
पिपुल्स टाइम्स समाचारकाठमाडौं/ राजनीतिक गतिरोध लम्बिँदै गएका बेला रामवरण यादवले दलहरूबीच सहमति नहुने हो भने आफू चुप लागेर नबस्ने बताएका छन् । नेपालको अन्तरिम संविधानको भावना अनुरुप राजनीतिक दलहरूको सहमतिबाटै सरकार, बजेट, निर्वाचन, त्यसको प्रक्रिया एवम् संवैधानिक नियुक्ति जस्ता विषयमा छिटो निर्णयमा पुग्न समेत राष्ट्रपति यादवले आग्रह गरे ।
नेपाल चेम्बर अफ कमर्सको स्थापना दिवस–२०६९ को अवसरमा शनिबार राजधानीमा आयोजित कार्यक्रममा बोल्दै राष्ट्रपतिले राष्ट्राध्यक्ष र सर्वसाधारण किसानसम्म सबैलाई राजनीतिक...