हाईड्रो हाउस:

दक्षिणी इलामको दानाबारीमा निमार्णाधीन सानिमा माई हाईड्रपावर लिमिटेडको विद्युत उत्पादन गृह । यो हाईड्रपावर निर्माण सम्पन्न भएपछि २२ मेगावाट क्षमताको विद्युत उत्पादन हुनेछ । तस्विर : राम योङ्हाङ ।

12

मुलुकलाई सक्षम डाक्टरको खाँचो : बुढाथोकी

कमन देवान महारानीझोडा, २ पुष/नेपाली कांग्रेसका केन्द्रीय सदस्य केशवकुमार बुढाथोकीले वर्तमान प्रधानमन्त्री डा. बाबुराम भट्टराईले सत्तामा बसिरहने नैतिक हैसियत गुमाइसकेको भन्दै मुलुकलाई सक्षम डाक्टरको खाँचो भएको बताएका छन् । झापाको महारानीझोडामा आइतबार स्व. गिरिजाप्रसाद कोइराला स्मृति प्रतिष्ठान बैगुनधुरा झापाको आयोजना तथा नेपाली कांग्रेस महारानीझोडा गाउँ समितिको सहयोगमा सम्पन्न निःशुल्क स्वास्थ्य शिविर कार्यक्रमको उद्घाटन गर्दै झापा क्षेत्र नम्बर ५ को पूर्व सभासद् समेत रहेका बुढाथोकीले प्रम भट्टराई...

साम्बाको नेतृत्वमा नयाँ पार्टी

दमक, २ पुष/मञ्च सम्बद्ध संघीय लिम्बुवान राज्य परिषद् फुटाएर असन्तुष्टहरूले नयाँ पार्टीको घोषणा गरेका छन् । आइतबार धरानमा पत्रकार सम्मेलन गरी नयाँ पार्टी निर्माण भएको औपचारिक घोषणा गरेका हुन् । लिङ्देन नेतृत्वको संगठनले लिम्बुवानी आन्दोलनलाई धोका दिएको भन्दै नयाँ शक्तिको रुपमा मञ्च सम्बद्ध संघीय लिम्बुवान राज्य परिषद् (लोकतान्त्रिक) पार्टी सार्वजनिक गरेका हुन् । घोषित सो पार्टीको नेतृत्व लोकसागर साम्बाले गरेका छन् । पार्टीको चार उपाध्यक्षहरूमा दिलकुमार फोम्बो, होमप्रसाद तुम्वाहाम्फे, हरि श्रेष्ठ,...

बञ्चरो प्रहार गरी श्रीमतीको हत्या

सतासीधाम, २ पुष/झापाको सतासीधाम–१ डुँडामारीका ६० बर्षीय मानबहादुर नेपालीले आफ्नी ५५ बर्षीया श्रीमती सुकलक्ष्मीको हत्या गरेका छन् ।शनिबार राति ९ बजे मादक पदार्थ सेवन गरी आएका नेपालीले बञ्चरोको पासाले हिर्काएर श्रीमतीको हत्या गरेका हुन् । हत्यापछि उनी फरार भएका बताइएको छ । घटनाबारे अनुसन्धान र फरार अभियुक्तको खोजतलास भइरहेको इलाका प्रहरी कार्यालय झिलझिलेले जनाएको छ ...

बन्दुक खेलाउँदा आफ्नै मृत्यु

इलाम, २ पुष/भरूवा बन्दुक पड्किएर इलामको शान्तिपुर–२ अर्जुन राईको मृत्यु भएको छ । शनिबार साँझ बारूद भरिएको बन्दुक खेलाउने क्रममा अचानक पड्किँदा राईको मृत्यु भएको हो ।आफ्नो घरमा भएको बन्दुक खेलाउँदै गर्दा अचानक पड्किएर उनको निधारमा गोली लागेको इलाका प्रहरी कार्यालय पशुपतिनगरले जनाएको छ । गोली लागि उनको घटनास्थलमै ज्यान गएको थियो ...

