हाईड्रो हाउस:

दक्षिणी इलामको दानाबारीमा निमार्णाधीन सानिमा माई हाईड्रपावर लिमिटेडको विद्युत उत्पादन गृह । यो हाईड्रपावर निर्माण सम्पन्न भएपछि २२ मेगावाट क्षमताको विद्युत उत्पादन हुनेछ । तस्विर : राम योङ्हाङ ।

हाईड्रो हाउस:

दक्षिणी इलामको दानाबारीमा निमार्णाधीन सानिमा माई हाईड्रपावर लिमिटेडको विद्युत उत्पादन गृह । यो हाईड्रपावर निर्माण सम्पन्न भएपछि २२ मेगावाट क्षमताको विद्युत उत्पादन हुनेछ । तस्वि

हिँड्दा हिँड्दै बाटो मोडियो - मुख्य समाचार

जनयुद्धको सत्रौ वर्ष गाँठ
गोपाल झापाली/ विष्णु पौडेल
दमक/ माओवादीले शुरु गरेको ुजनयुद्धु को १७ औं वर्ष गाँठ मनाउन दमक चोकमा तरखर गर्दै गर्दा त्यहि युद्ध हाँकेका केहि ुसारथीुहरु भने युद्धले थिलथिलो बनाएका मनका बह सुनाउँदै थिए । दमकको थानारोडमा रहेको एक घरको तीनतला माथिको एक कोठामा बस्ने-उभिने बराबर थिए धेरैको भाव एउटै थियो- हामीले पार्टी र ुजनयुद्धुमा लगानी गर्यौ अहिले ब्याज खाने अरुनै भए ।
उनीहरुले त्यो पीडा सुनाएको लगभग ५ घण्टापछि दमक चोकमा ुजनयुद्धुको वर्षगाँठ मनाउनेहरु पटाकाको आवाजसँगै बिजयको गीत गाउँदै थिए तर त्यहाँका कतिपयलाई पटाकाको आवाजले पनि तसा्रयो । कारण उनीहरुलाई युद्धका क्रममा पड्काईएका बम-पटाकाका आवाज कथाका बिम्ब मात्र थिए ।
८ वर्ष अघि तत्कालिन नेकपा माओवादीले चलाइरहेको ुजनयुद्धु मा प्रवेश गर्दा पाँचथर रानीटारका बिनोद राईलाई संसारै जित्ने महत्वकांक्षा थियो । ुजनयुद्धु को तीन वर्षकै अवधिमा उनी डेढ दर्जन भन्दा बढी स्थानमा गरिएका ुएक्सनुमा सहभागी भए । तर जब माओवादी लडाकुकोको पछिल्लो पटक भएको बर्गीकरणमा स्वेच्छिक अवकाश रोजेर विदाबारीको ुचेकु बुझ्दै थिए तब उनलाई जीवन नैं हारेको भान भयो । तीन वर्षको युद्धको मोर्चा र ५ वर्षको शिविर बसाई पछि उनको अहिले बाटो मॊडिएको छ । अब उनी युद्धका क्रममा लागेका घाउहरु मेटाउन आफ्नै गाउँतिर फर्कदैछन् ।
माओवादी सेनाको पहिलो डिभिजन अन्तर्गतको याङ्शिला सहायक शिविरका कम्पनी सहायक कमाण्डर बिनोदको भागमा स्वेच्छिक अवकाश रोजेपछि पहिलो किस्ता बापतको अढाई लाखको चेक परेको थियो । तर उनले त्यो चेक डिभिजन मुख्यालय भित्रको ुहरियो घरु मा बुझाए । हरियो घरबारे उनले प्रस्ट्याए- ुबिशेष समितिका प्रतिनिधिबाट अढाई लाखको चेक हातमा परेको थियो । तर चेक पाउन साथ एक जना सिनियर आएर आउ जाँउ त्यो हरियो घर तिर भने म गएँ । त्यहाँ पुगेपछि चेक मागियो र रकम सहयोग गर्न भनियो । मैलै त्यसपछि त्यहिँ चेक फ्यालेर हिँडे ।ु आफूहरुको मानवअधिकार खोसीएको भनेर अथ्र्याइ रहँदा उनको भनाई थियो-ुजनयुद्ध थाल्दा घर-परिवारका आफन्त बिराना भए अहिले छोड्ने बेलामासँगै युद्ध गर्नेहरु बिराना भए को आफ्नो-को बिरानो केहि पत्तै पाइएन ।ु
२०६४ सालमा लडाकु इलामकी देउकला राईसँग बिवाह गरेका उनकी श्रीमती प्रमाणिकरणमा अयोग्य ठहरिन् । अहिले उनीहरुकी २ वर्षकी छोरी छन् । श्रीमती छोरी हुर्काउँदै छिन् । बिनोदको अब बाटो फेरियो छोरी हुर्काउन श्रीमतीलाई साथ दिने र जीविकाका लागि कुनै व्यवसाय थाल्ने उनको योजना छ ।
मोरङ्को डाँगीहाट-४ की ज्ञानकुमारी अधिकारीको अहिले ठेगाना मात्र बदलिएको छैन ुजनयुद्धु प्रतिको दृष्टिकोण पनि बदलिएको छ । उनी तत्कालिन समयको ुजनयुद्धुलाई अहिले पनि उत्तिकै महान् ठान्छिन् तर आफूहरुको बिदाई प्रकृयामा पार्टीले लिएको नीतिले ठेस पनि लगायो । ुजनयुद्धुमा ३ वर्ष लाग्दा पार्टी वा देशले के पायो वा पाएन उनी ठ्याक्कै भन्न सक्दिनन् तर उनले चाँहि जीवन भरीका लागि सहयात्री पाइन् । उनका श्रीमान् दीपक थापाले अन्तिम वर्गीकरणमा समायोजन रोजे भने उनीचाँहि स्वेच्छिक अवकाशमा जाने निर्णयमा पुगिन् । तर अहिले आफूले पाउने रकमबाट धेरै जसो पार्टी तथा ुजनमुक्ति सेनाु नेतृत्वले लिने भएपछि हार-गुहार गर्दैछिन् ।
ज्ञानकुमारी र बिनोदको जस्तै छ गुनासो पाँचथरको कुरुम्बा-९ का पुरण राई र ताप्लेजुङ सिनाम-५ की कमला बिष्टको । २०५९ सालमा सेण्टअप परीक्षाको तयारी गर्दा गर्दै भीडन्तका गोली-गट्ठाको तयारी गर्न पुगेकी थिइन् कमला । उनले भोजपुरको घोडेटारको लडाँईमा राति हानेको गोलीले कसलाई लाग्यो उनलाई थाह छैन । त्यस्तै भएको कमलालाई अहिले स्वेच्छिक
अवकाश रोजे पछिको अध्याँरो बाटोले कता पुर् याउने हो । ुसंग्रामु थिए कमाण्डरत्यस आक्रमणमाु- छोड्दै गएको बाटो भए पनि उनी अझै सम्झँदै थिईन् ुइलाम चौकी पनि त्यसैगरी कब्जा गयौर्ं ।ु उनले सुन्न त आफूहरुले पहिलो किस्तामा अढाई लाख रुपैयाँ पाउने सुनेकी थिइन् । तर साथीहरुले तोकिए अनुसारको रकम नपाएको सुनेपछि चेक बुझ्न नै नगएको उनले सुनाईन् ।

