हाईड्रो हाउस:

दक्षिणी इलामको दानाबारीमा निमार्णाधीन सानिमा माई हाईड्रपावर लिमिटेडको विद्युत उत्पादन गृह । यो हाईड्रपावर निर्माण सम्पन्न भएपछि २२ मेगावाट क्षमताको विद्युत उत्पादन हुनेछ । तस्विर : राम योङ्हाङ ।

12

प्रचण्डद्वारा ७ राज्यको प्रस्ताव – मुख्य समाचार

झलनाथले भने–‘बल्ल ठीक गर्नुभो’काठमाडौं, चैत्र ९/संविधानसभा र राज्य पुनर्संरचना आयोगमा समेत १४ राज्यका पक्षमा वकालत गरेको एकीकृत नेकपा माओवादीले सहमतिका लागि ७ वटा राज्य बनाउनु पर्ने प्रस्ताव गरेको छ । केही दिनअघि राष्ट्रपतिकै उपस्थितिमा शितल निवासमा शीर्ष नेताहरुबीच भएको छलफलमा अध्यक्ष प्रचण्डले १४ वटा जातीय–क्षेत्रीय प्रदेशको सट्टा ७ वटा राज्य बनाउनुपर्ने प्रस्ताव गरेका हुन् । नेपाली कांग्रेस र एमालेले ६ देखि ८ वटा राज्यमात्र बनाउनुपर्ने अडान लिइरहेका बेला माओवादी अध्यक्षको नयाँ प्रस्तावले दलहरु संघीयताको मामिलामा सहमतिमा पुग्ने संकेत देखिएको...

प्रतिवेदनमाथि आइतबार छलफल हुने – उपमुख्य समाचार

काठमाडौ÷राज्यपुनर्संरचना आयोगको प्रतिवेदनमाथि छलफल गर्न संविधानसभाको बैठक यही १२ गते आइतबार बस्ने भएको छ । संविधानसभा सचिवालयले बुधबार एक सूचना प्रकाशित गरी १२ गते दिउँसो ३ बजेका लागि संविधानसभाको बैठक आह्वान गरिएको जनाएको छ । बैठकमा संविधानसभा अध्यक्ष सुवास नेम्वाङले आयोगको प्रतिवेदनबारे जानकारी गराउने र सोमबारदेखि प्रतिवेदनमाथि छलफल सुरु हुनेछ । त्यसअघि संविधानसभा अध्यक्ष नेम्वाङले शुक्रबार संविधानसभाको राज्यपुनर्संरचना समितिका सदस्यहरुसँग परामर्श गर्ने कार्यक्रम रहेको छ । आयोगले प्रतिवेदन बुझाएको झण्डै दुइ महिनापछि संविधानसभामा छलफल हुन लागेको...

एमालेद्वारा सभाषद्लाई राजधानी नछाड्न ह्वीप

काठमाडौ, चैत्र ९/एमालेले संसदीय दलको अनुमति बिना राजधानी नछाड्न आफ्ना सभाषद्हरुलाई ह्वीप जारी गरेको छ । प्रमुख सचेतक भीमप्रसाद आचार्यले बुधबार ह्वीप जारी गर्दै उपत्यका बाहिर रहेका सभाषद्हरुलाई चैत १२ गतेभित्र काठमाडौं आउन भनेका हुन् । ‘उपत्यका बाहिर रहेका सभाषद्हरुलाई चैत १२ गतेभित्र काठमाडौं उपत्यकाभित्र आउन र जेठ १४ गतेसम्म बिना अनुमति उपत्यका बाहिर नजाने एमालेसँग सम्बन्धी सबै सभाषद्हरुलाई ह्वीप जारी गरेको जानकारी गराउँदछु,’ एमालेको ह्वीपमा लेखिएको छ । यसैबीच एमाले स्थायी कमिटीको बुधबारको बैठकले...

