हाईड्रो हाउस:

दक्षिणी इलामको दानाबारीमा निमार्णाधीन सानिमा माई हाईड्रपावर लिमिटेडको विद्युत उत्पादन गृह । यो हाईड्रपावर निर्माण सम्पन्न भएपछि २२ मेगावाट क्षमताको विद्युत उत्पादन हुनेछ । तस्विर : राम योङ्हाङ ।

हाईड्रो हाउस:

दक्षिणी इलामको दानाबारीमा निमार्णाधीन सानिमा माई हाईड्रपावर लिमिटेडको विद्युत उत्पादन गृह । यो हाईड्रपावर निर्माण सम्पन्न भएपछि २२ मेगावाट क्षमताको विद्युत उत्पादन हुनेछ । तस्वि

Showing posts with label पहिलो लेख. Show all posts
Showing posts with label पहिलो लेख. Show all posts

भुुइँचालोपछि भग्नावशेषका उदाउँदा पात्र र कुुखुुरी काँ...


टंक पाठक
२०६३ पछि यो मुलुुकको राजनीति क्षेत्रसँगै यावत कुुरामा विश्वास बढ्दै जान्छ भन्ने प्रवल सम्भावना पाउला पलाउन थालेका थिए । तर ती सम्भावनाका पाउलाहरु विस्तारै सुक्दै गए । केही बाँकी रहेका ति विश्वासका पाउले पात थिए भने पनि यो वैशाख १२ गतेको महाभूूकम्पदेखि भग्नावेषमा परिणत हुन थालेको हो कि भन्ने जो सुकैले आँकलन गर्न थालेका छन् । महाविपद्मा परेकाको लागि उद्धार र राहत, घाइतेहरुको लागि मलमपट्टी र मृतकका परिवारजनलाई काजकिरिया गर्न सहयोगी हातहरु स्वदेश विदेशबाट झन् जुट्ने काम हुँदैछ । मेचीदेखि महाकाली सम्मका यो देशमा बसोबास गर्नेले दिनप्रतिदिन शुुभकामना र दिंवगत आत्माको चिरशान्तिको कामना गर्दै पूूजा पाठ जपतप पुराण जस्ता जस्ता कार्य गर्दै दिदै प्रज्वलन गरिखानेका छन् । सबैको मनोवैज्ञानिक रुपमा मनमस्तिष्क समेत बेहाल छ । तर ति धरहराको टुुप्पोमा पुुग्यौं भन्नेहरु, आकाश छुने महल बोक्ने ति मान्छे निर्दयी मान्छे, स्पष्ट भन्नुपर्दा ति सभासद् भनौदाले आफै विपत्ति परे जस्तो गरेर राहत सामग्रीको दुुरुपयोग र ति विदेशीले पठाएका त्रिपाल एक वरिष्ठ नेता या सभासद् राजेन्द्र पाण्डेदेखि केही सभासद् वाहेक जुुनसुुकै पार्टीका नेताले त्रिपालको पाकेट लुुछाचुडी गरेर बोको दृश्य र पार्टी दृष्य सबैको सामु छर्लङ्ग देखियो । कठैवरा ! एक महिनाको भत्ता र सुुविधा ८० हजारदेखि १ लाख ५० हजारसम्म खाने ति हरिब दरिद्र एक बोरा चामल र एउटा त्रिपालमा एउटा हड्डीमा धेरै कुुकुुरले लडाइ गरे जस्तो गर्दा उनीहरुका अनुुहार खुशी भए होलान् । श्रीमतीलाई पनि आफूूहरुले सभासद् भएर ठूलै काम गरेको भन्दै खुुशी पारेहोला । सुुटेट–बुुटेड थिए होला तर नेपाली जनताले के भने होला ? कुुरी कुरी कि के ? यो सन्दर्भ र यी कार्यलाई हेर्दा यसो भन्दा कसो हुन्छ ?
कुुखुुरी काँ, भुुइँचालो आँ ।
खोई राहत ? गोदाममा छ
खोइ गोदाम ? ब्यापारीको हातमा
खोई ब्यापारी ? मन्त्रीको साथमा
खोई मन्त्री ? दुुला भित्र पसे
खोइ दुुलो ? भुुइँचालोले किच्यो ....
कुुखुुरी काँ ? विदेशी त्रिपाल जतियाँ
खोई त्रिपाल ? सभासद्ले लगे
खोई सभासद् ? घरघरमा लुुके
खोई घर ? भुुइँचालोले भत्कायो
खोई भुुइँचालो ? भागो....
त्यसैले ति मनमा चिरिएका विपद्मा परेका, आत्राले पालेर छट्पट्याई रहेका लागि राहतका लागि यस्तै देखिदैछ । ओठले सबैलाई राहत छ, सहानुुभूूति छ, माया छ, ममता छ, दया छ, सायद करुणा पनि होला तर व्यवहारले के छ जो कोहीले महसुुस गरेकै होला ? यो टिप्पणीकारले यसो भन्दै गर्दा हुन सक्छ सुुगम, सुुरक्षित र पहँुुचवालालाई राहत प्रशस्तै भयो होला तर आजका दिनसम्ममा त्यो गोरखाको आरुघाट, माछाखोला बजार, लापु, खानीगाउँ खोलो गाउँलगायत अनि दुुर्गम स्थान र सिन्धुपाल्चोकको विकट गाउँहरुमा ति उपलब्ध सामग्री नपुुगेको र त्यहाँका जनताको जनजीवन अति कष्टकर भएको कुुरो घाम झै छर्लङ्ग छ । यसै शीलशीलामा एउटा अर्को दृष्टान्त दिन सान्दर्भिक ठान्दछु। जुनबेला एमाओवादीका नेता बाबुुरामजी प्रधानमन्त्री थिए, त्यसबेला गरिबको पक्षपाति सर्वहाराको नेतृत्वकर्मी जनजाति, दलितसँग भेद्भावरहित र गुणी उपचकारीको पगरी गुथ्न दिनप्रतिदिन राज्यको ढिकुुटी रित्याउँदै ति दुरदराजका गाउँ बस्तीमा र दलित समुदायका गाउँ–गाउँमा पुुगेर गँगटा, मुुसा, घुुङ्गीकिरा सँगसँग बसेर त्यसमा आफ्ना छोरी र परिवारसमेत लिएर टपरामा र हलुुङ्गेथालमा खान खान सक्ने तर यो विपद्मा सहयोग गर्न नसक्नुु र त्यहाँ पुुगेर उभिन नसक्नु त्यहाँभन्दा अरु के पो हुन्छ होला र ? अहिले सभासद्देखि नेताजीहरुलाई डर छ । केही दिन अगाडि एउटा अमेरिकाको हेलिकोप्टर र ६जना अमेरिकी सेना र दुुई नेपाली सेना उद्धारका लागि जाँदा दुुर्घटना भइ सबै त्यहाँ सवार गर्ने मरेकाले अब कोही पनि नेता हेलिकोप्टर चढेर त्यस्ता दुुर्गम स्थानमा जादैनन् । उनीहरुलाई आफ्नो ज्यानको माया छ । मरिहालियो भने माथि त यस्तो मोजमस्ती नहोला । त्यहाँ त यमराज छ । त्यसैले अरु जो जहाँ जति मरुन् नेता, देश र जनताको लागि मर्न डराउँछन् । बरु ति विदेशी जो उद्धारका लागि यो देशमा आएका थिए तिनीहरु मर्न डराउनन् । जीवनको बलिदान यस देशमा दिए । नेपाली सेना र प्रहरीले दिएको जीवन आहुती । त्यस्तै भो महाविनाशकारीमा गरिब जनता मरे, कर्मचारी मरे, शिक्षक मरे, प्रहरी सेना मरे तर एउटा सभासद् र कुनै अवल हुँ भन्ने र यो देशलाई ऋणी बनाउनेहरु अनि जँगाको इ गर्न तालिम प्राप्त कोही पनि नत घायल भए न त मृत्यु नै ।  हुन सक्छ प्रकृति र भगवानले पनि के कुरा बुुझेको हाला ? रातहका लागि अकुुत सम्पत्ति भित्रिराखेको छ । जस्तापाता र ८ लाख त्रिपाल पनि आएको छ अरे नेपालको पूर्वी नाकाबाट ३ लाख त्रिपाल भित्रिए अरे तर ति कहाँ छन् र के हुँदैछन् थाहा छैन । मेची झापामा ८७ हजार मेट्रिक टन चामल राहतको लागि बंगलादेशले सहयोग गरेर आएको निक्कै दिन भयो । त्यो अलपत्र परेर झापाका गोदाममै थन्केको छ । यसको वास्तविक जिम्मेवार नभएर होकी गर्ने ढंग नपुुगेर हो या नीति फितलोको कारणबाट विपत्ति परेको मुखमा माड छैन, यहाँ गोदाममा छ त्यो चामल ।
स्मरणरहोस्, स्थानीय सरकार भए यसको कुनै समस्या हुने थिएन । राहत उलब्ध र वितरणमा पनि । तर नेताजीहरुले प्रहरी र सेनालाई स्थानीय सरकार मानेको पाइयो । जननेता त काम गर्दैछ । यहि त होला नी यो देशको लोकतन्त्र र सरकार ? आखिरी भोग्नेले जे पनि भोग्नु परेकै छ न भोग्नेलाई केको टण्डा ? उठले मिठो बोल्ने, मिडिया देखिने र फोटो खिच्ने काम त धेरै भयो । धेरै देखियो धेरै चर्चामा आए केवल सायद चर्चा चर्चामा सिमित हुँदैछ । उता मानवअधिकारका संस्थाका मान्छे अनुुगमन पनि देखेको कुरो भन्दैछन् तर सुुन्ने मान्छे कान थुुन्दैछन् । के गर्नुु काग गराइरहन्छ पिना सुुकिरहन्छ । भग्नावेशषका उदाउँदा पात्रहरु र कुखुुरी काँ को गतिविधिले ।

विद्यार्थीलाई मनोपरामर्श जरुरी


ओमप्रकाश गौतम
गत वैशाख १२ र २९ गतेको महाभूकम्पको धक्काले आम नेपालीहरुलाई  मात्र त्रसित बनाएन, विश्व संसारलाई ध्यानाकर्षण गरायो । त्यसपछिका पराकम्पनहरुले झनै–झनै पीडामाथि पीडा थपिदिंदै गएको छ । हिजो–आज हामीलाई यस्तो अनुुभूति भइरहेको छ कि यो पृथ्वीमा कम्पन आइदिएन भने के भयो होला, कसो भयो होला ? यस्तै–यस्तै मनोतर्कले हामीलाई भुलाईरहेको छ । यसरी नै नेपालमा अर्को मनगढन्ते ज्योतिषी, धामी–झाँक्रीहरुको दिनप्रतिदिनको भूूकम्पको धक्काको मिति र समय तोकिएका खबरहरु मिडियामा आइरहेको खबरले त झनै–झनै शंका र उपशंका थपिदिदै गइरहेको छ ।
प्रकृतिको निर्दयीता र राज्यको निरीहताबीचको मानवजनजीवन दैनिकी भूूकम्पको उथल–पुुथलले सारा नेपाली संशकित बन्दै गइरहेका छन् । देशको भौतिक, सांस्कृतिक, धार्मिक, पुरातत्विक क्षेत्रहरुको संरचना भूकम्पको धक्काले गम्भीर असर पारेर गयो त्यसको सबैभन्दा ठूलो असर शैक्षिक क्षेत्रमा पर्न गएको छ । अधिराज्यभर हजारौं–हजार भन्दा बढी विद्यार्थीहरु मृत्युुवरण गर्न पुुगेका छन् । लाखौं–लाख बालबालिका घाइते भएका छन्, कतिको त घरबारबिहिन भएको अवस्था छ । गाँस, बास र कपास खोसिएको छ, यो दैवी प्रकृति पनि कति निर्दयी रहेछ, हामी सम्पूर्ण नेपालीहरुको मनलाई आज यसले आपत्–विपत्को स्थितिमा पुु¥याई दिएको छ । मनमा शान्ति छैन, अमनचयन छैन, भोक, प्यास, निद हामीबाट चुँडाइदियो यो महाभूकम्पले ।
यो दिनप्रतिदिनको मौसमी परिवर्तनले त झनै त्रासमाथि त्रास थपिदिएको छ । कहिले चर्को घाम लाग्ने, कहिले पानी पर्ने, कहिले हावाहुरी आउने, आकाश खस्ला जस्तो गर्ने मौसमी परिवर्तनले हाम्रा बालबालिकाहरु धेरै त्रसित छन् । २०७२ वैशाखको पहिलो साता बित्ने बित्तिकै विद्यालय सञ्चालन भए पश्चात्को महाभूकम्पको धक्काले हाम्रा बालबालिकाहरुको पढ्ने, लेख्ने र बोल्ने अधिकार सबै खोसिदियो महाभूकम्पले ।
महाभूकम्पको त्रासका कारण बन्द भएको विद्यालय जेष्ठ १ गतेदेखि खुल्ने भनिए तापनि पनि पटक–पटकको पराकम्पनको धक्काले झनै त्रास फैलाइदिएको छ । यसैका कारण सम्पूर्ण सामुदायिक तथा निजी विद्यालयहरु जेष्ठको दोस्रो साता भन्दा अगाडि खोल्न नसकिने परिस्थिति सिर्जना भएको समाचार शिक्षक संघ, संगठनको मोर्चाले प्रेसित गरिरहेका छन् ।
गत वैशाख १२ र २९ गतेको महाभूकम्पको धक्का र २५० भन्दा बढीको पराकम्पनले पुु¥याएको असरले विद्यालयको भवन लगायत भौतिक संरचनाहरुको क्षति नेपालभर अनुुगमन तथा मूल्यांकन गरेर क्षतिको विवरण शिक्षाक्षेत्रका सम्बन्धित निकायले जिल्ला शिक्षा कार्यालयमा पेश गरिरहेका छन् । झापामा मात्रै धेरै विद्यालयका भवनहरु माथि धेरै क्षति पुुगेको समाचार दिनका दिन आइरहेको हुनाले तुुरुन्त पठन–पाठन गर्न नसक्ने अवस्था अनुुगमन कर्ताहरुले भनिरहेका छन् । कति भवन त छानानै चर्किएका छन्, भौतिक सामग्रीहरुमा असर पुगेको छ । कोठाभित्र पसेर अध्यापन गराउन सक्ने अवस्था छैन ।
दिनानुदिन आइरहेको यो पृथ्वीको कम्पनले गर्दा विद्यार्थीको मस्तिष्कमा धेरै नै असर पुुगेको जानकारी मनोचिकित्सकहरु गरिरहेका छन् ।
उनीहरुको भनाई अनुुसार मनोसामाजिक परामर्शको कार्यक्रम सञ्चालन गरेर विद्यालय तहमा त्रासको वातावरण हटाउन सकिने कुराको जानकारी बोध गराइरहेका छन् । शिक्षकहरुलाई दिइने त्यस्तो मनोसामाजिक परामर्शका लागि स्रोतव्यक्तिसहित मनोविज्ञ तथा परामर्शतादाहरुको सहयोग लिएर अघि बढ्न सकेमात्र विद्यार्थीहरुको मस्तिष्कलाई त्रासबाट हटाउन सकिन्छ । यसकारण शिक्षकहरुलाई मनोेसामाजिक परामर्श दिए मात्रै उनीहरुले त्यस किसिमको परामर्श बालबालिकाहरुलाई दिन सक्छन् जुन अहिलेको त्रसित वातावरणमा विद्यार्थीहरुको मस्तिष्कलाई त्रासबाट नियन्त्रण गर्न सकिन्छ । अहिले हाम्रा बालबालिकाहरुलाई तपाई हामीले नै त्रसित बनाइरहेका छौं, उ आयो, आयो, भूकम्प आयो, भाग, भाग भनेर त्रासमाथि त्रास थपिरहेका छौं यो घटना तपाई हामीले चोक–चोक र गल्ली गल्लीमा हल्ला गरेको बाटै स्पष्ट छ कि बालबालिका किन यस्ता अनर्गल प्रचारबाजीबाट मुक्त हुन सकिरहेका छैनन् ? के बालबालिकालाई यसरी त्रासको स्थिति जन्माइदिइ राख्ने कि मनोपरामर्शको पद्धतिद्वारा त्रास हटाइदिने ? यस्ता अनर्गल प्रचारबाजी तपाइँ हामीले गरिरहेको छौ भने ती कलिला बालबालिका भन्दा टाढा रहेर ठट्टा गरौं, उनीहरुको नजिक बसेर यस्तो कार्य कोही कसैले नगरौं । यस्ता पराकम्पनहरुलाई बिर्सिदिनका लागि हाम्रा विद्यार्थीहरुलाई सामान्य अवस्थामा पुुनः फर्काउन आफन्त, साथीभाइ र शिक्षक गुमाउनुको पीडा भुलाउन सोझै विषयवस्तुको पढाइभन्दा सुरुवाती दिनहरुमा अतिरिक्त क्रियाकलापतर्फ ध्यान केन्द्रित गराएर मनोपरामर्श सम्बन्धी चेतनालाई नियन्त्रण गर्नका लागि  फुटबल, भलिबल, क्रिकेट, ब्याडमिन्टन, चेस जस्ता खेलकुुदका सामग्री किनिदिएर खुुल्ला ठाउँमा खेलेको विकासको लागि खेलकुद खेल्न सिकाएरै भए पनि मनोद्वन्द्वलाई हामी सबैले हटाऔं । निरन्तर जारी रहिरहेको झड्का र कम्पनले हाम्रा बालबालिकाहरुको मस्तिष्कमा नै असर पुगिरहेको हुुनाले शान्ति तथा मैत्रीपूर्ण ब्यवहारको सीप र सिर्जनाले उनीहरुलाई पुुनः पहिलेको अवस्थामा ल्याउने वातावरणको सिर्जना तपाइँ हामी शिक्षक अभिभावक र सरोकारवाला पक्षले ध्यान दिनु जरुरी छ । अनि मात्र धक्काको अनुुभव कम हुँदै जानेछ । उनीहरुको मस्तिष्कभित्र र ती बालबालिकाको भूूकम्पजन्य मानसिक समस्या बिस्तारै कम हुँदै जानेछ । त्रसित मानसिकतामा रहेका बालबालिकालाई घरभित्र वा बाहिर सबैसँग मिलेर खेल्ने खेलमा सहभागी गराउन सके मात्र उनीहरुले विगतका दुुखद् घटना उनीहरुको मस्तिष्कबाट हटाउने छन् । हामी अभिभावकहरुले अर्को कुरा भुुल्नुु हुँदैन त्यो के हो भने टेलिभिजनका पर्दाहरुमा भूूकम्पको विध्वंश र कारुणिक दृश्य आफूूसँगै बसेर देखाउनु हुँदैन किन कि त्यो कारुणिक तस्वीर उनीहरुको मस्तिष्कले देख्यो भने ती बालकभित्र–भित्रै त्रसित बन्छन् र उसको मनमस्तिष्कनै खलबलिन सक्छ । उनीहरु त्यसपश्चात् भुुइँचालो गएजस्तो लाग्ने, सपना आउने, डर लाग्ने जस्ता मानसिक रोगले त्रसित भइरहन्छन्, यसको निवारणको मुुख्य आवश्यकता भनेको नै मनोपरामर्श दिएर उनीहरुको मनमस्तिष्कलाई स्थिर राख्न सक्ने क्रियाकलापको बस्तुुगत अध्ययन गरेर त्रासलाई हटाई दिन सक्नु नै हो । यस्ता मनोविज्ञान सम्बन्धी विषयवस्तु केन्द्रित मनोविमर्श तालिमको परामर्श दिदै हाम्रा बालबालिकाको मस्तिष्कबाट भूूकम्पको त्रासलाई हटाएर मात्रै विद्यार्थीहरुलाई विद्यालय पठाऔं ।
omgautam817@gmail.com

