हाईड्रो हाउस:

दक्षिणी इलामको दानाबारीमा निमार्णाधीन सानिमा माई हाईड्रपावर लिमिटेडको विद्युत उत्पादन गृह । यो हाईड्रपावर निर्माण सम्पन्न भएपछि २२ मेगावाट क्षमताको विद्युत उत्पादन हुनेछ । तस्विर : राम योङ्हाङ ।

हाईड्रो हाउस:

दक्षिणी इलामको दानाबारीमा निमार्णाधीन सानिमा माई हाईड्रपावर लिमिटेडको विद्युत उत्पादन गृह । यो हाईड्रपावर निर्माण सम्पन्न भएपछि २२ मेगावाट क्षमताको विद्युत उत्पादन हुनेछ । तस्वि

गुप्तालाई डेढ वर्ष कैद र ८४ लाख जरिवाना – मुख्य समाचार

काठमाडौ/ सूचना तथा सञ्चारमन्त्री  तथा मधेसी जनअधिकार फोरम गणतान्त्रिकका नेता जयप्रकाश गुप्तालाई सर्वोच्च अदालतले भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ । सर्वोच्चले उनलाई डेढ वर्ष कैद र ८४ लाख ९ हजार ९ सय २८ रुपैयाँ ७ पैसा जरिवाना तोकेको छ ।

चार वर्षदेखि सर्वोच्चमा विचाराधीन भ्रष्टाचार मुद्दामा न्यायाधीशद्वय सुशीला कार्की र तर्कराज भट्टको इजलासले अन्तिम फैसला सुनाएको हो । नेपालमा बहालावाला मन्त्री जेल गएको यो पहिलो घटना हो ।
‘प्रतिवादी जयप्रकाशप्रसाद गुप्तालाई एक वर्ष ६ महिना कैद हुने ठहर भएकाले निजलाई ठहर भएको उक्त कैद सजायमा निज हिरासतमा बसेको दिन कटाई बाँकी कैदको लगत कसी कानुन बमोजिम असुल गर्नु गराउनु,’ सर्वोच्चको फैसलामा भनिएको छ ।
पुस २५ गते हुने भनी एक महिनाअघि नै न्यायाधीशद्वय सुशीला कार्की र तर्कराज भट्टले फैसलाको मिति पुस २६ गते तोके पनि ‘फैसलाको पूर्ण पाठ तयार गर्न नभ्याइएको’ भन्दै फागुनमा सारिएको हो । फैसला नजिक पुग्दा गुप्ता भने विवादित बनिरहेका थिए । २०६४ कात्तिक २२ गते सर्वोच्च आइपुगेको गुप्ताको मुद्दा पहिलो दुई वर्ष तारेखमै राखिएको थिएन । २०६६ असार २८ गतेबाट सुनुवाईका लागि पेसी चढाइए पनि त्यसको साढे दुई वर्षपछि मात्रै सुनुवाई सकिएको थियो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मन्त्री गुप्तामाथि २ करोड ८ लाख ८ हजार गैरकानुनी रुपमा कमाएको भन्दै २०५९ चैत ६ गते विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।
विशेषका तत्कालीन अध्यक्ष भूपध्वज अधिकारीको इजलास समूहले गुप्ताको सम्पत्ति स्रोत खुलेको भन्दै उनलाई २०६४ जेठ २४ गते सफाई दिएको थियो । विशेषको फैसलाविरुद्ध सरकारले २०६४ कात्तिक २२ गते सर्वोच्चमा पुनरावेदन गरेको थियो ।
कांग्रेस राजनीति हुँदै मूलधारको राजनीति प्रवेश गरेका गुप्ता पछिल्लो पटक क्षेत्रीय (मधेस) राजनीतिमा सकृय थिए । २०४८ सालमा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाका प्रेस सल्लाहकार उनी पटक–पटक गरी तीन पटक सञ्चार र एकपटक कृषि मन्त्री भएका थिए । भ्रष्टाचार ठहरे लगत्तै उनले मौखिक रुपमा आफूले राजीनामा दिएको बताएका छन् भने आफ्नो राजनीतिक यात्रा समाप्त भएको घोषणा गरेका छन् ।

न्यायाधीशलाई कार्बाहीको सिफारिस – उपमुख्य समाचार

भ्रष्टाचारको अभियोग लागेका जयप्रकाश प्रसाद गुप्तालाई उन्मुक्तिको फैसला गर्ने विशेष अदालतका न्यायाधीशलाई सर्वोच्चले कारबाहीको सिफारिस गरेको छ ।
मंगलबार गुप्ताको मुद्दा फैसला गर्दै न्यायाधीशद्वय सुशीला कार्की र तर्कराज भट्टको इजलासले उक्त कारबाही गरेको हो ।

राजश्व संकलनमा जोड दिन निर्देशन

भद्रपुर/  अर्थमन्त्री वर्षमान पुनले राजश्व संकलनमा ध्यान दिन कर्मचारीहरुलाई निर्देशन दिएका छन् । मंगलबार झापाको भद्रपुरस्थित आन्तरिक राजस्व कार्यालयको स्थलगत निरीक्षण गरेपछि अर्थमन्त्री पुनले कर्मचारीहरुलाई यस्तो निर्देशन दिएका हुन् ।

मन्त्री पुनले सदाचारपूर्ण व्यवहार गरी सेवाग्राहीको कामकाजलाई सर्वोपरी मानेर कार्य गर्न कर्मचारीहरुलाई निदेशन दिए । कार्यालयको राजस्व सङ्कलनको प्रगति सन्तोषजनक रहेको उल्लेख गर्दै मन्त्री पुनले कर्मचारीको कामको सराहना समेत गरे । अर्थमन्त्री पुनले घरवहाल कर उठाउन सक्दो प्रयास गर्न समेत कर्मचारीलाई आग्रह गरेका थिए ।
सो अवसरमा आन्तरिक राजस्व कार्यालयका प्रमुख नारायण ढकालले गत माघमा निर्धारित लक्ष्य भन्दा तीनगुणा बढी राजस्व सङ्कलन भएको र शिक्षा सेवा करमा ६०९ प्रतिशतले बढेको जानकारी गराएका थिए । (फोटो पनि छ ः अर्थमन्त्री वर्षमान पुन)