परीक्षा केन्द्रमै तीन जना सुत्केरी

धनकुटा, चैत्र ९/धनकुटा, दोलखा र रुकुममा बुधबार सम्पन्न प्रवेशिका (एसएलसी) परीक्षामा तीनजना छात्राले बच्चा जन्माएका छन् । धनकुटाको ठाकुरदेवी उच्च मावि आँखिसल्ला केन्द्रमा एसएलसी परीक्षा दिइरहेको अवस्थामा १९ वर्षीया मीना राईले परीक्षा शुरु भएको एक घण्टापछि छोरालाई जन्म दिएकी हुन् । उनी पञ्चकृष्ण उमाविबाट एक्जाम्टेड परीक्षार्थीका रुपमा सामेल भएकी थिइन् । परीक्षा दिइरहेको अवस्थामा सुत्केरी व्यथा लागेपछि परीक्षा केन्द्रबाट करिब दुइ मिनेट नजिकको स्वास्थ्य चौकीमा उनलाई पु¥याइएको थियो । नवजात शिशुको नाम रिजल्ट राखिएको बताइएको छ । आमा र नवजात शिशुको अवस्था...

हत्या भएको माइतीपक्षको आरोप

दमक, चैत्र ९/ मंगलबार साँझ आफ्नै घरमा झुण्डिएको अवस्थामा मृत फेला परेकी भनिएकी दमक–१२ की राधा चौधरी (पण्डित) ले आत्महत्या गरेको नभई उनको हत्या गरिएको आरोप मृतकका माइतीपक्षले लगाएका छन् । मृतक राधाका माइतीपक्षले बुधबार उनका श्रीमान सहित ३ जना विरुद्ध इलाका प्रहरी कार्यालय दमकमा किटानी जाहेरी दिएका छन् । राधाका बाबु घनश्याम पण्डितले राधाका श्रीमान सुनिल चौधरी उनका बाबु लक्ष्मी र आम निलदेवी चौधरी विरुद्ध जाहेरी दिएका हुन् । सो अघि मृतकका आफन्तहरुले शव गाडीमा राखेर विरोध जुलुस गरेका थिए । उनीहरुले राधालाई हत्या गरेपछि झुण्ड्याएको आरोप लगाएका छन् । २२...

सुरक्षार्थ खटेका प्रहरीबीच कुटाकुट

फिदिम, चैत्र ९/मंगलबार साढे नौ बजे राती छिमेकी प्रहरी पोष्ट फिदिममा सुरक्षार्थ खटेका प्रहरी एक आपसमा कुटाकुट गरेका छन् । प्रहरी जवान बिराज बस्नेत, अजित राई र बिरबहादुर राई बीच कुटाकुट भएको हो । सुरक्षा दिन खटेका प्रहरीहरु नै एक आपसमा कुटपिटमा उत्रेपछि स्थानीयबासी त्रसित बनेका थिए । प्रहरी पोषाकमा रहेका झगडीया एक प्रहरीको नाथ्री फुटेर रगताम्य भएका प्रत्यक्षदर्शीले बताए । केहि छिनपछि अन्य प्रहरीले उनीहरुलाई छुट्याएर जिल्ला प्रहरी कार्यालय तर्फ गाडीमा लिएर गएका थिए । उनीहरुबीच झगडा हुनाको कारण खुलेको...

एक सय बोतल मदिरा नष्ट

भद्रपुर, चैत्र ९/ आन्तरिक राजश्व कार्यालय मेची भद्रपुरले बुधबार एक सय बोतल मदिरा नष्ट गरेको छ । बिभिन्न समयमा अनुगमनका क्रममा अवैध रुपमा फेला पारिएको सो परिमाणको मदिरा कार्यालय परिसमा नष्ट गरिएको कार्यालय प्रमुख डा. नारायण ढकालले बताए । आन्तरिक राजस्व कार्यालयका प्रमुख कर अधिकृत ढकालको संयोजकत्वमा गठित ‘मदिरा बिक्री वितरण अनुगमन तथा निरीक्षण समिति’ को निर्णय अुनसार ति मदिरा नष्ट गरिएको जनाइएको छ । समितिमा  जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, सशस्त्र प्रहरी बल, होटल व्यवसायी संघ,...

