हाईड्रो हाउस:

दक्षिणी इलामको दानाबारीमा निमार्णाधीन सानिमा माई हाईड्रपावर लिमिटेडको विद्युत उत्पादन गृह । यो हाईड्रपावर निर्माण सम्पन्न भएपछि २२ मेगावाट क्षमताको विद्युत उत्पादन हुनेछ । तस्विर : राम योङ्हाङ ।

हाईड्रो हाउस:

दक्षिणी इलामको दानाबारीमा निमार्णाधीन सानिमा माई हाईड्रपावर लिमिटेडको विद्युत उत्पादन गृह । यो हाईड्रपावर निर्माण सम्पन्न भएपछि २२ मेगावाट क्षमताको विद्युत उत्पादन हुनेछ । तस्वि

‘निजी क्षेत्रले खोजे अनुसार बजेट’

दमक/अर्थमन्त्री डाक्टर रामशरण महतले आर्थिक वर्ष ०७१÷०७२ का लागि प्रस्तुत  गरेको बजेट प्रति पूर्वका उद्यमी, ब्यवसायीहरुले स्वागत गरेका छन् ।  पूर्वका उद्यमी, व्यवसायीहरुले आईतबार सार्वजनिक गरिएको बजेट निजी क्षेत्र मैत्री भएको बताएका छन् । नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रिय सदस्य प्रकाश प्रसाईले सवै क्षेत्रलाई समेट्न बजेट प्रयासरत भएको प्रतिकृया दिएका छन् । उनले बजेट पृथक र सकरात्मक भएको भन्दै त्यसको सही कार्यान्वयन गर्नुपर्ने बताए । दमक उद्योग बाणिज्य संघका अध्यक्ष समेत रहेका प्रसाईले भने–‘बजेटले शिक्षा, स्वास्थ्य, कृषि, उर्जा लगायतका आवश्यकीय पक्षमा केन्द्रित छ, यो सकरात्मक हो ।’ अध्यक्ष प्रसाईले यो बजेटले सवैलाई प्राथमिकता दिएको बताए । प्रसाईले पूर्वको औधोगिक करिडोर स्थापना गर्न प्राथमिकता दिन सक्नु पर्ने सुझाव दिए ।