तिब्बत नाका ठप्प

ताप्लेजुङ/ नेपाली पक्षलाई जानकारी नै नगराई तिब्बत प्रशासनले उत्तरी नेपाल आवत् जावत् गर्ने नाका ठप्प पारेको छ । तिब्बतले केही महिनाका लागि भन्दै नाका बन्द गरेको सीमावर्ती क्षेत्रका बासिन्दाले जानकारी दिएका छन् ।
ओलाङचुङ्गोलाका टासी शेर्पाका अनुसार चार महिनाका लागि तिब्बत नआउनु भन्ने खबर त्यहाँको प्रहरीले पठाएको छ । त्यतिञ्जेलसम्म नेपाल नजान तिब्बतका बासिन्दालाई पनि उर्दी गरिएको छ । नाका बन्दबारे गोलाको प्रहरी चौकीले भने कुनै जानकारी नभएको बताएको छ । नाका बन्दका विषयमा ब्यापारीबाट सुनेको तर आफूहरुलाई आधिकारिक जानकारी नभएको स्थानीय प्रहरी चौकीले पुष्टी गरेको छ ।
आउँदो मार्च १० तारेखमा दलाइ लामाले तिब्बत छाडेको दिन भएकाले सीमा क्षेत्रमा तिब्बत विरोधी गतिविधि हुन्छ भन्ने शङ्काले बन्द गरेको हुनसक्ने स्थानीय ब्यापारीको अनुमान छ । तिब्बत मामिलामा विशेष चासो राख्ने गोलाका बासिन्दा टासीले उक्त दिन तिब्बतमा भब्य कार्यक्रम आयोजना गरिने र त्यसलाई मध्यनजर गर्दै नाकाबन्दीको निर्णय तिब्बत प्रशासनले लिएको हुन सक्ने उनको अनुमान छ ।
अर्का ब्यापारी दावा एन नाकाबन्दी ४ महिनाका लागि बन्द भएको हल्ला आए पनि १० तारेखपछि खुल्ने बताउँछन् । उनले भने–‘यो क्षेत्रमा त्यस्तो कुनै गतिविधि हुँदैन त्यसैले पनि चाँडै खुल्छ भन्ने लाग्छ ।’ ताप्लेजुङको ओलाङचुङगोला, घुन्सा र याङमाबाट टिपताला तथा पापुङको तोक्पेगोला र सङ्खुवासभा जिल्लाबाट किमाथाङका नाका भएर तिब्बतसँग ब्यापारिक कारोबार हुँदै आएको छ । 
खाद्यान्नलगायतका सामान तिब्बतबाटै ल्याउने र तिब्बतसँग ब्यापारिक कारोबार हुँदै आएकाले चार महिना बन्द भए सीमावर्ती क्षेत्रमा नराम्रो प्रभाव पर्ने ब्यापारी बताउँछन् । तिब्बत बिरोधी गतिविधि हुने शङ्कामा यसअघि पनि बेलाबेला नाका बन्द गरिदै आएको थियो ।

ट्रक दुर्घटनामा तीनको मृत्यु

८ जना घाइते
भोजपुर/ भोजपुर र खोटाङको सीमास्थल टेम्केमा आयोजित टेम्के महोत्सवबाट फर्केको मिनी ट्रक दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ ।
भोजपुरको गुप्तेश्वर–८ साउने भन्ने ठाउँमा मंगलबार साँझ भएको सो दुर्घटनामा अन्य ८ जना घाइते भएका छन् । मृत्यु हुनेहरुमा भोजपुर गुप्तेश्वर–६ की ४५ वर्षीया सावित्री राई, ६० वर्षीया जनकुमारी राई र जरायोटारका ६० वर्षीय राजन कार्की रहेका भोजपुरका प्रहरी नायब उपरीक्षक युवराज बैद्यले जानकारी दिए ।
दुर्घटनामा घाइते हुनेहरुमा अन्नपूर्ण गाविसका सुमन अधिकारी, सम्झना राई, गुप्तेश्वरका भोजकुमारी प्रधान, रेनुका राई, गणेश खत्री, गोमा बस्नेत, देउरालीका दावा किराती, तेजेन राई र नागी राई रहेका छन् । उनीहरुको जिल्ला अस्पताल भोजपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
घटनास्थल सदरमुकामदेखि २० किलोमिटर पश्चिममा पर्छ । कोचाकोच यात्रु बोकेर फर्केको को.१.ख २५६६ नम्बरको सो मिनी ट्रक अत्याधिक भारका कारण दुर्घटनामा परेको प्रहरीको प्रारम्भिक अनुमान छ ।

विद्यार्थीको मृत्युपछि विद्यालयमा आगजनी

गाइघाट/ गारो भत्केर किच्दा विद्यार्थीको मृत्यु भएको विरोधमा त्रियुगा नगरपालिका–११ स्थित एक निजी विद्यालयमा मङ्गलबार दिउँसो स्थानीयले आगजनी गरेका छन् ।
चर्पी गएका बेला भत्केको गारोले किचेर त्रिनपा–१३ चुहाडेका मुकेस प्याकुरेलको घटनास्थलमै मृत्यु भएको विरोधमा जम्मा भएको ठूलो  सङ्ख्याका अभिभावकले उदयसी उमाविमा आगजनी गरेको प्रत्यक्षदर्शी राधारमण खतिवडाले बताए ।
दिउँसो साढे ३ बजे भएको घट्ना लगत्तै जम्मा भएका स्थानीयको ठूलो भीडले विद्यालय प्रशासन, पुस्तकालय र प्रधानाध्यापक कार्यकक्षमा आगजनी गरेका थिए । आगजनीबाट विद्यालय भवनभित्र रहेका कागजात, विद्यालयको अभिलेख र फर्निचरलगायत अन्य भौतिक सामग्री जलेर नष्ट भएको विद्यालय प्रशासन र इलाका प्रहरी कार्यालय जलजलेले जनाएको छ ।

समायोजनको आधार व्यक्तिगत योग्यता : कांग्रेस – एमाले

काठमाडौं/ विपक्षी नेपाली कांग्रेस र नेकपा एमालेले माओवादी लडाकूहरुको समायोजन सामूहित नभई व्यक्तिगत योग्यताका आधारमा गर्नुपर्ने अडान दोहो¥याएका छन् ।
मंगलबार सिंहदरबारमा बसेको कांग्रेस र एमाले शीर्ष नेताहरुको बैठकले नेपाल सेनाको मापदण्ड पूरा गरेका लडाकूहरुलाई व्यक्तिगत आधारमा समायोजन गर्नुपर्ने निष्कर्ष निकालेको हो । बैठकले समायोजनपछि नेपाली सेना मातहतमा बस्ने महानिर्देशनालयमा माओवादीको कुनै पनि पहिचान देखिन नहुने निष्कर्ष निकालेको छ ।
बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै एमाले वरिष्ठ नेता माधवकुमार नेपालले सेना भित्र अर्को सेना बनाउने कार्य मान्य नहुने स्पष्ट पारे ।
यस्तै कांग्रेस संसदीय दलका नेता रामचन्द्र पौडेलले दलहरुबीच भएको ७ बुँदे सहमति अनुसार नै माओवादी लडाकुहरुको सेनामा समायोजन हुनुपर्ने बताए । उनले भने–‘सातबुँदे सहमति विपरीत सेना समायोजन कुनै पनि हालतमा मान्य हुँदैन, सही अर्थमा समायोजन हुनुपर्छ र त्यसले सेनाको अहिलेसम्मको छविलाई तलमाथि पार्ने कार्य हुनुहुँदैन ।’
बैठकले सेना समायोजनका विषयमा स्पष्ट
पार्न सेना समायोजन विशेष समितिको बैठक तत्काल बोलाउन प्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई आग्रह गरेको छ ।

