‘चुम्लुङका माग जातीय होइनन्’ – बाटैमा

लिम्बू समुदायहरुको सामाजिक संस्थाको रुपमा गठित किरात याक्थुङ चुम्लुङ झापाका नव निर्वाचित
अध्यक्ष हुन् पुर्णमान लाओती । लिम्बू समुदायहरुको अधिकारका लागि क्रियाशील अध्यक्ष लाओती जिल्लाका परिचित व्यक्तित्व पनि हुन् । चुम्लुङको शनिबार सम्पन्न सातौँ जिल्ला अधिवेशनबाट ३ वर्ष कार्यकालका लागि निर्वाचित अध्यक्ष लाओती केन्द्रीकृत अनुदारवादी नीतिले चुम्लुङले उठाएका अधिकार दबाउन
षड्यन्त्र भएको देख्छन् । सरकारी सेवाबाट सेवानिवृत्त भएर जातीय संस्थामा होमिएका अनारमनी–३
निवासी अध्यक्ष लाओतीसँग बाटैमा गरिएको कुराकानी :–
जातीय संस्थामा किन लाग्नुभयो ?
राज्यका मूलप्रभावहबाट दबिएका, उत्पीडनमा परेका पूर्वका किरात लिम्बूहरुको समग्र विकासका लागि केही गरौँ भन्ने उद्देश्यले चुम्लुङमा संगठित भएको हुँ । प्राचीन आदिवासी यी समुदायहरुको भाषा, धर्म, संस्कार, संस्कृति तथा सामाजिक रुपान्तरणमा जोड दिन चुम्लुङबाट अधिकारमुखी आन्दोलनमा संलग्न भएको हुँ । २०४६ सालको राजनीति परिवर्तनपछि संगठित भएको चुम्लुङ साझा उद्देश्य, लक्ष्यका लागि अभियानकर्ता भएर लागिरहेको छु ।
चुम्लुङले मूलतः कस्ता मुद्दा उठाइरहेका छन् ?
मूलतः लिम्बू समुदायको साझा संस्था हो कियाचु । देशभरी यसको सञ्जाल रहेको छ, भने विदेशमा समेत लिम्बू समुदायहरु बसोबास रहेका ठाउँमा चुम्लुङ स्थापना भएको छ । यसले लिम्बूका परम्परागत भाषा, धर्म, संस्कृतिको संरक्षण तथा नीति निर्माण तहमा राजनीतिक अधिकार वहाली गर्न आन्दोलित रहिआएको सर्वविदितै छ ।

चुम्लुङका माग राजनीतिक माग हो भनेर मानिए के यसले पार्टी विशेषका पक्षमा आन्दोलन गर्छ त ?
विल्कुल गर्दैन । हामीले निर्माण तहमा पु¥याउन लिम्बू समुदायलाई नीति निर्माण तहमा पु¥याउन लिम्बूवान राज्यको मागलाई प्रंमुखताका साथ उठाइरहेका छौँ । अरुण पूर्वका अखण्डित ९ जिल्लालाई आत्मनिर्णय अधिकार सहितको लिम्बूवान राज्य बनाइनु पर्छ भन्ने ऐतिहासिक पृष्ठभूमि आधार अगाडि बढाएका छौँ । चुम्लुङले उठाएका यी माग जातीय होइन पहिचान मात्र हो भनेर भनिरहेका छौँ ।
चुम्लुङले उठाएका माग आन्दोलनरत अन्य लिम्बूवानजन्य संघसंगठन÷दलहरुले पनि उठाएका छन् नि ?
लिम्बूवान राज्य प्राप्तिको मूल कार्यदिशा एकै जस्तो देखिए पनि ती आन्दोलनकारीहरु बीच अझै समानता हुन सकेको छैन । चुम्लुङले संस्थागत ढङ्गले यी शक्तिहरुलाई मोर्चाबन्दी बनाउने कार्य गरिआएको स्मरणीय रहिआएको छ । साझा लक्ष्यमा एकमत बनाउन चुम्लुङ अझै क्रियाशील रहेको छ । लिम्बुवानवासीको समानता, सह–अस्तित्व र जातीय सद्भाव सुनिश्चितता कायम गराउन हामीबीच पनि बेमेल र अस्पष्टता अल्मलिरहेका छन् ।
चुम्लुङ झापाको अवस्था कस्तो छ ?
झापामा रहेका हामी लिम्बूहरु हिजोको अवस्था भन्दा अहिले हरेक दृष्टिले परिवर्तन भएका पाएको छौँ । २०४६ सालमा गठन भएको चुम्लुङ पाठामारी र खजुरगाछी गाविस बाहेक सबै गाउँ नगरमा संंगठित सञ्जाल बनेको छ । जिल्लामा समेत अन्य जातीय संस्था भन्दा केही उचो संख्याको रुपमा चुम्लुङ हो भन्ने विश्वास दिलाउन सकेका छौँ ।
भर्खरै तीन वर्षका लागि पुनः अध्यक्ष चुनिनु भएको छ, यहाँलाई कस्तो लागिरहेको छ ?
जिम्मेवारी थपिएको र लिम्बू समुदायहरुको हितका लागि सेवामुखी काम गर्ने अवसर पाएको छु । हिजोका समय भन्दा अहिले चुम्लुङमा आएको गहन जिम्मेवारीलाई संस्थागत ढङ्गले अगाडि बढाउने दायित्व थपिएको मैले महसुस गरेको छु । एक्लो प्रयासले हुन्न सबै जुटेर लिम्बूका साझा लक्ष्यमा जुट्ने विश्वास दिलाउन चाहन्छु ।

0 प्रतिकृया:

Post a Comment