हाईड्रो हाउस:

दक्षिणी इलामको दानाबारीमा निमार्णाधीन सानिमा माई हाईड्रपावर लिमिटेडको विद्युत उत्पादन गृह । यो हाईड्रपावर निर्माण सम्पन्न भएपछि २२ मेगावाट क्षमताको विद्युत उत्पादन हुनेछ । तस्विर : राम योङ्हाङ ।

हाईड्रो हाउस:

दक्षिणी इलामको दानाबारीमा निमार्णाधीन सानिमा माई हाईड्रपावर लिमिटेडको विद्युत उत्पादन गृह । यो हाईड्रपावर निर्माण सम्पन्न भएपछि २२ मेगावाट क्षमताको विद्युत उत्पादन हुनेछ । तस्वि

पहिचानको माग गर्दै हड्ताल – मुख्य समाचार

  • केर्खामा ट्रकमाथि आगजनी
  • आन्दोलन चर्काउने चेतावनी
दमक, ८ जेठ/नेपाल आदिवासी जनजाति संयुक्त संघर्ष समितिले जातीय पहिचानको माग गर्दै आम हड्ताल सुरु गरेको छ । हड्तालको पहिलो दिन देशका धेरैजसो स्थानमा बजार, पसल तथा यातायात बन्द रहे । बन्दका क्रममा लामो तथा छोटो दुरीका सवारीसाधनहरु चल्न सकेनन् । धेरैजसो विद्यालय तथा शैक्षिक संस्थाहरुसमेत बन्द रहे ।
बन्दका क्रममा देशका विभिन्न स्थानहरुमा सभाहरु समेत सम्पन्न गरिए । आदिवासी जनजाती संयुक्त संघर्ष समितिले आईतबार दमकमा सभा सम्पन्न गरेको छ ।
आदिवासी जनजाति महासंघ नगर समन्वय परिषद्का अध्यक्ष मोहन धिमालको अध्यक्षतामा भएको कार्यक्रममा किरात राई यायोक्खाका केन्द्रीय सदस्य पारषमणि राई, लिम्बूवान मुक्ति मोर्चाका झापा सचिव सुमन नेम्वाङ्, मञ्च सम्बद्ध संघीय लिम्बुवान राज्य परिषद्को लिम्बुवान महिला परिषद्की झापा सचिव बिष्णु भट्टराई लगायतले बोलेका थिए । उनीहरुले जातीय ऐतिहासिकता र पहिचानका आधारमा राज्यको पुनर्संरचना गरिनुपर्ने अडान राखेका थिए ।
बन्दका क्रममा सुनसान दमक चौक ।  फोटोः पिपुल्स टाइम्स

बन्दका क्रममा झापाका बजार, पसल, उद्योगहरु बन्द रहे । सवारी साधनहरु चलेनन् । मुख्य शहर तथा चोकहरुमा बिहानैदेखि बन्दकर्ताहरु पाल टाँगेर तथा समूह बनाएर बसेका थिए ।
यसैबीच बन्द उल्लंघन गरेको भन्दै झापाको तोपगाछीमा एक ट्रकमाथि आगजनी गरिएको छ । 
पूर्वबाट पश्चिम तर्फ आउँदै गरेको मे.१ ख ७४८ नम्बरको ट्रकलाई पूव–पश्चिम राजमार्ग अन्तर्गको केर्खा चोकमा बन्दकर्ताहरुले साँझ ८ बजे तिर आगजनी गरेका हुन् । आगजनीबाट ट्रकको अघिल्लो भाग जलेको छ । आगो सशस्त्र, जनपथ प्रहरी तथा दमक नगरपालिकाको दमकले नियन्त्रणमा लिएका थिए । सो अघि प्रहरी र बन्दकर्ता बीच यातायात खुलाउने वा नखुलाउने बिषयमा विवाद भएको थियो  ।
सो घट्नामा संलग्न भएको आशंकामा प्रहरीले केहि व्यक्तिलाई नियन्त्रणमा लिएको छ । प्रहरीले युवा संघ नेपाल झापा क्षेत्र नम्बर–७ का क्षेत्रीय सदस्य देवु दाहाललाई समेत नियन्त्रणमा लिएको युवा संघले जनाएको छ । युवा संघका क्षेत्रीय अध्यक्ष शम्भु भण्डारीले घट्ना हेर्न गएका दाहाललाई प्रहरीले नियन्त्रणमा लिएको जनाएका छन् । दाहाललाई नियन्त्रणमा लिएको प्रति निन्दा गर्दै उनले तुरुन्त रिहाईको माग समेत गरेका छन् ।
ईलाका प्रहरी कार्यालय दमकका प्रहरी निरीक्षक हरी खतिवडाले केहि व्यक्तिलाई अनुसन्धानका लागि नियन्त्रणमा लिईएको बताएका छन् । घट्ना संलग्न नरहेको पाइए उनीहरुलाई रिहा गरिने उनले जनाए ।
यसैबीच संघर्ष समितिले सुरु गरेको आन्दोलनलाई मञ्च सम्बद्ध संघीय लिम्बुवान राज्य परिषद्ले थप सशक्त पार्ने जनाएको छ ।
आइतबार परिषद्का महासचिव फक्ताङ्लुङ योङहाङले प्रेस बिज्ञप्ति जारी गरी आजबाट आन्दोलन थप कडा पार्ने जनाएका हुन् ।
धरान र तेह्रथुममा परिषद्का कार्यकर्तामाथि दमन गरिएको भन्दै बिज्ञप्तिमा त्यसको निन्दा गरिएको छ । बन्दका क्रममा देशका विभिन्न स्थानहरुमा सञ्चारकर्मी, सञ्चार गृहका सवारीसाधनहरुमाथि आक्रमण गरिएको छ । राजधानीमा रहेका विभिन्न सञ्चारगृहका सवारी साधनहरु तोडफोड समेत गरिएका छन् ।
नेपाल पत्रकार महासंघका महासचिव ओम शर्माका अनुसार बिहान ८ः३० बजे सिटिजन्स एफएम ९४ मेघाहर्जका पत्रकार दिनेश गौतमलाई फोटो खिचिरहेको अवस्थामा बन्दकर्ताहरुले वौद्ध, टुसालमा रड प्रहार गरी घाइते बनाउनुका साथै बा ४६ प ३४२१ नम्बरको उनको मोटरसाईकल समेत तोडफोड गरेका छन् भने सानेपामा बिहान ७ः४५ बजे एन्टेना फाउण्डेसनका पत्रकार राजन पराजुलीलाई बिहानको कार्यक्रम चलाउन कार्यालयतर्फ जाने क्रममा कुपण्डोलमा १५÷१६ जनाको समूहमा रहेका बन्दकर्ताहरुले पत्रकारको परिचयपत्र देखाउँदा पनि दुव्र्यवहार गर्दै बाटो छेकेर उनी सवार मोटरसाईकलमा आगजनी गरेका छन् । आगजनीबाट मोटरसाइकलमा पूर्ण क्षति पुगेको छ ।
यसैगरी सगरमाथा टेलिभिजनका राधेश्याम दाहाल, रोडम्याप साप्ताहिकका शक्ति कार्की र प्रकाश कट्टेल एवं खेलकुद पत्रकार महासंघका विकु तामाङ समाचार संकलनका लागि बा १० प ७०२३ र बा २२ प २८७८
नम्बरका दुईवटा मोटरसाइकलमा जाने क्रममा कुपण्डोलको सानेपा चोक नजिकै पुग्दा बन्दकर्ताहरुले दुव्र्यवहार र कुटपिट गर्नुका साथै दुवै मोटरसाइकल जलाएका छन् । कुटपिटबाट पत्रकार तामाङ घाइते भएका छन् । लगनखेलमा मुक्तिपत्र साप्ताहिकका सम्पादक उपेन्द्र शर्मालाई दुव्र्यवहार र उनको मोटरसाइकल तोडफोड भएको छ भने चाबहिलमा गोरखापत्र दैनिकका पत्रकारद्वय राजेश चाम्लिङ राई र शम्भुकुमार प्रसाई एवं राजधानी दैनिकका विजय चाम्लिङलाई बन्दकर्ताहरुले अपशब्द प्रयोग गरेको र पत्रकार राईलाई हातपातसमेत भएको छ ।
बन्दकर्ताहरुले हिमालय टेलिभिजनका क्यामेरा पर्सन वाइपी घिमिरेलाई कार्यालयतर्फ जाँदै गर्दा ग्वार्खोचोकमा कुटपिट गर्दै उनको बा २० प ३८९९ नम्बरको मोटरसाइकल जलाएका छन् भने उता कुपण्डोलमा विहानै कारोबार दैनिकका पत्रकार दिपेन्द्र कार्कीलाई दुव्र्यवहार गर्दै उनी सवार बा ९ च नम्बरको मोटरसाइकलसमेत तोडफोड गरेको छन् ।
त्यसैगरी विहानै पत्रिका वितरण गरेर फर्किएको कान्तिपुर पब्लिकेसन्सको बा ९ च ५५३७ नम्बरको गाडीलाई जोरपाटीमा बन्दकर्ताले ढुंगामुढा र लाठी प्रहार गरी तोडफोड गरेका छन् भने उता बुद्धनगरमा कान्तिपुर टेलिभिजनको बा ८ च ७६७७ नम्बरको गाडीमा समेत तोडफोड भएको छ ।
त्यस्तै बन्दकर्ताहरुले समाचार संकलनका लागि हिँडेको एवीसी टेलिभिजनको बा ६ च ५०७२ नम्बरको गाडीलाई चावहिलमा तोडफोड गरी स्टेरिङ्ग भाँचिदिई गाडीको साँचो समेत नियन्त्रणमा लिएका छन् भने उता ग्वार्खोमा एवीसी टेलिभिजनकै बा ३६ प ७८०१ नम्बरको मोटरसाइकल तोडफोड गरेका छन् । त्यस्तै बन्दकर्ताले तीनचुले बौद्धमा एभिन्यूज टेलिभिजनको बा ९ च ४५५८ नम्बरको गाडीमा समेत तोडफोड गरी क्षति पु¥याएका छन् ।
यसैगरी गौशाला चोकमा मध्यान्ह १२ ः०० बजे नयाँ पत्रिका दैनिकका पत्रकार प्रकाश गुरागाईलाई  दुव्र्यवहार गर्दै बन्दकर्ताले उनको ना १२ प ५७१० नम्बरको मोटरसाइकल तोडफोड गरे भने चावहिलमा माउन्टेन टेलिभिजनका पत्रकार रोहित भण्डारीलाई कुटपिट र उनको क्यामेरासमेत खोसेका छन् । चावहिलमै समाचार सकंलन गरी फर्किएको नेपाल वान टेलिभिजनको बा ७ च १६०० नम्बरको गाडी तोडफोड र गाडीमा रहेका पत्रकार कविता अधिकारी र क्यामेरा पर्सन मंगल लामालाई दुव्र्यवहारका साथै क्यामेरा पर्सन लामामाथि कुटपिट पनि भएको छ । क्यापिटल एफएमका पत्रकार शम्भु दंगाललाई समाचार संकलनका लागि साइकलमा गइरहेको अवस्थामा ललितपुरको धोविघाटमा बन्दकर्ताले ‘दंगाल भनेको बाहुन कि नेवार भनेर सोध्दै बाहुनले हाम्रो समाचार लेख्दैन भन्दै पत्रकार दंगाललाई लाठी प्रहार गर्नुका साथै साइकलमा समेत क्षति पु¥याएका छन् । लाठी प्रहारबाट पत्रकार दंगालको घुँडामा चोट लागेको छ ।
यस्तै सगरमाथा टेलिभिजनका पत्रकारहरु सरल गुरुङ, सतिश सुवेदी, अक्कल कुँवर र पुण्य धमलामाथि बन्दकर्ताले हातपात गर्नुका साथै उनीहरु सवार बा २७ प ६८३२ नम्बरको मोटरसाइकल कुपण्डोलमा जलाए भने बा २५ प ३७४७ र बा २५ प ८८५४ नम्बरको मोटरसाइकल र दुई थान क्यामेरासमेत तोडफोड गरेका छन् ।
यसैबीच मोरङमा समाचार सकंलन गरी फर्किएका पत्रकारहरु गणेश निरौला, धुरव भट्टराई र सुरेश नेपालीलाई बन्दकर्ताहरुले आफू अनुकूलको समाचार प्रकाशन नगरेको भन्दै पत्रकारत्रयलाई ४५ मिनेट नियन्त्रणमा लिनुका साथै उनीहरुको प्रेस कार्डसमेत खोसेका छन् भने सुनसरीको तरहरामा पत्रकार दामोदर गुरागाईलाई बन्दका बेला मोटरसाइकल चलाएको भन्दै दुव्र्यवहार गरेका छन् । सिन्धुलीमा बन्दको समाचार प्रकाशित नगरेको निहुँमा बन्दकर्ताले सिन्धुलीबाट प्रकाशित हुने जनबोली दैनिक पत्रिका जलाउनुका साथै मोबाइलबाट पत्रिकाको कार्यालयमा फोन गरी तामाङसालिङ पार्टी कार्यालयमा आई लिखित स्पष्टीकरण दिन र नदिएमा कालोसूचीमा राख्ने र कारबाही गर्ने धम्की दिएका छन् । त्यस्तै नेपालगञ्जबाट बुटवल पत्रिका पु¥याएर फर्किएको नागरिक दैनिकको भे १ च १०८३ नम्बरको गाडीमा बन्दकर्ताबाट तोडफोड भएको छ ।
महासंघका महासचिव शर्माद्वारा आईतबार जारी विज्ञप्तिमा अधिकारका लागि भएको भनिएको आन्दोलनमा प्रेसजस्तो नागरिकलाई सुसूचित गराउने र विचार निर्माणमा सघाउने आमसञ्चारकर्मीलाई आक्रमण गर्नु र सञ्चारसंस्थाका सवारी साधनमा क्षति पु¥याउनु चिन्ताको विषय भएको उल्लेख छ ।

