हाईड्रो हाउस:

दक्षिणी इलामको दानाबारीमा निमार्णाधीन सानिमा माई हाईड्रपावर लिमिटेडको विद्युत उत्पादन गृह । यो हाईड्रपावर निर्माण सम्पन्न भएपछि २२ मेगावाट क्षमताको विद्युत उत्पादन हुनेछ । तस्विर : राम योङ्हाङ ।

हाईड्रो हाउस:

दक्षिणी इलामको दानाबारीमा निमार्णाधीन सानिमा माई हाईड्रपावर लिमिटेडको विद्युत उत्पादन गृह । यो हाईड्रपावर निर्माण सम्पन्न भएपछि २२ मेगावाट क्षमताको विद्युत उत्पादन हुनेछ । तस्वि

ताप्लेजुङ्गमा भिषण पहिरो

– ४७ को मृत्यु   – दुई दर्जन वेपत्ता

ताप्लेजुङ । ताप्लेजुङमा बुधबार साँझदेखि परेको अविरल वर्षासँगै विभिन्न गाउँमा गएको पहिरोले पुरिएर ४७ जनाको मृत्यु भएको छ । पहिरोमा पुरिएर दुुई दर्जनबढी वेपत्ता भएका छन् । बेपत्ता भएका अधिकांशको पनि मृत्यु भएको हुुनसक्ने अनुुमान गरिएको छ । ताप्लेजुङमा अविरल वर्षासँग विभिन्न ठाउँमा गएको पहिरोले पुरिएर ४७ जना बढीको ज्यान गएको छ । दर्जनौं वेपत्ता बनेका छन् । 
बुधबार साँझदेखिको अविरल वर्षासँगै विभिन्न गाउँमा गएको पहिरोले पुरिएर हालसम्म सबैभन्दा बढी मानवीय क्षति लिबाङ गाविसमा भएको छ । स्थानीय शिक्षक मातृका शेर्पाका अनुसार लिबाङको वडा नं. १, २ र ३ मा पहिरोले पुरिएर २१ जनाको मृत्यु भएको र उनीहरु सबैको शव निकालिएको छ । उनले वडा नं. १ र ३ मा पहिरोमा पुरिएका १८ जना तथा वडा नं. ३ मा ३ जनाको शव पहिरोबाट झिकिएको जानकारी गराए ।  यस्तै, थिङ्लाबुको वडा नं. ६ मा पाँच जनाको मृत्यु भएको छ । सान्थाक्रा गाविसमा १२ र खोक्लिङमा ३ जनाको मृत्यु भएको छ । खोक्लिङ ७ का राजकुमार मादेनको घर पहिरोले बगाउँदा मादेनका छोरा ११ वर्षीय सविन मादेन सोही घरमा आएर बसेका छिमेकीका छोरा १० वर्षीय वसन्त विश्वकर्माको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । उता लिङ्तेप गाविसमा ३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा लिङ्तेप ७ का भीमबहादुर केदेम, आइतहादुर लिम्बूकी छोरी चमेली र वडा नं. ३ का सञ्जबहादुरकी श्रीमती मनमाया लिम्बू रहेका छन् । मृतकहरु सबै पहिरोले घर बगाउँदा पुरिएर र भाग्ने क्रममा पहिरोमा परी मृत्यु भएको ताप्लेजुङका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक शान्तिराज कोइरालाले जानकारी दिएका छन् । 
 ज्यान गुमाउनेको नाम 
पहिरोमा परी ज्यान गुमाउनेमध्ये २१ जनाको शव भेटिएको छ । मृतकहरुमा खोक्लिङ ७ का १३ वर्षीय सबिन मादेन, खोक्लिङ ५ का १८ वर्षीया मनकुमारी लामघाते, सोही स्थानका १२ वर्षीय बसन्त रसाईली, लिङतेप ३ की ३१ वर्षीया मनमाया लिम्बु र लिङ्तेप ७ का ४२ वर्षीय भिमबहादुर केदेम लिम्बु रहेका छन् । त्यसैगरी सोही स्थान कि ३ वर्षीया चमेली केदेम लिम्बू, लिङतेप ५ का उमेर नखुलेका सन्तमान लिम्बू, लिवाङ ३ का उमेर नखुलेका भक्तजन लिम्बू, लिवाङ(३ की उमेर नखुलेकी मनमाया लिम्बू, लिवाङ(३ की उमेर नखुलेकी पञ्चमाया लिम्बू र लिवाङ(३ का उमेर नखुलेका शैलेन्द्र लिम्बू रहेका छन् । पूर्व क्षेत्रीय प्रहरी कार्यालयका अनुसार लिवाङ ३ की उमेर नखुलेकी चितमाया लिम्बू, लिवाङ ३ बस्ने लक्ष्मीमाया लिम्बू, सान्थाक्रा ३ का ७२ वर्षीय अमरध्वज लिम्बू, सोही स्थान बस्ने १० वर्षीय बिरुन चोङवाङ रहेका छन् । त्यसैगरी थुकिम्बा ४ का १० वर्षीय बिरु लिम्बू, सान्थाक्रा ३ का ७५ वर्षीय फेर्नेमा कान्छा, थिङलाबु ६ की उमेर नखुलेकी मनकुमारी लिम्बू, सोही स्थान बस्ने ७५ वर्षीय रिन्जी शेर्पा, २७ वर्षीया रनु लिम्बु र ७ वर्षीया सिता लिम्बु रहेका छन् । 
पहिरोमा परी घाइते भएकाहरु
पहिरोमा परेर खोक्लिङ ७ बस्ने ९ वर्षीय पुजन आङसाङ्बो, सोही स्थान बस्ने २२ वर्षीय बलबहादुर कामी, लिङतेप ७ बस्ने ४२ वर्षीया टंकमाया लिम्बू, लिबाङ ५ बस्ने ३० वर्षीय मदन लिम्बू र सोही गाविस ३ बस्ने १९ वर्षीय रोहित लिम्बू रहेका छन् । त्यसैगरी लिवाङ १ बस्ने ३० वर्षीया सुकमाया थाम्सोहाङ, सोही गाविस ५ बस्ने ६५ वर्षीय रुद्र लिम्बू, र वडा १ बस्ने ८ वर्षीय अर्जुन लिम्बू गम्भीर घाइते भएका छन् ।  घाइतेहरुलाई उपचारका लागि जिल्ला सदरमुकाम ल्याइएको छ ।