प्रेम र जीवन

रुद्र निरौला
प्रेम जीवनको मूलधार हो । बिनाप्रेम जीवनको कल्पना गर्न सकिँदैन । संसार प्रेमकै कारण बाँचेको छ । अंग्रेजी शब्द ीयखभ र नेपाली शब्द प्रेम समानार्थक मानिएका छन् । प्रेम साना मसिना किट पतङ्गदेखि विशाल स्थुलवस्तुसम्म गरिने ममता नै प्यार, प्रेम या माया हो । आज भोलि युवा जमात सहज रुपमा क्ष् ीयखभ थ्यग भन्ने गर्दछन् । कसैप्रति प्रेम देखाउन सद्भावना राख्नु वा पवित्रताको स्मरण गर्नु सचेत प्राणीको गुण हो । त्यसैले, बोलेर वा भावनात्मक रुपले कसैप्रति आत्मीयता प्रकट गर्नु प्राणीको चरित्रभित्र पर्दछ । प्रेमका स्वरुपहरू आ–आफ्नै हुन्छन् । विशुद्ध प्रेम, कामनाका आधारमा गरिने प्रेम, प्रतिक्षण बद्र्धमान भइरहने प्रेम, अविच्छिन्न रहिरहने प्रेम, शुक्ष्मातीशूक्ष्म रहने प्रेम र अनुभवयुक्त प्रेम गरेर जम्मा छ वटा लक्षण मानिएका छन् । शास्त्रोक्त विधिबाट वर्गीकृत गरिएका यी छ वटै प्रेमका लक्षण विशुद्ध भावना भएका व्यक्तिबाट मात्र सम्भव हुन्छ ।
आजको देश दुनियाँ प्रेमका अनेक भावमा प्रस्तुत हुने गरेको देखिन्छ । जो विशुद्ध प्रेमको कसीमा उत्तीर्ण हुन सकेको मानिँदैन । पूर्वीय दर्शनका आधारमा वर्गीकृत गरिएका पे्रमका छ वटा लक्षण जसले देखाउन वा प्रस्तुत गर्न सक्छ, त्यही प्रेम सर्वोत्तम मान्न सकिन्छ । प्रेमको सच्चा रुप गुणसँग सम्बन्ध राख्दैन । यदि कसैले कसैलाई गर्ने प्रेम गुणसँत जोडिएको छ भने त्यो गुणमा अलिकति विचलन आउनासाथ प्रेममा आँच आउन सक्छ । रुप र सौन्दर्यता केलाउने मुख्य वस्तु हाम्रो चैतन्यता हो । कसैले कसैलाई प्रेम गर्दा उसको बाह्य रुपाकृतिमा मात्र सीमित राख्छ भने त्यो आकृतिमा अलिकति उतारचढाव आएमा त्यसप्रति राखिने प्रेममा आँच आउन सक्छ । यदि त्यस्तो भयो भने त्यो प्रेम वास्तविक प्रेम हुँदैन । अर्को प्रेमको लक्षण कामनारहित हुनु हो । प्रेम कामना या काम वासनामा मात्र सीमित राखेर देखाइयो भने त्यो क्षणिक हुन्छ । काम वासना टुक्रिएपछि त्यो प्रेमको कुनै अर्थ रहँदैन । काम वासना निश्चित समयसम्म रहन्छ र त्यो क्रमशः न्यून हुँदै अनिच्छातिर पुग्छ । तर, सच्चा प्रेम त्यसरी न्यूनतातिर पुग्दैन । सच्चा प्रेम त झन्–झन् प्रगाढभएर पो देखापर्छ । त्यसैले, सच्चा प्रेमको बलियो कसी कामवासनातिर निर्दिष्ट हुन सक्दैन । जुन काममा केवल आशक्तता मात्र रहन्छ, त्यो प्रेम असली प्रेम हुँदैन । यसरी नै प्रेमको अर्को लक्षण प्रतिक्षण वृद्धि भइ नै रहन्छ । नदीको उद्गम स्थल प्रेमको बिजारोपण विन्दु मान्दा नदी बग्दै जाँदा बढ्दै जाने, धर्ममा आधारित हुन्छ । जति–जति प्रेमका आधारवस्तुहरू प्रतिस्थापित हुँदै जान्छन्, त्यति त्यति सच्चा प्रेम झाङ्गिँदै र फैलिँदै व्यापक रुपमा रुपान्तरित हुँदै जान सक्छ । बारम्बार वृद्धि भइ रहनु प्रेमको अर्को गुण हो । त्यस्तै अर्को रुप प्रेमको अविच्छिन्नता पनि हो । केही समय रहने र त्यसपछि हराउने वा बिर्सिने प्रेमको वास्तविक लक्षण होइन । जो प्रेम जोसँग स्थापित हुन्छ, त्यो साश्वत हो भने अविच्छिन्न हुन्छ । त्यसैले साँचो प्रेमको अर्को लक्षण यसमा देखिने अविच्छिन्नता हो । यसपछिको प्रेमको अर्को लक्षण शुक्ष्मतामा आधारित हुन्छ । स्थुलवस्तुमा देखापर्ने प्रेम वस्तुको आकृति घट्ने बित्तिकै घृणामा वा नैराश्यमा रुपान्तरित हुन पुग्छ । यदि त्यसो भयो भने त्यो प्रेमको सच्चा लक्षण होइन ।
त्यसैले सच्चा प्रेम अत्यन्त शुक्ष्मदेखि विस्तृत अंशसम्म अविच्छिन्न रुपले रहिरहन्छ । यसैगरी, प्रेमको अन्तिम रुप अनुभवजन्य भएर रहन्छ । प्रेमको वास्तवमा भावनात्मक अभिव्यक्ति हो । यसलाई कुनै रुपाकृति, ओजन, तौल, रङ्ग, स्वाद आदिमा तुलना गर्न सकिँदैन । प्रेम गुण स्वादरहित एक अनुभूतिजन्य हुनाले यो वस्तु तथ्यात्मक रुपमा प्रकट हुन सक्दैन तर अनुभव र अनुभूतिमा यो प्रतिविम्वित भइरहन्छ ।
यस्तै प्रेमको व्यवहारगत विवेचना गर्दा प्रेम एक ऐश्वर्य हो । प्रेमको ऐश्वर्यताबाटै विश्व सृष्टिका यावत वस्तुको सृष्टि भएको छ । प्रेमकै कारण उत्पादित वस्तुको आपसी विनिमय हुने गरेको र अनन्त आवश्यकताहरूलाई त्यही ऐश्वर्यताका आधारमा परिपूर्ति गर्दै व्यवहारोपयोगी बनाउनु प्रेमको अर्को स्वरुप हो । त्यस्तै, सच्चा प्रेममा यश, किर्ती आदिको अस्तित्व कायम भएको हुन्छ । प्रेमकै असल माध्यमबाट मानिसले आफ्नो किर्तिमानी कायम गर्दै जान्छ । कुनै असल, साहसिक तथा स्वालम्बनका कार्यप्रति देखाउने असल प्रेमकै आधारमा उच्च–उच्च किर्तिमानहरू कायम गरेर आफू ऐश्वर्यशाली वा किर्तिमानी बन्ने गरेका कैयन उदाहरणहरू छन्, जो साँचो प्रैमका परिणाम हुन् । साँचो प्रेमबाट प्राप्त हुने अर्को वस्तु धन अथवा आयआर्जन पनि हो । कुनै मानिस धन आर्जनका लागि जीवनभ रहाड घोट्दै हैरान हुछ, तर हात लाग्यो शून्य । तर कसै–कसैले सामान्य लगानी गरेजस्तो देखिए पनि उसैलाई वैभवशाली बनेको हामी देख्छौं । त्यो वास्तविक प्रेमबाट प्राप्त भइरहेको हुन्छ ।
असल प्रेम ज्ञानको प्रतिविम्व भएर देखापर्दछ । कैयन व्यक्तिहरू प्रेम अज्ञानमै गर्ने र क्षणभङ्गुर गराएर पश्चाताम खेपिरहेका हुन्छन् । वास्तवमा प्रेम कच्चा र क्षणिक देखाउन गर्ने वस्तु बनाइने हुँदा परिणाम त्यस्तो आउने गरेको हो । साँच्चै सोचेर र वास्तविक रुपमा गरिने प्रेम त जुठो बयर खाने कृष्णले देखाएको प्रसङ्ग आउँछ । कुब्जाको शरीरलाई साङ्ग बनाइएको प्रसङ्ग अर्को उदाहरण हो । च्यवन ऋषिप्रति सर्यादि सुकन्याले देखाएको सद्भावना हो । त्यस्तै, कृष्णले सुदामाप्रति देखाएको मित्रता अर्को प्रेमको उदाहरण हो । त्यस्तै, वैराग्यभाव देखाएर र त्यागको भाव देखाउने राजा ज्ञिवि, दधिचि मेडम क्यूरी, मोजाक्सहु, सिस्टर निर्मला, लिवर्टी, सिद्धार्थ, राजा जनक, महात्मा गान्धी, अमर शहिदहरू, दुर दृष्टान्त दिन सक्ने युगदृष्टा ऋषि, महर्षीहरू तथा आफ्नो जीवनको उत्सर्ग गरेर पनि आफ्ना दर सन्तानप्रति कर्तव्य परायण आमाहरू तथा समाजका लब्धप्रतिष्ठित व्यक्तित्वहरू सच्चा प्रेमका उदाहरण हुन् । आज हामी प्रेमका नाममा अनेक नाटक मञ्चन भइरहेका देख्छौं । छद्मभेष धारण गरेका अनेक वर्ग छन्, अनेक संघसंगठनहरू भरमार खुलेका छन् । तर खोक्रो र देखावटी प्रेममा आधारित छन् । प्रेम प्रणय दिवसको सस्तो विज्ञापन गुलाफका अनेक रङ्गसँग विनिमय हुने गरेका छन् । देश विदेशका अनेक माध्यमहरू छन्, प्रेम गाँस्ने । सञ्चारका उपकरण आज प्रेम गर्ने लोकप्रिय माध्यम बनेका छन्, तर कति सास्वत सत्य वा देखावटी ? बडो असमञ्जास भएको छ, प्रेम । प्रेम र प्रेमिका केवल काम्यक बनेको छ । अत्यन्त आतुर प्रेमी आफ्नो निहित स्वार्थ पश्चात प्रेम परित्याग गर्न त्यति नै उद्यत रहन्छ । भमराले फुल चुम्बन गर्ने र छोड्ने रीत जस्तै । हामी मान्छे केवल ढुकुरजत्ति धैर्यशाली बन्न सकेनौं । त्यसैले प्रेम हातमा बोकेर विज्ञापन गर्ने विषय हुन सक्दैन, जो आज बन्ने गरेको छ ।
वास्तवमा प्रेम त जीवनका हर तन्तुसँग अक्षुष्ण र अच्यूत भएर गाँसिएको हुन्छ । प्रेमले सुखमा मात्र रमाउने होइन, दुःखद स्थितिमा पनि साथ दिन र मोक्ष गर्न सक्नुपर्छ । देखावटी प्रेम र काम वासनामा आशक्त प्रेम प्रेम होइन । त्यो जीवनको नमेटिने कलङ्क मात्र हो । जो चन्द्रमामा प्रतिबिम्बित भएर देखा पर्दछ । त्यसैले प्रेमका जो कोही पारखीले प्रेमको उचित महत्व बुझेर प्रेम गर्नु राम्रो हुन्छ । लहड र देखासिकीमा गरिने कुनै पनि प्रेम क्षणिक मात्र हुन्छ । वस्तुगत होस् वा जीवनगत होस्, प्रेम सत्य र दीर्घकालीन हुनुपर्दछ । त्यसले मात्रै विश्वजगत प्रेममयी बन्न र दीर्घकालसम्म रहन सक्ने हुन्छ ।

वीपीको शतवार्षिकी दिवस र नेपाली कांग्रेसको भूमिका

ओमप्रकाश गौतम
नेपाली राजनीतिकाशमा वीपी कोइराला एक मात्र उदाउँदा तारा हुन् । राष्ट्र, राष्ट्रियता र प्रजातान्त्रिक समाजवादका त्रिवेणीका रुपमा उनलाई लिन सकिन्छ । राजनीतिक क्षेत्रबाहेक उनी साहित्य क्षेत्रमा पनि उनी एउटा उदाउँदो ताराका रुपमा लिन सकिन्छ । महान् नेपाली जनताको मुक्तिका लागि आफ्नो जीवनको पर्बाह नगर्ने र कोही कसैसँग सम्झौता पनि नगर्ने एक कुशल राजनेता उनी मात्रै हुन् ।
एकलौटी जहानियाँ राणा शासनकालमा पनि कहिल्यै नथाकि राष्ट्रिय, प्रजातन्त्र र समाजवादको स्थापनाको लागि अहोरात्र न दिनमा भोक, न रातमा निद्राको पनि पर्बाह नगरी महान् नेपाली जनताको उज्ज्वल भविष्यका लागि ज्यान अर्पण गर्न एक इञ्च पनि पछि नहट्ने समाजवादी नेता उनी नै हुन् ।
उनी महात्मा गान्धीबाट प्रभावित नेपाली शान्तिपूर्ण तरिकाले परिवर्तन होस्, जनताको गाँस, बास र कपासको ग्यारेण्टी होस्, मजदुरहरूको भावनामा कुठाराघात नहोस् भन्न चाहन्थे । उनले ‘मजदुर आन्दोलन’ देखि ‘भारत छोडो आन्दोलन’ मा पनि सक्रिय रुपमा सहभागी भएर देशमा प्रजातन्त्रको पुनस्र्थापना गर्ने एक मजदुर नेताका रुपमा सारा मजदुर वर्गहरूको संलग्नतामा भारतदेखि नेपालको भूमिमा राजनीतिको प्रमुख भूमिका सम्हालेका थिए । वीपीका महान् विचारहरूमा ‘समाजवादका नाममा हामी प्रजातन्त्रको हत्या गर्न दिदैनौं र प्रजातन्त्रको नाममा हामी शोषणलाई स्वीकार गर्दैनौं’ भन्ने जस्ता महान् विचारहरू थिए । नेपाली साहित्य र राजनीतिको क्षेत्रमा उनको स्थान सगरमाथाको उचाई झैं उँचो छ किन कि वीपीको राजनीतिक दर्शन राष्ट्रियता, लोकतन्त्र र समाजवादमा समर्पित छ र जुगौं जुँग रहिरहनेछ । आज उनकै पथप्रदर्शक सिद्धान्तको अनुयायी गर्ने नेकाका नयाँ तथा पुराना नेका पार्टीका नेताहरूले पछ्याइरहेकै छन्, तापनि उनको गरिमापूर्ण सिद्धान्तलाई लत्याएर, कुल्चिएर केवल अर्थोपार्जनको भाँडो बनाउनेहरू पनि कति भए कति ।
सन्दर्भ वीपी शतवार्षिकी दिवस

नेपालमा लोकतन्त्रको स्थापनाको निम्ति सङ्घर्ष र वीपीको अनुयायीका रुपमा नेका भित्रका शीर्ष नेताहरूले उनको सिद्धान्तलाई सही दिशातर्फ मोड्न नसकेको कुरा नेपाली कांग्रेसभित्रको जुझारु, कर्तव्यनिष्ठ नेताहरू आज पनि भनिरहेका छन् कि समाजवाद पुँजीवादतर्पm उन्मुख भयो । जनतालाई सही दिशातर्पm डोहो¥याउन सकेनन् । हिजो उनीहरूले जनतासँग राजनीतिक नेतृत्वले गरेका वाचाहरू आज पटक–पटक झुठो प्रमाणित हुँदै गएको छ, जननायक वीपी कोइरालाले सिकाएका पथप्रदर्शकहरूको उज्यालो बाटो आज भत्किँदै गएको छ । नेकाँको नेतृत्व र शक्तिहरू केन्द्रमा पुगिसक्दा पनि जनताका मुद्दा र समस्याहरू आज पनि दिनानुदिन स्खलित हुँदै गइरहेका छन्, कम्युनिष्ट पार्टीभित्र जसरी गुट र उपगुटको खैला–बैला चलिरहेको छ, त्यसरी नै नेकाँ भित्रपनि त्यही मनोरोगले उसलाई पनि गाँजिरहेको छ । उसले पनि मखमली सत्तामा ढलीमली गर्न पाएपछि देश निर्माण र परिवर्तनका एजेण्डाहरू पनि वियोगपूर्ण अवस्थाबाट तुहाई रहेका छन् । वीपीका अनुयायीभित्रका एउटा पुरानो तर सहनशील, कर्तव्यनिष्ठका रुपमा चिनिएका वर्तमान प्रधानमन्त्री सुशील कोइराला नेतृत्वको सरकारलाई असफल बनाउन पालैपालो भ्रमपूर्ण शब्दजाल मजदुरवर्गहरूबीच फ्यालिरहेका छन् । यो नृत्य हेर्दा हामीलाई के लाग्छ भने ‘काम कुरो एकातिर, कुम्लोबोकी ठिमीतिर’ भने झैं भएको छ आज । किनकि वीपीको मार्गदर्शक सिद्धान्तलाई अक्षरस पालना गर्न सकिरहेका छैनन् दोस्रो पुस्ताका नेताहरूले उनको स्मृति दिवस र जन्मशताब्दी मनाइरहँदा पनि जुन रुप अनि सारले देशभर हर्षोल्लासका साथ मनाइनुपर्ने हो, त्यो भने हुन सकिरहेका छैनन् ।
वीपीले प्रजातान्त्रिक समाजवाद, उदारवादी नेताहरूले उत्पादनलाई बढाएर अघि बढ्नु पर्छ भनेका थिए तर ठीक विपरित ध्रुवमा लम्किँदै गएको छ, नेकाँको पछिल्लो पुस्ता । उनको सिद्धान्तमा के पनि भनिएको छ भने देशमा कोही नाङ्गो भोको नबस्ने, सबैलाई सुरक्षित बास र उत्पादनमा वृद्धि गरी खाद्य संकट हटाउका लागि किसानलाई जग्गा उपलब्ध गराउनु पर्दछ, र हाम्रो कामले किसानको जीवनमा के परिवर्तन ल्याउँछ र त्यसको पनि योजना बनाएर सारा किसान तथा मजदुर वर्ग त्यसका निम्ति एक भएर अघि बढ्नुपर्छ भन्ने सिद्धान्त बोकेर उनी अघि बढेका थिए, त्यसलाई अबको नयाँ पुस्ताले आत्मसाथ गरेर अघि बढ्नु नितान्त आवश्यक छ । वीपीको विचारयात्रा कागजमा मात्रै सीमित नहोस् यो शतवार्षिकी यात्रा विराटनगरदेखि काठमाडौंको सुन्दरीजलमा पुगेर नटुङ्गियोस् । यो यात्रा विराटनगरबाट हैन, सुर्खेत र बर्दियाबाट शुरू गरेर माङ्खामा पु¥याऔं, अनि मात्र गरीबमुखी वीपीको विचारको उच्च सम्मान हुनेछ ।