डाकाहरूद्वारा लुटपाट

दमक, २ पुष/झापाको पाठामारीको एक घरमा शनिबारराति बम पड्काउँदै आएका भारतीय डाकाहरूले लाखौंको लुटपाट गरेका छन् । डाकाहरूको आक्रमणमा २ जना घाइतेसमेत भएका छन् ।पाठामारी २ का कुस्पतलाल राजवंशीको घरमा राति १ बजे आएको संख्या नखुलेको डाका समूहले सुतली बम पड्काउँदै नगद ६० हजार रूपैयाँ र ५ तोला बराबरका सुनका गहना लुटपाट गरेको हो । डाका समूहको आक्रमणबाट राजवंशीका छिमेकी धर्मेन्द्र राजवंशी र अमृत राजवंशी घाइते भएका छन् । उनीहरूको ओम साई अस्पताल भद्रपुरमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । सो डकैती घटनामा सलंग्न डकैत समूहको खोजी भइरहेको...

एमाओवादी अध्यक्षमा अधिकारी

दमक, २ पुष/एकिकृत नेकपा माओवादीको दमक नगर कमिटीको अध्यक्षमा सिताराम अधिकारी चुनिएका छन् ।आइतबार सम्पन्न दोस्रो नगर सम्मेलनले अधिकारीको अध्यक्षतामा ३५ सदस्यीय नगर कमिटी चयन गरेको हो । कमिटीको सचिवमा कृष्णबहादुर गोले चयन भएका छन् । कमिटीका सदस्यहरूमा शंकर बस्नेत, नगेन्द्र राई, अमर केसी, हरि धिमाल, भूमिका कोइराला, प्रेम बिमली, गणेश श्रेष्ठ, गीता अधिकारी लगायत रहेका छन् ...

म्याद नभएको औषधी वितरण

राम योङ्हाङइलाम, २ पुष/म्याद सकिएको खाद्यान्न खोजी–खोजी नष्ट गर्ने सरकारी निकायले स्वास्थ्य उपचारमा भने म्यादै नभएको औषधी वितरण गरिरहेको पाईएको छ । जिल्लाका विभिन्न आयुर्वेदिक औषधालयले उत्पादनको मात्र मिति उल्लेख भएको औषधी वितरण गरिरहेको छ । वितरण गरिएका ती औषधीको कहिलेबाट म्याद सकिने हो भन्ने मिमि उल्लेख छैन । यसरी वितरित म्याद नभएका औषधीहरू स्वास्थ्यकर्मीहरूले अन्दाजको भरमा प्रयोग गर्ने÷गराउने गरेका छन् । ‘म्यादनै उल्लेख नभएको औषधी कहिलेसम्म प्रयोग गर्ने हो, कुनै टुङ्गो नै हुँदैन’ एकतप्पा आयुर्वेदिक...

निजी ट्याक्सी चालकहरूको आन्दोलन

दमक, २ पुष/निजी ट्याक्सी चालकहरूको आन्दोलनट्याक्सी चालकहरूले निजी नम्बर प्लेटका सवारीसाधन चलाउन नदिएको भनेर बिरोध जनाएका छन् ।आइतबार बिहानै ट्राफिक प्रहरीले निजी नम्बर प्लेटका सबारी साधनलाई स्टेण्डमा राख्न नदिएपछि दमकका निजी ट्याक्सी चालकहरूले बिरोध जनाएका हुन् । उनीहरूले मेची र कोशी अञ्चलको रुट परमिट दिनुपर्ने, बिस्थापित चालकहरूलाई रोजगारीको व्यवस्था गर्नुपर्ने लगायतका माग राखेका छन् ।ट्याक्सी चालकहरूले कालो प्लेट बनाउन समस्या नहुने तर सहुलियत रुपमा परमिटको व्यवस्था गर्न माग गरेका छन् । नेपाल यातायत मजदुर संघ दमक नगर इकाइका अध्यक्ष बालकृष्ण...

