हाईड्रो हाउस:

दक्षिणी इलामको दानाबारीमा निमार्णाधीन सानिमा माई हाईड्रपावर लिमिटेडको विद्युत उत्पादन गृह । यो हाईड्रपावर निर्माण सम्पन्न भएपछि २२ मेगावाट क्षमताको विद्युत उत्पादन हुनेछ । तस्विर : राम योङ्हाङ ।

12

पहिलो डिभिजनका ७ सय ३० लडाकुको बिदाई - मुख्य समाचार

शान्ति प्रकि्रयाको नयाँ अध्याय पिपुल्स टाइम्स समाचार केर्खा,माघ २९ गते २०६८/ पाँच वर्ष अघि सुरु भएको शान्ति प्रकि्रयाका मुख्य मानिएका चरणहरुमध्ये माओवादी लडाकुहरुको शिविरबाट बिदाई गर्ने कार्यक्रम सुरु भएको छ । पुनर्वर्गीकरणमा सामेल भइ स्वेच्छिक अवकाश रोजेका लडाकुहरुलाई बिदाई गर्ने क्रम चुलाचुलीस्थित जनमुक्ति सेनाको प्रथम डिभिजनबाट सुरु भएको हो । प्रथम डिभिजन मातहत स्वेच्छिक अवकाश लिएका जनमुक्ति सेनाहरुलाई शनिबार बिदाई गरिएको छ । बिगत ५ वर्षयता पहिलो डिभिजन मातहतका बिप्लप-सिर्जन स्मृति बि्रगेड इलाम चिन्ताङ-सुखानी स्मृति बि्रगेड रत्न-शकुन्तल...

फागुन ४ सम्मको अल्टिमेटम - उपमुख्य समाचार

स्वेच्छिक अवकास रोजेका माओवादी सेनाको पहिलो डिभिजनका लडाकुहरुले आगामी फागुन-४ गते सम्ममा चेक अनुसारको सवै रकम फिर्ता नदिए स्सशक्तू आन्दोलन गर्ने चेतावनी दिएका छन् । शनिबार दमकमा पत्रकार सम्मेलन गर्दै उनीहरुले पहिलो डिभिजन अन्तर्गतका ३ सय भन्दा बढि लडाकुको रकम डिभिजनले लगेको बताए । जनमुक्ति सेना प्रथम डिभिजन संघर्ष समितिका सायोकज पूर्णबहादुर लिम्बूले लडाकुको भागमा २५ हजार रुपैयाँ छोडेर बाँकि सबै रकम डिभिजनलेनै लगेकेा दाबी गरे । संघर्ष समितिका सहसंयोजक रामकुमार लिम्बूले स्जनयुद्धका योद्धाूहरुको त्यागलाई पैसासँग साटिएको र त्यसको सम्मानका...

मैना खातामा राज्यमन्त्री

लखनपुर,माघ २९ गते २०६८/ केही दिनयता रहेका गृहराज्य मन्त्री भीमराज राजवंशीले शनिबार लखनपुरको मैना खाताका बासिन्दाहरुसँग भेटघाट गरेका छन् । स्थानीयहरुले उनीसँग स्थानीय समस्या र विकास निर्माणका योजनाहरुबारे छलफल गरेका थिए । सो अवसरमा राज्यमन्त्री राजवंशीले आपसी मतभेद्लाई त्यागेर सबै मिली राष्ट्र बनाउनुको विकल्प नभएको बताए । सो पछि आयोजित पत्रकार भेटघाटमा राज्यमन्त्री राजवंशीले माओवादी भित्र अहिले देखिएको विवाद आन्तरिक रणनीति मात्रै भएको दाबी गरे । मधेसी जनअधिकार फोरम स्लोकतान्त्रिकू बाट राज्यमन्त्री बनेका राजवंशीले राज्य पुनस्रंरचना र शासकीय...

