हाईड्रो हाउस:

दक्षिणी इलामको दानाबारीमा निमार्णाधीन सानिमा माई हाईड्रपावर लिमिटेडको विद्युत उत्पादन गृह । यो हाईड्रपावर निर्माण सम्पन्न भएपछि २२ मेगावाट क्षमताको विद्युत उत्पादन हुनेछ । तस्विर : राम योङ्हाङ ।

12

माओवादीले ल्यायो दश प्रदेशको प्रस्ताव – मुख्य समाचार

काठमाडौं, वैशाख १५/ माओवादीले भावी नेपालका लागि दश संघीय प्रदेश प्रस्ताव गरेको छ । जातीय र भौगोलिक आधारमा गरिएको माओवादी प्रस्तावको कांग्रेस र एमालेले भने बिरोध गरेको छ । उनीहरुले माओवादी हात्तीवन सहमतिभन्दापछि सरेको दाबी गरेका छन् । नयाँ बानेश्वरस्थित संविधानसभा भवनमा बिहीबार बसेको मधेसी मोर्चासहित माओवादी, कांग्रेस र एमालेको बैठकमा उक्त प्रस्ताव गरेको हो । माओवादीले यसअघि १२ वर्षे सशस्त्र द्वन्द्वको समयमा १४ प्रदेशको खाका सार्वजनिक गरेको थियो । उसले पूर्वको झापा, मोरङ र सुनसरीलाई यस अघि कोचिला स्वायत्त राज्यको माग गर्दै आएको थियो । पछिल्लो समय...

“प्रत्यक्ष राष्ट्रपति घातक” – उपमुख्य समाचार

माओवादी सचिव सीपी गजुरेलले प्रत्यक्ष निर्वाचित राष्ट्रपति मुलुकका लागि घातक हुने बताएका छन् । शासकीय स्वरुपमा प्रमुख दलहरुबीच ‘मिश्रित प्रणाली’बारे छलफल चलिरहेको बेला गजुरेलले राष्ट्रपति पनि व्यवस्थापिका संसदकै मातहत हुनुपर्ने बताए । ‘राष्ट्रपतिलाई संसद्भन्दा माथि राखे निरंकुश हुने खतरा रहन्छ,’ रिपोर्टर्स क्लवको साक्षात्कारमा बिहीबार उनले भने, ‘त्यो मुलुकका लागि घातक हुन्छ ।’ उनको दल माओवादीले भने अहिलेसम्म प्रत्यक्ष निर्वाचित राष्ट्रपतिको वकालत गर्दै आएको छ । कुनै व्यक्तिका लागि राष्ट्रपति पद पहिल्यै बुक गरेजस्तो गरी प्रत्यक्ष निर्वाचित राष्ट्रपतिको...

घुम्ती शिविरबाट सर्वसाधारण लाभान्वित

शिवगञ्ज, वैशाख १५/ग्रामीण क्षेत्रका सेवाग्राहीहरुलाई सरकारी सेवा सहज रुपमा उपलब्ध गराउने उद्देश्यले बिहीबार शिवगञ्जमा घुम्ती शिविर सम्पन्न गरिएको छ । जिल्ला प्रशासन कार्यालयको संयोजनमा स्थानीय जनआदर्श उच्चमाविमा भएको शिविरमा जिल्ला प्रशासन, जिल्ला निवार्चन कार्यालय, पशु सेवा कार्यालय, जनस्वास्थ्य कार्यालय, कृषि विकास कार्यालय, वन कार्यालय, विद्युत प्राधिकरण लगायतका सेवाहरु उपलब्ध गराईएको थियो । स्थानीय अपाङ्ग बालिकालाई किशोरीलाई नागरिकता प्रदान गरेर पूर्वाञ्चल क्षेत्रीय प्रशासक डा. कृष्णचन्द्र पौडेलले थालनी गरेका थिए । सहायक प्रमुख जिल्ला अधिकारी...

‘राजनीतिक पछि आर्थिक क्रान्ति’

दमक, वैशाख १५/अर्थराज्यमन्त्री हरिराज खेवाले नेपालको राजनीतिक क्रान्ति अन्तिम चरणमा पुगेको बताएका छन् । उनले राजनीतिक क्रान्ति सफल भएपछि अबको दशक आर्थिक क्रान्तिको हुने बताए । नयाँ संविधान जारी भएपछि राजनीतिक क्रान्ति सफल हुने र आर्थिक क्रान्ति शुरु हुने बताए । दमकमा करदाता सेवा कार्यालयको बिहीबार उद्घाटन गर्दै उनले आर्थिक क्रान्तिका लागि सबै करदातालाई सहयोग गर्न आग्रह गरे । करमैत्री वातावरणको सृजनाका लागि सरकार क्रियाशील रहेको बताउँदै कर प्रशासन बलियो पार्न उद्योगी, व्यवसायीको पनि महत्वपूर्ण भुमिका...