लखनपुरमा आगलानी

लखनपुर/ झापाको लखनपुरमा मंगलबार बिहान एक घरमा आगलागी भएको छ । आगलागीमा एक लाख रुपैंया भन्दा बढीको क्षति भएको छ । लखनपुर–१ को मंगलबारेका प्रकाश लिम्बुको काठको घरमा बिहान साढे आठ बजेतिर भएको आगलागीबाट फर्निचर, लत्ताकपडा लगायतका सामान जल्दा सो बराबरको क्षति भएको हो ।
दमकबाट गएको दमकल, प्रहरी र स्थानीयबासी सहयोगमा आधा घण्टामा आगो नियन्त्रणमा आएको थियो । छिट्टै नियन्त्रणमा आएकोले आगलागीबाट घरमा भने धेरै क्षति नपुगेको बताइएको छ । पूजा गर्न सल्काएको अगरबत्तीबाट आगो सल्केको हुन सक्ने प्रहरीको अनुमान छ ।

चेतनाको साधारणसभा स्थगित

दुधे/  झापा शिवगञ्ज–९ ब्याङ्डाँडास्थित चेतना माध्यमिक विद्यालयको ११ औँ साधारणसभा स्थगित भएको छ । विद्यालयको भौतिक सम्पत्ति मूल्यांकन गर्नुपर्ने भएकाले सभा स्थगित गरिएको बताइएको छ ।
मंगलबार आयोजित साधारणसभामा विद्यालयको करिब १५ कठ्ठा जमिन, भवन लगायतका भौतिक सम्पत्तिको मूल्यांकन गर्नुपर्ने माग शेयर सदस्यहरु बीच उठेपछि सोका लागि राधाकृष्ण सोडारीको संयोजकत्वमा ५ सदस्यीय मूल्यांकन समिति गठन गरिएको छ । समितिका सदस्यहरुमा गोविन्द बस्नेत, ढुङ्गानाथ चापागाई, अम्बिका अधिकारी र तुलसीप्रसाद बाँस्कोटा रहेका छन् । सो समितिले आगमी चैत्र २५ गते सम्ममा मूल्यांकन कार्य पूरा गरी पुनः साधारणसभा बोलाउने जिम्मा पाएको छ ।
विद्यालयका व्यवस्थापन समिति अध्यक्ष खोदनाथ चापागाईको अध्यक्षतामा आयोजित साधारणसभामा प्रिन्सिपल टंक अधिकारीले आर्थिक र शैक्षिक प्रतिवेदन प्रस्तुत गरेकामा सो समेत आगामी साधारणसभाले मात्रै पारित गर्ने जनाइएको छ । ६४ जना शेयर सदस्यमध्ये जेष्ठ सदस्य त्रिलोचन दुलालले कार्यक्रम उद्घाटन गरेका थिए भने स्वागत गंगाराम भट्टराई र सञ्चालन चन्द्रकला लक्समले गरेकी थिइन् ।

युएईमा पौडेल

उर्लाबारी/ पथरी समाज युएइको साधारण सभाले आगामी २ वर्षको लागि कृष्ण पौडेलको अध्यक्षमा १३ सदस्य कार्य समिति गठन गरेको छ ।
गठित समितिको प्रथम उपाध्यक्ष मोहन नेपाल, द्वितीय उपाध्यक्ष दिल राइ सचिब रमेश खड्का सह–सचिब मोहन गौतम र कोषाध्यक्ष मुना भण्डारी रहेका छन् ।
गठित समितिका सदस्यहरुमा त्रिलोचन कोइराला भीम कोइराला शिव पौडेल पारस तिम्सिना कमल लावती फुलकुमार अमृत बोहोरा  रहेका छन् । भेलाले दुर्गा भट्टराई त्रिलोचन भारती र  रावन आधिकारीलाई सल्लाहकार बनाको छ । समितिले आगामी कार्यकालमा १ नाटक, तीन तीन महिनामा साहित्यिक, लगायतका कार्यक्रम गर्ने तयारी भएको समितिका सचिव खड्काले बताए ।

शिव मन्दिरको नयाँ समिति

दमक/ दमक–१८ स्थित शिव मन्दिरको नयाँ व्यवस्थापन समिति गठन गरिएको छ । जंगबहादुर थापाको अध्यक्षतामा गठित कार्यसमितिको उपाध्यक्षमा नारद भण्डारी, सचिवमा खगेन्द्र भट्टराई, सहसचिवमा लक्ष्मी लुइँटेल र कोषाध्यक्षमा चन्द्रबहादुर बिष्ट चुनिएका छन् ।
त्यसैगरी सदस्यहरुमा बालकृष्ण रेग्मी र खड्गबहादुर राय, चयन भएका जनाइएको छ । शिवरात्रीको अवसरमा आयोजित कार्यक्रमका बीच सो समिति चयन गरिएको हो । सोहि कार्यक्रममा जेष्ठ सदस्य ज्ञानबहादुर भट्टराईलाई दोसल्ला ओढाएर सम्मान गरिएको छ । उनलाई डिकुकुमार राईले सम्मान गरेका हुन् ।

व्यवसायीहरु संगठित

सतासीधाम/  झापाको सतासीधाममा फोटो तथा कम्प्युटर व्यवसायीहरु मंगलवार संगठित भएका छन् ।
फोटो तथा कम्प्युटर व्यवसायीहरु उपस्थित भेलाले पौडेल फोटो स्टुडियो झिलझिलेका सञ्चालक खड्गप्रसाद पौडेलको अध्यक्षतामा ९ सदस्यीय रहेको फोटो तथा कम्प्युटर व्यवसायी संघ झिलझिले गठन गरेको छ । जसको उपाध्यक्षमा रोमविन स्टुडियोका रोम मगर, सचिवमा सताक्षी मिडिया सोलुसनका अनिल यादव र कोषाध्यक्षमा संसार फोटो स्टुडियोका शर्मीला प्रसाई रहेका छन् ।
यसैगरी सदस्यहरुमा युनिक भिजनका कमल प्रसाई, थुलुङ्ग स्टुडियोका कैलाश राई, मनकामना अफसेट प्रेसका होमनाथ घिमिरे, मुनलाइट साइवरका प्रकाश कार्की र निमा कम्युनिकेशन एण्ड कम्प्युटर इन्स्टिच्युटका जीवन तामाङ्ग रहेका छन् । फोटो तथा कम्प्युटर व्यवसायीहरुको हकहित, संरक्षण, विकास, प्रगति गरी बजारमा देखिएको मनपरी मूल्यसूचीलाई पनि नियन्त्रण गर्ने अध्यक्ष पौडेलले सञ्चारकर्मीहरुलाई बताए ।