वुद्ध टोलको नयाँ नेतृत्व

दमक, माघ २९ गते २०६८/ दमक-१४ स्थित बुद्ध टोल विकास संस्थाको तेस्रो साधारण सभाले पुनः रणबहादुर बराइलीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । साधारणसभाका प्रमुख अतिथि टोल विकास साजालका अध्यक्ष पदमप्रसाद कोइराला मन्तव्य राख्दै । सरस्वती उच्च मा।वि।sाे सभाकक्षमा भएको सभाले उपाध्यक्षमा गंगा तामाङ सचिवमा भेषराज ओझा सहसचिवमा अस्मिता तामाङ र कोषाध्यक्षमा रुपामाया राई सर्वसम्मत चयन गरेको हो । संस्थाको साधारण सभा उद्घाटन कार्यक्रमका वक्ताहरुले टोल विकास संस्थाहरुले स्थानीय निकाय जनप्रतिनिधिविहीन...

युवकको रहस्यमय मृत्यु

दमक, माघ २९/  अचेत अवस्थामा भेटिएका दमक-१० का एक युवकको उपचारको क्रममा शनिबार मृत्यु भएको छ । दमक-१० को पाथीभरा चलचित्र मन्दिर छेउमा अचेत अवस्थामा भेटिएका दमक-१० का २३ वर्षीय विश्वराज दाहालको दमकस्थित आम्दा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ । उनको शव पोष्टमार्टमका लागि मेची अाचल अस्पताल भद्रपुर लगिएको प्रहरीले जनाएको छ । घटना बारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । यसैबीच मृतकका आफन्तहरुले उनको सुनियोजित हत्या भएको आशंका गर्दै छानबिनको माग गरेका छन्...

भोलेन्टियस्र पुनर्गठन

बिर्तामोड, माघ २९/ झापामा माच सम्बद्ध संघीय लिम्बूवान राज्य परिषद्को युवा संगठन लिम्बूवान भोलेण्टियस्र पुनर्गठन गरिएको छ । शनिबार जिल्ला पार्टी कार्यालयमा भएको कार्यक्रमले भोलेण्टियस्र पुनर्गठन गरेको हो । भोलेण्टियस्रको जिल्ला ईन्चार्जमा मोहन बेघा चयन भएका छन् । यस्तै सह-इन्चार्जद्वयमा अमित खम्बू र असिम थेवे रहेका छन् । यस्तै क्षेत्र नम्बर-१ मा ईन्चार्ज राजीमान लिम्बू २ मा सुजित राई ३ मा राजेन्द्र लिम्बू ४ मा एकराज खवास ५ मा भरत संग्रौला ६ मा अनुप लिम्बू र ७ मा देउकुमार राई इन्चार्जमा चुनिएका छन् । यस्तै दमक फिल्ड कमाण्डरको जिम्मा अर्जुन...

विभिन्न ठाउँमा कांग्रेसको प्रशिक्षण

गौरादह, माघ २९/ नेपाली कांग्रेसले झापाको बैगुनधुरामा शनिबार गाउँ सम्मेलन तथा प्रशिक्षण सम्पन्न गरेको छ । पार्टीका गाउँ सभापति नगेन्द्रकुमार बस्नेतको सभापतित्वमा भएको कार्यक्रममा पार्टीका प्रशिक्षण प्रतिष्ठानका सदस्य सीताराम भट्टराई प्रमुख अतिथि रहेका थिए । महासमिति सदस्य रोहितकुमार शाह बिशिष्ट अतिथि रहेको कार्यक्रममा वर्तमान राजनीति कांग्रेसको भूमिका लगायका बारेमा गाउँ परिशिक्षक रामकुमार ढुंगाना र पार्टीको जिल्ला प्रशिक्षण बिभागका सह-संयोजक यादवराज सेडाईले प्रशिक्षण दिएका थिए । त्यसैगरी लखनपुरको वाणि उच्च मा।विमा समेत गाउँस्तरीय प्रशिक्षण...

