हाईड्रो हाउस:

दक्षिणी इलामको दानाबारीमा निमार्णाधीन सानिमा माई हाईड्रपावर लिमिटेडको विद्युत उत्पादन गृह । यो हाईड्रपावर निर्माण सम्पन्न भएपछि २२ मेगावाट क्षमताको विद्युत उत्पादन हुनेछ । तस्विर : राम योङ्हाङ ।

12

भूकम्पले पूर्वाञ्चलमा ५६ हजार बढी विस्थापित

दमक । गत वैशाख १२ को भूकम्प र त्यसपछिका लगातारका पराकम्पनले पूर्वाञ्चलमा २० हजार ८ सय ७० घरमा पूर्ण रुपमा क्षति पुगेको छ । भूकम्पबाट २० हजार ६ सय ४१ निजी घर र २ सय २९ वटा सरकारी भवन पूर्ण रुपमा क्षति पुगेको पूर्वाञ्चल क्षेत्रीय प्रशासन कार्यालय धनकुटाले जनाएको छ । ३ हजार २ सय ८७ सरकारी र ४२ हजार १ सय ९१ निजी घरमा आंशिक क्षति पुग्दा ५६ हजार ६ सय ७० जना विस्थापित भएको कार्यालयको तथ्याङ्कमा उल्लेख छ । जसमा पूर्वाञ्चलमा सबैभन्दा बढी ओखलढुंगामा क्षति भएको उल्लेख छ । ओखलढुंगामा १० हजार ३१ घरमा पूर्ण...

अग्ला टावरका कारण स्थानीय त्रसित

दमक । विभिन्न सञ्चार संस्थाहरुका दर्जन भन्दा वढी अग्ला टावरहरु  महाभुकम्प र हावाहुरीका कारण ढल्नसक्ने खतरा बढेपछि झापाका स्थानीय बासिन्दाहरु त्रसित बनेका छन् ।  महाभुकम्प र हावाहुरीका कारण भौतिक संरचनामा पुगेको क्षतिले मानवीय दुर्घटना हुने सम्भावना भएपछि झापाको दमकमा रहेका अग्ला संरचनावाट स्थानीयहरु त्रसित बनेका हुन् । त्रासकै कारण दुरसञ्चार संस्थानले बनाएको दमकको टावर (आवाघर) घटाइने भएको छ । नेपालको सवैभन्दा अग्लो टावरमध्ये दमकमा अवस्थित नेपाल टेलिकमको टावरलाई  घटाइने भएको हो...

वैज्ञानिक वन व्यवस्थापनमा जोड

पथरी । जिल्ला बन कार्यालय मोरङका प्रमुख दीपक ज्ञवालीले पुस्ता पुस्तासम्म निरन्तर बन पैदावार उपभोगका लागि बैज्ञानिक बन ब्यवस्थापन आवश्यक रहेकोमा जोड दिएका छन् । सोमबार मोरङको पथरीशनिश्चरेमा ‘बैज्ञानिक बन व्यवस्थापनका चुनौती र सञ्चार क्षेत्रको भूमिका’ विषयक अन्तरक्रियामा बोल्दै ज्ञवालीले सो कुरा बताएका हुन् । जिल्ला बन कार्यालयको सहयोगमा नेपाल पत्रकार महासंघ मोरङ र पथरी सम्पर्क कार्यालयले आयोजना गरेको सो अन्तरक्रियामा जिल्लामा ६ वटा सामुदायिक बन सहित राष्ट्यि बनमा समेत बैज्ञानिक बन व्यवस्थापनको काम शुरु भएको ज्ञवालीले उल्लेख गरे । ज्ञवालीले बनलाई...

