हाईड्रो हाउस:

दक्षिणी इलामको दानाबारीमा निमार्णाधीन सानिमा माई हाईड्रपावर लिमिटेडको विद्युत उत्पादन गृह । यो हाईड्रपावर निर्माण सम्पन्न भएपछि २२ मेगावाट क्षमताको विद्युत उत्पादन हुनेछ । तस्विर : राम योङ्हाङ ।

हाईड्रो हाउस:

दक्षिणी इलामको दानाबारीमा निमार्णाधीन सानिमा माई हाईड्रपावर लिमिटेडको विद्युत उत्पादन गृह । यो हाईड्रपावर निर्माण सम्पन्न भएपछि २२ मेगावाट क्षमताको विद्युत उत्पादन हुनेछ । तस्वि

Showing posts with label कृति समिक्षा. Show all posts
Showing posts with label कृति समिक्षा. Show all posts

विरानो सहरमा सूर्यका गजल – कृति समीक्षा

दिलिप घिमिरे
अरवीबाट फारसी, हिन्दी, तथा उर्दु भाषा हुँदै नेपालीमा भित्रिन आएको गजल खास प्रकारको संचनामा आबद्ध विधा हो । बराबरी लम्बाइ वा एउटै छन्द भएका दुईदुई पङ्तिका कम्तीमा तीन सेर हुने यस विधामा मूलतः अन्त्यानुप्रासका क्रममा काफियापछि दोहोरिएर आउने रदिफ पनि रहेको हुन्छ । गजलका प्रत्येक सेर आफैँमा पूर्ण हुन्छन् । र यी गजलमा गजलकारले आफ्नो उपनाम ‘तखल्लुस’ राख्ने प्रचलन पनि छ । यस्तो विशेष बनोटका अतिरिक्त गजलमा भाव, कल्पना, लय तथा छन्द, विम्व तथा प्रतीक र भाषाजस्ता तत्वहरू प्रयोग हुने गर्दछन् । गजलमा प्राचीन समयमा प्रेमसम्बन्धी विषय प्रयोग हुने गरेकामा समयक्रममा यसमा अनेक विषय वा प्रयोग हुन थालेको पाइन्छ भने एउटा गजलका सबै सेरमा एउटै विषय वा भिन्न भिन्न विषय प्रयोग हुने प्रचलन पनि देखिन्छ ।

गजलका लागि अर्को आवश्यक कुरा लय वा गेय हो । गजल स्वयम्मा एउटा बिशिष्ट रूप हो र यो मूलतः लय र सङ्गीतको जगमा अड्को हुन्छ, लय र सङ्गीतात्मताको अभावमा गजलको कल्पना गर्नु हावामा उभिनु सरह हो । अहिले केही गजलकारहरू वहरमा लेखिएका गजल मात्र गजल हुन भन्ने भ्रममा छन् । मौलिक लय विधानमा रहेर पनि गजललाई गेयात्मक बनाउन सकिन्छ भन्ने कुराको ज्ञान हुनु आवश्यक छ ।
लयबिनाको पनि गजल हुन्छ भन्नेहरू भ्रमजीवी मात्र हुन् र यही लयले गजलको छन्दको निर्वाह गरेको हुन्छ । पहिलो पंक्तिमा भएको मात्रा प्रत्येक हरफमा हुनु जरुरी छ । अर्थात्् गजलका प्रत्येक पंक्ति एउटै लयमा आबद्ध हुन्छन् । जहाँ लय भङ्ग हुन्छ त्यहाँ गजलको संरचनागत अनुशासनको पालना नभएर असङ्गतितिर बहकिएको मान्नुपर्छ । यसकारण अनुशासित हुनलाई गेय वा लय पालनामा अत्यधिक सजग र सचेत हुनुपर्दछ । यसका साथै शब्द चयन र वाक्य गठनमा पनि त्यतिकै ध्यान दिनु आवश्यक छ, किनकि गजल भनेकै थोरै शब्दमा धेरै र गहन कुरा ब्यक्त गर्ने कोमलता र हार्दिकता बोकेको काव्य रूप हो ।
नेपालमा मोतीराम भट्टद्वारा गजलको बीजारोपण गरियो । नेपालमा प्रारम्भिक चरणमा मूल शृङ्गारिक र केही मात्रामा भक्ति तथा देशभक्तिपूर्ण गजल लेखिएको पाइन्छ । भने २०३६ सालदेखि यसको लेखनमा तीव्रता आउनुका साथै कथ्यगत विविधता पनि धेरै भएको पाइन्छ । नेपालीमा गजल लेख्नेहरूमा मोतीराम भट्ट, शम्भु प्र. ढुङ्गेल, भीमनिधि तिवारी, उपेन्द्र बहादुर ‘जिगर’, ज्ञानुवाकर पौडेल, ललिजन रावल, मनु ब्राजाकी, आदि विशेष उल्लेख्य मानिन्छन् भने अन्य कतिपय गजलकारहरूले पनि गजलका क्षेत्रमा आफ्नो उपस्थिति जनाइसकेका छन् । झापा धरमपुर निवासी गजलकार ‘सूर्य कुर्इाकेल’ आफ्नो पहिलो गजलकृति ‘विरानो सहर’ लिएर आउनुभएको छ । गजलको मेहफिलमा सूर्यजीलाइ स्वागत छ । सूर्य कुर्इाकेल तपाइँले धेरै पढेको, सुनेको नाम हो कथा, कविता, लेख आदिमा । तर गजल लेखन, प्रकाशन वा वाचनको बिषयमा भने म नजिकको साथी भए पनि अनभिज्ञ रहेँ । कहिल्यै गजलको विषयमा चिया गफ भएन । एक्कासी गजलको पाण्डुलिपि हात लाग्यो ‘विरानो सहर’ । म तीन छक्क परेँ गजल पढेर ।
जे जे गर्नु परेपनि गर्छु नेपालमै
मर्नु परेपनि बरु मर्छु नेपालमै
मुग्लानमा भासिएर सुख खोज्नुभन्दा
कोदो फापर खाई पेट भर्छु नेपालमै