omgautam817@gmail.com

स्वार्थको पनि सीमा हुन्छ

निधिरत्न अधिकारी
मानव दुनियाँ सपार्ने पनि राजनीति हो । बिगार्ने पनि त्यही राजनीति नै रहेछ । दुनियाँका सम्पन्न समृद्धशाली राष्ट्र बन्नुमा राजनीतिको अहम् भूमिका छ । तर दुनियाँको कङ्गाल राष्ट्र बनाउनु पनि उत्तिकै राजनीतिकै भूमिका रहेछ । आखिर राजनीति कसले गर्छ ? के का र कसका लागि गर्ने ? भन्ने सवाल अहम् छ । मानिसले मानिसका लागि राजनीति गर्ने हो । कुनै पशु प्राणीका लागि होइन । मानिस यो धर्तीको चेतनशील र सामाजिक प्राणी हो । उसँग चेतना विवेक र ज्ञान हुन्छ भनेर चेतनशील प्राणीको रुपमा उसको स्थान छ । राजनीतिले गर्दा त्यही समाजमा रहेको मानिस जुन टाठो बाठो, विवेकशील, बुद्धि ज्ञान भएको त्यो समाजमा कहलिन्छ, उही नै राजनीतिको केन्द्र भागमा पुग्दछ । यसरी ऊ त्यहाँ पुग्न कुनै खेलाँची कसैको लहडले मात्र पनि एउटा नेता नेतृत्व हुन सक्दैन, माथि पुग्न सक्दैन । धेरै लगानी हुन्छ, धेरै समय खर्चेको हुन्छ । तर उसले त्यो लगानी समयको प्रतिफल प्राप्त गर्न के गनुपर्छ ? उसले प्रष्ट थाहा पाउनुपर्छ । आफ्नो काम, कर्तव्य र अधिकार के हो भनेर । राजनीति गर्नेको मूलमन्त्र भनेको ‘बाँच, बचाउ र बाँच्न देऊ’ भन्ने मन्त्रलाई आत्मसाथ गरेर देश निर्माण र जनताको सेवामा निरन्तर लागिरहनु पर्दछ । जसले जनता र देशलाई केन्द्रबिन्दुमा राखेर राजनीति गर्छ, देश र जनतालाई समृद्ध पार्ने काम गर्छ, ऊ कहिल्यै कुनै कुरामा गरिनु हुँदैन । राष्ट्रमा रहेका सम्पूर्ण जनताको सुख दुःखमा राजनीति गर्ने नेतृत्वले सहभागी बन्न सक्नुपर्छ । उसलाई जनता र देशलाई खाडलमा हाल्न पनि सक्छ र देश र जनतालाई समृद्धशाली बनाउन पनि सक्छ । उसको सकारात्मक इच्छा शक्ति र नकारात्मक इच्छा शक्तिमा भर पर्छ । एउटा राजनीतिक कालखण्ड एउटा नेता जसले दुनियाँ जनताको दिमाग जादुगरी तरिकाले भुटेको हुन्छ । जनता पल्टाए पनि जनता पल्टिन्छ । जनतालाई नेताको जादु थाहा हुँदैन, नेताले मख्ख बनाइदिन्छन् । जब मूल केन्द्र भागमा नेता पुग्छ, जनता र देश सबै भुल्दछन् । अनि दुःख पाउने चाँहि जनता हुन्छन् । मानवको असल कर्म गर तर फलको आशा नगर भन्ने शास्त्रको भनाई छ । असल कर्मबाट स्वतः सिद्ध फल प्राप्त हुन्छ । तर मानव जातिको प्रकृति नै स्वार्थी छ । स्वार्थका पनि सीमा हुन्छ, नेपाली राजनीति सामुहिक राष्ट्र र समग्र जनताको स्वार्थ भन्दा पार्टी र नेताको व्यक्तिगत स्वार्थमा विशेष गरेर लागेको देखिन्छ । आज नेपाल राष्ट्रको भौतिक समृद्धि र समग्र नेपाली जनताको समानताको आमूल परिवर्तन गर्न नेपाली जनसंविधान बनाउनु पर्ने अहम् प्रश्न छ । यस्तो संवेदनशील संस्करणकालीन घडीमा नेपाली राजनीतिको कुनै पार्टी र नेताको बीचमा सत्ता र र स्वार्थको लागि आपसी लडाई, विवाद नभएका कोही छैनन् । विचारको लडाई यस्तो लडाई हुन सक्दैन । देश र जनताको समृद्धिको लागि राजनीति गर्ने पार्टी र नेताको विचार एउटै हुनुपर्छ । त्यो भनेको नेपाली जनता र नेपाल राष्ट्रको आमूल परिवर्तन गर्ने हो भने साझा सवाल हो भने सुत्र एउटै हुन्छ । यत्रो राजनीतिक झगडा गर्नु आवश्यकता नै होइन । आजको दुनियाँ, हिजोको दुनियाँ, मानव जाति या प्रकृतिको नियम पछाडि फर्कने होइन, अगाडि बढ्ने नै हुन्छ । मानिस जन्मेर सानु हुँदै जाने होइन, उसको सम्पूर्ण विकास हुँदै ठूलो हुँदै जाने हो । राजनीति गर्ने नेता, पार्टी, विचारका पनि एउटा लक्ष्य हुन्छ । कुनै कुरा शून्यमा हुँदैन । त्यो नेताले पार्टी र विचारको आफ्नो लक्ष्य देश र जनताको नाममा समर्पित गरेर आफ्नो नाम सदाको लागि कहलाउने, सामुहिक स्वार्थ हुनु स्वभाविक हो । तर नेपाली राजनीतिमा कोही पनि नेता पार्टी विचार, सामुहिक देश र जनताको स्वार्थको लागि कुरा नमिलेर यो राजनीतिक झगडा होइन । किनभने २ पटक संविधानसभाको निर्वाचन भइसक्यो । नेपालको संविधान बन्नको लागि सबैको सहमति आवश्यक छ । नत्र संविधान बन्न सक्दैन । किनभने सहमति भएन भने बनेको संविधानबाट नै द्वन्द्व सिर्जना हुन्छ । इतिहासले पाठ सिकाइ सकेको छ कि २०१५ साल, २०४६ सालमा बनेका संविधानको हालत के भयो ?
संघीय लोकतान्त्रिक गणतन्त्रभित्र रहेर आम नेपाल र नेपालीको समृद्धि खोज्ने मूल मन्त्र एउटै होइन ? कसरी उक्त मन्त्र अलग बन्न सक्छ ? संघीय लोकतान्त्रिक गणतन्त्र त आज सबैको साझा मुद्दा हो त । कसो गर्दा या कति संघीय राज्य बनाउँदा समग्र नेपालको हित हुन्छ, त्यो सुत्र सबैको साझा हुनुपर्छ । कुन शासकीय स्वरुप अपनाउँदा नेपालको राजनीतिक स्थित हुन्छ, त्यो पनि सबैको साझा हुनुपर्छ । कुन न्याय प्रणालीले नेपाली नेपाली जनताको पूर्ण न्याय प्राप्त गर्न सकिन्छ, त्यो पनि सबैको साझा हुनुपर्छ । कस्तो निर्वाचन प्रणालीले नेपाली जनताले पूर्ण प्रजातन्त्रको अनुभूति गर्छन् । त्यो पनि सबै राजनीति गर्नेको साझा हुनुपर्छ । यति देश र जनताको नाममा राजनीति गरेको हो भने । ४ वर्षसम्म झगडा गरेकै हो, अब पनि नेपाली राजनीतिको चेत खुलेको छैन ? स्वार्थको पनि सीमा हुन्छ । नेपाली समग्र राजनीतिलाई मेरो प्रश्न । तिमीहरू नेपाल र नेपालीलाई समृद्ध पारेर आफ्नो नाम स्वर्णिम अक्षरले लेखाउन चाहन्छौं कि ? कलङ्कित बन्न ?

सहकारीमा सुधार गर्नुपर्ने पक्षहरू

नेत्रप्रसाद घिमिरे
शेयर सदस्य नबनी अत्याधिक ब्याजको लोभमा निक्षेप राख्ने निक्षेपकर्ताहरू, ऋण लिइसकेपछि तिर्न नपरोस् भन्ने धोकेबाज ऋणी सदस्यहरूको प्रवेशले बचत तथा ऋण सहकारी संस्थाहरू पीडित बनि रहेका छन् । सहकारी सञ्चालनमा आफ्नो जिम्मेवारी र भूमिकाप्रति उदासिन र निष्कृय सदस्यवर्गले सञ्चालकलाई स्वेच्छाचारी हुन सहयोग पु¥याईरहेको देखिन्छ । सहकारीका सदस्यहरूबीच सेवा एवम् प्रतिफल वितरणमा चर्को विभेदको प्रचलन विकराल बन्दै गएको छ । दर्ता गर्न जसोतसो पु¥याइको २५ जनाको संख्या मध्ये हामी केही मिलेर जे जस्तो व्यवसाय, कारोबार र व्यवहार गरे पनि हुन्छ भन्ने भावनाले सहकारीहरू कम्पनी शैलीमा सञ्चालित हुने होडबाजी चलेको देखिन्छ । सदस्य हजारौं भने पनि संस्थामा मुठ्ठीभरका व्यक्तिका हालीमुहालीमा चलेका सहकारीलाई कसरी सहकारी भन्ने ? नाम सहकारी भए पनि काम गैर सहकारी यो छद्मभेषी प्रवृति सहकारी अभियानमा अनुभव गर्न पाइन्छ । शेयरमात्र खरिद गर्ने तर कारोबार नगर्ने सञ्चालक र सदस्यहरूका कारण सहकारीहरू संकटमा देखिन्छन् । एकभन्दा बढी सहकारीमा कारोबार गर्ने सदस्यहरू समस्याका कारक मानिन्छन् भने नेतृत्वका लागि एउटाबाट बाहिरिए पछि अर्को सहकारीको नेतृत्वमा पुग्न मरिहत्ते गर्ने सञ्चालकहरू पनि समस्याका लागि जिम्मेवार देखिन्छन् ।
सरल कर प्रणालीको अभाव र कर तिरेपछि सरकारबाट यो सेवा पाइन्छ भन्ने निश्चितता नहुनाले आम्दानी लुकाउने, नचाहिदो खर्च गर्ने, सदस्यहरूलाई लोभी बनाउने विनियम विपरीतका सुविधाहरू प्रदान गर्नाले गैर सहकारी र गैर कानुनी क्रियाकलापहरू मौलाउँदै गइरहेको पाइन्छ । आफूलाई तोकिएको जिम्मेवारी एउटा तर आफ्नो सुविधा अनुसारको कार्यक्रम गर्न खोजिरहने सहकारी संघहरू तथा सरकारी निकायहरूका कारण पनि समस्याहरू सिर्जना भएका हुन् । सहकारी प्रवर्धन र स्वअनुगमन गर्ने संघहरू सरकारले गर्नुपर्ने काम हामीले गर्छौं भन्दै माग राख्नु र सहकारीलाई नीति, कानुन र कार्यक्रम मार्फत निश्चित गन्तव्य देखाइदिनु पर्ने राज्यले सो काम नगर्नु यी दुवै अतिवाद हुन् । सदस्यलाई व्यवसायी, उद्यमी बनाउनुपर्नेमा सहकारीहरू सदस्यलाई झन् त्यो भन्दा विपन्न स्थितिमा पु¥याउने खालका गतिविधिहरू गरिरहेका छन् केहीले सदस्यहरूको जग्गा जमिनहरू लिलामी गरेर सुकुम्बासी बनाएका छन् । सहकारीले त उद्यमी बनाउने हो कि सुकुम्बासी बनाउने ? सहकारीभित्रको लिलामी प्रक्रियाले सहकारी अभियानमा बैंकिङ्ग शैलीलाई प्रोत्साहन दिने भएकाले लिलाम गर्नु नपर्ने प्रक्रिया अबलम्बन गराउनु पर्दछ तब मात्र सहकारी मार्फत सामाजिक रुपान्तरण सम्भव हुन्छ ।
नेपालको सहकारी अभियानमा देखिएका समस्याहरू समाधानार्थ सहकारी र सरकारी दुवै पक्ष वार्ताका लागि एउटै टेवलमा बस्नुपर्नेमा आपसमा भिडन्त गरी साइन बोर्डको साइज र रंगमा अल्झिदा सहकारीका जेनुइन समस्याहरू ओझेलमा परेका छन् । सहकारी संस्थाहरू सदस्यकै शेयर लगानी, बचत तथा ऋण कारोबार, व्यवस्थापन र नियन्त्रणमा सञ्चालन हुने हुँदा यहाँ सरकारी हस्तक्षेपरुपी अनुगमनको आवश्यकताभन्दा लेखा समितिलाई दक्ष, सुदृढ र जिम्मेवार बनाई स्व अनुमन प्रणालीलाई विकसित गर्दै लानु पर्दछ । आजको जमानामा पनि सरकार पुलिस भएर डण्डा लगाउदै हिड्ने होइन, नागरिक सदस्य स्वयं–कर्तव्यनिष्ठ भएर पुलिस नै नचाहिने स्थिति सिर्जना गर्नुपर्ने हो । फेरि संरक्षक पूँजी फिर्ता कोष जस्तो सहकारी व्यवसायको एकमात्र व्यावसायिक सुन्दरता अनुरुप सदस्यहरूलाई प्रतिफल वितरण नगर्नाले सहकारीको आदर्श ओझेलमा परेको हो । सहकारी व्यवसायको प्रतिफललाई सदस्यहरूमा समान वितरण गर्नुपर्नेमा केही सञ्चालकहरूले सामाजिक सेवामा बढी खर्च गरी आफ्ना व्यक्तिगत व्यवसायमा टेवा पुग्ने क्रियाकलाप गरिरहेको देख्न पाइन्छ । विनियम बमोजिम प्रतिफल वितरण गर्नुपर्नेमा कर छल्ने नियत लिई सदस्यता प्रबद्र्धन, वार्षिक उत्सव, भड्किलो साधारणसभा, उपचार खर्च, दशैं खर्च, चाडपर्व खर्च, अवलोकन खर्चका नाममा केही सीमित पदाधिकारी, सदस्यहरूलाई फाइदा पुग्ने गरी अनियमितता गर्ने प्रचलनहरू बढेर जानु सहकारीभित्रको मुख्य समस्या रही आएको छ । साधारण सभामा उपस्थित हुन नआएका सदस्यहरूको तर्फबाट अरु कसैले हाजिरी जनाई सही किर्ते गरि आर्थिक सुविधा लिने धुत्र्याइ सहकारीभित्र देख्न सकिन्छ । अर्थशास्त्रीय दृष्टिकोणबाट हेर्दा स्वत स्फूर्त सञ्चालित सहकारीहरूलाई मन्त्रालय, विभाग, प्याक्ट, युवा स्वरोजगार कोष, गरिबी निवारण कोष, लघु वित्त बैक, महिला विकास कार्यालय, जिविस, सीएलडीपी, विदेशी दाताहरू आदिले संस्थाको व्यवस्थापकीय क्षमता र आवश्यकता भन्दा बढी अनुदान दिएर आत्मनिर्भर अर्थतन्त्रलाई धराशायी बनाउँछ कि भन्ने आशंका बढेका छन् । नेफ्स्कुन, सहकारी बैक, अन्य विषयगत संघहरूले कारोबार गर्दा शेयर बचत तथा ऋणको कारोबार गर्ने सिलसिलामा सहकारी सिद्धान्त विपरीत र सहकारी मापदण्डविपरीतका शर्तहरू र व्यक्तिगत सुरक्षण वा सुरक्षण नलिई गरिने कारोवारको अनुगमन हुन नसक्दा जोखिम बढ्ने निश्चित छ । संस्था आफैले लेखाका अन्तिम खाताहरू बनाउनुपर्नेमा लेखापरीक्षकको भरपर्दा लेखपरीक्षकले आफ्नो र सञ्चालकहरूको स्वार्थ अनुकूल लेखा विवरण तयार गरी लेपापरीक्षण गर्ने, नियुक्ति स्वीकृति नलिई लेखापरीक्षण गर्ने पछि स्वीकृति लिने, एउटाको नाममा स्वीकृति लिई अर्कैले लेखापरीक्षण गर्ने आदि जस्ता नियम असंगत कुराहरू पनि देख्नुृ र सुन्नु परेको अवस्था हो ।
सहकारिताका नयाँ अन्तर्राष्ट्रिय आयामहरू भन्दै सहकारी सिद्धान्तहरू अनुरुप नहुने गरी ल्याइएका वित्तीय विश्लेषणको जालोमा संस्थाहरूलाई फसाउदै लगिएको छ । पल्र्स, क्यामेल, एक्सेस ब्रान्डिंगको सहकारी सिद्धान्त र स्थानीय समुदायको आवश्यकता र मागसंग मेल खाएको देखिदैन । यसमा बचत तथा ऋणको कारोवार गर्ने सहकारीहरूले सहकारिता सहकारी सिद्धान्त र स्थानीय आवश्यकता अनुकूल हुनेगरी आत्मसमिक्षा गर्नुपर्नेमा सो भएको पाइएको छैन । भोलि पल्र्सबाट उत्कृष्ट देखिएको सहकारीले सहकारी भावना समेट्न नसके कस्ले जवाफ दिने को जवाफदेही हुने भन्ने प्रश्न टडकारो रुपमा देखिएको छ ।
(लेखक डिभिजन सहकारी कार्यालय झापाका सहकारी अधिकृत हुन्)
npghimire33@yahoo.com

प्राकृतिक विपत्ति र संस्कार

निधिरत्न अधिकारी
नेपाल प्राकृतिक रुपमा सुन्दर रहँदा रहँदै पनि यसको भौगोलिक बनावट हिमाल, तराई र पहाड तीन भू–खण्डले घेरिएर रहेको छ । हिमाल पग्लिएर बग्ने सदावहार नदीदेखि साना–साना जरुवा खोला खोल्सा नदीहरू हिमाल, पहाड र तराई हुँदै बग्दछन् । यसरी बग्ने क्रममा जब वर्षा ऋतु शुरू हुन्छ, त्यतिबेला तिनै नदीहरूमा पानीको मात्रा धेरैभन्दा धेरै बढेर पानीको वहाब बढ्दछ । अनि यो बहाव बढाईको परिणाम तराईका उर्वरा भूमिहरूभित्र आफ्नो बाटो तयार गरी ठूला–ठूला बाढीद्वारा ती जमिनहरू बगरमा परिणत हुन्छन् । जराले गर्दा प्रत्येक वर्षको वर्षा ऋतुमा तराईका किसानहरूको बिल्लीबाट हुने भूमिहीन हुने क्रम वर्षेनी बढ्दो रुपमा छ । नेपाली राज्यको गैह्र जिम्मेवारीपनको कारणले यस्तो आपत्ति र विपत्ति भोग्नुपरेको कुरा सत्य हो । किनभने पृथ्वी सृष्टिका सबै रुपको भूगोल हामीसँग छ । यी तिनै अवस्थित भौगोलिक कारणले प्राकृतिक सम्पदा हामीसँग प्रचुर मात्रामा छ । विज्ञानको नियम अनुसार विकासको अर्थ ती सबै प्राकृतिक स्रोत र साधनलाई हामी मानिसको अनुकूलतामा हाम्रै लागि प्रयोग र उपयोग गर्न हामीले जान्नुपर्दछ । ती साधनहरूलाई समुचित परिचालन गर्नुपर्दछ ।
यसो गर्न नसकेको कारण र हाम्रा प्राकृतिक स्रोत र साधनको विकास गर्नुभन्दा त्यसलाई जोगाउनुभन्दा नष्ट गर्ने दिशातिर हामी लागिपरेका छौं । नदी तटबन्धन छैन, हाम्रो वनजङ्गल दिनानुदिन मासिँदै गएका । त्यसको नकारात्मक असर, बाढी, पहिरो जानु नै हो ।
आज विश्व दुनियाले प्रविधि विकासको चरम चुलीमा पुग्दा विशाल समुद्रमाथि शहर बजार बस्ती बसालेका छन् । त्यहाँ माथि खेती गरेका छन् । तर हामी समुद्रभन्दा टाढा जमिन नै जमिनको समुद्रभन्दा धेरै उच्च ठाउँमा हामी बसोबास गर्दछौं । तर पनि हाम्रो विकासको रुप वर्षैपिच्छे बाढी, पहिरोबाट ग्रसित छौं । हाम्रा विकासका पूर्वाधारहरू अति नै कमजोर छन् । हाम्रा जमिनको भू–क्षमताको मापन गर्ने कुनै यन्त्र, मानवीय जनशक्ति हामीसँग छैन । समुद्र किनारका मुलुकहरूले समुद्रमाथि बसेर त्यत्रो विकास गर्दा हामी हाम्रा यी साना नदीहरूको दीर्घकालीन व्यवस्था गरी त्यसको आसपासका साविक उर्वरा भूमिहरू किन जोगाउन सक्दैनौं ? कति लाजमर्दो कुरा ?
हामीले हाम्रो सरकारले यहाँका टाठा, बाठा, बुज्रुकले जानेको कुरा के हो भने कति बेला बाढी पहिरो आउँछ र त्यसको नाममा बजेट निकासा हुन्छ, छुटिन्छ अनि तिनै अमूक केही बुज्रुक, टाठाबाठाको कमाई खाने भाँडो यो सोचभन्दा माथि अरु के हुन सकेको छ ? किनभने नेपालको इतिहास तयार भएको कति भयो ? यी नदी खोला हिजोदेखि मात्र बगेका हुन् र ? नेपालीको समृद्धि र देश विकास गर्छौं भनेर कति नेपाली संस्कार आए गए ? आज आएर पनि उस्तै बाढी पहिरोबाट आपत विपत भोगिरहनुपरेको छ, नेपाली जनताले । विकासको रुप भनेको पानीको बहाव जत्रो भए पनि वैज्ञानिक रुपले उसको सीमाभित्र बगाउन सक्नुपर्छ । त्यही आधारमा नदीको किनारका मानव वस्तीहरू दीर्घकालीन रुपमा विश्वस्त भएर बसाउन सक्नुपर्छ । वनजङ्गल बढाउनु सबैलाई प्रेरित गर्नुपर्छ । भू–क्षय हुने, पहिरो जाने नजाने, त्यहाँको माटो, चट्टानको मात्रा हेरी वैज्ञानिक तरिकाले माटो चेकजाँच गरी दीर्घकालीन पूर्वाधार विकास र मानव वस्ती बसाउन राज्यमा रहेको जनताको प्रतिनिधि मुलुक संस्था सरकार सक्षम र पारदर्शी हुनुपर्दछ । यो मापदण्ड अनुसार गरिने विकासको विरुद्धमा पनि आउने प्राकृतिक प्रकोप, विपत्तिहरूबाट चित्त बुझाउने आधारहरू हुन सक्छन् । तर जब विपत्ति आउँछ, अनि दुःख व्यक्त गर्ने, करोडौंको हेलीप्याड चढेर त्यहाँ पुग्ने अनेक नामको अनुहार देखाउने अनि मिठा, गुलिया, चिल्ला, सैद्धान्तिक थुप्रा लगाईदिने अन िव्यवहारमा आपत परेका जनसाधारणको हातमा शून्य । यस्तो गैह्र जिम्मेवार प्रवृत्तिले नेपाली जनताको जीवनस्तर र नेपालको भूक्षय, बाढी, पहिरोको रुप दिनानुदिन कस्तो होला ?
आजको प्रविधिमा अति चरम रुपमा रहेको युग नेपालमा पनि इच्छाशक्तिका साथ गर्दा नहुने कुरा केही छैन । त्यो वैज्ञानिक प्रविधिलाई हाम्रो प्रचुर मात्रामा रहेको स्रोत र साधनलाई उपयोग गरी विकास गर्न सजिलै सकिन्छ ।
संसारका अरु विकसित मुलुकहरूमा बेला–बेलामा आउने प्राकृतिक विपत्तिबाट उनीहरूले गरेका पूर्वाधार विकासमा भएका थोरै कमजोरीबाट पनि अगाडि आउने विपत्तिको लागि समाधान गर्ने पाठ सिक्छन् । तर हाम्रो सरकार र हाम्रो प्रवृत्ति ठीक त्यसको उल्टो छ । मर्ने मर्छ, उसको पहुँच छैन भने केही पाउँदैन, झुक्कियो भने थोरै चारो पाउँछ । त्यस आपत्तिको पीडित मालिक जो पहुँचवाला छ, उसैले राहत पाउँछ, यस्तै छ नेपालको चलन । अब के गर्ने सुधारको लागि । सबैले सोचौं ।