आकाशे पुलको ठेक्का लाग्दै

दमक । दमकको गणतन्त्र चोक पूर्व र पश्चिममा निर्माण हुने आकाशे पुलको ठेक्का सम्झौता साता दिन भित्र हुने भएको छ ।
 काठमाण्डौपछि दमकमा निर्माण हुन लागेको आकाशे पुलको निर्माणका लागि ठेक्का प्रकृयाका अरु काम सकिएकाले साता दिन भित्र सम्झौता हुने भएको हो । प्रविण र कन्काई जेभी दमकले  २ करोड २८ लाखमा ठेक्का लिएको  दमक नगरपालिकाका इन्जीनियर तिर्थ श्रेष्ठले बताए । २५ मिटर लम्वाई र अढाइ मिटर चौडाईको आकाशे पुल आउँदो साउन १ गतेबाट  निर्माण हुने भएको छ ।  काठमाण्डौ पछिको दोस्रो आकाशे पुल दमकमा  निर्माण हुने भएपछि दमकबासी उत्साहित बनेका छन् । यो पुलको पिलरहरु आरसीसी गरिने र फलामका सामाग्रीबाट  आधुनिक  मोडलको आकाशे पुल बन्ने इञ्जिनियर श्रेष्ठले बताए । 
आकाशे पुल निर्माणले सडक आगमनमा सहज हुने र दुर्घटनामा कमी आउने  दमक १४ का टिकाराम बयलकोटीले बताए । पुल निर्माणका लागि  दमक नगर पालिका, संसद बिकास कोष र  एनसेल मोवाइल कम्पनीले लगानी गर्ने भएको  छ । सडक पार गर्न सजिलो हुने र सवारी दुर्घटनामा कमी आउने दमक नगरपालिकाका कार्यकारी अधिकृत युवराज दाहालले बताए । निर्माण एक वर्ष भित्र सकिने बताइएको छ ।