सुन फल्ने उर्वर माटो मेरै देशमा छ
सुन्दरताको पुरै पाटो मेरै देशमा छ

जिउँदो इतिहास बोक्ने, एकता र बिरताको
पुर्खाको त्यो अमीट खाटो मेरै देशमा छ ।
यसरी नेपाल र नेपाली हुनुको गौरव, गजलमा पोख्दै राष्ट्रप्रेम, देशभक्तिको भाव कुशलतापूर्ण शैलीमा अभिब्यक्त गरेका छन् गजलकारले । गजलका न्यूनतम मान्यताहरू यी गजल सेरभित्र उपस्थित छन् । भाव र रूपका दृष्टिले अब्बल गजलकार सूर्यजीका केही अन्य सेरहरू हेरौँ –
सुन्दै मन पर्ने आहा ! गाउँ धरमपुर
रमाइलो छ हामीलाई यो ठाउँ धरमपुर

गजलका रस बोक्ने बहरहरू मीठामीठा
तिम्ले मलाई मायाँ गर्ने रहरहरू मीठा मीठा

गौतमबुद्ध फेरि आऊ, देश अचेल यही भन्छ
शान्ति फेरि दिई जाऊ देश अचेल यही भन्छ

कसलाइ सुनाऊँ तिम्रो कारण यो दिल दुखेको छ
रुँदा रुँदै परेलीको यो डिल दुखेको छ
यसरी यी गजलहरू सहज छन, सरल छन् र सम्प्रेषणीय छन् । यी गजलमा गाउँको र सहरको दुवै भाषा छ । झरना झैँ बगेका छन् । गजलमा बिम्ब र प्रतीकको प्रयोग उचित रूपमा गरिएको छ । सूर्यजीका गजलमा भाषीक प्रयोगले गजलहरू कति ठाउँमा चित्रात्मक पनि भएका छन् । कतिपय गजलहरूमा गाउँले परिवेशको सुगन्ध पाइन्छ भने कति गजलसेरहरूमा सहरिया र फोहोरी राजनीतिको दुर्गन्ध आउँछ । गजल सँरचनाको दृष्टिकोणले यी गजलहरू अध्ययन गर्दा सर्वप्रथम रदिफ र काफीयाको संयोग हेर्नुपर्ने हुन्छ । यस गजल संग्रहका सम्पूर्ण गजलहरूमा रदिफ र काफियाको सुन्दर मेल गरिएको छ । रदिफविहीन गजल यस संग्रहमा परेका छैनन् । रदिफ, काफीयाको सुन्दर प्रयोग गरी गजलकारले भजनमा पनि आफ्नो कलाको सुन्दर प्रयोग गरेका छन् । भजनको शास्त्रीयतामा गजलको शेर–
बाँसुरीको मीठो धुन बजाइदेऊ न कृष्ण काले
धुनसँगै राधाजीलाइ नचाइदेऊ न कृष्ण काले