आरआरएनको तालिम सम्पन्न

धरमपुर/ ग्रामीण पनुर्निर्माण संस्था नेपाल (आरआरएन) ले झापाको धरमपुरमा सार्वजनिक लेखा परीक्षण, अधिकारमा आधारित विकास अवधारणा र सामाजिक समावेशीकरण निषयक ३ दिने तालिम सम्पन्न गरेको छ ।
धरमपुर गाविसस्तरीय एकीकृत योजना छनौट समितिका पदाधिकारी, विभिन्न राजनीतिक दलका गाविसस्तरीय अगुवा, आदिवासी जनजाति, दलित, पिछडा वर्गका अगुवा, एलजिसिडिपीद्वारा सञ्चालित नागरिक सचेतना केन्द्रका सामाजिक परिचालक र आरआरएनद्वारा सञ्चालित नागरिक सचेतना केन्द्रका सहजकर्ताहरुको तालिममा सहभागिता रहेको थियो ।
आरआरएन झापाका संयोजक दुर्योधन अधिकारीको प्रमुख आतिथ्यमा रहेको तालिम समापन कार्यक्रम धरमपुर गाविसका प्राविधिक खेम दुलालको अध्यक्षतामा सम्पन्न भएको थियो । तीन दिने सो तालिमलाई आरआरएनका ऋषिराज पौडेलले सहजीकरण गरेका थिए ।

नयाँ स्थानमा लेटाङ बसपार्क

उर्लाबारी/ मोरङको लेटाङस्थित बसस्टेण्ड नयाँ स्थानमा सारिएको छ । कानेपोखरी लेटाङ जोड्ने मुख्य सडकमा रहेको बस स्टेण्ड लेटाङ–६ स्थित साना किसान सहकारी संस्था पूर्व, जनसेवा सामुदायिक वनको कार्यालय उत्तरमा रहेको सार्वजनिक खाली जग्गामा सारिएको हो ।
बजारलाई व्यवस्थित र भीड रहित बनाउने उद्देश्यले गाविसको पहलमा व्यवसायीहरुसँगको छलफलबाट उक्त स्थानमा सारिएको लेटाङका गाविस सचिव पुरुषोत्तम घिमिरेले जानकारी दिए ।  केहीबर्ष अघिदेखि बस  स्टेण्डको नाममा राखिएको जग्गा अतिक्रमण हुने सम्भावना बढेपछि बस स्टेण्डलाई उक्त स्थानमा सारिएको बस व्यवसायी सूर्य गिनेलले बताए ।
गाविसले यसपटक बस बिसौनीको पूर्वाधार निर्माणको लागि १ लाख रुपैया छुट्याएको छ । तर व्यवसायीहरु एकजुट भएर सहयोग रकम जुटाउन नसके त्यति रकमबाट कुनै काम अघि नबढ्ने गाविस सचिव घिमिरेले बताए ।

मधुमल्लामा एकल समूह

उर्लाबारी/ मानवअधिकारका लागि महिला एकल महिला समूह मधुमल्लाको बुधबार सम्पन्न भेलाले बिष्णुमाया तामाङको अध्यक्षतामा ११ सदस्यीय गाउँ कार्यसमिति गठन गरिएको छ ।
सो समितिको उपाध्यक्षमा दुर्गादेवी ढकाल, सचिवमा चण्डिका ढकाल, सह–सचिवमा गंगामाया तुम्रोक, कोषाध्यक्षमा नितामाया नेपाली तथा सदस्यहरुमा प्रेमकुमारी माझी, इन्दिरा भण्डारी, शिवकुमारी केसी, देबीमाया गोले, मेनुका बुढाथोकी र माया कार्की रहेका छन् ।
सो समूहकी मोरङ जिल्ला सदस्य शोभा पालुङ्वाको प्रमुख अतिथिमा भएको भेलामा सहभागी एकल महिलाहरुले राज्यले आफूहरुलाई सामाजिक, राजनीतिक, आर्थिक रुपमा जीवनस्तर उकास्न र छोराछोरीहरुको लागि पालनपोषण र शिक्षाको प्रबन्ध गरिदिनुपर्नेमा जोड दिएका थिए । भेलामा गाबिसका १ सय ५ एकल महिलाहरुको सहभागिता रहेको थियो ।

पशुपति किर्तन मण्डलीको वार्षिकोत्सव

दमक/ दमक–१३ किरातटोलको पशुपति किर्तन मण्डलीको चौथो वार्षिकोत्सव शिवरात्रीका दिन सम्पन्न भएको छ । मण्डलीका अध्यक्ष डोयना दाहालको सभापतित्व र सचिव देवप्रसाद सुवेदीको सञ्चालनमा भएको उक्त कार्यक्रममा केदार सुवेदी, विष्णु भट्टराई, मोना सुवेदी, विश्वनाथ दाहाल, टीकाराम सिटौला लगायतले मण्डलीइको सफलताको शुभकामना व्यक्त गरेका थिए ।

शारदाले स्वर्ण महोत्सव मनाउने

उर्लाबारी/ मोरङको मधुमल्ला–७ स्थित शारदा माध्यमिक विद्यालयले ५० वर्ष पूरा भएको अवसरमा फागुन–११ गतेदेखि १५ गते सम्म स्वर्ण महोत्सव मनाउने भएको छ ।
५० वर्ष पूरा भएर ५१ वर्षमा प्रवेश गरेको अवसरमा सो महोत्सव मनाउन लागेको पत्रकार सम्मेलन गरी जानकारी गराइएको हो । सो महोत्सवको तयारी अन्तिम चरणमा पुगेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भोजराज फु“यालले जानकारी दिए । विद्यालय भौतिक र आर्थिक रुपमा कमजोर रहेको भएपनि स्वर्ण महोत्सव भव्य रुपमा मनाउने तयारी भईरहेको उनले बताए ।  महोत्सव अन्तर्गत ११ गते सरसफाई, १३ गते  मोटरसाइकल ¥याली, १४ गते शिक्षक, विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ, भूपु विद्यार्थी मञ्च र अभिभावक बीच फुटबल प्रतियोगिता, अन्तर विद्यालय स्रोत केन्द्र स्तरीय खेलकुद, १५ गते स्वर्ण महोत्सव स्मारकको अनावरण, विद्यालयको स्मारिका विमोचन, पुरस्कार वितरण, सम्मान तथा सांस्कृतिक कार्यक्रम रहेको अध्यक्ष फुयालले बताए । सो महोत्सव सम्पन्न गर्न ४ लाख खर्च लाग्ने शिक्षक भोलानाथ पोखरेलले बताए ।  देशभरी शारदा माविलाई चिनाउन पनि सो महोत्सव गर्न लागिएको उनले बताए ।  स्वर्ण महोत्सवको समापनमा शिक्षा मन्त्री दिननाथ शर्मा आउने कार्यक्रम रहेको विद्यालयले जनाएको छ । २०१८ सालमा स्थापना भएको सो विद्यालयमा ६ सय विद्यार्थी अध्ययरत रहेको शिक्षक गोपाल भट्टराईले जानकारी दिए । सो विद्यालयमा उर्लाबारी–२, ३ तथा मधुमल्ला–६, ७, ८ र ९ वडाका विद्यार्थी अध्ययरत रहेका छन् भने माविमा १, निमाविमा ३ र प्राविमा ८ दरबन्दी तथा निजी स्रोतमा २ जना गरी १४ जना शिक्षकहरु रहेका छन् । सो विद्यालयको एक बिघा १४ कठ्ठा जमिन रहेको छ ।

