्र गौतम, सिताराम अधिकारी, सिपी कडरिया, नगेन्द्र भटट्राई, दिपक दुलाल, दिपक खतिवडा, दमक काठमाण्डौं सरोकार मञ्चका गोपाल चुडाल, विष्णुमाया साम्पाङ, अविनास तामाङ, विरेन्द्र बस्नेत लगायतका प्रतिनिधिहरुले प्रधानमन्त्रीलाई भेट गरेका थिए । 
यसअघि टोलीले आइतबार र सोमबार एमाले अध्यक्ष रोमनाथ ओली, कांग्रेस महामन्त्री कृष्ण प्रसाद सिटौला, एमाओबादी अध्यक्ष पुष्पकमल दाहाल, बरिष्ट नेता डा. बाबुराम भट्टराई, सभाध्यक्ष सुबास नेम्बाङ, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गोबिन्द पोखरेल लगायतका दलका नेताहरुसंग भेटेर सडक निर्माणका लागि सहयोग गरिदिन आग्रह गरेको थियो ।

निर्माणाधिन योजनाको स्थलगत अनुगमन

दमक । जिल्ला विकास समिति (जिबिस) ले झापा क्षेत्र नं. ७ मा सञ्चालन भएका विभिन्न निर्माणाधिन योजनाहरुको मंगलवार स्थलगत अनुगमन गरेको छ ।
जिबिस झापा मार्फत आर्थिक वर्ष २०७१÷७२ मा यहाँ सञ्चालन भएका २० वटा योजनाको स्थालगत अनुगमन गरिएको हो । स्थानिय विकास अधिकारी ( एलडिओ) फडिन्द्र दाहालका अनुसार चालु आ.व.मा जनसहभागितामा आधारित १० वटा तथा निर्वाचन क्षेत्र पूर्वाधार विषेश कार्यक्रम अन्र्तगतका १० वटा गरि २० वटा योजनाहरु सञ्चालन भइरहेका छन् । जसको कार्य प्रगतिको अवस्था वारेमा नागरिक स्तरसम्म जानकारी गराउने उदेश्यले योजनाको अनुगमन गरिएको स्थानिय विकास अधिकारी दाहालले जानकारी दिए । क्षेत्र नं. ७ अन्र्तगत सडक पक्की गर्ने, ग्राभेल, पुल, विद्युत विस्तार, घेरावारा, भवन निर्माण लगायतका योजना सञ्चालनमा भइरहेका छन् । अनुगमनको क्रममा दमक नगरपालिका ६ स्थित कृष्ण मन्दिर वेलडाँगी ढुकुरपानी जनता चौक सडक खण्ड कालोपत्रे, दमक १९ वाट मोरङको राजघाट जोड्ने मावाखोलामा निर्माणाधिन पक्की पुल समेत अनुगमन गरिएको थियो । त्यस्तै दमककै पशुपति मन्दिरको अतिथि सदन तथा रत्न कुमार वान्तवा स्मृति भवन निर्माण लगायतका योजनाको प्रगति अन्तिम चरणमा रहेको पाइएको जानकारी गराइएको छ ।
टोलीले लखनपुर गाविसका नौवटै वडाका विभिन्न १७ टोलमा ७० थान विद्युत पोल तथा तार विस्तारको कामको भएको विद्युत विस्तार तथा गर्ने काम धमाधम भइरहेको जानकारी गराइएको छ । त्यसैगरी सरस्वती उच्च माबि तथा लखनपुर गाविसको घेरावाराको काम समेत अन्तिम चरणमा पुगेको छ । टोलीले तोपगाछी र धरमपुरमा निर्माणाधिन अन्य योजना समेत अनुगमन गरेको थियो । एकदुई योजना वाहेक सम्पुर्णको प्रगति सन्तोजानक रहेको जिबिसका योजना अधिकृत डिल्ली नेपालले जनाए । टोलीमा  एलडिओ दाहाल, सहायक सिडियो रोहितराज पोख्रेल, नेपाली कांग्रेसका जिल्ला सभापति उद्धव थापा, नेकपा एमालेका क्षेत्र नं. ७ का होम थापा, एमाओवादीका वम वहादुर कार्की, शन्ति समिति झापा अध्यक्ष सुर्य नारायण गणेश, रेडक्रस झापाका सभापति लोकराज ढकाल, जिल्ला प्राविधिक कार्यालय झापाका ईञ्जिनियर राम लखन माझी, कोष तथा लेखा नियन्त्रण कार्यालका कोष नियन्त्रक दीनेश भण्डारी लगायत सहभागि थिए । 