सूर्यका गजलमा सरल शब्द संयोजन, गहिरो भाव प्रस्तुत गर्ने कुशलता छ । गजलमा विविधता प्रस्तुत गरेका गजलकार एउटै विषयवस्तुमा मात्र सीमित रहेका छैनन् । सूर्यको तेजस्वी प्रकाश झैँ फैलिएका छन् । कतै माटोको अगाध माया, कतै प्रकृतिप्रेम, जीवनका विविध पक्षहरूको चिरफार, कुण्ठा, पीडा, सुख दुःख, देश परदेश आदि पक्षहरूलाई गजलका सेरहरूमा कुशलताका साथ उनेका छन यस संग्रहमा ।
 भावगत विविधताका साथै मीठो लयमा आबद्ध यी सेरहरूले हामीलाई छुन्छन नै । यी सेरहरूले सूर्यमा एउटा निक्कै राम्रो संभावनाको सङ्केत गर्दछन् ।
सूर्य कुर्इाकेलका कतिपय गजलमा काफीयामा दोष देखिन्छ । कतै गजलको मत्लामा प्रयोग गरिएको लय र त्यसपछिको सेरमा प्रयोग भएको लयमा अन्तर छ । गजलतत्वको कमी पनि महशुस हुन्छ गजल पढ्दै जाँदा । यसर्थ लयलाई आत्मासात् गरेर गजल सिर्जनामा गम्भीर भएर लागेमा गजलकार सूर्य कुर्इाकेल हामीलाई सुन्दर गजल सृजनाहरू प्रदान गर्नमा सक्षम हुनेछन् र नेपाली गजलमा आप्mनो अलग पहिचान सहितको स्थान बनाउने छन् । सफलताको शुभकामना गजलकृति र गजलकार सूर्य कुर्इाकेलमा यिनै गजल सेरहरूसहित ।
अँध्यारोमा जुन भेटेँ विरानो सहरमा
मनको मीठो धुन भेटेँ विरानो सहरमा

कतै चोट कतै खोट जागर अनि जोस
उम्लिएको खुन भेटेँ विरानो सहरमा

मेरो फगत् एउटा प्रयास कसी लाउन खोज्नु
अकवरी सुन भेटेँ विरानो सहरमा
timilaisamjhepachhi@yahoo.com