मधेश, आन्दोलनको औचित्य र गैह्र जिम्मेवार अभिव्यक्ति – दोस्रो लेख

निधिरत्न अधिकारी
आज मुलुकमा जुन कोडबाट आन्दोलन उठेपनि त्यो आन्दोलनको औचित्य संघीयताको आधारबाट हेर्दा केन्द्रीकृत शासन प्रणालीलाई विकेन्द्रीत गर्ने र ती पछि परेका भूगोल, जाति, लिङ्ग र वर्गका आम जनसमुदाय अधिकार सम्पन्न बनाउने नै हो । यसैको जगबाट नै संघीयताको मुद्दा उठेको हुनुपर्छ । आजसम्म नेपाली सामाजिक परिवेश, बसोबास सबै जाती, धर्म, लिङ्ग र सम्प्रदायका मानिसहरु समावेशी रुपमा सत्भावका साथ एक आपसमा मिलेर बसोबास गर्दै आएको अवस्थ हो । जनस्तरमा यसरी सामाजिक तस्वीर देखिए पनि राज्यको शासन प्रणालीले गरेको जातीय विभेद, वर्गीय शोषण, उत्पीडन क्षेत्रगत रुपमा सबै क्षेत्रमा अधिकारबाट वञ्चित गरी पछाडि पारिएको भौगोलिक अवस्था नेपालमा आज हाम्रो आँखा अगाडि हामी देखि रहेका छौँ । यहाँ शासन गर्ने जनतालाई होइन । उक्त शासन प्रणालीमा पुगेका तिनै शोषित जनताबाट चुनिएका शासक वर्गहरुले तिनै शोषित वर्गलाई नै हो । यहाँ सबै जातिले सबै जातिलाई ठगेको छ, शोषण गरेको छ । जुन जातिको मानिस राज्यको केन्द्र भागमा पुगेर देशमा देशमा शासन गर्ने ठेक्का लिन्छ, उसले त्यही जाति माथि शोषण उत्पीडन गरिरहेको छ । यसको मूल कारण सामन्तवादी शासनको आडमा साम्राज्यवादी र विस्तारवादीको निर्देशनमा औपनिवेशिक एकाधिकार पुँजीवादी शासक वर्गहरुको स्वामित्वमा यहाँका अवतारी शासकहरु उनीहरुको स्वार्थमा सधै लागि पर्ने र जनताको त्याग र बलिदानमा सधै बुर्कुसी मार्न पाइरहेका छन । संविधान सभाको संरचना तयार भए यता त्यो खेल्ने मैदानको जग भत्किँदै, साँगुरिदै गइरहेको अवस्था छ । नेकपा माओवादीको दश वर्षको जनयुद्धले स्थापित गरेको संघीय लोकतान्त्रिक गणतन्त्र भित्र तिनै धनाढय सम्भ्रान्त मुठिठ भरका अवसरवादी, औतारीहरुले मखुण्डो बदलेर तिनै मधेसका गरीब शोषित पीडित जनताको नेतृत्व गछौँँ भनेर मधेस आन्दोलनको नेतृत्व गरे । नाटक मञ्चन गरेको मधेसी जनताले पछिल्लो समयमा आएर थाहा पाएपछि मधेसी जनता साँचो अर्थको मधेस आन्दोलनको खोजी गरिरहेका छन । केही सम्भ्रान्त, सामन्ती हिजो कालो पोतिएका मधेसका कलङ्क यादव गुप्ता महतोहरु आज आफ्नो टेक्ने न समाउने नभएको अनुभूतिमा अत्तालिएर पागलरुपी अभिव्यक्तिहरु दिइरहेका छन । आज संघीयताको अधिकार राज्यसँग सम्बन्ध विच्छेद गर्ने होइन । अरु सम्बन्ध कायम गर्दै सम्बन्धलाई हिमाल, पहाड र तराईलाई अधिकारको दृष्टिले एउटै सुत्रमा बाँध्ने भूमिका आजको आवश्यकता हो । त्यस्ता गैरजिम्मेवार अभिव्यक्ति दिने व्यक्तिहरुले कहिल्यै पनि शोषित, पीडित मधेसी जनताको प्रतिनिधित्व गर्न सक्दैनन । उनीहरुले प्रतिनिधित्व गर्ने भनेको मधेसका आपराधिक गिरोह जति छन तिनीहरुको प्रतिनिधित्व गरेका छन । जसले दुईचार जना मिलेर एउटा सशस्त्र समूह बनाउँछ, अनि राजनीतिक मुद्दा उठाए जस्तो गरेर गरीब, मधेसी जनता ठग्ने, लुटने, कुटने मौका परे मार्ने फिरौती माग्ने काम गरेका छन । ती समूह भित्रमा १०% मात्र राजनीतिक चरित्रका छन । जोसँग राजनीतिक चरित्र छ, उनीहरु वार्तामा आएर आफ्ना माग पूरा गरी राज्यलाई हतियार बुझाई सकेका छन । नबुझाउनेले बुझाउनेछन । तर ९०% सबै लुटी खाने छन । त्यस्ताको नेतृत्व गर्ने अनि जिम्मेवार मन्त्रीपदमा बस्ने काठमाण्डौ र मधेसको सम्बन्ध विच्छेद हुन सक्ने धम्की दिने ? यो गैह्र जिम्मेवार अभिव्यक्ति दिन कुन मधेसको शोषित जनताले अधिकार दियो ? आफ्नै पार्टीका सहकर्मीले प्रश्न उठाएका छन । यो देशको तराईवासी “राष्ट्रपतिले” यस्ता गैह्र जिम्मेवार अभिव्यक्ति नदिन आग्रह गरेको छ । तर पनि ४–५ पृष्ठ लामो चिटठी लेखेर राष्ट्रपतिलाई पुष्टयाईँ गर्ने जुन धम्कीको भाषामा । मधेस आन्दोलन हुनुको पछाडि त्यहाँका सदियौँ देखि शोषण उत्पीडनमा परेका मधेसी जनताको अधिकराको खोजीको अन्तिम विस्फोट थियो । ६ दशक सम्म त्यहाँका धनाढय सामन्तहरुले राज्यको पहुँच सम्म पुग्दा पनि मधेसी जनताको अधिकारको बारेमा चुइक्क बोलेनन । जब माओवादीको संघीयताको नारा र उसको मधेसमा संगठनको पहँुच बढदै गयो, अनि उनीहरु आफ्नो हाली मुहाली खोसिने डरले सबै पार्टीबाट निस्किएर मधेसी जनअधिकार फोरमको नाटक मञ्चनद्वारा आफ्नो अवतारी रुप फेरि अत्तालिएर त्यहाँ पुगे । एउटै फोरममा अडिरहेको भए त केही समय मधेसी जनताले पत्याउँथे होलान । तर, किन ? त्यस्तो एकता हुन्थ्यो । लोभ, पाप, सत्ता, स्वार्थ, शक्तिमा आखिर कालान्तरमा अधिकार फोरम चारौँ चिरामा विभाजित भयो । मधेसी आम जनताले बुझ्नै पर्छ । बुझेका जनतालाई स्वागत छ । यी अवतारी सामन्ती नेतृत्वले मधेसका तपाईहरुका वास्तविक आजका यी मधेसी उत्पीडीत जनताको समस्या समाधान गर्न सक्दैनन । उनीहरु तपाईहरुलाई बन्दुक तपाईहरुकै छातीमा ताक्ने तरखरमा लागेका छन । अति नै होसियार बनि उनीहरुलाई लखेटनु होस । संघीयताको नारा नेकपा माओवादीले उठायो पनि । र जनयुद्धकाल देखि शान्ति प्रक्रिया सम्म आउँदा पनि माओवादीको जनसंगठनको बृहत्तर विस्तार उसको मधेसमा पहुँच निरन्तर भइरहेको थियो । तर अन्य दलहरुसँग सहमतिको क्रममा संघीयतालाई थाती राख्दै माओवादीले अन्तरिम संविधान लेखनमा सहमति जनायो । त्यही इशुलाई लिएर माओवादीले संघीयता छोडयो भनेर गलत ढङ्गले प्रचार गरियो । किनभने बृहत शान्ति सम्झौता अन्तरिम संविधान र संविधानसभाको म्याण्डेड भनेको सहमति, सहकार्य र समझदारीको बाध्यता थियो । यस कुरालाई अवसरको रुपमा लिँदै छरिएका अवसरवादी मधेसी नेताहरु एक ठाउँमा जम्मा भई मधेसी जनअधिकार फोरम गठन गरे । यहाँ के देखिन्छ भने भारतीय शक्ति केन्द्रहरुको आडमा मधेसलाई नेपालबाट टुक््रयाउने अन्तरिम प्रपञ्चको खेल भएको कुरा बुझ्न सकिन्छ । र त्यस्तो जिम्मेवार व्यक्तिको गैह्र जिम्मेवार अभिव्यक्ति यही उद्देश्यका साथ अन्तीम क्षेप्यास्त्र हो कि भन्ने कुरामा कुनै शङ्का छैन । यसरी “लागे लाग मोहनी नत्र घरमा बुढी छदैँछ” भनेर मधेसको सदियौँ देखि थाती रहेका मुद्दा समाधान गर्नु पर्नेमा “उल्फाको धन फुपुको श्राद्ध” भनेजस्तो संघीयताका अन्तरवस्तुहरुलाई मेटेर फेरि मधेसलाई तहस, नहस पार्ने र मधेसी निमुखा गरीब जनताको श्रम र सृजनामाथि खेलवाड गर्ने कोसिस भइरह