कलाका नायक श्रीकृष्ण श्रेष्ठप्रति श्रद्धा सुमन

ओमप्रकाश गौतम
जीवनपछिको मृत्यु अकाट्य छ । मृत्यु निश्चित छ तर समय निश्चित छैन । मानिस यसैका परिधिभित्र रमाइरहन्छन्, दुःखी भइरहन्छन् । यो एउटा निरन्तर प्रक्रिया हो । बुझ्न सक्नेका लागि जीवन एक नदी हो जो अविरल बगिरहन्छ, बुझ्न नसक्नेका लागि जीवन एक महान् समस्या हो । किनकि त्यही समयको परिधिभित्र बाँधिएर मानिस सङ्घर्ष गरिरहन्छ तापनि ऊ कहिल्यै समस्या नै समस्याको पहाड छिचोल्न पछि पर्दैन । हो आज यस्तै सङ्घर्षको आँधी बेहरीबाट कहिल्यै पनि नथाक्ने अविरल बगिरहने नेपाली चलचित्र रजतपटका वरिष्ठ नायक श्रीकृष्ण श्रेष्ठ हामीमाझ रहेनन् । जीवनममा कहिल्यै फर्किएर नआउने गरी हामीमाझ विदा भएर गए ।
जीवनको मध्यान्तर पार गरेर विवाह बन्धनमा बाँधिएका नायक श्रीकृष्ण श्रेष्ठको मृत्युले नायिका स्वेता खड्काको उज्यालो मुहारलाई सदाका लागि बाललले ढाकिदियो । जीवन न हो, एक दिन मरेर गइन्छ, तापनि यस्तो प्रकारको मृत्यु कसैको पनि नहोस् जस्तो श्रीकृष्ण श्रेष्ठको ४६ वसन्त पार नगर्दै रोगले ग्रसित बनाएर जीवन इहलीला समाप्त भयो । आज एक सफल कलाकारका रुपमा नेपाली सिने दर्शकमाझ परिचित नायक श्रेष्ठको निधनले जो कोहीलाई मर्माहत बनाएको छ र सारा नेपाली कलाकर्मीहरूलाई भावविह्वल बनाइदिएको छ । अब्बल अभिनय पस्कने एक नायकको अन्त्यले नेपाली चलचित्र क्षेत्रलाई अपुरणीय क्षति पुगेको छ । उनको राष्ट्रिय सम्मानका साथ पशुपतिको आर्यघाटमा दाहसंस्कार गरियो, हजारौं नेपाली सरिह भएको कुरालाई नेपालका सबै पत्र–पत्रिकाले पहिलो पृष्ठमा महत्वका साथ खबर प्रकाशित गरे । नेपाली टेलिभिजनका च्यानलहरूबाट शवयात्राको दृश्यलाई उच्च प्राथमिकताका साथ प्रस्तुत गरे जो हामी शुभेच्छुक कलाप्रेमी हृदयदेखि नै सम्मान गर्दछौं कि उनको आत्माले चीर शान्ति प्राप्त गर्न सकोस् । आज नेपाली चलचित्र क्षेत्रभित्र पनि राजनीति रङ्ग भरिँदै गएको हुनाले चलचित्रकर्मी–कर्मीहरूबीच एक अर्कालाई निषेध गर्ने काम भइरहेको हुनाले चलचित्र क्षेत्र उति फस्टाउँदो अवस्थामा छैन । कलाकारले जति सम्मान प्राप्त गर्नुपर्ने हो त्यो पाउन सकिरहेका छैनन् । श्रीकृष्ण श्रेष्ठकै शब्दमा भन्नुपर्दा –‘म कसैलाई चुरोट, रक्सी खुवाउँदिनँ, त्यसैले होला म कहिल्यै नम्बर एक वा सुपरस्टार कहलाइनँ’ यस्ता अति नै संवेदनशील शब्दहरू उनको मृत्यु हुनुभन्दा अगावै उनले पटक–पटक संप्रेषित गरेका थिए तापनि चलचित्र कलाकर्मी संघसंगठनले उनको कलाकारिताको कुनै कदर गर्न सकेन कलामा राजनीति रङ्ग मौलाएर गयो । अभिनयको अब्बल कलाकारिता मौलाउन सकेन । हिजो फत्तेमान राजभण्डारी, विश्वशंकर, तारादेवी, नातिकाजी, गोपाल भुटानी जस्ता कलाकार, गायकहरू राज्यले जुन सम्मान दिनुपथ्र्यो त्यो भने दिन सकेन । कलाकारिताभित्र मपाइत्ववाद र राजनीति संस्कारको प्रवृत्ति हावी हुँदै गएको हुनाले नेपालमा अभिनय गरेर कार्यथलो बनाइरहेका कलाकारहरू आज धमाधम अर्थोपार्जनका लागि अमेरिका, जापान, हङकङमा श्रम बेचेर जिवीकोपार्जन गरिरहेका छन् । आखिर किन कलाकारिताभित्र राजनीति रङ्ग मौलाइरहेको होला ?
त्यति मात्र होइन, जीवनकालमै श्रीकृष्णहरूलाई मृत्युपछि राष्ट्रिय सम्मान पाइन्छ भनेर थाहा हुन पाएको भएर अर्थात चलचित्र, लोक, आधुनिक, गीत, सङ्गीत, नृत्य, नाट्यचित्र, पत्रकारिता साहित्य आदिका राष्ट्रिय स्तरमा पुगिसकेका अति लोकप्रिय व्यक्तिहरूलाई राज्यले मृत्युमा राष्ट्रिय सम्मानको मापदण्ड बनाएको भए श्रीकृष्णलाई पनि थाहा हुन्थ्यो कि कलाकारको राज्यले उचित सम्मान गरेको छ । यसलाई शक्तिमा बदल्नुपर्ने रहेछ भनेर उनमा स्फुर्ति बढ्ने थियो होला तर त्यो भने हुन सकेन । शक्ति र अर्थको राजनीतिले कलाकारलाई पनि दलको औरे–भौरे बनाइदियो । आगामी दिनमा यसको पनि अन्त्य हुनैपर्दछ, चुनाव जिताउनका लागि कम्मर मर्काउँदै शहरबाट गाउँ पस्ने प्रवृत्तिको निदान हुनुपर्दछ । झण्डा बोकेर या नातागोताहरूलाई एकेडेमीमा दलको कोटामा नियुक्तिको बक्सिसे हजुरी प्रथा गर्ने चलचित्रकर्मी लगायतका संस्थाहरूमा अन्त्य भने हुनैपर्दछ । कलाकार–कलाकारबीच यो दल, ऊ दल बीचको कटुता अन्त्य हुनुपर्दछ ।
आजसम्म हाम्रो देश नेपालमा अभिनय क्षेत्रमा कहलिएका कलाकार थुप्रै–थुप्रै अभिनय देखाएर आए, गए राजनीतिक रङ्ग छरेर गए तर नायक श्रीकृष्ण श्रेष्ठले कहिल्यै पनि कलाकारितादेखि राजनीतिकर्मीको लबेदा नसमाई ‘ट्रक ड्राइभर’, ‘कसम’, ‘आफ्नो मान्छे’, ‘कहाँ भेटिएला’ देखि उनको अन्तिम नेपाली चलचित्र ‘कोहिनूर’ लगायत सयौं चलचित्र भन्दा बढी चलचित्रमा उनी सफल कलाकर्मी बनेर नेपाली मनहरूको हृदय छुन सफल भए । उनको अभिनयका चमक कहिल्यै हराएन, बिलाएन, उनी चम्किनका लागि पित्तल बने न पग्लिएर जाने मैन, आज त्यही मैनबत्तीको शिखा उनी मरेर गए पनि संसारभर दीप बलिरहेको छ जो चिरस्थायी रुपमा बलिरहनेछ । भावपूर्ण श्रद्धाञ्जली श्रीकृष्णको श्रेष्ठको कलाकारिताको यात्रालाई ।
omgautam817@gmail.com

इच्छाशक्तिको तगारो पार्टी भित्रको बेथिति

नरपति पाण्डे
मुलुकको प्रमुख प्राथमिकता शान्ति स्थापना गरेर नयाँ संविधान बनाउनु थियो । त्यसका लागि दीर्घदृष्टि भएको राजनीतिक नेतृत्व चाहिएको थियो । संविधानसभाको निर्वाचनबाट उदाएका साना ठूला आकार भएका राजनीतिक दलहरू शान्ति स्थापना गराउने प्रमुखकर्ता थिए । प्रतिनिधित्व हुन नसकेका अन्य राजनीतिक समुह र नागरिक समाजहरू सहायक कर्ता थिए । मुलुकको हितका लागि शान्तिपूर्ण स्थीरताको आवश्यकता थियो । त्यस्तो वातावरण सिर्जना गर्न कै लागि विस्तृत शान्ति सम्झौता दलहरू बीच भएको थियो । निर्वाचित हुन वा नहुन गन्तव्य शान्ति स्थापना गरी मुलुकलाई आर्थिक, सामाजिक र सांस्कृतिक रुपमा बलियो बनाउनु थियो । तर दलहरूमा निस्पृहपन बढ्न थाल्यो । इमान्दार र उत्तरदायी राजनीतिक नेतृत्व नभएसम्म शान्ति र समृद्धिको जनइच्छा व्यर्थै रही रहँदो रहेछ । व्यक्तिवादी राजनीतिक चलखेलले नागरिकहरूलाई समेत राजनीतिक भ्रममा फँसाउन पुग्दोरहेछ । गुट, गुटसमुह र व्यक्ति स्वार्थको संर्कीर्ण हुँदै हुर्किएको राजनीतिमा चमत्कारी व्यक्ति नै पो को चाहिं होला यो परिवेशमा ?
आज हास्न लायक राजनीतिक गफहरू सुन्न पाइन्छ । “यो व्यक्ति भए शान्ति स्थापना हुन्थ्यो, त्यो व्यक्ति नै मुलुकको आवश्यकता हो, त्यसले देशको व्यथालाई च्वाट्टै पार्छ” यो अभिव्यक्ति झन् संकीर्ण राजनीतिक चिन्तनको उब्जनी हो । गुटबन्दीको महामारीले दलहरूको तेजलाई खुइल्याई रहेको संक्रमणमा ‘व्यक्ति प्रदान चिन्तन’ निश्चित समुहको स्वार्थी अभिव्यक्ति मात्र हो । गुट सिर्जना गरी राजनीति गर्ने महाज्ञानीहरूहरूलाई साथ दिने गुट छतौराहरूको रङ्ग निश्चित हुँदैन । गुट समर्थकहरूको ज्ञानगोचर कमाउनेमा मात्र हुन्छ । गुट अभियन्ताहरू आफ्नो स्वार्थपूर्ति गर्न गुटलाठेको प्रचारमा निमग्न रहनु आवश्यक ठान्छन् । यो प्रवृत्ति हाम्रो मुलुकमा कम्युनिष्ट दलहरूमा अचाक्ली बाक्दिैछ । दुःखी र पीडितहरूको समुहमा साखिलो बनेर सहानुभूति बटुल्न सक्ने खुबी त कम्युनिष्ट नेताको छ तर दलभित्र प्रजातान्त्रिक चरित्रलाई धरोहर बनाउन नखोज्नु धुत्याइँ नै हो भन्दा बेठीक नहोला ।
ताक परे कोनि के नत्र ...... र सम्पतिमा हाइहाइ बिपत्तीमा कोही छैन दाजुभाइ भने झै यहाँ पार्टी फुटाउने अनि तथानाम गालीगलौच गरी आत्मरतिमा रमाउने उता पद र सम्पतिको छनक नपाउने बित्तिकै फेरि पहिले कै पार्टीमा प्रवेश गर्ने अनि पहिल्यैको पदमा आसिन गराउने पार्टी मठाधिसहरू नागरिकहरूको टाउकोमा गीर खेल्न पात्रै सिपालु छन् । ऐनमौकामा गुट–गुटको आपसमा गोदागोद, ठोकाठोक, लखेटालखेटीको तमासा देश भरी नै बाक्लिने गर्दछ । अनि फेरि “यो व्यक्ति वा त्यो व्यक्ति प्रधानमन्त्री भए सबै समस्या निख्रिन्छ” भन्दै धमिलो पानीमा खेल्दै आत्मरतिको राजनीति गरिरहने ? ज्ञाननिष्ठा नभएका व्यक्तिले मात्र यस्तो व्यक्तिवादी प्रचार गर्दछ । अझ कम्युनिष्ट कार्यकर्ताले सामुहिक हितको पक्षमा सम्पूर्ण जीवनको ज्ञान प्रयोग प्रयोग गर्दै मुलुकलाई शक्तिशाली बनाउने बाटो तर्फ लैजाने होइन र ? । ज्ञाननिष्ठा भएका जो कोही व्यक्तिले दलिय भद्रगोललाई समेल्न सुझाव निरन्तर दिनु पर्दछ ।
कतिको कन्तबिजोग ! कसैले भनेथे “म त शान्ति स्थापना गर्ने एक मात्र अर्जुनदृष्टि भएको व्यक्ति हुँ मसँग रामवाण नै छ” यो भनेको १८० दिन पूरा नहुँदै उचालपुचाल गर्नेहरूले घु¥यान मै पछारि दिए । अनि फेरि अर्काथरीले अर्का थरी लोभीपापी नेतालाई उचालपुचाल गर्न पुगे उचलपुचालको मोहोरीमा रम्ने अगुवा भनाउँदाको फुरफुरी बतासियो । त्यस्ताले आफूले उचालेको सिद्धान्तको झण्डाको बेइज्जत नै गरेको घटना पनि देशले भोग्यो । सानो दलहका इमान्दार नेताको नेतृत्वमा सबै दलहरू सम्मिलित मन्त्रीमण्डल बनाउनु एउटा विकल्प नै नहुने कस्तो बहुदलीयता ? गुट भित्रको ‘व्यक्ति इगो’ को कारणले बढेको आन्तरिक र बाह्य अन्तरबिरोधलाई यो विकल्पले मथ्थर पार्न सक्थ्यो । राजनीतिक इच्छाशक्ति भए शान्ति स्थापना र संबिधान निर्माण समस्या नै हुँदैनथ्यो । दलहरूको राजनीतिक ज्ञानेन्द्रियहरू नै प्रदुषित र संक्रमित भएपछि नागरिकको इच्छा त हावा नै हुन पुग्यो । यस्तो परिवेशमा व्यक्तिवादी राजनीति स्वाभाविक भएको छ । एउटा व्यक्तिलाई उभ्याएर वरिपरि बेरिएका स्वार्थी सुण्डमुसुण्डहरूले संक्रमणलाई बढाउन मलजल गरेकै हुन् हिजो तर आज यो क्रम रोकिनु पर्छ । अनि नागरिकहरूको तर्फबाट पनि कुनै चमत्कारी व्यक्तिको वकालत गर्नु ज्ञानहीन प्रवृति नै हो । गुटगत अतिरञ्जनाहरू बन्द गरिनु पर्दछ ।
आशा लाग्दा व्यक्तिहरूको राजनीति र कुटनीतिक व्यक्तित्वमा गुटबन्दीले उगाल आउँछ । पद नै अन्तिम हो भन्नेहरूको दुर्दशाको परिणाम कस्तो दुःखदायी हुन्छ अहिलेको घटनाले देखाइरहेको छ । अस्थीर राजनीतिक वातावरणामा व्यक्ति र गुटको त स्वार्थ पूरा होला तर मुलुकले गोता खाइरहने छ । लोकतन्त्रमा हिंसा र उद्दण्डता निषेध हुन्छ । लोकतन्त्रमा हिंसात्मक गतिविधिको आडमा अनुचित फाइदा लिन खोज्नु विचारहीन राजनीतिक प्रवृति हो भने गुटको आधारमा पदको पजनी गर्नु निकृष्ट राजनीतिक काम हो । निष्पौरष अर्थात पराक्रमहीन राजनीतिक व्यक्तिहरू समस्याहरूका कारक पनि बनेका छन् । समस्याहरूको छिनोफानो इच्छाशक्तिले मात्र गर्न सकिन्छ । जनचाहना अनुरुपको शान्ति र संबिधान दिन दृढता मात्रै एउटा उपाय हो । सबै दलहरूले राजनीतिक दृढ इच्छाशक्तिका साथ उभिनु पर्दछ । पक्ष विपक्षको रडाको संविधानसभामा देखिनु हुँदैन ।
दलहरूमा दललाई संकट पर्दा दल छोड्ने अनि दलको अवस्था सुदृढ हुँदा दलमा भित्रिने अवसरवादी झुण्ड चाहे त्यो बौद्धिक वर्गको होस् वा अरु कुनै ति सबै संक्रमण तन्काउने संक्रमित तत्वहरू नै हुन् । यहाँ एउटा जाबो सांसद र मन्त्री हुनलाई रङ्गबिरङ्को आतेजाते गैर राजनीतिक लसपस गर्नेहरूको एउटा भीड मडारिरहेको छ । त्यो भीड कहिले जातको रङ्मा कहिले वर्गको रङ्मा कहिले पहिचानको रङ्मा कहिले बौद्धिक वर्गको रङ्मा त्यही सांसद र मन्त्री नपाएको झोंकमा भौतारिएको छ । पार्टी बिछोड र पार्टी प्रवेशको जायामा निरन्तर यात्रा गरिरहेको त्यो स्वार्थी समुह कुनै पनि मानेमा दुःख पाएको नागरिकको साथी बन्न सक्ने छैन । समस्या छिमोल्ने कुनै इच्छाशक्ति त्यो भीडसँग छैन । त्यो भीड मात्रे राम्रो काम हुन लाग्यो भने जस आफू लिन खोज्छ र समस्याको थाक चुलिदै गयो भने त्यो भीड तथाकथित आरोपहरू लगाउँदै पार्टी छोड्ने अनि सत्तोसराप गरी पखाल्ने गरेको जिउँदा घटनाहरू छन् । यो क्ुनै राजनीति काम नै होइन र यसको कुनै सिद्धान्त र नीति नै हुँदैन । यस्तो प्रवृति हुने जोकोहीको पनि जिम्मेवारीबोध गर्ने साहस र आँट नै हुँदैन । यो पनि नागरिकहरूले बुझ्नु पर्ने अवस्था आएको छ ।
navinnp45@gmail.com

