हाईड्रो हाउस:

दक्षिणी इलामको दानाबारीमा निमार्णाधीन सानिमा माई हाईड्रपावर लिमिटेडको विद्युत उत्पादन गृह । यो हाईड्रपावर निर्माण सम्पन्न भएपछि २२ मेगावाट क्षमताको विद्युत उत्पादन हुनेछ । तस्विर : राम योङ्हाङ ।

12

‘पहिचान विरोधी संविधान बनिए द्वन्द्व चर्कने’

बिर्तामोड/दुई तिहाई बहुमत भन्दै पेलेर पहिचान विरोधी संविधान वनाए माघ ८ पछि नेपालमा नयाँ किसिमको द्वन्द्व निम्तने पहिचानवादीहरुले चेतावनी दिएका छन् । २० औँ विश्व आदिवासी दिवसको सन्दर्भ पारेर नेपाल आदिवासी पत्रकार संघ झापाले बिर्तामोडमा बुधवार आयोजना गरेको संघीयतामा आदिवासी जनजातिको पहिचानको मुद्दा विषयक कार्यक्रममा बोल्दै पहिचानवादीहरुले यस्तो चेतावनी दिएका हुन् । अहिलेको संविधान सभाबाट आदिवासी जनजातिका मुद्दा समेटिने संकेत नदेखिएको भन्दै उनीहरुले अन्तरिम संविधानको धारा १३८ को १ को क अनुसार राज्य...

तीन वर्षमा ५८ मुद्दा फस्र्यौट

दमक/इलाका प्रहरी कार्यालय दमकले अघिल्लो ३ बर्षमा ६१ वटा सवारी ज्यान सम्बन्धी मुद्दा दर्ता गरेको छ । ती मध्ये ५८ वटा मुद्दाहरु फस्र्यौट भएका छन् । आर्थिक वर्ष २०६८÷६९ देखि ०७०÷०७१ सम्ममा ती मुद्दाहरु आएका थिए । सो अवधिमा ६१ जनाको सबारी दुर्घटनामा परि मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ । २०६८÷६९ मा २० मध्ये १८ वटा, ०६९÷७० मा २८ मध्ये २७, ०७०÷७१ मा १३ मध्ये १३ वटा मुद्दाहरु फस्र्यौट भएको कार्यालयका प्रमुख डिएसपी रबीकुमार पौडेलले जानकारी दिए ...

महारानीमा प्रशोधन केन्द्र बन्दै

गौरादह/झापाको महारानीझोडामा पूर्वाञ्चलकै सवैभन्दा ठुलो विउविजन प्रशोधन तथा प्याकेजीङ केन्द्र बनाउन थालिएको छ  । नेपाल सरकार र स्थानीयबासीहरुको करिव दुई करोड रुपैयाँको संयुक्त लगानीमा केन्द्र बनाउन थालिएको हो । महारानीझोडास्थित साना किसान कृषि सहकारी संस्थाले विउविजन तथा प्रशोधन केन्द्रको निर्माण थालिएको संस्थाकी अध्यक्ष मीना ढकालले बताइन् । सो केन्द्र महिलाहरुले मात्र सञ्चालन गरेका हुन् । सो केन्द्र बनाउन संस्थाको २० लाख र सरकारको एक करोड ६० लाख रुपैयाँ लगानी रहेको उनले जानकारी दिईन् । महारानीझोडा गाविस वडा नम्बर ५ मा संस्थाले सो केन्द्र...