पुरणले युद्धको अनुभव १ वर्ष मात्रै भोगे । २०६२ सालसम्म पार्टी संगठनको काम गर्ने उनी त्यसपछि छापामारमा भर्ती भएका हुन् । उनले पछिल्लो वर्गीकरणमा स्वेच्छिक अवकाश रोजे । त्यस बापत आफूले पाउनुपर्ने पहिलो किस्तामा अढाई लाख हो भन्ने सुनेका थिए । तर बाटो खर्च बापतको ५ हजार बाहेक कुनै पनि रकम नलिएको उनले सुनाए । भने- ुहामीले पैसाका लागि युद्ध लडेका थिएनौं सम्मानका लागि दिइएको पैसामा पनि आँखा लाईन्छ भने त्यो पैसा लिई रहन आवश्यक ठानिन ।ु
बिशेष समितिले तोकेको रकमको बैक ुचेकु खोसिएको जनाउँदै सडक आन्दोलनमा निस्किएका स्वेच्छिक अवकाश रोजेका लडाकुहरुले आईतबार दमकमा मानवअधिकार कर्मीहरुलाई भॆटेका हुन् । नेपाल मानव अधिकार संगठनका केन्द्रीय सदस्य तथा पूर्वााचल संयोजक डा। केपी सुवेदी सहितका अधिकारकर्मीहरुलाई उनीहरुले तोकिएको रकम पाउनु आफूहरुको अधिकार रक्षा गरिदिन आग्रह गरे । स्वेच्छिक अवकाश रोजेका लडाकुहरुद्वारा गठित जनमुक्ति सेना नेपाल पहिलो डिभिजन संघर्ष समितिका सह-संयोजक रामकुमार लिम्बूले आफूहरुको माग सुनुवाई नभए पार्टी नेतृत्व बिरुद्ध नै आन्दोलन थाल्नुको बिकल्प नभएको बताए । फोटो ः आइतबार अधिकारकर्मीहरुलाई आफ्नो समस्याहरुबारे जानकारी गराउँदै स्वेच्छिक अवकाश रॊजेका लडाकुहरु ।

स्वावलम्बी अभियान शुरु

दमक/ झापाको दमक-१९ का गृहणीहरुलाई स्वालम्बी बनाउने अभियान शुरु गरिएको छ । सानो बाह्रघरे अध्ययन केन्द्रले गृहणीहरुलाई आर्थिक रुपमा सवल बनाउन दोब्बर बचतको अभियान थालेको हो ।
संस्थाले दैनिक प्रौढ शिक्षा पढ्न आउने महिलाहरुले एक रुपैयाँ जम्मा गर्दा एक रुपैयाँ सस्थाले थपिदिनेछ । आइतबार सो अभियानको उद्घाटनका क्रममा महिलाहरुले घरायसी काममा सहयोग र साक्षर बनाउनका लागि अभियान थालियो ।
अभियान शुरु गर्दै नेकपा एमाले दमक नगर अध्यक्ष अम्बिका खनालले प्रोढ शिक्षासँगै अर्थिक सबलीकरण अभियानको प्रशंसा गरे । त्यस्तै समाजसेवी बोधराज न्यौपाने महिलाहरु साक्षर हुन नसकेको बताउँदै त्यसका लागि केन्द्रको अभियानको तारिफ गरे ।
केन्द्रका अध्यक्ष लक्ष्मी निरौलाले महिलाहरुको आर्थिक सबलीकरण र साक्षर बनाउनका लागि अध्ययन केन्द्र उपयोगी हुने बताए । आइतबार नै केन्द्रले अध्ययन गर्ने २५ जना महिलाहरुलाई पुस्तक र कपी बितरण गरेको थियो ।

युनिकमा अखिलको कमिटी

दमक/ एमाले निकट अनेरास्ववियुले दमकस्थित युनिक कलेजमा आइतबार संगठन बिस्तार गरेको छ ।
रोशन बस्नेतको अध्यक्षतामा गठित २९ सदस्यीय प्रारम्भिक कमिटीका उपाध्यक्ष सचिव सहसचिव र कोषाध्यक्षमा क्रमशः शशी राई गणेश पाण्डे रोमन रसाईली र सहिल शर्मा चयन भएका छन् ।
कार्यक्रममा संगठनका क्याम्पस बिशेष जिल्ला कमिटी उपाध्यक्ष दिपेश दाहालको प्रमुख आतिथ्य रहेको थियो भने क्याम्पस कमिटी जिल्ला सचिवालय सदस्य बिराटजंग जवेगु र युवा संघ नेपाल दमक-१३ का अध्यक्ष प्रेम नेपालले शुभकामना मन्तव्य राखेका थिए ।

" सेजका लागि सहयोग गर्छु"

केर्खा/ उद्योग मन्त्री अनिलकुमा झाले झापाको तोपगाछीमा नै बिशेष आर्थिक क्षेत्र-सेज स्थापनाका लागि आफूले पहल गर्ने बताएका छन् ।
तोपगाछीमा आइतबार स्थानीय व्यवसायीहरुसँगको भेटमा उनले बिगतका सरकारले गरेको घोषणा कार्यान्वयनका आफ्नो सहयोग रहने प्रतिबद्धता जनाए । सो क्रममा झापा उद्योग वाणिज्य संघ शाखा तोपगाछीका अध्यक्ष पुष्प बास्तोलाले सेज स्थापनाको आवश्यकता र अवस्थाबारेको प्रतिवेदन बुझाएका थिए । मन्त्री झा केर्खा बजारमा जारी श्रीमद् भागतव सप्ताह ज्ञान महायज्ञमा समेत सहभागी भएका थिए ।
डा। बाबुराम भट्टराई अर्थमन्त्री भएको समयमा झापाको तोपगाछी लगायत देशका बिभिन्न स्थानमा निर्यातजन्य उद्योग स्थापनाका लागि सेजको अवधारणा ल्याएका थिए ।

जीप खस्दा पाँचको मृत्यु

हेटौंडा/  मकवानपुरको कुलेखानी नजिकै पुलबाट जीप खस्दा पाँच जनाको मृत्यु भएको छ । विरगन्जबाट काठमाडौ तर्फ हिडेको ना१ज २१२४ को बोलेरो जीप आइतबार दुर्घटना भएको हो ।
जीप खस्दा ५ जना यात्रुको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन् । मृतकमध्ये एक जना नाबालक पनि रहेका छन् ।
गम्भीर घाइते ४ जनाको उपचारका लागि काठमाडौ लगिएको छ भने अन्य ३ जनालाई हेटौडा तर्फ लगिएको छ । मृतकहरुको सनाखत हुन नसकेको प्रहरीले जनाएको छ ।

