यसैबीच बुधबार प्रधानमन्त्री डा. बाबुराम भट्टराई र अध्यक्ष प्रचण्डबीच भएको भेटमा प्रधानमन्त्री भट्टराईले राष्ट्रिय सहमतिको सरकार गठनका लागि आफू बाधक नबन्ने बताएका छन् ।
स्रोतका अनुसार प्रम भट्टराई अध्यक्ष प्रचण्ड निवास लाजिम्पाट पुगेर भनेका थिए –‘राष्ट्रिय सहमति हुनुपर्छ भन्ने विषयमा मैलै धेरै पहिलेदेखि आफ्नो स्पष्ट अडान राख्दै आएको छु’, भट्टराईको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो –‘म पार्टीले सरकारमा पठाएर गएको हुँ, फिर्ता बोलाएको खण्डमा जुनसुकै बेला राजीनामा दिन तयार छु ।’ तर, राष्ट्रिय सहमतिको सरकार गठन तथा शान्ति र संविधानको ग्यारेन्टी नहुँदासम्म सरकार छोड्न नहुनेमा भट्टराईको जोड थियो । पार्टी नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार गठन हुने वातावरण नभएसम्म राजीनामा दिनुको औचित्य नहुने भट्टराईको तर्क छ ।
प्रम भट्टराईले वैद्य पक्षले यथास्थितिमा सरकार छोड्न दबाब दिइरहेको भन्दै त्यसबारे अध्यक्ष प्रचण्डसँग स्पष्टता माग गरेका बताइएको छ । जवाफमा प्रचण्डले राष्ट्रिय सहमतिको वातावरण तयार नुहँुदासम्म सरकारबाट बाहिरिने कुरामा आफ्नो असहमति रहेको तर, राष्ट्रिय सहमतिको वातावरण बनेको अवस्थामा भने पार्टी बाधक बन्न नहुने बताएको स्रोतले जानकारी दिएको छ । स्रोतका अनुसार अध्यक्ष प्रचण्डले वाइसीएलमा रहेका पूर्वलडाकुलाई राहत दिने विषयमा सोच्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए ।
जवाफमा प्रधानमन्त्रीले राज्यकोषबाट वाइसीएललाई रकम दिन नसकिने स्पष्ट गर्दै उनीहरुलाई सामूहिक श्रममा लगाउनुपर्ने बताएका थिए । त्यसका लागि सरकारले सक्दो सहयोग गर्ने भनाई भट्टराईको थियो ।

0 प्रतिकृया:
Post a Comment