बिर्तामोडमा सद्भाव ¥याली

दमकमा सारियो 
बिर्तामोड, ८ जेठ/शान्ति समितिको अगुवाईमा शनिबार बिर्तामोडमा सद्भाव ¥याली निकालिएको छ ।
बजारको बिभिन्न क्षेत्रको परिक्रमा पछि अदुवा खोला छेउमा सभामा परिणत भएको ¥यालीमा बिभिन्न राजनीतिक दल, सामाजिक संघ÷संस्था, अधिकारकर्मी, नागरिक समाज, विद्यार्थी लगायको सहाभागिता रहेको थियो  । स्थानीय  शान्ति समितिका संयोजक झलकसिंह दर्लामीको अध्यक्षतामा भएको सभामा एकीकृत नेकपा माओवादीका ज्योतिसिंह दर्लामी, नेपाली कांग्रेसका जिल्ला सभापति उद्धव थापा, नेकपा एमालेका जिल्ला अध्यक्ष रविन कोईराला, नागरिक अगुवा लालराज सुवेदी, पेशागत महासंघका नारायण गौतम लगायतले बोलेका थिए । उनीहरुले जातीय तथा सामाजिक सद्भाव कायम राख्न समाजका सबै क्षेत्र सजग हुन आवश्यक रहेको बताएका थिए ।
बिर्तामोडमा आयोजित सद्भाव ¥यालीमा सहभागीहरु ।

यसैबीच दमकमा  आज (सोमबार) बिहान गर्ने भनिएको शान्ति तथा सद्भाव ¥याली दुईदिनपछि सारिएको छ । देशभर आन्दोलनरत आदिवासी जनजाति संघर्ष समितिको आह्वानमा ¥याली जेठ १० गते बिहान ७ बजे गर्ने गरी मिति सारिएको नेपाली कांग्रेस झापा क्षेत्रनम्बर ७ का सभापति शेरबहादुर भट्टराईले जानकारी दिए ।
संघीयवादीहरुको सक्रियतामा सर्वपक्षीय शान्ति तथा सद्भाव ¥याली आयोजना गर्न प्रमुख तीन दल एकिकृत माओवादी, नेपाली कांग्रेस, नेकपा एमालेका क्षेत्रीय प्रमुखहरुको अगुवाईमा सो बारे तयारी थालिएको थियो ।
सडक संघर्षमा रहेका आदिवासी जनजाति जन्य संघसंस्थाले ¥याली सार्न अनुरोध गरेपछि आइतबार सो बारे इलाका प्रहरी कार्यालय दमकमा आन्दोलनरत पक्ष र ¥याली संयोजन गरिरहेका पक्षबीच छलफल भएको थियो । छलफलमा इलाका प्रशासन कार्यालय, दमक नगरपालिका र सशस्त्र प्रहरी बलका प्रतिनिधिहरु सहभागी रहेका थिए । 

आज वार्ता हुने

काठमाडौ, ८ जेठ/ पहिचानसहितको संघीयता माग गर्दै तीन दिने बन्दको आह्वान गर्दै आन्दोलनमा उत्रिएको ‘आदिवासी जनजाति संघर्ष समिति’ले सोमबार सरकारसँग वार्ता गर्ने भएको छ ।
संघर्ष समितिको आइतबार बेलुकी बसेको बैठकले सोमबार बिहान ८ बजेपछि सरकारसँग वार्ता गर्ने निर्णय गरेको समिति सचिवालय संयोजक परशुराम तामाङले बताए । समितिले तीन दलका शीर्ष नेतासहित वार्ता गर्ने निर्णय गरेको छ । ‘सरकारी वार्ता टोलीसँग मात्रै वार्ता हुन्न’ तामाङले भने, ‘माओवादी, कांग्रेस र एमालेका शीर्ष नेतासहित वार्ता गर्छौ ।’

‘बजेट समयमै आउँछ’

काठमाडौँ, ८ जेठ÷अर्थमन्त्री वर्षमान पुन ‘अनन्त’ले समयमै बजेट निर्माण, पूँजीगत खर्चको बृद्धि, अर्थप्रशासनको सुधार र राजश्वको लक्ष्य हाँसिल आफ्नो प्राथमिकता भएको बताएका छन् ।  सिंहदरबारस्थित अर्थ मन्त्रालय पुगी आइतबार पदवहार ग्रहण गरेपछि उनले बजेट निर्माणको काम कार्यतालिका अन्तर्गत नै बनिराखेकोले समयमै बजेट ल्याउने बताए ।

पूँजीगत खर्चको वृद्धिका लागि सोमबार नै सबै मन्त्रालयका सचिवहरुलाई बोलाएर अहिलेसम्म भएको प्रगतिको बारेमा समीक्षा गरेर सकेसम्म पूँजीगत खर्चको वृद्धि गर्ने बताए ।
अर्थमन्त्री पुनले ठूल–ठूला बन्द, हड्ताल र संक्रमणकालका कारण राजश्व अशुलीको लक्ष्यमा चुनौती भए पनि जसरी भए पनि असार मसान्तसम्म राजश्व असुलीको लक्ष्य हाँसिल गरिने प्रतिबद्धता व्यक्त गरे ।
उनले २० प्रतिशत राजश्व असुली वृद्धिको लक्ष्य चुनौतीपूर्ण भए पनि सबै उपायहरु प्रयोग गरेर भए पनि लक्ष्यभन्दा बढी राजश्व असुली गरिने बताए । उनले राजश्व असुलीको लक्ष्य पूरा गर्न सोमबार नै सबै निकायसँग छलफल गरेर कार्यक्रम गरेर अगाडि बढ्ने बताए ।