आगलागीमा २४ लाख क्षति

बिर्तामोड, चैत्र ९/झापाको बुधबारे–६ मा बुधबार बिहान भएको आगलागीबाट करिब २४ लाख रुपैयाँ बराबरको क्षति भएको छ । स्थानीय कृष्ण दाहालको दुई तले घरमा भएको आगलागीबाट घर पूर्णरुपमा क्षति भएको छ । आगलागीबाट ६ तोला सुन, नगद ६० हजार लगायत घरका सबै धनमाल नष्ट भएको परिवारले जनाएको छ । बिहान साढे ८ बजेतिरबाट सुरु भएको आगलागी मेचीनगर नगरपालिका र भद्रपुर नगरपालिकाको दमकल सशस्त्र प्रहरी, जनपथ प्रहरी तथा  स्थानीयबासीले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ...

महसुल नतिर्ने ग्राहक कालोसूचिमा

दमक, चैत्र ९/लामो समयसम्म विद्युत महसुल नबुझाउने झण्डै अढाई सय ग्राहकलाई नेपाल विद्युत प्राधिकरणले कालोसुचीमा राखेको छ । ६ महिना भन्दा लामो समयसम्म महसुल नबुझाउने २ सय ४६ ग्राहकलाई कालोसुचीमा राखिएको कार्यालयले जनाएको छ । वितरण केन्द्रका प्रमुख सन्तोशकुमार जैसवालका अनुसार ति मध्ये ४ जना ग्राहकले भने जरिवाना र महसुल तिरेर पुन ः लाईन जोडेका छन् । उनका अनुसार ति ग्राहकबाट महसुल र जरिवाना गरी ९५ हजार ४ सय ९ रुपैयाँ संकलन भएको छ । दमक बितरण केन्द्रमा हाल महसुल बक्यौता ५ करोड रुपैयाँ रहेको जनाइएको छ । सो मध्ये माओवादी लडाकुको पहिलो डिभिजनले ३५ लाख रुपैयाँ...

अलैँचीका बिरुवाको माग बढ्दो

इलाम, चैत्र ९/ पश्चिम जिल्लामा अलैचीखेती बिस्तार हुन थालेपछि बिरुवाको माग बढेको छ । अलै“ची बिरुवा उत्पादन गर्दै आएको अलै“ची विकास केन्द्र फिक्कल पान्दामले रोल्पा, लमजुङ, पर्वतलगायतका जिल्लाबाट बिरुवाको माग आउन थालेको जनाएको छ । पूर्वाञ्चलका पहाडी जिल्लामा व्यावसायिक रुपमा खेती हु“दै आएको अलै“ची रोल्पा, रुकुम, डोल्पा लमजुङ, काभ्रे जिल्लामा पनि किसानले बिरुवाको माग गर्न थालेपछि केन्द्रमा अलै“चीका बिरुवाको माग बढेको हो । दुईलाख बिरुवा बिक्री गर्ने लक्ष्य लिएको केन्द्रमा अहिले २० लाख स्वस्थ बिरुवाको...

कोहवरामा लिम्बुवान मुक्ति मोर्चा

गौरादह, चैत्र ९/झापाको कोहवरामा लिम्बुवान मुक्ति मोर्चाको गाउँ इकाई समिति गठन गरिएको छ । बुधबार सम्पन्न भेलाले दीपेश नेम्वाङको अध्यक्षतामा १३ सदस्यीय गाउँ इकाई समिति गठन गरिएको छ । गठित समितिको उपाध्यक्षमा हरिप्रसाद निरौला, सचिवमा आशिष सम्वाहाम्फे, सहसचिवमा मोहनसिंह लिम्बू र कोषाध्यक्षमा गलबहादुर श्रेष्ठ चुनिएका छन् । यस्तै सदस्यहरुमा नरेन्द्र फुँयल, कुमार लाओती, देवीप्रसाद निरौला, गजेन्द्र आङ्देम्बे लगायत रहेका छन् । मोर्चाका जिल्ला सदस्य जीवन चौहानको अध्यक्षतामा भएको भेलामा मोर्चा जिल्ला अध्यक्ष देउकुमार नेम्वाङ, दमक नगर जितेन राई, युवा मोर्चाका...