तमोर बगरमा माछैमाछा, एउटै ८० किलोसम्म [ फिचर फोटो सहित ]

माछा मारेपछि बोकेर घर लाँदै स्थानिय
धनकुटा । तीन दिनअघि अकस्मात आएको बाढीका कारण तमोर नदीमा ठूल्ठूला माछा फेला परेका छन् । उत्तरी जिल्लाहरुमा भएको भीषण वर्षापछि बाढी आएर नदि धमिलिएको थियो । त्यसक्रममा ठूल्ठूला आकारका माछा बगरसम्म लेदोमा बगेर आएका थिए । बगरमा छ्यापछ्याप्ती माछा आएको हल्ला फैलिएपछि आसपास गाउँ र धनकुटा सदरमुकामसम्मका बासिन्दा माछा संकलन गर्न पुगेका थिए । बूढीमोरङ, मूलघाट लगायत क्षेत्रमा पर्ने बगरमा माछा देखेपछि कोसी राजमार्गमा चल्ने सवारी साधनका कर्मचारी र यात्रु समेत माटा बटुल्न पुगेका थिए । त्यसरी फेला परेको माछा ६५ देखि ८० किलोसम्मको भएको स्थानीय पत्रकार मोहन वान्तवाले बताए । माछा गोंज जातको भएको स्थानीयको भनाइ छ । एकै दिन धनकुटाका विभिन्न स्थानमा पर्ने तमोर किनारमा संकलन गरिएको माछा १० हजार टनसम्म भएको अनुमान गरिएको 
छ । फेला परेको माछा समातेर कतिपयले घरमा लगेर थिए । कतिपयले भने बिक्री गरेका थिए । वान्तवाका अनुसार सयदेखि ४ सय रुपैयाँ प्रतिकिलोसम्ममा किनबेच भएको थियो । तमोरमा यसरी छ्यापछ्याप्ती माछा हमेसा पाइँदैन । स्थानीय बूढापाकाका अनुसार २०३७ सालताका आएको बाढीमा पनि यसैगरी माछा बगरमा फेला परेका थिए । यसअघि पाँचथरमा पनि तमोर नदीबाट ठुलो मात्रामा माछा निकालेर बेचिएको थियो ।












पूर्वाञ्चलमा एक लाख हेक्टर जमीन बाँझै

दमक । पूर्वाञ्चलमा ९ लाख ४५ हजार छ सय ५८ हेक्टर खेतीयोग्य जमिनमध्ये ८ लाख ४८ हजार ३ सय ५ हेक्टर क्षेत्रफलमा मात्रै खेती गरिएको छ । 
पूर्वाञ्चलका जिल्लामा १० प्रतिशतसम्म खेतीयोग्य जमिन बाँझै रहने गरेको क्षेत्रीय कृषि निर्देशनालयले जनाएको छ । खेतीप्रति मानिसहरुको विकर्षण बढेकाले खेतीयोग्य जमिन बाँझो हुने क्रम बढेको निर्देशनालयले उल्लेख गरेको छ । तथ्यांक अनुसार यो वर्ष तेह्रथुममा सबैभन्दा बढी १० प्रतिशत जमिन बाँझै छ । अन्नको भण्डारका रुपमा चिनिने पूर्वका झापा, मोरङ र सुनसरीमा पनि ४ देखि ६ प्रतिशतसम्म खेती गर्ने जमिन बाँझै रहेको छ । यो वर्ष सुनसरीमा ६ प्रतिशत खेतीयोग्य जमिन बाँझै रहेको छ । झापामा ४ प्रतिशत र मोरङमा २ प्रतिशत खेतीयोग्य जमिन बाँझै रहेको निर्देशनालयका कृषि प्रचार अधिकृत अभिमन्यु अधिकारीले बताए ।
समयमै मल, बीउ नपाउने, सिँचाइ अभावका कारण आकाशेपानीको भरमा अन्नबाली लगाउनुपर्ने बाध्यता र श्रमिक अभावले खेती गर्ने किसानहरु पिरोलिएका छन् । जसका कारण अधिकांश किसान पहाडी कृषिले परिवार पाल्न धौधौ भएको गुनासो गर्छन् । सन् २०३० सम्ममा हालको तुलनामा ६० प्रतिशत बढी खाद्यान्न आवश्यक पर्ने अनुमान लगाउँदै ‘गाउँगाउँमा सहकारी, घरघरमा भकारी’ र एक गाउँ एक उत्पादन’ जस्ता प्रचारमुखी सरकारी कार्यक्रममा बाँझो जमिनको प्रयोग, खाद्यान्न उत्पादन, आपूर्ति र वितरणमा रहिआएका समस्या सम्बोधन गर्ने कुनै ठोस योजना छैनन् ।