आश्रमको वार्षिकात्सव

मोरङ, वैशाख १५/ श्री कृष्ण प्रणामी अनाथ आश्रम ईन्द्रपुर मोरङको ४० औं वार्षिक उत्सव बिहीबार सम्पन्न भएको छ । नव निर्मित भवनमा पुजा गरेर श्री १ सय ८ मोहन प्रीयाचार्य जी महाराजबाट १७ चौपाई पाठ गरी कार्यक्रमको उद्घाटन गरिएको थियो । कार्यक्रममा सन्त श्री कृष्ण दास जी महाराजले झण्डोतलन गरेका थिए । कार्यक्रममा भारतका विभिन्न प्रान्त र नेपालका भक्तजनहरुको सहभागिता रहेको थियो । यसैबीच, उद्धवप्रसाद रिजालको अध्यक्षतामा श्री कृष्ण प्रणामी सेवा आश्रम इन्द्रपुर मोरङको नयाँ कार्य समिति चयन गरिएको छ । २१ नयाँ कार्य समितिमा उपाध्यक्षत्रय, श्यामप्रसाद आचार्य,...

पानी छोएको भन्दै दुव्र्यवहार

पाँचथर, वैशाख १५/ पानी छोएको निहुँमा आफूलाई दुब्र्यवहार गरेको भन्दै सुभाङ–२ निबासी एलिना विश्वकर्माले बुधबार जिल्ला प्रहरी कार्यालय पाँचथरमा दोषीलाई कार्बाहीको माग गर्दै मुद्दा दर्ता गरेकी छिन् । ताप्लेजुङ दोखु घर भई हाल पाँचथर जोरपोखरी बस्दै आएकी विश्वकर्माले स्थानीय दम्पती ५३ बर्षीया गंगा सढाई र उनकी पत्नी ५० बर्षीया जीवनकुमारी सेढाई विरुद्ध जातीय छुवाछुत ऐन अन्तर्गत मुद्दा दर्ता गरेकी हुन् । सेढाई दम्पतीले विश्वकर्माको छोराले आफूले पानी भरेको गाग्री छोएको भन्दै स्थानीय ट्याङ्की धारामा  विश्वकर्मालाई गत बैशाख ९ गते साँझ दुब्र्यवहार गरेका...

खोला पीडित संगठित

उर्लाबार, वैशाख १५/मोरङको बक्राहा खोलाका बाढी पीडितहरु क्षतिपूर्ति भरण र पुनस्र्थापनाको लागि एकजुट भएका छन् । सर्वोच्च अदालतले दैविप्रकोप पीडितको पक्षमा फैसला सुनाएपछि उनीहरु सरकारलाई क्षर्तिपूर्ति र मुआब्जा भरण गराउन एकजुट भएका हुन् । गत चैत्र २० गते सर्वोच्च अदालतका न्यायाधिशद्वय सुशीला कार्की र भरतराज उप्रेतीको इजलासले पीडितहरुलाई चलन चल्ती अनुसार क्षतिपूर्ति दिनुपर्ने फैसला सुनाएको थियो । पीडितहरुका तर्फबाट २०६५ सालमा अधिबक्ता कोषराज काफ्लेले सर्वोच्चमा मुद्दा दर्ता गराएका थिए । २०४३ साल यता बिभिन्न समयमा आएको खोलाबाढीले मोरङको ८ गाबिसका...

विकास योजनाबारे अन्तक्र्रिया

दमक, वैशाख १५/दमकमा  सञ्चालित र आवश्यक बिभिन्न विकास योजना बारे बिहिबार दमक उद्योग बाणिज्य संघले अन्तत्र्रिmया सम्पन्न गरेको छ । अन्तरक्रियामा दमकमा निर्माणाधिन अतिथी सदन, रतुवा खोलामा घाट निर्माण तथा रङ्शाला निर्माणका बिषयमा छलफल भएको थियो । वाणिज्य संघका अध्यक्ष प्रकाश प्रसाईको अध्यक्षतामा भएको कार्यक्रममा नगरपालिकाका कार्यकारी अधिकृत राजेश पौडेल प्रमुख अतिथी रहेका थिए । पूर्व मेयर रोमनाथ ओली, आदिबासी जनजाती महासंघका नगरअध्यक्ष मोहन धिमाल, ध्रुवतारा स्पोर्टिङ क्लबका अध्यक्ष कमल कट्वाल, संघिय लोकतान्त्रिक राष्ट्रिय पार्टीका नगर ईन्चार्ज...