शिवगाज बजारमा सरसफाई

शिवगज/ झापाको शिवगाज बजारमा स्थानीय संघ संस्थाहरुको अगुवाईमा सरसफाई गरिएको छ । शनिबार आयोजित औपचारिक कार्यक्रम पछि स्थानीय व्यवसायी प्रहरी सर्वसाधारण
तथा सामाजिक अगुवाहरु सरसफाईमा जुटेका थिए ।
उनीहरुले बजार तथा बसस्टेण्डसम्मको क्षेत्रमा सरसफाई गरेका छन् । जीवन विकास समाज शाखा कार्यालय शिवगाज झापा उद्योग वाणिज्य संघ शिवगाज शाखा र शिवगाज बजार व्यवस्थापन समितिको संयुक्त आयोजनामा वाणिज्य संघको सभाकक्षमा आयोजित औपचारिक कार्यक्रममा जीवन विकास समाज केन्द्रीय कार्यालयका विभागीय प्रमुख रोहित भण्डारी दामोदार रेग्मी वाणिज्य संघका अध्यक्ष भोलानाथ मैनाली र बजार व्यवस्थापन समितिका अध्यक्ष मुक्ति गुरागाईले बोलेका थिए ।
कार्यक्रम समाजका शाखा कार्यालय शिवगाजका प्रमुख सुनिलकुमार िसंहको सभापतित्वमा भएको थियो । स्थानीय व्यवसायीहरुले साप्ताहिक रुपमा हरेक शनिबार बजार सरसफाई गर्ने निर्णय समेत गरेका जनाइएको छ ।

उपचार ढिलाइले सुत्केरीको मृत्यु

जाजरकोट/ उपचारमा ढिलाई हुँदा जाजरकोटमा एक सुत्केरीको मृत्यु भएको छ । पैक -२ मेलमिसाउकी ३८ वर्षीया मैसरा शाहको अस्पतालतर्फ लैजादै गर्दा ढीमे -९ नारे गाउँमा आइतबार मृत्यु भएको हो ।
सुत्केरी ब्यथाबाट पीडित शाहलाई इलाका स्वास्थ्य चौकी घरंगाले मिसन अस्पताल चौरजहारी रिफर गरेपछि त्यस तर्फ लादै गर्दा बाटामै मृत्यु भएको हो । स्वास्थ्य शिक्षा सम्बन्धी चेतना तथा सुविधा सम्पन्न अस्पतालसँगको पहुँचको अभावले जिल्लामा यो बर्ष डेढ दर्जन सुत्केरी महिलाको मृत्यु भइसकेको छ ।
स्थानीयबासीहरुले सो क्षेत्रमा सुविधा सम्पन्न अस्पताल निर्माणका लागि माग गरेका छन् ।

क्षेत्र नं. ९ मा उपेन्द्र घिमिरे

उर्लाबारी/ नेकपा एमाले मोरङ क्षेत्र नं।९ को दोस्रो अधिवेशनले पुनः उपेन्द्र घिमिरेको अध्यक्षतामा नयाँ कार्य समिति निर्विरोध निर्वाचित भएको छ ।
सो समितिको उपाध्यक्षमा नरेन्द्रप्रसाद ढुंगेल सचिवमा पुष्पलाल ढकाल उप-सचिवमा हरिप्रसाद धिमाल तथा खुल्लातर्फ सदस्यहरुमा अग्नि पौडेल सुनिल श्रेष्ठ नन्दलाल धिमाल लक्ष्मी दाहाल पारसमणि कुईकेल मनोरथ भण्डारी बृद्धिलाल निरौला बसन्तकुमार खाण ठकुरी र कृष्ण लुइटेल रहेका छन् ।
त्यस्तै भूगोल तर्फबाट सदस्यहरुमा लक्ष्मी नारायण धिमाल गोपालप्रसाद भट्टराई नरेश आचार्य डिल्लीराम ति_िम्सना नरेन्द्र राज घिमिरे शरण गजमेर धनमान तामाङ साहेविसंह लिम्बु साहेबिसंह लिम्बु मघेराज श्रीपाली तथा महिला सदस्यहरुमा कृष्णमाया राई कृष्णकुमारी निरौला श्रृजना शर्मा इन्दिरा गौतम शोभा खड्का मीना थापा भिष्मा रेग्मी र संगिता आचार्य निर्विरोध निर्वाचित भएका छन् भने दलित सदस्यहरुमा हरिमाया बिक दिलबहादुर दर्जी मोतीलाल परियार रहेका छन् ।
त्यस्तै गोबिन्द हरि श्रेष्ठ जीतबहादुर लामा कौशिला लिम्बु बृद्धिमान लिम्बु खिन्द्र राई चाम्लिङ नरेन्द्र लिङ्देन र अम्बरबहादुर धिमाल रहेको र दुई जना भने सदस्य थप गरिने प्रमुख निर्वाचन आयुक्त भूपालिसंह जिमि राईले बताएका छन् । अधिवेशनमा ९ नम्बर क्षेत्रअन्तर्गतका नौ वटा गाविस र एक प्रतिष्ठान शाखाका एक सय ९० जना प्रतिनिधिहरुको सहभागिता
रहेको थियो । सोही अधिवेशनमा टाँडीका माइकल लिम्बुसहित ४४ जना र उर्लाबारीका बिजु श्रेष्ठ सुधिर लिम्बु मानबहादुर लिम्बु र विरेन्द्र बल एमालेमा प्रवेश गरेका छन् ।

झापामा पनि बर्डफ्लुको पुष्टि

बिर्तामो/  झापामा बर्ड फ्लु दोश्रो पटक देखिएको छ । ५ वर्ष अघि नेपालमा नैं पहिलो पटक बर्ड फ्लु देखिएको झापामा दोश्रो पटक तीन स्थानमा पुष्टि भएको हो ।
जिल्ला पशु सेवा कार्यालय झापाका अनुसार जिल्लाको पूर्वी क्षेत्रहरु अर्जुनधारा चारपाने र पाठामारीमा वर्डफ्लु पुष्टि भएको हो । चारपाने-३ का देवेन्द्र किसानले पालेको लेयस्र तथा अर्जुनधारा-७ का गोपालप्रसाद ओली र पाठामारी-१ का निजाम मिया र कौसर मियाले पालेका कुखुरामा वर्ड फ्लु पुष्टि भएको पशु सेवा कार्यालयका प्रमुख डा। राधेश्याम मण्डलले जानकारी दिए ।
केन्द्रीय पशुरोग अन्वेषण प्रयोगशालामा गरिएको नमुना परीक्षणमा जिल्लाका तिनै स्थानका कुखुरामा बर्डफ्लुको जीवाणु भेटिएको जनाइएको छ । रोग प्रमाणित भएको स्थानमा ुर् यापिड रेस्पोन्स टिमु खटाई सकिएको पशु सेवा कार्यालयले जनाएको छ । रोग पहिचान भएका क्षेत्रमा कुखुरा तथा अन्य पन्छी मार्ने कार्य शुरु भइसकेको मण्डलले जानकारी दिए ।
तीनवटै स्थानमा १५÷१६ जनाको टोली खटिएको छ । प्रत्येक टोलीमा ६ जना प्राविधिक र ५÷५ जना जनपथ र सशस्त्र प्रहरी रहेका छन् । बर्डफ्लु भेटिएको स्थानलाई नियन्त्रणमा लिएर कुखुरा मार्न थालिएको र ३ दिन भित्रमा सम्भावित क्षेत्रका पन्छी हटाउने मार्ने तथा खोरहरु सफा गर्ने कार्य सक्ने लक्ष्य पशु सेवा कार्यालयको रहेको छ ।
२०६३ सालमा नेपालमा नैं पहिलो पटक झापाको मेचीनगर-१० मा वर्डफ्लु भेटिएको थियो ।