वनका अध्यक्षमाथि अख्तियारको मुद्दा

उर्लाबारी /सामुदायिक वनको रकम हिनामिना गरेको अभियोगमा एक पदाधिकारीमाथि अख्तियारले बुधबार विशेष अदालतमा मुद्दा दायर गरेको छ ।वनको कमाई हिनामिना गरेको अभियोगमा मोरङको पार्टी गाविस–७ स्थित समला उपभोक्ता समूहका अध्यक्ष फारस कुमार विश्वकर्मा र सचिव असलमाया मगरविरूद्ध अख्तियारले मुद्दा दायर गरेको हो ।उनीहरूले आ.व. ०६९÷७० मा समूहको काठ लिलाम गरे भएको २० लाख ६ हजार ५ सय ९६ रूपैयाँ हिनामिना गरेको अभियोग अख्तियारले लगाएको छ । उनीहरूविरूद्द भ्रष्टाचार निवारण ऐन, ०५९ को दफा १७ द्वारा परिभाषित कसुर गरेको पुष्टि हुने भएकाले कडा सजाय दिन अख्तियारले विशेषसँग...

नहरमा डुवेर मृत्यु हुने संख्या बढ्यो

दमक/उचित सुरक्षाको ब्यवस्था हुन नसक्दा झापाको कन्काई सिँचाई अन्तर्गत माईधार दक्षिणतर्फ सञ्चालित नहरमा जोखिम बढ्दो छ ।  बर्षायामको अवधिमा ती नहर क्षेत्रमा अकालमा नै डुवेर मृत्यु हुने क्रम बढेको पाईएको छ । सिँचाईको लागि सञ्चालित नहरलाई घेरावारा वा अन्य सुरक्षा ब्यवस्थामा सरोकारवालाले गम्भिर ध्यान नदिँदा स्थानियहरु बर्षौँ देखि यस्तो जोखिम भोग्न बाध्य भएका छन् ।प्रहरीका अनुसार साउन महिना यता कन्काई नहरमा डुवेर मर्नेहरुको संख्या ५ पुगेको छ ।इलाका प्रहरी कार्यालय झिलझिलेका अनुसार आज बुधबार घरवाट बिद्यालय हिडेका एक किशोर बिद्यालय नपुग्दै नहरमा...

शैक्षिक वृद्धिमा लाग्न अनुरोध

दमक/नेपाली कांग्रेस निकट नेपाल बिद्यार्थी संघले सिटीइभीटीको सम्वन्धन प्राप्त शैक्षिक संस्थाहरुले दिने शैक्षिक गुणस्तर वृद्धिमा ध्यान दिन आग्रह गरेको छ । बुधवार संघका झापा जिल्ला सभापति रोशन बिष्टद्वारा जारी बिज्ञिप्तमा जिल्ला भित्र अध्यापन गराइरहेका शैक्षिक संस्थाहरुले बिद्यार्थीहरुको अध्यायनलाई खस्किन नदिन आग्रह गरेको हो ।  शैक्षिक संस्थाहरुले प्रयोगात्मक र सैद्धान्तिक बिषयको सिकाईमा बिशेष ध्यान दिई  शैक्षिक बृद्धि गर्न संघले  अपिल गरेको छ । बिद्यार्थीहरुको  शैक्षिक उन्नतिका लागि अभिभावकहरुलाई समेत आफनो छोरा छोरीले पढे नपढेको ...

युनाइटेड स्पोर्टिङ क्लव दमक बिजयी

दमक/दमक १२ को सुकुम्वासी टोल छेउको खेल मैदानमा जारी  दमक फुटवल लिग २०७१ को बुधवार भएको खेलमा युनाइटेड स्पोर्टिङ क्लव दमक बिजयी भएको छ । खेलमा ब्रायनमुनीक फुटवल क्लव दमक १२ लाई  १–० गोल अन्तरले हराउँदै  युनाइटेड  बिजयी भएको हो । खेलमा युनाइटेडका  खेलाडी अतित बान्तवाले  गरेको  गोल नै निर्णायक भएको थियो । शुक्रबार हुने खेलमा न्यु थट फुटवल क्लव र न्यु ब्वाइज फुटवल क्लव दमक १२ बीच हुने  आयोजक  दमक युनाइटेड स्पोर्टिङ क्लव दमकका सदस्य ललित मगरले बताए ...