बिराएका नेता हराएका जनता र थला परेको शान्ति प्रकि्रया - पहिलो लेख

डा्. टिकाराम पोखरेल
अहिले नेपालको राजनीति इतिहासकै सबैभन्दा जटिल मोडमा छ । कोतपर्वका बारेमा पढेकाहरु धेरैले तर्क गर्लान्- इतिहासमा कोतपर्वजस्ता ठूला घटना त भएका छन् भने अहिले के भएको छ र तर कुरा त्यस्तो होइन विगतमा जतिसुकै ठूला घटना घटेका भए तापनि घटनापश्चात् तत्कालै देशले निश्चित एउटा दिशा लिइहाल्थ्यो तर वर्तमान नेपालको राजनीति लामो समयदेखि दीशाविहीन अवस्थामा छ । बाटो हराएको अवस्थाबाट राजनीति गुजि्ररहेको छ । अन्यौल र अनिश्चितता वर्तमानको पर्याय बनेर देखापरेको छ ।
जनआन्दोलन २०६२÷६३ बाट नेपालमा राजतन्त्रको अन्त्य भएको घटनालाई अत्यन्तै चामत्कारिक उपलब्धिका रुपमा बुझ्ने गरिएको छ तर राजतन्त्रको अन्त्यसँगै घोÈणु गरिएको गण्ँतन्त्र भने अहिले पनि अन्यौलग्रस्त छ । न त नेपालको गण्ँतन्त्रको कुनै स्पष्ट स्वरुप निर्धारण्ँ गर्न सकिएको छ न त यो बुि´ने गरी परिभािÈत नै हुन सकेको छ । स्पष्ट परिभाÈा र स्वरुप निर्धारण्ँ नगरिएको हुँदा नेपालको गण्ँतन्त्रका िवÈयमा सबैका आ-आफ्ना बु´ाइ व्याख्या तर्क र विश्लेÈण्ँहरु छन् ।
गण्ँतन्त्रको परिभाÈा र स्वरुपलाई व्यवस्थित गर्ने महत्वपूण्र्ँ ठाउँ भनेको संविधान हो । तर संविधान निर्माण्ँको कामले गति लिन सकेको छैन । शान्ति प्रकि्रयाका यावत् कामहरु थाती राखेर दलहरु सत्ताखेतीमा मात्र ध्यानकेन्द्रीत गरिरहेका छन् । एकपछि अर्को गर्दै दलहरुबाटै नियतवश उब्जाइएका समस्याहरुले गर्दा शान्ति प्रकि्रयामाथि अवरोध सृजना भएको छ । समस्या समस्यामा होइन समस्या स्वयम् दलहरुमा छ भन्ने कुरा दलहरुले बिसे्रका छन् । जनताले आदेश दिएको दुई वÈ्रको समयमा संविधान बनेन । थपिएको समयमा पनि बनेन । अब दोस्रो पटक थपिएको समय पनि पर्याप्त भएसम्म संविधान निर्माण्ँको काम अलिकति पनि अगाडि बढ्दैन अनि जब पर् यो राति तब बुढी ताती भने´ैँ समय घड्किन लागेपछि चाहिँ नेताहरु संसारमै नभएका जिम्मेवार´ैँ देखिन संविधानसभाको म्याद थप्ने र विवादित बुँदाहरु सुल्´ाउने कसरत गर्दछन् । पटक-पटकका यो बनावटी कसरत हेर्दा अब वाक्कदिक्क लाग्न थालिसकेको छ । यस्ता बनावटी गतिविधिहरुले गर्दा देश दिशविहीन बनिरहेको छ हामी आमजनता मूकदर्शक भएका छौँ ।
आखिर किन देश दिशाविहीन बनिरहेको छ त यसमा सबैभन्दा बढी जिम्मेवार को अनि कसले के-के जिम्मेवारी पूरा गर्न नसकेका कारण्ँ यो स्थिति आइरहेको छ त भन्ने कुरा विश्लेÈण्ँ गर्नु जरुरी छ । अहले देश दिशाहीन बन्नुको पहिलो जिम्मेवारी राजनीतिक दल र तिनका प्रमुख नेताहरुले नै लिनुपर्दछ । हरेक विकसित परिस्थितिको जस-अपजसको पहिलो भागिदार नेतृत्व नै हुने गर्दछ । देश दलहरुको नेतृत्वमा छ । तर अहिले दलका नेताहरुले देशको समस्या समाधानका लागि सबल सÔम र सशक्त नेतृत्व दिन सकेका छैनन् । दलका नेताहरु जङ्गलको बीचमा बाटो बिराएका यात्रीजस्ता भएका छन् । बाटो बिराएपछि सही बाटो खोजेर बाहिर निस्कनुपर्ने हो । तर सबै मिलेर जङ्गलभित्रबाट बाहिर निस्कने बाटो खोज्नुको सट्टा बाटो बिराउनुको दोÈ एकअर्कालाई थोपरेर दलहरु ´गडा गर्दै जङ्गलभित्रै हराइरहेका छन् ।
दलहरुका यस्ता गतिविधिहरुमा खबरदारी गर्ने दायित्व नागरिक समाजको हो । तर नागरिक समाजका प्रतिनिधि भनिएकाहरु यतिबेला एउटा-एउटा दलका प्रवक्ताजस्ता भएका छन् । दिउँसो नागरिक समाज बेलुका पार्टीका कार्यकर्ता र अनि बेलाबेलामा पत्रपत्रिकाका स्तम्भहरुमा उपदेशक भएर बहुरुपी चरित्र देखाउनु नागरिक समाजका अगुवा श्रीपेचधारीहरुको आजकलको दिनचर्या हो । त्यसैले तिनीहरुबाट पनि समाजले कुनै ठूलो आशा राख्न छोडिसकेका छ । कुनैबेला साना घटनामा पनि ठूलो स्वर निकाल्ने ती नागरिक समाजका अगुवा नामधारीहरु आजकल पनि कहिलेकाहीँँ दलहरुलाई सहमतिमा आउन उपदेश दिन्छन् र आफूहरु चाहिँ ´गडा गर्छन् । यसरी अरुलाई जे अति दिन्छन् त्यही कुरा गरेर आफू उदाहरण्ँयोग्य बन्न सक्दैनन् र आफैँ उपहासको पात्र बन्छन् ।