निशानामा प्रेस

प्रधानमन्त्रीद्वारा खेद व्यक्त
काठमाडौं, ८ जेठ/ प्रधानमन्त्री डा. बाबुराम भट्टराईले आदिवासी जनजातिले आह्वान गरेको बन्दका क्रममा प्रेसमाथि गरिएको आक्रमणप्रति खेद ब्यक्त गरेका छन् । उनले नेपाल पत्रकार महासंघका अध्यक्ष शिव गाउँलेलाई टेलिफोन गरी खेद ब्यक्त गरेका हुन् ।
गाउँलेका अनुसार प्रधानमन्त्री भट्टराईले प्रेस र पत्रकारका सुरक्षाका लागि सुरक्षाकर्मीलाई संवेदनशील हुन निर्देशन दिइसकेको पनि उल्लेख गरेको छ । साथै महासंघका तर्फबाट क्षतिको विवरण पठाउन आग्रह गर्दै प्रधानमन्त्रीले राज्यले क्षतिपूर्ति दिने बताएका छन् ।
यसैबीच अध्यक्ष गाउँलेले प्रेसमाथि गरिएको धम्की र आक्रमणले आक्रोशित बनाएको उल्लेख गर्दै सबै सञ्चार माध्यमहरु बन्द गरिन सक्ने उल्लेख गरेका छन् । ‘यस प्रकारको घट्नाप्रति खेद ब्यक्त गर्दछु’ उनले भने, ‘सरकारसँग प्रेस र पत्रकार सुरक्षाको ब्यवस्था मिलाउन र क्षतिपूर्ति दिलाउन माग गर्दछौं ।
‘घुसपैठ भयो’–लेखी
काठमाडौं, ८ जेठ/ नेपाल आदिवासी जनजाति महासंघले बन्दमा सरकारी भिजिलान्तेको ब्यापक घुसपैठ भएको दाबी गरेको छ ।
महासंघ अध्यक्ष राजकुमार लेखीले आइतबार विज्ञप्ती जारी गर्दै भनेका छन्, ‘बन्दमा सरकारी भिजिलान्तेको ब्यापक घुसपैठ भएको देखिएको छ । शान्तिपूर्ण रुपमा प्रदर्शन गरिरहेका कार्यकर्ता तथा सर्वसाधारणलाई लखेट्ने, गिरफ्तार गर्ने काम प्रहरीले गरेको छ भने अवांछित कृयाकलाप गर्नेलाई प्रत्यक्ष संरक्षण दिएको देखिएबाट सरकारी संरक्षण प्राप्त भिजिलान्तेहरुको घुसपैठको पुष्टि हुन्छ ।’
लेखीले संचारकर्मीको मोटरमाथि आक्रमण गर्न खोज्ने एक समूहलाई नयाँ बानेश्वरमा आदिवासी जनजाति महिला महासंघकी सचिव टोमा लामा नेतृत्वको टोलीले लखेटेको विज्ञप्तीमा जनाएका छन् । ७२ घन्टे नेपाल बन्दको क्रममा जनताको असुविधालाई ध्यानमा राखेर काठमाडौंमा बिहान पाँचबजेदेखि अपरान्ह पाँच बजेसम्म मात्र बन्द कार्यक्रम संचालन हुने लेखीले जनाएका छन् ।

दमक–११ मा युवा मोर्चा

दमक, ८ जेठ/ लिम्बूवान मुक्ति मोर्चाले दमक–११ मा युवा मोर्चा बिस्तार गरेको छ ।
आईतबार भएको भेलाले नितेश शर्मा र बसन्त पौडेललाई उपाध्यक्षको जिम्मेवारी दिएको छ । समितिको सह–सचिव भने बेनु गौतम रहेका छन् । लिम्बूवान मुक्ति मोर्चाका वडा अध्यक्ष भीम सिटौलाको अध्यक्षता तथा जिल्ला अध्यक्ष देउकुमार नेम्वाङ्को प्रमुख आतिथ्यमा भएको भेला क्षेत्रीय सदस्य बिनय शर्माले संयोजन गरेका थिए । युवा मोर्चाको अध्यक्षमा भने सुरेश बस्याल कायम रहेको मोर्चाका जिल्ला सचिव विकास अधिकारीले जानकारी दिए ।

क्याम्पस र टेलिकममा तोडफोड

धरान, ८ जेठ/जातीय पहिचानसहितको संघीय राज्यको माग गर्दै आन्दोलनमा उत्रेका आदिवासी जनजातिका कार्यकर्ताले आह्वान गरेको तीन दिने बन्दको अवज्ञा गरेको भन्दै धरानमा आइतबार तोडफोड भएको छ ।
बन्दकर्ताहरुले पूर्वाञ्चल इन्जिनियरिङ क्याम्पस, नेपाल टेलिकम धरान शाखा कार्यालयमा तोडफोड गरेका छन् । उनीहरुले धरानमा दुइ टेम्पो र चार मारुती भ्यान रोकेर क्षतिग्रस्त बनाए ।
बन्द आह्वान गरे पनि क्याम्पस सुचारु गरेको भन्दै ४० जनाभन्दा बढीको हुलले तीनकुने स्थित पूर्वाञ्चल इन्जिनियरिङ क्याम्पस हाताभित्र प्रवेश गरेर प्रशासनिक भवनमा क्षति पु¥याएका थिए ।
बन्दकर्ताले नेपाल टेलिकम कार्यालयभित्रको बिल काउन्टर र मनिटरिङ कक्षमा पनि व्यापक तोडफोड गरेका थिए । मनिटरिङ कक्षको एउटा कम्प्युटर पूर्णरुपमा क्षति पु¥याएको टेलिकमका हेल्पर भरत राईले बताए । बिल काउन्टरमा रहेको सिसाका सबै सामान तोडफोड गरेका थिए ।
बन्दको कुनै जानकारी नदिई आदिवासी जनजाति कार्यकर्ताले नेपाल टेलिकम कार्यालयमा प्रवेश गरेर तोडफोड गरेको बताए । टेलिकममा करिब दुई लाख रुपैयाँ बराबरको क्षति भएको बताइएको छ । सुनसरीको पाँचकन्यामा सञ्चालन भइरहेको एक विद्यालयमा पनि पुगेका बन्दकर्ता र विद्यालयका शिक्षक बीच वार्ता भएपछि तोडफोड हुनबाट बचेको थियो ।

पुल निर्माणका लागि सर्भे हुने

दमक, ८ जेठ/झापाको दमक–१९ र मोरङको राजघाट गाविसलाई जोड्न पक्की पुल निर्माणका लागि सर्भे हुने भएको छ ।
सो पुल निर्माणका लागि पहल थाल्न २०६७ सालदेखि निरन्तर पहल गरिरहेको मोरङ, राजघाट र दमक–१९ जोड्ने मावा पुल निर्माण उपभोक्ता समितिले आइतबार बैठक मार्फत् सार्वजनिक गरेको निर्णय अनुसार पुल निर्माणका लागि सर्भे गराउन आदेश भइसकेको उल्लेख छ ।
समितिको निर्णय अनुसार अध्यक्ष अम्बिका खनालसहित कार्यसमितिले झापा र मोरङका सरकारी कार्यालयहरुमा पुल निर्माणका लागि समन्वय गर्ने जनाइएको छ ।
गत शुक्रबार पुल निर्माणकै सम्बन्धमा केही पत्रपत्रिकामा समितिको आधिकारिक निर्णय नभई सम्भाव्यता अध्ययनका लागि समिति गठन भएको भन्ने समाचार आएको प्रति समितिले ध्यानाकर्षण भएको जनाएको छ ।

वडा नम्बर–१३ सेमिफाइनलमा

दमक, ८ जेठ/ध्रुवतारा स्पोर्टिङ् क्लबले दमकमा आयोजना गरेको वडास्तरीय नगरकप फुटबल प्रतियोगिताको आईतबारको खेलमा वडा नम्बर–१३ बिजयी भएको छ । बिजयसँगै वडा नम्बर–१३ ले सेमिफाईनल यात्रा निश्चित गरेको छ ।
आईतबारको खेलमा वडा नम्बर–१२ लाई ५–१ गोल अन्तरले हराउँदै वडा नम्बर–१३ बिजयी भएको हो । बिजयी टिमका लागि ४ गोलको योगदान दिने बिक्रम अधिकारी म्यान अफ दि म्याच घोषित भए । आज वडा नम्बर–३ र १५ बीच दोश्रो चरणको प्रतियोगिता हुने आयोजक क्लबका सचिव चन्द्र खत्रीले जानकारी दिए ।

छैनन् महिला मन्त्री

काठमाडौ, ८ जेठ/प्रधानमन्त्री बाबुराम भट्टराईको नेतृत्वमा बनेको सहमतीय सरकारमा आइतबारसम्म २३ मन्त्रीले शपथ ग्रहण गरी कार्यभार सम्हालेका छन् । तीमध्ये एक मात्र महिला छिन् ।
पार्टीभित्रै ५० प्रतिशत महिला सहभागिताको सिद्धान्त बोकेको माओवादी र जनसंख्याको अनुपातमा समानुपातिक, समावेशी सहभागिता भन्दै आएको मधेसवादी दललेसमेत आधा आकाश ढाक्ने महिलालाई प्रतिनिधित्व गराउन सकेको छैन ।
कांग्रेसले पनि महिलालाई अघि बढाएको छैन भने एमालेबाट सभासद् राधा ज्ञवालीले ऊर्जामन्त्री पाएकी छन् । पहिलो मन्त्रिमण्डल बिस्तारमा ११ मन्त्रीमध्ये एक महिलाले समेत नियुक्ति पाएका थिएनन् । दोस्रो चरणको बिस्तारमा राधा ज्ञवालीले नियुक्ति पाएकी हुन् । पटक–पटक मन्त्रिमण्डल बिस्तार गर्दै बुधबार तीन जनाले शपथ ग्र्रहण गरेका छन् । त्यसमा पनि महिला परेनन् ।
माओवादी, काग्रेस, एमाले, मधेसी मोर्चा र पाँच साना दलका २३ मन्त्री नियुक्त हुँदासम्म महिलालाई सिफारिस नगरेको भन्दै महिला सभासदले गुनासो गरेका हुन् ।
माओवादी सभासद पम्फा भुसालले जनताको हितको सरकार नभएकाले महिलालाई उपेक्षा गरेको बताइन् । ‘पुरुष मन्त्रीहरुको सिट तोकेको सरकार भएकाले महिलालाई नियुक्ति नगराएको हो,’ उनले आक्रोशित हुँदै भनिन्, ‘यो सरकारमा प्रधानमन्त्रीले मन्त्री बनाउनेसम्म हैसियत राख्दैनन् ।’
संविधानले राज्यका हरेक निकायमा समानुपातिक समावेशी सहभागिताको व्यवस्था गरे पनि सामन्ती र पितृसत्ता हाबी भएकाले महिलाले अवसर नपाएको उनले बताइन् । ‘माओवादीले आफ्नो पार्टीको नीति ५० प्रतिशत महिला सहभागिता भन्दै आएपनि मन्त्रिमण्डल बिस्तारका क्रममा एक महिलालाई पनि सहभागी नगराएकामा आश्चार्य लागेको छ,’ उनले भनिन् ।

‘गणतन्त्र दिनवस अविस्मरणीय बनाउनुहोस्’