झापा उद्योग बाणिज्य संघ विर्तामोडका अध्यक्ष बलराम कार्कीले बजेट समग्रमा सन्तुलित रहेको बताए । बजेटलाई कार्यान्वयन गर्न चुनौती रहेको भन्दै कार्कीले नत्र बजेट आउने, जाने मात्र बन्न सक्ने टिप्पणी गरे । उनको भनाई छ –‘अहिलेको बजेटले मानिसको जनजीवनलाई उकास्न जोड दिएको छ ।’
नेपाल अलैँची ब्यवसायी महासंघका केन्द्रिय अध्यक्ष राजेन्द्र घिमीरेले बजेट चुनौतीपूर्ण खालको आएको जनाए । उनले भने –‘बजेटले सवै महत्वकांक्षी योजनालाई समावेश गरिएको छ , यो कार्यान्वयन गर्न कठिन हुने छ ।’ बजेट झट्ट हेर्दा राम्रो देखिए पनि किसान लक्षित सम्म पुग्न नसकेको उनको भनाई छ । देशका ७० देखि ७८ प्रतिशत सम्म मानिस कृषि पेशामा निर्भर रहेको भएपनि अहिलेसम्मका अधिकांश बजेट ‘प्राईमेरी प्रोडक्ट’ गर्ने सम्म पुग्न नसकेको अध्यक्ष घिमीरे बताँउछन् । उनले यो बजेटले पनि कृषकहरुको निम्ती खासै कुनै योजनाहरु नल्याएको बताए । धेरै योजनाहरु आउँदो तीन बर्ष भित्रमा पूरा गर्ने बजेटमा उल्लेख गरिएको भए पनि कार्यान्वयनको चरणमा राजनीतिक दलहरुको सामूहिक प्रतिवद्धता आउनु पर्ने उनको जोड छ । ‘हामीले पाएका धेरै बजेटको हालत यस्तै अवस्थाले कार्यान्वयन हुन सकेनन्’ अध्यक्ष घिमीरे भन्छन् ।
दमक बहुमुखी क्याम्पसकी अर्थशास्त्र प्राध्यापक राधिका अधिकारीले बजेट परम्परागत ढंगबाट आएको बताईन् । ‘बजेटले देश निर्माणको क्षेत्रमा केहि गर्न खोजिएको छ ।’ बजेटका बारे आफना धारणा राख्दै प्राध्यापक अधिकारीले भनिन् –‘आर्थिक विकासका मूलभूत आधार उर्जा, कृर्षि तथा पर्यटनमा जोड दिनु राम्रो पक्ष हो ।’ उनले यो वजेटले स्वास्थ्य क्षेत्रमा अघिल्लो बर्ष भन्दा रकम कटौती गर्दा सर्वसाधारणहरु स्वास्थ्य सेवा लिन समस्यामा पर्नेे बताईन् ।
सरकारले ब्यापार घाटा कम गर्दै गरिवी निवारण र युवा स्वरोजगारका क्षेत्रमा प्रोत्साहीत गर्ने कार्यक्रमहरु आउन नसकेको बताईन् । उनले बजेटले सवै क्षेत्रलाई समेट्न खोजिए पनि कार्यान्वयन गर्न चुनौती रहेको बताईन् । उनले थपिन् –‘बजेटलाई सहि कार्यान्वन गर्न सकिए त्यसले सवैको हित गर्छ ।’
मोरङ व्यापार संघका अध्यक्ष अविनास बोहराले बजेट निजी क्षेत्रले खोजेको जस्तो वजेट आएको बताउँदै ऊर्जा सङ्कट तीन वर्षमा हटाउने कुरा सराहनीय भएको, कृषि पशुपालनमा ६ प्रतिशतमा ऋण लगानी, भौतिक पूर्वाधार निर्माण गर्ने कार्य राम्रो भएको बताए  ।
उनले स्वास्थ्य, शिक्षा, विराटनगर विमानस्थल चक्रपथ निर्माण, दु्रत  राजमार्ग निर्माणमा रकमको विनियोजन हुनु सवल पक्ष भएकाले  वजेट लगानी मैत्री रहेको  स्पष्ट पारे ।
उद्योगपति नवीन रिजालले वजेटमा वृद्ध क्लब स्थापना चेपाङ, दलित, डोम एवम दलित समुदायका चिकित्सक, इन्जिनियरिङ शिक्षा आर्जनमा निःशुल्क गर्नु राम्रो रहेको बताए । उद्योग सङ्गठन मोरङका अध्यक्ष शिव शङ्कर अग्रवालले चिनी उद्योगबाट खेर गइरहेको
इथानोल १० प्रतिशत सरकारी गाडीमा प्रयोग गर्ने राम्रो घोषणा भएको र स्वदेशी उद्योगलाई प्रोत्साहन दिन १५ प्रतिशत उच्च मूल्य राखी सामग्री विक्री गर्ने कार्यबाट उद्योग व्यवसाय वृद्धिमा सहयोग पुग्ने धारणा व्यक्त गरे । महिला व्यवसायी एवं गृहणी विजया दाहालले महिला सशक्तीकरणका लागि मंगला–साहना महिला पुर्नस्थापना निर्माण गर्नु सराहनीय कार्य भएको बताउँदै ७० वर्ष उमेर माथिका वृद्धवृद्धालाई वार्षिक २ हजार स्वास्थ्य उपचार रकम दिनु स्वागत योग्य रहेको उल्लेख गरिन् ।
सञ्चारकर्मी कुमोद अधिकारीले बजेटमा विराटनगरबाट गोरखापत्र प्रकाशन गर्ने कुरा आउनु स्वागत योग्य भएको बताउँदै रेडियो नेपालका संस्थापक स्व.तारणीप्रसाद कोइरालाको स्मृतिमा सञ्चार केन्द्र स्थापना सञ्चारमा नयाँ आयाम थपिने बताए  ।

शुल्क बृद्धि फिर्ताको माग गर्दै तालाबन्दी

दमक/ शुल्क बृद्धिको बिरोध गर्दै ८ बिद्यार्थी संगठनहरुले दमक बहुमुखी क्याम्पसमा तालाबन्दी गरेका छन् ।
शुल्क बृद्धिको बिरोध गर्दै चरणबद्ध आन्दोलनमा रहेका बिद्यार्थी संगठनहरुले सोमबार क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी गरेका हुन् । कक्षा ११ र १२ को मासिक शुल्कमा शत प्रतिशत
 बृद्धि गरेको बिरोध गर्दै ती संगठनहरु आन्दोलनमा रहेका छन् । नेपाल बिद्यार्थी संघ, अनेरास्वबियू, अखिल क्रान्तीकारी लगायतका बिद्यार्थी संगठनहरु आन्दोलित बनेका हुन् । यस अघि बिद्यार्थी संगठनहरुले ज्ञापनपत्र बुझाएर शुल्क बृद्धि फिर्ता लिन माग गरेका थिए ।

