हाईड्रो हाउस:

दक्षिणी इलामको दानाबारीमा निमार्णाधीन सानिमा माई हाईड्रपावर लिमिटेडको विद्युत उत्पादन गृह । यो हाईड्रपावर निर्माण सम्पन्न भएपछि २२ मेगावाट क्षमताको विद्युत उत्पादन हुनेछ । तस्विर : राम योङ्हाङ ।

12

स्वास्थ्य शिविरमा डा. चाङ

सुरुङ्गा । डाक्टरको पहुँचमा पुग्न नसक्ने विरामीहरुलाई लक्षित गरी सुरुङ्गामा एक दिवसिय निशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको छ ।    वडा नागरीक मञ्च कनकाई नगरपालिका वडा नं.३ र ४ को आयोजनामा प्राथमिक स्वास्थ्य केन्द्र सुरुङ्गामा सम्पन्न शिविरमा सातसय जना विभिन्न किसिमका विरामीहरुको स्वास्थ्य परीक्षण गरीएको आयोजक समितिका सदस्य गोविन्द पौडेलले वताए ।डाक्टर चाङ सुपर स्पेसियलिटी हस्पिटल सिलिगुडीवाट डाक्टर चाङको नेतृत्वमा आएका विशेषज्ञ डाक्टरहरुवाट स्वास्थ्य परीक्षण गरीएको हो । शिविरमा...

गर्मीका कारण जनजीवन अस्तब्यस्त

दमक । केही दिनदेखि बढेको गर्मीका कारण झापा सहित तराईका जिल्लाको जनजीवन अस्तब्यस्त हुन थालेको छ । बिहान सवेरैदेखि हपहपी गर्मी सुरु भएपनि मानिसहरुको चहलपहल समेत घटेको विर्तामोडका एक ब्यवसायीले बताएका छन् । दिनभर ग्राहक नै नआउने भन्दै बिहान र बेलुकी पखमात्र चहलपहल हुने गरेको उनले बताए । गर्मीका कारण बालबालिका, बृद्धबृद्धाका साथै मजदुर बढी मारमा परेका छन् । चर्को गर्मीका कारण मानिसहरु दिनभर शितल ठाँउमा भेला भएर बस्ने गरेका छन् ।जेठ पहिलो हप्तादेखि अत्याधिक गर्मी बढेका कारण पश्चिम तराईका जिल्लाहरु...