अझै सहज भएन ग्याँस

दमक/ झण्डै २ महिनादेखि अभाव शुरु भएको खाना पकाउने ग्याँसको आपूर्ति अझै सहज हुन सकेको छैन ।
आयल निगम मार्फत पर्याप्त मात्रामा ग्याँस उपलब्ध नगराउँदा बजारको अभाव नहटेको बिक्रेताहरुले बताएका छन् । दमकमा रहेको बिभिन्न ग्याँसका ३० ओटा भन्दा बढी ग्याँस डिलरहरुले आफ्ना नियमित ग्राहकलाई समेत ग्याँस उपलब्ध गराउन नसकिएको जनाएका छन् । ग्याँस बिक्रेता महासंघ क्षेत्रीय समितिका सचिव महेन्द्र खड्काका अनुसार दमकमा मात्र दैनिक २ सय भन्दा बढी सिलिण्डर ग्याँसको माग हुने गरेको छ । तर डेढ महिनादेखि मागको २५ प्रतिशत मात्र आपूर्ति हुन सकेको उनले बताए । आपतकालिन अवस्थाका लागि केहि सिलिण्डर ग्याँस भण्डार आवश्यक रहे पनि सो समेत जगेडा गर्न नसकिएको उनले बताए ।
बुधबार साँझ दमक–१३ स्थित सौरभ सप्लायर्समा ग्याँस लिन लागेको उपभोक्ताको भीड ।

महासंघका केन्द्रीय पार्षद लखनपुरका ग्याँस व्यवसायी राजु न्यौपानेले लामो समय देखिको अभावका कारण गाउँमा हुने अत्यावश्यकीय
कार्यमा समेत ग्याँस उपलब्ध गराउन नसकिएको दुखेसो गरे ।
२ दिन यता बिभिन्न कम्पनीका १ हजार सिलिण्डल ग्याँस दमकमा उपलब्ध भएको जनाइएको छ । महासंघका क्षेत्रीय समितिका अध्यक्ष गंगा सिटौलाले ति ग्याँसका सिलिण्डर भण्डार कक्षसम्म पु¥याउन नपाई हात–हातै उपभोक्तालाई उपलब्ध गराइएको बताए । दमकमा रहेको नियमित माग बारे कम्पनीहरुलाई जानकारी गराइएको र उनीहरुले केहि दिन भित्रमा नैं  माग अनुसार ग्याँस उपलब्ध गराउने आश्वासन दिएको उनले जानकारी दिए ।

0 प्रतिकृया:

Post a Comment