शिक्षक संघको नयाँ नेतृत्व

धुलाबारी, माघ २९/ झापा क्षेत्र नम्बर-१ मा नेपाल शिक्षक संघको नयाँ नेतृत्व चयन भएको छ । शनिबार मेचीनगरमा भएको अधिवेशनले रमेशकुमार दाहालको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको हो । समितिको उपाध्यक्षद्वयमा रमेश निरौला र ईन्दू पनेरु सचिव भोजराज कार्की सह-सचिव फणिन्द्रकुमारी पौड्याल र कोषाध्यक्षमा होमनाथ सुवेदी चयन भएका छन् । संघका राष्ट्रिय समितिका सदस्य सरस्वती सिटौलाको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा संघका जिल्ला सचिव प्रकाश भण्डारी विशिष्ट अतिथी रहेका थिए । कार्यक्रममा संघका बाहुनडाँगी अध्यक्ष चन्द्रशेखर गुरागाँई शान्तिनगर अध्यक्ष गीता...

दुधे बजारमा पद विभाजन

दुधे, माघ २९/ दुधे बजार विकास समितिको पद विभाजन गरिएको छ । गत माघ २१ गते भएको भेलाबाट सर्वसम्मत निर्वाचित समितिका अध्यक्ष शिवकुमार याङ्याको अध्यक्षतामा भएको बैठकले विभिन्न पदहरुमा निर्वाचित सदस्यहरुबाट पद विभाजन गरेको हो । जस अनुसार महासचिवमा इन्द्रदेव पाठक उपाध्यक्षमा ज्ञानेन्द्र तुम्बाफो सचिवमा पशुपति र कोषाध्यक्षमा दुर्गाप्रसाद भट्टराई रहेका छन् । यसैबीच समितिले शनिबारदेखि दुधे बजारलाई व्यवस्थित बनाउन पहल थालेको छ । सडक क्षेत्रमा अव्यवस्थित रुपले रहेका पसलहरुलाई व्यवस्थित ठाउँमा स्थानान्तरण गर्नेक्रम सुरु गरेको हो । समितिले ट्याक्सी...

भित्ते पत्रिका तालिम सम्पन्न

दमक, माघ २९/ सवाल नेपाल झापाको आयोजना तथा शान्ति कार्य समूह झापाको सहयोगमा दुई दिने भित्ते पत्रिका लेखन सम्बन्धी अनुशिक्षण कार्यक्रम शनिबार सम्पन्न भएको छ । दमक क्षेत्रका विभिन्न ५ सामुदायिक विद्यालयका २१ जना छात्र-छात्रा सहभागी कार्यक्रममा भित्तेपत्रिका तयारी गर्ने बारे सहजिकरण गरिएको आयोजक संस्थाका महासचिव भक्त श्रेष्ठले जानकारी दिए । कार्यक्रममा पत्रकार कमन देवानले सहजिकरण गरेका थिए...

महोत्सवमा ३ करोडको कारोबार

दमक, माघ २९/ झापाको दमकमा भएको आदिवासी जनजाति सांस्कृतीक महोत्सवमा करिब तीन करोड रुपैयाँ बराबरको आर्थिक कारोबार भएको छ । आदिवासी जनजाति महासंघ दमक नगर समन्वय परिषद्को मुख्य आयोजनामा गत माघ-१४ गतेदेखि शुरु महोत्सवमा बिभिन्न घरेलु उत्पादन हस्तकलाका सामान औद्योगीक बस्तु तथा मनोराजनका साधनमा सो बराबरको कारोबार भएको आयोजकको प्रारम्भिक अनुमान छ । आयोजक समितिका सचिव पदम जवेगुले महोत्सव अपेक्षाकृत रुपमा सफल भएको बताए । फोटा ः सम्मान ग्रहण गरेपछि सामूहिक तस्विर खिचाउँदै अगुवाहरु आयोजकका अनुसार महोत्सव...