५० % शुल्क मिनाहा गर्न निर्देशन

काठमाण्डौ । भूकम्पका कारण बन्द रहेको एक महिनाको मासिक शुल्कमा ५० प्रतिशत छुट दिन  शिक्षा मन्त्रालयले नीजी विद्यालहरुलाई निर्देशन दिएको छ । मन्त्रालयले आइतबार विज्ञप्ति निकालेर यस्तो निर्देशन दिएको हो । मन्त्रालयको यो निर्देशनसँगै  आन्दोलन घोषणा गरेका १३ विद्यार्थी संगठनहरुले आन्दोलन फिर्ता लिएका छन् । यसअघि निजी विद्यालय सञ्चालकहरुले बिभिन्न शिर्षकहरुमा छुट दिने र त्यो छुट ५० प्रतिशत मिनाहा गरेको सरह हुने भन्दै आएका थिए । तर, विद्यार्थी नेताहरुले एक महिनाको शुल्क शतप्रतिशत मिनाहा गर्न माग गर्दै आएका थिए । यसअघि आइतबार बिहान  नै  बिद्यार्थी संगठनहरुले  प्रधानमन्त्री सुशील कोइरालालाई ध्यानाकर्षण पत्र बुझाएका थिए । मन्त्रालयले विज्ञप्ति मार्फत भूकम्प प्रभावित जिल्लामा प्रभावित भएको शैक्षिक क्यालेण्डरमा समायोजन गरी पाठ्यसामग्री पठन पाठन पूरा गर्ने व्यवस्था मिलाउन पनि निर्देशन दिएको छ । भूकम्पबाट आमा बुवा गुमाएका २०० बालबालिकाहरुलाई पालन पोषणसहित शिक्षादिक्षाको निःशुल्क व्यवस्था एसओएस भिलेज नेपाल सानोठिमी भक्तपुरमा मिलाइएको छ ।

२३ जनाको शव अझै भेटिएन

ताप्लेजुङ । पश्चिमी ताप्लेजुङका विभिन्न गाँउ विकास समितिमा वुधवार राती गएको पहिरोमा पुरिएर हराईरहेका २३ जनाको शव अझै भेटिएको छैन । यद्वपी सुरक्षाकर्मी र स्थानीयले उनीहरुको खोजी कार्य जारी राखेका छन् । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका अनुसार पहिरो प्रभावित मध्ये खोक्लिङ गाविसका २, थिङलावुका १, लिवाङका १५ र लिङतेपका ५ गरी २३ जना हराइरहेका छन् ।
स्थानीयले भने वेपत्ता सवैको मृत्यु भइसकेको दावी गर्दै आएका छन् ।
प्हिरो प्रभावित खोक्लिङ, लिङतेप, थिङलावु, लिवाङ, लिङतेप र सान्थाक्रा गाविसमा पहिरोमा पुरिएका ३८ जनाको शव भने यस अगावै निकालिएको थियो । ताप्लेजुङका प्रमूख जिल्ला अधिकारी डमरुप्रसाद निरौलाका अनुसार आइतवार पनि ताप्लेजुङका विभिन्न स्थानमा पानी परेकाले हराइरहेकाहरुको खोजीमा समस्या भएको थियो । 
यसैविच पहिरो प्रभावित सवै गाविसका वासिन्दालाई सोमवारदेखि राहत सामग्री वितरण गरिने भएको छ । प्रजिअ निरौलाका अनुसार पहिरो प्रभावित परिवारका सदस्यलाई नजिकैको प्रहरी चौकी मार्फत सामग्री वितरण गर्ने तयारी भएको हो ।
पीडित परिवारका लागि शनिवार नेपाली सेनाको हेलिकोप्टरले राहत सामग्री ओसारेको थियो । यस्तै स्थलमार्गवाट समेत ६ ट्याक्टर सामग्री प्रभावित गाविसमा पठाइएको स्थानीय प्रशासनले जनाएको छ ।