सर्वजातिय गोलमेच सम्मेलनको माग

दमक/संघिय गणतान्त्रिक पार्टीले सर्वजातिय गोलमेच सम्मेलन नभए सम्म राजनीतिक संकट समाधान नहुने बताएको छ ।
सोमबार झापाको दमकमा पत्रकार सम्मेलन गरि यसै साता गठन भएको पार्टीले गोलमेच सम्मेलन गरि सर्वजातिय सरकार गठनको पनि माग गरेको छ । आदिवासी जनजाती दलित गणतान्त्रिक मोर्चा, संघिय ताम्सालिङ् राज्य परिषद, तामाङ्सालिङ जनपरिषद र संघिय लोकतान्त्रिक राष्ट्रिय पार्टी एकिकरण भई संघिय गणतान्त्रिक पार्टी गठन भएको हो ।
पत्रकार सम्मेलनमा पार्टीका अध्यक्ष कमल छाराहाङले अहिलेको सरकार र संविधान सभाले राजनीतिक निकास दिन नसक्ने जिकिर पनि गरे । उनले संविधानसभा अन्तर्गतको वार्ता समितिले आफुहरुलाई वार्ताका लागि नबोलाएको र बोलाए पनि तत्काल वार्ता नगर्ने बताए ।
पहिचान बिहिनहरुलाई उपेक्षा गरि संविधान निर्माणको तयारी भई रहेकाले त्यसका बिरुद्ध पहिचान पक्षधरहरु बिच एकता भएको केन्द्रिय सचिव गजेन्द्र लाओतीले बताए । कार्यक्रममा उपाध्यक्ष पेशल तामाङ्, केवी लिम्बू, राजकुमार पालुङ्वा, संगठन बिभाग प्रमुख डिल्लि मिभक, केन्द्रिय सदस्य सन्तोस राई लगायतको उपस्थिती थियो ।

अग्र्यानिक धान खेतीमा महिला कृषक समूह

सुरुंगा/झापाको कनकाई नगरपालिकास्थित सुरुङ्गाका महिलाहरु अग्र्यानिक धान खेतीमा आकर्षित भएका छन् । डेढ बिगाह जग्गामा संगोल महिला कृषक सहकारी संस्थामार्फत उनीहरुले अग्र्यानिक धान खेती गर्दैआएका हुन् ।
 ५७ जना महिलाहरुलाई संगोल महिला सहकारी संस्था भित्र समाहित गरी उक्त महिला सहकारी संस्थाले विभिन्न कृषिजन्य कार्यहरु गर्दै आएको छ । यही सन्दर्भममा उक्त महिला कृषक सहकारी संस्थामा आवद्ध सम्पूर्ण संस्थाका सदस्यहरुबाट गत शनिबार निःशुल्क श्रमदान गरी धान रोपेर समाजलाई समेत महिलाहरु एकजुट हुँदाको पहुँचका बारेमा दरिलो उदाहरण दिएका छन् । उक्त महिला कृषकहरुको समुहले वार्षिक रुपमा ४० मन धान जग्गा धनीलाई दिने सर्तमा यस वर्षबाट अग्र्यानिक धान खेती गरेका हुन् । कनकाई नगरपालिका वडा नं. ४ मा रोपिएको उक्त धान बालीमा विभिन्न किसिमको किटनासक औषधी एवं रसायनीक विषादी प्रयोग नगर्ने र आवश्यक मात्रामा गोबर मलको प्रयोग गर्ने जनाइएको छ । यसका साथै धानमा लाग्न सक्ने किरा मार्नका निमित्त समेत घरेलु विधि प्रयोग गरेर उक्त संगोल कृषक सहकारी समुहले हाल सुरुङ्गामा नै दरिलो नमुनाको रुपमा फलदायी कार्यको आरम्भ गरेको छ ।
स्थानीय महिलाहरु संगठित भएपश्चात उनीहरुले सहारा नेपाल        (साकोस) बाट अग्र्यानिक धान खेती सम्बन्धी तीन दिने प्रशिक्षण लिएका थिए । अन्ततः उनीहरुले उक्त तालिमलाई व्यवाहारिक रूप दिन उक्त अग्र्यानिक धान खेती सुरु गरेका हुन् । अहिले महिला समुहले गर्दै आएको अग्र्यानिक खेतीलाई निरन्तरता दिन राज्यका तर्फबाट पनि उचित सहयोग भए महिला कृषक समुहलाई अघि बढ्न अझ उत्प्रेरणा मिल्ने समुहकी अध्यक्ष रामजी देवी गौतम बताउँछिन् ।
संगोल महिला कृषक समुहले उत्पान गर्ने अग्र्यानिक धानलाई आगामी वर्षहरुमा विउको रुपमा उत्पादन गरी अन्य समुहहरुलाई समेत वितरण गरिने लक्ष्य रहेको समुहकी सचिव बिन्दा थापाले बताइन् ।
सो महिलाहरुको समूहले अहिले अग्र्यानिक धान खेती मात्र भने गर्दै आएको होइन, समुहले हाल कृषि क्षेत्रकै संर्सगमा रहेका विभिन्न कृषिजन्य वस्तुहरुको विउविजनहरुको उत्पादन एवं विक्री वितरण, रसायनिक मलको वितरण, सामुहिक पशुपालन लगायतको विभिन्न किसिमको कार्य गर्दै आएको छ ।