आगलागीमा ५ घर जले

इलाम । इलामको नयाँबजारमा सोमबार आगलागी हुँदा ५ वटा घर जलेर पुर्ण रुपमा नष्ट भएका छन् । आगो नियन्त्रणमा लिन अर्को एउटा घर भत्काइएको छ । स्थानीय कुमार तामाङ्गको घरबाट करिब १२ बजे बाट सुरु भएको आगलागीको कारण तामाङ्ग सहित धन बहादुर भण्डारी, पदम भण्डारी, देवी भण्डारी र राजु भण्डारीको घर पुर्ण रुपमा नष्ट भएको छ ।  वाङ्गचु शेर्पाको घर घत्काइएको छ । आगो अहिले प्रहरी स्थानीयवासीको प्रयासमा नियन्त्रणमा आएको छ । स्थानीय शिक्षक देवी सुवेदीका अनुसार आगलागि भएको स्थान नजिकै पानी ट्याङ्की रहेकोले आगो नियन्त्रण गर्न सहज भएको हो । आगोले नस्ट भएको घरबाट कुनै...

मुद्दा खारेजीपछि लोकमार्गको काम शुरु

पाँचथर । राष्ट्रिय गौरवको आयोजना निर्माणका क्रममा गिटीढुंगा उत्खननको कार्य रोक्न जिल्ला अदालत पाँचथरमा परेको मुद्दा खारेज भएपछि मध्यपहाडी लोकमार्गअन्तर्गत जोरसाल–तमोर खण्डको काम सुरु भएको छ । फिदिम–५ स्थित चिउरीगौंडामा रहेको गिटीढुंगा उत्खननको कार्यले वातावरण र बस्तीमा खतरा पुगेको भन्दै तत्काल रोक्न माग गरेर जिल्ला अदालतमा मुद्धा दायर भएपछि काम रोकिएको थियो । चार महिनाअघिबाट जारी मुद्दाको किनारा लगाउँदै जिल्ला अदालत पाँचथरले तत्काल उत्खनन कार्य रोक्ने कुनै आधार नदेखिएको फैसला गरेपछि काम सुरु भएको हो । गिटी ढुंगा उत्खननस्थलमा पर्ने डाँडा सामुदायिक...

ज्येष्ठ अगुवालाई सम्मान

दमक । ज्येष्ठ नागरिकहरुलाई सोमवार दमकमा सम्मान गरिएको छ । ज्येष्ठ नागरिक जिल्ला संघ झापा तथा दमक नगरपालिकाको संयुक्त आयोजनामा ज्येष्ठ नागरिकहरुलाई सम्मान गरेको हो । दमक ११ स्थित जनमुखी सहकारी संस्थाको सभाहलमा भएको कार्यक्रममा ७० वर्ष माथिका ७ जना ज्येष्ठ सामाजिक अगुवाहरुलाई  सम्मान गरेको छ । इलाका प्रशासन कार्यालय दमकका कार्यलय प्रमुख वासु कोईरालाको प्रमुख आतिथ्यमा कार्यक्रममा ज्येष्ठ नागरिकहरुलाई दोसल्ला ओढाएर तथा प्रमाण पत्र दिएर सम्मान गरिएको थियो । कार्यक्रममा राष्ट्रिय ज्येष्ठ नागरिक महासंघका सचिव मनोहर उप्रेती, नेपाल रेडक्रस सोसाईटी...

आयोजक ए टिम बिजयी

दमक । दमक १२  मा जारी फुटवल प्रतियोगिताको सोमवार भएको खेलमा आयोजक भिएफसी दमक १२ ए बिजयी भएको छ ।  खेलको निधारित समय र थप १० मिनेटको अवधिमा कुनै पनि गोल हुन नसकेपछि टाइब्रेकरमा आयोजक टिम एले जितेको हो । उसले टाइव्रेकरमा ५–३ गोल अन्तरले धरमपुर फुलवारी स्पोर्टिङ क्लवलाई हराएको छ । प्रतियोगितामा मंगलवार हुने  अन्तिम क्वाटर फाइनल खेलमा आर्कषण मेनपावर युनाइटेड दमक र फरेन युनाईटेड क्लव दमकबीच खेल  हुने आयोजकले जनाएको छ ।&nbs...