सहमतिपछि दमकमा सरसफाई शुरु

सहमतिपछि दमकमा सरसफाई शुरु 
दमक । फोहोर ब्यवस्थापन पक्ष र सरसफाई मजदुर बीच भएको विवाद मिलेपछि मजदुरहरु फोहोर संकलनको काममा फर्किएका छन् । सफाई मजदुर मुन्ना मल्लिकलाई १० दिन सम्म निलम्वन गर्ने सहमति भएपछि सफाई मजदुरहरु आइतवार दिउँसो ३ बजेबाट काममा फर्किएका हुन् । दमक नगरपालिकामा सफाई मजदुरको तर्फबाट अखिल नेपाल सरसफाई मजदुर संघको इकाई दमक अध्यक्ष कैलाश मल्लिक ,नगरपालिकाको वातावरण शाखा प्रमुख द्रोर्ण थापा, नेपाल ट्रेड युनियन महासंघ झापाकी अध्यक्ष सीता सापकोटा र पाथवे नेपाल दमककी प्रवन्धक निर्मला 
चौधरी बीच भएको छलफलमा सहमति भएको हो ।  १० दिनपछि मुन्नाले नैतिक आचारण सुधार गरेर काम फर्किने एक चोटी सुधार दिने सहमति भएको प्रवन्धक चौधरीले बताइन्  । पाथवेले मुन्नालाई कामबाट गत शुक्रवार निकालेपछि शनिवार मजदुरहरु आन्दोलनमा उत्रिएर काम गर्न छोडेका थिए ।

कनकाईलाई सूचनाको हक मैत्री बनाउने प्रतिवद्धता

सुरुङ्गा ।  कनकाई नगरपालिकालाई सूचनाको हकमैत्री वनाउँ कनकाई नगरवासीका तर्फवाट नगर अधिकृतले प्रतिवद्वता जनाएका छन् ।  आइडिएफ नेपालको आयोजनामा आइतवार सुरुङ्गामा आयोजित सूचनाको हकमैत्री नगरपालिका निर्माणका लागि साझेदार सरोकारवालाहरुसँगको अभिमुखिकरण गोष्ठीमा अधिकृत सुनिल निरौलाले कनकाई नगरपालिकालाई सूचनाको हकको नमुना नगरपालिकाका रुपमा विकास गर्न हस्ताक्षर सहित प्रतिवद्धता जनाएका हुन् । स्थानीय संघसंस्था, राजनीतिक दल, संचारकर्मी, नागरीक समाज लगायतको सहकार्यमा आवश्यक पूर्वाधार सहित सूचना केन्द्र स्थापना गरी आगामी आर्थिक वर्षदेखि नमूना नगरपालिकाको रुपमा कनकाई नगरपालिकालाई विकाश गर्दै जाने प्रतिवद्धता जनाइएको हो ।  
 देशभरका आठवटा नगरपालिकालाई सूचनाको हकको नमुना नगरपालिकाका रुपमा विकाश गर्न राष्ट्रिय सूचना आयोगको सहकार्यमा कार्य अघि वढिरहेको अवस्थामा पूर्वाञ्चलमा कनकाई नगरपालिकालाई सूचनाको हकको नमुना नगरपालिका वनाउँन आइडिएफ नेपालले विभिन्न कार्यक्रमहरु ल्याउने योजना वनाएको आइडिएफका कार्यकारी निर्देशक विष्णु खरेलले वताए । प्रशस्त धार्मिक तथा पर्यटकीय सम्भावना वोकेको यस क्षेत्रमा रहेको कनकाई नगरपालिकालाई सूचनाको हकको नमुना नगरपालिका वनाउन संस्थाले नेतृत्व गर्ने कुरामा कार्यकारी निर्देशक खरेलले जोड दिए । आइडीएफ नेपालका कार्यकारी निर्देशक विष्णु खरेलको अध्यक्षता  र कनकाई नगरपालिकाका कार्यकारी अधिकृत सुनिल निरौलाको प्रमुख आतिथ्य रहेको गोष्ठीमा  कोमल पन्त, केदार गिरी, तुलसी कार्की, हिम्मत नेम्वाङ, चन्द्रमान कन्दङवा, लीलाप्रसाद उप्रेती, सूर्यबहादुर थापा , लीलाराज झापाली लगायतले आआफनो धारणा राखेका थिए ।

