
काठमाडौ । वैशाख १२ गते गएको भूकम्प र त्यसपछिका परकम्पनले विभिन्न जिल्लाका ७ सय ४१ सम्पदामा क्षति पुगेको छ । त्यसमध्ये १ सय ३३ सम्पदा पूर्ण रूपमा क्षति भएको छ । बाँकी ६ सय ८ सम्पदा भने आंशिक र सामान्य रूपमा क्षति भएको पुरातत्व विभागले जनाएको छ । क्षति अझै कम वा बढी पनि हुन सक्छन् : विभागका प्रमुख पुरातत्व अधिकृत तथा प्रवक्ता रामबहादुर कुँवरले भने: यो हालसम्म प्राप्त तथ्यांकको आधारमा थाहा हुन आएको हो । विभागका अनुसार २० जिल्लाको सम्पदामा क्षति पुगेको हो । भूकम्पले काठमाडौं उपत्यका (काठमाडौं, भक्तपुर...