‘अधुरो जीवनको मेरो अन्तिम आत्म कथा’ - कृति समीक्षा

– प्रविन राई ‘‘आँसु’’
यो मनले के भन्छ थाहा छैन यो अर्ध चेतन मनले कता डोहे¥याउँछ त्यो पनि थाहा छैन, यदि थाहा छ यसको अन्ततः मृत्यू पो रहेछ । मृत्यू जीवनको दोसाँधमा अन्ति घडीको पर्खाईमा स्वास लिई रहेको छु मृत्यू सबैको हुन्छ त्यो धु्रव सत्य हो, तर किन त्यो कोहि मृत्यूले अंगाल्न सकेको छैन मलाई । अब त सहनुको सिमा कति जीवनमा जीतै जीत पनि त चाहेको थिईन, जीवन जीत र हारको संगम पनि हो तर किन जीवनमा हारै हार भो ।
आम मानिसहरुले जस्तै जीवनलाई भोग्न चाहन्थेँ तर किन आज यस्तो भो जीवन, कस्लाई भन्ने दैव या नियती मृत्यू भन्दा पनि गाह्रो भो यो शरीरले भोगीरहेको यातनाहरु यस धर्तीमा आमाको काख बाट जन्म लिए देखि गर्नुपर्ने कामहरु त गरीनै रहेकै थिएँ जस्तै लाग्थ्यो तर किन आज यस्तो भो । मलाई ? एउटै छुुट्टै कहानी बोकेर जीवनको यो अन्तिम घडीमा जीवनलाई जलाएर आज नजीकबाट चिहानको पर्खाइमा बसिरहेको छु । धेरै छन् ब्यथाहरु यती लामो यातनाहरु कमैले मात्र भोगेका होलान् यो निर्दयी समयले जीवनमा दिएको सङ्कटहरुलाई कस्ले पो छेक्न सक्छ र ? यो शरीरले त साथ दिन छोडिसक्यो झन् एलोपेथिक औषधीहरुको थुप्रोले चुर्लुम्म पुरीसक्यो ।
त्यती मात्र कहाँ हो र ? यो जीर्ण शरीर अनि यी औषधीहरुको साईड इफेक्टहरुले चेतनालाई पनि अर्ध चेतन अवस्थामा पु¥याई सक्यो । आईया आथ्था मरेँनी आमा शरीर जलेर भत्भती पोल्यो मैले सायद पाप गरेको थिएँ की ? किन यसरी तड्पीनु प¥यो ? आँखा भासिई सक्यो, यत्रो मोटो शरीर अब त हाड र छाला मात्र बाँकी छ । हुन पनि किन नहोस् ? शरीरमा अन्नका दाना परेकै छैन, खाना पटक्कै रुचेको छैन । जबरजस्ती खाए पनि ओकलीहाल्नु पर्छ । कहिले आउला त्यो काल किन यसरी तड्पाउँदै छौ ? यसरी नै बरबराई रहन्छु । सहनुको सिमा नै छैन, वर्षाको त्यो कालो महिना हिलो झरी सँगै हरहर रुँदैछु । यो एक मुठी सास छोड्न खोज्दा नी कहाँ पो जान्छ र ? झन् कष्ट थपिँदै छ । दुबै खुट्टा भरी आलो घाउ पाकेर पिपको खोला बगी रहेको छ । लैजा न ए काल लैजा पल्लो घरे त साह्रै पो भएछ क्यारे, आज देखिको हैन जुग वितिसक्यो... केको श्राप प¥यो की ? भद्र पशु तड्पीरहन्छ पलपल । कान्छा ए कान्छा कस्तो तिमीलाई छ ? काठमाडौँबाट उपचार गरेर आको हैन ? अब त ठीक हुनुपर्ने ठूलो ठाउँमा उपचार गरेर अब त राम्रो हुनुपर्ने यस्तै आवाजहरु गुञ्जीरहन्छन् ।