दमक ११ मा कलश यात्रा

दमक, माघ २९/  धर्म संस्कृति र परम्पराको रक्षा गर्दै धार्मिक चेतना जगाउने उद्देश्यले झापाको दमक-१९ मा श्रीमत् भागवत् सप्ताह महापुराण तथा धान्यााचल महायज्ञ आयोजना गरिने भएको छ । स्थानीय हरेकृष्ण कीर्तन मण्डलीको आयोजनामा भोलि सोमबार बाट सुरु हुने पुराणको पूर्व सन्ध्यामा शनिबार बिहान सो स्थानमा कलश यात्रा आयोजना गरिएको छ । हालै निर्माण कार्य सम्पन्न भएको निलकण्ठेश्वर शिव पाचायन मन्दिरमा सम्पन्न हुने पुराणमा प्रतियोगितात्मक भजन कीर्तन दैनिक पूजा आरती चन्दा दाताहरुलाई सम्मान पुष्पााजली कथा महात्म्य तथा ज्ञान माचको कार्यक्रम सम्पन्न हुने...

ठक्करबाट घाइते

लखनपुर, माघ २९/पाडाजुङ्गी-गौरीगाज मार्ग अन्तर्गत लखनपुर-४ मा शनिबार साँझ भएको मोटरसाईकल दुर्घटनामा एकजना घाईते भएका छन् । को. २ प ७७७३ नम्बरको मोटरसाईकलको ठक्करबाट स्थानीय २० वर्षीय सागर भण्डारी घाईते भएको ईलाका प्रहरी कार्यालय दमकले जनाएको छ । मोटरसाईकल चालक भने फरार रहेको जनाईएको छ । घाइतेको दमकस्थित लाईफ लाईन अस्पतालमा उपचार भइरहको छ...

खसक्षेत्री आदिवासी ठहर

काठमाडौ, माघ २९/ खस क्षेत्री मुलुककै खास आदिवासी जाति भएको कार्यदलले ठहर गरेको छ । क्षेत्रीहरु आदिवासी जाति हुन् कि होइनन् भनेर अध्ययन गर्न सरकारले बनाएको कार्यदलले खस क्षेत्री मुलुककै खास आदिवासी जाति भएको ठहर गरेको हो । राजधानीमा शनिबार पत्रकार सम्मेलन मार्फत् क्षेत्री समाजले क्षेत्रीहरुलाई आदिवासी जातिको सूचिमा सूचिकृत गरी जल जमीन जंगल र जडिबुटीमा अधिकार सुनिश्चित गर्न कार्यदलले तयार पारेको प्रतिवेदन नै मुख्य प्रमाण हुने दाबी गरेको छ । क्षेत्री समाजले खस क्षेत्री खास आदिवासी जाति भएको भन्दै जनसंख्याको आधारमा राज्यका सबै तहमा समानुपातिक...

बालुवाटारमा माओवादीको क्षेत्रीय कार्यालय

दमक, माघ २९/ एकीकृत नेकपा माओवादीले झापा क्षेत्र नम्बर-७ को क्षेत्रीय कार्यालय तथा सहिद स्मारक बनाउन शुरु गरेको छ । दमक-१३ को बालुवाटारमा स्थानीय टोल विकास संस्थाले प्रदान गरेको २ कठ्ठा ऐलानी जग्गामा पार्टीले कार्यालय निर्माण थालेको हो । बालुवाटारमा भवन निर्माणको काम गर्दै मजदुरहरु । फोटा ः पिपुल्स टाइम्स पार्टीका क्षेत्रीय कार्यालय सचिव अमर केसीले नेता कार्यकर्ताहरुलाई स्तर हेरी ५ सय रुपैयाँदेखि ५ हजार रुपैयाँसम्म सहयोग अनिवार्य गरी भवन निर्माण शुरु गरिएको जानकारी दिए । करिब २ करोड रुपैयाँको...