सुपारीसहित १४ पक्राउ

काँकडभिट्टा, चैत्र ९/ अबैध रुपमा सुपारी भारत तर्फ लैजादै गर्दा झापा जिल्ला प्रहरीले बुधबार ५ सय १० केजी सुपारी सहित १४ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय झापाले दिएको जानकारी अनुसार पूर्वी सीमाको दशगजा क्षेत्रमा गस्तीको समयमा ११ भारतीय र ३ नेपाली अवैध सुपारीसहित पक्राउ परेका हुन् । प्रहरीले उनीहरुको साथबाट ७ थान साईकल, २ थान रिक्सा समेत बरामत गरेको बताइएको छ । पक्राउ पर्नेहरुमा भारत दार्जिलिङ बस्ने मनिल किसान, तिलक बिक, युवराज बिक, केशव बर्मन, नक्शालबाडी बस्ने जितु किसान, संजिव धिमाल, मनिल किसान, तिलक बिक, केशव बर्मन, जलाईगुडी बस्ने...

मारुतीको ‘फ्रि सर्भिस’

दमक, चैत्र ९/मारुती सुजुकीको दमकस्थित अधिकृत बिक्रेता दमक अटो लिंकमा बुधबार एक दिने ‘फ्रि सर्भिस क्याम्प’ सम्पन्न भएको छ । क्याम्पमा मारुती कम्पनीका बिभिन्न मोडलका ६० ओटा कारमा सेवा प्रदान गरिएको दमक अटो लिंकका सञ्चालक रविन गुरुङले बताए । मारुती सुजुकी कारका प्रयोगकर्ताहरुलाई बिभिन्न स्थानमा यस प्रकारका क्याम्प गरिने गरेको सीजी अटो मोवाइल्स् मारुती सुजुकीका पूर्वाञ्चल डिलर ईन्चार्ज निश्चल श्रेष्ठले बताए...

गिरीजाप्रसादको स्मृतिसभा

बैगुन्धुरा, चैत्र ९/ पूर्व प्रधानमन्त्री गिरीजाप्रसाद कोइरालाको स्मृतिमा गिरीजाप्रसाद कोइराला स्मृति प्रतिष्ठान बैगुन्धुराले बुधबार स्मृति सभा सम्पन्न गरेको छ । बैगुन्धुराको अमर उच्च मा.वि.मा भएको कार्यक्रममा नेपाली कांग्रेसका महासमिति सदस्य सूर्यनारायण ताजपुरिया प्रमुख अतिथि रहेका थिए । कांग्रेस जिल्ला सचिव तथा महासमिति सदस्य भक्ति सिटौलाको विशिष्ट आतिथ्यता रहेको कार्यक्रममा प्रतिष्ठानका उपाध्यक्ष रामबहादुर ढुंगानाले स्वागतमन्तव्य राखेका थिए । कार्यक्रममा कांग्रेसका महधिवेशन प्रतिनिधि अनिलकृष्ण प्रसाई, पूर्व क्षेत्रीय सभापति बिरबहादुर प्रसाई,...

‘चपली हाईट’मा कडाई

दमक, चैत्र ९/ युवासंघ नेपालका कार्यकर्ताले चपली हाईट चलचित्रले समाजमा गलत सन्देश दिएको भन्दै दमकमा प्रदर्शन गर्न कडाई गरेको छ । संघको केन्द्रीय कार्यक्रम अन्तर्गत सो चलचित्र प्रदर्शनमा कडाई गरिएको संघका झापा क्षेत्र नम्बर–७ का अध्यक्ष शम्भु भण्डारीले बताए । चपली हाईट प्रदर्शन भइरहेको दमकस्थित निलकण्ठ चलचित्र मन्दिरमा संघका कार्यकर्ताले सो चलचित्र नचलाउन आग्रह गर्दै चलचित्रको पोष्टरमा सूचना र संघको झण्डा टाँसेका थिए । चलचित्र हाइटलाई चलचित्र विकास बोर्डले ‘एडल्ट सर्टीफिकेट’ दिएकाले १६ वर्ष भन्दा माथिका व्यक्तिहरुलाई मात्र सो चलचित्र देखाउन भनिएको...