 यसमा कुनै कुरा मृत्यूलाई त जित्न सकिन जीवन प्रेमलाई संगाल्न सकिन तै पनि हाँसोले सजाएर आफूलाई आँशुलाई त जितेनी तर मिलनको सपना संगालेर बाँच्दै थिएँ । सम्हाल्न सकिन  विछोडको त्यो घाउलाई यस्तै रहेछ समयको कठ्घारामा उभिएर बाध्यतामा जिउनुपर्ने जीवन । यो जीवन त मेरो यस्तै वित्यो यदी अर्को जन्म लिएँ भने म मेरो आमा–बुवा, ईष्ट–मित्र सम्पूर्णलाई अनि मेरो परिवार सँगै सारा खुसी बाँडेर विताउँला बाबा आमाको बुढेस्कालको साहारा बनौँला । जीवन जिउन्जेल सबैलाई सहयोग गरौँला । जती गर्नुपर्ने मेरा लागि मैल गर्न सकिन र कसैको लागि पनि गर्न सकिन । मेरो जीन्दगि देखि धिक्कार लागेको छ । म जन्मे देखि अन्त्य काल सम्म हेर्छु तर सबै मेरो साथी भाई हरु परदेश गए, पैसा कमाए, आफ्नो इच्छा आकांक्षा पुरा गर्दै रमाउँदै छन्, आमालाई सुनको बाला, बाबालाई दशैँमा टोपी, बहिनीलाई तिहारमा सप्तरङ्गी टिका लगाउँदा यो मन भक्कानिन्छ । यो कुरा पनि मैले गर्न सकिन । पुरा मन भरी पीडा अनि यो कर्तव्यको भारी बोकेर जाँदैछु । त्यो एक्लो शुन्यतामा म विलिन हुँदैछु । यो संसार देखि आफ्ना आफन्तहरुदेखि टाढा हुँदै छु । दशैँको टिकामा म नहुँदा यी मेरा बाबा–आमा, बहिनीको मन कति जल्दो हो ?  भाईटिकामा मेरो बहिनी ज्योतीको उज्यालो छर्दै मेरो प्रतिक्षामा भाईटिकाको बस्दीहुन् । सयपत्री मखमलीको माला उनेर मलाई नै पर्खेर रुँदिहुन् । नरोउ है मेरी बहिनी म बादल बनेर तिमीलाई शान्तवना दिन आउँदैछु   ।
तिम्रो पीडाहरु मलाई पोखीदेउ । म वर्षा बनेर तिम्रो आँशुको वर्षाले यो धर्तीलाई सिंचने छु । अनि शितलता ल्याउने छु । यो पापी कालले लाने भो मलाई म सम्झना भएर तपाईँहरुको मनमा सधैँ रहनेछु । नरुनुहै कहिल्यै , आशिर्वाद दिनुहोस् मलाई म अर्को जन्म लिन सके मेरो कर्तव्य पुरा गर्न सकुँ मेरो अधुरो जीवन पूर्ण रहोस् । म टाढा भएपनि मेरो अन्तमा तपाईँहरुको वरिपरी रहने छु । हेर्दैछु एक टकले मेरो घरको गाईको गोठलाई मात्र भाटा बाँकी छ, खर जती सबै सकिसक्यो । अड्याउने खम्बा नि ढल्नै लागे । बारको त के कुरा अनि उभ्याएर त्यो गाईको गोठ सँगै आफुलाई धमिराले जीर्ण भएको यो खोक्रो शरीर अनि ढल्न लागेको गाईको गोठ करिव–करिव उस्तै झैँ लाग्छ । अन्त हुँदैछ । यो जीन्दगी बन्दै छ एउटा कहानी, अधुरो जीवनको अपूरो कहानी अन्त हुँदैछ सदा–सदाको लागि । बाँकी अर्को जन्म लिए पछि ।

