हाईड्रो हाउस:

दक्षिणी इलामको दानाबारीमा निमार्णाधीन सानिमा माई हाईड्रपावर लिमिटेडको विद्युत उत्पादन गृह । यो हाईड्रपावर निर्माण सम्पन्न भएपछि २२ मेगावाट क्षमताको विद्युत उत्पादन हुनेछ । तस्विर : राम योङ्हाङ ।

12

फुटबलमै बितेको ३९ वर्ष

झापाली फुटबलको नालिबेलीसँगै जोडिएको छ उनको समग्र परिचय । अथवा झापाको फुटबल खेलमा छुटाउनै नमिल्ने नाम भएर अग्लो सम्मान चुलिएका सामान्य गदका उनलाई धेरैले उपनामले चिन्छन् । ुभगिरथ आलेु जसलाई झापाली फुटबल क्षेत्रले ुमामाु उपनामले अधिक चिन्छ । उनले फुटबलकै लागि कूल खर्चेको समय आजसम्म ३९ वर्ष भइसकेको छ । २०४५ साल देखि राष्ट्रिय खेलकुद परिषद्को फुटबल सहायक प्रशिक्षक पदमा नियुक्त भएयता फुटबल खेललाई व्यसायिकता प्रदान गर्ने कार्यमा उनले खेलेको भूमिका सबैका सामु छर्लङ्ग छ । ५५ हिउँद र वसन्त पार गरिसकेका...

शरणार्थीको उपचारमा आर्थिक कठिनाई

दमक÷दुर्घटनामा बाबु गुमाएकी झापा दमकस्थित भुटानी शरणार्थी शिविर बेलडाँगीकी एक बालिकाको उपचारमा आर्थिक कठिनाई भएको छ । शनिबार साँझ दमकको संगमचोकमा मोटरसाइकल दुर्घटनामा मृत्यु भएका बेलडाँगी-३ का डम्बर विक की छोरी इभान्जेलिनाको उपचारमा समस्या भएको नातेदार माया लेप्चाले बताइन् । दुर्घटनामा घाइते भएकी इभान्जेलिना र उनकी आमा धनमाया विक हाल विराटनगरस्थित न्युरो अस्पतालमा उपचाररत छिन् । ९ वर्षीया ती बालिकाको टाउकोमा रगत जमेको हुन सक्ने चिकित्सकहरुले अनुमान गरेका र उपचारका लागि डेढ लाख रुपैयाँ जुटाउन भनेका नातेदार लेप्चाले जानकारी दिइन् । उनको यो...

जनआदर्श मा चुनावी माहौल

शिवगाज÷शिवगाजस्थित जनआदर्श उच्च माविको व्यवस्थापन समितिको निर्वाचनले यतिबेला सो क्षेत्रमा राजनीतिक तरङ्ग बढाएको छ । एकीकृत नेकपा माओवादी नेपाली कांग्रेस र नेकपा एमाले मधेसवादी दलहरुसँगै अन्य साना तथा क्षेत्रीय पार्टीहरु समेत आ-आफ्नो पक्षको जित गराउन जुटेका छन् । आगामी पुष ७ गते हुने सो निर्वाचनका लागि मुख्य अध्यक्ष पदमा भीमप्रसाद ताजपुरिया राजनारायण राजवंशी पर्शुराम ताजपुरिया बद्री खनाल र अमृत कटुवालले प्रतिस्पर्धाको टुङ्गो गरेका छन् । त्यसैगरि १ जना महिला सदस्यका लागि २ जना उम्मेद्वार चुनावी मैदान छन् । तारिका कार्की र गोमा अधिकारी सो का...