जहदाको साधारणसभा

दमक/  दमक–१९ स्थित जहदा टोल विकास संस्थाको वार्षिक साधारणसभा मंगलबार सम्पन्न भएको छ ।
संस्थाका अध्यक्ष भक्तबहादुर धिमालको सभापतित्व र वडास्तरीय टोल विकास सञ्जालका अध्यक्ष बद्री खनालको प्रमुख आतिथ्यमा भएको कार्यक्रमको सञ्चालन सचिव विष्णु धिमालले गरेका थिए । सो सभामा कोषाध्यक्ष कमला श्रेष्ठले वार्षिक प्रतिवेदन प्रस्तुत गरेकी थिइन् ।
सभाले देवबहादुर श्रेष्ठको अध्यक्षतामा पार्वता धिमाल र कोषाध्यक्ष देवी पौडेल चुनिएकी जनाइएको छ ।

0 प्रतिकृया:

Post a Comment