
दमक/झापाको क्षेत्र नम्वर ७ मा नेपाली कांग्रेसले स्थानिय क्षेत्रको बिकास निर्माणका धेरै योजनाहरुको पहल गरेको जनाएको छ । कांग्रेसको क्षेत्रीय समितिले शनिवार दमकमा आयोजना गरेको पत्रकार सम्मेलनमा कांग्रेस पार्टीको पहलमा विभिन्न योजनाहरु ल्याउन सफल भएको दावी गरेको हो । कांग्रेसको तर्फबाट सभाषद महेन्द्रकुमारी लिम्बु निर्वाचनको बेला यो र त्यो पार्टी भनेर हिँडे पनि क्षेत्रको बिकासका लागि भेदभाव रहित ढङ्गले लाग्ने बताए । आफुलाई जनताको सेवा र स्थानिय क्षेत्रको बिकासका...