हाईड्रो हाउस:

दक्षिणी इलामको दानाबारीमा निमार्णाधीन सानिमा माई हाईड्रपावर लिमिटेडको विद्युत उत्पादन गृह । यो हाईड्रपावर निर्माण सम्पन्न भएपछि २२ मेगावाट क्षमताको विद्युत उत्पादन हुनेछ । तस्विर : राम योङ्हाङ ।

हाईड्रो हाउस:

दक्षिणी इलामको दानाबारीमा निमार्णाधीन सानिमा माई हाईड्रपावर लिमिटेडको विद्युत उत्पादन गृह । यो हाईड्रपावर निर्माण सम्पन्न भएपछि २२ मेगावाट क्षमताको विद्युत उत्पादन हुनेछ । तस्वि

तेल अभावले गाडी कटौतीको अवस्था – मुख्य समाचार

गोपाल झापाली
दमक, वैशाख १७/एकमहिना भन्दा लामो अभावका कारण झापामा मागको आधा पनि पेट्रोलियम पदार्थको आपूर्ति हुनसकेको छैन । डिलरहरुले समेत सवारी साधनको ‘रुट दुरी’ तथा संवेदनशीलताका आधारमा तेल बिक्री गरिरहेका छन् । माग अनुसार पेट्रोलियम पदार्थ पाउन नसकेपछि यातायात व्यवसायीहरु भने सवारी साधन कटौती गर्ने अवस्थामा पुगेका छन् ।

पर्याप्त मात्रामा पेट्रोलियम पदार्थ पाउन नसके पछि आफूहरु दैनिक सञ्चालन हुने सवारी साधनको सङ्ख्या घटाउने अवस्थामा पुगेको उनीहरुले बताएका छन् । लामो समयसम्म लाईनमा बस्नुपर्ने र नियमित तेल लगाउने पेट्रोल पम्पहरुबाट मात्र पेट्रोल तथा डिजेल पाइने गरेको छ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका बरिष्ठ उपाध्यक्ष श्रीप्रसाद मैनाली पम्पहरुले सवारी साधनलाई बाँडेर तेल दिने गरेको र माग अनुसारको पाउन नसकेको बताउँछन् । कतिबेला कहाँ पुगेर गाडी रोकिने हो भन्ने चिन्ता नमानी सवारी साधन सञ्चालन गर्नु परेको उनले बताए । ‘प्रत्येक पम्पमा १०÷१० लिटर तेल हाल्दै जानुपर्छ’ उनले भने– ‘एउटै पम्पबाट चाहे जति तेल नपाउँदा लामो दुरीका सवारी साधन सञ्चालन गर्न त झनै समस्या भएको छ, कतिबेला गन्तव्यमा पुगिने हो टुङ्गै हुँदैन ।’ नेपालमा बारम्बार नेपाल आयल निगमको घाटा देखाएर पेट्रोलियम पदार्थको मूल्य बृद्धि गरिए पनि अभाव नहटेकोमा उनको आक्रोश छ । तेल आयात हुने मुलुक भारत र नेपालमा प्रति लिटर २० रुपैयाँसम्मको फरक रहेको उल्लेख गर्दै फेरि पनि पेट्रोलियम पदार्थको मूल्य बढे आफूहरु पनि सवारी साधनको भाडा बढाउन बाध्य हुने उनले बताए । हाल मेची अञ्चलबाट दैनिक काठमाण्डौका लागि ४० ओटा यात्रुबाहक बस जाने गरेका छन् । यसैगरी नेपालगञ्ज, पोखरा, धनगढी, भैरहवा लगायतका स्थानमा समेत गरी ८० ओटा भन्दा भन्दा बढी यात्रुबाहक बस लामो सेवाका लागि छुट्ने गरेको मेची यातायात व्यवसायी संघले जनाएको छ । झण्डै दुई महिना देखि नै पेट्रोलियम पदार्थ माग अनुसारको पाउन नसकिए पनि अभाव चर्किएको दुईसाता भएको यातायात व्यवसायीहरुले बताएका छन् ।
पेट्रोलियम पदार्थको अभावकै कारण छोटो तथा मध्यम दुरीका सवारी साधन समेत कटौती हुने अवस्थामा पुगेका छन् । नियमित रुपमा तेल हाल्ने गरेका पम्पहरुबाट मात्र डिजेल तथा पेट्रोल पाईने गरेको यातायात व्यवसायीहरु बताउँछन् । कन्काई यातायात व्यवसायी संघका सचिव गंगा सिटौला झापा भित्रका तथा बिराटनगर, धरानसम्मका लागि दैनिक ४ सय जति यात्रुबाहक बस सञ्चालन हुने गरेको बताउँछन् । ति बसहरुले बिहान, साँझ तथा तेल आएको कुनै पनि समयमा लामो समयसम्म लाईन लाग्नुपर्ने गरेको उनले बताए । ‘तेल आएकै समयमा पुगिएन भने त रित्तै पनि फर्कनुपर्छ’ उनले भने– ‘बाहिरबाट आउने गाडी थपिए भने त झनै अभाव चर्कन्छ ।’
पेट्रोलियम पदार्थका व्यवसायीहरुले भने आयल निगमबाट नै माग अनुसार तेल नआएका कारण बजारमा पर्याप्त पेट्रोलियम पदार्थ उपलब्ध हुन नसकेको बताएका छन् । मेची पेट्रोलियम डिलर्स एशोसिएसनका कोषाध्यक्ष टीकाराम पिठाकोटे निगमलाई अग्रिम भुक्तानी गर्दा समेत माग अनुसारको तेल पाउन नसकिएको बताउँछन् ।
उनले भने– ‘हामीले नै माग अनुसारको तेल पाउन सकेका छैनौं, हामीले पनि भए त बजारमा उपलब्ध नगराउने त कुरै आउँदैन नि ।’ उनका अनुसार मेची अञ्चलमा रहेका करिब ५० डिलर तथा पम्पहरुले मागको आधा पनि पेट्रोलियम पदार्थ उपलब्ध हुनसकेको छैन । निर्माण कार्य बढी हुने अहिलेको समयमा मेचीमा दैनिक ३ लाख लिटर भन्दा बढी डिजेल र डेढ लाख लिटर पेट्रोलको माग हुने गरेपछि करिब आधा मात्र उपलब्ध गराउन सकिएको व्यवसायीहरुले बताएका छन् ।

दाहाल र भट्टराईले गद्धारी गरेको आरोप

दमक, वैशाख १७/एकिकृत नेकपा माओवादीका सचिव सिपी गजुरेलले पार्टी अध्यक्ष पुष्पकमल दाहाल र उपाध्यक्ष बाबुराम भट्टराईले ‘नेपाली क्रान्ति’ र ‘जनयुद्धका योद्धा’माथि धोका दिएको आरोप लगाएका छन् ।
‘जनयुद्ध’का क्रममा नेपाली सेनालाई दुश्मनको रुपमा चित्रित गरेका उनीहरुले आफ्ना योद्धालाई उनीहरुकै अस्तित्वमा बिलिन गराएको उनको आरोप छ । दमकमा शनिबार संयुक्त जनआन्दोलन संघर्ष समितिले गरेको आमसभामा समितिका संयोजक समेत रहेका उनले नेपालमा नयाँ जनवादी क्रान्तिको आवश्यकता औल्याए । क्रान्तिको बाटो भुलेकाहरुले देशमा शान्ति र स्थाईत्व ल्याउन नसक्ने दाबी गर्दै गजुरेलले सच्चा संघीयवादीहरु गोलबन्द हुन आवश्यक रहेको उल्लेख गरे । सोहि कार्यक्रमका अर्का वक्ता नेकपा (माओवादी)का संयोजक मातृका यादवले क्रान्तिको व्याज खाएर नेपाली जनतामाथि राजनीति नगर्न आग्रह गरे । माओवादी पार्टीका पूर्व नेता समेत रहेका उनले शान्ति प्रकृया टुङ्ग्याउन र नयाँ संविधान जारी गर्न बर्तमान सरकार भङ्ग हुन आवश्यकर रहेको उनको जिकिर थियो ।

कार्यक्रममा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च सम्वद्ध संघीय लिम्बूवान राज्य परिषद्का अध्यक्ष कुमार लिङ्देनले पहिचान र जातीयताका आधारमा राज्यको पुनर्संरचनासहितको संविधान जारी नगरिए आफूहरुलाई अमान्य हुने बताए ।
क्रान्तिकारी कम्यूनिष्ट पार्टीका महासचिव मणि थापा, माओवादी सभाषद् किरण राई, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका महासचिव खगेन्द्र माख्खिम, अखिल नेपाल आदिवासी जनजाति महासंघ एकिकृतका नगेन्द्र राई, जनमुक्ति पार्टी नेपालका विश्व आरटीएडी किराती, माले समाजवादीका देवेन्द्र गोतामे, नेकपा एकिकृतका दाचाराज वाग्ले, आदिवासी जनजाति महासंघ समाजवादीका रामसिंह लामा, थारु मुक्ति संग्रामका डा. ललन चौधरी लगायतले संघीय गणतन्त्र स्थापनाको सपना धरापमा पर्दै गरेको बताए ।
एमाओवादीका बिक्रान्तको अध्यक्षतामा सम्पन्न सभामा मञ्च सम्बद्ध संघीय लिम्बुवान राज्य परिषद्की सचिवालय सदस्य शान्ता योङ्हाङले स्वागत मन्तव्य राखेकी थिइन् भने सञ्चालन सचिवालय सदस्य प्रेमदीप थाम्सुहाङले गरेका थिए ।
फोटो ः आमसभा उद्घाटन गर्दै नेता गजुरेल, लिङ्देन लगायत ।

