दमक/ नयाँ बन्ने संविधानमा खसक्षेत्रीहरुलाई पनि सुचिकृत गर्नुपर्ने सहितका मागहरु अघि सार्दै खस क्षेत्रीहरुले बुधबार साँझ दमकमा राँके जुलुश निकालेका छन् ।
खस क्षेत्रीहरुलाई संविधानमा नै आरक्षणको व्यवस्था हुनुपर्ने उनीहरुको माग छ । रात्री बस काउन्टरबाट शुरु भएको जुलुश गणतन्त्र चौकमा पुगेर कोणसभामा परिणत भएको थियो । कोणसभालाई खसक्षेत्री एकता समाज दमक नगर अध्यक्ष गोविन्दबहादुर बस्नेत, नगर सचिव राम थापा, खसक्षेत्री युवा अगुवा रवि न्यौपाने र महिला केन्द्रीय उपाध्यक्ष मन्दरा पौडेलले धारणा राखेका थिए ।
उनीहरुले आफूहरुका माग पूरा गर्न सरकार र संविधान सभालाई चेतावनी दिदै कडा किसीमका संघर्षका कार्यक्रम सार्वजनिक गरे
0 प्रतिकृया:
Post a Comment