चौतारीको नया नेतृत्व

विराटनगर/  प्रेस चौतारी नेपाल मोरङको आठाँै अधिवेशनले विक्रम लुँईटेल अध्यक्षमा चयन भएका छन ।
शनिबार विराटनगरमा सम्पन्न अधिवेशनले अध्यक्ष लुईटेलसँग उपाध्यक्षमा मिलन के। राउत सचिवमा भक्त राई सहसचिवमा लोकबहादर चौहान उपसचिवमा सुदिप कोईराला र कोषाध्यक्षमा सन्तोष सिग्देल चयन भएका छन ।
यसैगरी सदस्यहरुमा फिपराज वेघा माधव मुक्रन्द सुरेश अधिकारी किशोर विश्वकर्मा र मुकेश यादव रहेका छन् ।
कार्यक्रमको उद्ाटन शत्रमा चौतारीका केन्द्रिय अध्यक्ष गगन विष्टले अभाव र दवावमा नेपाली पत्रकारीता चल्न नसक्ने भएकोले श्रमजिवि पत्रकार ऐन कार्यान्वयन गर्न साचारगृहहरुलाई आग्रह गरेका थिए । कार्यक्रममा चौतारीका केन्द्रिय उपाध्यक्ष प्रकाश खतिवडा नेकपा एमालेका केन्द्रीय सदस्य राजेन्द्र गौतम मोरङ अध्यक्ष विनोद ढकाल चौतारीका केन्द्रीय सदस्य डिल्ली पोखरेल नेपाल पत्रकार महासंघ मोरङका उपाध्यक्ष रामचन्द्र अधिकारी चौतारी सुनसरीका अध्यक्ष लीलाराज भट्टराई क्रान्तिकारी पत्रकार संघ मोरङका संयोजक गणेश लम्साल र नेपाल प्रेस यूनियन मोरङका सभापति कुमोद अधिकारी लगायतले प्रेस स्वतन्त्रताको बढ्दो जोखिमका बारेमा चिन्ता व्यक्त गरेका थिए ।

भोजपुरमा ब्युझिँयो रङ्गमाज

जाति धर्म भाषा सम्प्रदाय विचारको रङ्गभन्दा पहिले मानवियता आवश्यक छ भन्ने मूल आसय बोकेको नाटक बेरङ्ग रङ्गहरु गन्तव्य थिएटरले भोजपूरको सामुदायिक सभाकक्षमा शुक्रबारदेखि माचन गरिरहेको छ ।


निकट भविष्यमा नै राष्ट्रिय साहित्यिक सम्मेलनको सहयोगार्थ गजल प्रतिष्ठान भोजपुरको आयोजनामा भएको नाटक माचनको पहिलो दिन देखि नै अपेक्षा भन्दा बढी दर्शकहरु न्ााटकप्रति आकर्षित भएका छन् । नाटक हेरेपछि स्रष्टा श्याम तमोटले भने ूभोजपुरमा नै यत्तिको प्रयोगात्मक र सुन्दर नाटक भएको पहिलो पटक हो ।ू त्यसतै रङ्गकर्मी नारद हार्तम्छालीले भने ूभोजपुरलाई गन्तव्य थिएटरले ठूलो गुण लगायो । यो माटोमा जन्मेर चर्चित भएका कतिपय स्रष्टाले भोजपुर भुलेको अवस्थामा दुःख गरेर टाढाबाट यहाँसम्म आइ पुन हराउन लागेको नाटकको माहोल व्युँताएकोमा ।
यो नाटक जहाँ जहाँ माचन हुन्छ आधा कलाकारहरु स्थानीयलाई नै समेट्ने गरेको छ । योभन्दा अगाडि दार्जिलिङ्ग इलाम भूटानी शरणार्थी शिविरमा माचन भै सकेको नाटक बेरङ्ग रङ्गहरु केही समयपछि भारतको सिलिगुडी र सिक्किममा पनि माचन हुँदैछ । नाटक बारे परिकल्पनाकार तथा निर्देशक प्रकाश आङ्देम्बेले भने ूहामीले नाम र दामको लागि धेरै नाटक गर्यौ तर सुन्दर संस्कार र जीवनको लागि नाटक गरेनौं । अब नाटक व्यवसाय र मतलबभन्दा पहिला जीवनको लागि केन्द्रित हुन आवश्यक छ ।ू
नाटकमा कलाकारहरु धनकुटे कान्छा किरण पेले दिलन समाल चेतन आँथुपो सुनिल लिम्बू केशव भुजेल काँसी कडेल सुर्य सुब्बा जमुना राई सविता भुजेल स्वीकृत राई आदिले अभिनय गरेका थिए भने लाइट र म्युजिकको संयोजन महेश भण्डारी र सिजन दाहालले गरेका थिए । फोटॊ २ ओटा छ