उच्च मावि बनाउन सहयोग जुट्दै

६ दिनमा १० लाख, १ बिगाहा जग्गा
माहाभारा, वैशाख १७/ गाविसमा नै पहिलो उच्च मा.वि. सञ्चालन गर्न आवश्यक सहयोग रकम जुटाउने उद्देश्यले माहाभारामा सञ्चालित महापुराणमा  १ बिगाहा बढी जग्गा र नगद १० लाख रुपैयाँ सहयोग जुटेको छ ।
वडा नम्बर ३ कुञ्जिबारीस्थित बालकल्याण माविमा उच्च माध्यमिक तहको पठन पाठन सञ्चालन गर्ने उद्देश्यले ६ दिन अघिदेखि सञ्चालित श्रीमद भागवत ज्ञान महायज्ञमा दाताहरुले सो सहयोग प्रदान गरेका हुन् । जग्गा प्रदानको घोषणा गर्नेहरुमा माहाभारा–४  का श्रीप्रसाद राजवंशी, अघोरी राजवंशी र कोरोबारीका श्रीमप्रसाद न्यौपाने रहेका छन् । राजवंशीद्वयले क्रमश १४ कठ्ठा साढे १७ धुर र २ कठ्ठा तथा न्यौपानेले कोरोबारी–४ मा पर्ने ५ कठ्ठा जग्गा प्रदान गर्ने घोषणा गरेका विद्यालयका सह–प्रधानाध्यापक तथा आर्थिक संकलन समितिका संयोजक भोलाप्रसाद खतिवडाले जानकारी दिए ।
सो अवसरमा सुरुङ्गाका व्यवसायी टिका तिम्सिनाले समेत ५१ हजार रुपैयाँ नगद हस्तान्तरण गरेका खतिवडाले बताए । त्यस्तै सोही विद्यालयका भूपू विद्यार्थी स्व. विजय कोइराला (पुण्य) को स्मृतिमा उनको परिवारले १ लाख १ रुपैयाँ बराबरको पुण्य स्मृति अक्षयकोष खडा
गर्ने घोषणा गरेका छन् ।
उनका दाजु विष्णु कोइरालाले महायज्ञमा सो घोषणा गरेका हुन् । कोषबाट प्राप्त ब्याज रकम सोही विद्यालयमा अध्ययनरत आर्थिक रुपमा कमजोर परिवारका विद्यार्थीहरुलाई प्रदान गर्ने बताइएको छ ।
नेपाल विकास कोषको सहयोगमा सञ्चालित सो महापुराणमा आचार्य पण्डित सुदर्शन ढुंगेलले कथा वाचन गरिरहेका छन् ।

शिविरको विद्यालयमा आगलागी

मोरङ, वैशाख १७/ मोरङको शनिश्चरेस्थित भुटानी शरणार्थी शिविर भित्र रहेको शरणार्थी बालबालिका पढ्ने विद्यालयमा शनिबार राति आगलागी भएको छ ।
राति करिब ९ बजे विद्यालयमा आगलागी सुरु भएको हो । शिविर सचिव चम्पसिंह राईले आगलागीको कारण खुल्न नसकेको बताएका छन् । आगलागीबाट स्कूल पूर्णरुपमा जलेर नष्ट भएको छ । आगो निभाउन शरणार्थी, सुरक्षाकर्मी र दमक नगरपालिका तथा इटहरी नगरपालिकाका दमकल खटिएका छन् ।
यो समाचार तयार पार्दासम्म आगो पूर्णरुपमा निभाइ नसकेपनि नियन्त्रणमा आएको सचिव राईले जानकारी दिए ।  हावा हुरी र सुख्खा मौसमसँगै तराई क्षेत्रमा दिनहु जसो आगलागीका घटना दोहोरिन थालेपनि आगो निभाउन भरपर्दो मानिएको वारुण यन्त्रको उपलब्धता सहज हुननसकेको सर्वसाधारणको गुनासो छ ।

समिति बने पनि अनशन रोकिएन

बेलडाँगी, वैशाख १७/भुटानी शरणार्थीहरुको पुनर्दर्ता प्रक्रियाका लागि समिति गठन गरे पनि पाँच दिनदेखि  अनशनमा बसेका भुटानी शरणार्थी महिलाहरुले अनशन तोडेका छैनन् ।
गृह मन्त्रालयले मन्त्रालयका उप–सचिव शम्भुप्रसाद घिमिरेको संयोजकत्वमा ३ सदस्यीय समिति गठन गरेपनि अनशनकारीहरुले प्रकृया शुरु भएपछि मात्र अनशन रोक्ने बताएका छन् । उनीहरुको स्वास्थ्य अवस्था बुझ्न शनिबार अनशन स्थलमा पुगेको अधिकारकर्मीहरुको टोलीलाई उनीहरुले सो बताएका हुन् ।
नेपाल बार एशोसिएसन झापाका अध्यक्ष टंक उप्रेती, नेपाल मानवअधिकार संगठनका केन्द्रीय सदस्य तथा पूर्वाञ्चल संयोजक केपी सुवेदी, हुरेक्ड झापाका अध्यक्ष नारायण भट्टराई, ईन्सेक झापाका संयोजक लक्ष्मी निरौला तथा भुटानी शरणार्थी प्रतिनिधी स्वदेश फिर्ती समितिका संयोजक डा. भम्पा राईसहितको टोलीले अनशनकारीको अवस्था गम्भिर भएको भन्दै उनीहरुलाई मानवोचित व्यवहार गर्न आग्रह गरेका छन् ।
अनशनकारी एवम् परिचयपत्र तथा राहत बञ्चित शरणार्थी महिला समूहकी संयोजक दूर्गादेवी विष्टले शरणार्थीको पुनर्दर्ता प्रकृया शुरु भएपछि मात्र अनशन रोकिने बताइन् ।
गृहमन्त्रालयले गठन गरेको समितिबारे जानकारी दिन आयोजित पत्रकार भेटघाटमा ईलाका प्रशासन कार्यालय दमकका प्रमुख यज्ञ आचार्यले पुनर्दर्ताका लागि गठित समितिको कार्यालय ३ दिन भित्रमा नैं स्थापना गरिने र प्रकृया शुरु गरिने बताए । उनले शरणार्थी महिलाहरुलाई अनशन स्थगित गर्न समेत आग्रह गरेका छन् ।

एमाले उपाध्यक्षमाथि हातपात

दमक, वैशाख १७/नेकपा एमालेका झापा जिल्ला कमिटी उपाध्यक्ष लोकबहादुर धिमालमाथि एक समूहले हातपात गरेको छ ।
शनिबार राति धिमाललाई दमक १५ चिया दोकान स्थित निवासमै रहेको पसलमा चुरोट किन्न भन्दै आएको समूहले घाँटीमा समाएर हातपात गर्न सुरु गरेका उनका नातेदार दीपक धिमालले बताए ।
सो समूहले हातपात गर्नको कारण थाहाँ हुन नसकेको बताइएको छ । धिमाललाई हातपात गरे लगत्तै उनको परिवार र गाउँलेले सो समूह विरुद्ध प्रतिकार गरेका थिए । सो पछि मोटरसाईकलमा चढी आएका १०–१२ जनाको समूहले धिमालसहित गाउँका अन्य घरहरुमा समेत ढुंगा हान्दै आतंक मच्चाएका स्थानीयबासीले बताएका छन् । इलाका प्रहरी कार्यालय दमकले घटनामा संलग्न रहेका भनिएका तीनजनालाई तत्कालै नियन्त्रणमा लिइ अनुसन्धान सुरु गरेको प्रहरी निरीक्षक मिलन भट्टराईले जानकारी दिए ।,