सहकारीमा सुविधाहरू र राज्यलाई कर योगदान

नेत्रप्रसाद घिमिरे

यस आ.व.मा मात्र नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि.ले १ करोड ५० लाख कर राजस्व राज्यलाई योगदान गर्नुले सहकारीले समाज विकासमा गर्ने योगदानको आँकलन गर्न सकिन्छ । त्यसै गरी मेची सहकारी संस्था लि.दमक र सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था लि.प्रत्येकले करिब ३० लाख राज्यलाई करराजस्व योगदान गरेका छन् । डाँफे दमक, राष्ट्रिय बहुमुखी दमक, कंचनजंघा दमक प्रत्येकले १४ लाखको दरले करराजस्व राज्यलाई योगदान गरेको देखिन्छ । झापाका सहकारीहरूबाट करिब १ करोड ६० लाख रकम आयकरको रुपमा मात्र राज्यलाई योगदान भएको छ ।

 ---------------------------------------------------------------------------------------------------------------------
सहकारी संस्थाहरूको विकास मुलुकको विद्यमान आर्थिक आइडोलोजीमा निर्भर रहन्छ । नेपालमा सहकारी सहितको तीन खम्बे अर्थनीति अवलम्बन गरिएको छ । कुनै मुलुकमा सहकारी संस्थाहरू स्वःस्फूर्त रुपमा सञ्चालन भएका छन् भने कुनै मुलुकमा सरकारको सक्रियतामा र छुटसुविधाका नीतिहरू मार्फत प्रोत्साहन गरेर सञ्चालन भएका छन् । कुनै पनि व्यवसायलाई प्रोत्साहन गर्ने कि नगर्ने भन्ने कुरा राज्यको कर प्रणालीमा निर्भर गर्दछ । खास गरेर नेपाल जस्तो विकासशील मुलुकहरूमा सहकारी संस्थाहरूलाई कर सुविधा, आर्थिक सुविधा, मूल्य नीति मार्फत सुविधा र पूर्वाधार सुविधाहरू उपलब्ध गराइ सहकारीहरूलाई प्रोत्साहन गरेको पाइन्छ । सहकारी ऐन, २०४८ को दफा ३८ ले सहकारी संघ संस्थाहरूलाई छुट सुविधा प्रदान गरिएको छ । जसअन्तर्गत अचल सम्पत्ति लेनदेन, खरिद बिक्रि गर्दा रजिष्टे«शन दस्तुर पूर्ण रुपमा छुट दिन सकिने तथा सहकारीले सञ्चालन गरेका उद्योगहरूका लागि चाहिने आवश्यक सामान वस्तुहरू, कच्चा पदार्थहरूमा लाग्ने भन्सार शुल्क, अन्तःशुल्कको समेत छुट दिन सकिने उल्लेख छ ।
आयकर ऐन, २०५८ को दफा ११ बमोजिम सहकारी ऐन अन्तर्गत दर्ता भई सञ्चालित कृषिमा आधारित सहकारीहरू, साना तथा कुटीर उद्योग सञ्चालन गर्ने सहकारीहरू र नगरपालिका बाहिरका बचत तथा ऋण सहकारीहरूलाई समेत २० प्रतिशत आयकर छुट तथा ५ प्रतिशतमा लाग्ने लाभांश कर समेत छुटको व्यवस्था गरिएको छ । सहकारी कानुनले सहकारी संस्थाहरूले आफ्ना सदस्यहरूको हितका लागि एवम् समाज, देश विकासका लागि शिक्षा, स्वास्थ्य सुविधाहरू प्रदान गर्न, एक आपसमा भाइचारा, सद्भाव, जनचेतना अभिवृद्धि गर्ने कार्यक्रम आदि कार्य सञ्चालन गर्न अनिवार्य रुपमा विभिन्न उपसमिति गठन गरी त्यसमार्फत त्यस्ता विभिन्न गतिविधिहरू सञ्चालन गर्नुपर्ने बाध्यात्मक व्यवस्था गरिएको छ । यस्ता कार्यका लागि संस्थाले बाध्यात्मक रुपमा विभिन्न कोषको व्यवस्था गर्नुपर्ने हुन्छ ।
नेपालमा हाल करिब ३० हजारको संख्यामा सहकारी संस्थाहरूमध्ये करिब ५० प्रतिशत सहकारी संस्थाहरूले प्यान दर्ता नगरी अर्थात करको दायरामा नआई सञ्चालन हुँदै आएको आन्तरिक राजस्व विभागको तथ्याङ्कले बताउदँछ । यसरी प्यानमा दर्ता नगर्ने सहकारी संस्थाहरू प्राय ग्रामीण भेगमा छन् । आन्तरिक राजस्व विभागबाट दुई वर्षको आयविवरण पेश गरी बिना जरिवाना प्यान लिन यही मंसिरसम्म (२०७१) छुट सुविधा सहकारीलाई दिइएको निर्देशन जारी गरेको छ । सबै सहकारीहरूलाई करको दायरामा ल्याउन प्यान दर्ता गराउन मनासिब देखिन्छ । प्यानमा दर्ता हँुदैमा कर तिर्नै पर्दछ भन्ने बुझाइ गलत हो । नगरपालिका बाहिरका सहकारी संस्थाहरूले टीडीएस करकट्टी ( ले.प.शुल्क कर लगायत) बाहेक अन्य कर तिर्नुपर्दैन । सहकारी संस्थाहरू आर्थिक कारोबार गर्ने संस्था मात्र नभई सरकारले समाज, देश विकास गर्ने तथा जनताप्रति गर्नुपर्ने दायित्व, जिम्मेवारीलाई सहयोग पु¥याउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने एक खम्बा हुन् भन्नेमा दुईमत नहोला । सहकारी ऐनको मनसाय नै सहकारी संस्थाहरू नाफा आर्जन गर्ने व्यापारिक संस्था मात्र नभई त्यो भन्दा महत्वपूर्ण समुदायको हितलाई सर्वोपरि राखी विशुद्ध सेवाको भावनाबाट कार्य सञ्चालन गर्नुपर्दछ भन्ने हो । निम्न आयवर्गका मानिसको सामाजिक, सांस्कृतिक, शैक्षिक विकास गर्ने र रोजगारी तथा गरीबी निवारणको क्षेत्रमा सहकारीले काम गर्ने भएकाले सरकारबाट अन्य व्यवसायिक नाफामूलक निकायहरूलाई गरेसरह नीति नियम लागू गर्नु पक्कै पनि उचित देखिँदैन ।
कर सुविधाः– सहकारी ऐन, २०४८ को दफा ३८ ले सहकारी संघ संस्थाहरूलाई सहकारीको मुनाफामा, सदस्य लाभांशमा, घरबहालमा र स्थानीय करमा छुट सुविधा प्रदान गरिएता पनि सहकारीमा गैर सदस्य कारोबार भएको देखिएकाले वि.सं. २०५८ को आयकर ऐनले तोकिएका ठाउँका निश्चित सहकारीहरूलाई विभिन्न किसिमका कर लाग्ने प्रावधान गरिएको पाइन्छ । सो कर प्रणालीलाई हरेक वर्षका बजेटसंगै आउने आर्थिक ऐनहरूले अद्यावधिक गर्ने प्रचलन रहेको छ । सहकारीहरूले आर्थिक व्यवसायबाट कमाएको मुनाफामा शुरुमा ३० र हाल २० प्रतिशत आयकर र सोमा थप २ प्रतिशत स्थानीय सेवा शुल्क कर तथा ५ प्रतिशत सदस्य लाभांश कर, बैंकबाट प्राप्त गर्ने ब्याजमा १५ प्रतिशत संस्थागत ब्याज कर, ग्रामीण क्षेत्रमा सदस्यले वार्षिक २५ हजार भन्दा बढी ब्याज प्राप्त गरेमा शुरुमा ६ र हाल ५ प्रतिशत ब्याज कर तर शहरमा यो सीमा छैन, शुरुमा १० र हाल १३ प्रतिशत मूल्य अभिवृद्धि कर, शुरुमा १५ र हाल १० प्रतिशत घरभाडा कर, स्रोतमा कर कट्टी टीडीएस (जस्तै १५ प्रतिशत लेखापरीक्षण शुल्क कर, १५ प्रतिशत पारिश्रमिक कर, १ प्रतिशत सामाजिक सुरक्षा कर आदि) जस्ता कर सहकारीले राज्यलाई योगदान गर्नुपर्दछ । यी नगरपालिकामा बचत तथा ऋणको कारोबार गर्ने सहकारीले सबै किसिमका कर तिर्नुपर्दछ भने ग्रामीण क्षेत्रका र उत्पादनमूलक सहकारीले स्रोतमा कर कट्टी टीडीएस मात्र तिरेपुग्दछ । जस्तै कृषि उद्योग, फलफूल उद्योग, पशुपालन, डेरी उद्योग, कुखुरा तथा मत्स्यपालन, तरकारी खेती तथा प्रशोधन उद्योग, उन्नत बिउबिजन उत्पादन उद्योग, मौरीपालन, रबर खेती, जडिबुटी खेती तथा प्रशोधन उद्योग र ग्रामीण बचत तथा ऋणको कारोवार गर्ने आदि सहकारी समेतले स्रोतमा कर कट्टी टीडीएस मात्र तिरे पुग्दछ अन्य कर तिर्नु पर्दैन तर प्यानमा दर्ता भने अनिवार्य हुनुपर्दछ अन्यथा कारवाहीको भागी बन्नुपर्दछ । यस आ.व.मा मात्र नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि.ले १ करोड ५० लाख कर राजस्व राज्यलाई योगदान गर्नुले सहकारीले समाज विकासमा गर्ने योगदानको आँकलन गर्न सकिन्छ । त्यसै गरी मेची सहकारी संस्था लि.दमक र सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था लि.प्रत्येकले करिब ३० लाख राज्यलाई करराजस्व योगदान गरेका छन् । डाँफे दमक, राष्ट्रिय बहुमुखी दमक, कंचनजंघा दमक प्रत्येकले १४ लाखको दरले करराजस्व राज्यलाई योगदान गरेको देखिन्छ । झापाका सहकारीहरूबाट करिब १ करोड ६० लाख रकम आयकरको रुपमा मात्र राज्यलाई योगदान भएको छ । राज्यलाई कर योगदान गर्ने प्रणालीले सहकारीहरूलाई पारदर्शी र जबाफदेही बन्न प्रेरणा समेत प्रदान गर्दछ ।
आर्थिक सुविधाहरूः– सहकारी ऐनले सहकारीले अचल सम्पत्ति बाहेक गरेका कारोबार सम्बन्धी लिखित रजिष्टे«शन गर्नु नपर्ने, अचल सम्पत्तिको लेनदेन वा खरीद बिक्रि सम्बन्धी कागजपत्र वा कुनै किसिमको लिखतमा आय टिकट दस्तुर र रजिष्टे«शन दस्तुर नलाग्ने जस्ता छुट सुविधा दिइएको छ । आयकर ऐनले सहकारीले उत्पादन र सेवा प्रयोजनका लागि आयात गर्ने मेसिन, उपकरण, कृषियन्त्र, कच्चा पदार्थ, कार्यालय उपकरण र ढुवानी साधनहरूमा लाग्ने भन्सार महशुल वा बिक्रिकर तथा सहकारीले उत्पादन गरेका माल सामानमा लाग्ने अन्तःशुल्क समेत सहकारी सिद्धान्तभित्र रहेर कार्य गरेका सहकारीलाई प्रचलित कानुन बमोजिम पुरै वा आंशिक रुपमा छुट दिन सकिने व्यवस्था गरेको छ । सहकारीले औद्योगिक व्यवसाय गरेमा कानुन बमोजिम उद्योगले पाए सरहको अन्य छुट सुविधा संरक्षण समेत सहकारीले पाउने प्रावधान गरिएको पाइन्छ । यस्ता व्यवस्थाले सहकारी अभियान निकै लाभान्वित हुन सक्दछन् । सेयर सदस्यलाई कर्जा लगानी गर्दा धितोको दृष्टिबन्धकमा सेवा शुल्क बाहेक रजिष्टे«शन दस्तुर नलाग्ने व्यवस्था गरिएको छ ।
मूल्य नीतिः– सर्वसाधारण उपभोक्ता र किसानहरूलाई गुणस्तरीय सरल र सहज मूल्यमा रासायनिक मल, चिनि, नून जस्ता वस्तुहरू सहकारी मार्फत निश्चित अनुदानमा निर्धारित कम मूल्यमा सहकारी मार्फत विक्रि वितरण गर्नुपर्ने नीति हाल सरकारले लिएको देखिन्छ ।
सहरी इलाकाका केही सहकारीहरूले सहकारीको भावना, मर्मविपरित आफ्ना सेयर सदस्यहरू तथा समाजलाई समेत लाभ, सुविधा नदिई दुई चार जना व्यक्तिहरूको स्वार्थ पूर्ति गर्ने उद्देश्यले मात्र सञ्चालन भइरहेको आरोप लाग्ने गरेको छ । यस्ता संस्थालाई गल्ती अनुसार कारबाही गर्नुपर्दछ वा थप कर लगाउनु पर्दछ । तर त्यस्ता सहकारीहरूलाई आधार बनाएर आयकरको व्यवस्था गरिएको हो भने सहकारी भावना मर्म र सिद्धान्त अनुसार सञ्चालित बहुसंख्यक सहकारीहरूलाई न्याय भएको पक्कै मानिदैन । कर नै अनिवार्य गरिने हो भने सहकारी सिद्धान्तको परिपालना, ठाउँ र कारोवार अनुसार सहकारीहरूलाई वर्गीकरण गरी उचित र न्यायसंगत कर प्रणाली लागू गरिनु पर्दछ भन्ने वास्तविक सहकारीकर्मीको भावनालाई सम्बोधन गर्न जरुरी भैसकेको देखिन्छ । आगामी दिनमा एउटाले विराउने सारा पिराउने प्रवृत्ति अन्त्य गर्ने हो भने सरकारी सहकारी प्रशासनलाई प्रभावकारी र गतिशील बनाइ सहकारीमा विधिको शासन स्थापना गर्न ढिलाइ गर्ने हो राज्यले महंगो मूल्य चुक्ता गर्नुपर्ने स्थिति देखिन्छ । हाम्रो मुलुकमा जनतामाथि हुने आर्थिक तथा सामाजिक शोषणलाई अन्त्य गरी आर्थिक तथा सामाजिक उत्थान गर्ने उद्देश्य राखेर स्वःस्फूर्त रुपमा सहकारी संस्थाहरू स्थापना भइ सञ्चालन भैरहेका छन् । सहकारी अभियान समाज समुदायमा भईरहेका र हुने आर्थिक तथा सामाजिक शोषणलाई अन्त्य गरी प्रजातान्त्रिक समाजको स्थापनामा संलग्न भईरहेका समुदायमा आधारित सहकारीहरूको आयमा सामाजिक न्यायको दृष्टिकोणबाट पनि कर, शुल्क, छुट दिनु न्यायसंगत हुने देखिन्छ ।
(लेखक डिभिजन सहकारी कार्यालय झापाका सहकारी अधिकृत हुन्)

गाईवस्तु पशु नभई मान्छे नै हुँदैछन्

टंक पाठक
पाडाजुङ्गीदेखि विशेष गरी माइधारसम्म पूर्व पश्चिम राजमार्ग अन्तर्गत सवारी साधनबाट बढी दुर्घटना भई राखेको कुरो हामी सर्वसाधारण जोकोहीले सुन्ने गरेकै छौं । दुर्घटना पनि दैनिक जसो भइराखेको छ । दुर्घटनामा केही लापर्बाही सवारी चालकबाट पनि भयो नै होला, तर बढी मात्रामा दुर्घटना हुने कारण पूर्व पश्चिम राजमार्ग दक्षिणपट्टिका गाउँ टोलमा बसोबास गर्ने मानिसका पाल्तु जनावरबाटै भएको कुरो प्रष्ट छ । भर्खरै मात्र मेरो एउटा विशेष कामले चन्द्रगढी जाने काम प¥यो र दमकदेखि कुनै एक बसमा चढी यात्रातिर लागेँ । जब पाडाजुँगीको सशस्त्र क्याम्प अगाडि पूर्वतिर बस लाग्यो राजमार्ग उत्तरतिरको वनमा गाईवस्तु बाख्रा खसी चराउनको लागि खुल्ला रुपले ती चौपायाहरूलाई लखेटेको देख्न थालियो । गोठालाका रुपमा पाँच छ वर्षदेखि वृद्धसम्मका र कोही निकै टाठाबाठासम्म देखिने महिला पुरुष देखिन्थे । ती बालबच्चालाई आफ्ना गाईवस्तु राजमार्ग कटाउन हम्मे हम्मे सम्म परेको देखिन्थ्यो । राजमार्गको आसपासमा अरु सुँगुर पाठाहरू पनि देखिन्थे । यो समय करिब बिहानको ९ बजेको अनुमान गर्न सकिन्थ्यो । गाडीको रफ्तार अगाडि बढ्दै थियो, विपरित दिशाबाट पनि विभिन्न किसिमका सवारी साधन ती चौपायालाई जोगाउँदै हुत्तिँदै आउने क्रम थियो । पूर्व जाने पनि अन्य सवारी साधन प्रशस्तै देखिन्थे । जब डुँडामारी के आउन लागेको मात्र थियो म चढेको गाडी एक्कासी ब्रेक लाग्यो । सबै पछिल्तिरका मान्छे हुत्तिए अगाडि आए, केही उत्तानो परेर पछारिए । केही घाइते भए भने चालक किंकर्तव्य मुढमा देखिन्थे । म चाँहि सीटमा बसेको हुँदा सामान्य दखलमात्र भोग्न पुगेँ । किन यस्तो भयो भन्ने हलचल हुँदा अलि अगाडितिर विपरित दिशाबाट आउँदै गरेको मोटरसाइकल उत्तानो परी लगेको र त्यसमा सवार गर्ने एक बालक र महिला सडकमा रक्ताम्मे भएर लडेको दृश्य देखियो र चालकको हात फ्याक्चर भएर होला, त्यो मोटरसाइकल अन्य मान्छेले उठाउँदै गरेको र ती घाइतेलाई अस्ताल लग्न अन्य सवारीसाधनलाई त्यहाँ उपस्थित केही मानिसद्वारा हार गुहार गरेको देखिन्थ्यो । त्यो घटना तिनै चौपाया पशुबाट भएको देखिन्थ्यो भने आफू चढेको गाडी पनि झण्डै पल्टेको त्यही कारण थियो । अनि बसमा असर परेका यात्रुबाट के आवाज गुञ्जिरहेको थियो भने, यहाँका पशुपालक मान्छे अपराधी हुन् । गाईवस्तु होइनन्, यहाँका मान्छे पशु हुन् । गाडीहरू आएको देख्दा देख्दै गुडुडु गाईवस्तु लखेट्तै बाटो कटाउने र अवरुद्ध पार्ने । गाई वस्तु सबैले पाल्छन् तर दुनियाँलाई दुःख दिएर किन पाल्नु ? बुद्धि सुद्धि सकिएकाहरू । एकजनाको मात्रै यस्तो भनाई थिएन, प्रायः सबै यात्रीहरूको आवाज एउटै थिथयो । मेरो पनि ती यात्रीहरूको भनाईप्रति मौन सहमति थियो । हाम्रो सवारी सधान प्रत्येक गौडा–गौडामा पशुहरूको अवरोधलाई जोगाउँदै माईधार पुग्यो र त्यसपछि गाडीले अलि रफ्तार लियो । अन्यत्र यस्तो पशुको अवरोध कतै पनि देखिँदैन थियो । घर दमकमा परेकोले चन्द्रगढीबाट तीन बजेको गाडी चढेर घरतर्पm आइयो । अन्यत्र कतै छैन, झिलझिले कटेपछि तिनै गाईवस्तु राँगा घरतिर फर्काउँदै गरेको दृश्य देखिन्थ्यो । अनि आफूलाई केही हिनताबोध हुँदै डर त्रास लाग्थ्यो, घर नपुगी कहीँ कतै दुर्घटना त हुँदैन ? मनमा घटनाका रङ्गीन तरङ्गहरू आउने गर्दथ्यो । 
केर्खा बजार कट्ने बित्तिकै हुँदै दिशातर्पmबाट आएका सवारीसाधन रोकिराखेका देखिन्थे । एउटा नेता जस्तो देखिने व्यक्ति अगाडि हात उठाउँदै अघि बढ्दै थियो । त्यहाँ पाँच सात जना कानमा मुन्द्रा लगाएका लामा लामा कपाल भएका युवा जस्ता देखिने मानिस गाडी रोक्दै थिए । हाम्रो गाडी पनि अलि पछि रोकियो । आवाज आउँदै थियो, चक्काजाम, चक्काजाम । किन के रहेछ भनी अलि अगाडि आएर म लगायत केही हाम्रा बसका यात्रीले हेर्न जाँदा एउटी महिलाले गाडीले मारेको एउटा बाख्राको पाठी लिएर कराइराखेकी थिईन् र यस्तो भनाई पनि आइरहेको थियो “यस पाठीको मोल पन्ध्र हजार तिर्ने भए गाडी खोलिन्छ, नत्र खोलिँदैन” । एक जना यात्रीले भने किन यस्ता मुला पाठीको दाम के को पन्ध्र हजार, पुलिस बोलाउनु पर्छ अब ?” ती महिलाले सबैले सुन्ने गरी भनिन्, मलाई मेरो पाठीको दश हजार ती गाडी रोक्ने भाईहरू नचिने पनि पाँच हजार मागेका छन् । अनि यो पाठीले कति बोका जन्माउँछ र ती बोकाको दाम कति हुन्छ ? म त्यसै छाड्दिनँ ? हामी त्यही हुँदाहुँदै एउटा भ्यानमा पुलिस आएको देखियो । त्यहाँ के भनाई सुनिन्थ्यो भने चक्काजाम गरेको २० मिनेट भयो, बल्ल पुलिस आए । यस्ता पुलिसले अनि के जनताको सुरक्षा दिन्छन् ? ढिलै पुलिस आएपनि मार्ने गाडीका चालकलाई के कति रुपैयाँ जरिवाना गराएर पाठी तिनै महिलालाई जिम्मा लगाएर डाङ्ग डुङ्ग गर्दै गाडी खोलेपछि हाम्रो गाडी पनि पश्चिमतर्पm बढ्यो र म पनि घर आइपुगेँ । स्मरण रहोस्, वास्तवमा यस प्रकारको घटना दिनानुदिन केही न केही, कुनै न कुनै प्रकृतिबाट ती स्थानहरूमा घटिरहेको चर्चा सुन्न पाइन्छ । यो वास्तविक र यथार्थ हो । यो क्षेत्र किन यस्तो छाडा पशुको व्यवहारले विभिन्न दुर्दशा व्यहोर्नुपर्ने ? वन विभागले आफ्नो सरकारी वनलाई गौचरनमा रुपान्तरित गर्दैछन् ? किन गाउँलेसँग कमिसनको खेती वन विभागले गरेको त छैन ? किन त्यहाँका मान्छे आफै पशु बन्दैछन् ? प्रत्येक दिनको घटना तिनीहरूले बुझेको छैन र ? किन सडक विभाग र प्रशासन मौन छ ? जब यस्ता घटना हुँदै गर्दा ? ती पशुपालन गर्ने महासयहरूले अरुलाई दुःख दिएर पशुपालन गर्दा मन सधैं शान्त हुन्छ ? सबैले पशुपालन गरेका छन्, पाल्नु पनि पर्छ तर आफ्नो क्षेत्राधिकार भित्र रहेर पाल्नुपर्छ । के त्यस्ता ठाउँको समाजको विवेक हुँदैन ? के त्यहाँ केही लेखपढ गरेका र यसो नेता हौं भन्ने जस्ताको अभाव छ ? गोठालाहरूको त त्यति बुद्धि नहोला, गोठका धनीको त केही ज्ञान होला नि, कि छैन ? कि एउटा जनावर म¥यो, त्यसलाई ठगी खाने भाँडो बनाइयो, अब पनि त्यस्तै होइन ? पशुले गर्दा कतिको ज्यान जोखिममा परेको छ र सवारी साधन तोडफोड भएको छ, त्यो ज्ञानको बिर्को कसले र कसको खुल्ने ? स्मरण रहोस्, विदेशतिर कुनै छाडा पशुले सवारी साधन र बाटो अवरोध गरे, राज्यले तुरुन्तै त्यस्ता पशुहरूलाई लगेर ढाट या अन्य कुनै व्यवस्थाबाट नियन्त्रण गर्छ । यो देशमा यसका लागि नियम छैन ? किन सरकारी वनमा छाडा मान्छे र पशुको रजाई ? अब हुने जोखिम र दुर्घटनाको जिम्मेवारी को हुने ? यसलाई सम्बन्धित सबैपक्षबाट यसको छिट्टै जिम्मेवार राज्य पक्षका सम्बन्धित निकाय र पशुपालकहरूले लिनुपर्छ । गाईवस्तु नभएर पशुपालक नै पशु भएको भनाईलाई सावित नहोस् । पशु पशु नै हो, मानिस उत्तम र चेतनशील, विवेकी प्राणी हो ।