गुडिया बनाउने तालिम

लखनपुर/ आदिवासी जनजाति महिलाहरुलाई स्वरोजगार बनाउने उद्देश्यले झापाको लखनपुरमा १५ दिने गुडिया तालिम हालै सम्पन्न भएको छ । नेपाल आदिवासी जनजाति महासंघ र राष्ट्रिय आदिवासी महिला महासंघको संयुक्त आयोजनामा तालिम सम्पन्न भएको हो ।
तालिममा दुई दर्जन बढी विभिन्न जातिय संस्थाका महिलाहरुको सहभागीता रहेको थियो । तालिम पछि स्वरोजगार बन्न प्रोत्साहन गर्ने उद्देश्यले सञ्चालन गरिएको महासंघकी अध्यक्ष चन्द्रकला सुब्बाले जानकारी दिइन् । यसैगरि लखनपुरमा आदिवासी जनजाति महिला र पुरुषका लागि तीन महिने हलुका सवारी तालिम सञ्चालन भईरहेको जनाईएको छ ।

जितपुर खुला दिसामुक्त, पूर्ण साक्षर र खोपयुक्त घोषणा

इलाम/जिल्लाको जितपुर गाउँ विकास समिति खुला दिशामुक्त, पूर्ण साक्षर र पूर्ण खोपयुक्त गाविस घोषणा भएको छ ।
गाविसका सबै घरधुरीमा मापदण्डयुक्त शौचालय निर्माण भई नियमित प्रयोग हुन थालेपछि आइतबार जितपुरलाई दिसामुक्त घोषणा गरिएको हो । जिल्ला खानेपानी डिभिजन कार्यालय इलामका प्रमुख पदम कुँवरले सामूहिक प्रतिबद्धतापत्र वाचन गराई जिल्लाको ३३ औँ खुला दिसामुक्त क्षेत्र घोषणा गरेका थिए ।
सरकारले सन् २०१७ सम्ममा नेपाललाई नै खुला दिसामुक्त बनाउने लक्ष्यअनुसार सञ्चालित अभियानका क्रममा खुला दिसामुक्त घोषणा गरिएको हो । गाविसका एक हजार ४७१ घरधुरीमा मापदण्डयुक्त शौचालय बनेको गाविसस्तरीय खानेपानी सरसफाइ तथा स्वच्छता समन्वय समितिका अध्यक्ष तथा गाविस सचिव युवराज घोर्साईंले जानकारी दिए । खुला दिसामुक्त अभियानका क्रममा गाविसका एक हजार १ सय ५६ घरमा मापदण्डयुक्त शौचालय बनेका छन् । अभियान सुरु हुनुअघि यहाँ ३१५ घरमा मात्र मापदण्डयुक्त शौचालय थियो ।
जितपुरमा दुई वर्षदेखि खुला दिसामुक्त अभियान सुरु भएको थियो । अभियानका लागि सिमएन आयोजनाले आर्थिक सहयोग गरेको र अभियानका क्रममा १३ लाख रुपैयाँ खर्च भएको थियो । गाविसले शौचालय बनाउन नसक्ने ८ सय २९ अतिविपन्न घरधुरी पहिचान गरी निर्माण सामग्रीसमेत उपलब्ध गराएको थियो । जसमध्ये ४६९ घरधुरीलाई दुई बोरा सिमेन्ट, एक थान प्यान र पाइप तथा ३६० घरधुरीलाई एक बोरा सिमेन्ट, एक थान प्यान र प्याइप उपलब्ध गराएको गाविसले जनाएको छ ।
पन्ध्र देखि ६० वर्ष उमेर समूहका एक हजार २१२ निरक्षरलाई साक्षर गराई साक्षरता गाविस घोषणा गरिएको हो । जिल्ला शिक्षा कार्यालय अनौपचारिक शिक्षा केन्द्र र गाविससँगको समन्वयमा जितपुर सामुदायिक अध्ययन केन्द्रले दुई चरणमा तीन महिनासम्म साक्षरता कक्षा सञ्चालन गरेको थियो । तीनमहिने अवधिमा गाविसका विभिन्न ४७ वटा केन्द्रमा साक्षरता कक्षा सञ्चालन गरिएको अध्ययन केन्द्रले जनाएको छ । जिल्ला शिक्षा कार्यालयले इलामलाई सन् २०१४ सम्ममा पूर्ण साक्षर जिल्ला घोषणा गर्ने लक्ष्य लिएको छ । योसँगै जिल्लाका २४ गाविस पूर्ण साक्षर घोषणा भइसकेका छन् ।
त्यसैगरी गाविसका एकदेखि २३ महिनासम्मका सबै बालबालिकामा सबै चरणको खोपको मात्रा पूरा भएपछि जितपुरलाई पूर्ण खोपयुक्त घोषणा गरिएको छ । जिल्लाका २० वटा गाविसलाई चालु आर्थिक वर्षमा पूर्ण खोप गाविस घोषणा गरिसक्ने जिल्ला स्वास्थ्य कार्यालयको लक्ष्यअनुसार १९ वटा गाविस पूर्णखोप घोषित भइसकेका छन् ।