काठमाडौ, ८ जेठ/ प्रधानमन्त्री डा. बाबुराम भट्टराईले गणतन्त्र दिवसलाई जनस्तरमा अविस्मरणीय बनाउने गरी आयोजना गर्ने व्यवस्थाका लागि सम्बन्धित निकायलाई निर्देशन दिएका छन् ।
आफ्नै अध्यक्षतामा राष्ट्रिय योजना आयोगको प्रेक्षालयमा आइतबार आयोजित गणतन्त्र दिवस मूल समारोह समितिको बैठकमा प्रधानमन्त्रीले सबै नेपालीले गर्व गर्न लायकको गणतन्त्र दिवस कार्यक्रम हुनुपर्छ भने ।
संविधान बनाएर मनाइने प्रथम गणतन्त्र दिवसको ऐतिहासिक महत्व छ, त्यसलाई उपलब्धिमूलक बनाउन सबैको रचनात्मक सहयोगको आवश्यकता छ’–गणतन्त्र दिवस समारोहलाई सिर्जनशील ढङ्गले मनाउनुपर्नेमा जोड दिँदै प्रधानमन्त्रीले भने । जेठ १४, १५ र १६ गते भव्य रुपमा गणतन्त्र दिवस मनाउन सरकारले विभिन्न समिति गठन गरेको छ ।
श्रृङ्गार र सरसफाइका निम्ति काठमाडौँ महानगरपालिका, ललितपुर उपमहानगरपालिका, भक्तपुर, कीर्तिपुर र मध्यपुर थिमि नगरपालिकाले आ–आफ्नो क्षेत्रका विभिन्न स्थानमा राष्ट्रिय झण्डा एवम् ब्यानरले नगरको शोभा बढाउनुका साथै सरसफाइ गर्नेछन् ।
जेठ १४ गते गणतन्त्र दिवस भव्यताका साथ मनाउन सञ्चार माध्यमहरुबाट सार्वजनिक अपिल गर्ने, राष्ट्रियस्तरका पत्रपत्रिकामा गणतन्त्र विशेषाङ्क स्मारिकाका रुपमा प्रकाशन गर्नुका साथै गणतन्त्रको बहुपक्षीय आयामलाई उजागर गर्ने लेख रचनाको प्रकाशन, नेपाल टेलिभिजन, रेडियो नेपाललगायत निजी क्षेत्रको सञ्चार माध्यमबाट गणतन्त्रको महत्वबारे परिसंवाद कार्यक्रम सञ्चालन गर्ने तथा रेडियो नेपालबाटै चेतनामूलक दोहोरी गीत प्रतियोगिता आयोजना गरिने छ ।
जेठ १५ गते गणतन्त्र दिवस मूलसमारोह समितिका अध्यक्ष तथा सदस्यहरु, संवैधानिक निकायका पदाधिकारी, राजनीतिक दलका नेता तथा कार्यकर्ता, निजामती, प्रहरी, जङ्गी तथा संस्थानका कर्मचारी, प्राध्यापक, शिक्षक, विद्यार्थी, खेलाडी, मजदुर, किसान, महिला, सामाजिक सङ्घसंस्थासँग सम्बद्ध पदाधिकारीका साथै नागरिक समाज एवम् उद्योगी व्यवसायी र सर्वसाधारण सैनिक मञ्च टुडिखेलमा उपस्थित भई गणतन्त्र दिवस मनाइनेछ ।
सैनिक मञ्चको उक्त कार्यक्रममा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, संविधानसभाका अध्यक्षलगायत विशिष्ट व्यक्तिहरुको उपस्थितिमा सम्पन्न हुने गणतन्त्र दिवस समारोहको नेपाल टेलिभिजन र रेडियो नेपालले प्रत्यक्ष प्रसारण गर्नेछन् ।
विदेशस्थित नेपाली दूतावास तथा वाणिज्य दूतावासमा पनि विविध कार्यक्रम आयोजना गरी तीनदिनसम्म गणतन्त्र दिवस मनाइने छ भने ती तीनै दिन साँझ दीपावली गरिने छ ।
गणतन्त्रका लागि आफ्नो जीवन उत्सर्ग गर्ने ज्ञात अज्ञात सहिदहरुको आत्माको चिरशान्तिका लागि विभिन्न मठ, मन्दिर, चर्च, मस्जिद बुद्ध, बिहार गुरुद्वारलगायत धार्मिक स्थलमा पूजापाठ एवम् प्रार्थना गरिने छ ।
त्यसैगरी काठमाडौँ उपत्यका बाहिरका जिल्ला र स्थानीय तहमा जिल्ला विकास समितिका प्रमुखको अध्यक्षतामा गणतन्त्र दिवस समारोह जिल्ला समिति गठन गरी प्रभातफेरी, खेलकुद, प्रवचन, सङगोष्ठी तथा सांस्कृतिक कार्यक्रम आयोजना गरिनेछ ।
त्यस्तै गाउँ विकास समिति तथा उपमहानगरपालिका, नगरपालिकाहरुमा सम्बन्धित स्थानीय निकायको अग्रसरतामा स्थानीय सामाजिक एवम् राजनीतिक सङ्घसंस्थाका साथै समाजका सबै वर्ग र व्यवसायका क्षेत्रमा प्रवचन, साहित्यिक गोष्ठी, खेलकुदलगायत विविध कार्यक्रम आयोजना गरी गणतन्त्र दिवस मनाइने छ ।
गणतन्त्र दिवस समारोहको प्रचार प्रसारका लागि सूचना तथा सञ्चारमन्त्री राजकिशोर यादवको संयोजकत्वमा १५ सदस्यीय प्रचारप्रसार उपसमिति, काठमाडौँ महानगरपालिकाका प्रमुख केदारबहादुर अधिकारीको संयोजकत्वमा मञ्च सजावट तथा मञ्च व्यवस्था उपसमिति, काठमाडौँ जिल्लाका प्रमुख जिल्ला अधिकारी रत्नराज पाण्डेयको संयोजकत्वमा ग्राउण्ड, कवाज, व्यायाम तथा झाँकी व्यवस्थापन समन्वय उपसमिति गठन गरिएको छ ।

राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुने

इलाम, ८ जेठ/ईलाम सदरमुकाममा तीन दिने माध्यमिक विद्यालयस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सञ्चालन हुने भएको छ । जिल्ला खेलकुद विकास समितिको आयोजना र जिल्ला शिÔा कार्यालयको संयोजनामा हुन लागेको प्रतियोगिता आगामी जेठ १८ देखि २० गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगितामा जिल्ला सामुदायिक र संस्थागत दुवैखाले विद्यालयलाई सहभागी गराउने जिल्ला शिक्षा कार्यालयका उपसचिव गेहेन्द्र दाहालले बताए । उनका अनुसार जिल्लाका सबै माध्यमिक विद्यालयलाई पत्राचार गरिसकिएको छ । ‘श्रोतकेन्द्रमार्पmत हामीले ६० वटा माविलाई प्रतियोगितामा सहभागिताका लागि पत्राचार गरेका छौं’ खेलकुद विकास समितिका सदस्य समेत रहेका दाहालले भने ।
प्रतियोगितामा एथ्लेटिक्सको छात्रतर्पm एकसय, दुईसय, चारसय, १५ सय र पा“चहजार मिटर दौड तथा ४ गुण्ाँ १०० मिटर रिले प्रतियोगिता सञ्चालन हुनेछन् । त्यस्तै छात्रातर्पm एकसय, दुईसय, चारसय, १५ सय र तीनहजार मिटर दौड तथा ४ गुण्ाँ १०० मिटर रिले प्रतियोगिता सञ्चालन हुने बताईएको छ । यस्तै फिल्डमा छात्रा र छात्रदुवैतर्पm हाईजम्प र लङजम्प तथा छात्रतर्फ ज्याब्लिङ थ्रो आठ सय ग्राम र सटपुट १२ पाउण्डको र छात्रातर्पm ज्याब्लिङ थ्रो छ सय ग्राम र सटफुट सात पाउण्डका प्रतियोगिता हुनेछन् । यसैगरी राष्ट्रिय नियमानुसारको छात्र र छात्रातर्पm छुट्टाछुट्टै फुटबल र भलिबल प्रतियोगिता समेत सञ्चालन गरिने आयोजक समितिले जनाएको छ । सबै प्रतियोगितामा बढी बिजेता विद्यालयमध्ये प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः सात हजार, पा“चहजार र तीनहजार नगद तथा खेलाडी विद्यार्थीलाई पदक र प्रमाण्ँपत्र प्रदान गरिने उपसचिव दाहालले जानकारी दिए । प्रतियोगितामा भाग लि“दा आतेजाते र प्रतियोगिताभर सदरमुकाममा बसेको खर्च सबै सम्बन्धित विद्यालयले नै ब्यहोर्नु पर्ने बताईएको छ । यस जिल्ला स्तरीय प्रतियोगितामा बिजेता खेलाडीलाई राष्ट्रपति रनिङ शिल्डको Ôेत्रीय प्रतियोगितामा सहभागी गराइने समेत उपसचिव दाहालले जानकारी दिए ।

कोशी टप्पु वन्यजन्तु आरक्ष – स्थान गन्तव्य

कोशी टप्पु वन्यजन्तु आरÔ वि.स. २०३२ (सन् १९७६) सालमा स्थापना भएको हो । यो १७५ वर्ग किलोमिटर Ôेत्रफलमा फैलिएको छ । यस आरÔ सुनसरी, सप्तरी र उदयपुर गरेर तिनवटा जिल्लामा फैलिएको छ । सन् १९८७ रामसार सुचीमा सुचीकृत भएको नेपालको पहिलो ठूलो रामसार Ôेत्रका रुपमा परिचित यस आरÔमा विभिन्न ४८९ प्रजातिका चराहरू, २१९ को संख्यामा दुर्लभ अर्ना र ११÷१२ वटा दुर्लभ डल्फीनसमेत पाइन्छ ।
नेपाल सरकारले जनसहभागितामा संरÔण्ँ कार्य अगाडि बढाउने अभिप्रायले मध्यवर्ती Ôेत्रको घोÈण्ाँ गरी, यस मध्यवर्ती Ôेत्र व्यवस्थापन समितिको गठन २०६१ भदौ ३१ मा गरिएको हो । मध्यवर्ती Ôेत्रको Ôेत्रफल १७३ वर्ग कि.मि. रही ३ जिल्लाको (सुनसरी, सप्तरी, उदयपुर) १६ वटा गाउ“ विकास समितिहरू समेटिएको छ । मध्यवर्ती Ôेत्र व्यवस्थापन समितिमा ९ जना समिति सदस्य, १ जना समिति अध्यÔ तथा १ सदस्य सचिव संरÔण्ँ अधिकृत लगायत १३ सदस्यीय व्यवस्थापन समिति रहेको छ । मध्यवर्ती Ôेत्र व्यवस्थापन समितिलले विशेÈ गरेर आरÔ वरिपरि रहेका प्राकृतिक स्रोतको संरÔण्ँ र सदुपयोग, स्थानीय सामुदायिक विकास लगायत आरÔ संरÔण्ँमा सहयोग र सल्लाहकारको भूमिका निर्वाह गर्ने गर्छन् ।