कोशी ब्यारेजका २२ ढोका खुल्ला

सुनसरी । सप्तकोशी नदीमा पानीको बहाब बढेपछि कोशी ब्यारेजका २२ वटा ढोका खोलिएका छन् । सामान्य अवस्थामा प्रति सेकेण्ड ५० देखि ८० हजार क्युसेक पानीको बहाब रहने गरेकोमा शनिबार बेलुका ६ बजे १ लाख ९० हजार ३ सय ६५ क्युसेक प्रति सेकेण्ड पानीको बहाब मापन गरिएको छ ।
 सप्तरी र सुनसरीमा वर्षा नभए पनि पहाडी जिल्लामा केही दिनदेखिको वर्षाका कारण कोशीमा पानीको सतह बढेको हुन सक्ने अनुमान गरिएको छ । पानीको सतह बढ्न थालेपछि कोशी व्यारेजको पूर्वी र पश्चिमी प्रवेशद्धारमा सुरक्षाकर्मीले पालैपालो गरी यातायातका साधनलाई आवत जावत गर्न दिएका छन् । भारत बिहारको वीरपुरस्थित जल संसाधन विभागका उच्च अधिकारीकारीले कोशी ब्यारेजमा सतर्कता तथा निगरानी बढाएका छन् । सप्तरी र सुनसरीकोबीच भएर बगेको कोशी नदीमा पानीको बहाब बढेपछि दुवै जिल्लाका कोशी क्षेत्रका बासिन्दाहरु त्रसित भएका छन् ।

ताप्लेजुङमा फेरि अर्को पहिरो, मेची राजमार्गमा यातायात ठप्प

ताप्लेजुङ / बुधबार झरेको पहिरोमा परेकाको उद्वार गरिनसक्दै  ताप्लेजुङमा फेरि अर्को पहिरो गएको छ । पश्चिमी क्षेत्रमा पहिरोले वितन्डा मच्चाए लगत्तै शुक्रबार राति पुर्वी क्षेत्रमा शुक्रबार राति पहिरो गएको हो । पहिरोले सबैभन्दा बढी सुरुम्खिम र खेवाङ, पेदाङ र याम्फुदिन लगायतका गाविसमा क्षति पुर्याएको स्थानीय बासिन्दाले बताएका छन् । शुक्रबार दिनभर अवरुद्ध मेची राजमार्गमा शनिबार बिहानै पहिरो खसेपछि यातायात साधन गुड्न सकेका छैनन् । ताप्लेजुङको खोक्सेखोला र कावेलीमा पहिरो खसेर बाटो अवरुद्ध भएपछि झापाको बिर्तामोड, इलाम र पाँचथरबाट ताप्लेजुङ आउने र ताप्लेजुङबाट झापा झर्ने गाडी बीच बाटोमै अलपत्र छन् ।
सुरुम्खिम निवासी खड्ग तिवारीका अनुसार पहिरोले सो क्षेत्रको थुप्रै संरचना, अलैंची बारी, पशुचौपाया र खेतीयोग्य जमीनमा क्षती पुर्याएको छ । पहिरो खोल्साहरु लेदोसहित बग्दा झन् त्रास बढेको छ । सुरुम्खिम माबि छेउबाट पहिरो गएकोले सो विद्यालय पनि खतरामा परेको उनले जनाकारी दिए । पहिरोले ठूलो क्षति गरेको जानकारी पाउनासाथ तेल्लोकबाट प्रहरी पठाइएको ताप्लेजुङका प्रहरी नायव उपरीक्षक शान्तिराज कोइरालाले बताए ।
३५ जनाको शव भेटियो
जिल्लाको पश्चिमी भेगमा बुधवार रातिको पहिरोमा पुरिएकामध्ये शुक्रवार साँझसम्म ३५ जनाको शव फेला परेको छ । जसमा २७ जनाको शव परिवारलाई बुझाइसकिएको प्रहरीले जनाएको छ । पहिरोमा पुरिएकामध्ये थिङलावु गाविसबाट मात्रै १७ जनाको शव निकालिएको छ । त्यस्तै लिवाङमा ९,  लिङतेपमा ६ र खोक्लिङमा तीनको शव भेटिएको छ । पहिरोमा अझै २६ जना वेपत्ता छन् ।  
हेलिकोप्टरबाट खोजी तथा उद्वार
वेपत्ताको खोजी, उद्धार र राहतका लागि शनिबार स्थानीयबासी प्रहरी परिचालित भए ।  प्रतिकुल मौसमले हेलिकोप्टर जान नसक्दा पहिरोपीडितले राहत पाउन सकेनन् । पहिरो प्रभावित क्षेत्रबाट सुरक्षित ठाउँमा सारिदिन भनिरहेका स्थानीय अझै पनि पहिरो प्रभावित क्षेत्रमा त्रासमा बाँचिरहेका छन् ।
रातभर खुल्ला आकाशमुनि बास
पहिरो प्रभावित वासिन्दाहरु रातभर डाँडा, पाखा र विद्यालयमा आश्रय लिएर बसिरहेको लिङ्तेपस्थित लक्ष्मी माध्यमिक विद्यालयका प्रधानाध्यापक राजकुमार दासले बताए । उनका अनुसार पहिरोले रामदुवाली लगायतका गाँउका बजार सबै खोलामा परिणत गरिदिएको छ । बाटो र पुल भत्काएकाले स्थानीयबासी वल्लो गाउँबाट पल्लो गाँउ पुग्न सकेका छैनन् । छिमेकी लिवाङमा थुप्रै मानिस पहिरोमा फसेपनि उद्धारकर्मी जान सकेका छैनन् ।