आश्रमका माताहरूलाई खाजा

सुरुंगा÷एचडीएनपी ईन्टरनेशनल नेपालले झापाको सुरुङ्गा–४ स्थित राधाकृष्णमुक्ति साधना आश्रमका माताहरूलाई खाजा दिएका छन् ।
झापाको सुरुङा–४ स्थित राधाकृष्णमुक्ति साधना आश्रमका
माताहरूलाई खाजा वितरण गरिएपछि सामूहिक तस्वीर खिचाउँदै ।

सोमबार आश्रममा कार्यक्रम गरि सो संस्थाले आश्रमका माताहरूलाई खाजा उपलब्ध गराएको हो । कार्यक्रममा सो संस्थाका सुशीला आचार्य, संस्थाका कार्यक्रम निर्देशक डिल्ली न्यौपाने, सदस्यहरू सुदेस कँडेल, कुलचन्द्र आचार्य, शुनिल कँडेल, महेश कडेल लगायतका उपस्थिति रहेको थियो । अमेरिकामा रहेको सो संस्थाले नेपालका बिभिन्न क्षेत्रहरूमा असहायहरूलाई सहयोग प्रदान गर्दे आएको छ । सोही संस्थाले धनकुटाको मूलघाटमा समेत त्यहाँका माता तथा ज्येष्ठहरूलाई साउन ३ गते खाजा प्रदान गर्ने तयारी गरेका छन् । त्यस्तै राजधानीमा रक्तदान, वृद्धवृदाहरूलाई खाजा प्रदान गर्ने जस्ता कार्यक्रम तय गरिएको जनाईएको छ ।

‘विरानो सहर’ को विमोचन

सुरुंगा/आदिकवि भानुभक्त आचार्यको २००औं जन्मजयन्तीको अवसर पारेर युवा गजलकार सूर्य कुइकेलद्वारा लिखित गजल संग्रह ‘विरानो सहर’को विमोचन गरिएको छ ।
धर्नासो साहित्य प्रतिष्ठान, धरमपुरद्वारा आइतबार आयोजित कार्यक्रममा वरिष्ठ साहित्यकार विवस बलिभद्र कोइरालाले गजलकार कुइकेलको गजल संग्रह विमोचन गरेका हुन । कार्यक्रममा गजलकार दिलिप घिमिरे, पत्रकार सेलिङ केसी, टंक न्यौपाने, कृष्ण तिम्सिनालगायतले नेपाली भाषा साहित्यमा आदिकवि भानुभक्त आचार्यले पु¥याएको योगदानको चर्चा गर्नुका साथै कुईकेलद्वारा लिखित गजल संग्रहमा रोजगारीका लागि विदेशी भूमि ताक्नुभन्दा स्वदेशमै अवसरको खोजी गर्नुपर्ने राष्ट्रवादी चिन्तन बोकेकोको भन्दै कृतिको सफलताको शुभकामना राखेका थिए ।

पद र सम्मान प्राप्तिका लागि किन दौडिरहेछ मानव ?