टाउकोमा पानी जमेर शिशुको विजोग

झापा । टाउकोमा पानी जमेका झापा भद्रपुर १० का एक ११ महिने शीशुको खर्चको अभावमा उपचार हुन नसक्दा उनको विजोक भएको छ ।
 प्रकाश र रञ्चिता टुडुको ११ महिनाको छोरा प्रतिश टुडुको उपचार खर्चमा सहयोग पुर्याइदिन उनीहरुले सबै समक्ष आग्रह गरेका छन् । टाउमा पानी जमेर टाउको फुल्दै गइरहेको र त्यसबाट आँखाको ज्योति पनि गुमिसकेकाले शिशुको अवस्था गम्भिर रहेको चिकित्सकले बताएका छन् । 
उनका पिता प्रकाशका अनुसार २०७१ असार ९ गते विराटनगरको नोवेल अस्पतालमा सुस्त अवस्थामा जन्मेको छोराको केही महिना नबित्दै यस्तो प्रकारको रोग देखापरेको हो । त्यसअवस्थापछि छोरालाई बचाउन स्थानीय अस्पतालदेखि भारतको बैङ्गलोरसम्म उपचार 
गराएपनि उपचार सम्भव नभएपछि आफू निराश भएको प्रकाशले बताए । 
प्रकाशले छोराको सहयोगका लागि अपिल गरेपछि भद्रपुरका युवा तथा उद्योगी, व्यापारीहरुले उनको उपचारमा सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।      
धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सकले शिशुमा हाइड्रो केबोलित रोग भएको र उनलाई उपचार गरी बचाउन सक्ने बताएपछि भद्रपुरमा भेला भएका उनीहरुले शिशुलाई बचाउने अभियानसँगै समन्वय समिति समेत गठन गरेका छन् । सागर कार्कीको संयोजकत्वमा गठित समन्वय समितिका सदस्यहरुमा दीपक अधिकारी, विगत ओझा, राजन भटटराई, सन्तोष राजवंशी रहेका छन् । 
यता भेलामा भद्रपुरका व्यवसायी सञ्जिव घोष र सुमित श्रेष्ठले ३०÷३० हजार, राजन भटटराईले ५ हजार र दिपेश पोखरेल, सागर कार्कीले उपचार खर्चमा ३० प्रतिशत छुट गराइदिने प्रतिबद्धता जाहेर गरेका छन् । त्यसैगरी, दिपेश ढकालले शिशुको उपचार पछि हुने खर्च बापत २१ हजार र विनोद बस्नेतले १५ देखि २० हजारको औषिधको खर्च दिने घोषण पनि गरेका छन् ।

अस्पतालमा सिरिञ्जमा लापरबाही

मोरङ । सामान्य जीवनजल समेत नपाएर जीवन मरणको दोसाँधमा सर्वसाधारण पुग्ने गरेको भएपनि कोशी अञ्चल अस्पतालमा भने सात महिनादेखि दाताले दिएको औषधि प्रयोगबिहीन भएर थन्किएको छ । 
सरकारले निःशुल्क रुपमा उपलव्ध गराएको सिरिञ्ज कोशी अञ्चल अस्पतालको लापार्वाहीका कारण प्रयोगबिहीन बनेको छ । सेवाग्राहीलाई निःशुल्क रुपमा वितरण गर्न अस्पताललाई प्राप्त लाखौं रुपैंयाँको सिरिञ्ज त्यत्तिकै खेर गएको हो । अस्पतालले विरामीलाई समेत प्रयोगका लागि नदिँदा प्रयोग गर्ने मिति रहेका  सिरिञ्ज अस्पतालको ओपीडी शाखामा थन्किन पुगेको छ । अव्यवस्थित रुपमा राखिएका सिरिञ्ज अस्पताललाई सात महिना अघि प्राप्त भएको हो । बिरामीलाई निःशुल्क प्रदानका लागि आएका सिरिञ्ज बिरामीले नपाएपछि बिरामीले भने बाहिरका औषधि पसलबाट सिरिञ्ज खरिद गरेर चलाउनु पर्ने बाध्यता छ । अस्पतालमा दैनिक ६ सयको हारहारीमा  बिरामी आउने गरेका छन् ।  तरपनि अस्पतालले सो शिरिञ्ज प्रयोगमा नलाई अन्यन्त्रबाट किन्न लगाउने गरेको छ ।