आँशु मात्र हैन जीवन
हार पनि त जीवन हो
जति संघर्ष गरे पनि
मेरो जीवनमा सदा सदाको लागि
हार भो ।

मुखाले पोथी चियाउँदा – कृति समिक्षा

रुद्र निरौला
साहित्यकार कर्णकुमार श्रेष्ठ झापाका भाषा साधकमध्ये एक हुन् । करीब पैतिँस वर्षसम्म शिक्षण पेशामा रहेर निवृत्त जीवन बिताइरहेका श्रेष्ठ यो वा त्यो केही न केही गरिरहन्छन् । हास्यव्यङ्ग्य विधादेखि बाल साहित्यका सरल सामग्रीहरूको संरचना गर्न उनी सफल देखिन्छन् । आज युवा युवतीलाई मनपर्ने गजल संग्रह (ऋतुमभरा) पस्किएर आफ्नो भाषिक कुशलता प्रस्तुत गरेका छन् । एउटा चित्त नबुझेर सिङ्गै “मनको सागर” उराली दिएर आफू राम्रो गजल साधक भएको प्रमाण पेश गर्छन् । अहिले बालबालिकाको मन छुने बालकथा संग्रह “मुखाले पोथी” लिएर प्रस्तुत भएका छन् । यसैले यो कर्मशील सत्तरी वर्षे जँगरिला कलमलाई नजिकैबाट सलाम ।
नेपाली साहित्य आज धेरै विकसित एवं परिमार्जित हुँदै अगाडिँदो छ । भाषाका पारखीहरू आफ्ना–आफ्ना रुचिका विषयवस्तु अगाडि सारेर नयाँ–नयाँ उचाई कायम गर्दैछन् । दमकमा भएका स्रष्टाहरूमध्ये कर्णकुमार बहुविधामा सफल ढङ्गले प्रतिभा प्रस्तुत गर्ने व्यक्तिको रुपमा स्थापित छन् । देशीय परिस्थितिलाई व्यङ्ग्योक्तिबाट घुमाइ–घुमाइ मुक्मुक्याउन देखि गजलकार र गाजलीहरूका मन सुटुक्कै चोर्न समेत उनी निक्कै खप्पिस देखिन्छन् । निक्कै अगाडि भेट हुँदा वहाँले मेरो मुखाले पोथी पढ्नु भो ? भनेर सोध्नु भो मैले अहँ भन्नुप¥यो । म अलि अल्छे मान्छे नै छु क्यार । मित्रको आग्रहपछि पो खोजी गरी पढो “मुखाले पोथी” बढो सरल र सरस कथा संग्रह । हामी सामान्य अन्य दर्जाका साहित्यिक कृति पढ्छौँ र बुझ्ने प्रयास गर्छौँ । तर, यो कथा संग्रह बालबालिकाको लागि अति राम्रंो सामग्री छोटा भैकन पनि चरित्र प्रधान । समय सदुपयोग गर्न र बालकहरूका आनी बानी सुधार्ने प्रेरक एवं प्रेरणा दायी ।
दशवटा कथाहरूको संगालो बाल कोसेली । छरितो बान्कीमा सचित्र रङ्गीन आवरण साज सज्जा सहित । समय अनुसारको उचितै मोल । पोथी बाँस्दाको परिणाममा पहिलो कथा नारी चरित्रमा प्रस्तुत भएको । आफ्नो अकर्मण्यताले आफैलाई पछि पारेको समय सन्दर्भ मिलेको कथा । दोस्रो कथामा कमिलाको पृथ्वी भ्रमण । वर्गीय चरित्रको राम्रो प्रयोग । दिग्भ्रमबाट यथार्थ अलग्गै र कर्तव्य अलग्गै भएको प्रेरक प्रसङ्गले कमिलो र मुसाको वर्गीय चिन्तन र त्यसको समाजमा देखिने प्रतिबिम्ब झल्किएजस्तो । त्यस्तै, सवर्गीय चरित्रको उदाहरण गिद्ध र परेवाबीचको अन्तर चिन्तन । बढो राम्रो उदाहरण । दम्भी र घमण्डीहरूको दुनियाँलाई राम्रो चाबुक ।