व्युरोमा ९२ जना

उर्लाबारी, वैशाख १७/ बिभिन्न पार्टीमा आस्था राख्ने  ९२ जना युवाहरु एकिकृत नेकपा माओबादी निकट युवा संगठन जनस्वयम्सेवक परिचालन ब्यूरोमा प्रवेश गरेका छन् ।
जनस्वयम्सेवक परिचालन ब्यूरो नगर  समिति उर्लाबारीले शनिबार आयोजना गरेको पार्टी प्रवेश र प्रशिक्षण कार्यक्रमको अवसरमा ९२ जना युवाहरु ब्यूरोमा प्रवेश गरेका हुन् । ब्यूरोका उर्लाबारी नगर अध्यक्ष सुसन लिम्बुको सभापतित्वमा भएको सो कार्यक्रममा नव प्रवेशीहरुलाई प्रमुख अतिथि समेत रहेका कोचिला राज्य समिति सचिवालय वरिष्ठ सदस्य लक्ष्मी पौडेल (विवेक) ले प्रशिक्षण दिएका थिए ।
सोही कार्यक्रममा वडा नं.२ मा बिधान बराल इन्चार्ज र निरज सुब्बा सह–इन्चार्ज, वडा नं. ४ मा सन्तोष शाह इन्चार्ज र संजिव शाक्य सह–इन्चार्ज, वडा नं. ६ मा सूर्य बस्नेत इन्चार्ज र सनम तामाङ सह–इन्चार्ज र वडा नं.७ मा ज्ञानु फागो इन्चार्ज तथा बरिष्ठ सल्लाहकार बिष्णु नेपालीलाई मनोनियन गरिएको छ ।
त्यस्तै भूपाल दर्जीको अध्यक्षतामा रिक्सा मजदुर यूनियन समेत  गठन गरिएको छ । दर्जीको नेतृत्वमा २४ जना रिक्सा मजदुरहरु ब्यूरोमा प्रवेश गरेका छन् । पार्टीका मोरङ क्षेत्र नं. ९ का इन्चार्ज अन्नत राजवंशी, ब्यूरोका मोरङको क्षेत्र नं. १,२ र ९ का कार्यवहाक इन्चार्ज समिर कुईकेल, पार्टीका उर्लाबारी इन्चार्ज प्रेम घिमिरे, सचिव डिल्ली नेपाली, ब्यूरोका उर्लाबारीका बरिष्ठ उपाध्यक्ष राजिव लिम्बू लगायतले बालेका थिए । कार्यक्रम ब्यूरोका उपाध्यक्ष जिवन राईले सञ्चालन गरेका थिए ।

प्रतिष्ठानको नाममा ठगी

दमक, वैशाख १७/दमकस्थित जेष्ठ नागरिक सम्मान प्रतिष्ठानको नाम बेचेर ठगी शुरु भएको छ ।  संस्थाको सहयोग रसिद छपाएर बृद्ध आश्रम सहयोगार्थ भन्दै केहि व्यक्तिहरुले ठगी गरिरहेको प्रतिष्ठानले जनाएको छ ।
प्रतिष्ठानको हुबहु देखिने गरी छपाईएका सहयोग रसिद काट्दै दमकका वडा नम्बर ८, १६ तथा लखनपुरका केहि क्षेत्रमा ठगी भइरहेको पाइएकाले आफूहरु गम्भिर बनेको अध्यक्ष भवानीप्रसाद दाहालले बताए ।
प्रतिष्ठानले तत्कालै बृद्ध आश्रम बनाउने योजना नरहेको कोषाध्यक्ष सीताराम खतिवडाले जानकारी दिए । कसैले प्रतिष्ठानको नाममा सहयोग माग्न आए सत्य–तथ्य बुझेर मात्र सहयोग दिन उनले आग्रह गरे ।

सशस्त्र प्रहरी पकली फाइनलमा – खेल समाचार

लखनपुर, वैशाख १७/झापाको लखनपुरमा जारी नवौँ एसवाइसी च्यालेन्ज कप अन्तर्राष्ट्रिय आमन्त्रण भलिबल प्रतियोगिताको शनिबार सम्पन्न खेलमा भारतको सिलीगुढीस्थित सूर्यकिरण फ्रेन्ड्स क्लबलाई हराउँदै सशस्त्र प्रहरी पकली फाइनलमा प्रवेश गरेको छ ।

शनिबार भएको पहिलो सेमिफाइनल खेलमा सशस्त्रले बेस्ट अफ फाइभमा सिलिगुढीको फ्रेन्ड्सलाई २५–२०, १८–२५, २३–२५, १९–२५ र १५–८ को अन्तरले हराएको थियो । निकै प्रतिष्पर्धात्मक सो खेलको अन्त्यतिर फ्रेन्ड्सका खेलाडी अतुल सिंहलाई एम्पायर विनय राईले खेल मर्यादा उल्लंघन गरेको भन्दै ‘पहँेलो’ कार्ड दिएका थिए । दुवै टिम २०६७ सालको क्लबले सञ्चालन गरेको सातौँ संस्करणको फाइनल खेलमा समेत प्रतिष्पर्धा हुँदा सशस्त्र विजयी भएको थियो । दुवै टिममा आधा बढी राष्ट्रिय खेलाडीहरु सहभागी थिए ।
आईतबार हुने सेमिफाइनलको अन्तिम खेलमा समूह ‘बी’ बाट फाइनलको लागि भगवान ब्रदर्श बिर्तामोड र लिम्बुवान मुक्ति मोर्चाको ‘ब्’ टीमबीच हुने  आयोजक सगुन युवा क्लवका अध्यक्ष गणेश आङ्देम्बेले जानकारी दिए । गत वैशाख ९ गतेदेखि सञ्चालन भएको सो प्रतियोगिताका विजेता, उप–विजेताले क्रमश १ लाख र ५० हजार नगद र ट्रफी पाउने छन् । फाइनल वैशाख १८ गते हुने आयोजकले जनाएको छ ।
शनिबार नै क्लबले आयोजना  गरेको साङ्गीतिक कार्यक्रममा कलाकार दमन रुपाखेती,  शेखर खनाल र गायक तिलक बम मल्लले प्रस्तुति दिएका थिए ।

मैत्रीपूर्ण फुट्बल खेल

कुञ्जिबारी, वैशाख १७/ नयाँ वर्ष २०६९ को अवसर पारेर माहाभारा–४ र ५ बीच आज मैत्रीपूर्ण फुट्बल खेल हुँदैछ ।
वडानम्बर ४ स्थित बालुवाडीको खेलमैदानमा सो खेल हुने वडानम्बर ५ का टेकराज लिम्बू (मन्त्री) ले जानकारी दिए । 
प्रतियोगिताको बिजेता टिमले ५ हजार रुपैयाँ पुरस्कार हातपार्ने बताइएको छ । दुई वडाका युवाहरुबीच आपसी सम्बन्ध थप सुदृढ बनाउने उद्देश्यले समेत सो कार्यक्रम आयोजना गरिएको लिम्बूले बताए ।

जेष्ठ नागरिक सम्मानित

दमक, वैशाख १७/ नेकपा एमाले दमक–१३ नम्बर वडा कमिटीले शनिबार ८ जना जेष्ठ नागरिकलाई सम्मान गरेको छ ।
स्थानीय ९३ वर्षीय खडानन्द अधिकारी, ९२ वर्षीया कलमाया अधिकारी तथा जीतबहादुर श्रेष्ठ, ८८ वर्षीया इन्द्रकुमारी ओस्ती, ८४ वर्षीया दीपा शिवाकोटी, ७८ वर्षीय डम्बरुबल्लभ प्याकुरेल तथा गणेशप्रसाद न्यौपाने र ७६ वर्षीया हीरादेवी गजमेरलाई दोसल्ला ओढाएर सम्मान गरिएको हो ।
पार्टीका वडा अध्यक्ष हरी न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथी एमाले केन्द्रीय अनुशासन आयोगका सदस्य अर्जुन राई तथा जिल्ला अध्यक्ष रविन कोइरालाले जेष्ठ नागरिकहरु समाजका इतिहास भएकाले उनीहरुको सम्मान र संरक्षण आवश्यक रहेको बताए ।
जेष्ठ नागरिकहरुको सामाजिक महत्व बुझाउने तथा उनीहरुको योगदानलाई कदर गर्ने उद्देश्यले सम्मान गरिएको वडा संगठक राम प्रधानले बताए । कार्यक्रम वडा सचिव खगेन्द्र अधिकारीले सञ्चालन गरेका थिए ।

धिमाल लोक नाचका केही विशेषताहरु

धिमाल लोकनाचका प्रकार, उत्पत्ति, चिनारी र लोकसंस्कृति र धर्मसंस्कृतिको सम्बन्धीको संक्षिप्त सिंहावलोकनको आधारमा केही विशेषताहरु औँल्याउन सकिन्छ ।
क) सामाजिकता तथा सामूहिकताको स्पष्ट विद्यमानताले धिमाल लोकनाचका जटिल र विकट नभएर अत्यन्त सरल र सहज छन् । तिनलाई सिक्न र बुझ्न कुनै विशेष प्रशिक्षणको आवश्यकता हुँदैन । अतः ती खास रुपले सिकाइँदैनन् या सिकिँदैनन् । स्वतः समाजको सदस्यको नाताले जन्जात परम्परागत कलाहरुको उत्तराधिकारी भएर व्यक्तिले विभिन्न संस्कारहरु पचाउँदै र पार गर्दै सहजरुपमा बालककालदेखि नै परिचित हुन्छन् ।