सिद्धि नहर सिंचाई आयोजना सञ्चालनमा

भद्रपुुर । झापाको बाहुण्डाँगीलाई सिञ्चित गर्ने गरी निर्माण सुरु गरिएको बहुप्रतिक्षित सिचाइ आयोजनामा सिद्धि नहर सिचाइ आयोजना संञ्चालनमा आएको छ । इलामको दक्षिण पूर्वी गाविस जिर्मर्ले स्थित सिद्धिखोलाबाट पानीको मुहान रहेको सो नहर निर्माण सुरु भएको ९ वर्षपछि संञ्चालनमा आएको हो ।  वाहुण्डागी गाविसका अधिकांस वडा सिञ्चित गर्ने सिद्धि नहर सञ्चालनमा आएपछि कृषक हर्षित बनेका छन् । ५ वर्षमा निर्माण सम्पन्न हुने गरी २०६२ सालबाट निर्माण काम सुरु गरिएको भए तापनि भौगोलिक विकटताका कारण निर्माण समय लम्बिएको थियो । नेपाल सरकारको साना तथा मझौला सिञ्चाइ आयोजना अन्र्तगत निार्माण भएको योजनाले बाहुण्डागीको २६ सय हेक्टर जमिन सिञ्चित गर्ने उदेश्यले लिइएको छ । इलाम जिल्लाको जिर्मले गााबिसमा बाट झापाको बाहुण्डागी सम्म २२ किलोमिटर मुल र ५६ किलोमिटर शाखा रहेको नहरको निर्माण शुरु हुँदा विनियोजन भएको २५ करोड २१ लाख वजेटले सम्पन्न भएको कतिपय स्थानमा भू–स्खलनका कारण क्षती भएपछि निर्माण समय लम्बिएको पूर्वाञ्चल सिचाई डिभिजन न. १ झापाका प्रमुख– कुञ्जनभक्त श्रेष्ठले बताए । २५ करोड २१ लाख ४२ हजार ९ सय ६६ रुपैयाँ लागतमा बनाएको ५० प्रतिशत संरचना पहिरोले बगाएपछि पुन थप गरिएको २३ करोड ५४ लाख २० हजार रुपैया थप गरी जम्मा ४८ करोड ७५ लाख ६३ हजार रुपैयामा आयोजना निर्माण सम्पन्न भएको हो । 
वाहुण्डाँगीको वडा नम्बर ५ को केही भाग वाहेक सबै क्षेत्रमा पानी संञ्चालन भएको पूर्वाञ्चल सिचाइ विकास डिभिजन नम्बर १ झापाले जानकारी दिएको छ । नेपाल र भारतको सिमानामा रहेको सिद्धिखोलाबाट सिधै मेचीमा बगेर खेर जाने पानीलाई नहरको माध्यमबाट बाहुण्डागी ल्याईएको कामलाई सिञ्चित क्षेत्रका किसानले सकरात्मक रुपमा लिएका छन् । विकट क्षेत्रमा नहरको मुहान भएकाले स्थानीय कृषकले मात्रै रेखदेख गर्न नसक्ने अवस्था रहेको छ । जंगली हात्तीको आतंकले पीँडित बनेका वाहुण्डागीका अधिकांस कृषकहरुले नहरमा पानी आएपछि तरकारी र अन्य खालका हात्तीबाट बचाउन सकिने किसिमको खेती गर्ने बाटो खुलेको छ  ।

सिद्धि नहर सिंचाई आयोजना सञ्चालनमा

भद्रपुुर । झापाको बाहुण्डाँगीलाई सिञ्चित गर्ने गरी निर्माण सुरु गरिएको बहुप्रतिक्षित सिचाइ आयोजनामा सिद्धि नहर सिचाइ आयोजना संञ्चालनमा आएको छ । इलामको दक्षिण पूर्वी गाविस जिर्मर्ले स्थित सिद्धिखोलाबाट पानीको मुहान रहेको सो नहर निर्माण सुरु भएको ९ वर्षपछि संञ्चालनमा आएको हो ।  वाहुण्डागी गाविसका अधिकांस वडा सिञ्चित गर्ने सिद्धि नहर सञ्चालनमा आएपछि कृषक हर्षित बनेका छन् । ५ वर्षमा निर्माण सम्पन्न हुने गरी २०६२ सालबाट निर्माण काम सुरु गरिएको भए तापनि भौगोलिक विकटताका कारण निर्माण समय लम्बिएको थियो । नेपाल सरकारको साना तथा मझौला सिञ्चाइ आयोजना अन्र्तगत निार्माण भएको योजनाले बाहुण्डागीको २६ सय हेक्टर जमिन सिञ्चित गर्ने उदेश्यले लिइएको छ । इलाम जिल्लाको जिर्मले गााबिसमा बाट झापाको बाहुण्डागी सम्म २२ किलोमिटर मुल र ५६ किलोमिटर शाखा रहेको नहरको निर्माण शुरु हुँदा विनियोजन भएको २५ करोड २१ लाख वजेटले सम्पन्न भएको कतिपय स्थानमा भू–स्खलनका कारण क्षती भएपछि निर्माण समय लम्बिएको पूर्वाञ्चल सिचाई डिभिजन न. १ झापाका प्रमुख– कुञ्जनभक्त श्रेष्ठले बताए । २५ करोड २१ लाख ४२ हजार ९ सय ६६ रुपैयाँ लागतमा बनाएको ५० प्रतिशत संरचना पहिरोले बगाएपछि पुन थप गरिएको २३ करोड ५४ लाख २० हजार रुपैया थप गरी जम्मा ४८ करोड ७५ लाख ६३ हजार रुपैयामा आयोजना निर्माण सम्पन्न भएको हो । 
वाहुण्डाँगीको वडा नम्बर ५ को केही भाग वाहेक सबै क्षेत्रमा पानी संञ्चालन भएको पूर्वाञ्चल सिचाइ विकास डिभिजन नम्बर १ झापाले जानकारी दिएको छ । नेपाल र भारतको सिमानामा रहेको सिद्धिखोलाबाट सिधै मेचीमा बगेर खेर जाने पानीलाई नहरको माध्यमबाट बाहुण्डागी ल्याईएको कामलाई सिञ्चित क्षेत्रका किसानले सकरात्मक रुपमा लिएका छन् । विकट क्षेत्रमा नहरको मुहान भएकाले स्थानीय कृषकले मात्रै रेखदेख गर्न नसक्ने अवस्था रहेको छ । जंगली हात्तीको आतंकले पीँडित बनेका वाहुण्डागीका अधिकांस कृषकहरुले नहरमा पानी आएपछि तरकारी र अन्य खालका हात्तीबाट बचाउन सकिने किसिमको खेती गर्ने बाटो खुलेको छ  ।