कुक तालिम सम्पन्न

दमक । मेची पोलिटेक्नीकल  इन्ष्टिच्युट दमक र जिल्ला विकास समिति झापाको साझेदारीमा ४० दिने कुक तालिम  सम्पन्न भएको छ । गौरादहमा भएको तालिममा क्वान्टीनेटल खाना र नेपालका बिभिन्न परिकार बनाउन सिकाइएको थियो । प्रशिक्षक बासु मुखियाले कुक तालिममा सहभागी महिलाहरुलाई  प्रशिक्षण दिएका थिए । मेचीका  प्रवन्बध निर्देशक डिल्ली मुखियाले १ लाख ५० हजार रुपैया  बराबरको आय  र  १  लाख ५१ हजार २सय ७५ हजार रुपैयाको प्रतिवेदन  प्रस्तुत गरेका थिए...

आँखा अस्पताल खुल्ने

दमक । दमक स्थित पाथिभरा नेत्रालय आँखा अस्पताल सञ्चालनको अन्तिम तयारी पुरा भएको छ । बुधबार अस्पतालको उद्घाटनको अन्तिम तयारी पुरा भएको अस्पताल सञ्चालन तथा सहयोग समितिका अध्यक्ष अजय अग्रवालले बताएका छन् । उनका अनुसार बिगत १ दशकदेखि बन्द रहेको अस्पताल अत्याधुनिक उपकरणसहित बिशेषज्ञहरु मार्फत नियमित सेवा प्रदान गर्ने गरी सञ्चालन हुन लागेको हो । मेची आँखा अस्पताल र लाईन्स क्लफ अफ काठमण्डौबीच भएको समझदारी अनुसार अस्पताल शुचारु हुन लागेको हो ।  यसको स्थानीय ब्यवस्थापन लाइन्स क्लव अफ दमक माउण्ट एभरेष्टले गरेको छ । दमक नगरपालिका संरक्षक रहेको सञ्चालकन...

जटिल न्यूरो सर्जरीको सफलता

बिर्तामोड । बिर्तामोडस्थित बी एण्ड सी अस्पतालमा टाउकोको जटिल शल्यक्रिया सफलतापूर्वक सम्पन्न भएको छ । झापा खुदुनाबारी–१ निवासी ८५ वर्षीय कृष्णप्रसाद ढुङ्गेलको टाउकोको जटिल न्यूरो सर्जरी शल्यक्रिया गरिएको अस्पतालले जनाएको छ । हड्डीमा प्वाल पारेर टाउकोभित्र जमेको रगत निकाल्ने जटिल शल्यक्रिया गरिएको सोमबार अस्पताल परिसरमा पत्रकार सम्मेलनको आयोजना गरी जानकारी गराइएको छ । अस्पतालका न्यूरो सर्जन डा. चन्द्रप्रकाश लिम्बूले ढुङ्गेलको शल्यक्रिया गरेका हुन् । यस प्रकारको शल्यक्रिया दक्ष चिकित्सक, अत्याधुनिक प्रविधि र साधन–स्रोत भएका अस्पतालमा मात्र सम्भव...

दलहरु संघीयताको पुरानै अडानमा बिबाद,

काठमाडौं । संविधान निर्माण तथा राष्ट्रिय सरकार गठनका विषयमा बालुवाटारमा सोमबार बिहान मुख्य दलहरुबीच छलफल भए पनि कुनै निश्कर्ष निस्कन सकेन । संविधान लेखनका विवाद र राष्ट्रिय सरकार गठनको विषयलाई सैद्धान्तिक रुपमा सोमबार टुंगो लगाउने भनिए पनि दलहरुका फरकफरक अडानका कारण बैठक निश्कर्षमा पुग्न सकेन । बैठक फेरि मंगलबार बिहान बस्ने भएको छ । बैठकपछि बाहिरिएका मधेसी मोर्चाका नेता विजयकुमार गच्छदारले राज्यको पुनरसंरचना लगायत संविधानका विवाद र राष्ट्रिय सरकार गठनका विषयमा छलफल सकारात्मक भएपनि निर्णय केही...