हाईड्रो हाउस:

दक्षिणी इलामको दानाबारीमा निमार्णाधीन सानिमा माई हाईड्रपावर लिमिटेडको विद्युत उत्पादन गृह । यो हाईड्रपावर निर्माण सम्पन्न भएपछि २२ मेगावाट क्षमताको विद्युत उत्पादन हुनेछ । तस्विर : राम योङ्हाङ ।

हाईड्रो हाउस:

दक्षिणी इलामको दानाबारीमा निमार्णाधीन सानिमा माई हाईड्रपावर लिमिटेडको विद्युत उत्पादन गृह । यो हाईड्रपावर निर्माण सम्पन्न भएपछि २२ मेगावाट क्षमताको विद्युत उत्पादन हुनेछ । तस्वि

Showing posts with label रङ्ग रेखा. Show all posts
Showing posts with label रङ्ग रेखा. Show all posts

जगतको ‘मोहनी लगायौ तिम्ले ....’

मोरङको पथरीमा रहेर सांगीतिक क्षेत्रमा उदाएका गायक हुन् जगत राई । उनको ‘मोहनी लगायौं तिम्ले...’ गीतको भिडियोको छायाङ्कन बुधबार पूरा भएको छ ।
उनको दोस्रो गीति एल्बम ‘कसम तिमीलाई’ को शीर्ष गीत हो मोहनी ‘लगायौं तिम्ले’ । उक्त गीति एल्बमलाई पथरीकै ओजस्वी संगीत पाठशालाले बजारमा ल्याएको हो । पूर्वी मोरङको रमणीय स्थलहरूमा छायाङ्कन गरिएको भिडियो राईको पहिलो म्यूजिक भिडियो हो । सानैदेखि गीत संगीतमा होमिएका गायक जगत भन्छन् –‘मैले करिब आधा दर्जन गीत गाएँ । त्यसमध्ये मलाई ‘मोहनी लगायौं तिम्ले...’ गीत साह्रै नै मनपरेको गीत हो । त्यसै कारणले यो गीतको भिडियो बनाउने निर्णय गरे ।’
सोम याम्फूको संगीत, लालिमा श्रेष्ठको शब्द, फडिन्द्र राईको एरेन्जर रहेको उक्त गीतको छायाङ्कन गोपाल काफ्लेले गरेको हुन् भने पूर्वमा रहेर मनोरञ्जन बिटमा समाचार लेख्दै आएका सञ्चारकर्मी सन्तोष राईले निर्देशन गरेका हुन् । उक्त गीतमा मोडलद्वय हिमाल राई र स्मिता राईको अब्बल अभिनय रहेको छ । ‘यु ट्युब र फेसबुकका अलवा म्यूजिक भिडियो दशैं तिहारताका टेलिभिजनहरूबाट प्रिमियर गरिनेछ ।’ निर्देशक सन्तोष राई भन्छन् –‘कला मनोरञ्जन बिटमै समाचार लेखिरहेकोले सम्बन्धित काम गरौं भन्ने हेतुले पहिलो पटक मैले भिडियो निर्देशन गरेको हुँ ।’