१६ बुँदे समझदारीमा मधेसी दलको फरक मत

काठमाडौ । असन्तुष्ट चार मधेसी दलले चार ठूला दलबीच जेठ २५ गते भएको १६ बँदे समझदारीमाथि फरक मत प्रस्तुत गरेका छन् । बिहीबार संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिमा उनीहरुले असहमति पत्र बुझाउँदै सहमति भइसकेको ८ प्रदेशको सट्टा ११ प्रदेश बनाउनुपर्ने फरक मत पेश गरेका हुन् । १६ बूँदे प्रस्ताव संविधानसभा नियमावली २०७०, अन्तरिम संविधान २०६३ को प्रस्तावना एवं मर्म र भावनाविपरीत रहेको दाबी गर्दै उनीहरुले मधेस विद्रोहका बेला सरकारसँग भएको २२ बुँदे र आठबुँदे सम्झौताको समेत खिलाफमा सहमति भएको आरोप लगाएका छन् । फरक मतपत्रमा मधेसी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव, तमलोपा संसदीय दलका नेता सर्वेन्द्रनाथ शुक्ल, सद्भावना पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्ण र तमसपा नेपालका आमन्त्रित सदस्य नरेन्द्र साहले हस्ताक्षर गरेका छन् ।
‘उच्चस्तरीय राज्य पुनर्संरचना आयोगको प्रतिवेदन, विगतको संविधानसभाको राज्यपुनर्संचरना तथा राज्यशक्तिको बाँडफाड समितिको सहमति, ऐतिहासिक मधेश जनविद्रोहको बेला नेपाल सरकारसँग भएको २२ बूँदे र ८ बूँदे सम्झौता, आदिवासी जनजाति आन्दोलन लगायतका संग भएको सम्झौता र नेपालको अन्तरिम संविधान २०६३ को धारा १३८ को विपरीत सहमति भएको छ,’ ती दलहरुद्वारा जारी फरक मतमा भनिएको छ, ‘सहमतिले सार्वभौमसत्ता सम्पन्न जनताद्वारा निर्वाचित संविधानसभाको क्षेत्राधिकारमाथि हस्तक्षेप गरि संविधानसभाको औचित्यमाथि नै प्रश्नचिन्ह खडा गरेको छ ।’ सहमतिले पहिचानसहिको संघीयता र संघीयतासहितको संविधानको निर्माण गर्नुको सट्टा संघीयताविहीन संविधान निर्माण गर्न कथित संघीय आयोगको प्रस्ताव ल्याइएको फरक मतपत्रमा आरोप छ ।
फरक मतको संक्षेप 
यसका अतिरिक्त विभिन्न समितिको प्रतिवेदन सम्बन्धमा निम्निलिखित रुपमा हाम्रा धारणाहरु प्रस्तुत गरेका छौं ।
१. मौलिक अधिकार तथा निर्देशक सिद्धान्त समिति सामाजिक न्यायको हक: आदिवासी र स्थानीय समुदायलाई भूमि र प्राकृतिक सम्पदा माथि अग्राधिकारको हक हुनेछ । 
२. नागरिकता : विगतको संविधानसभाले गरेको सहमतिको अतिरिक्त जन्मसिद्ध नागरिकता प्राप्त गर्ने नेपाली नागरिकहरुको सन्तानले वंशजको आधारमा नागरिकता प्राप्त गर्नेछ ।
३. न्याय प्रणाली समिति : यस समिति अन्तर्गत गठित विवाद समाधान उप–समितिले दिएको प्रतिवेदन अनुसार हुनुपर्ने छ ।
४. संघीयता र प्रदेश संरचना : विगतको संविधानसभामा पेश भएको राज्य पुनर्संचना उच्चस्तरीय आयोगले पेश गरेको बहुमतको प्रतिवेदन अनुसारको सीमाङकन, नामाङकन, अधिकारको बाँडफाँड समेत हुनुपर्ने ।
५. व्यवस्थापिकीय अंगको स्वरुप निर्धारण समिति : व्यवस्थापिका संसद दुई सदनात्मक हुनेछ ।
६. प्रतिनिधि सभा र राष्ट्रिय सभा : अन्तरिम संविधानमा भएको व्यवस्था अनुसार प्रत्यक्ष तथा समानुपातिक सदस्य संख्याको प्रतिशतको आधारमा निर्वाचन हुने गरी प्रत्यक्षबाट २०१ र सोही अनुपातमा समानुपातिक सदस्य संख्या निर्धारण गर्ने । निर्वाचन क्षेत्रको निर्धारण जनसंख्याको आधारमा हुनेछ ।
७. राष्ट्रिय सभा : राष्ट्रिय सभा सदस्य ५१ हुनेछ । र प्रत्येक प्रदेशबाट समान जनसंख्याको अनुपातमा प्रदेशसभाबाट निर्वाचित हुनेछन् ।
८. प्रदेश सभा : एक सदनात्मक हुनेछ । प्रदेश सभाको गठन प्रदेशको जनसंख्याको आधारमा २१ देखि ५१ सम्म सदस्य संख्या हुनेछ ।
९. नेपालको अन्तरिम संविधान २०६३ को मर्म र भावना अनुरुप सार्वभौमसत्ता सम्पन्न जनताको अधिकारको सम्मान गर्दै संविधानसभाद्वारा नै संघीयतासहितको संविधान जारी हुनुपर्ने हाम्रो धारणा रहेको छ । र कुनै पनि बहानामा सार्वभौमसत्ता सम्पन्न जनताको अधिकार र संविधानसभाको क्षेत्राधिकारलाई कटौती गरी गर्ने कार्य हामीलाई मान्य हुने छैन ।