संविधान निर्माण गर्दा खेल्नुपर्ने मुख्य भूमिका

निधिरत्न अधिकारी
नेपाली जनताको जनसंविधान लेख्नका लागि नै हो भनेर २०५२ सालदेखि २०६२ सालसम्म नेपाली जनताले सामन्तवादी राज्य व्यवस्थाको विरुद्धमा हतियार उठाए । यसको नेतृत्व तत्कालीन नेकपा माओवादीले ग¥यो । संवैधानिक राजतन्त्रको आड लागेर नेपाली कांग्रेस नेकपा एमाले र अन्य साना पार्टीहरू मिलेर प्रजातन्त्र नामधारी शासन चलाइरहेका थिए । २०४६ सालपछि प्राप्त नेपाली जनताको बलिदान त्यागबाट प्राप्त प्रजातन्त्रले यदि जनताको संविधान जनताकै नाममा गरिने राष्ट्रको भौतिक समृद्धि थियो भने तत्कालीन नेकपा माओवादीले १० वर्षसम्म चलाएको जनयुद्धबाट २० औं हजारको बलिदान, हजारौं वेपत्ता र अङ्गभङ्ग हुनुपर्ने बाध्यता यो बुद्धको जन्मस्थल, तपोभूमि शान्तिभूमिमा निम्तिने थिएन । यो कुरा हामी सारा नेपाली र विश्व जनसमुदाय, सरकारलाई प्रष्ट थाहा छ । संयुक्त राष्ट्रसंघको नेतृत्वमा पठाएको अनमिन साक्षी बसेर नेपाली माओवादीले चलाएको जनयुद्ध यो कुनै खेलाँची, कसैको लहडमा, कसैको व्यक्तिगत सम्पत्ति जफत गर्न चलाएको युद्ध होइन, नेपाल जनताले सदियौंदेखि आफ्नो सम्पूर्ण अधिकार प्राप्त गर्न गरेको बलिदान जनता र देशको पूर्ण समृद्धिको लागि हो रहेछ भनेर प्रमाणित गर्न साक्षी बसेको कुरा नेपाली राजनीतिको रातो खातामा टिपोट भई सकेको छ । यसैको आडमा रहेर नेपाली जनताको पूर्ण अधिकार प्राप्त गर्न र नेपाली धर्तीको सर्वाङ्गिण विकास गर्ने गरी वृहत शान्ति सम्झौता भयो । त्यसको आडमा धेरै नेपाली राजनीति भित्र पटक–पटक धेरै बुँदे समझदारी भए । सहमतिहरूमा सबै पक्षबाट आफ्नो प्रतिबद्धता जाहेर भयो । यसैलाई मूल आधार बनाएर नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्रभित्र रहेर संविधानसभाको निर्वाचन गर्ने भन्ने सबै राजनीतिक पक्षहरूको बीचमा सहमति भयो । त्यसपछि २०६४ साल चैत्र २८ गते नेपालमा ऐतिहासिक संविधानसभाको निर्वाचन भयो । जुन निर्वाचनले नेपाल र नेपालीको समृद्धशाली बन्ने भूमिका खेल्दथ्यो । किन यसको महत्व यत्रो थियो भने राजा र रैतिको नाता–राजतन्त्र र जनताको बीचमा थियो । राजतन्त्रलाई थोरै बङ्ग्याएर प्रजातन्त्ररुपी आडमा देश चलाउँछौं भन्ने संसदवादी दलहरू काठमाडौं वरिपरिमात्र मस्त थिए । यही अदुरदर्शिताले गर्दा नेपाल विश्वकै कङ्गाल मुलुक बन्न पुगेको यथार्थ लुकाउन सकिँदैन । यसैको कारणले २० औं हजार नेपालीको रगत यो धर्तीमा बग्यो । यही परिणामले नेपाली जनताको पूर्ण अधिकार प्राप्त गर्न हिमाल, पहाड, तराईमा बसोबास गर्ने सबै नेपाली जनताको मौलिक संविधान निर्माण गर्नु ऐतिहासिक माग र आजको आवश्यकता थियो र छ । यो मुद्दा सबैले स्वीकार गरिसकेको कुरा हो । तर संविधानसभा निर्वाचन भएको ६ वर्षमा पनि तोकिएको समयमा संविधान निर्माण हुन सकेन । अन्ततः संविधान नलेखी संविधानसभाको विघटन हुन पुग्यो । यसरी फेरि पनि नेपाली राजनीतिले नेपाली जनतालाई धोका दियो, अन्तर्घम ग¥यो । संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा र संविधानसभाको निर्वाचनबाट नेपाली जनताको जन संविधान निर्माण हुनुपर्छ, लेखिनुपर्छ भन्ने प्रमुख माग तत्कालीन नेकपा माओवादीले अगाडि ल्याएको हो । अहिले हामीले बोल्ने शासन र टकराइरहेका प्रमुख राजनीतिक मुद्दाहरू तत्कालीन माओवादीले नै उठाएका हुन् । यी मुद्दाहरूलाई सबै राजनीतिक पार्टीहरूले स्वीकार गरी सकेका छन् । पहिलो संविधानसभाले संविधान दिन नसकेपछि २०७० साल मंसिर ४ गते पुनः नेपालमा संविधानसभाको निर्वाचन भयो । विगतका काम कार्यवाही कसले कति भूमिका खेले, कसले कति गल्ती गरे, समग्र नेपाली जनताको संविधान लेखिन नसक्नुमा कुन पार्टी नेताको कति गल्ती छ, भन्ने कुरा अतित साक्षी छ । नेपालको अब कोरिने इतिहासले सावित गर्ला नै । तर दोेस्रो संविधानसभाको निर्वाचन गर्नुभन्दा अगाडि पहिलो संविधानसभाले अनुमोदन गर्नैपर्ने भन्ने सबैको प्रतिबद्धता छ र नमिलेका विषयहरू पुनः संवैधानिक समितिको सहमतिमा मस्यौदा तयार गर्ने भन्ने नै हो । राष्ट्रका जनताको साझा समस्या र उठेका मुद्दा सबै पार्टी, नेता, विचारहरूको साझा नै हुनुपर्छ । पहिलो संविधानसभाबाट संविधान लेखिन नसक्नुमा धेरथोर सबै राजनीतिक पार्टी, नेता र सरोकारवालाहरूको आ–आफ्नो हैसियतबाट कमी कमजोरीको जिम्मेवारी वहन गर्नैपर्छ । “पानीमाथिको ओभानो”, “दूधको साक्षी बिरालो हुन कोही पनि पाउँदैन” । अबका दिनमा नेपालको कुनै पनि पार्टीहरूले अगाडि भने जस्तो उखान अनुसार नेपाली जनताको बीचमा पुगेर एकले अर्कालाई दोष थोपर्ने र आफू चाँहि चोखो बन्ने कोसिस गरे भने कुनै मानेमा पनि छुट पाउने छैनन् ।
अहिलेको वर्तमान राजनीति दोस्रो संंविधानसभामा गरिएका भएका प्रवृत्ति दोहोरिन खोजिरहेका छन् । अब पनि खराब प्रवृत्तिले ठाउँ पायो भने नेपालको इतिहास संसारबाट नै मेटिने छ । न हामी नेपाली, न नेपाल कुनै रहने छैन । यहाँ नेपाली राजनीतिको मुख्य खराब प्रवृत्ति के हो भने व्यक्तिगत सत्ता र स्वार्थ प्राप्त गर्ने ठाउँमा देश र जनताप्रति गरेका प्रतिबद्धता बिर्सेर अगाडि जाने मूल कुरा अगाडि आउँछ । प्रकृतिको नियम अनुसार यस धर्तीमा भएका सबै चिजको विपरितार्थ शब्द छन् । त्यस्तै नेपाली राजनीतिमा पनि छ । नराम्रोको ठाउँमा राम्रो छ, विषको ठाउँमा अमृत छ । यावत कुरा नेगेटिभ रुपमा मात्र हेर्नुहुँदैन । राजनीतिमा अहिले आएर सबैको भूमिका आ–आफ्नो ठाउँमा हुन्छ । मुख्य रुपमा एउटा पार्टी नेता, विचारले एक आपसमा उसको भूमिकाको अस्तित्वको मूल्याङ्कन गरेर सतय कुरा आत्मसाथ गर्न सक्नुपर्छ । सत्य र यथार्थ कुरा आफूले आफैबाट ढाँट्नु हुँदैन । सबैले जनता र देशको अहित हुने कुरालाई नकार्न र हित हुने कुरालाई स्वीकार्न सबैको साझा सोच हुनुपर्छ । यसो गर्न सके नेपालमा जनताको जन संविधान अवश्य लेखिन्छ ।
nidhiratna@hotmail.com

मोदीको सन्देश र दलहरूको भूमिका


ओमप्रकाश गौतम

वर्तमान भारतीय प्रधानमन्त्री नरेन्द्र दामोदरदास मोदीले गत श्रावण १८ गते संविधानसभाको हलभित्र ४५ मिनेट समय सान्दर्भिक उच्चकोटीको सम्बोधन गरे । सो सम्बोधन हाम्रा नेताको लागि एउटा चेतनाको दिप खुल्ने प्रकृतिको थियो, किन कि नेताहरू सत्ता र कुर्सीको केन्द्रमा आकर्षित थिए, जनतालाई कुनै राहत दिने थिएन । त्यसैले पनि उनको त्यो सम्बोधन हामी जनताका लागि एउटा अब्बल प्रकारको सम्बोधन थियो । त्यति मात्र होइन, मोदीको त्यो दुई दिने भ्रमण अपेक्षित सम्झौता वा अनुदानसँगै संसद भवनमा दिएको सारगर्वित मन्तव्य सारा नेपाली जनताको लागि मननीय छ ।
हुन त हाम्रो देश नेपालमा भारतबाट प्रधानमन्त्रीमा निर्वाचित अनेकौं परिचय र प्रवृत्ति बोकेका प्रधानमन्त्री पटक–पटक सम्झौताका ठेलीहरूमा नाटकीय रुपमा हस्तार गर्दै हाम्रा नेतालाई कनिका छर्ने अभिव्यक्ति दिएर गए, सारमा कुनै पनि उल्लेख्य काम हुन सकेन । तापनि मोदीको यो भ्रमणमा सारा नेपाली जनताका लागि मोदीमय वा मायावी मोदीमय चाँहि भयो । व्यक्तिगत खुबी र लोकप्रियताका माध्यमबाट संसारको सबैभन्दा ठूलो लोकतन्त्र मानिने भारतको सत्ता केन्द्रमा पुगेका मायावी मोदीका कारण दुई निकट दक्षिण एसियाली मुलुकबीच सम्बन्धको नयाँ तरङ्ग पैदा हुने अपेक्षा एक हदमा महान् नेपाली जनताले उनको नेपाल भ्रमण एक अर्थमा जनताका लागि आशावादी र लोकप्रिय छ भन्ने कुरामा कुनै द्विविधा छैन किन कि उनले भारतीय राजनीतिमा जसरी सफलताको बाटो कोरे, छिमेकीहरूसँगको सम्बन्ध बलियो पारी विश्वमञ्चमा आफ्नो पकडको सहयात्री बनाउने योजना तयार बनाएर गयो त्यो भने आगामी दिनमा पूरा होला या नहोला त्यो भने हेर्न बाँकी नै छ । उनको भनाई, भ्रमण दौरान नेपाललाई भारतका तर्पmबाट गरिएका प्रतिबद्धता अनि द्विपक्षीय सम्झौताका दस्तावेजहरू भोलिका दिनमा कति पूरा हुन सक्लान्, त्यो आशा नेपाली जनताले गरिरहेका छन् । आज हाम्रो देश नेपालका चार वटै सीमामा भारत लगायतका अन्य मुलुकहरूले गिद्धे दृष्टि लगाइरहेको कुरा त हामीले थाहा पाएकै छौं, कति ठाउँका सीमास्तम्भ रातारात सारिएका घटना त हामीले बारम्बार हेरेका छौं, छापा माध्यममबाट थाहा पाएकै छौं । तापनि हाम्रै देशका नेता कानमा तेल हालेर जम्बो संविधान हलभित्र सत्ताको बार्गेनिङ्ग गरिरहेको घटना हामी माझ तरोताजा छ ।
मोदीले नेपालको सार्वभौमसत्तालाई हृदयदेखि गरेको सम्मानलाई बुद्धको जन्मथलो नेपाल भएको भन्ने अभिव्यक्तिलाई नेपालको आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने भनाईलाई र ऋषिमन राखी चाँडोभन्दा चाँडो संघीय लोकतान्त्रिक गणतान्त्रिक संविधान निर्माण गरी लागू गर्न तयार रहेको कुराले गर्दा मोदीले नेपाली मनको हृदय प्रफुल्लित बनाइदिएको छ । उनका सारगर्भित भनाईहरूमा “वर्तमान दबिएको हुनुहुँदैन, भविष्य देखिएको हुनुपर्छ, संविधान लेख्न ऋषिमन हुनु आवश्यक छ, शस्त्र छोडेर शास्त्रमा आउनु बुद्ध भूमिको सन्देश हो” जस्ता अति नै समय सान्दर्भिक उनको प्रवचन नेताहरूप्रति ध्यानाकर्षित थियो ।
अर्को कुरा सबै प्रकारको क्षेत्रीय वादलाई अस्वीकार गर्दै समयसीमा भित्रै सर्वस्वीकार्य संविधान बन्नुपर्छ भन्ने उनको महत्वपूर्ण भनाई र चासो नेपाली जनताको लागि सर्वस्वीकार्य छ र उनले नेपाल र भारतबीचको शंकाको तुँवालो हटाईदिने प्रयत्न गरेर गए अब त्यो अविश्वासको खाडल हाम्रा नेताले आगामी दिनमा पूरा गर्न सक्नुपर्छ । आज उनको फलदायीपूर्ण नेपाल भ्रमण छापा माध्यमहरुमा पिटिए र पिडिए नभए पूरै नेपालको भविष्य नै खत्तम हुन्छ, अन्धकारमय हुन्छ भन्ने जस्ता छेपारे प्रवृत्तिका अड्कलबाजी मिडियामा छ्यापछ्याप्ती आएका छन्, ती अतिरञ्जित भनाईहरुप्रति हामी जनताले विश्वास नगर्नु नै वेश हुन्छ । किन कि उनको नेपाल भ्रमण पश्चातका दिनदेखि १०० दिन पछिको नेपाल र भारतसम्बन्ध कतिको दिगो र मजबुत रहेछ भन्ने कुरा –आगामी दिनमा थाहा पाउने कुरा हो । अहिले नै अतिरञ्जित कुरामा विश्वास गर्नु बेकार छ किन कि आगामी दिनमा नेपाल भारतबीचको सम्बन्ध नङ र मासुको सम्बन्धझैं दिगो भएर जाओस् । नेपालको हितमा असर नपर्ने गरी झिनामसिना विषय र विवादलाई पर सारी उनले नेपालमा गरेको खरबौंको रकम विभिन्न शिर्षकमा दिएको आर्थिक सहयोग वर्तमान प्रधानमन्त्री सुशील कोइरालाको नेतृत्वको सरकारले गर्न सकोस् । जनताको गाँस, बास र कपासको उचित ग्यारेण्टी हुन सकोस्, वैदेशिक लगानी संसदको निजी खर्चमा विनियोजन नहोस् । मोदीबाट हाम्रा नेताहरुले सिक्नैपर्ने आदर्शका पाठहरुलाई अक्षरस पालना गर्दै संविधान निर्माणमा हातेमालो गर्दै अघि बढ्न प्रेरणा मिलोस् । उनीबाट हाम्रा नेताले सिक्नैपर्ने पाठहरुमा राजनीति विनास र विद्रोहबाट होइन विकास र उन्नतिबाट शुरू गर्नुपर्छ । हाम्रा नेताहरुले बोली व्यवहारमा आलोचना गर्ने पुराना सन्धी सम्झौताहरुका दस्तावेजहरु पल्टाएर संविधान बनाउने अवरोधमा बाधा पु¥याउन बन्द गर्नुपर्छ । गरीब, किसान, भूमिहीन, सुकुम्बासी, महिला, दलित, जनजाति, आदिबासीका समस्या सम्बोधन हुने संविधान हाम्रा नेताले आगामी माघ महिना अगावै घोषणा गर्न सकून् । हाम्रो हिमालयमा पाइने जडिबुटीको विषयमा भारतीय प्रधानमन्त्री मोदीलाई चिन्ता बढ्यो, हाम्रा नेतालाई यतिका दिनसम्म पनि चिन्ता बढेन, उनको यो अभिव्यक्तिले आगामी दिनमा हाम्रा नेताको कर्ण खुल्न सकोस् । मधेसी नेताहरुलाई क्षेत्रीयताको कुरा गर्न छाडेर समग्र राष्ट्रको बारेमा सोच्न र यही अनुसार अघि बढ्न दिएको सन्देश अनुसार हाम्रा नेता तथा नेतृत्व अघि बढ्न सकून् । मायावी मोदीको सन्देशबाट हाम्रो नेता नेपाल समृद्ध बन्न सकोस् ।
omgautam817@gmail.com

