हाईड्रो हाउस:

दक्षिणी इलामको दानाबारीमा निमार्णाधीन सानिमा माई हाईड्रपावर लिमिटेडको विद्युत उत्पादन गृह । यो हाईड्रपावर निर्माण सम्पन्न भएपछि २२ मेगावाट क्षमताको विद्युत उत्पादन हुनेछ । तस्विर : राम योङ्हाङ ।

हाईड्रो हाउस:

दक्षिणी इलामको दानाबारीमा निमार्णाधीन सानिमा माई हाईड्रपावर लिमिटेडको विद्युत उत्पादन गृह । यो हाईड्रपावर निर्माण सम्पन्न भएपछि २२ मेगावाट क्षमताको विद्युत उत्पादन हुनेछ । तस्वि

Showing posts with label प्रेरक व्यक्तित्व. Show all posts
Showing posts with label प्रेरक व्यक्तित्व. Show all posts

फेसबुक(Facebook)का रोचक तथ्यहरु

Mark Zuckerberg

फेसबुकका को–फाउण्डर मार्क जुकरवर्गको १४ मे मा ३१ औँ जन्मदिनसँगै फेसबुकले पनि आफ्नो ११ औँ वर्ष पार गरेको छ । पछिल्लो एक दशकमा फेसबुकले इन्टरनेटको दुनियाँमा आफ्नो नाम अग्रस्थानमा राखिसकेको छ । यसैको अवसरमा फेसबुकसँग जोडिएका केही रोचक तथ्यहरु यहाँ प्रस्तुत गरिएको छ ।


फेसबुकको रंग नीलो हुनुको कारण :
फेसबुकको रंग निलो हुनुको पछाडि मार्क जुकरवर्गको कलर व्लाइन्डनेसको समस्या हावी छ । ‘न्युयोर्कर’ लाई दिएको एक अन्तरवार्तामा आफुले हरियो र रातो रंग नदेख्ने हुनाले उनलाई नीलो रंग सबैभन्दा सहज लाग्ने मार्कले बताएका छन् । फेसबुक सुरुदेखि नै एकै रंगमा छ । मार्क यसलाई जतिसक्दो सादा बनाउन चाहन्थे । यसै कारणले उनले फेसबुकमा पनि नीलो रंग राखेको बताइएको छ ।

आइसल्याण्डको संविधान फेसबुकको सहयोगमा लेखिएको :
सन् १९४४ मा डेनमार्कबाट अलग्गिएपछि पनि आइसल्याण्डले आफ्नो संविधान नबनाई डेनमार्ककै संविधान मानिरहेको थियो । सन् २०११ मा भने आइसल्याण्डले आफ्नो संविधान लेख्ने निर्णय गर्यो । यसका लागि आइसल्याण्डले २५ जनाको परिषद् गठन गर्यो र उनीहरुले फेसबुकको सहारा लिएर मानिसहरुको सुझाव मागे ।
यो परिषद्ले संविधानको दस्तावेज नै फेसबुकमा पोष्ट गरिदियो । यो दस्तावेजमा मानिसहरुले आफ्नो विचार र सुझाव व्यक्त गरे र यसैको आधारमा आइसल्याण्डको संविधान लेखियो जसलाई फेसबुकमा पोष्ट पनि गरिएको थियो ।

सम्बन्ध विच्छेदको सबैभन्दा साझा कारण :
सन् २०११ मा सम्बन्धविच्छेद अनलाइनको तथ्यांकको अनुसार, अमेरिकामा दर्ता भएका सम्बन्ध विच्छेद गर्ने सम्पूर्णको एकतिहाइ कारण कुनै न कुनैरुपमा फेसबुक रहेको थियो । सम्बन्धविच्छेद अनलाइनका अनुसार यसकुराको प्रमाणका रुपमा मानिसहरुले आफ्नो जीवनसाथीको च्याट सन्देशहरु, नराम्रा कमेन्टहरु र फेसबुकका साथीहरुको नामावली पेश गरेका थिए । सामाजिक संजालले सम्बन्धमा परिवर्तन ल्याएको पाइएको छ ।