उपसमितिले संविधानका विवादित विषय टुङ्ग्यायो

काठमाडौं । संवैधानिक राजनीतिक संवाद तथा सहमति समिति अन्तर्गतको उपसमितिको बिहीबार बसेको बैठकले संविधानका विवादित विषयमा सहमति जुटाएको छ । संविधानका प्रस्तावनासहितका विवादित विषयमा सहमति जुटेका बुँदालाई बिहीबार नै सिंहदरबारमा शुरु संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिले पारित गरेको छ । सहमतिको प्रस्तावलाई संवैधानिक–राजनीतिक संवाद तथा सहमति समितिले बिहीबार नै पारित गरेर संविधानसभामा पठाउने भएको हो । बुधवार संवाद समितिले सहमति हुन बाँकी विवादित विषयमा सहमति खोज्न उपसमिति गठन गरेको थियो । समिति सदस्य पूर्णबहादुर खड्का संयोजकत्वमा रहेको छ सदस्यीय उपसमितिले विवादित विषयमा दिनभरीको बहसपछि सहमति निकालेको हो ।
सहमति हुन बाँकी अधिकांश विषय टुङ्गिएको जानकारी दिँदै समितिका सभापति डा. बाबुराम भट्टराईले विवादित विषयलाई  टुङ्गयाउने विधिसमेत तय भएको बताए ।  संवाद समितिले पारित गरेर सहमतिको सो प्रतिवेदन संविधानसभामा पठाएको  उनले जानकारी दिए । विवादित विषयमा उपसमितिले सहमति जुटाउन नसकेपछि बिहीबार नै प्रमुख दलका शीर्ष नेताहरुको छलफलले टुङ्गो लगाएको थियो । दलहरुबीच यसअघि सहमति भएको विषयमा समेत पुनः विवाद भएपछि सहमतिका लागि केही समय लागेको हो । यसअघि प्रमुख चार दलबीच सहमति भएको १६ बुँदे सहमतिको बुँदा सातमा रहेको ुदेशको शासन सञ्चालन गर्न बहुदलीय प्रतिस्पर्धात्मक सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक संसदीय शासन प्रणाली अवलम्बन गरिनेछ ।ु भन्ने वाक्यलाई कांग्रेसले संविधानमा सम्बोधन गर्न भनेपछि विवाद बढेको थियो । कांग्रेसको यो प्रस्तावमा एमाले र एमाओवादीका सदस्यले असहमति जनाएको उपसमितिका सदस्य दिलनाथ गिरीले जानकारी दिए । उपसमितिमा बहुलबाद शब्द र संविधान संशोधनका लागि संसदको दुई तिहाई बहुमतले पारित गरी जनमत सङ्ग्रहबाट अनुमोदन गर्नुपर्छ भन्ने बुँदामा पनि विवाद भएको थियो । संवैधानिक समितिले पारित गरेको सहमतिको प्रस्ताव बिहीबार राति बसेको संविधानसभाको बैठकमा पेश हुने भएको छ ।