ख) धिमाल लोकनाचहरु वैयक्तित रचना नभएर सामाजिक सृजनाको रुपमा बढी स्वीकृत छन् । एदतर्थ व्यक्तिविशेषको व्यक्तित्वको प्रछापको सर्वथा अभाव नभए पनि सामाजिकताको प्रछाप प्रखर हुने हुन्छ । यसैले पनि ती लोकनाचका समान विशेषताहरु सर्वगम्यता, सर्वसुलभता र सर्वग्राह्यताले परिपूर्ण छन् । तिनमा नाच प्रस्तुतिकरणको क्रमिक सिलसिला प्राप्त भए पनि कथात्मताको भने नितान्त अभाव देखिन्छ ।
ग) धिमाल लोकनाचहहरु अत्यन्त सहज र स्वभाविक लाग्छन् । लोकनाचका अनिवार्य अङ्गहरु ताल, लय र अङ्गभंगिमाको दृष्टिकोणले ती एकरुप छन् । तिनमा आवश्यक एकरुपताको लागि नर्तकहरुले एक अर्काको हस्त, ग्रीवा, पाउ, कटी आदिको सञ्चालनको निमित्त सह–नर्तकहरुलाई पटक–पटक दृष्टि परीक्षणले र गायक तथा वादकहरुले एकै लयबद्धता र समान तालबद्धताको निर्वाहको निमित्त आफ्ना सह–कर्मीहरुलाई चनाखो श्रवण परीक्षणको पूर्णत अभावमा पनि धिमाल–लोकनाचमा नृत्यका सबै अंगहरु स्वभाविक रुपमा संपृत्त भेटिन्छन् ।
घ) धिमाल–लोकनाचमा धिमाल–लोक–जीवनमा प्रचलित परम्परा, रीतिरिवाज, लोक–धर्म विश्वास जातीय विचारधारा एवम् संस्कारहरु सम्मिलित र प्रतिबिम्बित छन् । ती अनुष्ठानिक र मनोरञ्जनात्मक दुवै छन् । त्यसैले ती कालस्थान र परिस्थितिबाट केही प्रभावित भए पनि परम्पराकै रुपमा बढी प्रतिष्ठित र मर्यादित छन् । तिनको प्रदर्शनमा हीनताबोधभन्दा बढी जातीय गौरब बोध र लक्षित उद्देशय प्राप्तिको आतुरता देखिन्छ ।
ङ) धिमाल–लोकनाचहरु सबैजसो धार्मिक एवम् सामाजिक उत्सव चाड तथा पर्वहरुसँग सम्बन्धित भए पनि तिनमा विशेष परिधान र विशेष अलंकरणको प्रयोग पाइँदैन । यसो हुनाको कारण धिमालहरु मनोरञ्जन र आडम्बर र देखावटी पनलाईभन्दा नाचको अनुष्ठानिक एवम् आदूई पक्षलाई विशेष महत्व प्रदान गर्ने गरेको पनि हुन सक्दछ धिमालहरु नाचमा पनि सामान्य श्रृङ्गार र दैनन्दिन पोशाककै प्रयोग गर्दछन् र बहुधा ‘आल्गी’ (सेतो बर्को) ले मुख छोप्ने गर्दछन् ।
च) धिमाल–लोकनाचमा कण्ठसंगीत र बाद्यसंगीत दुवैको समान प्रयोग र समान महत्व देखिन्छ । धिमा, नृत्यगीत ताल र लयको दृष्टिकोणले सरल, सहज र आकर्षक छन् । तर तिनमा एकरसता र एकरुपताको बढी प्रधानता देखिन्छ ।
छ) धिमाल–लोकनाचमा बढी प्रयोग हुने लोकबाजाहरु हुन्– ढोलक, उर्नी र गोमना । यी बाजाहरुमा बज्ने ‘पोदो’ कै आधारमा धिमाल–लोकनाचहरु नाचिन्छन् । धिमालहरु धिमाल–लोकनृत्यमा प्रयुक्त कुनै पनि वाद्यको जोडी मिलाउन आवश्यक मान्दछन् । विशेषतः एक जोडी ढोल, एक जोडी उर्नी र एक जोडी मुर्चुङ्गा बजाउँदछन् । यी बाजाहरुको जोडी मिलाउँदा पनि उनीहरुको डाँका (भाले) तथा माइनी (पोथी) स्वरको सन्तुलन तथा समन्वय कायम गर्ने गर्दछन् ।
ज) धिमाल लोकनाचहरुमा नृत्यको विविध मुद्रा केही भए पनि निश्चित नाचमा निश्चित मुद्राको प्रधानता र प्रमुखता पाइन्छ । एक प्रकारले प्रधान अङ्गभंगिमा तथा मुद्राकै आधारमा धिमाल लोकनाचहरुको नामकरण भएको पाइन्छ । धिमाल नाचमा नाचका सञ्चालित अङ्गभंङ्गिमाहरुमा चपलताभन्दा मन्दता भए पनि लयबद्धताले गर्दा आकर्षक छन् । धानमा बहुत केराको पात चलेको नक्कल गर्ने प्रवृत्तिको प्रदर्शन हुने गर्छ । नृत्य गठन विधिको सम्बन्धमा धिमाल लोक नाचमा गोलाकार र अर्ध गोलाकार रुपको गठन अधिक मात्रामा पाइन्छ । साभार ः धिमाल लोक धर्म र संस्कृति

कविता

तिमि नै बाँच संविधान 

खिलेन्द्रप्रसाद सुवेदी
म मरे पनि तिमी नै बाँच संविधान नहेर मलाई
बाँच्ने हक तिमं्रै यहाँ दुनिया तिम्रै हो
संविधान जस्तो बाँचेर हिँड्नु बेकार मात्रै हो
जो आफै मरे जस्तो छ यहाँ त्यसैलाई मार्दछौँ
संविधान भनेको के हो त्यो थाहा छैन थप्पड हान्दछौ
तिमी नै बाँच यो देशमा संविधान
निमुखा जनतालाई दिएर बलि महान् बन्दछौ
तन्त्र र वाद जे सुकै भन संविधान तिमी के ठान्दछौ
गरीबीहरु मर्नु र बाँच्नु संविधान तिम्रो खेल हो
ज्येष्ठ चौध सम्म पनि तिमी बनेनौँ भने सिंहदरबार तिम्रो जेल हो
अन्याय गर अपराध गर जे गर्न चाहन्छौ
बोल न बोल संविधान तिमी यो देशका ढाँट्नमा महान छौ
नियम तिम्रो कानुन तिम्रो हतियार पनि तिम्रो हो
हातमा लिई तिमीले लेख्ने मसी कहाँको हो
तिमी नै बाँच यो देशमा संविधान
सदाको दिन तिमीलाई मात्र उज्यालो भएछ
ज्येष्ठ १४ गते पर्खेर बस्छु के हुँदो रहेछ
हिम्मत साँची पर्खन सके  यो रात जाला कि
शान्तिको सास फेरेरु यहाँ सबै बाँच्न मिल्ला कि
पसिना र रगत नबगाए सम्म तिमी बन्दैनौ
तिमी नै बाँच संविधान अब कसैलाई गन्दैनौ
तिमीले ग¥यौ आन्दोलन तिमीले फुटायौ टाउको
पट्टि फुकाउन सकिएन चोट धेरै लाग्यो घाउको
भिरबाट हाम फाल्न सक्दैनौ तिमी सधैँ भरी अब रुनेछौ
तिम्रो नाम लिएर यो देशका जनता धेरै दुःखी भए
म मरे पनि तिमी  नै बाँच संविधान म त खुशी भए
तोडफोड भए गाडी जले संविधान तिम्रो नामले
म त बिदा लिँदैछु जे–जे गर्न  छ गर अब तिम्रो कामले
महङ्गी बढ्यो, तरल पदार्थ पढ्यो त्यो सबै तिम्रो भोटले
के–के बोल्नु पर्छ बोल्दै गर संविधान तिम्रो त्यो कलिलो ओठले
म मरे पनि तिमी नै बाँच संविधान नहेर मलाई
भाषण गर्दा तिम्रो नाम अघि आउँछ लेखाइबाट सकियो आजलाई
सुनाइीदनु यी कुरा तिम्रो त्यो सिंहदरबारका जहान परिवारलाई
कोरोबारी–१, तुलाचन झापा (नेपाल)




 





हजार सपना र मनमाया 
विमला तुम्खेला
यो बाटोको अन्तिम बिन्दु
यो आकाशको क्षितिज

उनले कुल्चिएर गएका पाइलाको खत
कसरी हरायो
कतै.....
समुन्द्रको तुफान भएर
पीरले पोतिएको उनको कालो अनुहार
पृथ्वीको कुन सीमामा पर्छ
सपनाको निख्खर सेतो घोडा चढेर हुत्तिएकी थिई
तुफान जस्तो
जङ्गलका यी चोर बाटोहरुमा ।