“अर्घो घटो घोष मुपैति नुनम् ।” मूर्ख भेडी गोठालो । लठेब्रो पात्र राखेको प्रसङ्गमा गोठालो प्रयोग गर्ने वर्ग मुर्ख हुन पुगेको र त्यसको परिणाम गोठालाका धनीले नै भोग्नु परेको कहालीलाग्दो पीडा देखाइएको वर्तमान सन्दर्भ । आखिर दोषी को त ? जसले अल्पज्ञान प्रदान ग¥यो । आन्तरिक पर्यटनमा अन्तुडाँडाको सूर्याेदय अवलोकन गराउने सहृदयी बुढीआमा । पिढीँ–पिढीँ बीच हुन गैरहेको शुन्यान्तलाई नजिक तुल्याउने र आमाको अनुपस्थितिमा पनि हजुर आमाको सकरात्मक अभिभावकत्व प्राप्त हुन सक्ने हाम्रो सामाजिक मान्यता कथामा स्थापित भएको छ । सामाजिक सद्भावमा राम्रो समन्वय कायम हने उदाहरणको रुपमा चुण्टी र भुण्टी कथा ।
आपसी आडम्बर तथा खिचातानीबाट आक्रान्त वर्तमान सामाजिक परिवेशलाई हल्का थप्पड हानिएको कथा “सेलरोटी, टपरी र सिन्काको विवाद ।” आपसी मेलबिना कसैको पनि अस्तित्व नरहने सङ्केत । त्यस्तै, संसर्गजा दोष गुणा अवन्ति । अर्को कथा फुरफुरे र फूलहरू । जस्तो दानापानी खायो त्यस्तै, चरित्र र रुप हुन्छ भन्ने सङ्केतको कथा । अनुकरण प्रायः सबैले गर्ने गर्छन् । तर, अन्धानुकरण भर्न घाटक र खतरनाक हुन्छ । त्यसैले समय हाँक्नेहरूले असल मार्ग दर्शन गर्न नसके मायाले शुरुमा गरेको सांस्कृतिक अन्धानुकरण र सही निर्देशन पछि आफ्नै मौलिक एर्व उर्वर संस्कृतिप्रतिको संमोहन कथामा प्रस्तुत छ । आज हाम्रो समाज वास्तविकता भन्दा कृत्रिम कुरामा अनायसै लाग्नाले दिग्भ्रमित हुन पुगेको छ । त्यसैगरी चिरनको चङ्गामा बालापनको अवोध तथा हठवादी बाल स्वभाव देखाइएको छ । जसका कारण पछुताउनु पर्ने बेला आएको प्र्रसङ्ग देखाइएको छ ठूलाबढाले आफ्नो बडप्पन जोगाउन आफूभन्दा साना उमेरकाहरूलाई परिचालन गर्नुपर्ने रोचक प्रसङ्ग कथामा छ । त्यसैगरी मनोजलाई राम्ररी प्रष्ट पारिएको देखिन्छ । यो नैतिक दुष्टान्तमा वस्तुवादी स्वीकारोक्ति भएको छ ।
कथामा प्रयुक्त भाषा शैली सरल एवं बोधगम्य छ । पात्रहरू र परिवेश हाम्रै घाउँघरकै देखाइएको छ । नेपाली भू–भागदेखि खरसाङ छेउको गिद्धे पहरा सम्म स्थानापन्न भएको छ । बालबालिकाका लागि तय गरिएका कथा भएका कारण वाक्य संरचना र शब्दावलीहरूको राम्रै संयोजन भएको पाइन्छ । एक दुई आगन्तुक शब्द परे बाहेक प्रयासः झर्दा नेपाली शब्दहरूकै बाहुल्यता पाइन्छ । मिस र ट्युशन फि जस्ता अंग्रेजी भाषाबाट आएका शब्द प्रायः पाच्य नै देखिन्छन् ।
लेखकले देखाएको सीप र जाँगरको उचित सम्मान यो बखत हुनेछ जति बेला नेपाली बालबालिकाले यस कथा संग्रहलाई पढेर आत्मसात गर्नेछन् । सन्दर्भ सामग्रीको रुपमा यस पुस्तकले ठाउँ पाए राम्रै हुनेछ भन्ने लागेको छ । हितैषी मित्र नरनाथ लुइँटेलले आफ्ना गुरूहरूलाई चिनाउने र कदर गर्नै जो उदाहरण पेश गरेका छन् त्यसप्रति हार्दिकता प्रकट गलर्दै भाषा साहित्यसँगै कर्णकुमार एकलेको कलम झन्–झन् झाङ्गिँदै जानेछ भन्ने अपेक्षा साथ सफल एवं सु–स्वास्थ्य दीर्घजीवनको हार्दिक शुभकामना ।

साझा फूल बनेको छ माला - कृति समीक्षा

साझा फूल बनेको छ माला - कृति समीक्षा
त्रिलोचन कोइराला
पछिल्लो समय नेपाली साहित्यमा नयाँ नयाँ स्रष्टाको आगमन हुने क्रम बढेको छ । नयाँ लेखन र नयाँ विषयका संघर्षमा पनि नव स्रष्टाशहरुको उपस्थिति गहकिलो बन्दै आइरहेको छ । जुन नेपली साहित्यको लागि सुखद कुरा पनि हो । यही क्रममा प्रवासमा कठोर परिश्रम गरिरहेका साहित्य अनुरागिहरुले सहित्यका विविध विधालाई एकै संग्रह बनाई संयुक्त कृति ूमालाू बजारमा ल्याएका छन् । जसको संयोजनमुखी भूमिका खेलेको छ सयौं थँगा साहित्यसमाज यु।ए।इ। ले ।
म्ानिसको यथार्थ जीवनलाई साहित्य मार्फत विभिन्न ५५ जना श्रष्टाले माला मार्फत आ आफ्नो अभिव्यक्ति पस्किएका छन् । भौतिक रुपमा मात्र होइन भावनात्मक रुपमा ल्याउने परिवर्तनलाइ पुस्तकले विषेश ध्यान दिएको छ । प्रत्येक विधामा विदेशिने नेपालीका पीडाहरु विदेशिएपछिका सुख र सहजताहरु विदेशिने वित्तिकै छातीमा उव्जिने राष्टियता प्रतिको आत्मीयतालाई उजागर गरेको ।
नेपालभित्र र नेपालबाहिरको साहित्य सिर्जनामा केही भाषिक भिन्नता रहन्छ भन्ने प्रतिनिधित्व यस ूमालाू संग्रहले गरेको छ । यसमा विशेषत परदेशीन पर्ने बाध्यता परदेशिएपछिको आफ्नो राष्टियता प्रेम र अतितको सम्झना साथै परदेशीएपछिको दोस्रो खुशी मिलन पीडा रोदन र दुखलाइ अरत्यन्त मार्मिक रुपमा पस्किएको छ । साहित्यिक श्रष्टाहरुले विभिन्न विषय मध्ये रोल्पाका डोल ब। बुढाथोकी लेख्छन् …
हे देशका युवा हो उठ अब जानुपर्छ
दासी बनी बस्न हुन्न नेपाल तिर लाग्नुपर्छ ।

