
दमक/झापा दमकका बुद्धिचाल खेलाडी भुपेन्द्र निरौला (निरज) पूर्वाञ्चल च्याम्पियन भएका छन् ।शनिबार इटहरीमा तीन दिनसम्म सञ्चालन भएको क्षेत्रीय स्तरको बुद्धिचाल प्रतियोगितामा निरज पूर्वकै उत्कृष्ट भएका हुन् । उनले स्विस लिग अन्तर्गत सात राउण्डको खेलमा सातै खेल जितेर पूर्वाञ्चल बुद्धिचालको उपाधि हात पारेका हुन् । निरौला राष्ट्रिय स्तरका खेलाडी समेत हुन् । यसअघि उनी र प्रकाश नेपाल सहितका तीन खेलाडी जिल्लाबाट छनौट भएका थिए ।
यसैगरि सोही प्रतियोगितामा नै दमककै प्रकाश नेपालले दोश्रो उपाधि हात पारेका...