दलहरुका दलगत स्वार्थ र व्यक्तिगत महत्वाकांÔाका कारण्ँ शान्ति प्रकि्रयाले गति लिन सकेको छैन । न त संविधान निर्माण्ँका सवालमा नै कुनै आशालाग्दो प्रगति हुन सकेको छ । पूण्र्ँ शान्तिको स्थापना र संविधान बन्नका लागि गन्तव्य अ´ै धेरै बाँकी छ । तर यसको निरन्तरता दलहरुको नारामा मात्र सीमित बन्न पुगेको छ । शान्ति र संविधान अहिले थलिएको छ थलिएको शान्ति र संविधानको यात्रालाई उपचार गराई पुनः सकि्रय हुनुको साटो शान्ति र संविधानको अकालमा अन्त्यपछि उत्पन्न हुने विकसित परिस्थितिमा को चाहिँ अपुतालीको उत्तराधिकारी हुने भन्ने कसरतमा दलहरु लागिसकेको देखिन्छ । अहिले कामको सट्टा दलहरु पुङ न पुच्छरको औचित्यहीन तर्क खेतीतिर अल्मलिएका छन् । यसले राजनीति दिग्भ्रमित भैरहेको छ । जनताका हातमा निराशाका लड्डुहरु फेला परिरहेका छन् । सार्थक उपलब्धि अ´ै धेरै टाढा छ । तर यात्रा धेरै बाँकी छ ।
यसरी राजनीतिक दल र नागरिकसमाज भनाउँदाहरुले बाटो बिराएका बेला जनता स्वतःस्फूर्त जागरुक हुनुपर्ने हो । तर जनतासँग पनि यतिबेला निराशाका अभिव्यक्तिबाहेक केही छैन । हरेक िवÈयमा बिगि्रयो भत्कियो सकियो बर्बाद भयो भन्ने खालका निराशाजनक अभिव्यक्ति मात्र नागरिकहरुबाट सुनिन थालेको छ । यस्तो अन्यौलपूण्र्ँ घडीमा जागरुक भई दलहरुलाई खबरदारी गर्नुपर्ने जनता आफ्नै भीडमा आफैँ हराएर अस्तित्वविहीन भएका छन् । सकारात्मक सोच कसैमा पनि साचार हुन नसकिरहेको अवस्था छ ।
यतिबेला नेपाली जनता चेतनाशून्य र दायित्वविमुख छन् । हरेक युगमा बाँचेका जनता आफू बाँचेको युगको लागि मात्र बाँच्दैनन् । सृजनशील पुस्ताले आउँदो युग अर्थात् भविष्यका लागि पनि आधारको काम गर्दछ । सृजनशील युगका मानिसहरु भविष्यका लागि विचारका संवाहक बन्दछन् भविष्यका मार्गनिर्देशक हुन्छन् र हुनु पनि पर्दछ । आजको युगको बाँचेको पुस्ताले आउँदो पुस्ताका लागि समेत केही गर्नुपर्ने जिम्मेवारी छ । त्यसैले आजको मान्छे दायित्वविमुख बाँच्नु हुन्न । युगप्रति गर्नुपर्ने जिम्मेवारी हरेक युगमा बाँचेका व्यक्तिले पूरा गर्नै पर्दछ । त्यसैले यो देश दिशाहीन बनेको बेला जनता जाग्नै पर्दछ । अन्यथा भविष्यले हामीलाई धिक्कार्ने छ ।
अहिले देश निकासविहीन भए पनि निकासको बाटो हुँदै नभएको चाहिँ होइन । निकासको बाटो पहिल्याउन नसकेको अवस्था मात्र हो अ´ साँचो अर्थमा कसैले पनि निकास नचाहेको हो । त्यसैले अब आमजनताले बाटो बिराएका नेताको मात्र पछि लाग्ने होइन कि गलत बाटो हिँड्ने नेताहरुलाई खबरदारी गर्नुपर्ने आवश्यकता छ । सही बाटो हिँड्न मार्गनिर्देश गर्नुपर्ने छ । विगतमा हामी नेपाली सधैँ नेताले चर्का भाÈण्ँ गर्नेबित्तिकै त्यसैमा हो मा हो मिलाउँदै ताली ठोक्नमा अभ्यस्त भयौँ । क्रान्तिकारी र परिवर्तनमुखी देखिन बुझ्दै नबु´ी नेताले गरेका गलत काममा पनि ताली बजायौँ । गलत नेतालाई सही बाटोमा ल्याउन स्वतःस्फूर्त चेतनाको अभियानमा हामी कहिल्यै पनि लागेनौँ । अहिले त ´न् नेताको गलत कि्रयाकलापमा खबरदारी गर्नुको सट्टा मूकदर्शक भएर निराशा व्यक्त गर्नु हाम्रो पहिचान बन्न लागेको छ । जनताको यही सो´ाेपनको फाइदा नेताहरुले उठाइरहेका छन् । त्यसैले यो अवस्थाबाट अगाडि बढ्न बेलैमा खबरदारीमा जुटौं । यो हाम्रो दायित्व हो । दायित्वविमुख कोही पनि नबसौं ।