संखुवासभामा पहिरोले १ को मृत्यु, ४ बेपत्ता

संखुवासभा । संखुवासभामा पहिरोले पुरिएर एक जना महिलाको मृत्यु भएको छ । पाथीभरा–१ थाप्रुङकी ३२ वर्षीया सुकु तामाङको शनिबार दिउँसो गएको पहिरोले पुरिएर मृत्यु भएको हो । पहिरोले पुरिएर नुम र पाथीभरामा ४ जना बेपत्ता भएका छन् । पहिरोले पुरिएर उनको ३ बर्षीय छोरा बेपत्ता छन् । उनका अर्का छोरालाई सेनाले जिवितै उद्धार गरेको थियो । उनीहरुको नाम भने खुल्न सकेको छैन । सेनाको हेलिकप्टरले उद्धार गरेर ल्याएपछि उनको खाँदबारी अस्पतालमा उपचार भइरहेको छ ।
पहिरोले नै पुरिएर नुम गाविसको फ्याक्सिन्दामा एकै परिवारका ३ जना बेपत्ता भएका छन् । शुक्रबार राति घर माथिबाट पहिरो झरेपछि भाग्ने क्रममा ३२ बर्षिय रोशन तामाङ, उनका २८ बर्षीया श्रीमती उर्मिला तामाङ र १९ महिनाकी छोरी सुनिता तामाङ बेपत्ता भएको डीएसपी कमल थापाले बताए । पहिरोका कारण फ्याक्सिन्दाका १७ परिवारका ८१ जनाले गाउँ छाडिसकेका छन् । वेपत्ताहरुको खोजी जारी राखिएको छ । पहिरो गएपछि फ्याक्सिन्दामा रहेको अरुण नदीको पुलबाट आवतजावतमा समेत रोक लगाइएको छ । पहिरोले मकालु गाविस ६ याङदेममा ४ वटा घर बगाएको छ । घर बगाएपछि उनीहरु नजिकैको साक्सेवा गाउँमा अस्थायी रुपमा बसिरहेका छन् । मकालुको तल्लोवालुङमा ३ घर बगेका छन् । मकालुमा पहिरोले १४ घर–परिवार विस्थापित भएको प्रहरीले जनाएको छ । यसैबीच, २ दिन अघिबाट पहिरोमा फसेका पावाखोला ६ खङदुवाका ६२ परिवारलाई सेनाको हेलिकप्टरले उद्धार गरेर सुरक्षित स्थानमा सारेको छ ।