Om Prakash Gautam
ओमप्रकाश गौतम
संसारमा रहेका सम्पूर्ण प्राणीहरूमध्येको एउटा सामाजिक प्राणी मानव हो । जसको बुद्धि, विवेक, शिल्पकला, तीक्ष्ण यो जगतमा अरु कुनै प्राणीको हुन सक्दैन । मानवले मात्र सत्य कुरालाई शिरोधार्य गरेर कर्तव्य पथमा अघि बढ्न सक्छ । कुन कुरा बोल्न, लेख्न, पढ्न सकारात्मक छ, कुन नकारात्मक छ, यी सबै बोध गरेर मात्र आजको आधुनिक मानव अघि बढिरहेको हुन्छ ।
सच्चा, देशभक्त, कर्तव्य परायणता मानवले आफ्नो गुणको परिचय होइन, अर्को व्यक्तिको यी गुण छन् भने उसले उसैको बखान गर्छ । आफ्नो भने पटक्कै गर्दैन । योग्यता, काम वा महत्व अनुसारको नियत स्थान आफैले सही रुपमा मूल्याङ्कन गरेर अघि बढ्ने व्यक्ति महान् विचारक बन्दछ र ‘मै खाउँ, मै लाउँ सुख शयल मोज मै गरुँ’ भन्ने सोच राख्ने मानव कहिल्यै पनि प्रगति थुम्की चढ्न सक्दैन यो शास्वत सत्य हो ।
तर, आजको सभ्य र सम्माननीय मानव विविध लोभ, लालचले गर्दा उसले समयलाई चिन्न सकिरहेको छैन । झुण्ड–झुण्ड तयार गरेर एउटा असल व्यक्तिको मान सम्मानलाई जाल बुनेर भण्डाफोर गरिरहेको छ, ऊ यतिसम्म माहिर छ, खेलकुद गरेर पद र सम्मानलाई निस्क्रिय बनाइदिन ऊ आजको समयमा चल, खेल र बल गरिरहेको छ । त्यो गर्नु उसको अज्ञानता हो, दम्भ र क्रुरता हो । त्यसले उसको कहिल्यै भलो गर्दैन ।
सिर्जना–तत्व प्राणीमात्रको अपरिहार्य कुरा हो । यसलाई कसैले पनि मार्न वा रोक्न सक्दैन, तर आज मानवको सिर्जना कला भित्र–भित्रै दबाइएको छ । बाहिर प्रकट गर्छु भन्दा–भन्दै पनि आजको मानवले प्रकट गर्न सकिरहेको छैन । आजको मानवलाई अभावरुपी प्रेतले दिनका दिन सताइरहेको छ । जीवनलाई पूर्णतातिर लैजान साधन र स्रोतको आवश्यकता पर्दछ । जब मानवले चारैतिर अभावै–अभाव देख्दछ, त्यसबेला मानवभित्र रहेका आशा र आकांक्षाहरू क्रमशः बिलाएर जाने गर्दछन् । यो बिलाएर जाने बनायो पद र सम्मानको लोभ लालचाले । मैले यहाँ एउटा यस्तो समय सान्दर्भिक विषयवस्तु आज के उठाउन खोजेको हुँ भने आजको आधुनिक मानव आफ्नो दम्भपनाले गर्दा आफूभन्दा धेरै वर्ष सम्बन्धित क्षेत्रमा ज्ञान हासिल गरेकाहरूलाई सम्मान होइन, जहिल्यै पनि आफू चाँहि सिँढी भ¥याङ चढेर आफूलाई मात्र सम्मान र पदको ग्रहण गराइदिनका लागि सभादेखि सम्मेलन एकछत्र बनाउनु अर्कैको पछि दगुरिरहेको छ भन्ने भन्न खोजेकोे मात्र हुँ ।
आज हामी मानवलाई झ्वाट्ट कसैले हेर्दा धेरै आदर्श र महान् देख्न सक्छ होला, तर भनौं हाम्रा व्यवहार देखावटी रुपमा आदर्शवादी भित्र देखा पर्न सक्लान् तर हामीभित्रका आदर्श र मान्यताहरू खिइँदै र नासिँदो गइरहेका छन्, हामी यी यथार्थ कुरालाई बोध गरेर अघि बढ्न सक्दैनौं, त्यो नै हाम्रो गलत प्रवृत्ति हो ।