हिजोजस्तो केही छैन
लोग्नेको मृत्युसँगै
आफ्नो भन्नु ट्यारलीङ्गके रातो साडी छ
उसलाई
जतनसाथ राखेकी छे काठको पुरानो बाकसमा ।

धर्ममा बाँधिएर मानिस कसरी दास बन्छ

पुरै
पुरै जीवन स्मृति जस्तो
लोग्नेको धमिलो तस्वीर हेर्दै बितरे जान्छ ।

उसको अस्तित्व भनौँ
उसले हेर्ने आकाश
आर्मी नं. १२१५४३१ गोर्खा इन्जिनियरको विधुवा पत्नी
‘मनमाया लिम्बू’
मूलढोकाको शिरमा सजिएको केही पुरानो तक्मा
अब,
उसको आँखा क्षितिज भएको छ ।

रातो सिन्दूरसँगै
उसको आफ्नो छुट्टै पहिचान छैन
सायद,
सपना देख्ने हक पनि छैन
तर,
कालो सागर जस्तो
कालो जीवन भोगेर
कसरी उभिइरही उ एक्लै यो ठाउँमा
छातीमा दोस्रो विश्वयुद्धको पुरानो चोट लिएर
कसरी बाँची यस समयसम्म ?
उसको पीरले पोतिएको यो वनजङ्गल
पृथ्वीको कुन सीमामा पर्छ ?

भन्छे–
यो मन पत्थर भइसकेको छ
तर,
यस धर्तीमा पहिलो पल्ट आँखा खोल्दा
यस धर्तीमा पहिलो पल्ट पाउ राख्दा
कसैको सपनाको सुन्दर छोरी थिई

जीवनको ६० वर्ष
आर्मी नं. १२१५४३१ गोर्खा ईन्जिनियरको विधवा पत्नी भएर बिताई ।

जवाफ देऊ
जवाफ देऊ उसले भोग्न नपाउँदै गुज्रिएर गएको जीवनको
उसको रहरलाग्दो सपना
पग्लिएर कसरी अरुण बग्यो यो पहाडको खाोचमा ?
धेरै प्रश्नहरु उसलाई पछ्याउँदै टक्क अडिएको छ
र,
मनमाया उभिएकी छे,
यो राज्यको व्यवस्थाको अघि
यो आकाशको मुनी
कहिल्यै नसकिने प्रश्नै प्रश्न भएर ।

साहित्यमा आलोचना – खुल्ला आकाश

श्यामप्रसाद
अरु विÈयमा जस्तै साहित्यमा आलोचना गर्दा पनि धेरै कुराको विचार पु¥याउन सक्नुपर्छ । तीमध्ये केही कुरा यी हुन् ः–
कुनै–कुनै कवि–लेखक जानाजान नै जनताको कुभलो हुने कुरा लेख्ने गर्छन्, बोल्ने गर्छन् । तर कैयन् साहित्यकारहरु जनताको हित नै चिताएर चल्छन् तापनि चेतना र अनुभवको कमीले गर्दा तिनका रचना र प्रवचनहरुमा जनताको अहित हुने कुरा समेत पर्न गएका हुन्छन् । पारखी आलोचकले यी दुई थरीलाई राम्ररी छुट्याएर आङ्खना पाठकहरुलाई प्रष्टसित चिनाइदिन खोज्नुपर्छ ।
अपराध पनि ठूलो–सानो हुन्छ । अपराधको आलोचना गर्दा होस् अथवा कमजोरीको, ठूलोलाई बढी गम्भीरतापूर्वक लिनुपर्छ भने सानोतिनोप्रति चाहि“ त्यति नै बढी गम्भीर भइरहनु हु“दैन । यसरी सन्तुलन राख्न जानिएन भने आलोचनाले राम्रो परिण्ाँम ल्याउन सक्दैन ।
आलोचना गर्ने ठाउ“ पाइयो भन्दैमा आलोचकले अरुप्रति अलिकति पनि अनादर देखाउनु हु“दैन । सार रुपमा, जतिसुकै तिखो कडा आलोचना गर्न कर लागे पनि प्रस्तुतीकरण्ँ वा शैली भने विनम्र र शिष्टतापूणर््ँ हुनु अति आवश्यक छ । गल्ती जसले पनि गर्न सक्छन् र कुनै न कुनै प्रकारको कमजोरी पनि सबैमा हुन्छ भन्ने कुरा बुझेको आलोचक घमण्डी र फुइ“वाज हु“दैन ।
समानतापूणर््ँ व्यवहार गरी अरुको इज्जत राख्न जान्ने नम्र आलोचकको मानमर्यादा नघटेर झन्झन् बढ्दै जान्छ । आफूले गरेको आलोचना सही छ, गलत छैन भन्ने कुरा देखाउन तर्कहरु दिनुपर्छ र उदाहरण्ँ–प्रमाण्ँहरु पनि पेश गर्नुपर्छ । यसरी सिद्ध गरेर देखाउनु नपर्ने, दोÈ लाइदिए मात्र पुग्ने पद्धति न्यायपूणर््ँ र वैज्ञानिक ह“ुदैन । तर्कहरु पनि कुरा जित्न मात्र बल गर्ने खालको नभई वास्तविकतासित मेल खाने हुनुपर्छ । व्याकरण्ँ लेखिएर, कोÈ बनाइदिएर र अरु भाÈाको साहित्य अनुवाद गरिदिए नेपाली भाÈालाई समृद्ध पार्न ठूलो सघाउ पु¥याउने विद्वान् र विशेÈज्ञहरु जति सबैलाई नेपाली भाÈाको विकासका बाधक भनी फतुर लाउन पुगियो भने त्यस्तो आलोचना कसरी यथार्थवादी ठहरिएला ?
आलोचना तर्कपूणर््ँ र प्रामाण्ँिक भएर मात्र पनि पुग्दैन, त्यो अरुलाई पनि चित्त बुझ्ने खालको समेत हुनुपर्छ । यो आलोचना त मनासिबै हो भन्ने कुरा आलोचना गरिएको व्यक्तिको मनमा समेत पार्न सक्ने आलोचकलाई त झन् प्रभावशाली मान्नुपर्छ । आलोचना प्रभावपूणर््ँ हुन सके पहिले बाटो बिराउने कवि–लेखकले पनि पछि निकै होस गर्नुपर्ने हुन्छ र आङ्खनो कमजोरी फाल्न चाहने साहित्यकारहरुले पनि त्यसबाट प्रेरण्ाँ पाउ“छन् ।
हामीले जतिसुकै वुद्धि र विवेक पु¥याएर आलोचना गरे पनि सब साहित्यकार र सबै पाठकहरुलाई त्यसको पÔमा तान्न त सकि“दैन होला । तर तीमध्ये सकेसम्म धेरै जनालाई आङ्खनो पÔमा तान्ने प्रयत्न भने अवश्य हुनुपर्छ । यस्तो प्रयन्न पुगेन भने सम्बन्धित आलोचनाको पÔमा आउन सक्नेहरुमध्ये पनि धेरैजना छुट्छन् । आङ्खनै शिविरका साथीहरुको समेत समर्थन पाउन गाह्रो पर्ने आलोचना गर्ने बानी बस्न गयो भने सफल आलोचक कसरी बन्न सकिन्छ र ? सफल आलोचक बन्न त मित्रहरु नै बढी कमाउन सक्नुपर्छ ।

