हाईड्रो हाउस:

दक्षिणी इलामको दानाबारीमा निमार्णाधीन सानिमा माई हाईड्रपावर लिमिटेडको विद्युत उत्पादन गृह । यो हाईड्रपावर निर्माण सम्पन्न भएपछि २२ मेगावाट क्षमताको विद्युत उत्पादन हुनेछ । तस्विर : राम योङ्हाङ ।

12

फेसबुक(Facebook)का रोचक तथ्यहरु

फेसबुकका को–फाउण्डर मार्क जुकरवर्गको १४ मे मा ३१ औँ जन्मदिनसँगै फेसबुकले पनि आफ्नो ११ औँ वर्ष पार गरेको छ । पछिल्लो एक दशकमा फेसबुकले इन्टरनेटको दुनियाँमा आफ्नो नाम अग्रस्थानमा राखिसकेको छ । यसैको अवसरमा फेसबुकसँग जोडिएका केही रोचक तथ्यहरु यहाँ प्रस्तुत गरिएको छ । फेसबुकको रंग नीलो हुनुको कारण : फेसबुकको रंग निलो हुनुको पछाडि मार्क जुकरवर्गको कलर व्लाइन्डनेसको समस्या हावी छ । ‘न्युयोर्कर’ लाई दिएको एक अन्तरवार्तामा आफुले हरियो र रातो रंग नदेख्ने हुनाले उनलाई नीलो रंग सबैभन्दा सहज लाग्ने मार्कले...

क्रान्तिकारीद्वारा विद्यालयमा टहरा निर्माण

अखिल क्रान्तिकारी विद्यार्थी संगठन झापामा भूकम्पले क्षति पुर्याएका विद्यालयहरुमा टहरा निर्माण गर्दै दमक । अखिल क्रान्तिकारी विद्यार्थी संगठनले झापामा भूकम्पले क्षति पुर्याएका विद्यालयहरुमा टहरा निर्माण गरी पठन पाठन सुचारु गर्न सहयोग गर्ने अभियान थालेको छ । जस अन्तर्गत संगठनका विद्यार्थीहरुले सोमबार दमक १० को दीपिनी निमाविमा टहरा निर्माण गरेका छन् । त्यहाँको पश्चितर्फको ब्लकको पछाडिको पिल्लर तोडिएको अवस्था रहेपछि सो ब्लकलाई खतराको सूचिमा राखिएको छ । त्यहाँको ब्लकमा कक्षा २, ६ र ७ को पढाई हुने...

सञ्चारमाध्यम आफैं पीडित

भूकम्पले सञ्चारमाध्यमलाई पनि असर नपार्ने कुरै भएन । तर जति नै असर परेपनि सञ्चारमाध्यमले आफ्नो कर्म रोक्नै मिल्दैन । काठमाडौंमा घरहरु क्षत विक्षत भएको अवस्थामा पनि वैशाख १२ देखि नै पालमुनी बसेर सञ्चार कर्म गरिरहेको छ । लगानी गरेर यसका लगानीकर्ताले सञ्चार उद्योग बनाउने हो । उद्योगको सम्पूर्ण स्वामित्व र अधिकार सञ्चालककै हो । तर यसले प्रकाशन र प्रशारण थालेपछि आम पाठक र स्रोताको सार्वजनिक सम्पत्ती बन्छ । यसकारण पनि कस्तै संकटमा समेत यसलाई कुनै समय र कुनै दिन बन्द गर्न मिल्ने अवस्था हुँदैन । बन्द भएमा जनताको सूचना पाउने अधिकार नै हनन् हुन पुग्छ । यसर्थ,...

विद्यार्थीलाई मनोपरामर्श जरुरी

ओमप्रकाश गौतम गत वैशाख १२ र २९ गतेको महाभूकम्पको धक्काले आम नेपालीहरुलाई  मात्र त्रसित बनाएन, विश्व संसारलाई ध्यानाकर्षण गरायो । त्यसपछिका पराकम्पनहरुले झनै–झनै पीडामाथि पीडा थपिदिंदै गएको छ । हिजो–आज हामीलाई यस्तो अनुुभूति भइरहेको छ कि यो पृथ्वीमा कम्पन आइदिएन भने के भयो होला, कसो भयो होला ? यस्तै–यस्तै मनोतर्कले हामीलाई भुलाईरहेको छ । यसरी नै नेपालमा अर्को मनगढन्ते ज्योतिषी, धामी–झाँक्रीहरुको दिनप्रतिदिनको भूूकम्पको धक्काको मिति र समय तोकिएका खबरहरु मिडियामा आइरहेको खबरले त झनै–झनै शंका...