यहा“ हरेक वर्Èझैं विश्व सिमसार दिवस तथा दशौ“ं राष्ट्रिय चरा महोत्सव मनाइन्छ । कोशी टप्पु वन्य जन्तु आरÔण्ँ दÔिण्ँ पूर्वी तराईको सुनसरी जिल्लामा सप्तकोशी नदीको तमा अवस्थित छ । यो आरÔ २०३२ साल (सन १९७६)मा लोपोन्मुख अवस्थामा रहेका अर्ना (जंगली भै“सी) हरूको संरक्षित बासस्थानको रुपमा स्थापना भएको हो । कूल Ôेत्रफल १७५ वर्ग कि.मि. भएको यो आरÔण्ँ नेपालको सबैभन्दा सानो आरÔण्ँ हो । यसको दÔिण्ँी सीमामा सप्तकोशी नदीको बा“ध रहेको छ । राम्रो र ठूलो सिमसार Ôेत्र भएका कारण्ँ यस आरÔमा साईवेरिया देखि घुमन्ते चराहरू आउने जाने गर्छन, त्यति मात्र नभई यो आरÔ दुर्लभ गिद्धको लागि पनि प्रसिद्ध छ ।
हावापानी
आरÔमा तीन अलग मौसम अनुभव गर्न पाइन्छ । गर्मीको मौसम (फाल्गुण्ँ देखि जेठसम्म)मा तीव्रता न्यूनतम वर्Èा स“ग–स“गै तिव्र गर्मी हुन्छ । यसबेला यहा“को तापक्रम ४० डिग्री सेन्टीग्रेट सम्म पुग्न सक्छ । मनसून जेठको अन्त्य तथा आÈाढको शुरुमा शुरु हुन्छ र भाद्र सम्म लगातार भारी वर्Èा रहइन्छ । सबैभन्दा भारी वर्Èा साउन तिर हुने गर्छ तर त्यस मौसममा उच्च आद्र्रता र तापक्रमको अनुभव पनि हुने गर्छ । शिशिर ऋतुलाई सफा आकाश र सयमी तापक्रमले चिनाउ“छ, तापनि यो मौसममा अझै पनि एकदम ठण्डा हुने गर्छ ।
वनस्पति तथा वन्यजन्तुहरू
कोशी टप्पु वन्य जन्तु आरÔण्ँ मुख्यत ः घा“से मैदानले भरिएको छ । साथै यहा“ खयर, साल तथा सिसौ लगायतका वनस्पतिहरू पाइन्छन् । मुख्यत ः लोपोन्मुख अवस्थामा रहेका अर्ना (जंगली भै“सी) हरू पाईने यो आरÔमा अन्य २० प्रकारका साना ठूला जनावरहरू जस्तै ः हरिण्ँ, रतुवा, नीलगाई, ब“देल, बा“दर, अजिंगर आदि जनावरहरू पाइन्छन् ।
विश्वमा नै दुर्लभ मानिएका चराचुरुङ्गीहरू सहित ४४१ प्रजातिका चराचुरुङ्गीहरू पाइने यस आरÔण्ँमा हा“स प्रजातिका २० वटा, जलचरा प्रजातिका ११४ वटा लगायतका पंÔीहरू पाइन्छन् । जस मध्य लोसार ठूलो धनेश, स्वाम्प प्याराडाइज (कधबmउ उबचतचष्मनभ), फिसिङ इगल, टफटेड सोभलरडक ब्रेस्टेट, ब्रान्डेट रेल किङ फिसर आदि संसारमा नै दुर्लभ चराहरू अन्तर्गत पर्छन । साथै जाडो मौसममा रुसको साईवेरिया, मंगोलिया, चीन, तिब्बत, काजकस्तान, अफगानिस्तान, स्पेन, इरानबाट पनि चराहरू बसाइ सरेर आउने गरेको पाइन्छ । यस आरÔमा अवस्थित कोशी नदीमा ८० प्रजातिका माछाहरू लगायत साथै दुर्लभ घडियाल गोही तथा ग्यांगेटिक डल्फिन (न्बलनभतष्अ मयउिजष्ल) पनि पाइन्छन् ।
अर्नाको राजधानी र चराहरूको स्वर्ग
विराटनगरबाट करिब ५० किमी उत्तर–पश्चिम र धरानबाट करिब ४० किमी पश्चिम दÔिण्ँमा अवस्थित कोशीको “टप्पु” कोशीटप्पु सिमसार भूमि र दलदले Ôेत्रका लागि विश्वमै प्रसिद्ध छ । सिसौ, खयर र सिमलका रुख र पोथ्रा–पोथ्रीहरूले भरिएको यो टप्पु सिमसार भूमि र दलदले Ôेत्र बाहेक चराको वासका रुपमा पनि लागि विश्वमै प्रसिद्ध छ । यहा“ ४२० प्रजातिका स्थायी चरा छन्, हरेक वर्È साइबेरियाबाट हिमाल नाघेर अस्थायी चरा पनि केही महिनाका लागि डेरा खोज्दै आइपुग्छन । अर्ना त नेपालमा केवल यही“ मात्र पाइन्छ । यसैले कोशीटप्पुलाई अर्नाको राजधानी, चराको स्वर्ग भनिन्छ ।
नदीको केही भाग समेत समेटेर १७५ वर्ग किलोमिटर Ôेत्रफलमा फैलिएको आरÔ Ôेत्रमा अर्ना र दुर्लभ चराको अवलोकन गर्न वर्षेनी विदेशी पर्यटकहरू आउ“छन । विश्वमै कही“ नपाइने स्वाम प्याष्ट्रिज नामक चरा यहा“ पाइन्छ । कात्तिकदेखि फागुन महिनासम्ममा रुस, श्रीलङ्का, भारत, तिब्बत आदि देशहरूबाट हुल बा“धेर चराका बथान आइपुग्छन । केही समय यहा“ बास बसेपछि यी चराहरूले पाकिस्तान, अफगानिस्तान हु“दै अफ्रिका, युरोपतिर बेग हान्ने चरा अध्येताहरू बताउ“छन । कोशीको धमिलो पानीमा क्रेन प्रजातिका लामो घा“टी भएका चराहरूका साथै क¥याङकुरुङ, सारस, पानीहा“स हुलका हुल देख्न पाइन्छ । डल्फिन र घडियाल गोही पनि कोश टप्पुका आकर्Èण्ँ हुन ।

कात्तिकदेखि फागुनसम्म अर्ना र चराको संसार घुमघाम र दृश्यावलोकनका लागि बढी उपयुक्त मानिन्छ । यो अवधिमा चराहरूको भीडले कोशीटप्पुको रौनक नै अर्कै हुन्छ । अझै हात्ती चढेर आरÔण्ँ र नजिकैका गाउ“ घुम्दाको मज्जै बेग्लै हुन्छ । तमोर, अरुण्ँ, दूधकोशी, तामाकोशी, सुनकोशी, लिखु र इन्द्रावती मिसिएको सप्तकोशी यहा“को अर्को आकर्Èण्ँ हो । आरÔण्ँ घुम्न जानेहरूका लागि आसपासका Ôेत्र र सप्तकोशी नदीमाथिको ¥याङ्खिटण्ङ समेत तान्नसक्छ । काभ्रे जिल्लाको दोलालघाटबाट भोटेकोशीमा ¥याङ्खिटङ गर्दै बराहÔेत्र–चतरा निस्केर कोशीटप्पु भ्रमण्ँ गर्न सकिन्छ । धरानबाट २६ किमी उत्तर मूलघाट गएर ¥याङ्खिटङ गर्दै चतरा भएर कोशीटप्पु समेत झर्न सकिन्छ । चतराबाट ३० किलोमिटर दÔिण्ँमा पर्ने कोशीटप्पुसम्म सप्तकोशीमा नौका विहारको आनन्दसमेत लिन सकिन्छ ।
पुग्ने कसरी ?
विराटनगरबाट करिब ५० किमी उत्तर–पश्चिम र धरानबाट करिब ४० किलोमिटर पश्चिम दÔिण्ँमा अवस्थित कोशीटप्पुसम्म पुग्न यातायातका साधन सजिलै पाइन्छ । पूर्व–पश्चिम राजमार्गको लौकही नजिकैको जमुनाहबाट दुई किमी उत्तरमा रहेको आरÔण्ँको दÔिण्ँी भागबाटै सप्तकोशी नदी तटबन्ध काटेर बस्तीमा प्रवेश गरेकाले यो मार्ग अहिले छैन । हाल कोशीटप्पु पुग्न इटहरी र इनरुवा बीचमा पर्ने झुम्का तथा धरानबाट चतरा भएर जानुपर्ने हुन्छ ।
कोशी टापु संरक्षित क्षेत्र (संरक्षित वन क्षेत्र)
१७५ वर्ग किमीमा फैलिएको एउटा वन्य–जीवन (धष्मिषिभ) शरण्ँ Ôेत्र, झीलÔेत्र (धभतबिलमक) भएको ठाउ“ हो जुन १९७६ मा स्थापित भयो जुन पूर्वी नेपालमा स्थित छ । यहा“ पूर्वपश्चिम राजमार्गबाट भएर जान सकिन्छ । । यो Ôेत्र एशियन पानीको जंगली भै“सी जसलाई अर्ना भनिन्छ, हरिण्ँ, नीलगाई, मगर, गंगा डल्फिन (न्बलनभतष्अ म्यउिजष्ल), अन्य ४६० भन्दा धेरै जातिको चराचुरीहरूको बसो वासस्थल हो ।
काठमाडौंको त्रिभुवन विश्वविद्यालयमा सेन्ट्रल डिपार्टमेन्ट अफ जुलोजी ( ऋभलतचब िम्भउबचतmभलत या श्यययिनथ) द्वारा १९९७ देखि १९९८ मा एउटा संरÔण्ँ अध्ययन (कतगमथ या तजभ चभकभचखभ) शुरु गरिएको थियो त्यो अध्ययनमा पाईयो कि संरÔण्ँ Ôेत्र नजीकै बस्ने बासिन्दा र संरÔित वन्यजीव बीच जबरजस्त लडाई छ । त्यहा“ पाईयो कि त्यहा“को बासिन्दाहरूलाई फसलको नोक्सानी र पशुहरूको उत्पीडनको बन्नु परिरहेको छ जबकि आरÔित प्रबन्धकहरूसित अवैध शिकार, पशु चराई र संरÔित Ôेत्रमा अन्य गतिविधिहरूको समस्या थियो ।
अध्ययनपछि कतिपय सुझावहरू अध्ययनकर्ताहरूतिर बाट आयो जसमा एउटा सुझाव थियो– पर्यटनको विकास । उनीहरूको सुझाव थियो कि वाईल्डलाईफको प्रशिÔकहरूद्वारा Ôेत्रीय मान्छेहरूलाई प्रशिÔण्ँ दिएर गाईड बनाउनु र पर्यटनलाई विकास दिनु ।
वन्य–जीवनको संरÔण्ँ अतिरिक्त यस संरÔित Ôेत्रमा सप्तकोशीको केही महत्वपूणर््ँ भाग पनि संरÔित रही रहन्छ । १९८७ मा यो ठाउ“लाई रामसर साईट घोÈित गरियो ।