गोमेन्द्र कलेज विजयी – खेल समाचार

दमक, चैत्र ९/दमकस्थित दमक बहुमुखी क्याम्पसमा जारी पूर्वाञ्चलस्तरीय अन्तर कलेज टि ट्वान्टी क्रिकेट प्रतियोगिताको बुधबारको खेलमा बिर्तामोडको गोमेन्द्र कलेज बिजयी भएको छ । टस जितेर फिल्डिङ् राजेको गोमेन्द्रले १५ दशमलव ४ ओभर तथा ४ विकेटको क्षतिमा १ सय १६ रन बनाएको हो । उसका लागि विपीन श्रेष्ठले सर्वाधिक ५२ रन लिए । प्रतिस्पर्धी दमकको पूर्वाञ्चल कलेजका लागि राजकुमार शाहले २ विकेटमा २४ रन जोडेका थिए । पूर्वाञ्चलले १९ दशमलव २ ओभरमा १ सय १४ रन बटुलेको थियो । उसका लागि बिनोद बुढाथोकीले २८ रन बनाए । बुधबारको खेलमा ४ विकेटमा १५ रन बनाउने गोमेन्द्रका अजित...

कम्मर मोटाइका कारण दम

कम्मर मानिसको आकर्षणको केन्द्र बिन्दु भनेर भनिने गरिन्छ । विशेषगरी  महिलाहरुको कम्मरको आकारले यसको महत्व राख्दछ । मोटी कम्मर मोटोपनले दम रोग हुने खतरा रहेको एक अध्ययनले देखाएको छ । अध्ययनका अनुसार ८८ सेन्टिमिटर (३५ इन्च) भन्दा ठूलो कम्मर भएमा महिलाहरुलाई शरीरको तौल सामान्य भए पनि दम रोगले लाग्ने खतरा धेरै हुन्छ । अमेरिकाको नर्दन क्यालिफोर्निया क्यान्सर सेन्टरले गरेको यस सम्बन्धी अनुसन्धान बारेमा थोरयाक्स जर्नलमा जानकारी दिएको छ । अुनसन्धानकर्ताहरुले ८८ हजार ३ सय ४ जना शिक्षक र विद्यालय प्रशासकहरुको...

अण्डामा क्यान्सरबाट बचाउन सक्ने गुण – स्वास्थ्य चर्चा

मानिस कमजोर भएमा अण्डा खाने गरेको पाइन्छ । यसरी अण्डालाई शक्ति दिनको लागि प्रयोग गरेता पनि मुटु र क्यान्सरबाट बचाउन सहयोग गर्छ भन्ने थोरैलाई मात्र थाहा छ । अमेरिकाको अल्बर्टा विश्वविद्यालयका अनुसन्धानकर्ताहरुले काँचो अण्डाको पहेलो भागमा एन्टिअक्सिडेन्ट हुने बताएका छन् । जुन एन्टिअक्सिडेन्टले मुटु र क्यान्सरबाट बचाउन ठूलो सहयोग पु¥याउँदछ । अनुसन्धानकर्ताहरुले काँचो, अण्डाको पहेलो भागमा एक स्याउ तुलनामा दोब्बर एन्टिअक्सिडेन्ट हुने सुझाव दिएका छन् । गहुँ वा मकै खुवाइएका पोथीले पारेको अण्डाको पहेलो...