हामी राष्ट्र, जनता र समाजप्रति आदर्श बोकेर अगाडि बढ्नुपर्नेमा आज हामी नारामा मात्र सीमित हुन पुगेका छौं, देखावटी व्यवहार एक प्रकारको र आन्तरिक सोचाई अर्कै बन्दै गइरहेको हुनाले हामी राजनीतिक, धार्मिक र सांस्कृतिक भित्रको पदप्रति लालयित छौं । हामीलाई ‘पद र सम्मान’ चाहिएको छ, हामीलाई सबैले सम्मान गरून्, हामी सबैको अब्बल दर्जाको सम्मानित व्यक्ति हामी नै हौं भनेर घामड गरिरहेका छौं ।
वास्तवमा यही कारणले आज हाम्रा पार्टीहरूमा सबैभन्दा ठूलो रोग लागेको छ, पद र सम्मान ग्रहणको । हामी प्यानल–प्यानलमा विभक्त छौं, गुट–उपगुटमा विभक्त छौं, हाम्रा लागि ‘पद र सम्मान’ जनप्रिय छ । हामीले तीन ‘स’ को अभियान, तीन ‘जन’ को अभिवादन, तीन वादको अभियानलाई क्रमशः भाँडिरहेका छौं । आफ्नै घरभित्रका पार्टी र सामाजिक संघसंस्थामा यो र त्यो पार्टी आबद्धको भनेर आफ्नै चोर औंलो आफ्नै सहपाठी मित्रलाई धारेहात पारेर देखाइरहेका छौं । आज यही कारणले गर्दा हामीलाई शत्रुले प्रत्याक्रमण गर्न खोजिरहेको छ, तापनि हामी मुकदर्शक बनिरहेका छौं कि हामीले सक्कली या नक्कली को हो भनेर चिन्न नसक्नु नै हाम्रो दुर्बलता हो ।
आज प्रमुख अतिथि, विशिष्ट अतिथि ग्रहण गर्ने कुरामा योग्यता, क्षमतालाई हामी आफैले क्रमश बिर्सिरहेका छौं, यतिसम्म हामी निस्क्रिय छौं कि हाम्रो बलबुतोले हामीलाई काम गर्न नसक्ने अवस्था बनाइदिएको छ । आखिर त्यो अवस्था बनायो कसले भन्दा हाम्रै पद र सम्मानको आकांक्षाले गर्दा नै हो । आजको आधुनिक मानवले दार्शनिक चिन्तन गर्ने क्रममा धेरै नयाँ–नयाँ प्रयोग र विज्ञान तथा प्रविधिको विकास ग¥यो, तापनि आध्यात्मिक र भौतिक चिन्तनका पछि जति नै दगुरिरहेपनि उसले आफ्नो दार्शनिक र चेतनशील ज्ञानलाई विकास भने गर्न सकेन । अहिले संसारलाई उथलपुथल पार्न सक्ने मानवले प्रकृतिलाई जित्न सकिरहेकौ छैन । मानवले आफूलाई धेरै शक्तिशाली ठानेर काम गरेता पनि ऊ आफै खुसी भएर नयाँ प्रयोगको विकास गरेता पनि उसले आफ्नो क्षमतालाई क्रमशः अदल–बदल गरिरहेकै छ, आखिरमा केमा भन्दा ‘पद र सम्मानमा’ ।
आजको आधुनिक मानव जादुगर भएर यो विश्वसंसारमा दुई खुट्टा हल्लाएर हिँडेता पनि ऊ आफै थरी–थरीका मानवहरूलाई जादु देखाउँदै नतमस्तक बनिरहेको छ । यो भन्दा ठूलो चमत्कार उसले यो दुनियाँमा अन्यत्र कहीँ देखाउनै नसकिरहेको र ‘नयाँ नेपाल’ मै पद र सम्मानका लागि विगतदेखि वर्तमान समयसम्म देखाइरहेको हुनाले आगामी दिनमा एउटा सामाजिक र विवेकशील प्राणी भएकै कारणले पद तथा सम्मानको लिस्ट आफैले आफैलाई होइन, आफूभन्दा विद्वत वर्गबाट सिकेर मानवता हुनुका गरिमा संसारभरी फैलाओस्, सबलाई चेतना भयो ।
omgautam817@gmail.com