सुर्यदर्शन फुटवल लखनपुरमा आज

लखनपुर/झापाको लखनपुरमा आज बिहिवारदेखि दुई दिवसीय तेस्रो सुर्यदर्शन अन्तर सदस्य फुटबल प्रतियोगिता शुरु हुँदैछ । सुर्यदर्शन सहकारी संस्था दमकको आयोजनामा १५ वटा बस्तुगत संघहरु बीच फुटबल प्रतियोगीता हुने भएको हो । आज बिहान ६ बजेबाट  लखनपुर–१ स्थित आदिवासी रंगशालामा हुने खेलमा होटल व्यवसायी, हार्डवेयर, प्रेस, रेडिमेट, जुत्ता चप्पल, सुनचाँदी लगायतका संघको टोली बीच ष्पर्धा गर्दैछन् ।  प्रतियोगीताको फाइनल खेल शुक्रवार हुने सहकारी संस्थाका अध्यक्ष टिकाराज सापकोटाले जानकारी दिए । बिजेताले ३०...

क्याम्ब्रिजद्वारा विदाई

दमक/क्याम्व्रिज इन्ष्टिच्यूट अफ टेक्नोलोजीबाट भारतको बेङलोर लगायतका प्रतिष्ठीत शैक्षिक संस्थाहरुमा उच्च शिक्षा अध्ययनका लागि जाने विद्यार्थीहरुलाई विदाई गरेको छ  ।  मंगलबार एक कार्यक्रम गरि ती विद्यार्थीहरुलाई उच्च शिक्षाको सफलताको कामना गर्दै विदाई गरिएको हो । यो वर्ष मात्र क्याम्व्रिजले १ सय ५० बढी बिद्यार्थीहरु अध्ययनका लागि त्यस तर्फ गएका क्याम्व्रिजका ब्यवस्थापक शिशीर सिम्खडाले जानकारी दिए । क्याम्ब्रिजले ती क्षेत्रका प्रतिष्ठीत शैक्षिक प्रतिष्ठानहरुमा उच्च शिक्षा अध्ययनका लागि...

मोदीको दिक्षा र भिक्षा

टंक पाठक नेपाल भारतको सम्बन्ध हाम्रो कला, धर्म, संस्कृति, परम्पराले गर्दा धेरै कुरामा मेल छ । नेपालले भारतका र भारतले नेपालका नागरिकसँग वैवाहिक सम्बन्ध समेत गाँस्दै आएका छन् । अरु देशभन्दा सबै सीमा खुल्ला भएको नेपाल भारत नै हो । नेपालीहरूको हाट बजार पनि भारत नै हो । गाँस, बास, कपासको सम्बन्ध पनि भारतसँगै छ । भारतीय नेपाल आउन र नेपाली भारत जान कुनै पासपोर्ट र भिसा चाहिँदैन । त्यसैले परम्परादेखि नै विशिष्ट सम्बन्ध भएको मानिन्छ । यही सम्बन्धलाई मानेर होला यस देशमा परम्परादेखि या राजा महाराजादेखि...

गुण्डाराजको सुनौलो युग – सम्पादकीय

देशभर सुनकोशीको पहिरो र त्यसले उत्पन्न गरेको जोखिमका विषयमा चर्चा चलिरहेका बेला नामुद गुण्डा दिनेश अधिकारी ‘चरी’ मारिएको खबरले सनसनी मच्चिएको छ । बुधबार काठमाडांैको गोलढुङ्गामा ‘चरी’ लाई प्रहरीको गोलीले निशाना बनाएको खबर यतिबेला हटकेक बनेको त छ नै । घटनाका विषयमा अनेकन किसिमका चर्चा परिचर्चा समेत हुन थालेका छन् । चरीलाई समात्नका लागि खटिएको प्रहरी टोलीमाथि चरीले गोली हानेपछि जवाफी कार्बाहीमा उनको मृत्यु भएको प्रहरी स्रोतले जिकिर गरेको यतिबेलाको ताजा जानकारी हो । सिन्धुपालचोकको जुरेमा गएको पहिरोका कारण निम्तिएको बिपत कसरी व्यवस्थापन गर्ने ? राज्यका...