हाईड्रो हाउस:

दक्षिणी इलामको दानाबारीमा निमार्णाधीन सानिमा माई हाईड्रपावर लिमिटेडको विद्युत उत्पादन गृह । यो हाईड्रपावर निर्माण सम्पन्न भएपछि २२ मेगावाट क्षमताको विद्युत उत्पादन हुनेछ । तस्विर : राम योङ्हाङ ।

12

पाँच महिनामा २ सय २० चेलीको उद्धार

विर्तामोड । पूर्वी झापालाई केन्द्र बनाएर पूर्वमा चेलीवेटी बेचविखन गर्ने गिरोह सक्रिय बनेको खुलासा भएको छ । पछिल्लो ५ महिनाको अवधिमा २ सय २० जनाको उद्धार भएको छ । जिल्लाको विर्तामोड, काँकडभिट्टा, धुलावारी, भद्रपुरलगायतका स्थानलाई केन्द्र बनाएर पूर्वमा चेलीबेटी बेचबिखन गर्ने गिरोह सक्रिय रहेको माइती नेपालका पूर्वाञ्चल संयोजक गोविन्द घिमिरेले जनाए । माइती नेपालको कार्यालय काँकडभिट्टाले गत जनवरीदेखि मईसम्मको ५ महिनाको समयावधिमा २ सय २० जना महिलाको उद्धार गरेको उनले बताए । खुला सिमानाका कारण पूर्वबाट...

बसपार्कका लागि ६ करोडको योजना

दमक । सरकारले यसपटक बजेट विनियोजन नगर्दा अलपत्र परेको झापाको दमक वसपार्कको द्रुततर निर्माणको माग गर्दै ६ करोड बढीको योजना सरकारमा पेश गरिएको छ । निर्माण उपभोक्ता समितिले सहरी विकास मन्त्रालयमा ६ करोड १७ लाखको लागत स्टिमेट सहितको योजना पेश गरेको समिति अध्यक्ष तीर्थराज बस्नेत (शंकर) ले बताए । उनले बहुवर्षीय क्रमागत योजनामा परेको बसपार्कको निर्माण कार्यलाई निरन्तरता दिई बाँकी काम सम्पन्न गर्नका लागि योजनाको लागत पेश गरेको जनाए । हालसम्म दमक ११ मा रहेको सो वसपार्कको आधाजसो मात्र काम भएको छ । बाँकी...

चट्याङले एकको मृत्यु

दमक । दक्षिणी झापाको पृथ्वीनगरमा खेतमा जोत्दै गरेको अवस्थामा चट्याङ लागेर एक जना किसानको ज्यान गएको छ । विहीबार विहान परेको चट्याङले लागेर पृथ्वीनगर–१ बस्ने ६३ वर्षीय जयप्रसाद गौतमको ज्यान गएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । घर छेउको खेलमा जोत्दै गरेको अवस्थामा चट्याङले लाग्दा गौतमको घटनास्थलमै ज्यान गएको थियो । जोतिएका हल गोरुलाई भनें केही नभएको झापा प्रहरीका प्रहरी नायव निरीक्षक विश्वमणि पोखरेलले बताए...

पेस्तोल सहित महिला पक्राउ

सिरहा । प्रहरीले सिरहा नगरपालिका २ बाट नलकटुवा पेस्तोलसहित एक महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिरहा हनुमाननगर प्रध घर भई हाल सिरहा नगरपालिका–२ स्थित भोलाप्रसाद यादवको घरमा डेरा गरी बस्दै आएकी अन्दाजी २५ वर्षीया आशादेवी मण्डल रहेकी छन् । विशेष सुराकीको आधारमा घरमा छापा मार्दा नलकटुवा पेस्तोल फेला परेपछि आशादेवीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी उपरीक्षक रामकृपाल साहले जानकारी दिएका छन् ...

विदेशमा ३ को मृत्यु

दमक । वैदेशिक रोजगारीमा गएका झापा र सप्तरीका गरी पछिल्लोपटक ३ जनाको ज्यान गएको छ । साउदी अरवमा रोजगारीमा गएका झापा डाँगीबारी २ का दिलीप चौधरीको शव जिल्ला आइपुगेपछि विहीबार कन्काई नदीमा दाहसंस्कार गरिएको छ । २३ वर्षीय चौधरीको साउदीस्थित आफ्नै डेरामा डेढ महिना अघि संकास्पद अवस्थामा मृत भेटिएको दिलीपका आफन्त मन्ना शाहले जनाएका छन् । चौधरीका सिमन र सीमा २ छोरी, श्रीमति कुशुम, बाबु हल्दर र आमा फूलदेवी चौधरी रहेका छन् । त्यस्तै, रोजगारीका शिलशिलामा मलेशियामा रहेका सप्तरीका प्रभुकुमार यादवको मृत्यु भएको दुई दिन नबित्दै विहीबार फेरि भारदह गाविस–५...