जेठ १४ को कसरत – दोस्रो लेख

लक्की चौधरी
जति–जति जेठ चौध नजिकिदै छ, त्यति–त्यति चिया गफले सघनता पाइरहेको छ । जेठ १४ मा नया“ संविधान सम्भव छ ? दलका नेताहरुले विवादित विÈयमा सहमति गर्लान् ? निर्धारित समयमा अव संविधान जारी नभए के हुन्छ ? मुलुक दुर्घटनामा फ“स्छ कि चौध पछि १५ अन्य बेलाझै आउ“छ र जान्छ ? यावत प्रश्न र जिज्ञासाहरु नागरिकको मनमा उब्जिन थालेको छ । रुखको छहारी तल शितलताको गफ होस् या क्यान्टिनका चियागफ या सडक गल्ली किनारका चियापसल सबैतिर आजभोलि त्यही गफले बढी प्राथमिकता पाएको छ । कोही एक महिनामा अझै संविधान जारी सम्भव छ भनेर आशा गरेका छन् भने कोही तीन वर्È ११ महिनामा बन्न नसकेको संविधान एक महिनामा असम्भव छ भनेर आशंका व्यक्त गरिरहेका छन् ।
संविधान बन्ने नबन्ने विÈयमा जति आशंका नागरिकका मनमा उब्जिए पनि दलका नेताहरुले भने जेठ १४ मा संविधान बनाउनै पर्ने भाÈण्ँ गरेर थाकेका छैनन् । यद्यपि उनीहरुको यो प्रतिवद्धता विगत चार वर्È देखिको हो । उही पुरानै शैलीमा प्रतिवद्धता गर्ने दलका नेताहरुको बोलीमा नागरिकको भरोसा अडेको नदेखिए पनि अन्तिम सास रहुन्जेल आश गर्नुको विकल्प पनि छैन । मनमा जति आशंका र आक्रोश भएपनि अन्तिम घडिमा नेताहरुले केही गर्लान् कि भन्नेसम्मको नागरिकको मनको कुनामा झिनो आशा कायमै छ । अब अन्तिम सास भनेको जेठ १४ अगाडि नया“ संविधान जारी गर्ने नै हो । त्यसैको व्यग्र पर्खाइमा सबै देखिएका छन् । नेताहरुको गम्भीरता र बैठक सघनताको स्थितिलाई हेर्दा अझै दलका नेताहरु संविधान बनाउनमा त्यति गम्भीर बन्न नसकेका हुन् कि भन्ने आशंका छ ।
चैत २८ गते भएको दलका नेताहरुबीचको सहमतिले सेना समायोजनको प्रक्रियालाई गति दियो । समायोजनको गतिले शान्तिप्रक्रिया निष्कर्Èमा पुग्नेमा सबै दल विश्वस्त छन् । शान्तिप्रक्रियाको एक हिस्सा मानिने सत्य निरुपण्ँ तथा मेलमिलाप आयोग र बेपत्ता नागरिक छानविन आयोग गठनको प्रक्रियालाई प्रमुख तीन दलको वैशाख ७ गतेको बैठकले दुइटा आयोगको सट्टा एउटा मात्रै शक्तिशाली आयोग गठनको सहमति जुटाएको छ । दुइटै आयोगको मनसाय र कामको प्रकृति उस्तै भएको ठानी नेताहरुले एउटामात्र शक्तिशाली आयोग गठन गरी सोको कामकाज अगाडि बढाउने सहमति गरे । यद्यपि त्यसको प्रक्रिया अलि झन्झटिलो र लामो प्रकृतिको छ । सरकारले दुइवटै आयोगको विधेयक समेत संसदमा लगिसकेको अवस्था छ । अव त्यसलाई फिर्ता लिई अर्को विधेयक संसदमा सरकारले दर्ता गराउनु पर्नेछ । संसद बैठक बसी विधेयक फिर्ता लिने विÈयमा सहमति बन्नुपर्ने छ । अर्को विधेयकमा संसद बैठकमा सहमति गर्नुपर्ने छ । प्रक्रियाअनुसार अध्यादेश विधेयकमा जानुपर्ने छ ।
शान्तिप्रक्रियाले गति लिएको भन्दै संविधानका विवादित विÈयमा सहमति गर्न दलका नेताहरुले अन्तिम पटकका लागि वैशाख ६ गतेदेखि पा“च दिनसम्म समयसीमा पाएका थिए । तर त्यो समयावधि आइतबार समाप्त हु“दैछ । कार्यव्यवस्था परामर्श समितिले पा“च दिनको समय प्रदान गरेपनि दलका नेताहरु विवादित विÈयमा सहमति खोज्न त्यति गम्भीर देखिएनन् । संविधानसभा अध्यÔ सुवासचन्द्र नेम्वाङले सहमतिका लागि आग्रह गर्दै दलका नेताहरुलाई उपत्यका नछाड्न पटक–पटक आग्रह गर्दासमेत त्यसलाई वेवास्ता गर्दै नेताहरु पालैपालो उपत्यका बाहिरका कार्यक्रममा भाग लिने गरेका छन् । जसका कारण्ँ बैठक अलपत्र परेको छ । समय थप्न सम्मका लागि सबै नेताहरु एक भएर प्रयास गर्ने पछि उपत्यका बाहिरका कार्यक्रममा व्यस्त हुने उनीहरुको पुरानै शैली हो । यसप्रति नेताहरु स्वयम् जानकार भएपनि गम्भीर बन्न नसक्नु विडम्बनापूणर््ँ छ ।
उसो त नेताहरु अन्तिम घडीसम्म सहमतिको प्रयास गर्ने नभए प्रक्रियामै गएर मतदानद्वारा टुङ्गोमा पुग्ने विकल्प देखेर त्यति गम्भीर नबनेका होलान् । तर प्रक्रियामै गएर सबै विÈयको छिनोफानो गर्नेभए यतिका दिन र वर्Èसम्म किन सहमतिको ढोंग रचेर समय वर्वाद गर्नु पथ्र्यो ? वैशाख १० गतेसम्म सहमतिको प्रयास गर्ने नभए ११ गते ३ बजे बस्ने संविधानसभामा विवादित विÈयलाई सहमतिका लागि प्रस्तुत गरिने निश्चित् भइसकेको छ ।
दलका नेताहरु संविधानसभा नियमावली तथा अन्तरिम संविधानको धारा ७० मा गरिएको व्यवस्थालाई संशोधन गरी अगाडि बढ्ने यसअघि नै सहमति गरिसकेका थिए । सोहीअनुसार जेठ ७ गते बसेको मन्त्रीपरिÈदको बैठकले अन्तरिम संविधानको धारा ७० लाई संशोधन गर्ने निणर््ँय गरिसकेको छ । मन्त्री परिÈदको यस्तो निणर््ँयले प्रक्रिया छोट्याएर भए पनि संविधान निर्धारित समयभित्रै जारी गर्ने ढोका खुलेको छ । संविधानसभामा उपस्थित सदस्य संख्याको दुइ तिहाई बहुमतले विवादित विÈयका धाराहरु पारित हुनेछ । सहमतिका लागि पन्ध्र दिनसम्म प्रयास गर्ने व्यवस्थालाई हटाई संविधानसभाको सदस्यहरुको दुई तिहाई बहुमतले सो विवादित विÈयमा मतदानद्वारा तत्काल छिनोफानो गर्ने व्यवस्था कायम भएको छ । सो व्यवस्थाले भटाभट विवादित विÈयलाई निस्कर्Èमा त पु¥याउन सकिएला तर त्यसले आम नेपाली नागरिकको माग र भावनालाई सम्बोधन गर्न सक्ला कि नसक्ला भन्ने आशंका भने उठेको छ । तर के गर्ने दलका नेताहरुले सकेसम्म प्रयास गरेकै हुन्, सबैको आ–आङ्खनै अडानका कारण्ँ विवादित विÈयमा सहमति हुन नसकेको हो भनेर नेताहरु भाÈण्ँ गर्ने बहाना पाएका छन् ।
सवाल सहमति हुने या नहुने भन्दा निर्धारित समयमा संविधान जारी हुने या नहुने प्रमुख बन्दै गएको छ । जेठ १४ भित्र एकथान संविधान जारी नभए देशमा कस्तो किसिमको समस्या र संकट आइपर्ला ? दलका नेता तथा जिम्मेवार नागरिकको मनमा डरत्रास उत्पन्न हुन लागेको छ । संविधान जारी नभए विकराल समस्या आइपर्न सक्छ । शान्तिप्रक्रिया टुङ्गोमा पुगेपछि दई दिनमा विवादित विÈयमा सहमति गर्ने बताउने दलका नेताहरुको Ôमतामा प्रश्न चिन्ह लाग्न थालेको छ । यद्यपि सेना समायोजनको कामले मात्र पूणर््ँतः शान्तिप्रक्रिया टुंगोमा पुगेको भने होइन । बेपत्ताको छानविन गरी स्थिति सार्वजनिक गर्ने, सम्पत्ति घर जग्गा कब्जा फिर्ता गर्ने, सत्य तथा मेलमिलापको वातावरण्ँ निर्माण्ँ गर्ने लगायतका शान्तिप्रक्रियाका बा“की काम ज्यू“का त्यू“ छन् । यो काम पूरा हुन अझै थुप्रै समय लाग्नेछ । यो कामकै कारण्ँ संविधान निर्माण्ँ कार्य रोक्न भने मिलेन । तर एकथान संविधान दिएर पनि समस्या समाधान भने हु“दैन । सबै जाती, वर्ग, लिङ्ग, उपेÔित, अल्पसंख्यक, सीमान्तकृत वर्गको अधिकार सम्पन्न हुनैपर्छ ।
अहिले सबै जातजाति, वर्ग, लिङ्ग, उपेÔित, पीडित, दलित, मुश्लिम, आदिवासी जनजाति, मधेसी लगायतका समुदायहरु पहिचान र अधिकार सहितको निर्धारित समयभित्र संविधान जारीको माग गरिरहेका छन् । निर्धारित समयमा संविधान जारी नभए ठूलो संकट निम्तिनसक्ने खतरा पनि उनीहरुले औल्याइरहेका छन् । तर दलका नेताहरु सो कुरालाई सुनेर पनि नसुनेझै गर्दै आएका छन् । समस्या समाधानको कुरालाई हल्का पारामा लिने हो भने देशमा गृहयुद्ध निम्तिए त्यसको जिम्मेवारी तीन प्रमुख दलका नेताले लिनुपर्ने बाध्यता आइलाग्छ । सबै साना राजनीतिक दलका नेताहरुले तीन प्रमुख दलका नेताले सहमति जुटाएर संविधान जारी गरे आफूहरुलाई स्वीकार्य हुने बताइसकेपछि पनि संविधान जारी हुन नसके स्वतः त्यसको जिम्मेवारी तीन दलमै जान्छ । तथापि ती नेताहरु एकअर्काको मुख हेरेर समस्या निडानमा गम्भीरता देखाएका छैनन् । उनीहरुको लापरवाही र भुलभुलैयाले भोलि देश वर्वादीतिर गयो भने समस्या दललाई मात्र होइन, सबै नेपालीलाई आइपर्ने छ ।
देश संक्रमण्ँकालीन अवस्थाबाट गुज्रिरहेका बेला संविधान निर्धारित समयमा जारी नभएकै बहानामा अराजकताको स्थिति आइहाल्यो भने त्यसलाई थेग्न दलका नेता सक्छन् कि सक्दैनन् ? यसै भन्न सक्ने अवस्था रह“दैन । किनकि निर्धारित समयमा संविधान नबने अन्तरिम संविधानको वैधानिकता समाप्त हुनेछ । कार्यकारी प्रमुख स्वतः कामचलाउ हुनेछन् । संविधानसभा विघटन हुनेछ र देशमा वैधानिक कुनै निकाय कायम रहने छैन । त्यस्तो बेलामा देशमा कस्तो अराजकता निम्तिएला सहजै अनुमान गर्न सकिन्छ । अहिलेसम्म दाउ पर्खेर बसेका तत्व र शक्तिहरु सक्रिय हुनेछन् । आगोमा घिउ थप्ने काम भई देशमा जातजातीगत द्वण्द्व निम्तिन सक्छ । दलहरुले जारी गर्न नसकेको संविधान जातजातीले आफै जारी गरी समानान्तर सत्ता निर्माण्ँ गर्न सक्ने प्रबल सम्भावना रहन्छ । नेताहरुको राजनीतिक भविष्य समाप्त हुन सक्नेछ । यस्तो विकराल अवस्थाको सृजना हुनसक्ने अवस्थाको मूल्याङ्कन दलका नेताहरुले पनि गरेका होलान् । तर समस्या समाधान भन्दा बल्झाउनेतिर नेताहरु उन्मुख भएका छन् । यो गति कायमै रहे निर्धारित समयमा संविधान जारी कसरी सम्भव हुन्छ ?