चियाका सारथी बने भारती

विष्णु सुब्बा
जन्म चिया बगानमै, कर्म त्यसैमा । चियाका सारथी नै हो उनको परिचय । चिया भन्दा बाहिर उनको नाता सम्बन्ध छैन । दमकको हिमालय महालक्ष्मी टी गार्डेनका महाप्रबन्धक समेत भएका कमल भारती भन्छन् –‘मेरो घर नै चियाबगान हो ।’ ‘चियामा जन्मे हुर्के जिन्दगी नै यसमा बिताएको छु’–परिचय जान्न चाहनेहरूसँग भारतीय यसै भन्ने गर्छन् । चियाको काममा ४३ वर्ष लामो बिताएको ६३ वर्षीय भारती चिया उद्योगमा परिचय बोकेका कर्मशील अगुवा नै मानिन्छन् ।

पुख्र्यौली घर इलामको जितपुर भए पनि भारतीय परिवार पुस्तौँदेखि भारतको मिरिकका चिया बगानमा काम गरिआएका थिए । त्यसबेला स्थानीय धोतीया कलेज भ्याली टी इस्टेटमा बुबा के.एस. र पछि आफैले नै प्रबन्धक सम्हालेका थिए । करीब १८ सय हेक्टर क्षेत्रफल अवस्थित धोतीयामा पुस्तौँ भारती परिवारले काम गरेका थिए त्यसताका । अंग्रेजहरूले भारत चलाएका बखत ती क्षेत्रमा खोलिएका चिया बगानका श्रमिकहरूमाथि गरेका दुव्र्यहारका घटना ताजै छन् भारतीसँग । ‘सर्वसाधारणहरूका बगान हडप्न अंग्रेज शासकहरूले बन्दुक तेर्साएर कब्जा गरेका थिए’–२१ वर्ष ती क्षेत्रमा काम गरेका प्रसङ्ग कोट्याउँदै उनले भने–‘हाम्रा अघिल्ला पुस्ताका परिवारले गर्दै आएका चिया खेती अंग्रेजहरूले जबर्जस्त नियन्त्रणमा लिए ।’
आफ्नो परिवारले चिया उद्योगमा गरेका कामलाई नेपालमा नै लैजानुपर्छ भन्न हेतुले पारिवारिक सल्लाहरले २२ वर्ष अघि नेपाल छिरेका थिए, उनीहरू । भारतमा डेढ सय वर्ष अघि चिया भित्रिएको प्रयोगलाई नेपालका कृषकहरूले पनि विकसित गर्नुपर्छ भन्ने लाग्यो–चियामा अगुवा भारती बताउँछन् । नेपालमा चिया भित्रिएको ५० वर्ष जति पुगेको उनले जनाए ।

चियामा दक्ष जनशक्ति अभाव भइरहेको बेला २२ वर्ष अघि बिर्तामोडको गिरिबन्ध्ु टी स्टेटमा अगुवाई सम्हालेका थिए । भारतबाट सोझै गिरीबन्धुमा आएका उनले करीब २ दशक सोही बगानको प्रबन्धक भएर आफ्नो अनुभवलाई बाँडेका थिए । कामका सिलसिलामा दमकको हिमालय महालक्ष्मी बगानमा ३ वर्ष अघि आएका उनले बगान बढे पनि खपत बढाउन नसकिएको अनुभव गछ्र्रन् । ‘चियामा कृषकहरूको आकर्षण बढेको छ ।’ भारती भन्छन्–‘राज्यले चिया कृषकहरूको हितका लागि सामग्री, कच्चा पदार्थ लगायतका आवश्यकीय सेवामा राज्यले सुविधा पु¥याउनु पर्ने बताए ।
भारु १७५ रुपैयाँ मासिक पारिश्रमिकबाट रोजगारी थालेका भारतीले सम्हालेका चिया बगान अन्य बगानभन्दा राम्रो भएको दाबी उनको छ । चियाका समस्याबारे जानकार मानिनु हुने उनी कामदारको पारिश्रमिक, बाल मजदुर लगायतका समस्याबारे आफू सधैँ गम्भीर भएको तर्क राख्छन् । ‘बगानमा बालमजदुर राख्दिन’ उनले श्रमिक बालबालिका शंका लागे जन्मदर्तालाई अनिवार्य आधार बनाएको प्रष्ट्याए । २ छोराछोरी भएका भारती बगान कामदार भएका कारण आफूले अन्यत्र घर नबनाएको बताउँछन् । ‘रातदिन बगानको हेरचाहमा हुन्छु’ २४ सै घण्टा बगानमा खटिरहेका उनले भने–‘बगान चलाउन सफल नेतृत्व गरिआएको छु’ चार दशक बढी एकै पेशामा निर्भर भएका भारती गुणस्तर चिया उत्पादनमा कृषकहरूको ध्यान जानु पर्ने देख्छन् । भारती भन्छन्–‘उमेर ढल्कँदै गयो, बाँचिञ्जेल चिया मै बिताउँछु ।’