सुत्केरीलाई चुम्लुङको सहयोग

विष्णु सुब्बा दमक, वैशाख १५/सुरक्षित मातृत्व सेवामा सरकारी निकायबाट सहयोग पु¥याउँदै आएपनि झापाको राजगढमा भने जातीय संंस्थाले सुत्केरी महिलाहरुलाई सहयोग उपलब्ध गराउँदै आएको छ । सुत्केरी उठाउन राजगढमा किरात याक्थुङ चुम्लुङले लिम्बु महिलाहरुलाई ५ सय सम्म नगद दिदै आएको छ । चुम्लुङ गाउँ शाखामा आवद्ध भएका घरपरिवारहरु भित्रका महिलाहरुलाई चुम्लुङले सुत्केरी भत्ता दिने व्यवस्था सञ्चालन गरिआएका छन् । मानिसको मृत्यु भए १ हजार सम्म नगद किरिया खर्चको रुपमा सहयोग पु¥याउँदै आएको चुम्लुङ गाउँ शाखा अध्यक्ष भक्तबहादुर इस्बोले बताए । चुम्लुङले एक दशकदेखि गाउँमा...

महासंघद्वारा हस्ताक्षर संकलन

बिर्तामोड, वैशाख १५/बिर्तामोडमा हत्या गरिएका पत्रकार यादव पौडलका हत्याराको निश्पक्ष छानबिनको माग गर्दै नेपाल पत्रकार महासंघ झापाले हस्ताक्षर संकलन अभियान थालेको छ । बिहीबार शनिश्चरेमा हस्ताक्षर संकलन गरिएको महासंघका जिल्ला सचिव दिपेन वाला राईले जानकारी दिए । सोहि माग गर्दै आज दमकमा हस्ताक्षर संकलन गरिने जनाइएको छ । बिहान ८ बजेबाट दमक चोकमा गरिने अभियानमा सबैलाई सहभागिताका लागि महासंघले आग्रह गरेको छ । आगामी बैशाख १९ गते सम्म संकलन गरिएका हस्ताक्षर प्रमुख जिल्ला अधिकारी मार्फत सरकारलाई पठाईने छ ।     एभिन्युज टेलिभिजन टिभी, मेची...

मोर्चाको टीम सेमिफाइनलमा – खेल समाचार

दमक, वैशाख १५/झापाको लखनपुरमा जारी एसवाइसी च्यालेन्ज कप अन्तर्राष्ट्रिय आमन्त्रण भलिबल प्रतियोगिताको बिहीबार सम्पन्न क्वाटरफाइनल खेलमा लिम्बूवान मुक्ति मोर्चा (ए) विजयी भएको छ । मोर्चाको भलिबल टिमले इटहरीको भलिबल क्लवलाई हराएको थियो । निकै प्रतिस्पर्धात्मक रहेको सो खेलमा मोर्चाले २५–१५, २५–२२ र २५–१७ ल्याएर विजयी भएको थियो भने इटहरीले २५–२२ ल्याएर एक म्याच सहानुभूति बटुलेको थियो । विजयी टिमबाट पशुपति चौधरी, दिनेश चौधरी, भोजराज थापा दीपक राना लगायतका राष्ट्रिय खेलाडीहरु सहभागी थिए । यो जीतसँगै मोर्चा...

लिम्बुवानको बैठक शुरु

दमक, वैशाख १५/मञ्च सम्बद्ध संघीय लिम्बूवान राज्य परिषद् केन्द्रीय समितिको बैठक बिहीबारबाट दमकमा शुरु भएको छ । बैठकमा अध्यक्ष कुमार लिङ्देनले राजनीतिक प्रतिवेदन पेश गरेका छन् । प्रतिवेदनमा लिम्बुवान प्राप्तिको आन्दोलन, संयुक्त राष्ट्रिय जनआन्दोलन समितिका कार्यक्रम, संघीयता कार्यान्वयन लिम्बुवान संघर्ष समितिका कार्यक्रम, संविधानको मस्यौदामा लिम्बुवान भनी उल्लेख नभएको अवस्थामा संघर्षका कार्यक्रम, संघीयतामा लिम्बुवान उल्लेख नभई संविधान जारी भएको अवस्थामा संघर्षका कार्यक्रम,संगठन सुदृढिकरण पक्षलगायत समेटिएको छ । प्रतिवेदनमा लिम्बूवान राज्य प्राप्तिका...