ढिलो विवाह गर्ने सोच्नुभएको छ ? होसियार

हिजो आजका महिलाहरु जवानीमै विवाह गरेर घरबार बसाउने भन्दा पनि पहिला आफ्नो क्यारिएर बनाउने चाहनाका साथै अन्य कारणहरुबाट ढिलो विवाह गर्ने सोचमा रहेका हुन्छन् । अनुसन्धानबाट पत्ता लागे अनुसार, ढिलो विवाह पनि क्यान्सरको कारण बन्न सक्छ । विज्ञहरुको भनाई अनुसार हिजोआजका युवतीहरु पढाइका साथै आफ्नो क्यारिएरलाई लिएर एकदमै जागरुक रहेको पाइन्छ । यसै कारण यस्ता महिलाहरुलाई आफ्नो उमेर ढल्किसकेको पनि पत्तो हुँदैन । भारतका वरिष्ठ क्यान्सर विशेषज्ञ एवम् एशियन इन्स्टिच्युट अफ मेडिकल साइन्सेजका अध्यक्ष डा. एन के पाण्डेयको...

अब बलात्कारीलाई बन्ध्याकरणको सजाय – रोचक तथ्य

के तपाईले थाहा पाउनु भएको छ ? दुईचार वर्ष जेल, दुईचार हजार रुपैयाँ जरिवाना तिरेर सजिलै उम्कने बलात्कारजस्तो जघन्य अपराध गर्नेहरूलाई अब बन्ध्याकरण गरेर बलात्कार गर्न नसक्ने  बनाईने  बहस भारतमा चल्न थालेको छ । भारतको रोहिणी कोर्टकी न्यायाधीश कामिनी लाउले ६ वर्षकी बच्ची बलात्कारसम्बन्धीको एक मुद्दाको फैसला गर्दै भारतीय विधायिकालाई यस किसिमको सजाय पाउने कानुन बनाउन आग्रह गरेकी छन् । कुन–कुन देशमा छ त यस्तो कानुन ? अमेरिकाका आठ राज्य क्यालिफोर्निया, फ्लोरिडा, जर्जिया, लुसियाना, मोन्टाना, ओरेगन,...

धनी महिला सञ्चारकर्मी ओप्राह विन्फ्रे - प्रेरक व्यक्तित्व

ओप्राह विन्फ्रे २९ जनवरी, १९५४ मा संयुक्त राज्य अमेरिकाको  मिसिसिपी राज्यको कोसिस्कोमा जन्मेकी थिइन् । यिनी अमेरिकी टेलिभिजन कार्यक्रम प्रस्तोता, अभिनेत्री र व्यवसायी हुन् । उनको “टक शो” अमेरिकी युवा पुस्ता माझ सबैभन्दा चर्चित कार्यक्रम हो । अहिले  उनी अमेरिकाको  मात्र नभई संसारकै सबैभन्दा धनी महिलाको सूचिमा पर्दछिन् । Oprah Winfrey ६ वर्षको हुँदा उनी मिलवउकी, विस्कन्सिनमा आफ्नो आमासँग बस्नको लागि गएकी थिइन् । यसैगरी बाह्र÷तेह्र वर्षकी हुँदा उनी  आफ्ना बुबासँग बस्न टेनेसी गइन्...

शाखा अधिवेशन हुने

उर्लाबारी, चैत्र ९/ नेकपा एमाले मोरङ क्षेत्र नं.–९ ले विभिन्न शाखा कमिटीहरुको अधिवेशन गर्ने भएको छ । उर्लाबारीको चैत्र ११, मधुमल्लामा २२ गते लगायत सबै शाखाहरुको अधिवेशन गर्ने भएको क्षेत्रीय सचिव पुष्प ढकालले बताए । यसअघि नै जाँतेको भने अधिवेशन सम्पन्न भईसकेको छ...

