हाईड्रो हाउस:

दक्षिणी इलामको दानाबारीमा निमार्णाधीन सानिमा माई हाईड्रपावर लिमिटेडको विद्युत उत्पादन गृह । यो हाईड्रपावर निर्माण सम्पन्न भएपछि २२ मेगावाट क्षमताको विद्युत उत्पादन हुनेछ । तस्विर : राम योङ्हाङ ।

12

नेपाली विद्यार्थीको ६ करोड ६४ लाख डुब्ने चिन्ता

लन्डन । बेलायत सरकारले आफ्नो नियम परिधि नाघ्ने निजी कलेजहरु बन्द गर्ने क्रम जारी छ । अध्यागमन नियन्त्रण गर्ने प्रमुख अजेण्डाकै हिस्सा स्वरुप अन्तर्राष्ट्रिय विद्यार्थी फर्काउन सरकारले निजी कलेजमाथि निसाना बनाउंदै आएको हो । यस क्रममा लन्डन ह्वाइट च्यापलस्थित फाइनान्स एण्ड टेक्नोलोजी इस्टिच्युट अफ लन्डनको लाइसेन्स खारेज भएको छ । त्यहाँ अध्ययनरत विद्यार्थीलाई होम अफिसले ६० दिनको समय दिएर अर्को कलेज खोज्न वा स्वदेश फर्कन भनेको छ । होम अफिसले आफ्नो नियम परिधि नाघेको ठहर गर्दै गत १५ मेमा उक्त शैक्षिक...

लाङटाङमा हिमपहिरो पग्लिँदै गएपछि शव देखिए

धुन्चे । हिमपहिरो आई छोपिएको लाङटाङ गाउँको हिउँ पग्लन थालेपछि पुरिएका मानिसको शव देखा पर्न थालेका छन् । नेपाली सेनाको एनए ०४६ लाइन्सर हेलिकप्टरका चालक प्रमुख सेनानी सुवास थापाले आइतबार बिहान लाङटाङ गाउँमाथि उडान भर्दा थुप्रिएको हिउँका सतह केही घटेको र मानिसका शव देखिन थालेको बताए । माथिबाट हिमपहिरो आउने क्रम पनि थोरबहुत भइरहेकै कारण यकिन गर्ने अवस्था नरहे पनि हवाइमार्गबाट हेर्दा एक दर्जनभन्दा बढी मानिसको शव हुनसक्ने अनुमान छ,ु प्रमुख सेनानी थापाले भने । वैशाख १२ गतेको भूकम्पसँगै समुन्द्री सतहदेखि...

दमक रबि सडकको अध्यक्षमा गगन पुरी

विजयी भएपछि बधाई दिँदै अध्यक्षका अर्का उमेद्वार प्रकाश बुढाथोकी : – परिणाम मिश्रित  दमक । दमक चिसोपानी रवि (फाल्गुनन्द सडक) उपभोक्ता समितिको अध्यक्षमा रेवतराज पुरी (गगन) निर्बाचित भएका छन् । पुरी प्रतिद्धन्दी प्रकाश बुढाथोकीलाई ५८ मत अन्तरले हराएर अध्यक्षमा निर्बाचित भएका हुन् ।  पुरीले ४९७ मत र बुढाथोकीले ४३९ मत ल्याएका थिए । पुरी प्यानलले ६ पदाधिकारी र ३ सदस्य गरि ९ पद जितेको छ । पुरी प्यानलले समितिको सहअध्यक्ष, बरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, सचिव, र कोषाध्यक्ष पदका ६ जना पदाधिकारी...

षडानन्दलाई राष्ट्रिय विभूति घोषणा गर्न माग

दमक । नेपालका शिक्षाका ज्योति तथा महान् समाजसुधारक बालागुरु षडानन्द अधिकारीको १०० औँ स्मृति दिवस आइतबार झापाको दमकमा भव्यताका साथ सम्पन्न गरिएको छ । बालागुरु षडानन्द स्मृति प्रतिष्ठान झापाको आयोजनामा भएको उक्त कार्यक्रम नेपालभरिमा आइतबार झापामा मात्रै मनाइएको छ । २०४६ सालको राजनीतिक परिवर्तनपछि बालागुरुको जन्मजयन्ती दिङ्ला, इटहरी, काठमाडौं र झापामा मनाइँदै आइएको  भएतापनि स्मृति दिवस भने नेपालमै यो दोस्रो पटक रहेको संस्थाका सदस्य सचिव विजय एक्स्ट्राले बताए । पूर्वमन्त्री एवं नेकपा (एमाले)...