८३ प्रतिशत यौनकर्मीहरुको फ्यान पेज छ फेसबुकमाः
फेसबुकमा ८३ प्रतिशत यौनकर्मीहरुको फ्यान पेज रहको छ । यो कुरा कोलम्बिया विश्वविद्यालयका एक अनुसन्धानकर्ता सुधीर वेंकटेशनले अगाडि राखेका थिए । सुधीरको अनुुसन्धानका अनुसार पहिले यी यौनकर्मीहरुले आफैँले क्रेगलिस्ट वेबसाइटमा वयष्क सेवा अन्तर्गत आफ्नो विवरण राखेका थिए, पछि तिनै यौनकर्मीहरु फेसबुकमा आफ्नो फ्यान पेज खोल्न तर्फ लागेका हुन् ।

मार्क जुकरवर्गको पेजको सर्टकर्टः
फेसबुकमा मार्क जुकरवर्गको पेज हेर्नका लागि एक खास सर्टकर्ट रहेको छ । फेसबुकको यूआरएलको पछाडि अंक ४ लेखियो भने ब्राउजरमा सिधै जुकरवर्गको पेज खुल्छ । उनको पेजका लागि www.facebook.com/4 लेख्नुपर्ने हुन्छ । त्यस्तै यूआरएलको पछाडि ५ र ६ अंक लेख्दा क्रमशः क्रिस हग्स र डस्टिन मोस्कोविट्जको पेजसम्म पुगिन्छ । यिनीहरु फेसबुकका सह–संस्थापक हुन् ।

फेसबुकद्वारा ह्याकरहरुलाई इनामः
फेसबुकद्वारा ह्याकरहरुलाई इनाम दिने गरिएको छ । हरेक व्यक्ति जसले फेसबुक ह्याक गर्न सक्छ, उसलाई ५ सय अमेरिकी डलर इनाम सरह प्रदान गरिन्छ । यति मात्र नभई कसैले फेसबुकको कुनै गल्ती पत्ता लगाएमा पनि यो इनामको हकदार हुन सकिन्छ । तर यो नियममा फेसबुकका शर्तहरु पनि लागू हुन्छ । यस अन्तर्गत ह्याकरले आफ्नो परिचय नदिई फेसबुकलाई आफ्नो गल्ती सुधार्ने २४ घण्टाको समय दिनुपर्ने हुन्छ ।

फेसबुकमा अनफ्रेन्ड गर्दा हत्याः
फेसबुकको कारणबाट अपराध पनि भएको छ । यसको प्रमाण हो अमेरिकाको टेननेसीमा भएको हत्याकाण्ड । जेनेले पोर्टन नामकी एक महिलालाई बिली क्ले पेनी र बिली जिन हेवर्थ दम्पतीले फेसबुकबाट अनफ्रेन्ड गर्दा जेनेले पोर्टनका पिता आक्रोशमा आएर ती दम्पतीको हत्या गरेका थिए ।

धनी महिला सञ्चारकर्मी ओप्राह विन्फ्रे - प्रेरक व्यक्तित्व

ओप्राह विन्फ्रे २९ जनवरी, १९५४ मा संयुक्त राज्य अमेरिकाको  मिसिसिपी राज्यको कोसिस्कोमा जन्मेकी थिइन् । यिनी अमेरिकी टेलिभिजन कार्यक्रम प्रस्तोता, अभिनेत्री र व्यवसायी हुन् । उनको “टक शो” अमेरिकी युवा पुस्ता माझ सबैभन्दा चर्चित कार्यक्रम हो । अहिले  उनी अमेरिकाको  मात्र नभई संसारकै सबैभन्दा धनी महिलाको सूचिमा पर्दछिन् ।
Oprah Winfrey