सामुदायिक प्रहरी सेवा केन्द्र कानुन विधि र निसाफका लागि - सम्पादकीय

दमकमा सामुदायिक प्रहरी सेवा केन्द्रलाई पुनः साचालनमा ल्याउने विषयमा सोमबार देखि एउटा गतिशील कार्य थालनी भएको छ । तथापि यस अघिका दिनहरुमा पनि यस्तै गरी सुरुवात गरिएका कार्यहरु बीचैमा अलपत्र परेका यथार्थहरु हाम्रै अनुभूतिका सिङ्गो पाटाहरु हुन् भन्दा फरक नपर्ला । दमकमा कि्रयाशील रहेको केन्द्र २०५७ सालदेखि भने पूर्ण रुपमा निस्कृय बनेको थियो सोमबार त्यही निस्कृय संस्थालाई चलायमान गर्ने बाहेक उस्तो कायापलट भने केही गरिएन । मात्र यति कि निस्कृय रहेको केन्द्रलाई कसरी गति दिने भन्ने विषयमा छलफल गर्दै त्यसैलाई तदर्थ समितिका माध्यमबाट पुनस्राचालनमा ल्याउने कार्य सम्म भएको छ ।
नेपाली समाजमा अधिकांश उपलब्धि र प्रयोग पश्चिमा मुलुकहरुमा सुरु गरिएका प्रचलनहरुको जस र विशेषताका आधारमा पछ्याउने चलन रहँदै आएको छ । सामुदायिक प्रहरी सेवाको प्रयोग पनि स्वदेशी उत्पादन भने होइन । बेलायती पृष्ठभूमि रहेको सामुदायिक प्रहरी सेवाको निरन्तरताको इतिहासलाई आधार मान्दा यसको उद्देश्य भन्नु नागरिक र प्रहरीबीच त्रास र शंकाको वातावरण हटाउनु र समाजमा घट्न सक्ने जस्तासुकै अपराध नियन्त्रण निराकरण र अपराधीहरुलाई कानुनतः दण्डित गर्ने कार्यमा सहयोग र सहकार्य गरेर अघि बढेनु भन्ने हो । बेलायतको इतिहासमा १९६० को दशकमा नागरिक र प्रहरी बीच द्वन्द्वको स्थिति सुरुवात भयो र यसले सर्वत्र शंका त्रास र अविश्वासको वातावरण सृजना गर् यो । यस्ताबाट उत्पन्न समस्याहरुलाई निराकरण गर्न तथा सहज वातावरण निर्माण गर्न सामुदायिक प्रहरी सेवको थालनी भयो ।
अपराध समाज भित्रबाटै जन्मने एउटा स्वाभाविक रोग हो र त्यसको कानुनी उपचारका लागि राज्यले प्रहरी निकायको स्थापना गरेको सामान्य यथार्थ बारे थप उल्लेख गर्नु प्रचारका लागि मात्र हुनेछ । त्यसैले समाजमा हुर्कने अपराधलाई प्रचलित कानुन अनुसार नियन्त्रण न्यूनीकरण गर्नु तथा सम्भावित अपराधका घटना हुन नदिन प्रहरी सकृयताले सकारात्मक भूमिका खेल्नु पर्दछ । यति हुँदाहुँदै पनि यदाकदा विविध कारणहरुले प्रहरी सकि्रयता र गतिविधिले मात्र समाजका सबै खाले अपराध नियन्त्रण गर्न सम्भव नहुन सक्छ । अपराध भनेको फौजदारी र देवानी मुद्दाका आधारमा मात्र हुने कृयाकलाप होइनन् । मुलुकको कानुन नीति र नियमलाई तोड्ने जुनसुकै जस्तोसुकै र जोकसैले गर्ने कार्य अपराध हो भन्ने आधारभूत मान्यतालाई अङ्गिकार गर्दा हामी यही समाजका नागरिकहरु पनि त्यस्ता कार्यमा लागेका हुन सक्छौं । कसैले जानजान वा कतिले अाजानमा पनि कानुन विपरित काम गरे त्यो अपराध हो । कतिपय अवस्थामा भने गलत आरोप लगाएर समेत सोझा निहत्था निर्दोष र स्वच्छ मानसिकता बोकेका मानिसहरुलाई समेत फसाउने कार्यहरु भएका छन् । यो अझ डरलाग्दो अपराधको चंगुल हो । त्यस्तै राजनीतिक आर्थिक सामाजिक पहुँचका आधारमा कतिपय अपराध लुकाइन्छन् समाजमा यसले फेरि पनि समृद्ध र स्वच्छ समाज निर्माणमा अवरोध पुगिरहेको छ । तसर्थ यस्ता संवेदनशील विषयवस्तुहरुमा नागरिक र प्रहरीको प्रत्यक्ष सहकार्य भए मात्र अपराधमुक्त समाजको परिकल्पना अनुसार कार्य गर्न सजिलो हुन्छ । हामीले बुझेसम्म सामुदायिक प्रहरी सेवा केन्द्र स्थापनाको सार अर्थ यतैकता लुकेको छ । आमसर्वसाधारणका तहबाट पनि यही बुझाई प्रधान हुन आउँछ ।
दमकमा एक दशकसम्म कुना पसेको सामुदायिक प्रहरी सेवा केन्द्र पुनः दृश्य र आकारमा आएको छ । यसबाट जनताले धेरै अपेक्षा राखेका हुनसक्छन् जो स्वाधाविक हुनेछ । तर आशा गरौं जनताका त्यस्ता आशा र आकांक्षा मात्र पूरा होउन् जो कानुन र विधिसममत छन् । पहुँच र पैसा नभएका ठूला स्वर गरेर बोल्न नसकेका वा आवाज दबाइएकाहरुको आवाज भएर निसाफका लागि सामुदायिक प्रहरी सेवा केन्द्रको अहम् भूमिका देख्न र सुन्न पाइयोस् हाम्रो शुभेक्षा छ । तर कानुन र विधिको शासन भन्दा माथि छु भन्ने घमण्ड पालेर बसेका समाजका किर्नाहरुको पक्षपोषणमा यो संस्था कदापि नलागोस् । समाज कानुन र मानवता विरोधी कार्यको प्रश्रय दिने संस्था नबनोस् सामुदायिक प्रहरी सेवा केन्द्र हामीले आशा गर्ने र गर्नु पर्ने यतिमात्र हो ।