पुनरावेदनले रोक्यो खानेपानीको काम

पाँचथर । पुनरावेदन अदालत इलामले पाँचथरको पञ्चमीमा सञ्चालन हुन लागेको खानेपानी आयोजनाको काम रोक्न उपभोक्ता समितिका नाममा आदेस जारी गरेको छ । मुहानधनी नारायायणप्रसाद योङ्हाङ्ले आफ्नो स्विकृती विनानै गरिवी निवारण कोष मार्फत खानेपानी योजना सञ्चालन गर्न लागेको भन्दै दर्ता गराएको रिट उपर सुनुवाई हुँदा पुनरावेदनले तत्काल काम रोक्न उपभोक्ता समितिका नाममा आइतवार आदेश जारी गरेको हो । पञ्चमी गाविसका ५ र ६ सँगै अमरपुर गाविसको वडा नम्वर ३ का वासिन्दालाई खानेपानी सुविधा दिन प्रस्तावित थर्पु ९ को चिण्डेपानी मुहानवाट सञ्चालन गर्ने गरी दुईवटा योजना स्विकृत भएपछि...

सृजना अभियानमा स्थानीय रमाए

दमक । नेपाल संगीत नाट्य प्रज्ञा प्रतिष्ठानले भूकम्पको पीडा भुलाउन पूर्वमा सञ्चालित साँस्कृतिक अभियानमा स्थानीय रमाएका छन् । बारम्बारको भूकम्पको पराकम्पनले त्रसित बनेकाहरु सो कार्यक्रम हेरेर आनन्द मानेका छन् । बालबालिकाहरु समेत कार्यक्रमबाट आफुहरुलाई त्रासबाट केही हलुका अनभूत गरेका छन् । जस अन्तर्गत मोरङको पथरीशनिश्चरे, इलामको चुलाचुलीपछि आइतबार झापाको दमकमा साँस्कृतिक कार्यक्रमबाट मनोरञ्जन सहित भूकम्पको सन्देश प्रवाह भएको छ । सो कार्यक्रममा सहभागि १०४ वर्षीया नन्दकुमारी अधिकारीले भूकम्पबाट नआत्तिन...

‘दोबाटे’लाई रसिकको प्रोत्साहन

पथरी । नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव गणेश रसिकले ग्रामिण क्षेत्रबाट सृजनाको पाटोमा सवैभन्दा बढी माया र सम्मान हुने गरेको बताएका छन् । रसिकले मोरङको पथरीशनिश्चरेस्थित कञ्चनजंघा नाट्य समूहले जिरिखिम्तीमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै ग्रामिण क्षेत्रका सिर्जनाको यात्रामा निरन्तर लागिरहँदा सफलता हाँसिल गर्न सक्ने प्रसंग उल्लेख गरे । समूहले हिमशिखर टेलिभिजनमार्फत प्रशारण गर्दै आएको हाँस्यव्यङ्ग्य टेलिश्रृंखला ‘दोबाटे’ को अर्धवार्षिक यात्रा (२६ औं भाग ) का सन्दर्भमा आयोजित कार्यक्रममा प्रमुख अतिथिका रुपमा बोल्दै...

बक्राहामा जेब्राक्रस

उर्लाबारी । मोरङको उर्लाबारी–१ आइतबारेस्थित सिर्जनशिल एकता युवा क्बले बक्राहा पुल छेउमा जेब्रा क्रसिङ बनाएको छ । बक्राहा नदीमा दाहसंस्कारका लागि मलामी ओहोर दोहोर गर्ने भएकाले पूर्वपश्चिम राजमार्गको बक्राहा पुलको पूर्वी छेउमा जेब्राक्रस निर्माण गरिएको क्लबका सचिव सुनिल बोहोराले बताए । जसबाट यातायातका साधनको दुर्घटना न्यूनिकरणमा मद्धत पुर्याउने छ । क्लबले यस अघि नगर सरसफाई, जेब्राक्रस निर्माण, युवाहरुलाई सामाजिक काम गर्न उत्प्रेरित, टोल बत्ति जडान, यात्रु प्रतिक्षालय निर्माण लगायतका काम गर्दै आएको क्लबका अध्यक्ष राजन भट्टराईले बताएका छन् । क्लबले...