६ वर्षको हुँदा उनी मिलवउकी, विस्कन्सिनमा आफ्नो आमासँग बस्नको लागि गएकी थिइन् । यसैगरी बाह्र÷तेह्र वर्षकी हुँदा उनी  आफ्ना बुबासँग बस्न टेनेसी गइन् । बुबाको प्रभाव उनको जीवनमा अत्यन्त धेरै छ ।
१९ वर्षको हुँदा विन्फ्रे स्थानीय सीबिएस टिभी  स्टेशनमा समाचार वाचिका भएकी थिइन् । त्यसको एक वर्षपछि टेनेसी  स्टेट युनिभर्सिटीबाट स्नातक गरेपछि उनी मेरिल्याण्ड बाल्टीमोरको एबीसी न्यूज च्यानलमा संवाददाता र सह–उद्घोषक भइन् । त्यसपछि सन् १९७७ मा उनी “पिपुल आर टकिङ” नामको मर्निङ शो मा सहप्रस्तोता भइन् ।
१९८४ मा उनी सिकागो गइन् र “ए एम सिकागो” भन्ने टक शो चलाउन थालिन् । उनको लगन, मेहनत र इमान्दारिताले कार्यक्रम अत्यन्त सफल बन्यो । त्यसैले १९८५ मा यो कार्यक्रमलाई “द ओप्राह विन्फ्रे शो” भन्ने नयाँ नाम दिइयो । उक्त कार्यक्रम अमेरिकाकै सबैभन्दा चर्चित टिभी टक शो भएपछि उनको चर्चा मात्र भएन, उनले अनेकौँ इम्मी अवार्ड  पनि पाइन् । १९९५ मा विन्फ्रेले अलाइस वाकरद्वारा १९८२ मा लिखित “द कलर पर्पल” उपन्यासमा बनेको फिल्ममा काम गरिन् । यसमा गरेको तारिफ योग्य अभिनयको कारण उनले त्यसपछि “द वुमेन अफ ब्रिउस्टार प्लेस” टिभी प्रस्तुति प्रशारण भयो । विन्फ्रेले त्यसपछि आफ्नै टिभी कार्यक्रम उत्पादक होर्पो कम्पनी नामको कम्पनी चलाइन् । कोनी मे फउलरको “बिफोर वुमेन ह्याड् विङ्ग्स्” १९९७ मा दर्शकमाझ आएपछि विन्फ्रेको चर्चा अभिनेत्री र निर्माताको रुपमा हुन थाल्यो । टोनी मोरिसनको चर्चित कृति  “विलभ्ड” मा आधारित चलचित्र १९९८ मा प्रदर्शित भएपछि त विन्फ्रेले आफूलाई सक्षम र अत्यन्त चर्चित अभिनेत्री भएको प्रमाणित गरिन् ।
सन् १९९८ मा विन्फ्रेले आफ्नो अक्सिजन मिडिया नामको अर्को संस्था पनि सञ्चालन गरेर महिलाको लागि केवल टिभी नेटवर्क सञ्चालन गरिन् ।
हाल विन्फ्रे अनेकौँ मानवीय कार्यमा व्यस्त छिन् ।  उनको ओप्राह एन्जेल नेटवर्कले यस्तै कार्य गर्छ र दीन–दुःखीको लागि सहयोग पनि गर्छ । सन् २००७ मा उनले दक्षिण अफ्रिकाका बेसहारा केटीहरुका लागि स्कूल खोलिन् । उनी बाल दुव्र्यवहार र महिला अधिकार सम्बन्धी आवाज बुलन्द पार्ने नारी  भएकोले  उनले अनेकौँ अवार्ड र प्रशंसा पत्रहरु पाइसकेकी छिन् ।
१९९६ मा उनले बुक क्लब भनेर हप्तामा दुईदेखि चारवटा किताबहरुको चर्चा गर्ने टिभी कार्यक्रम पनि सञ्चालन गरिन् । छनोट गरिएका हरेक पुस्तकहरु बेस्ट सेलर भएपछि उने पुस्तक प्रकाशकहरुबाट पनि अत्यन्त सम्मान र सहृदयता पाइन् । त्यसपछि उनले प्रकाशनको काम पनि गर्न थालिन् । सन् २००० मा उनले “ओ, द ओप्राह म्यागेजिन” र २००४ मा “ओ एट होम” पनि प्रकाशित गरिन् । सन् २००६ देखि आफ्ना साथीहरुसँग मिलेर स्याटेलाइट रेडियो पनि उनले चलाइरहेकी छिन् । उनी  संसारकै धनी महिलाहरुमध्ये एक हुन् । आज उनीसँग नाम र दाम दुवै सञ्चारमै लागेर उपलब्ध छ ।