झापामा जुस बनाउने उद्योग सञ्चालन

बिर्तामोड, २ पुष/पूर्वाञ्चलमै पहिलोपटक झापाको विर्तामोडमा ८ लाख बढीको लागतमा सुन्तला प्रशोधन गरी गुणस्तरीय जुस बनाउने उद्योगको सञ्चालन गरिएको छ ।विर्तामोडस्थित अनारमनी–३ मा स्थानीयवासी, एसियाली विकास बैँक, कृषि मन्त्रालय र कमर्सियल एग्रिकल्चर एलायन्सको सहयोगमा १८ लाख रुपैयाँ बढीको लागतमा आयोजना सुरु गरिएको जुस उद्योग सञ्चालक दीनानाथ शिवाकोटीले बताए ।यस वर्ष उद्योगले २० टन बढी सुन्तलाको जुस उत्पादन गर्ने लक्ष्य लिएकोे सञ्चालक शिवाकोटीले बताए । उद्योगबाट स्थानीय विपन्न समुदायका ४७ परिवार लाभान्वित हुने बताइएको छ ...

विविध कार्यक्रमका साथ जेसीज सप्ताह सम्पन्न

बिर्तामोड, २ पुष/वीरता जेसीज र वीरता लेडी जेसीज बिर्तामोड झापाको संयुक्त आयोजनामा सञ्चालन भएको जेसीज सप्ताहको एक कार्यक्रमबीच समापन भएको छ । गत २७ गतेबाट ७ वटा छुट्टाछुट्टै प्रतियोगितात्मक कार्यक्रम गरी मनाइएको जेसीज सप्ताह भव्य रुपमा सम्पन्न भएको हो । वीरता लेडी जेसीजकी संस्थापक शारदा रिजालको प्रमुख आतिथ्यमा सम्पन्न समापन कार्यक्रममा अर्जुनधारा जलेश्वर धामका पूर्व अध्यक्ष्ँ भूपाल खरेल, वीरता जेसीजका संस्थापक गोपालकुमार बस्नेत र सुरुङ्गा जेसीजका संस्थापक लीला चिमरियाले बोलेका थिए । वीरुता...

एभरेष्ट आवाज विमोचित

पथरी, २ पुष/मोरङको पथरीमा रहेको एभरेष्ट अंग्रजी आवसीय उच्चमाविबाट एभरेष्ट आवाज नामक मासिक पत्रिकाको प्रकाशन आरम्भ भएको छ । एभरेष्ट उच्च माविमा अध्ययनरत प्लस टु का विद्यार्थीहरूको समुहिक प्रयासमा प्रकाशनमा आएको उक्त पत्रिकाको एक कार्यक्रमको बीच मंसिर शुक्रबार बिमोचन गरिएको थियो । विद्यार्थीहरूमा रहेको प्रतिभालाई बाहिर प्रस्फुटन गर्ने उद्देश्यका साथ शिक्षा, साहित्य, मनोरञ्जन, प्रतिभा परिचय र विद्यालय सम्बन्धी लेख रचना प्रकाशित गर्ने उक्त पत्रिकामा प्रधान सम्पादक, सम्पादक र सह–सम्पादक क्रमश हेम गिरी, दिपेन्द्र धमला र नम्रता राई रहेका छन् ।...

लखनपुरमा सचेतना कार्यक्रम

लखनपुर, २ पुष/एचआइभी, एड्स तथा महिला दुव्र्यसन विरुद्ध जनचेतना दिने उद्देश्यले लखनपुरमा पाँच दिने अभियान सञ्चालन गरिएको छ ।  ढुकढुकी युवा क्लवले आयोजना गरेको सो कार्यक्रम लखनपुरका ५ वटा क्षेत्रमा कार्यक्रम सञ्चालन गरिन थालिएको छ । सोही अभियानको पहिलो चरणको कार्यक्रम अन्तर्गत ¥याली सहित सचेतना मूलक कार्यशाला गोष्ठीको आयोजना गरियो । सो कार्यक्रममा अधिवक्ता विमल संग्रौला, दिलीप संग्रौला, सुरेन्द्र जबेगु, खड्ग सम्बाहाम्फे लगायतले बढ्दो लागुऔषध, एचआइभी र एड्स न्यूनीकरण गर्न समुदाय जागरुक हुनुपर्ने...