स्मृतिका दिनहरुमाथि वक्रदृष्टि – पहिलो लेख

नरपति पाण्डे
भौतिक जगतमा रहेका सबै वस्तुहरुमा द्वन्द्व हुन्छ । द्वन्द्व कै परिणामले विकासको गति निरन्तर चलिरहेको छ । व्यक्ति, समाज र राजनीति यो द्वन्द्वबाट निरपेक्ष हु“दैन । द्वन्द्वले वस्तु र विचारको विकास गरेको छ । प्रकृतिको संघर्षमा मानव सम्बन्धको अध्ययन गर्दा द्वन्द्वको निरन्तरता प्रष्ट हुन्छ । अन्याय, अत्याचार, व्यभिचार, भ्रष्टाचार र दुराचारको विरुद्ध पीडितहरु संगठित भई संघर्ष गर्नु, व्यक्तिवादी, निरंकुश र स्वेच्छाचारी राज्य प्रवृत्तिलाई निरुत्साही गरी असल शासनका लागि राजनैतिक संघर्ष, आन्दोलन र युद्ध गर्नु पनि विशिष्ट द्वन्द्व कै रुपहरु हुन् । नेपाली जनताले आºनो अपनत्व भएको शासन सत्ता स्थापनाका लागि गौरव गर्ने परिवर्तन प्राप्त गरेका छन् र ति दिनहरुको विशिष्ट महत्वको सम्झना गर्नु अनुजहरुको ऐतिहासिक कर्तव्य हो ।
वि.स. २०६३ साल वैशाख ११ गतेको महान उपलब्धिको राजनैतिक पृष्ठभूमि २००७ साल फागुन ७ गते र २०४६ साल चैत्र २६ गते नै हुन् । फागुन ७, चैत्र २६ र वैशाख ११ गतेका ऐतिहासिक विशिष्टतालाई हेर्न, बु¤न र पचाउन नसक्ने जो कोही सत्ताधारी आज होस् या भविष्यमा न गतिशील बन्न सक्छ न आम नागरिकहरुको सम्झनाको नायक नै । जनताको साहसको कदर गर्ने र मुलुकको भलो चिताउने शिष्ट सत्ता नेतृत्व मात्रै राष्ट्रको प्रतिक बन्न सक्दछ । आºनो तुष्टीकरणलाई लाद्न खोज्ने दुस्साहसी कर्ताहरु बादशाही पतनमा बिलाउने छन् ।
जनताको जागरणलाई निस्तेज बनाउन हत्या, हिंसा, बदला, शत्रुता, अपहरण, फर्मान जस्ता हिंस्रक औजार प्रयोग गर्ने शासक इतिहासमा गिल्लाका पात्र मात्र हुन्छन् । राणाहरुले जागरण रोक्न जागरणका अभियन्ताहरुलाई झुण्ड्याएर, गोली हानेर, बेपत्ता पारेर सिध्याउने दुष्प्रयत्न रोजे । राणाकालमा जागरणको ‘ज’ सम्म खुस्रुक्क गर्न नपाइने तथ्य जिउ“दा इतिहासहरु बताउ“छन् । तर पनि नभागीकन, नलुकीकन, जनतालाई दुःख नदिइकन त्यस्तो टाइट कालचक्र र जोखिम कालमा गंगालाल श्रेष्ठहरुले राणाशाहीको सत्ता गल्र्याम्म बनाउन आफूलाई होमी दिए । फागुन ७ गतेले राजनीति उत्साहलाई सञ्चार ग¥यो । कुनै राजा महाराजा, तानाशाह र लºफाबाजीहरुको सम्झना र स्मृतिमा होइन राजनीतिक स्वतन्त्रा, नागरिक अधिकार, मानवअधिकारको लागि गतिशील बाटो देखाउने अग्रजहरुको सम्झना गर्ने, आदर गर्ने र सम्मान प्रकट गर्ने दिन हो हरेक वर्षको फागुन ७ गते ।
जनताले प्राप्त गरेको अधिकारलाई राणाको कुम्भीपाकमा हुर्केको राजपरिवारले सम्मान गर्न मानेन । सत्रसालबाट राणाहरुको वि“डो शाही परिवारमा सल्कियो । राणा र शाही परिवारमा रुपमा देख्दा केही फरक तर सारमा तात्विक भिन्नता थिएन त्यसको उदाहरण राजपरिवार र पञ्चायतको विपक्षमा खिस्रिक्क गर्नेहरुको सर्वनास हुन्थ्यो । तर राजनैतिक शिक्षाले ल्याएको जागरणले द्वन्द्वलाई विकसित गरिरहेको थियो । समाज र विचार निरन्तर गतिशील एवम् परिवर्तनशील रहने सामाजिक नियमलाई शाही ढा“चाले दबाइ रहन प्रयत्न ग¥यो फलस्वरुप चैत्र २६ गतेले जनताको पक्षमा विजयहरु बोकेर ल्यायो । निहत्था आमनागरिकहरु सडकमा ओर्लेर आºनो भविष्य निर्माणको राजनैतिक बाटो सुनिश्चित गर्न कुर्वानीमा विजय प्राप्त गरेको त्याग, समर्पण, बलिदान र उत्सर्ग प्रति सम्झना गरी सम्मान प्रकट गर्ने दिन चैत्र २६ गते हो । अनि त्यसको अवमुल्यन गर्नु प्रतिगामी पात्र बन्नु मात्र हो ।
चैत्र २६ को विजयले प्राप्त गरेको राजनैतिक स्वतन्त्रता, मानवअधिकार, नागरिक अधिकार र बहुलवादी सहिष्णुता इतिहास मै ठूलो उपलब्धि थियो । शान्तिपूर्वक विभिन्न वर्ग, तह र स्तरका जनताहरुमा आºनो विचार निर्धक्क राखेर प्रतिस्पर्दा गर्ने पूर्ण स्वतन्त्रताको खिल्ली उडाउने दुष्प्रयत्न अचानक सृजना भयो । मुलुकमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका विभिन्न स्वार्थ भएका गैरराष्ट्रिय शक्तिकेन्द्रहरुको अप्राकृतिक चियो, चर्चो र चासो ह्वात्तै बढ्यो । अतिवादी प्रवृतिले मुलुकको विशिष्टतालाई लत्याउ“दे नकरात्मक द्वन्द्वलाई संस्थागत ग¥यो । विश्वमा चौगुणाले भएको सूचनाप्रविधिको विकास, भू–मण्डलीय सहभागीता र संयुक्त राष्ट्रसंघको उपस्थितिले शास्त्रीय जड राजनीतिलाई विस्थापन गरेको वास्तविकता विपरित लम्बे एवम् दुर्बोध शस्त्र विद्रोह मुलुक र नागरिकको लागि उपयोगी थिएन । फागुन ७ गते, चैत्र २६ र वैशाख ११ गतेको ऐतिहासिकतामा कुण्ठा, पूर्वाग्रह, आग्रह र असहिष्णुताको दृष्टिदोष लागेको छ । गणतन्त्र स्थापनाका जगहरुको उपहास, उपेक्षाले लोकतान्त्रिक वा जनवादी सत्ताहरुको फलिफाब गर्ने छैन ।
जनताले गरेको त्याग, संघर्षको उपलब्धिलाई स्वार्थको तराजुमा जोख्ने, मुल्य–महत्वलाई बिटुल्याउने प्रवृत्ति दुई धु्रविय अतिवादको भूव“रीमा फ“साउने क्रम जारी छ । यसको नेतृत्व सरकारले गरेको छ । माघ १६, फागुन ७, चैत्र २६ र वैशाख ११ गते खेला“चीबाट प्राप्त भएका दिनहरु होइनन् । दुस्साहस र कत्लेआमको परिणामबाट स्थापित दिनहरु पनि होइनन् । जनतालाई जबरजस्त मान्न बाध्य पारेर ऐतिहासिक बनेका दिनरु पनि होइनन् । लामो वैचारिक संघर्षको सकरात्मक द्वन्द्वले स्थापति गरेका ऐतिहासिक उपलब्धिका दिनहरु पो हुन् त ।
असहिष्णुता र अनुदारवादी रोगले प्रगति विरोधी बनाइरहेको छ । लोकतन्त्र, स्वतन्त्रता, स्वाधिनता र देशको अस्तित्व दुस्साहसको कोपभाजनमा फ“स्दै गएको छ । राजा त्रिभुवन र महेन्द्रले वि.स. १९९७ देखि २०१५ सालसम्म जनता र उनीहरुका प्रतिनिधि राजनैतिक शक्तिहरुले प्रजातन्त्र, स्वतन्त्रता, स्वाधिनता र विकासका लागि गरेका प्रयास र प्राप्त गरेका उपलब्धिहरुलाई पूर्ण रुपमा उखेल्ने दुस्साहस निरन्तर गर्दाको परिणाम उनीहरु कै लागि दुःखद सावित भयो ।
वर्तमानको शासकीय राजनीतिमा शोभनीय–अशोभनीय भन्ने प्रवृति बा“की रहन छोडेको छ । अनि विवेक र अविवेक पनि । देश लुट्ने र लुटाउने शक्तिकेन्द्रहरुको आवरण र¨, ढा“चाको पहिचान गर्न हम्मेहम्मे पर्न थालेको छ । राजनतिकि र¨ले रक्तरञ्जित विध्वंसहरु नगन्यहरुलाई मनोरञ्जन भएका होलान् तर त्यसले बिच्चिएका र किच्चिएका उत्पीडितहरुलाई सन्तान दरसन्तानका लागि आक्रोश, पीडा, जलन, विलाप, विभाजन र पलायनको सन्त्रास बनिरह्यो । नकरात्मक द्वन्द्वले कोपरेका घाउहरुलाई शितलता दिन पनि माघ १६, फागुन ७, चैत्र २६ र वैशाख ्११ गतेहरुका दिन प्रेरणादायी बनाउन सरकारी स्तरबाट सुहाउ“दो भव्यतापूर्वक मनाउन जरुरी थियो र रहिरहनेछ । ति दिनहरुको ऐतिहासिकतालाई जीवन्त राख्न सरकार र सम्बन्धित राजनीतिक दलले बक्रदृष्टिले होइन दुरदृष्टिले सोच्न र व्यवहार गर्न अग्रगामी रुपान्तरणका लागि पनि जरुरी छ ।