पावर शेयरिङमा सैद्धान्तिक सहमति, विरोध गर्नेहरू संघियता र गणतन्त्र विरोधी

मोरङ । मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले चारदलबीच सहमतिसँगै संबिधान घोषणापछि बन्ने सरकार र पावर सेयरिङका विषयमा सैद्धान्तिक सहमति भएको दाबी गरेका छन् । उनले काँग्रेस, एमालेमध्ये एकले सरकारको नेतृत्व र अर्कोले राष्ट्रपति पाउने तथा एमाओवादी र आप्mनो दलले सभामुख र उपराष्ट्रपति पाउने सैद्धान्तिक सहमति भईसकेको खुलाए । यद्धपी आफनो दलको कुनै दावी भने नरहेको उनले स्पष्ट पारे ।
शनिवार बिराटनगर बिमानस्थलमा कुरा गर्दै गच्छदारले संबिधान घोषणा पछि बलियो राष्ट्रिय सरकार आबश्यक हुने बताए । चारदलबीचको १६ बुँदे सहमति २००७ साल पछिको सबै भन्दा ऐतिहासिक सहमति भएको उनको भनाई छ  । ६५ वर्षदेखिको जनताको चाहना पुरा गर्ने हिसावले भएको चारदलबीचको सहमतिले नयाँ नेपालको नक्सा कोरिसकेको बताउदै उनले सहमतिले नेपालमा राजनैतिक गतिरोधलाई समेत समाप्त पारेको बताए । गच्छदारले ऐतिहासिक सहमतिपछि अब संबिधान निर्माणको कार्य दु्रत गतिमा अगाडि बढेको बताउदै साउनको १५ गते भित्रनै नयाँ संबिधान जारी हुने दावी गरे । उनले चारदलबीचको सहमतिवारे बिभिन्न भ्रमहरू फैलाउने कार्य भईरहेको बताउदै सहमतिले संघीयता र गणतन्त्रलाई संस्थागत गरेको बताए । १६ बुँदे सहमतिको राष्ट्रिय र अन्तरर्राष्ट्रिय जगतले स्वागत गरेको बताउदै उनले दुईचार वटा दलले बिरोध गर्दैमा केही नहुने बताए । सहमतिको केही मधेशवादी दलले बिरोध गरेको सुनेको छुु, 
गच्छदारले भने  ः यो सहमति मधेशको ठुलो जित हो, यसको विरोध गर्नेहरू संघियता र गणतन्त्र विरोधी हुन् राष्ट्रको बृहत निर्माणका लागि आफुले ठुलो जोखिम उठाएको बताउदै उनले १६ बुँदे सहमतिमा आफूले गरेको भूमिकावारे संयुक्त राष्ट्र संघका महासचिव वान कि मुनले समेत आप्mना प्रतिनिधी मार्फत आफुलाई धन्यवाद दिदै सहमतिको स्वागत गरेको जानकारी दिए । अब झिना मसिना कुरा वा दुईचार दलको बिरोधको कुरामा अल्झिनु भन्दा छिटो भन्दा छिटो संबिधान घोषणा गर्ने तर्फ आफूहरू अग्रसर भएको उनको भनाई छ ।

शुल्क मिनाहा नभए आमहड्ताल गर्ने चेतावनी

काठमाडौ । भूकम्पको त्रासले पढाई नभएको एक महिनाको शुल्क मिनाहाको माग सुनुवाई नभएपछि विद्यार्थी संगठनहरुले थप दबाबको कार्यक्रम अघि सारेका छन् । नेबिसंघ, अनेरास्ववियू, अखिल क्रान्तिकारी, मधेश विद्यार्थी फोरम लोकतान्त्रिक, तराई मधेश विद्यार्थी फन्ट लगायत १३ विद्यार्थी संगठनले एक महिनाको शुल्क मिनाको माग राख्दै शिक्षा मन्त्रालय, विभाग र निजी विद्यालयलाई दबाब दिदै आएको थियो ।
विद्यार्थी संगठनहरुले शनिबार पत्रकार सम्मेलन गरी संघर्षका कार्यक्रम सार्वजनिक गरेको हो । त्यसमा आफनो माग पुरा गराउन आइतबार प्रधानमन्त्रीलाई भेट्ने, निजी विद्यालयका सञ्चालक र शिक्षा मन्त्रालयका अधिकारीहरु चढ्ने गाडी गुड्न नदिने, विद्यालयमै गएर अभिभावकसंग भेटेर संघर्ष समिति बनाउने लगायतको कार्यक्रम सार्वजनिक गरेको छ । संघर्ष समितिमा नेपाल विद्यार्थीका सभापति एवं सभाषद् रञ्जित कर्ण आफै लागेका छन् । आफनै पार्टीको सरकार र शिक्षा मन्त्री हुदा पनि विद्यार्थी र अभिभावकको हितमा निर्णय नभएपछि उनी आफै संघर्षमा उत्रिएका हुन् । अभिभावकलाई समटेर संयुक्त संघर्ष समिति बनाएर शैक्षिक हड्तालसम्मको कार्यक्रमको तयारी गर्ने जारी विज्ञप्तीमा उल्लेख छ । पहिलो चरणका लागि असार १ गते सम्मको कार्यक्रम  सार्वजनिक गरिएको छ । दोस्रो चरणमा आम हड्तालसम्मको कार्यक्रम ल्याउने सम्मेलनमा जानकारी दिएको थियो । प्याब्सन र एन प्याबसनले भने भुकम्पबाट अति प्रभावित १४ जिल्लामा वैशाख महिनाको यातायात, कम्प्यूटर, प्रयोगशाला, शैक्षिक सामग्री लगायतका सेवामा लाग्ने शुल्क मिनाहा गर्ने जनाएको छ । विद्यार्थी संगठन, अभिावक, शिक्षा मन्त्रालय र निजी विद्यालय सञ्चालक प्रतिनिधि बीचको छलफलमा विद्यार्थी संगठनहरुले आधा महिनाको शिक्षण शुल्क मिनाह भएमा आफूहरुलाई मान्य हुने बताएका थिए । प्याब्सन, एनप्याब्सनले भने यातायात, भोजन, कम्प्यूटर, प्रयोगशाला, शैक्षिक सामाग्री लगायतका सेवामा लाग्ने शुल्क छुट गर्दा पुरै महिनाको शुल्कमा आधा छुट हुने ब्याख्या गरेको छ । ‘निजी क्षेत्र नाफाको हिसाबकितावबाट अलिकति पनि माथि उठन सकेन । सम्पूर्ण शैक्षिक संस्थाबाट खोजिएको प्रतिबद्धता मात्र प्याब्सन र एन प्याब्सनको तर्फबाट टालटुले र अष्पष्ट भाषाको विज्ञप्ती मार्फत विद्यार्थी आन्दोलनमाथि अपमान गर्न खोजियो ः १३ विद्यार्थी संघठनद्वारा जारी विज्ञप्तीमा भनिएको छ । शिक्षा मन्त्रालयले निजी विद्यालयमा पढ्ने सबै विद्यार्थीलाई एक महिनाको छुट दिनुको सट्टा भूकम्पबाट घर भत्किएका विद्यार्थीलाई बर्षदिनसम्म निशुल्क पढाउने व्यवस्था गर्न तर्फ ध्यान दिनु पर्ने तर्क अघि सारेको छ ।