अखिल (क्रान्तिकारी) को कक्षागत कमिटी

दमक, २ पुष/अखिल (क्रान्तिकारी) ले दमक बहुमुखी क्याम्पसको विज्ञान संकाय तर्पm कक्षागत कमिटी गठन गरेको छ । कक्षा –११ र १२ तर्पmको कक्षागत कमिटी अन्तर्गत गठित कमिटीको क्रमशः अध्यक्षमा अर्जु राई र आनन्द कार्की चुनिएका छन् । कक्षा –११ को सो कमिटीको इञ्चार्जमा लक्ष्मी नेपाल र १२ कक्षाको इञ्चार्जमा दिपेश घिमिरे चुनिएका छन् । आइतबार गठित सो कक्षागत भेलाले कक्षा–११ को गठित कमिटीको उपाध्यक्षद्वयमा रिवाज दाहाल, सुनु कार्की, सचिवमा सुमन लिङ्देन, सह–सचिवत्रयमा दिपेश सुनाम, पुजन डाँगी, सुन्दर चेम्जोङ्ग र कोषाध्यक्षमा ममता विष्ट लगायत छन् । त्यस्तै, कक्षा –१२...

“अनुशासन, शिक्षा र सामाजिक संरचना”

रुद्र निरौलामानिस समाज र राष्ट्रको प्रथम ईकाई हो । उसले गर्ने व्यवहार र प्राप्त गर्ने उपलब्धीहरू सबै उसले गरेको कर्ममा आधारित हुन्छन् । त्यसै हुनाले चित्त बुझाउन मान्छे आफ्नो कर्मको फल भन्ने वाक्यांश उद्घोष गर्ने गर्दछ । असल कर्म गर्न उचित शिक्षा र अनुशीलन जनजीवन आवश्यक पर्दछ । जसलाई विधि, पद्धति, कार्यतालिका, मार्ग निर्देशन, पथप्रदर्शन, तौरतरिका आदि अनेक शब्दावलीहरू प्रयोग हुने गरेका छन् । “अनु” उपसर्ग “शासन” शब्दमा जोडिएर “अनुशासन” शब्दको व्युत्पन्न भएको हो । “शिक्ष” धातुमा “आ” प्रत्यय जोडिएर “शिक्षा” शब्द बनेको छ भने “समाज” शब्दमा “इक” प्रत्यय...

विद्युत चुहावटमा सबैको ध्यान पुगोस्

विद्युत चुहावट नियन्त्रणका लागि राष्ट्रिय नीति छ । नीति भएर पनि कार्यान्वयन हुन नसकेको नीतिलाई नीति भन्नु कि नभन्नु ? यो फरक विश्लेषणको सवाल हो । यद्यपि स्थानीय तहमा यतिबेला विद्युत चुहावट नियन्त्रणका बारे औपचारिक थालनी हुन लागेको खबरले ग्रामीण भेगका जनतालाई केही उत्साह मिल्ने आशा गर्न सकिन्छ । भर्खरैमात्र झापाको दमकस्थित विद्युत प्राधिकरण दमक वितरण केन्द्रमा जिल्लाभरका विभिन्न राजनीतिक दलका नेता, प्राधिकरण प्रशासन लगायतको सहभागितामा विद्युत चुहावट नियन्त्रण गर्न विभिन्न उपायहरूको अवलम्बन गर्ने र सो कार्यमा दलीय समर्थन रहने भनी निर्णय भएको छ...