पत्रकारलाई कानुनी प्रशिक्षण

उर्लाबारी । मोरङको उर्लाबारीस्थित सञ्चार क्लब नेपालको आयोजनामा आगामी शनिबार ‘पत्रकारहरुको क्षमता अभिबृद्धिका लागि कानूनी प्रशिक्षण कार्यक्रम’ सञ्चालन गरिने भएको छ ।
उर्लाबारी नगरपालिका र सञ्चार क्लबको साझेदारीमा सो कार्यक्रम सञ्चालन गर्न लागिएको हो । कार्यक्रमका लागि विहीबार नगरपालिकाकातर्फबाट कार्यकारी अधिकृत सु्वास श्रेष्ठ र क्लबका तर्फबाट अध्यक्ष रूपेन्द्र शेर्माले सम्झौता–पत्रमा हस्ताक्षर गरेका छन् । अधिवक्ता डम्बर मगरले सहजीकरण गर्ने कार्यक्रममा बालिका बलात्कारविरुद्धका नेपालमा उल्लेखित कानून, प्रचलित कानून र सञ्चारमाध्यममा प्रकाशित तथा प्रशारित सामाग्री, प्रेस ऐनलगायतका बारेमा जानकारी गराउने छन् । मोरङको उर्लाबारीमा प्रधान कार्यालय रहेर २०६० सालमा स्थापना भएको क्लब जिल्ला सदरमुकाम विराटनगर बाहिरका पत्रकारहरुको साझा संगठनका रुपमा यो क्लब निरन्तर क्रियाशिल रहँदै आएको छ । हाल क्लबका पूर्वाेत्तर मोरङका ६० जना पत्रकार आबद्ध रहेका छन् ।

राष्ट्रिय वाणिज्य संघ संगठन बिस्तारमा

विर्तामोड । नेपाल राष्ट्रिय वाणिज्य संघ (एनएनसीए) विर्तामोड नगर कमिटीले विर्तामोड क्षेत्रका व्यवसायीहरुलाई आफ्नो व्यवसायीक हक स्थापनाको लागि संगठित गर्ने अभियान अगाडि बढाएको छ ।
वैठकले विर्तामोड नगरमा विभिन्न १२ वटा व्यवसायीक क्षेत्रहरु निर्माण गर्दै ती एरियाभित्र रहेका व्यवसायीहरुलाई संगठित गर्ने निर्णय गरेको छ । 
सोही अभियान अन्तर्गत जेठ २५ गतेबाट एरिया कमिटीनिर्माण सुरु गरिएको छ । एरिया कमिटि १ अधिवेशनले उमकान्त सापकोटाको अध्यक्षतामा ११ सदस्यीय कार्य समिति गठन गरेको छ । एरिया कमिटि २ को अधिवेशनले धर्म बरालको अध्यक्षतामा १० सदस्यीय एरिया कमिटी गठन गरेको छ ।
त्यस्तै, एरिया कमिटी ११ मा टिकाप्रसाद संग्रौलाको अध्यक्षतामा ८ सदस्यीय कमिटी गठन गरेको छ । एरिया कमिटी ५ को अधिवेशनबाट दिपक गुरागाईको अधयक्षतामा १० सदस्यीय कमिटी गठन गरेको छ । 
क्रमश १२ वटै एरियाको अधिवेशन निरन्तर सम्पन्न गरिने नेपाल राष्ट्रिय वाणिज्य संघ विर्तामोडका सचिव याम विमलीले जानकारी दिए ।