साश्वत चिन्तन – दोस्रो लेख

रुद्र निरौला
जीवनका कैयौँ वसन्त अञ्जानमै सकिए । कैयौँ वसन्त चेतनामै गुमे । चेनता ढिलै खुल्दो रहेछ कुन ठीक कुन बेठीक पर्गेल्न नसक्दै क्यालेण्डरका पाना पल्टिँदा रहेछन् । समाज पढ््न ज्यादै कठिन छ । मान्छे नै पिच्छेका विवेक भएपछि मान्छे माानव जंगलमा स्वाट्टै हराउँदो रहेछ । विश्व पढ्नु पुस्तक घर–घरका बासकमा विस्तारित भएपछि त झन् मान्छे कता हरायो कता । विश्व जति विकसित हुँदै गयो त्यति–त्यति मान्छे एकांकी हुँदै गयो । खोज अनुसन्धानमा लागेको मान्छे साँच्चै वस्तुवादी भयो । उसले भौतिक जगतको कुनै एक बिन्दुमा आफूलाई केन्द्रीत बनाएपछि अरु बिन्दुको वास्तै गरेन । उसले समाजको गोल घच्चा घमासान बुझ्न पटक्कै चाहने । कतिले आफ्नो पारिवारिक जिम्मेवारी समेत बिर्सियो र आफैमा केन्द्रीत बन्यो । यो पाश्चात्य तथा आधुनिक सभ्यताले मान्छेलाई अझै कस्तो बनाउने हो भन्नै कठिन छ ।
भौतिक दर्शनको चरमोत्कर्ष उन्नतिले मान्छे पार्थिव शरीर लिएर अन्तरिक्ष विचरण गर्न पुग्यो । अझै उसको अनुसन्धानको भोक मेटिएन । के खोज गर्दै छ र कुन प्राप्तिले उसलाई आनन्द दिलाउँछ ? भन्नै नसकिने । प्राच्य दर्शनका पारखीहरू धुँवाधार आध्यात्म खोजीमा लागेका छन् । शान्ति, मैत्री र अमन चयन खोज्दै कैयौँले फूल फुलाए । मगधिस, पिठाधिस तथा महापरिनिर्माणत्व प्राप्त गरेकाहरू सबैका लागि आ–आफ्नै मार्ग र दर्शन देखिए । स्वर्गानन्द कहाँ हो ? तिनलाई प्राप्त भएन । अरुलाई अर्ती दिन सहज भए पनि आफ्नै मनलाई ढाँट्दै जाँदा पश्चाताप शिवाय हात केही परेन । मन रक्तबीज भएर पोखिरह्यो । भौतिक वस्तुको उपभोक्ता भएका कारण जीवन सरल र सहजताका लागि लालयित बन्यो । इन्द्रियहरू चलमलाई रहे । मनले सैयौँ हण्डर र ठक्कर पायो । चैतन्य शक्तिको निर्णायक भूमिका नहुँदा सम्म शरीर इन्द्रियको दास बन्दै गयो । उमेरको सिँढी अग्लिँदै गए पछि शरीरमा तनाव थपियो । शरीर जीर्ण सीर्ण हुन थाले पछि मनले विश्व विचरण गर्न थाल्यो । चैतन्य शक्तिका जुइनाहरू कमजोर हुँदै गए पछि अदृष्य शक्तिमाथि विश्स्त बन्न कर लाग्यो । त्यो बेला मान्छे केवल आदर्शवादी सोचमा केन्द्रीत हुँदो हो । साथै एक्लिँदो हो ।
भौतिकवादीले एक्लिनु र अध्यात्मवादीले एक्लिनुमा के फरक ? भौतिकवादी वस्तुका तन्तुगत अवस्थिति र रुपान्तरणको विश्लेषण गर्दै त्यसैमा तल्लिन हुन पुग्छ तर अध्यात्मवादी वस्तु तथ्यात्मक कुरा भन्दा पर कल्पनामा गएर शून्यमा शान्ति रहेको निष्कर्षमा पुग्छ र परमगति प्रति विश्वस्त बन्न खोज्छ । आफै पञ्च भौतिक तत्वको प्रतिक भएका कारण शरीरका पाँचै तत्व प्रकृतिमै विलय हुने कुरामा विश्वास गर्छ । यसरी हेर्दा एकातिर पञ्चतत्वमा विलय भएपछि टुङ्गिने कुार गर्छ भने अर्कातर्पm मोक्षमार्गबाट मृत्युपश्चात पुनर्जन्मको परिकल्पना समेत गर्छ ।
कर्मकाण्डवादका आधारमा प्राप्त हुने काल्पनिक स्वर्गको यथार्थ अझै खुलेन पृथ्वीभन्दा अर्को स्वर्ग सायदै होला । जहाँ मृत सञ्जीवनीदेखि सामान्य जडिबुटी प्राप्त गर्न सहजै सकिन्छ र अनेक रुप, सुन्दरता, स्वादको अनगन्ति चीजवस्तु यही धर्तीमा पाइन्छ त्यो भन्दा अर्को उर्वर स्थलको वर्णन केवल कल्पनाको स्वर्गमा मात्र व्याख्या गरिएकै छ जसको वास्तविक उपभोग गरेर आउने कसैले अनुभव बताएकै छैनन् ।
स्व भनेको आफै र ग भनेको ज्ञान प्राप्त भएको व्यक्ति हुनलो यही पृथ्वीमा रहेको पार्थिव प्रकृतिको ज्ञान आर्जन गरेका व्यक्तिहरूका लागि यही भू–मण्डल नै स्वर्ग हो । चार्वाकको सिद्धान्तमा भस्मिभूतस्य देहस्य पुनरागमन कुत ! भनिएको छ । कृष्ण धर्म मान्नेहरू कृष्णको सर्वशक्ति स्वीकार गर्छन् । मुस्लिमहरू अल्लाह सर्वशक्तिमान् हुन भन्छन् र हिन्दु दर्शनका अनुयायी राम, विष्णु, शिव, ब्रह्मा देवी आदि अनेक रुपका शक्ति स्वीकार गर्छन् । अदैत्य र दैत्यका बीच पनि आफ्ना अभिमत छन् ।
आखिर विश्व सृष्टिको क्रम नियाल्दा सृष्टि स्थिति र प्रलय देखिन्छ । प्रकृति र पुरुषको संयोजनबाट सृष्टिका यावत् पक्षहरू सञ्चालित भएको देख्दा न येशुकृष्ट एक्लै सामथ्र्यवान हुन सक्छ न अल्लाह नै । मैथुनिक क्रियाबाट उपन्न हुने स्वर्गमा प्रकृति अनिवार्य शर्त हुन्छ । अमैथुनिक क्रियाबाट हुनेहरूको उत्पत्ति र विकासमा पुन प्रकृतिकै संरक्षकत्व आवश्यक हुन्छ । त्यसैले मैथुनिकहरू भगवान वर्गतिर खडा हुन्छन् भने अमैथुनिकहरू देवतावर्गतिर खडा हुन्छन् । हाम्रो जीवन सञ्चालनमा जुन वस्तुबाट अविच्छिन्न केही प्राप्त गरिरहन्छौँ ती देउता भनिएका हुन सक्छन्् । जसले समय सन्दर्भमा आवश्यक सहयोग एवं परोपकार गर्नमा आफूलाई सरिक गराउँछन् ती भगवानका रुपमा दरिएका हुन सक्छन् ।
जहाँसम्म एकैश्वर र बहुइश्वरीय मान्यताका कुराहरू छन् त्यहाँ प्रकृति र पुरुष समेतको सर्वमान्य शक्तिबाट मात्र सृष्टि संरचना, परिपालन तथा संहारका पक्षहरू प्रकृतिकै नीति, नियमबाट सञ्चालित हुने गर्छन् । त्यसैले जीवनका अनेकौँ भोगाई र अनुभुतिहरूबाटै जगतका कैयौँ रहस्य खोजबिन गर्दै नयाँ–नयाँ प्राप्तिका आयामहरू कायम हुँदै र लोकमा स्थापित हुँदै जान्छन् । समयचक्रकै क्रममा स्थापित हुने, रहने र प्रलय हुने कुराहरू पनि यही विश्व ब्रह्माण्डमा नै हुने गर्छन् । खोज अनुसन्धान गर्नु पत्तो लगाएर त्यसका गुण दोषका आधारमा जीवन जगतका अनेकौँ अनुभव समेट्दै भावी पिँढीलाई नासोको रुपमा आफ्ना गहकिला अनुभव हस्तान्तरण गर्नु आजका पिँढीको कर्तव्य हो । हामीले राम्रो चिन्तन, व्यवहार तथा अन्वेषकात्मक खोजका तथ्यहरू आउँदो पिँढीलाई हस्तान्तरण गर्न सके उनीहरूले पनि आफ्ना खादिएका अनुभव अर्को पिँढीलाई हस्तान्तरण गर्ने परम्परा कायम हुन्छ । जसले जीवन जगत चलिरहन्छ ।

जय अन्त !

शैलेश भट्टराई
हामी नेपालीहरू केही बानीवेहोराहरूमा हाम्रा आफ्नैपनले सम्पन्न छौं । केही उदाहरणहरू हेरौं । चाहे त्यो मलामी होस् वा जन्ती वा गोष्ठी वा उद्घाटन वा सेमिनार सामान्य भेटघाट (डेटिङ्ग चाहिं हैन है! ) जहाँ सुकै होस् नेपाली टाइमको हवाला दिंदै ढिलो पुग्नु । आफू ढिलो पुगेकोमा शर्मिन्दा हुने पर्दैन किनकी त्यहाँ त नेपाली टाइम माथि थप नेपाली टाइम चलिराखेको हुन्छ । यानेकि आफैँ सबै भन्दा छिटो पुगिएको हुन्छ ।
अर्को उदाहरण – जतिसुकै खराब शासक नै किन नहोस् उसलाई शासनबाट हटेपछि पनि हामी सजाय दिन नसक्नु वा दिन नचाहनु । त्यति मात्र कहाँ हो र ? उसका भजन मण्डली र हनुमानहरू जसले जनतालाई गोली ताक्न र उसका क्रूरता ढाक्न अनि बूट बजार्न र रगत झार्न , लौरो ठोक्न र शासकको अगाडी धुपौरो बोक्नमा विद्यावारिधि नै पाका हुन्छन तिनलाई पनि सजाय दिन सक्दैनौं वा दिन चाहँदैनौं । मल्लिक आयोगको प्रतिवेदन मल बन्नु अनि दोषीहरूले उल्टै मान मनितो पाउनु र रायमाझी आयोगको प्रतिवेदनको ‘राम नाम सत्य हो’ गर्नु अनि दोषीहरुलाई राज्यले पुन: पदक विभूषणले सम्मान गर्नु यही बानीको उपज हो । लोकतन्त्र प्राप्तिको आन्दोलनले ह्याट्रिक गर्नुको पछाडी शायद यही उन्नत र चरम लोकतान्त्रिक बानी नै हो कि ! त्यसैले लोकतन्त्र पुनर्प्राप्तिको अर्को आन्दोलन फेरि नगर्नु पर्ला भन्न सकिन्न । बिगत असी बर्ष देखिनै नेपाली जनताको मुख्य काम भनेको लोकतन्त्रको लागि लड्नु अनि सफलता पाउनु फेरि लोकतन्त्रको लागि लड्नु फेरि सफलता पाउनु अनि लोकतन्त्रको लागि लड्दा लड्दै बुढो हुनु वा मर्नु भएको छ ।
यहाँ चर्चा गर्न लागेको नेपालीहरूको अर्को अनुपम बानी अन्तमा काम गर्ने बानीको हो । बेरोजगार मान्छे -जागीर खुल्यो -पैंतीस दिन भित्र फारम भरिसक्नु पर्छ। आआआआआ अझै ३५ दिन बाँकी छ पछि भरौला-शुरुमा यस्तै यस्तै भनिन्छ । आज भरौंला भोलि भरौंला भन्दा भन्दै अन्तिम दिन त आइनै पुग्यो । अन्तिम दिन फारम भर्ने साइत जुर्यो ।फारम भर्न गयो। पाँच किलोमिटर लामो लाममा लागेर, पुरै दिन माया मारेर,भोक प्यास केही नभनी फारम भर्नु प्राय: बेरोजगारहरूको नियति नै भनौं वा बानी नै हुन्छ । जागीरको मात्र होइन म्याद तोकेर सरकार वा निजि क्षेत्रले पब्लिकसंग केही काम गर्दछ भने अन्त्य अन्त्य तिर भीडमभीड हुन्छ भने अरु दिन खुल्लमखुल्ला हुन्छ । यो भीडप्रेमलाई नेपालीको मौलिक बानी भने फरक नपर्ला ।
स्कुल कलेजमा पढ्ने विध्यार्थी -शुरू शुरूमा पढ्न त्यति मन लाग्दैन वा पढिंदैन पढिंदैन। जाँचको फारम भर्ने बेला भो अलि अलि मुटुको चाल बढछ तर त्यो एक दुई दिन मै त्यतिकै हराएर जान्छ ।अब जांचको रुटिन निस्क्यो एकछिन त सातो जान्छ , मुटु ढुक ढुक गर्छ , चिट चिट पसिना आउँछ ,घरमा गएर यसो अलि अलि पढिन्छ पनि तर दिमागले पढेको कुरा पटक्कै टिप्दैन । तर यो उध्यम पनि बादलको छायाँ झैं हराएर जान्छ ।अब थालिन्छ गाइड र गेसपेपरको तलाशमा ।अलि अलि भाको पैसा भेला गरेर बजारतिर लाग्यो सबै बिषयका गेसपेपर अनि अलि गाह्रो बिषयको गाइड ल्यायो ।भित्र भित्रै दङ्ग पर्यो ।अब चाहिं पास कसो नहोइएला भन्यो । फेरि दुइचार दिन यसो पढ्यो ।गर्दा गर्दै जाँच आइपुग्यो ।सम्बन्धित गाइड गेसपेपर नोट सोट जे जे छ्न सबै बोक्यो हिंड्यो ।बेलैमा परिक्षा केन्द्र पुग्यो । त्यहाँ पनि अलि अलि छलफल अलिअलि अध्ययन गर्यो । ए गाँठे ! त्यो बेलामा अरु बेलामा भन्दा दिमाग निकै सक्रिय हुन्छ कि क्या हो ? पढेको कुरा दिमागले फूर्तिसाथ टिप्छ भन्या ! अब जाँच दिन भित्र पस्यो ।जानेको लेख्यो नजानेको यसो गोजी तिर छाम्यो हिम्मत पुगे त्यो पनि लेख्यो नपुगे आङ तानेर टार्यो । अरू नजानेको कुरा वरपरका साथी भाइलाई सोध्यो । कसैले भन्दिन्छन कसैले वास्ता गर्दैनन ।जसले भन्यो उसको कुरा यति चाँडो टिपिन्छ कि अरू बेला अलंकार भन्दा आँ पनि नबुझ्ने मान्छे त्यतिखेर त आँ गर्दा नै अलंकार बुझियो । अन्तमा यस्तो हुँदो रहेछ ।
२०६५ साल जेष्ठ १५ गते भन्दा अगाडिको धेरै समय दलहरूको संवादहीनता मै बित्यो ! संबिधान सभाको पहिलो बैठक अर्थात् त्यही १५ गते गणतन्त्रको घोषणा गर्नै पर्ने थियो । डल्लै बैशाख एक महिना अनि जेठको आधाउधि यत्तिकै बित्यो । ”आआआआ अझै निकै दिन बाँकी छ पछि गरौला नि ! आज मीत सालाको साइकल दोकानको उद्घाटन भ्याएर एउटा बुटिकको शुभाराम्भमा प्रमुख अतिथिको भूमिका निर्वाह गर्नु छ ।” जेठ महिनाको प्रारम्भतिर लाग्दा एकजना ‘समझदार ‘ नेता यसै भन्दै थिए । ”अझै १५ दिन बाँकी छ किन आजै हतार गर्नु !फेरि सहमति हुने होइन । आफ्नो अडान छाड्ने मन पटक्कै लाग्ने होइन। आफ्नो बाहेक अरूको कुरा लोकतन्त्र विरोधी नै लाग्छ । आफूलाई म नै लोकतन्त्र अनि लोकतन्त्र नै म हुँ जस्तो लाग्छ । उही झगडा उही लफडामा किन पर्नु ? बरू आज क्यासिनोमा निम्ता छ त्यतै तिर मोज गर्नु पर्ला अस्तिकोले धीतै मरेको छैन ।” अर्का ‘इज्जतदार’ नेता चाहिं यसो भन्दै थिए । बिस्तारै बिस्तारै समय घर्कंदै गयो । अब संबिधान सभाको पहिलो बैठकले गणतन्त्र घोषणा नगरी नहुने भयो । येन केन प्रकारेण गर्नै पर्ने भयो । भूपी शेरचनले ‘हामी’ कवितामा ”हामी आफू खुशी कहिल्यै मिल्न नसक्ने कसैले मिलाइदिनु पर्ने” भने झैं अन्तमा शायद कसैले मिलाइदिएर होला सहमति भयो गणतन्त्र घोषणा भयो । यसरी अन्तमा नै कुरो मिल्नु हाम्रो मौलिक बानी हुँदै आको छ ।
अब कुरा गरौं हालसालैको । संबिधानका आङ नै जिरिङ्ग हुने त्यत्रा विवादित मुद्दा सबैमा सहमति भयो । चार बर्षमा नभाको काम चार दिन मै चट ! यसो हेर्दा, नेतागणलाई केर्दा, कुरो मिल्ने छाँट देखिएकै थिएन संबिधानको जग लेखिएकै थिएन । अझ राष्ट्रिय सहमतिको सरकार त्यो पनि सबभन्दा ठुलो दल यानेकि माओवादीको नेतृत्वमा -यो त झन् असम्भव नै थियो, नेपाली जनताको महत्वकांक्षाको हद नै थियो ।तर सब कुरो मिल्यो सब सम्भव देखियो । यो सबै चमत्कार कसरी भो ? उत्तर हो -उही भूपी शेरचनको कविता ‘हामी’ र अन्तमा मात्रै काम गर्ने हाम्रो सनातन देखि चलिआएको बानी !! भैरव अर्यालले भूँडीको महिमा गाउँदै जय भूँडी भने जस्तै अन्तिममा काम गर्ने हाम्रो राष्ट्रिय बानीलाई जय अन्त किन नभन्ने ? त्यसैले जयन्त !!(अनलाइनखवर)