दलाल समात्ने अभियान थालौँ - दोस्रो लेख

धरम केसी
शुक्रबार केही साथीहरुले दमामको सिको गार्डेनमै भेट्न बोलाएकोले गार्डेन घुम्न र नेपाली कामदार मित्रहरुसँग भेट्न पाइयो । गार्डेनको छेउमै एकहूल नेपालीहरु कसैको प्रितÔामा थिए अनि फोनमा भन्दै थिए- ुखोई त अहिलेसम्म आएन ु
बुझ्दै जाँदा उनीहरु त साउदी प्रहरीको भ्यानको प्रतीÔामा पो रहेछन । केही Ôण्ँमै प्रहरीको भ्यान आयो र ती सबैलाई भ्यानमा राखेर लग्यो । कुनै दिन यही गार्डेनमा काठमाडौं महानगरपालिकाका सुरÔाकर्मीले फुटपाथे पसलेहरुलाई सडकपेटीबाट लखेटे ´ैं नेपाली सिडी क्यासेटको ब्यापार गर्ने नेपालीहरुलाई साउदी मुतौवा र प्रहरीले लखेटेको देखेको थिएँ । त्योबेला डरले भागाभाग हुन्थ्यो उनीहरुको । तर आज नेपालीहरु साउदी प्रहरीको भ्यानमा खुशी साथ तँछाड मछाड गरी पसेको दृश्य देखियो † कस्तो दिन आयो साउदीमा †
उनीहरु त गइहाले मैले त्यो बेला यसको रहस्य बुझ्न सकिन । पछि मैले अरु नेपालीहरुलाई सोध्दा थाहा भयो कि उनीहरुको त्यो गिरÏतारी ुसुनियोजित र प्रायोजितु रहेछ । यो गिरÏतारीको योजना र प्रायोजन गर्ने पनि नेपाली नै रहेछन् । ती नेपालीले यी नेपालीहरुलाई पक्राउ गराए बापत जनही १ हजार ५ सय साउदी रियाल लिएका रहेछन् ।
गैर आवासीय नेपाली संघ साउदी अरबले यस्ता नेपाली दलालहरुलाई पक्रेर कार्बाही गर्न गराउन नेपाली दूतावास रियादलाई संस्थागत अनुरोध गरिसकेको हो । दूतावाससम्म त्यस्ता दर्जनौं दलालहरुको नामावली पनि पुगिसकेको र दूतावासले त्यसो नगर्न चेतावनीसम्म दिएको खबर बाहिर आएको पनि छ । तर त्यस्ता कुनै पनि दलालहरु हालसम्म कार्बाहीमा परेको खबर भने छैन । यो घटनाक्रमले भगौडा कामदारहरुसँग रकम असुलेर पक्राउ गराउने धन्दा नरोकिएको पुष्टी गर्छ ।
उता साउदी प्रहरीको थुनामा महिनौ बस्दा पनि स्वदेश फर्किन नपाएकाहरुको पीडा बेग्लै छ । यस्तै भगौडा कामदारहरु खचाखच भिरंदा खुट्टा टेक्ने ठाउंसम्म मुश्किलले पाइने यी जेलहरु भित्र बिरामी परेका रोजगारदाताले दायर गरेका कतिपय मुद्दाहरुका कारण्ँ थप तनावमा रहेका बैधानिक हक अधिकार नैतिकता सामाजिक छवि र आफ्नो भावी रोजगारको आश सबै गुमाएका नेपालीहरुका थप पीडा र गुनासाहरु वण्र्ँन गरेर साध्य छैन् । अनि अर्कोतिर यो हप्ता यति जनालाई स्वदेश फर्कायौं यो महिना यतिजना उडिसके यसरी उडाउने ब्यवस्था मिलाइएको छ भनेर प्रचारबाजी गरिएकै हुन्छ । जसका कारण्ँ हुँदा खाँदाको बैध रोजगारी छाडेर भाग्ने भगाउने क्रम थप प्रोत्साहित बनेको छ र दलालहरुको कमिशनको धन्दा अरु फस्टाउँदो र मौलाउँदो छ ।
अवैध भगौडा कामदारहरुका दलालहरु बैध हुने त सवालै भएन । यिनीहरुलाई पकि्रन र सजायको भागिदार बनाउन त्यति सजिलो पनि छैन् । किनकी यिनीहरुले लिएको अवैध कमिशन रकमको कुनै बिल भपाई हुँदैन र कतिपय कामदारहरुले आफ्नो दलालको नाम बताउन पनि चाहँदैनन् । त्यसैले पहिचान र प्रमाण्ँ खोजिको िवÈय बन्दैछ । बैध कामदारहरुका एजेन्टहरु नै बैध छैनन् । यिनीहरुले त्यस्ता अबैध ठगी र कमिशनका धन्दाहरुमा आफ्नो संलग्नता नै स्वीकार गर्दैनन जिम्मेवारीबोध र जवाफदेहिता त धेरै परको कुरा । पैसा पावर पहुँच र प्रभाव यिनीहरुकै बढी हुने हुँदा यदाकदा खादा ओढाई सम्मान गरिनेमा समेत पर्दछन यिनीहरु †
के गर्ने त
अहिले साउदी अरबमा विद्यमान दुई प्रमुख भगौडा र घरेलु महिला कामदारका समस्या दीर्घकालिन समाधानका लागि दुईओटा कदम चालिएका छन् । नेपाली दूतावास रियादको विशेÈ पहलमा घरेलु महिला कामदारहरुको िभÈा रोकिँदा र नेपाली कामदारहरुको न्यूनतम तलब १ हजार साउदी रियाल तोकिँदा विद्यमान समस्या समाधानमा सकारात्मक असर पर्ने निश्चित छ । तर दुर्भाग्यवश माथि उल्लेखित अबैध दलालहरु लगायत उपरोक्त धन्दाहरुबाट फाइदा उठाइरहेका केही स्वार्थी तत्वहरुलाई यी कदमहरु मन परेको छैन । एकातिर ुसाउदी अरबमा घरेलु महिला कामदारहरुलाई किन रोक्ने आउन दिनुपर्छ ।ु भन्ने स्वरहरुलाई शक्तिकेन्द्रहरुसम्म पुर् याईंदै भने ुकामदारको तलब राजदूतले तोक्ने होइनु भन्नेहरुले अहिले पनि साउदी अरबमा ५ देखि ७ सय रियाल तलब रहेका िभÈामा कामदारहरु पठाएर दूतावासको सिफारिस तथा निण्र्ँयको खिल्ली उडाइरहेका छन् ।
मौजुदा परिस्थितीले दिएको सन्देश र िशÔा यही छ कि जसरी पीडित महिला कामदारहरुको उद्धारमा ुदलाल केन्द्रितु बन्दा कमसेकम पीडित महिलाहरुको स्वदेश फिर्तीको टिकटको आवश्यकता नपरेको अबैध दलालहरु पक्राउ पर्न थालेको र त्यस्ता दलालहरुको चंगुलमा परी थप नेपाली महिला दिदी बहिनीहरु बेचिनबाट जोगिने परिस्थिति बन्दैछ त्यसरी नै पीडित पुरुÈ कामदारहरुको उद्धार पनि अब ुदलाल केन्द्रितु बन्नै पर्दछ ।
कमिशनकै लागि कामदार भगाउने र थप कमिशन रकम असुली जेल पठाउने दलालहरुलाई त ´न् खोजी-खोजी कार्वाही गर्नु पर्छ । जब एउटा साधारण्ँ लेबरले पनि साउदी अरबमा ८ घण्टा काम गरेर १ हजार साउदी रियाल पाउनेछ र ुभागेको खण्डमा उनी त के उनको मृत लास समेत स्वदेश पुग्नसक्ने छैन भन्ने शन्देश कामदारहरुको मन मस्तिष्कमा पुग्नेछ तब शायदै कुनै नेपाली कामदारहरु भाग्नेछन । समस्या समाधानका अरु पनि बाटाहरु होलान् तर समाधानको उचित बाटो भने यही हो ।
लेखक गैरआवासीय नेपाली संघ साउदी अरेबियाका अध्यÔ हुन् ।

नेपाली कम्युनिस्टका गुण र दोषहरू - पहिलो लेख

श्याम श्रेष्ठ
२००७ साल यता कुनै त्यस्तो प्रगतिशील र लोकतान्त्रिक राजनीतिक, आर्थिक र सामाजिक आन्दोलन भेटिँदैन जसमा नेपालका कम्युनिस्ट दलले सक्रियतापूर्वक भाग नलिएको र त्यसको नेतृत्व नगरेको होस्। नेपालमा सामन्तवादको उन्मूलन र क्रान्तिकारी भूमिसुधारका लागि जोताहा किसान र मोहीहरूको सशक्त आन्दोलन आˆनो अस्तित्वको प्रारम्भदेखि नै उठाउने श्रेय नेपाली कम्युनिस्ट आन्दोलनलाई नै जान्छ। नेपालमा क्रान्तिकारी भूमिसुधार र “जसको जोत उसको पोत”को लोकपि्रय सामन्तवादी विरोधी नारा सर्वप्रथम उठाउने र स्थापित गर्ने कार्य नेपालको कम्युनिस्ट पार्टीले नै गरेको हो।

