प्रतिष्ठानको महादान वचत

गौरादह/  गौरादह–२ स्थित सितापुरीमा श्री कृष्ण प्रणामी प्रतिष्ठान नेपालले प्राणनाथ क्षेत्र विकास कोष अभियानलाई तिव्रता दिएको छ ।
२०६७ सालदेखि ५ वर्ष भित्रमा प्रतिष्ठानले कोष स्थापनाका लागि प्रतिव्यक्ति एक रुपैयाँका दरले रकम संकलन गर्न अभियान थालेका हुन् । प्रतिष्ठानका सचिव टंकप्रसाद अधिकारीका अनुसार महादान वचत अभियान वर्षका रुपमा सो अभियानबाट अहिलेसम्म ३ सय बढीलाई संगठित गरी कोषको रकम संकलन भइरहेको छ । उनले प्रतिष्ठानले असहाय, बाल, बृद्धबृद्धाका सेवामूलक कार्य गर्नुका साथै गरीब तथा विभिन्न शैक्षिक क्षेत्रहरुमा कार्यहरु गरी आएको बताए ।
२०६२ सालमा स्थापित उक्त प्रतिष्ठानले अघि सारेको सो वचत अभियान कोष निर्माणका लागि विभिन्न क्षेत्रबाट सहयोग भइरहेको बताइएको छ । सो कोषबाट प्रतिष्ठानले सो अवधिसम्म १० लाख रुपैयाँ बढी रकम संकलन गरिने जनाएको छ । सचिव अधिकारीले घोषित अभियान वर्ष भित्र करिब ८ सय बढीलाई संगठित गर्ने लक्ष्य लिएको बताए ।

0 प्रतिकृया:

Post a Comment