एफएम रेडियो ४ सय २२ पुगे

काठमाडौं, चैत्र ९/ मुलुकमा फागुन महिनाको अन्त्यसम्ममा दर्ता भएका एफएम रेडियोको सङ्ख्या ४२२ पुगेको छ । सूचना तथा सञ्चार मन्त्रालयका अनुसार तीमध्ये नियमित प्रसारण्ँमा गएका एफएमको सङ्ख्या ३१७ रहेको छ । गएको फागुन महिनामा मात्र ११ वटा एफएमले प्रसारण्ँ अनुमति पाएका थिए । त्यसैगरी मुलुकभर सञ्चालनमा आएका टेलिभिजनहरुको सङ्ख्या ३७ पुगेको छ । फागुन महिनामा मात्र श्रीनगर टेलिभिजन पाल्पा, मिसन स्टार टेलिभिजन काभ्रे र नेपाल मण्डल टेलिभिजन ललितपुरलाई प्रसारण्ँ अनुमति दिइएको सञ्चार मन्त्रालयका सहायक प्रवक्ता हेमराज...

ढाके हाकिम भएछौ, स्मरण–पत्र – दोस्रो लेख

टङ्क पाठकश्रीमान् लोकतन्त्रवादी राजनीतिका नकावधारी ज्यूहरु, भ्रष्टाचारीका अग्रज तथा संक्रमणकाल लम्ब्याउने महोदहरु, जातीय राज्यका पक्षपाति, महङ्गीका पृष्ठपोषक, सगरमाथा यात्राका ठेकेदार, राजीनामा दिने र दिदैँ गरेका सचिवहरु कर्मचारी युनियनका पैसा राख्ने कन्तुर बनाएर कालो धन्दाका शक्तिशाली व्यक्तित्वहरु र जड्याँहा माननीय मन्त्री ज्यू, मेरो पिल्सिएका नेपाली जनताको तर्पmबाट न्यानो प्रातकालीन अभिवादन् । अलिकति सम्वोधन गर्न बिर्सिएछ, मन्त्रीणी ज्यूहरु साथै वहाँहरुका लाजप्यारले हुर्काएका धर्म पुत्र र धर्मपुत्रीहरु । मैले आजभन्दा केही दिन अगाडि एउटा पत्र...

पवित्र लुम्बिनीमा राजनैतिक दुर्गन्ध – पहिलो लेख

शेखर ढुंगेल तत्कालिन प्रधानमन्त्री पुष्प कमल दाहालको समयमा आराध्यदेव पशुपति नाथ मन्दिरका पुजारी भट्ट ब्राह्मण्ँको जनै चुडाल्ने देखि कुटपिट गर्ने सम्मको विवादस्पदकाम भयो । चारै तिरबाट विरोध भयो भारतीय राजदुतले हस्तÔेप गरे । अब अर्को विश्व सम्पदा लुम्बिनी जस्तो पवित्र तीर्थस्थलमा राजनैतिक दुर्गन्ध फैलाईएको छ । कुनै धर्म नमान्नेमाओवादी र सो दलका नेता पुकदाको संलग्नताको विषयमात्र नभएर सम्पूणर््ँ राजनीतिको विकृति समेत लुम्बिनीमा गासिन पुगेको छ । पूर्व प्रधानमन्त्री एवम्माओवादी अध्यक्ष पुकदाले लुम्बिनीको विकासको नाममा अविश्वासिलो र अति महत्वाकांÔी योजनाको...

लोडसेडिङ र दायित्व – सम्पाकदीय

मुलुकमा उर्जा संकट घोषणा भएको वर्ष दिन बढी भइसकेको छ । विद्युत सुविधा विस्तारका लागि राज्यको  ठोस पहल र सो का लागि प्रभावकारी  नीति अmभै बनिसकेको देखिन्न । त्यस्तै, केही वर्ष यता अध्याधिक मात्रामा विद्युत विस्तारको माग बढेको छ देशमा, तर सरकारको आधिकारिक निकाय विद्युत प्राधिकरणले जनाए अनुसार नेपाली जनताले हाल भोगिरहेको लोडसेडिङको समस्या तत्काल समाधान गर्न सक्ने कुनै उपाय छैन । बाटा–बाटामा विद्युतका पोल र तीनमा टागिएका तार छन् तर नियमित विद्युत आपूर्ति नपाएर जनता मारमा परेका छन् । जनताले रीतपूर्वक आ–आफ्नो घरमा र उद्योग तथा अन्य व्यवसाय...