२००४ सालमा विराटनगरमा नेपालको पहिलो मजदुर हडताल उठाउने कार्य नेपाली काँग्रेसले नै गरेको हो, जतिखेर नेपाली कम्युनिस्ट पार्टी जन्मेकै थिएन। उसले मजदुर आन्दोलनलाई पछिसम्म उठाइरहन र व्यापक बनाउन भने सकेन। सम्भवतः उसको पुँजीवादी वर्ग आधारले नै यसो गर्न दिएन। परन्तु नेपालमा कम्युनिस्ट पार्टी स्थापनाको लगत्तैपछिदेखि नै अखिल नेपाल ट्रेड युनियन काँग्रेसको पहलमा देशव्यापी रूपमा मजदुर आन्दोलनको थालनी र विस्तार भएको देखिन्छ। जिउनयोग्य तलब, दिनमा आठ घण्टाको कार्यकाल, मजदुर पेसाको सुरक्षा, बुढेसकालमा पेन्सन र ट्रेड युनियनको अधिकार जस्ता माग राखेर हरेक पेसाका मजदुरलाई सङ्गठित गर्ने र उनीहरूको सङ्घर्ष उठान गर्ने कार्य नेपालको कम्युनिस्ट आन्दोलन नै गरेको हो।

मूलतः तत्कालीन नेकपा माओवादीले उठान गरेको सशस्त्र सङ्घर्ष र २०६२/६३ को ऐतिहासिक जनआन्दोलनमा सात कम्युनिस्ट/गैरकम्युनिस्ट संसद्वादी दलसित माओवादीको सहकार्यले नै २०६४ सालमा संविधानसभामार्फत नेपालमा राजनीतिक रूपमा सामन्ती राजतन्त्र समाप्त पारेर लोकतान्त्रिक गणतन्त्र स्थापित हुन सम्भव भएको हो। शस्त्रबलसहितको कम्युनिस्ट शक्तिको बलवान् उपस्थिति नहुँदो हो त नेपालमा यति छिटै र यति सजिलै राजतन्त्र मासिएर गणतन्त्र कदापि आउने थिएन। नेपालमा धार्मिक/सांस्कृतिक रूपमा पनि हिन्दु सामन्ती एकाधिपत्य समाप्त पारेर सिङ्गो मुलुक धर्मनिरपेक्ष मुलुक भएको पनि यही कारणले हो।

नेपालमा निर्वाचित संविधानसभाको नारा पनि सर्वप्रथम नेपाली काँग्रेसले २००६ सालमा उठाएको इतिहास साक्षी छ। यो नारालाई पनि काँग्रेसले छोडेपछि फेरि सशक्त ढङ्गले उठाउने, सर्वस्वीकार्य बनाउने र यथार्थमा अनुवाद गराउने श्रेय पनि सामान्यतः नेपाली कम्युनिस्ट आन्दोलन र विशेषतः नेकपा माओवादीलाई नै जान्छ। नेपालको प्रभुसत्ता र राष्ट्रिय स्वाधीनताका लागि कुनै पनि खालको विस्तारवादी साम्राज्यवादी हस्तक्षेपको विरुद्धमा प्रारम्भदेखि नै दह्रो आवाज उठाउने कार्य पनि नेपालको कम्युनिस्ट आन्दोलनले नै गरेको छ।

यही कारणले पूर्वी युरोप र रुसमा समाजवादी व्यवस्था ढल्दा पनि नेपालमा भने समाजवादी व्यवस्था र कम्युनिस्ट पार्टीप्रति जनआकर्षण घटेन, बरु झन् झन् बढ्दै गयो। नेपालमा अहिले सडकमा पनि कम्युनिस्ट नै सबैभन्दा शक्तिशाली स्थितिमा छन् र संविधानसभा तथा व्यवस्थापिका संसद्मा पनि। आपसमा जुधेर चुनाव लड्दा पनि नेपालमा यतिबेला संविधानसभाको ६२ प्रतिशत सिट कम्युनिस्ट दलकै रहेको छ।

नेपाली कम्युनिस्ट आन्दोलनका उज्याला पक्ष प्रशस्त भए जस्तै यसका दोष र अँध्यारा पक्ष पनि उल्लेख्य मात्रामा रहेका छन्। यसलाई हटाउन उनीहरूले ध्यान दिनु आवश्यक छ। नेपाली कम्युनिस्ट आन्दोलनको मुख्य दोष के छ भने यसले राजनीतिक क्षेत्रमा क्रान्ति वा आन्दोलनको उठान राम्रोसित गरेको छ तर त्यसको बैठान र व्यवस्थापन ठीक ढङ्गले कहिल्यै गर्नसकेको छैन। यसले जहिले पनि राजनीतिक क्रान्ति र आन्दोलनलाई अधकल्चोमै छोड्ने गरिरहेको छ। २०४६ सालमा पनि उसले त्यही भूल गर्‍यो, २०६३ सालमा पनि उही महाभूल दोहोर्‍याउँदैछ।

नेपालको कम्युनिस्ट शक्तिको जोडबलमै नेपालमा गणतन्त्र आयो तर संविधानसभामार्फत नयाँ संविधानमा गणतन्त्रलाई संस्थागत गर्नुपर्ने समयमा दुई सबैभन्दा ठूला कम्युनिस्ट दल मूल एजेन्डाबाट बरालिएर आपसमा सत्ताका लागि बाझेर बसिरहेछन्। नेपालको गणतन्त्रलाई नयाँ संविधान बनाइँदा यथासम्भव ज्यादा प्रगतिशील अन्तर्वस्तुले भरिपूर्ण बनाउन माओवादी एमाले र अरू कुनै कम्युनिस्ट दलको प्राथमिकता र रुचि देखिँदैन।

नेपालका कम्युनिस्ट आन्दोलन वा युद्धबाट उपरी तहमा राजनीतिक प्रणाली बदल्न अत्यन्त सक्षम रहेका देखिन्छन् तर उनीहरूको दोष के हो भने उनीहरू राजनीतिक क्रान्तिकै उचाइको आर्थिक र सांस्कृतिक क्रान्ति गर्न चाहिँ नितान्त असक्षम देखापरेका छन्। आर्थिक, सांस्कृतिक र सामाजिक रूपान्तरण नेपालका कम्युनिस्टले हमेसा बिर्सिने एजेन्डा बनेको छ जब कि यो नभई कुनै पनि क्रान्ति सम्पन्न, सफल र दिगो हुँदैन।

हालसालैको ताजा उदाहरण हेर्ने हो भने माओवादीको १० वर्षे जनयुद्धले गाउँमा जालीफटाहा र सामन्त शून्य गर्‍यो, गाउँमा गयल जमिन्दारका जमिन जोताहा र भूमिहीन किसानमा बाँड्यो। जब माओवादी शान्तिप्रक्रियामा आयो उसले ती सामन्तलाई प्रगतिशील भूमिसुधारद्वारा जरैमा समाप्त पार्नुको साटो मोही किसान र भूमिहीन किसानका लागि कुनै वैकल्पिक व्यवस्था नै नगरी जोताहाबीच बाँडिसकिएको तिनको जग्गासमेत फिर्ता गर्ने सम्झौता गरेको छ र फिर्ता गर्ने प्रक्रिया थालेको छ। हदबन्दीभन्दा बढी जमिनका लागि समेत क्षतिपूर्ति दिने सम्झौता नेपालका कम्युनिस्टले काँग्रेससित हालै गरेका छन् जुन राजा महेन्द्रले पनि गरेका थिएनन्। क्रान्तिकारी भूमिसुधार नेपालका कम्युनिस्ट सत्ता बाहिर हुँदा जोडले उठाउने र सत्तामा जाने बित्तिकै बिर्सिने नारा बनेको छ।