अमेरिकाबाट विद्यालयलाई सहयोग

कुञ्जीबारी, वैशाख १५/ अमेरिका बस्दै आएका झापा कारोबारी–१ का पुष्प दाहालले आफूले अध्ययन गरेको विद्यालयलाई ५६ हजार रुपैयाँ सहयोग प्रदान गरेका छन् । महाभारा–३ स्थित बालकल्याण माविका भूतपूर्व विद्यार्थी दाहालले सो विद्यालयमाा उच्च शिक्षा सञ्चालनमा सो सहयोग प्रदान गरेका हुन् । उनले बिहीबार पठाएको सो रकम उनका पिता भक्तबहादुर दाहालले सोही दिन विद्यालयलाइ हस्तान्तरण गरेका बताइएको छ । गत सोमबारबाट जारी सो महायज्ञमा हालसम्म ५ लाख २ हजार रुपैयाँ सहयोग जुटेको प्रधानाध्यापक अच्युत नेपालले जानकारी दिए । नेपाल विकास कोष हरि औन सर्लाहीको समेत सहयोगमा सञ्चालित...

सुपारी कृषक सडक संघर्षमा उत्रने

काठमाडौं, वैशाख १५/नेपाल सुपारी खेती विकास संस्थाले नेपालमा उत्पादन भई भारत्तर्फ निकासी हुने सुपारीको उत्पत्तिको प्रमाण्ँ पत्र जारी गर्ने काममा साविकको व्यवस्थालाई निरन्तरता दिनुपर्ने माग गरेको छ । संस्थाले सुपारीको उत्पतिको प्रमाण्ँ पत्र जारी गर्ने सम्बन्धमा नेपाल सरकार वाण्ँिज्य तथा आपूर्ति मन्त्रालयले आफैले स्वीकृत गरेको कार्यविधिविपरित चारवटा व्यापारिक फर्म र एक व्यापारिक संस्थालाई ८ हजार ३ सय मेट्रिक टन सुपारी उत्पत्तिको प्रमाण्ँपत्र जारी गर्न स्वीकृति प्रदान गरेको भन्दै विरोध जनाएको छ । राजधानीमा...

तीन नेपाली विद्यार्थी विश्व उत्कृष्ट

काठमाडौं, वैशाख १५/बेलायतको क्याम्ब्रिज विश्वविद्यालयको सम्बन्धनमा नेपालमा सञ्चालित ए लेभल (उच्च माध्यमिक तह) अध्ययनरत तीन नेपाली विद्यार्थी सर्वोकृष्ट भएका छन् । सन् २०११ को परीÔामा विश्वभरका विद्यार्थीस“गको प्रतिष्पर्धामा रातो बंगलाकी अपूर्वालाल शर्मा र सशांक शर्मा साथै जेम्स इन्स्टिच्युट अफ हाइगर एजुकेसनका समीप बराल सर्वोकृष्ट हुन सफल भएका छन् । त्यस्तै तीन उत्कृष्ट सहित ५७ नेपाली विद्यार्थी २०११ मा ए लेभलमा उत्कृष्ट भएका छन् । नेपालमा ए लेभल पढाई हुने ३५ कलेज रहे पनि १६ कलेजका विद्यार्थी विभिन्न विÈयमा सर्वोकृष्ट तथा उत्कृष्ट भएका छन् । यसैबीच...

सर्प डसाई (Snake Bite)–स्वास्थ्य चर्चा

डा. सूर्य पराजुली पृष्ठभूमि सर्प दंश नेपालको तराई क्षेत्रको एउटा रोक्न सकिने प्रमुख स्वास्थ्य समस्या हो । विश्वमा करिब ५५ लाख मानिसलाई प्रत्येक वर्ष सर्पले डस्ने गर्दछ । जसमध्ये ४ लाख जनाले डसेकोमा अंग गुमाउने अवस्था आउँदछ र २० हजारदेखि १ लाख २५ हजार जनासम्मको मृत्युहुने गरेको तथ्यांक भेटिन्छ । ३४५ जनाको प्रत्येक दिन मृत्यु भएको तथ्यांक छ । खासगरी उष्ण प्रदेशीय देशमा अन्न उत्पादन गर्ने किसानहरुको समस्या बनेको यो रोगलाई विश्व स्वास्थ्य संगठन ले सन् २००९ मा आएर मात्रै न्यागलेक्टेड ट्रोपिकल डिजिजको...