मोदीको दिक्षा र भिक्षा

टंक पाठक
नेपाल भारतको सम्बन्ध हाम्रो कला, धर्म, संस्कृति, परम्पराले गर्दा धेरै कुरामा मेल छ । नेपालले भारतका र भारतले नेपालका नागरिकसँग वैवाहिक सम्बन्ध समेत गाँस्दै आएका छन् । अरु देशभन्दा सबै सीमा खुल्ला भएको नेपाल भारत नै हो । नेपालीहरूको हाट बजार पनि भारत नै हो । गाँस, बास, कपासको सम्बन्ध पनि भारतसँगै छ । भारतीय नेपाल आउन र नेपाली भारत जान कुनै पासपोर्ट र भिसा चाहिँदैन । त्यसैले परम्परादेखि नै विशिष्ट सम्बन्ध भएको मानिन्छ । यही सम्बन्धलाई मानेर होला यस देशमा परम्परादेखि या राजा महाराजादेखि हालसम्मका हाम्रा राजनीति गर्ने नाङ्गा बाबाहरू आफूलाई अलिकति गिलो आची आयो भने पनि रित्तो कमडलु बोक्यो अनि भारततर्पm लागिहाल्यो । चाहे औषधि उपचार गर्ने बहानामा होस् या त भिक्षा र अर्ति उपदेश माग्ने काममा होस् । त्यस्तै, भारतीय नेता पनि परम्परादेखि नै नेपाल आउने चलन थियो नै । तर यसपालि भारतीय प्रधानमन्त्री भर्खरै नेपाल आएर २६ घण्टा पछि भारत फर्केका छन् ।
यस विषयलाई उठान यहाँ गर्दा या नरेन्द्र मोदीको चर्चा गर्दा कसैलाई दिक्क लाग्छ होला तर मोदीले यहाँका राजनीति गर्छु भन्ने बाबाहरूलाई एकै ठाउँ भेला गराई दिक्षा दिँदा देखिएको दृश्य हेर्दा सपेराले नागिन बाजा बजाउँदा विषालु सर्प जसरी बाजाको धुन सुनेर बाजाको धुनले लठ्ठ पर्छ र लटिन्छ । त्यस्तै लट्टिकाले केवल यस विषयलाई यहाँ पस्कन सान्दर्भिक ठानेको मात्र हो । यी हाम्रा राज बाबाहरू भ्रष्टाचारको भिडमा हुर्किराखेका, विकृति, संस्कृतिलाई आफ्नो मार्गदर्शन लिने, सिधासाधा नेपाली दाजुभाईको हत्या गर्ने र तिनीहरूका परिवारले भोगेका पीडालाई रुपैयाँ पैसाले गौरवगाथा गाउने, डनहरूलाई असल मित्र मान्ने, लोकतन्त्रको फाइदा आफूले मात्र लिने, मूल्यवृद्धिका जननी बन्ने, विदेशीले पटक–पटक दिएको सहयोग र ऋण विकास निर्माणलाई आफै अवरोध गरी लुटाहा ठालु हुने, नेपालको भौगोलिक स्थिति र धरातलीय बनोट थाहा नपाउने, नेपाल देश हिमाल, पहाड, तराईले बनेको छ भन्ने नबुझी आफू र जात अनुकूल पण्डित्याईं गर्ने पण्डाहरू, विगतको संविधानसभालाई मध्यरात पारी छुरा प्रहार गरी मृतक घोषणा गर्ने हत्याराहरू, भारतको एउटा प्रधानमन्त्रीलाई निमन्त्रणा गरेर विशिष्ट कक्षमा राखेर दिक्षा दिँदै गर्दा या दिक्षा लिँदा यति लठ्ठ पर्छन् भने यिनीहरूले आज भन्दा अघि के बुझेर राजनीति गर्न थाले र अब पनि के गर्छन् होला ? जति मोदीले बोलेका कुरा थिए के यिनीहरूलाई त्यहाँभन्दा अगाडि थाहा थिएन ? जानेका थिएनन् ? जति बोल्छन्, ताली बज्थ्यो । जे भने पनि ताली ? कति त केही नेताहरूलाई अंकित गरेर औंला ठड्याएर बोलेको त्यहाँ अनुमान गर्न सकिन्थ्यो, तर ताली बजिहाल्थ्यो । बुलेट होइन, ब्यालेट भन्दा कसलाई भनेको हो ? संविधान लेखनको विषय उठान गर्दा विगतमा संविधानसभालाई मृतक घोषणा गर्नको पेट पोल्थ्यो कि पोलेन ? त्यो कसलाई भनेको हो ? पानी र जवानी कहिले एकै हुँदैन भन्दा कसलाई अर्ति दिएको हो ? भारतले आएर ज्।क्ष्।त्। का कुरा गरिदिनुपर्ने ? हाइवे र सडक, सूचना सञ्चार, विद्युतका कुरा गर्दा आज ताली पड्काको ? विगतका सन्धी सम्झौतालाई आफू अनुकूल नहुँदा कार्यान्वयन गर्न नसक्ने अनि फेरि कमण्डलु थाप्ने ? आफू सत्तामा रहँदा गरिएका सबै सम्झौतालाई राष्ट्रवादी देख्ने सत्ता बाहिर रहँदा अरुले गरेका सबै सम्झौतालाई राष्ट्रघाती देख्ने आँखा फुलो पर्ने तुच्छ संस्कार बोकेर हिँड्ने तिनै होइनन् ? अनि फेरि मोदीको लयमा ताली ठोक्ने ? फेरि भारतले हेप्यो भन्ने ? सुगौलीको सन्धीदेखि १९५० को सन्धी हुँदै महाकाली सन्धी र पछिल्लो विप्पा सम्झौतासम्म भारतले हेप्यो भन्नेको ठूलै जमात छ । हुन सक्छ, भारतले आफ्नो नाफा नहेरी गरेन होला । तर यो देशका या हाम्रा जोगीको चरित्र हेर्दा किन नहेपोस् ?
सबै जोगीको मन मस्तिष्क, मुटु पहिले पनि भारतले छामेकै हो, अहिले मोदीले त सबैको ब्लड नै टेष्ट गरेर गए । अब झन् नेगेटिभ र पोजेटिभ छिट्टै थाहा पाइ हालिन्छ । विदेशी महामहिमको गच्छे अनुसार स्वागत त गर्नैपर्छ, तर मोदीलाई धेरै बढी स्वागतमा ढाँचा गरेको चर्चा छ । कस्तो अनौठौं ? नेपालका प्रधानमन्त्री बस्ने सिंहदरबारको कोठा अरुबेला माकुराको जालो हुने मोदी आउँदा हटाउनुपर्ने ? अरुबेला हाम्रा प्रधानमन्त्री त्यही जालाले झेलिएर बस्नुपर्ने अरु बेला, काठमाडौं गल्ली बाटा, घाटा, फोहोर रहिराख्दा हुने मोदी आउँदा चिटिक्कै पारेको देखाउनुपर्ने । अरु बेला काठमाडौं बासीले दुर्गन्धले गर्दा नाक छोपेर सास नफेरि हिँड्नुपर्ने कोही विदेशी आउँछ भने अत्तर छर्नु पर्ने । कति बुद्धिमानी हाम्रा मान्छेहरू ? यहाँ अर्को कुरो पनि थप्ने प्रयास गरिन्छ । आफ्नो देशको स्रोत साधन पहिचान गर्न नसक्ने र प्रयोगमा ल्याउन प्रयासै नगर्ने जो विदेशी आयो झोली थापी हान्नुपर्ने, कस्तो संस्कार हो । मोदीले हाम्रा नाङ्गा बाबाहरूले थापेको कमण्डलु सबै थोकले मौखिक भरिदिएका छन् । पूरा हुन्छ कि हुँदै व्यवहारले देखाउला । यस्तो दृश्य देखिरहादा के पनि याद आउँछ भने कसैको व्रतबन्धमा उपनयन गरेको बेला बटुकले एउटा झोली बोकेर भवती भवती भिक्ष्यान देहीः भन्दै सबैसँग भिक्षा मागेर आफ्नो कर्म चलाउँछ, नेपालको हालत सधैं त्यस्तै हुन्छ अब ? जे होस्, मोदीले पुनः एक पटक हाम्रा बाबाहरूको कर्म चलाएर गायत्री मन्त्र दिएर गएका छन्, कतिको आफ्नो सत्कर्ममा हिँड्ने हुन्, हेर्न बाँकी छ ।
स्मरण रहोस्, नेपाललाई हेप्नु भनेको हामी सबै नेपालीलाई हेप्नु हो । नेतालाई हेप्नु भनेको नेपालीको मन दुख्नु हो । हाम्रा नाङ्गा बाबाजीहरू हो, सधैं कमण्डलु मात्र नबोकौं । स्वाधिन भएर बाँच्नेतिर अग्रसर हौं । पराधिनले देश जनता सधैं हेपिन्छ । अन्त्यमा अमेरिकी राष्ट्रपति रोनाल्डो रेगनले भनेको कुरा के याद आउँछ भने “आफ्नो भूगोलको रक्षा गर्न नसक्ने मुलुक राष्ट्र हुँदैन, अर्थात एउटा मुलुकका लागि उसको भूगोलको सुरक्षा पहिलो सरोकार हो । त्यसपछि मात्र जनता, आत्मा सम्मान र विकास हो । स्मरण रहोस् ।

सिद्धान्तको होलोग्राम र हामी

नरपति पाण्डे
 “होलोग्राम हेर्नुहोस् नत्र ठगिनु होला” आधुनिक व्यापारको विज्ञापन अर्थात सन्देश हो यो । शीत युद्धमा प्रजातन्त्र र मानवअधिकारको विज्ञापन बिछट्टै चल्यो । अलिपछिबाट समावेशी र अग्रगमनको कानै खाने कोकोहोलो चल्दै आएको छ । शीत युद्धमा आणविक विषाक्तको डरलाग्दो हल्लाले संसार विक्षुप्त थियो । अहिले नक्कनी दर्शनको बिगबिगीले विभिन्न मुलुकहरू त्रसित छन् । कुन्नी किन मेरो कलमले अकस्मात होलोग्राम लेख्दैछ । पढ्नेलाई कस्तो लाग्ला माफ पाउँ । किनबेचका वस्तुहरूमा कम्पनीले टाँचा लगाएको सद्दे चिनारी गराउने होलोग्राम । कस्तो कम्पनी ? उपभोग गर्ने सरसामान उत्पादन गर्ने कि कार्यकर्ता उत्पादन गर्ने ? कोही झुक्किएर त कोही फँसेर चित्तपर्छन् । चिन्तनभूमिमा कुण्ठा लत्पतियो भने उत्पादनको मिसन र भिजन निर्दिष्ट हुँदैन ।
पहिले कलिलो हुँदा ‘खोइ मुसा ? दुला भित्र पस्यो’ भन्ने खेल खेल्थ्यौं । अहिले छिप्पेपछि खेल पनि अलि छिप्पिसकेको छ । एकपटक खेलौं है– खोइ बुद्धि ? विवेक खोज्न गयो । खोइ विवेक ? ढुङ्गामुडा भित्र पस्यो । खोइ ढुङ्गामुडा ? हत्या–हिंसाले पन्छायो । खोइ हत्या–हिंसा ? नेताको गिदीमा छ । खोइ नेता ? बन्दुकभित्र पस्यो । खोइ बन्दुक अविवेकीले लग्यो । खोइ अविवेकी ? अधिकार भित्र लुक्या छ । खोइ अधिकार ? मानवअधिकार काँ गयो । खोइ मानिवअधिकार ? समावेशीले छोप्यो । खोइ समावेशी ? डलर भित्र्याउँदै छ । खोइ डलर ? शान्तिसँग जिस्किँदै छ । खोइ शान्ति लुटेराले लुट्यो । खोइ लुटेरा ? दलले लुकायो । खोइ दल ? दलदलमा भासियो । वाह ! दमदार खेल ।
सुन्दा उदेकलाग्दो, उट्पटयाङ् र रेला गरे जस्तो । तर्कमा हरेक कुराको सन्दर्भ जोडिने गर्दछ । त्यहाँ जोडिएको मर्मको मूल्य गहिरो हुन्छ । अलिकति के कसैले दिन्छु भन्दा आफ्नो सर्वस्व दिने हाम्रो बानी । कथित सिद्धान्तहरूको अन्तरवस्तु केलाउन तर्फ लाग्दैनौ हामी । बेसारेहरूको परिपाटी पार्ने सीपलाई दिग्गज मानिदिन्छौं । कस्तो दिग्गज वाह ! “यसले अब के–के त गर्छ है” प्याच्चै भनिदिन्छौं । यहि प्रवृतिले नेताको रुप लिएकाहरू सर्किएका छन् भन हामी नेता बनाइ दिनेहरू भने लत्रिएका छौं । सिद्धान्तको होलोग्राम सक्कली वा नक्कली हामी पर्गेल्न तर्फ अलिकति पनि कसरत नगर्ने बानीले निरन्तर ठगिएका छौं ।
कानो राजनीति । बहिरो राजनीति । थेत्तरो र लबस्तरो राजनीति । कस्तो मौसमी छेपारो रङ्गको हुँदो रहेछ । यो राजनीति ! हामी नागरिक पनि कति दानी छौं । आफ्नो अत्यन्तै गोप्य र किन्न नै नपाइने मत लुसुक्क छिपकलीहरूलाई दिएपछि किन जिङ्ग्रिङ्ग पर्नु हुन्छ ? पहिले लुगा लगाएर आउँछन् । अभिमतबाट सुशोभित भइसकेपछि नाङ्गै भएर सत्ता चलाउँछन् । राजनीति गर्मीको खेल हो । एकधरो पनि जीउमा नलगाइकन खेल्न जान्नुपर्छ । आशक्ति तरङ्ग, भ्रष्ट लहड, लटमुखा गद्दु राजनीतिको कुनै सिद्धान्त हुन्न । अलिखित नक्कली होलोग्रामवेष्टिक चटके वबक्पटुताले शाभित भाषणजीवीहरूले आशामा बाँचेका मान्छेहरूलाई ठग्छन् । छट्टुहरूको आतुरकलाको आयाम जति चाँडो फैलिन्छ त्यति नै दोब्बर भएर खुम्चिन्छ, होलोग्राम च्यातिएपछि । मानवताका गरीब छन्, ती सिजनको राजनीति गर्नेहरू । भावनाका धनी छन् आशामा बाँच्नेहरू बजारका एक मौसमी ग्यारेन्टीका गरगहना झै नक्कली होलोग्रामको सिद्धान्तले टुना लगाउँछ र एकफेर झुक्याउँछ । एउटा झुण्डले पैसा र शक्ति कमाउँछ अनि मस्तीमा बुर्कुसी मार्छ । हामी त्यसैको जादुमा लठ्ठिन्छौं र ठगिएको समयपछि व्युतिन्छौं । नक्कलीहरूको ऋतु हुँदै । देश र भेष पनि हुँदैन । हृदयी भावना र सद्भावी कामना पनि हुँदैन । त्यसैले डर त्रास आदिबाट बँचेर सक्कली र नक्कलीको भेद खुट्याइ आफ्नो सुरक्षा खोज्नु पर्छ ।
सत्ता बाहिर रित्तो हुँदा लगाउने नारा– “हत्या हिंसा बन्द गर । लोकतन्त्र बहाली गर । गणतन्त्र जिन्दावाद । क क अरु बन्द गर ......................... । महङ्गी नियन्त्रण गर । सबैलाई राजगोरीको ग्यारेण्टी गर । अनाथ, अपाङ्ग, वृद्धहरू र बालबालिकाहरूको संरक्षणको व्यवस्था गर । विस्तारवादी घुसपैठ बन्द गर । खुला सीमाना व्यवस्थीत गर । विदेशी कामदारलाई वर्कपरमीट लागू गर । पुलिस धरपकड बन्द गर” आदि इत्यादि । नाराको खुदोमा लटपटिएको जुलुश र चेपुवामा परेर मरेका मानिसहरूको शहादतबाट उत्पन्न शक्तिबाट सत्ता प्राप्त गरेपछिको रङ्ग आहा ! स्याउ दाना गाला । क्रिमदाना छाला । अनि नारा जुलुशका सहयात्री वा जनतालाई उही पुरानो सास्ती । वाह ! “वाद” को होलोग्राम । सक्कली नक्कली वा पवनकली ? पहिले क्रान्ति वा परिवर्तनको आन्दोलनमा लाग्दा देखिएको सिद्धान्तको होलोग्राम राम्रै लाग्दथ्यो ।
हृदयमा कान नहुने र आँखामा आँखा नहुनेहरू पो राजनीतिको उच्च पदमा बस्दारहेछन् । माग माग्न आफू अह्राउने । अनि आफूले दिने समयमा धम्की दिने । कस्ता प्रजातिका छिप्कलीहरू हुन् ? पहिचान गर्न जीव विशेषज्ञहरूलाई सादर अनुरोध गर्दछु । नक्कली छाला भित्र वा खद्दरको थैलो भित्र भूस, कत्रन र पराल खाँदेर बाहिर भुत्ला टाँसेर बाघ, भालु, कुकुर, चरा, आदि आकृतिको खेलौना र जनहित, नागरिकहित, जनहितका लागि लोकतन्त्र वा जनवादको शासनको आकृतिमा फरक होला ? जनतालाई कार्टेलिङ् गर्ने सैद्धान्तिक सेन्डिकेटवादीहरूको वास्तविक दार्शनिक धरातल हुँदैन । डण्डहीनताले लबालब भएको गतिविधिलाई कुनै सैद्धान्तिक र दार्शनिक आवरण लगाउन खोज्नु नक्कली होलोग्राम टाँसेर शासन चलाउने दाउपेच हो ।
सेवा, समर्पण र पहलकदमी जनहीत व्यवस्था चलाउनेहरूको आधार हो । नागरिकहरूको विपन्नता, अचेतनता, अबुझपन, अशिक्षित अवस्था आदिलाई चतु¥याइँपूर्वक बुझेर डरको मनोविज्ञान स्थापित गरी त्यसैको आधारमा राजनीति अगाडि बढाउने प्रवृति ‘खोइ मुसा ?’ को खेलबाट प्रष्ट हुन्छ । कर्मको भाषा नजान्नेले रगतको भाषा बोल्छ । शहिदको भावमूभि नबुझ्नेले शहिदको खेती गर्छ । जनताको पीर नचिन्नेले पिराहा वितण्डता मच्चाउँछ । त खोइ न्याय ? अपराधले लग्यो । खोइ अपराध ? राजनीतिले लुकायो । खोइ राजनीति ? राहत बाँड्दैछ । खोइ राहत ? डोनर खोज्दै छ । खोइ डोनर दुरविन लगाउँदै छ । ओहो ! हामी कति भाग्यमानी दुरविनबाट हेरिने ।
गाली गर्न पनि पाइने थाली थाप्न पनि पाइने । कस्ता दानी विस्तारवादी र साम्राज्यवादीहरू । “साम्राज्यावाद मुर्दावाद, विस्तारवाद मुर्दावाद” यो पनि क्रान्ति उठाउने होलोग्राम नै हो । तिनैले गाँस वास र आस दिन्छन् कसरी हुन्छन् ति विस्तारवाद र साम्राज्यवाद ? यहि त हो सिद्धान्तको नक्कली होलोग्राम । अझै हेर्दै र चाख्दै जानुस् । हामी पराइद्वारा ‘पालिने’ मा पुग्नै आँटेका छौं ।
navinnp45@mail.com