राजनीतिक क्रान्तिपछि नेपालको राज्ययन्त्र र राज्यसत्ताको स्वरूप र चरित्र बदल्ने कुरामा पनि नेपालका कम्युनिस्ट हमेसा चुकेका देखिएका छन्। राज्ययन्त्र र राज्यसत्ताको परिवर्तनभन्दा पनि त्यसमा घुलमिल र विलयन नेपालका कम्युनिस्टको मुख्य प्रवृत्ति बनेको छ। सिंहदरबार बदल्न गएका नेपालका कम्युनिस्टहरू सिंहदरबारमा पुगेपछि आफैँ सिंहदरबारको प्रभावमा बदलिएका देखिएका छन्। सरकारमा पुगेका बेला सेना, प्रशासन, प्रहरी, न्यायालयको चरित्र र वर्ग संरचनामा परिवर्तन ल्याउने निणर्ायक पहल कुनै पनि कम्युनिस्ट पार्टीबाट भएको देखिँदैन। कम्युनिस्ट नेतृत्वको सरकारमा पनि मजदुर, जोताहा किसान, महिला र दलितको प्रतिनिधित्वको त्यत्तिकै अभाव देखिएको छ जति यसअघिका पुँजीवादी नेतृत्वको सरकारमा हुने गथ्र्यो।

नेपालका कम्युनिस्ट पार्टीहरूको अर्को दोष के देखिएको छ भने उनीहरूले आफू अरुभन्दा ठूलो देखिन सङ्ख्यात्मक वृद्धिमा मात्र अत्यधिक प्राथमिकता दिएका छन् तर सङ्गठनको गुणात्मक विकासमा र नेता कार्यकर्ताको वैचारिक सांस्कृतिक रूपान्तरणमा उनीहरूले ध्यान र प्राथमिकता दिएको देखिँदैन। वैचारिक सांस्कृतिक रूपान्तरणमा पर्याप्त जोडबल नदिएको हुनाले नेपालका कम्युनिस्टहरू संस्कृति र चरित्रका हिसाबले रातो मुला जस्ता देखिन्छन्ः बाहिर कुरो र भाषण हेर्दा एकदम रातो, भित्र व्यवहार र चरित्र हेर्दा एकदम सेतो। समाजका अपराधीहरू, गलत र भ्रष्ट तत्वहरू तथा वर्गीय रूपमा प्रतिगामी र प्रतिक्रियावादीसमेत निर्बाध रूपमा कम्युनिस्ट पार्टीमा प्रवेश गरेको/गराइएको खुलेआम देख्न सकिन्छ। पार्टीमा प्रवेश गर्नेहरूको रेखदेख, नियन्त्रण र प्रवेश गरेकाहरूको वैचारिक सांस्कृतिक रूपान्तरणमा भने कसैको ध्यान पुगेको देखिँदैन। यस प्रकारको जसरी पनि संसदीय चुनाव जित्ने उद्देश्यबाट मात्र निर्मित वैचारिक र सांस्कृतिक रूपमा प्रदूषित सङ्गठन निर्माणबाट सामाजिक क्रान्ति र समाजवादी समाजको निर्माण कसरी हुनसक्छ ?

अहिले नेपाली कम्युनिस्ट आन्दोलनमा नेता र पार्टीबीच गहन र खुला वैचारिक र दार्शनिक बहस त्यति देख्न पाइँदैन। कक्षा र प्रशिक्षण विरलै मात्र हुने गर्छ। नेपालको कम्युनिस्ट आन्दोलनको यतिखेरको विडम्बना के हो भने नेपालमा कम्युनिस्ट नेतामा कुशल सङ्गठक थुप्रै देख्न सकिन्छ तर बोली र व्यवहारमा, सोच र संस्कृतिमा ठूलो खाडल नभएको आदरयोग्य सिद्धान्तकार कोही देखिँदैन। पुष्पलाललाई गद्दार भनेर नेपाली कम्युनिस्ट आन्दोलनको दुई दशक बितेको छ तर सिद्धान्त, विचार, संस्कृति र व्यवहारमा उनको उचाइको समकालीन कम्युनिस्ट नेता विरलै भेटिन्छ।

नेपालको कम्युनिस्ट आन्दोलनको अर्को दोष के हो भने विश्वमा ज्ञान, विज्ञान र श्रमिक वर्गको आन्दोलनमा ठूलो हेरफेर भइरहेको छ, कतिपय मुलुकमा समाजवादी व्यवस्था नै ढलेको छ। तर बदलिँदो ज्ञानविज्ञानको दही-मथनी गरेर, समाजवाद ढल्नाका मूल कारण खोजेर, त्यसलाई संश्लेषण गरेर समाजवादी सिद्धान्तलाई बदलिएको युगानुकूल परिष्कृत र उन्नत बनाउने कार्य खासै भइरहेको देखिँदैन। माक्र्स, ऐंगेल्स र लेनिनको पालासम्म विश्वका ज्ञानविज्ञान र श्रमिक आन्दोलनको उचाइलाई संश्लेषण गर्ने प्रक्रिया लगातार जारी राखिएको थियो। लेनिनको मृत्युसँगै त्यो प्रक्रिया जहाँको तहीँ रोकिएको छ। नेपाली कम्युनिस्ट आन्दोलनको अर्को रोग हो-निरन्तर सिद्धान्तहीन फुट। सिद्धान्तमै भिन्नता हुँदा फुट अवश्यम्भावी हुन्छ, कतिपय फुटलाई सैद्धान्तिक जामा पहिर्‍याइए पनि गहिराइमा नियाल्दा अधिकांश फुट व्यक्तिकेन्दि्रत अहंकारको टक्कर, केवल कार्यनीतिक भिन्नता र भित्री पार्टी जनवादको अभाव र भिन्न तथा आलोचनात्मक मतको दमनका कारणले मात्र पनि भइरहेका देखिन्छन्।

नेपाली कम्युनिस्ट आन्दोलनमा काम कारबाहीमा बहुमतको निर्णय मानेर, कामकारबाहीमा एकरूपता कायम गरेर आलोचनात्मक तथा भिन्न मतलाई सङ्गठन बाहिर र भित्र दुवै ठाउँमा एउटा प्रणालीअन्तर्गत स्वतन्त्रतापूवर्क चलखेल गर्न दिने मामिलामा ठूलो सङ्कीर्णता र हिच्किचाहट भेटिन्छ। एउटा विधिअन्तर्गत भिन्न र आलोचनात्मक मतलाई स्वतन्त्रतापूर्वक चलखेल गर्न दिने कुराले नै विचारको विकास र नयाँ सक्षम नेतृत्वको प्राकृतिक छनोट हुने कुरो हो। तर त्यसलाई नोकरशाही ढङ्गले दबाइँदा पार्टीमा स्थायी गुटहरू जन्मने गरेका छन् र गुटहरू फुटतिर उन्मुख हुने गरेका छन्। भिन्न मतको दमनको प्रतिक्रियामा अराजक ढङ्गले मत राख्ने प्रवृत्ति पनि यत्रतत्र देखापरिरहेछ।