जनभावना कुण्ठित नहोस् – सम्पादकीय

दिनानुदिन संविधान जारी गर्ने समय छोटिँदै जाँदा मुलुकमा आन्दोलनका स्वरुपहरू कडा–कडा बन्दै गएका छन् । संसदमै सहभागी रहेका देखि विभिन्न सांस्कृतिक पक्षले समेत सडक जाम गरेर आफ्ना कुरा सुनुवाइ गर्न दबाव दिएका छन् । पहिचानका कुरा लिएर आदिवासी जनजाति आन्दोलित छन् भने अखण्डको विषयमा ब्राह्मण–क्षेत्री कुर्लिएका छन् । त्यस्तै, थारुहरूको आफ्नै मागले सडक तताएको छ भने कतै राजधानीको माग गर्दै बन्द र हड्ताल गरिएका छन् । समग्रमा मुलुक यतिबेला राज्यको नियन्त्रण भित्र छैन । सबै पक्षका मागलाई सुनुवाई गर्नुपर्ने दायित्व पूरा गर्नमा त राज्य चुकेकै छ, तर मुलुकमा व्याप्त अराजकतालाई नियन्त्रण गर्नमा समेत राज्यले नतमस्तक बसिदिनु व्यवहारिक मान्न सकिन्छ ।
१० वर्षे सशस्त्र विद्रोहको समयमा विद्रोही पक्ष माओवादीले उर्दी जारी गर्दा र बमको पासो थाप्दा समेत सरकारी निकायहरू सूचारु रहन्थे । सेवाग्राही जनताले राज्यबाट प्राप्त गर्नुपर्ने सेवा पाएकै छन् । तर, आजको लोकतान्त्रिक परिवेशमा गणतन्त्रात्मक मुलुकका नेपाली नागरिकहरू राज्यबाट प्राप्त गर्नुपर्ने सेवा सुविधा प्राप्त गर्न सकिरहेका छैनन् । मुलुकभरको अवस्था हेर्दा प्रत्येक दिन जुन पक्षले मुलुक बन्द गर्ने उर्दी जारी गरेको छ, उसका कार्यकर्ताहरू हातमा डण्डा र चिरपट बोकेर पहिले धम्क्याउन पुग्ने स्थल बनेका छन् सरकारी कार्यालयहरू जब मुलुकमा सरकारी निकाय समेत बन्द गराइन्छ भने अन्य निजी व्यापार, व्यवसायी, उद्योग, यातायात आदिको त कल्पना सम्म गर्न सकिन्न ।
जेठ १४ नजिकिँदै गर्दा राज्यमा गजबको उदण्डा बनेको छ । जसले जे माग गरेर बन्द गरे पनि सरकारका तर्पmबाट सुरक्षा प्रशासनलाई बल प्रयोग नगर्न आदेश दिइन्छ । जनताका अधिकारका लागि बन्द–हड्ताल जस्ता कार्य भएका भनिन्छ । तर, त्यही सरकारले असंख्य सर्वसाधारणको समस्या, पीडा र वेदना देख्न सक्दैन । जो दैनिक रोजीरोटी गरेर बाँचेका वर्ग छन्, जसलाई दिनभर श्रम गरेर साँझ किनमेल गर्नु छ, आफ्नो र आश्रित परिवारको पेट भर्नु छ । सरकारले त्यो वर्गलाई नागरिक देख्न सकेन । उनीहरूको समस्या गौण बन्यो र जेठ १४ को आसपासमा आन्दोलनको फेरो समातेर जसलाई राजनीतिक सिडी उक्लन हत्तारो छ, ती वर्गको आशक्ति प्रति मात्रै सरकार अतिसंवेदनशील बन्यो । यो परिप्रेक्ष्यमा मुलुकले भोगिरहेको विडम्बना आफैमा हास्यास्पद हुन जान्छ । आन्दोलनमा नेतृत्व गर्ने पक्ष आफ्ना लागि तयारी गरेरै सडकमा उत्रन्छ । तर, जसलाई जिन्दावाद र मुर्दावाद कराउने फुर्सद छैन, जो बिहानदेखि साँझ सम्म पसिना बगाएर साँझ झुप्रामा चुल्हो सल्काउँछ तिनका बारे न त आन्दोलनका नाइकेहरू सचेत छन् न त राज्य नै चिन्तित छ । यसर्थ, जतिसुकै ठूलठूला स्वरले अधिकारका नारा उराले पनि तल्लो वर्गका लािग ‘कागलाई बेल पाक्यो, हर्ष न विस्मात’ कै अवस्था रहेको स्पष्ट छ । आवाजविहीन, निमुखा, कमजोेर आदि वर्ग तथा समुदायका अधिकार स्थापित गर्न गरिएको भनिएका आन्दोलनहरूले दिनानुदिन त्यही वर्गको ढाड सेकिन्छ भने यस्ता आन्दोलनहरूको उपलब्धीबारे खोजिनु भन्दा पनि नियतबारे विश्लेषण गर्न जरुरी हुन्छ ।
जेठ १४ आसपासका सेरोफेरो जोडेर गरिएका आन्दोलनहरूबाट कति प्रगति भयो भनेर नखोजे हुन्छ । तर, कति नोक्सानी भयो, त्यसबारे भने जरुर खोजी गरिनपर्दछ । संविधान जारी गर्ने विषयसँगै सबै पक्ष, समुदाय र वर्गका आकांक्षा जोडिनु स्वभाविक छ । तर, यही विषयलाई आधार मानेर नितान्त आन्दोलनकै हर्कतबाट मात्रै अघि बढ्ने हो भने असंख्य जनताका जनभावना कुण्ठित हुने निश्चित छ । जनभावना कुण्ठित पारेर जनताका लागि जे जति गरिए पनि त्यसको अर्थ रहँदैन ।