हाईड्रो हाउस:

दक्षिणी इलामको दानाबारीमा निमार्णाधीन सानिमा माई हाईड्रपावर लिमिटेडको विद्युत उत्पादन गृह । यो हाईड्रपावर निर्माण सम्पन्न भएपछि २२ मेगावाट क्षमताको विद्युत उत्पादन हुनेछ । तस्विर : राम योङ्हाङ ।

12

दमकमा प्लाष्टिक झोला प्रयोग जारी

– चिरञ्जिबी घिमिरे दमक । दमक नगरपालिकालाई प्लाष्टिकमुुक्त क्षेत्र घोषणा गरेको ३ महिना बितिसक्दा समेत नगरपालिकामा प्लाष्टिकका झोला प्रयोग भइरहेको पाइएको छ । गत फागुुन १ गतेबाट नै नगरलाई प्लाष्टिकमुक्त क्षेत्र घोषणा गरेपनि नगरपालिकाबाट उचित अनुुगमन हुुन नसक्दा केही ठाउँमा यसको प्रयोग गरिरहेको पाइएको हो । सरकारी कार्यालय नजिक भएको स्थान र मुुख्य बजारमा यसको प्रयोग नभए पनि अन्य भित्री बजारमा भने यसको प्रयोग गरेको पाइएको हो ।दमक उद्योग वाणिज्य संघले यस अघि पनि नगरलाई प्लाष्टिकमुुक्त क्षेत्र घोषणा...

बजेट अभावमा निर्माणाधिन बसपार्क अलपत्र

– विमल लामिछानेदमक । सरकारले यसपटक बजेट विनियोजन नगर्दा झापाको दमकमा बन्दै गरेको अत्याधुनिक टर्मिनल भवन सहितको  अपाङ्गमैत्री वसपार्क निर्माण कार्य अलपत्र बनेको छ । पूर्वपश्चिम राजमार्गसँगै जोडिएको दमक नगरपालिका ११ स्थित वसपार्क देशमा नै पहिलो अपाङ्गमैत्री निर्माण गरिएको हो । वसपार्कभित्र प्रवेश गर्ने पश्चिमी द्धारमा अत्याधुनिक टर्मिनल भवन निर्माण भइरहेको छ । निर्माणको अन्तिम चरणमा पुगेको भवनभित्र ४६ जना यात्रुलाई एकैपटक आराम गर्न सक्ने व्यवस्थित प्रतिक्षालय निर्माण गरिएको भएपनि अन्तिम चरणमा...

कारागारभित्र सन्तान जन्माउन माग

सप्तरी । कर्तव्य ज्यान मुद्दामा आठ वर्षसम्म कारागारमा बिताउँदा सप्तरी जगतपुर–१ का डोम दम्पती सुरज मरिक र छोटनीदेवीलाई असह्यै पीडा भयो । दुवै सप्तरी कारागारमा थिए । तर, भेटघाट हुन पाउँदैनथ्यो । छुट्टै बस्नुपर्दा उनीहरूको सन्तानको इच्छा पनि पूरा हुन पाएन । सन्तानको रहर पूरा गर्न चार वर्षअघि उनीहरूले कारागारभित्र प्रजनन अधिकारको माग गर्दै सर्वोच्च अदालतमा मुद्दा दायर गरे । सर्वोच्चले प्रजनन अधिकारका लागि पारिवारिक भेटघाटको व्यवस्था मिलाउन सरकारका नाममा आदेश पनि दियो। तर, अदालतको आदेश कार्यान्वयन...

भूटान फर्किने बाटो बन्द नगर्न आग्रह

 दमक । स्वदेश फिर्ती अभियानका भूटानी अगुवा डा. भम्पा राईले हाललाई विभिन्न देशमा पुनर्वासको परिस्थिती रहेपनि पछि भूटान फर्किने कुटनीतिक वातावरण बनाउनका लागि जुटिरहन सुझाव दिएका छन् । झापाको दमकमा रही भूटानी शरणार्थीहरुको निशुल्क उपचार र राजनीतिक सल्लाहमा सक्रिय राईले विहीबार भूटान स्वतन्त्र जनमञ्चको टोलीसंगको भेटमा सो सुझाव दिएका हुन् । भूटानी शरणार्थी प्रतिनिधि स्वदेश फिर्ती समितिका सभापति समेत रहेका डाक्टर राईले हाललाई जो जो जहाँ जहाँ पुनर्वास भएपनि कालान्तरमा भूटान फर्किने योजनामा लागिरहन...

बालकको अपहरणपछि हत्या

सुनसरी । सिरहामा अज्ञात समूहको अपहरणमा परेका एक स्कूले बालकको हत्या भएको छ । ११ दिन पहिले अपहरणमा परेका सुखिपुर गाविस ६ दहिपौडीका ११ बर्षीय बालक श्रवण भण्डारीको हत्या भएको हो । हत्या गरेर माटोमा गाडेको अवस्थामा मोहनपुर कमलपुर ३ मा बालक भण्डारीको शव विहीबार फेला परेको इलाका प्रहरी कार्यालय गोलबजारका प्रहरी निरीक्षक सन्तोष निरौलाले पुष्टि गरे । स्थानीय महिलाहरु शौच गर्न गएको बेला सिनो गन्हाएपछि प्रहरीलाई खबर गरेको थियो । त्यसपछि त्यहाँ पुगेको गोलबजार प्रहरीले गन्हाएको ठाउँमा उत्खनन गर्दा एउटा खुट्टा काटिएको र घाँटीमा डोरी बाँधेको अवस्थामा बालक...