सहकारी अभियान :– एक समिक्षा

नेत्रप्रसाद घिमिरे
 सहकारी भन्नाले समान आवश्यकता र समस्या भएका व्यक्तिहरू मिलेर सहकार्य गरी समस्या समाधानको संयुक्त प्रयास हो । नेपालमा सहकारी संस्थाहरूको विस्तार विकासको प्रारम्भ २०१३ साल चैत्र २० गते बखानपुर सहकारी संस्थाको गठनसँगै भएको पाईन्छ र २०४८ सालको सहकारी ऐन भन्दा अगाडि सहकारी अभियान सरकारद्वारा नियन्त्रित थियो । २०४८ पछि सहकारी अभियान स्वायत्त, स्वतन्त्र र स्वनियन्त्रित भयो । त्यसपछिको समयमा सहकारी संघ÷संस्था खुल्ने क्रममा तिव्रता आयो, संख्यात्मक विकास मात्र भएका कारण गुणात्मक विकासले भने फडको मार्न सकेन । सहकारी संस्थाहरू सहकारी मूल्य मान्यता र सिद्धान्तका आधारमा समेत अगाडि बढन सकेनन् कतिपय सहकारी संस्थाहरू स्वात्तताको नाममा अराजक स्वतन्त्रताको अभ्यास गरेको अवस्था छ । सहकारी ऐनले मांग गरे अनुसारको किसान, मजदूर कम पूंजीवाल, निम्न आयवर्गको नियन्त्रणमा सहकारीहरू रहेका छैनन् ।
(क) सहकारी अवधारणा र नीतिगत प्रष्टता नहुनु ः सहकारी के हो ? यो कस्तो व्यवसाय हो ? सहकारी व्यवसाय र अरु व्यवसाय बीच के कस्तो भिन्नता हुन्छ भन्ने विषयमा रहेको अस्पष्टतालाई स्पष्ट गर्नुपर्दछ । २५ सय शेयर पूंजी भएको सहकारी संस्था र १ अर्ब कारोबार गरेको सहकारी संस्थाका लागि एउटै मापदण्ड लागू हुनु न्याय संगत र तर्क संगत हुने विषय नै होइन । अत सहकारीहरूलाई कारोवारको आयातन अनुसार वर्गीकरण गर्ने गरी मापदण्ड कार्यान्वयन गर्नुपर्छ । २०४८ सालमा ८ सय ३३ वटा सहकारी संस्थालाइं संबोधन गर्ने गरी ल्याईएको कानुन हाल प्रभावहिन देखिएकोे छ । सहकारी ऐन समयानुकूल परिमार्जन हुनुपर्दछ । नीति निर्माता, प्रशासक, वा राज्यका सरोकारवालाहरूले सहकारीका भित्री गतिविधिहरूको सूक्ष्म अध्ययन गरी समस्याको चिरफार गर्ने प्रसास गरेको देखिँदैन । जे जति संस्था राम्रोसँग चलिरहेका छन केवल तिनका सञ्चालकका इमान्दारिताका भरमा चलेका छन् । जो सञ्चालक सांच्चिकै इमान्दार छन् ती सहकारी संस्था सफल रुपमा चलेका छन् । समग्र सहकारी आन्दोलनलाई सम्बोधन गर्ने स्पष्ट नीति, कानुन, योजना र प्रशासकीय संरचनाको अभाव रहेको देखिन्छ । हामी २० वर्षदेखि वा १५ वर्षदेखि सहकारी अभियानमा होमिएका छौं काम गरेका छौं भन्ने पुराना सहकारीकर्मी हौं भन्ने केही सहकारीकर्मीहरूबाट समेत सहकारी अवधारणामा विचलन ल्याउनमा भूमिका खेलेको पाइन्छ । सहकारी रहरले वा देखासिकी भन्दा आवश्यकताले गठन गरिनुपर्नेमा सो भएको देखिदैन । समुदायका आर्थिक सामाजिक समस्याहरूको सामूहिक समाधान गर्ने विधि हो सहकारी । सहकारीको मुख्य उद्देश्य नाफा होइन सेवा हुनु पर्दछ । सञ्चालकले राजनीति होइन आर्थिक सेवा दिन सक्नु पर्दछ । सहकारीलाई भ¥याङ बनाएर राजनीति गर्नेहरू तथा व्यक्तिगत कमाइ गर्नेहरूको सञ्जाल बलियो बन्दै जानु चुनौति हो । सहकारी एक्लै व्यवसाय गर्न नसक्ने, गर्न खोज पनि प्रशस्त पूंजी र सीप नहुनेहरूले आपसमा मिलेर गरिने व्यवसाय जसमा सदस्यहरूको सामूहिक स्वामित्व कायम रहेको हुन्छ । आर्थिक रुपमा कमजोर सदस्यलाई मालिकको रुपमा परिणत गर्ने काम सहकारीले गर्दछ । तर व्यवहारमा सहकारी कर्मीहरूले सदस्यहरूलाई रैती बनाएर आपूm मात्र मालिकको अवधारणा अभ्यास गरेको अवस्था छ । सहकारी क्षेत्रमा कालेकाले मिलेर खाउंm भालेको नेटवर्किङ छ अनि कसरी सुधार हुन्छ भन्ने गुनासो पनि आउने गरेको छ । आपसमा आफ्ना समस्या समाधान गर्ने उपाय सहकारी भएकाले यस्को मूख्य उद्देश्य सदस्यहरूको जीवनस्तर माथि उठाउने हो । सहकारीले दिने सेवाको उपयोग गरी जीवनस्तर माथि उठाउने हो र सहकारीको सरोकार नाफा होइन उत्पादन तथा उपभोगको गुणस्तर कायम गर्ने हो । सहकारी कानुनमा रहेका छिद्रहरूमा खेल्न सिपालु केही धूर्तहरूले नाजायज फाइदा लिने अवस्था रहेसम्म संख्यात्मक विकास त अवश्य होला तर गुणात्मक विकासमा यो प्रवृति मुख्य बाधक बनेको देखिन्छ । केही मानिसहरू राजनीतिक शक्तिको खोल ओडेर जे पनि गर्दा हुन्छ भन्ने मानसिकतामा रहेको पनि पाइन्छ ।
(ख) सहकारी व्याख्यामा विविधताः– सहकारीको कारोबारको क्षेत्र, सीमा तथा आबद्धताका कुराहरूलाई हेर्दा व्याख्यात्मक विविधता रहेका छन् । सरकारी निकाय किसान, मजदूर, कालीगढ, कम पूंजीवाला भूमिहीन सुकुम्बासी तथा बेरोजगारलाई जोड दिने गरेको पाइन्छ । राजनीतिककर्मीहरू सामाजिक कार्यकर्ताहरू तथा आम कार्यकर्ताहरूको संलग्नताको वकालत गर्ने गरेको पाइन्छ । सहकारी बुद्धिजीवीहरू किसान मजदूरको सीमा राखिनु हुदैन भन्ने रहेको छ । सहकारी ऐनमा रहेको भूमिहीन, सुकुम्बासी, मजदूर, बेरोजगारलाई कसरी सहकारीमा आबद्ध गर्ने हो सो सम्बन्धमा निजहरूको अनुकूल हुने गरी हालसम्म नीतिगत व्यवस्था आउन सकेको छैन । सहकारी भनेको सरकारी निकायहरूले सञ्चालन गर्ने समूहलाई स्वायत्तता दिने, गैर सरकारी संस्थाले सञ्चालन गरेका कार्यक्रमहरू सांगेता हुने बेलामा छोडने थलो हुने वा केही गरौं भन्ने भावना भएका तर तत्काल पूंजीको जोहो गर्न नसक्ने व्यक्तिहरू सामेल हुने वा पछि वित्त कम्पनी वा बैंक सञ्चालनका लागि पूंजीको श्रोत जुटाउन चाहने निहित स्वार्थ लिएका समूहहरू जमघट हुने थलो बन्ने बारे सहकारी कुन हो प्रष्ट छैन र हाल यी सबै सहकारीभित्र समेटिनु मुख्य समस्या हो । सहकारीको आपूm अनुकूल व्याख्या विश्लेषण र पालनाले निम्ताएको विकृति कहाली लाग्दो छ । किनभने जबसम्म स्पष्ट कानुन र सोही अनुसार प्रशासनिक संरचना निर्माण गरी प्रभावकारी दण्ड र पुरस्कारलाई व्यवहारमा अवलम्बन गरिदैन तबसम्म समस्याको ठूलो पहाड बन्ने निश्चित छ ।
(ग) सहकारी मूल्य मान्यता र सिद्धान्तलाई बिर्सनु ः– सहकारी संस्थाहरू कानुनभन्दा माथि त अवश्य हुदैंनन् त्यो भन्दा महत्वपूर्ण सहकारीहरू मूल्य मान्यता सिद्धान्तबाट निर्देशित भै चल्नु पर्दछ । सहकारीको आफ्नै व्यवसायिक धर्म हुन्छ । आफनो धर्मलाई सबैले पालना गर्नु पर्दछ । मूल्य भनेको विश्वास हो भने मान्यता भनेको निर्दिष्ट आचरण हो । सिद्धान्त भनेको सामान्य सत्य अर्थात आधार नियम हो । सहकारी सिद्धान्तहरू सहकारी मूल्यहरूलाई व्यवहारमा उतार्ने मार्गदर्शन हुन । सहकारी मूल्यहरूलाई व्यवहारमा उतार्न सहकारी सिद्धान्तले मार्गदर्शन गर्दछ । यसरी मूल्य मान्यता र सिद्धान्तका आधारमा अहिले सहकारी संस्थाहरू हिडन सकेका छैनन् । यो सबभन्दा ठूलो समस्याको रुपमा देखा परेको छ । कतिपय संस्थाले खुल्ला सदस्यतालाई राजनीतिक बन्देज लगाएका छन् भने कतिपयले सदस्यको पहिचान नदिइ व्यक्तिगत कमाइ गर्न बैंकले जस्तो बचत संकलन मात्र गरेका छन् । एकजना सदस्य ऋण खान १० वटा सहकारी धाउंछ । किनभने त्यो ऋणीलाई सदस्य बनाइदैन र सहकारी संस्थाहरू बीच सहकार्य नभई निजी क्षेत्रमा जस्तो अस्वस्थ प्रतिस्पर्धा र सौतेनी व्यवहार हावी भएको छ । सदस्यहरूद्वारा नियन्त्रित प्रजातान्त्रिक संस्था सहकारी भनेपनि कतिपय संस्थामा मुठ्ठीभर सञ्चालकहरूद्वारा नियन्त्रित संस्था बन्न पुगेका छन् । शेयरको आधारमा भेदभाव गर्न पाइदैन सदस्यहरूबीच भने पनि व्यवहारमा रु एकसयका शेयर सदस्यलाई साधारण सभामा बोलाइँदैन र उसलाई साधारण सदस्यको पहिचान दिइदैन । स्वायत्तताको सिद्धान्तलाई केही सञ्चालकहरूले दुरुपयोग गरेका छन् । सञ्चालकले तलबभत्ता लिन पाइदैंन भनेपनि धेरैले लिने गरेकाले कारवाही गर्न कानुनी प्रष्टता आवश्यक छ । सञ्चालकमा किसान, निम्न आयवर्गको प्रतिनिधित्व र पहुंच कम रहेको देखिन्छ । सदस्यहरूको संख्याका आधारमा सञ्चालक समितिमा लक्षित वर्गका लागि आरक्षण गरिनुपर्दछ । सहकारी बीचको सहकार्यमा व्यवसाय गर्ने सहज कानुनी वातावरण निर्माण गर्नुपर्ने देखिन्छ ।
(घ) उद्देश्य अनुसार संस्थाहरू परिचालन हुन नसक्नुः– संस्था गठन हुँदा नै संस्थाको प्रकृतिका बारेमा स्पष्ट हुन्छ र सोही अनुसार कार्यक्रम तथा सेवाहरू क्mेन्द्रित गर्नु पर्दछ । कृषि सहकारीले व्यापारी संग बचतको मात्र कारोबार गरेको छ, बहुउद्देश्यीय सहकारीले बचत ऋणको मात्र कारोबार गरेको छ, केही सहकारीले नियमित साधारण सभा गरेको छैन र गरेपनि गणपूरक संख्या नै पुगेको छैन, उद्देश्य अनुसार खातापाता व्यवस्थित गरेको छैन, मनलागी सेवा शुल्क असूल गरेकोे छ, मनलागी व्याजदर तोकेको छ यस परिवेशमा संस्थाहरूलाई आफनो मुख्य उद्देश्यमा आफना कार्यक्रमहरू केन्द्रित गर्नु लगाउने सहकारी कानुन आवश्यक छ । सोही अनुसार आर्थिक नीति, वित्तीय नीति र प्रशासकीय नीति साधारण सभाबाट पािरत गरी लागू गर्नु गराउनु पर्दछ । दर्तावाला निकायसंग स्पष्टनीति, कानुन र मापदण्ड नहुंदा यस्ता समस्याहरू देखा परेको अवस्था छ ।
(ङ) समुदायमा आधारित नहुनु ः– सहकारीहरू समुदायका व्यक्तिहरू मिलेर संचालित एउटा संस्थागत व्यवसाय हो । सहकारीहरू समुदायमा आधारित हुनु पर्दछ । अनि मात्र संस्थागत दिगो विकास हुन्छ । मनपरी गैर सदस्य र कार्यक्षेत्र बाहिर गएर कारोबार गरेर सञ्चालकहरू भागेको उदाहरण नेपालमा धेरै छन् यो प्रवृत्ति झापामा पनि देखिन थालेको छ । समुदायमा आधारित नहुनु यसको मूख्य समस्या हो । बचतकर्तालाई देखावटी रुपमा रु एकसयको शेयर खरिद गरेको देखाएर वा कतिपयमा शेयर सदस्य र कारोबारी सदस्य भनी खातापात्र राखेको पाइन्छ । जे भने पनि ती सहकारीका सदस्यहरू होइनन भन्ने प्रष्ट छ । किनभने यिनीहरूलाई सदस्यको हैसियत प्रदान गरिएको छैन नत साधारण सभामा भाग लिन बोलाइन्छ । यो प्रवृति डर लाग्दो हो जसले सहकारी अभियानलाई प्रतिकूल असर पार्न सक्दछ । अतः यसरी सहकारी बदनाम हुनबाट रोक्न नितान्त आवश्यक छ । यसका लागि एक गाविसमा एक प्रकृतिको एकमात्र सहकारी, नगरमा सीमित सहकारीको अवधारणा कार्यान्यन गर्न एकीकरणको कार्यक्रमलाई अभियानको रुपमा लागू गर्नुपर्दछ ।
(च) नाफामा मात्र केन्द्रित हुनु ः– बोनस बांडेर वा शिक्षा स्वास्थ्य खर्च देखाएर होइन सेवा प्रदान गरेर जीवन स्तर माथि उठाउने हो । जीवनस्तर उठाउने भन्दा पैसा बांडी सस्तो लोकप्रियता आर्जन गर्न सहकारी केन्द्रीत भएको पाइन्छ । प्रवेश शुल्क, कर्जामा सेवा शुल्क, सेवा उपभोगमा सेवा शुल्क, शेयर रकम थप गर्दा अतिरिक्त थप शुल्क जस्ता अप्राकृतिक शीर्षकमा आम्दानी गर्ने चलनले सहकारीलाई नव विचौलियाको रुपमा चित्रण गर्ने अभ्यास बाहेक अर्को हुन सक्दैन । अझ केही संस्थाको सदस्यता प्राप्त गर्न हजारौ लाखौ रुपैयाँसम्म लिने गरेको सुन्न पाईन्छ । सर्व साधारणको पहुचबाट टाढा गएका यस्ता संस्थालाई कसरी सहकारी भन्ने गंभीर प्रश्न खडा भएको छ । एउटा बैंकको शेयर खरीद गर्न सजिलो होला तर सहकारीको सदस्य बन्न कठिन छ । खुल्ला सदस्यताको सिद्धान्त कुण्ठित भएको छ । एक कित्ता शेयर खरीद गर्ने समुदायको जो कोही सहकारीको सदस्य बन्न सक्ने वातावरण निर्माण गरिएन भने अझै हजारौ सहकारी दर्ता हुदा सरकारले रोकेर रोकिने विषय हुदैन । सीमित शेयर सदस्य तर कारोबार हजारौं गैर सदस्यहरू खातामा बनावटी सदस्य भने कायम गरेकाले कारवाही गर्न कठिन भएको देखिन्छ । जति कमाइ हुन्छ सीमित व्यक्ति बीच भागबण्डा गरिन्छ, खातापाता सबै बनावटी । सहकारी भित्र देखिएको आम समस्या हो यो ।
(छ) बृहत कार्यक्षेत्र ः—अहिले पनि केही संस्थाको कार्यक्षेत्र असीमित छ । कार्यक्षेत्र भनेको संस्थाले सेवा दिन सक्ने र सदस्यले सेवा लिन सक्ने क्षेत्रको स्थिती हो । एउटा वार्डकालाई सदस्य बनाई सेवा दिन सकिएको छैन । त्यो संस्थाले ५ गा.वि.स.वा जिल्लाभर भन्नुको कुनै अर्थ छैन । बचत संकलन गर्नु मात्र सहकारी होइन । वास्तवतमा सहकारी भनेको सीमित कार्यक्षेत्र भित्र आफ्ना सदस्यहरूलाई सामाजिक आर्थिक सेवा प्रदान गर्ने संस्था हो । हरेक गाउंटोलमा सहकारी खोल्नु पर्छ तर सहकारीका नाममा शाखा प्रशाखा सेवा दिन पाइने प्रावधान कानुनमा छैन तर कतिपयले विभागीय स्वीकृती लिई सञ्चालन गरेपनि कतिपयले बिना स्वीकृती सञ्चालन गरिरहेको अवस्था छ । अतः शाखा प्रशाखालाई सेवाकेन्द्रमा परिणत गर्नु वा स्थानीयकरण गर्नुको बिकल्प छैन । तर विगत वर्षहरूमा सहकारी विभागले विना मापदण्ड सहकारीहरूलाई सेवाकेन्द्र स्थापना गर्ने लाइसेन्स दिएको छ तर ती सेवाकेन्द्र सञ्चालन कसरी गर्ने सो सेवाकेन्द्र सञ्चालन गर्न त्यहीको स्थानीय सञ्चालक आवश्यक पर्ने कि नपर्ने वारे विभागले मापदण्ड बनाएन । यदि समयमा व्यवस्थापन गरिएन भने ओरेन्टल प्रबृत्ति दोहोरिन सक्ने सम्भावना रहेको देखिन्छ ।
    (ज) लेखा परीक्षणबाट देखिएका समस्या ः—लेखा परीक्षकले पेशागत इमान्दारिता र व्यवसायिक धर्म निर्वाह गर्न नसक्दा समेत समस्या सिर्जना भएको छ । लेखापरीक्षण एउटा व्यक्तिले गर्ने हस्ताक्षर अर्को व्यक्तिले गर्ने लेखापरीण प्रतिवेदनको विश्वास गर्न सकिदैन । लेखा परीक्षकले ले.प.शुल्क मात्र लिने प्रयोजनका लागि सञ्चालकको स्वार्थमा होमा हो मिलाएर हिसाब रुजु गर्ने हो भने त्यसको कुनै तुक छैन । लेखा परीक्षकले स्वतन्त्र भएर संस्थाका सबल पक्ष र दुर्बल पक्षको विश्लेषण गरेर वस्तुगत सल्लाह दिएन भने संस्था सच्चिने मौकाबाट बन्चित हुन्छ । सहकारी सिद्धान्त, ऐन नियम सहकारी लेखा परीक्षण मापदण्ड र प्रचलित कानुनलाई ख्याल नगरी गरिने लेखा परीक्षणले अन्तत संस्था धराशायी हुन्छ ।
(लेखक सहकारी डिभिजन झापाका सहकारी अधिकृत हुन्)