चीन सक्दो सहयोग गर्न तयार छ: चिनियाँ उपराष्ट्रपति

कुनमिङ । चीनका उपराष्ट्रपति लि युआन छाउले भूकम्पबाट ठूलो जनधनको क्षति भएको छिमेकी नेपाललाई पुनर्निर्माणका लागि सहयोग गर्न आफ्नो देश कहिल्यै पछि नहट्ने बताएका छन् । नेपालले पुनर्निर्माणका लागि आर्थिक सहयोग जुटाउन आगामी असार १० मा आयोजना गर्न लागेको दाता सम्मेलनमा चीनबाट उच्चस्तरीय सहभागिता रहने उल्लेख गर्दै छाउले प्राकृतिक प्रकोपको चपेटामा परेको नेपाललाई असल छिमेकीको नाताले आफ्नो सरकारले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।
उनले विनाशकारी भुकम्प, त्यसपछि आएका पहिरोलगायतको समस्यासित जुधिरहेको नेपालका भूकम्पबाट क्षतिग्रस्त पुराना सम्पदा र धरोहरहरूलाई पुरानै ठाउँमा मौलिक स्वरूपमा पुनर्निर्माण गर्नसमेत चीन तयार रहेको बताए । कुनमिङमा शुक्रबारदेखि आरम्भ भएको पाँचदिने तेस्रो चीन दक्षिण एसिया व्यापार मेला र २३ औ कुनमिङ निर्यात तथा आयात मेलाको उद्घाटनपछि वाणिज्य तथा आपुर्ति मन्त्री सुनीलबहादुर थापासँगको दुईपक्षिय साइडलाइन भेटवार्ताका क्रममा उपराष्ट्रपतिले नेपालको पुनर्निर्माणमा आफ्नो सरकारले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन् । नेपालको पछिल्लो राजनीतिक घटनाक्रमप्रति समेत चासो राखेका उपराष्ट्रपतिले सहमतिमा संविधान निर्माणका लागि प्रमुख राजनीतिक दलहरूबीच भएको सम्झौतालाई आफ्नो देशले सकारात्मक रुपमा हेरेको आफूलाई जानकारी गराएको थापाले बताए । थापाका अनुसार उपराष्ट्रपतिले दलहरूबीचको सहमतिलाई सकारात्मक भन्दै नेपालले आगामी दिनमा विकासमा फडो मार्ने संकेतका रूपमा आफूहरुले यसलाई मूल्यांकन गरेको बताएका थिए । थापाले उपराष्ट्रपति, युनानका गर्भनर तथा अन्य उच्च अधिकारीहरुलाई नेपालको भुकम्प र त्यसपछि सरकारले उद्धार, राहत, पुनःस्थापना 
र पुननिर्माणका लागि गर्दै आएको प्रयासका बारेमा जानकारी गराएका थिए । प्रत्युत्तरमा उपराष्ट्रपतिले नेपालको विकासमा चीनले जस्तोसुकै सहयोग गर्न तयार रहेको उल्लेख गर्दै नेपालले चीनबाट के कस्तो सहयोग चाहन्छ, त्यो स्पष्टसँग राख्न आग्रह गरेको जानकारी थापाले दिए ।