आचार्य प्रभा
कसैको पनि मन त्यस्तो नहोला शायद आफ्नी आमाको काख बढी होस् वा आफ्नो मातृभूमी नराम्रो लागोस् तर बाध्यताको शिकार बनेर कैयौं नेपाल आमाका सन्तानहरु आफ्नी आमाको काख अर्थात जन्मभूमीको काख छाडेर परदेशिनु परेको पीडा साँच्चै दर्दनाक छ । हाम्रो देश शान्त सुन्दर नेपाल थियो । हामी बालक छँदा पाठशालामा राष्ट्रिय गान यसरी गाउँने गर्थ्यौ । "गाउँछन् गीत नेपाली, ज्योतिको पंख उचाली जय जय जय नेपाल सुन्दर शान्त बिशाल"। आज यो हर बालक मनले गाउँने राष्ट्रिय गान केवल स्मृतिमा मात्र छ । आजका बालकहरुले भने...