उनी प्रतिनिधि मात्र हुन मालामा बुढाथोकी जस्तै प्रायको एकै भावना उत्पेरित छ देश प्रतिको चिन्ता र विगतमा नेपाली भई गर्वका साथ बाचेको सत्यता । भिन्न भिन्न सैलीले प्रस्तुत गरीएका रचनाहरुमा १८ गजल१६ कविता५कथा लगायत मुक्तक संस्करण हाइकु लघुकथा लगायत लेखहरु छन । विदेशीनु पर्दा यहा हुने कटुसत्यतालाई प्राय संस्करणलघुकथाले उजागरण गर्न खोजेको छ रमेश खडका महंगो माया सस्करण मार्फत लेख्छन विहान कुर्थासरुवाल लगाएर कृक पार्क मा भेटीएकी उनी साँमु अर्कै युवक सँग जिन्स पेन्ट लागाइ रमादापार्कमा िहंड्दै थिइन् । खड्काको संस्करण अन्तरआत्मा देखि प्रस्फुटन भएको सत्य हो भन्ने छुट्याउन सकिन्छ । परदेशमा युवा जमातको भिडले गर्दा पनि प्रेमको राम्रो चलखेल रहने बेला बेलाको चर्चालाई अर्का गजलकार कृष्ण पोखरेल ले आफ्नो तितो सत्य लेख्छन ः
नलाउ क्यारे माया पि्रती डर लाग्छ मलाई त
पि्रय भन्दा शत्रुकै भर लाग्छ मलाई त ।
माला धेरै नव आगन्तकहरुले लखीएको भए पनि केहि रचना लाग्छ नेपाली साहित्यमा गहकिलो उपस्थिती हुन सक्छ । शुभचिन्तकको वास्तविकता समिर अधिकारीको यौवन एक खडेरी अनप जोशीको अस्तित्व बोध विद्या सापकोटाको स्वास्नी मान्छे सुविसुधा आर्चयको सम्मुैता बन्दीपरे माइलो को नया बर्ष माम्जार पार्कमा पठनीय तथा मार्मिक खालका छन् । त्यस्तै कमल कार्की दीपदर्शन रिन गिरी डोलराज भुर्तेल इन्दिरा प्रयास स्तरहङ बान्तवा ूजलनूआदि अवसर पाएमा गजलको फाँटमा गहकिलो उपस्थिती जनाउने प्रतिभा देखीन्छन् । जहा रहेपनि नेपालीले नेपालीहरुको आफ्नोपन भाषा संष्कृति राष्टियता प्रेम बिछोडलाई भावनात्मक रुपमा सधैं उल्लेख गरिरहने संकल्प सहित आएको कृति ूमालाू नेपाली साहित्यको फाँटमा एक दरिलो इटा बनेको छ । पुस्तक पहिलो सस्करण भएको ले सामान्य भाषिक समस्या देखिएको छ तथापी साहित्यिक उठानमा गौण बनेको छ । आगामी सस्करणमा अमु ब्याबस्थित गर्दै जाने प्रणलाई विश्वास गर्दा पुस्तक उत्कृष्ट छ । सयौ थुँगा साहित्यिक समह यु।ए।ई। बधाईको प्रात्र बनेको छ । परदेशिएकी दमककी साहित्यि चेली ूइन्दिरा प्रयासू को यो प्रतिनिधि हरफ ः
ूधैर्य गरी बस आमा लाली लिइ आउँछु
तिम्रो सामु बसन्तको लाली लिइ आउँछु ।ू