शरणार्थी अधिकारको प्रत्याभूत गर–सम्पादकीय

परिचयपत्र तथा राहत पीडित भुटानी शरणार्थी महिलाहरु आमरण अनसनमा बसेको ६ दिन समय गुज्रिसकेको छ । शरणार्थी सरोकारका निकाय अघि खुल्ला आकाशमुनी विगत ६ दिन देखि शरणार्थी परिचयपत्र र दातृ निकायबाट शरणार्थीलाई प्रदान गरिने राहत प्राप्त गर्न थालिएको यो आन्दोलनले कुन गति लिन्छ ? अहिले यसै भन्न सकिने अवस्था छैन । तथापि, लगातार ४ दिनसम्मको अनसनलाई बेवास्ता गरेको गृहमन्त्रालयले ५ औँ दिनमा भने पीडित शरणार्थीका सम्बन्धमा आशालाग्दो कार्य थालेको छ । गृहमन्त्रालयका उपसचिव शम्भुप्रसाद घिमिरेको संयोजकत्वमा शरणार्थी पुर्नदर्तँ कार्य थालिने लिखित जानकारी जिल्ला प्रशासन कार्यालय झापा मार्फत जानकारी भएको छ ।
३ हजार ७ सय बढी शरणाथर््ी समुदाय यतिबेला शरणार्थीको परिचयबाट वञ्चित छन् । खान र लाउन नदिएको विषय फरक होला, कुनै मानव समुदायका लागि उसको परिचय नै नहुनु मानव अधिकारका दृष्टिले अन्याय हो । यसको न्यायिक ढङ्गले सम्बोधन हुन जरुरी छ । आन्दोलनका थुप्रै चरण र महत्व हुन्छन् । आफ्ना मागका सम्बन्धमा आन्दोलन गर्ने पक्ष समेत सचेत हुन जरुरी छ । पछिल्ला घटनाहरुमा भुटानी शरणार्थी महिलाहरुको आन्दोलनलाई सशक्त बनाउने प्रयास गरिएको देखिन्छ । अनसनकारी महिलाहरु आफ्ना अडानकै अडानमा भोकभोकै बसेका छन् । उनीहरुको माग र आन्दोलनप्रति समाजका सचेत पक्षले कसरी ध्यान दिन्छ ? यी एउटा चासोयुक्त विषय हो । तथापि, आन्दोलनरत शरणार्थी पक्षले सरोकारवाला निकायहरुसँग विश्वासमैत्री वातावरण कायम गर्न सकिरहेको स्थिति देखिँदैन । त्यस्तै, पटक–पटक माग पूरा गराउने आश्वासन मात्र बाँढ्ने सरकारी पक्षको प्रतिबद्धता कायम नहुने सहमतिमा दरिँदै जानुले पनि यतिबेला यो समस्या आगो र आगो माथि पनि घ्यु थप्ने कार्य भइरहेको अवस्था छ ।
राजनीतिक, न्यायिक, आस्था, पहिचान वा जुनसुकै अर्थमा एकलकाँटे ढङ्गले ज्यानको दाउ थापेर आन्दोलन गरिने आफैमा एउटा कमजोर पक्ष हो । यसलाई आन्दोलनकारी पक्षले गम्भीर रुपमा लिन जरुरी छ । नेपाली राजनीतिक परिवेश आफैमा असन्तुलनको स्थितिमा छ । यतिबेला थुप्रै माग र मुद्दा सम्बोधित भइरहन सकेको अवस्था छैन । तथापि, नेपाल सरकार र सरकार मातहतको जिम्मेवारी र अख्तियारीमा देखिएको सिथिलता र यतिबेला भुटानी शरणार्थी आन्दोलनकारी महिला समूहका बीच जसरी निकट सम्बन्धका साथ बहस र छलफल भइरहेको छ, अनि जसरी यी दुवैपक्षबीच एक अर्काका संवेदनशीलतालाई स्वीकार गर्न नसकिरहेको अवस्था छ, यो विश्वास, उच्च इमान्दारिता र सहकार्यबाट तत्काल यो समस्याको निराकरण गर्ने तर्पm दुवै पक्ष लाग्न जरुरी छ । त्यस्तै शरणार्थी रेखदेखको जिम्मेवारी पाएको युएनएचसिआर समेतले यस समस्याको समाधान गर्न सकरात्मक भूमिका निर्वाह गर्न जरुरी छ । यो समस्या नटुङ्गिएको सम्म सबै पक्षले पटक–पटक यसैगरी दुःख पाइरहनु पर्ने स्थिति नहुने निश्चित छ । यो समस्याको स्थायी समाधान भनेझै आवश्यक प्रक्रियाका माध्यमबाट परिचयपत्र र राहत नपाएका शरणार्थीलाई ती अधिकारको प्रत्याभूति गर्न बाहेक अरु हुन सक्दैन ।