ओस्कारले देखाएका पछिल्ला संकेत – रङ्ग रेखा

श्री कृष्ण न्यौपाने
सन् १९२९ जतिबेला सिनेमा सुरु भएको केहि दशकमात्रै हुदै गर्दा एकेडेमी अवार्डको नाममा सिने विधालाई प्रोत्साहन गर्न ओस्कार अवार्डको स्थापना गरिएको थियो । त्यो निरन्तरताले एक शताब्दी पार गर्नै लाग्दा ओस्कारको महत्व र उदारता झनै दिन प्रतिदिन फराकिलो बन्दै गएको छ । यसमा कसैको शंका नै छैन । फ्रान्सेली राष्ट्रपति निकोलश सार्कोजीसमेत यसको प्रतिष्ठा देखेर औधी लोभिएका छन् । सन् १९२९ को मे १६ तारिखमा हलिउडस्थित रुजबेल्ट होटलमा पहिलो पटक ओस्कार अवार्ड वितरण गरे यता पछिल्लो ८४ औं संस्करणसम्म आईपुग्दा ओस्कारको दायरा फराकिलो मात्रै भएको छैन । सहिष्णु पनि लाग्न थालेको छ । कुनै बेला हलिउडका सिनेमाको अधिपत्य रहदै आएको ओस्कारमा यसपाली भने परिणाम नसोचेको देखियो । सिने पण्डितहरुको आकलन र अनुमानले पनि यसपाली मात खाएको छ । ओस्कारलाई एउटा आरोप थियो उसले हलिउडका सिनेमालाई मात्रै प्राथमिकतामा राखेर अवार्ड बाढ्ने गर्छ । तर गत महिना वितरण  गरिएको अवार्डलाई आधार मान्ने हो भने ओस्कार फराकिलो हुन चाहन्छ अवार्डका माध्यमबाट विश्वका सिनेमा संजालमा अझै केहि सताब्दी एक नम्बर भएर राज गर्न चाहन्छ । फिल्म क्षेत्रकै सबै भन्दा पुरानो र प्रतिष्ठित मानिएको ओस्कार अवार्डको ८४ औं सस्करणमा फ्रेन्चद्वारा निर्मित दी आर्टिस्टले विभिन्न ५ वटा विधामा उपाधी हात पारेपछि ओस्कारको सहिष्णुताप्रति अहिले बहश हुन थालेका समाचार प्रकाशित हुन थालेका छन् । एउटा बेरङ्ग र आवाजविहिन चलचित्रले पाएको अवार्डले कलात्मक चलचित्र बनाउनेलाई हौसला मिलेको छ । नेपाली चलचित्र निर्देशक प्रकाश सायमीले ओस्कारको पछिल्लो निर्णयले साना मुलुकका सिनेमाकालागि पनि ढोका खुलेको प्रतिक्रिया दिनुभयो । उहाँका अनुसार अमेरिकाको सम्राज्य नीति अनुरुप ओस्कार पनि सांस्कृतिक साम्राज्य फैल्याउन खोज्दै छ ।
 अमेरिकाको लस एञ्जल्समा सम्पन्न भव्य समारोहमा सम्वादरहित सिनेमा दि आर्टिस्टलाई उत्कृष्ट चलचित्रकारुपमा घोषणा गरिदा सबैले जिब्रो टोकेका थिए । किनकी उनीहरुका अनुसार अनपेक्षित चलचित्र दि आर्टिस्टले अवार्ड जितेको थियो । उत्कृष्ट सिनेमासहित उत्कृष्ट अभिनेता, निर्देशक, पोशाक डिजाईनसहित मुक चलचित्र दि आर्टिस्टले उत्कृष्ट हुने मौका मात्रै पाएको छैन अन्य मुलुकका प्रयोगवादी चलचित्रकालागि बाटो पनि खोलिदिएको छ । चलचित्रका निर्देशक मिखेल हाजानाभिक्सअसले उपाधी थापेको सुन्नासाथ राष्ट्रपति निकोलस सार्कोजीले ट्विटरमा खुसी हुदै ओस्कार अवार्डले सम्पूर्ण फ्रान्सेलीलाई गौरवान्वित भएको टिप्पणी गरेका थिए । सन् १९०२ मा फ्रान्सेली नागरिक लुमिअर ब्रदर्सले अहिलेको मुभीको सुरुवात गरेको गौरवपूर्ण इतिहास बोकेको फ्रान्सले ओस्कार अवार्डलाई समेत कति महत्व दिएको छ भन्ने तथ्यलाई राष्ट्रपति सार्कोजीको अभिब्यक्तिले पुष्टि गरेको छ । ओस्कार अवार्ड प्रतिष्ठान , यहि महिमा र श्रद्धालाई कायम गर्न हुन सक्छ उ चौडा छाती बनाएर थप उदार हुने ध्याउन्नमा देखिन्छ । यसले विश्वभरका सिनेकर्मीलाई थप हौसला दिएको छ । निर्देशक केपी पाठक भन्छन् – ”ओस्कारले गरेको निर्णयमा हामी अहिलै उफ्रि हाल्ने समय आईसकेको छैन तर यो भन्दैमा हामी त्यो स्थानमा पुग्नै सक्दैनौ भने होइन” । ”छिमेकी मुलुक भारतको प्रभावबाट मुक्त नभईञ्जेल हामी केहि गर्न सक्ने छैनौं यसकालागि दर्शक पनि त्यो प्रभावबाट मुक्त हुन आवश्यक छ ”, उनले भने ” सिनेमा हल पस्दै नेपाली दर्शक हिन्दी सिनेमाको एस्पेक्टेसनमा नेपाली सिनेमा हेर्ने भएकाले पनि नेपाली सिनेकर्मी बाध्य छन् त्यस्तै सिनेमा बनाउन ” ।

पहिलो पुरस्कार पाउने जर्ज सिङ्गरदेखि दि आर्टिस्टसम्म आईपुग्दा झण्डै कुल ३ हजारले यो पुरस्कारको स्वाद चाखिसकेका छन् । हिजोसम्म कसैले थाह नपाएका चलचित्र र कलाकार अवार्ड पाए लगत्तै रातारात चर्चामा आउने भएकाले पनि ओस्कारको महिमा भनिसाध्य छैन , सिनेप्रेमीकालागि । एकेडेमी अवार्डका झण्डै ६ हजार सदस्यले दि आर्टिस्ट लाई सर्वोत्कृष्ट सिनेमा घोषणा गरेपछि यूरोप र अमेरिका बाहिरका सिनेकर्मी पनि अवार्डसम्म पुग्ने पहूच बलियो बन्दै गएको बुझ्न थालेका छन् ।