नेपाली कम्युनिस्ट आन्दोलनमा वर्गीय दृष्टिकोण भुत्ते हुँदै जाँदो छ,त्यसको स्थान साम्प्रदायिक जातीय सोचले लिँदैछ। यो ठूलो भूल हो जसलाई कम्युनिस्टहरूले अविलम्व सच्याउनुपर्छ। जातीय साम्प्रदायिकताको भावनामा पङ्खा हम्केर र विश्ाुद्ध जातीय राज्यको सोचबाट जातीय समस्या हल हुन सम्भव छैन, बरु झन् जटिल मात्र हुनेछ। समतामूलक समावेशी विकास नै कम्युनिस्टहरूको बाटो हो। भाषागत र जातीय समस्यालाई कम्युनिस्टहरूले हल गर्नर्ैपर्छ तर त्यो वर्गीय दृष्टिकोणबाट हल गर्नु कम्युनिस्टहरूको विशेषता हो। विशुद्ध जातीय राज्य मात्र बनाएर यो समस्या हल हुन सक्दैन। नयाँ सङ्घीय राज्य प्रणालीमा सङ्घ होइन, सत्ताको तल्लो एकाइ सबैभन्दा शक्तिशाली हुनुपर्छ किनकि श्रमिक वर्ग र सर्वसाधारण जनताले राज्य भेट्ने सबैभन्दा नजिकैको ठाउँ त्यहीँ हो। नेपालमा भने उल्टो भइरहेछ। सत्ता र स्रोतबाट वञ्चित गरिखाने वर्गलाई शासन र स्रोतको मालिक बनाएर र त्यसभित्र खालि सम्भ्रान्त वर्गमात्र माथि उठ्ने सम्भावना रोक्नुको साटो नेपालका कम्युनिस्टहरू केन्द्रीय राज्यलाई सबैभन्दा बलियो बनाउने पक्षमा देखिन्छन्। यो ठूलो विडम्बना हो।

दमकले अरु थुप्रै गर्न सक्छ - सम्पादकीय

झापाको दमकमा आयोजित आदिवासी जनजाति सांस्कृतिक महोत्सव-२०६८ भर्खरै सम्पन्न भएको छ । महोत्सव मूल आयोजक संस्था नेपाल आदिवासी जनजाति महासंघ दमक नगर समन्वय परिषद्ले सार्वजनिक गरेको ताजा जानकारी अनुसार २६ लाख ५० हजार रुपैयाँ बढी आम्दानी र २३ लाख रुपैयाँ बढी खर्चको विवरण प्राप्त भएको बुझिन्छ । १५ दिन सम्म चलेको महोत्सव अवधिमा ३ करोड बढीको आर्थिक कारोबार तथा राष्ट्रिय र स्थानीय स्तरका लोकपि्रय कलाकारहरुको नियमित प्रस्तुतिहरु पनि भए । सम्भवतः दमकको इतिहासमै एकै कार्यक्रमका दौरान यतिबिघ्न कलाकारहरुले एउटै माच टेकेको अनुमान समेत गरिएको छ यस पटक । यिनका अतिरिक्त विभिन्न आदिवासी जनजाति समुदायका कला संस्कृति भेषभूषा रहनसहन र मौलिकता झल्काउने किसिमका नमूना घरहरुको प्रदर्शनी जातिहरुको सांस्कृतिक नृत्य प्रस्तुति लगायतका कार्यले दमकको माटोमा एउटा अनुभूतिको इतिहास रोपेको मान्न सकिन्छ ।
किनकि कुनै पनि राष्ट्र क्षेत्र समाज र समुदायका लागि उसको जीवन्त पहिचान हुन आवश्यक छ । पहिचानको पृथकताले उसको अस्तित्व सुरक्षित गरेको हुन्छ । यस पटक दमकले यही सन्देश दिएको छ । दमक नगरको राजनीतिक आर्थिक सामाजिक शैक्षिक पूर्वाधार विकास आदि समृद्धिहरुसँगै यहाँको सांस्कृतिक पूर्वाधार पनि बलियो सह-अस्तित्वमा आधारित छ भन्ने सन्देश महोत्सवले दिन सफल भएको मान्न सकिन्छ । संकुचित मानसिकता बोकेकाहरुले यसलाई आफ्नो मात्र वा अरु कसैको मात्र उपलब्धि मान्न सक्छन् । लोकतन्त्रमा सबैलाई सबै किसिमको सोच र विचार प्रस्तुत गर्ने अधिकार छ तर सबैले आ-आफ्ना पायक विचारहरु मात्रै अन्तिम सत्य हो वा त्यो विचार मात्रै सर्वोपरि हो भन्ठान्नु अन्ततः लोकतन्त्रकै उपहास बाहेक अरु हुन सक्दैन । तसर्थ आम हितका दृष्टिकोणले दमकमा सम्पन्न महोत्सवले सिङ्गो दमकेली शान र दमकवासीको गौरवलाई उचो तुल्याएको छ भन्नु अत्योक्ति हुने छैन ।
सन्दर्भकै दौरान केही तिता र मिठा अनुभूतिहरुका साथ दमकमा जो उपलब्धिपूर्ण कार्य भएको छ तिनलाई मिहिन ढङ्गले विवेचना गर्दै गल्तीहरुबाट पाठ सिकेर प्रगतिहरुलाई संस्थागत गर्न हामी सबैको दायित्व हुन जान्छ । प्रत्यक्ष रुपमा यी वा यस्ता उपलब्धिहरुका जस पात्रहरु सीमित हुन सक्छन् तर सकरात्मक सोचका साथ सबैले आ-आफ्नो दायित्व र जिम्मेवारी वोध गर्ने हो भने यस्ता उपलब्धिहरु सिङ्गो समाजलाई एकतावद्ध र सुसांस्कृतिक बनाउन प्रेरीत गर्ने किसिमका हुन्छन् । सबैको हित हुने कार्यले सबैको अहित हुने काममा लागेकाहरु बाहेक अरुलाई नोक्सान पनि गर्दैन । तसर्थ दमकमा थालिएका यस्ता सकरात्मक र दमकेली पहिचानसँग जोडिएका विषयहरुमा सबैले समान जस लिन गौरव गर्न सहभागी हुन र सहकार्य गर्न पाउनु पर्दछ । अवसरहरु फेरि पनि आउँछन् तिनको सही सदुपयोग र समान वितरणमा हाम्रा लागि थप चुनौति र सम्भावना बढेका छन् । कुनै पनि कार्यका लागि सबै पक्षको सहभागिताका आवश्यक छ २१ औं शताव्दीको लोकतन्त्रले सहभागितामूलक निर्णय प्रकि्रयालाई जोड दिएको छ । तसर्थ हिजो कसले कहाँ कति गल्ती गर् यो भनेर गौणा ढुक्नु भन्दा पनि कसरी सच्चिएर र सच्याएर लाने यस दिशातर्फ सबैको ध्यान गए दमकले अरु थुप्रै राम्रा कामहरु गर्न सक्छ ।