लागु औषध र समस्या

कमन देवान
लागु औषधको दुरुपयोगले विश्वभर जुन समस्या उत्पन्न गरेको छ, त्यो वास्तवमै खतरनाक र चिन्ताजनक छ । विश्वभरका कूल युवा जनसंख्या मध्ये ५ प्रतिशत युवा पुस्ता लागु औषधको गलत प्रयोगका कारण समस्यामा पर्नु सकरात्मक र स्वागतयोग्य कुरो हुन सक्दैन । यसले कुलतमा फसेका व्यक्ति स्वयम्को भविश्य, स्वास्थ्य र जीवनमाथि त गम्भरि र नकरात्मक असर गर्छ नै । संसारभरका युवाहरु पुस्ताको यो संख्या नै कुलतमा फस्ने हो भने यसले समग्र विश्वको राजनीतिक, सामाजिक, आर्थिक, शैक्षिक, विकास निर्माण लगायतका महत्वपूर्ण क्षेत्रमा पार्ने असर अकल्पनीय छ । विश्वको विकास र रुपान्तरणका लागि मेरुदण्ड मानिएका र प्रत्येक युगलाई परिवर्तन गर्न अपरिहार्य मानव संशाधनका रुपमा समेत युवा पुस्ताको सक्रिय र जुझारु उपस्थिति इतिहासदेखिको सत्यका रुपमा स्थापित पक्ष हो । यसलाई नकार्ने चेष्टा गरिनु युगको गतिलाई चुनौती दिनु हो ।
यतिबेला विश्वभर लागु औषधको दुरुपयोगबाट विभिन्न राष्टूहरुले जे(जस्तो क्षति भोग्दै आएका छन्, त्यसले निश्चय पनि ती मुलुकहरुमा समस्या जन्मिएको छ । अधिकांश मुलुकहरुमा कलिला उमेरका किशोर(किशोरीहरु डूग्सको नशामा फसेका छन् । यसले क्रमशः उनीहरुको जीवन नरकीय बन्दै त गएको छ । समाजमा विभिन्न नकरात्मक पक्षहरुको जन्म हुँदै गएको छ, जसले कालान्तरमा सामाजिक परिवेश, शान्ति र अमनचयन नै भङ्ग हुने सम्मको खतरा बढ्दै गएको छ । हालै प्राप्त तथ्याङ्क अनुसार करिव तीन करोड जनसंख्या भएको हाम्रो देश नेपालमा नै लागु औषध प्रयोग गर्नेहरुको संख्या अढाई लाख नाघ्नु आफैमा खतराको घण्टी बज्नु हो । यो खतराको संकेतबाट राज्यले समयमै लागु औषध दुरुपयोगका गतिविधि रोक्न, न्यूनीकरण गर्न र सुधार गर्न जरुरी छ । लागु औषध नियन्त्रणमा कानुनी उपाय मात्रै प्रभावकारी हुन नसक्ने भएकाले यतिबेला राज्यले यो समस्याको दिर्घकालीन समाधानका लागि विशेष नीति निर्माण गर्न जरुरी छ ।
नेपालका हकमा पनि किशोर उमेरका र स्कूल जीवनबाट भर्खरै कलेज जीवनमा प्रवेश गरेकाहरुको संलग्नता लागु औषध प्रयोगकर्ताका रुपमा बढ्दै गएको पाइएको छ । यो खतरापूर्ण स्थितिलाई समयमै बुझेर यसमा सुधारका उपायहरु अवलम्बन गर्न जरुरी छ । कुनै पनि रोगको निधानका लागि ५० प्रतिशत उपचार भन्नु रोगका बारे सही किसिमको परामर्श र त्यसका लक्षणहरुको सही अध्ययन र अनुसन्धान हो । सही तवरले रोगको पहिचान भएपछि के औषधि खाने वा कुन उपचार पद्दतिले रोक निको पार्ने ? त्यो टुङ्गा लाग्नु सहज हुने स्पष्ट छ । तसर्थ, नेपालमा लागु औषधको गलत प्रयोग किन र के कारणले बढिरहेको छ ? यो गम्भीर खोजीको विषय हो । कुनै पनि समस्याको जरोसम्म अध्ययन गरेर त्यसको निधानका बारे सही निर्णय गर्न सकिन्छ । यसर्थ, नेपालमा लागु औषध प्रयोगकर्ताको जुन विकराल समस्या विकास हुँदै गएको छ, त्यसले भोलि मुलुकलाई गम्भीर क्षति पु¥याउने निश्चित छ । जबसम्म मुलुकले लागु औषधको दुरुपयोगलाई सामाजिक समस्याका रुपमा बुझेर यसको निराकरणका लागि पनि तयार नभएसम्म हुनेवाला केही छैन । लागु औषधको दुरुपयोगबाट हुने क्षति र नोक्सानीका बारे राज्यले आम रुपमा जनस्तरसम्म सचेतना जगाउन आवश्यक छ । लागु औषध दुरुपयोगका बारे राज्यले जनचेतनामूलक कार्यक्रमका माध्यमबाट अघि बढेमात्रै यो समस्यालाई न्यूनीकरण गर्न सकिन्छ । राज्य र समाजका सबै निकाय र सरोकारवाला पक्षले साझेदारीमा यो समस्याको निकासका लागि कार्य गर्न जरुरी छ ।
अर्कोकुरो, लागु औषधको दुरुपयोग बढ्नुमा यसको ओसारपसारले पनि महत्वपूर्ण भूमिका खेल्दछ । तसर्थ, यस्ता गैरकानुनी र प्रणघातक लागु औषध ओसारपसारका कार्यलाई कानुनी कडाईका माध्यमबाट नियन्त्रण गर्न आवश्यक छ । यसका लािग राज्यका सुरक्षा निकायहरुले समेत गम्भीर चासोका साथ सुधार गर्न जरुरी छ ।