शान्तिनगरमा भ्यू टावर बनाउन सुरु

विर्तामोड । पर्यटकलाई आकर्षण गर्न झापाको शान्तिनगर ६ स्थित धारागोलामा भ्यू टावर निर्माण कार्य थालिएको छ । आन्तरिक तथा पर्यटक भित्राउने उद्देश्यले नमुना भ्यू टावरको निर्माण थालिएको निर्माण समिति अध्यक्ष चक्र शेर्माले बताए । मेची राजमार्गले छोएको उक्त ठाउँमा स्थानीय स्रोत र साधनको पहिचान गर्ने उद्देश्यले टावरको निर्माण शुरु गरिएको हो । क्षेत्र नम्बर १ अन्तर्गत रविन कोइरालामार्फत सांसद विकास कोषबाट १२ लाख रुपंैयाँ बजेट छुट्टिए पछि स्थानीय पनि आफ्नो ठाउँको विकासका लागी जुर्मुराएका छन् । भ्यू टावर बनाउनका लागी जिल्ला विकास समिती तथा विभिन्न संघ संस्थाबाट आर्थिक सहयोग जुटाउन पहल गर्ने भ्यू टावर निर्माण समितीका उपाध्यक्ष निरकुमार सुवेदीले बताए । झापाको उत्तरी गाविस पर्यटकीय हिसावले प्रसिद्ध र सुन्दर ठाउँ हो । यस ठाउँबाट सुन्दर दृष्य कैद गर्ने, पर्यटकको एक गन्तव्य स्थलकै रुपमा नमूना भ्यूटावर बनाउने लक्ष्य राखिएको सुवेदीको भनाइ छ । अहिले चार वटा पिलर उठाउने काम भइरहेको र चाँडै कामले तीव्रता पाउने बताएका छन् । यहाँबाट झापाका बिभिन्न स्थानको अवलोकन गर्न सकिन्छ भने भारतका केही भूभाग पनि देख्न सकिन्छ । सुन्दर र स्वच्छ वातावरण रहेको सो स्थानको विकास गरी पर्यटकीयस्थल बनाउन सकिने स्थानीय कृष्णबहादुर लावती बताउँछन् । इलाममा निर्मित भ्यू टावर जस्तै बनाउने लक्ष्य समितिको छ । करिव १ करोड रुपैयाँ अनुमानित बजेट आवश्यक रहेको समितिका अध्यक्ष शेर्माले जनाए । 

कन्सल्टेन्सीलाई कानुनी दायरामा ल्याउन माग

दमक । शैक्षिक  नियम भन्दा बाहिर चलेका शैक्षिक कन्सल्टेन्सीहरुलाई कानुनी दायरामा ल्याउन माग गर्दै झापाका विद्यार्थी संगठनहरुले जिल्ला शिक्षा कार्यालयलाई ३ बुंदे स्मरण पत्र बुझाएका छन् ।
नेपाली कांग्रेस,  नेकपा एमाले, एकीकृत नेकपा माओवादी  लगायतका केही साना दलहरुका भातृ संगठनहरुले जिल्ला शिक्षा कार्यालय झापाका जिल्ला शिक्षा अधिकारी डिल्लीराम लुइटेललाई स्मरण पत्र बुझाएका हुन् । शैक्षिक नियम र दायरा भन्दा बाहिर चल्ने शैक्षिक संस्थालाई कानुनी दायरामा ल्याउनु पर्ने निजी  शैक्षिक संस्थाले वृद्धि गरेको शुल्क फिर्ता गरी भूकम्पका कारण बन्द भएको बैशाख र जेठ महिना अवधिको शुल्क मिनाहा गर्नु पर्ने र जेठ  ६ गते शिक्षा मन्त्रालयसँग भएको सहमति अक्षरस पालना गर्नु पर्ने ७ विद्यार्थी संगठनहरुले माग गरेका छन् । 
नेपाल बिद्यार्थी संघ झापाका सभापति रोशन विष्ट, अखिल क्रान्तिकारी जिल्ला अध्यक्ष रवि बस्नेत, अनेरास्ववियु  जिल्ला अध्यक्ष देशबन्धु ढुङगेल, राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संघ जिल्ला अध्यक्ष किरण भण्डारी लगायतले सरकारले माग पुरा नगरे कडा संघर्षमा उत्रिने हस्ताक्षरित स्मरण पत्रमा उल्लेख छ । अखिल (क्रान्तिकारी) जिल्ला अध्यक्ष प्रकाश मिश्र, अग्रगामी विद्यार्थी  यूनियन जिल्लाका अध्यक्ष मनकुमार लिम्वू र संघीय विद्यार्थी युनियन जिल्ला अध्यक्ष अशोक घिमिरेले माग गरेका हुन् ।