ताप्लेजुङ पुगे डाक्टर केसी

ताप्लेजुङ । त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थानका प्राध्यापक तथा हाड जोर्नी विशेषज्ञ डा. गोविन्द केसी ताप्लेजुङको पहिरो पीडितको उपचारका लागि ताप्लेजुङ पुगेका छन् ।  गाउँ वस्तीका स्वास्थ्य समस्यामा विशेष चासो राख्ने केसी त्यहाँका विस्थापितहरुको स्वास्थ्य परीक्षण साथै विरामी परेका र घाइतेहरुको विहीबारबाट उपचार थालेका छन् । ‘यस क्षेत्रमा रोगको प्रकोप नफैलियोस् भनेर म आफैं आएर उपचारमा लागेको हुँ ।’– उनले भने । बुधबार साँझ ताप्लेजुङ आइपुगेका केसी विहीबार बिहानै पहिरोबाट बढि प्रभावित लिवाङ्...

लेटाङमा तालिम

पथरी । आदिवासी जनजाति समुदायहरुका लागि मोरङको लेटाङभोगटेनी नगरपालिकामा आधारभुत नेतृत्व तथा क्षमता विकास सम्बन्धि ३ दिने तालिम आजबाट सुरु भएको छ । योग्य जीवन र वातावरणका निम्ति प्रयास नेपालको आयोजनामा सुरु भएको तालिममा तालिमामा नेतृत्व तथा क्षमताको विकास, जैविक विविधताको संरक्षणलगायतका विषयमा जानकारी गराइएको छ । कार्यक्रममा सामुदायिक वन उपभोक्ता महासंघ मोरङका अध्यक्ष अग्नी पौडेल, आदिवासी जनजाती महासंघ मोरङका पूर्व उपाध्यक्ष बेदेन्द्र श्रेष्ठ, नेपाली कांग्रेस लेटाङभोगटेनी नगर सचिव दीपक भण्डारी लगायतले बोलेका छन् । ओरेक नेपालकी कार्यक्रम अधिकृत...

लिम्बूवानको सदस्यता

दमक । संघीय लिम्बूवान पार्टीले विहीबार इलामको चुलाचुली १ मा क्रियाशिल सदस्यता वितरण गरेको छ । घुम्ती शिविरका रुपमा लिम्बुवानी सहिद राजकुमार आङ्देम्बेको निवासमा क्रियाशिल सदस्यता वितरण शुरु गरेको पार्टीका दिलकुमार लावतीले जनाए । पहिलो दिन १ सय जनाले क्रियाशिल सदस्यता लिएको उनले उल्लेख गरे । १ महिनासम्ममा अरुण सप्तकोशी पूर्वका ९ जिल्लामा सदस्यताको शिविर सञ्चालन गरिसक्ने पार्टीले जनाएको छ...

वर्षाले परियोजना रोकियो

पथरी । विराटनगरको मझौला सहर एकीकृत सहरी वातावरणीय सुधार परियोजनाको काम वर्षाका कारण रोकिएको छ । एशियाली विकास बैंकको ऋण सहयोगमा सुस्त गतिमा सञ्चालित परियोजना वर्षा लागेको भन्दै सञ्चालनमा रहेका ढल, सडक र नाला निर्माणको काम रोकिएको हो । लगातार पानी पर्न थालेकाले काम रोक्नु परेको परियोजना प्रमुख उपेन्द्रप्रसाद बरालले जनाए । इमरजेन्सी बाहेक परियोजनाका अन्य काम वर्षा लागेकाले रोकिएको उनले बताए । उनले रोकिएको काम बर्षापछि सुरु गरिने जानकारी दिए ...

जातिय विभेद र दाइजो विरुद्ध नाटक

दुधे । झापाको शिवसतासीस्थित राष्ट्रिय रमणीय आदर्श उच्च माध्यमिक विद्यालय दूधेका विद्यार्थीहरुले जातीय विभेद र दाइजो प्रथा विरुद्धको नाटक विद्यालयमा प्रस्तुत गरेका छन् । सामाजिक शिक्षाको विषयगत शिक्षणका क्रममा कक्षा ८ का विद्यार्थीहरुले जातीय विभेद र दाइजोका कारणले धेरै महिलाहरु घरेलु हिंसाको सिकार बन्नु परिरहेको कुरालाई नाटकको रुपमा प्रस्तुत गरेका छन् । नाटकबाट सामाजिक समस्या र त्यसको समाधानको उपाय खोजिएको विषय शिक्षक गोविन्द काफ्लेले जनाए । पाठका आधारमा विद्यार्थीहरुलाई दाइजो प्रथा, भ्रष्टचार, विदेश पलायन र लागु पदार्थ दूव्र्यसन गरी ४ भागमा...

असारभित्रै संविधान : भट्टराई

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा एमाओवादीका नेता डा. बाबुराम भट्टराईले असार मसान्तभित्र संविधानसभाबाट नयाँ संविधान जारी हुने बताएका छन् ।  आफ्नो गुहजिल्ला गोरखा सदरमुकाममा विहीबार पत्रकारसँग कुराकानी गर्दै नेता भट्टराईले भने, ‘प्रमुख राजनीतिक दलहरूबीच संविधान निर्माणको विषयमा सहमति जुटेकाले धमाधम संविधान लेखनको काम अघि बढेको छ । छुटेका विषयहरू राजनीतिक तहमै सुल्झाउने हो ।’उनले भने ‘मस्यौदा समितिले टुङ्ग्याउने भन्ने होइन ।’  आन्दोलनकारी शक्तिहरूबीच संविधान निर्माण गर्ने सहमति भएकाले...