कविताको युग वैरागी काइला

धनकुटे कान्छा वैरागी काइँला भन्छन् अहिले सम्झँदा- कविता लेख्ने प्रेरणा कहाँबाट पाएँ को उत्तरमा मसँग त्यस्तो ठूलो र आकर्षण कुरा छैनन् । बालककाल देखिको भावुकताले हुर्केर अभिव्यक्त हुनलाई पछिबाट अर्काको देखासिकीमा लेख्ने बलचाँही गरेको छु-सम्झना यत्ति छ । त्यत्ति हो । अझ अगाडि उनी भन्छन्- मनका कुराहरु अक्षरमा उभिएर कविता भएछन्-को बोधले खुशी पनि लागेको छ पछिबाट मलाई । तर आजतक-कविता के हो बुझ्नु भने सकेको छैन मैले । म जत्तिकै सरल सहज र स्वभाविक अनि रहस्यमय पनि कविता हो कि -बारम्बार लाग्छ मन भित्र पसेर म सधैँ हराएको छु । यी कुराहरु हुन कविताको...

गजल

आचार्य प्रभा दशैंको त्यो रम´मलाई मनमा लिई हाँस्दैछु म परदेशमा भए पनि अतितको याद साँच्दैछु म । फुले होलान् सयपत्री आँगनमा मुस्काउँदै यता भने काँडाघारी मनमा पाली बाँच्दैछु म । घर आँगन सिगार्न सबै उता ब्यस्त होलान् यहाँ भने ´´ल्कोको दागसम्म माँस्दैछु म । गाउँघरमा च्याब्रुङ्मादल घन्किएर बज्दैछन् रे विदेशमा बिलापको गीत कथी नाँच्दैछु म । निधारमा आिशÈको टिका सबले टाँस्दै होलान् प्रवासमा आसुँ ´ार्दै ´ुटो आिशÈ टाँस्दैछु म ।   प्रकाश नेपाल मायाको बो´ थाम्नै गारो भो मरुभूमि मै ढलें म त तिखो बचनको ज्वाला भित्र ज्यूदै ज्यूदै जलें म त कति सपना...

अवशेष - टङ्क आचार्य

1. प्रेम । हाम्रो पालामा कागजको सानो टुक्रामा लेखिएका शब्दहरुबाट हाम्रो प्रेम शुरु हुन्थ्यो । त्यो बेलाका प्रेमहरु एक दुई बाहेक सबै प्रेमहरु दुःखान्तमा टुङ्गिन्थे । अहिले प्रेम प्रस्तावका लागि एउटै एस।एम।एस। काफी छ । आज मोज गरौँ भोलिका लागि भोलि नै सोचौँला भन्ने यो जमानामा टिनएजरहरुबीच लभको पारो कसरी हाई र कसरी लो हुन्छ के कुराले केटीहरुको एट्रोजेन बढाउँछ र के ले केटाहरुको हार्मोन शिथिल पार्छ यसको त्यति वास्ता गर्दैनन् । हिजो आजका ठिटाठिटीहरु मोज मस्ती गर्न पाए भइहाल्छ उनीहरुलाई । -अब हाम्रो पालामा भने के थियो भने एन्टोन चेखभले भने...

दमकदेखि काठमाण्डौ काठमाण्डौ देखि दमकसम्म - यात्रा स्मरण

सुमित्रा बाङ्देल "चेली" त्यसपछि श्री हृदयरत्न बज्राचार्य ज्यूले कार्यक्रमको औचित्य दमक बहुमुखी क्याम्पसको कि्रयाकलाप सस्रती स्लाइड मार्पुत देखाउनु भयो । यो परियोजना सन् २००७ बाट सामुदायिक क्याम्पसहरुमा लागू भएको अन्य क्याम्पसहरु पनि त्तब्ब् प्राप्त गर्ने उपक्रममा जुटेको कुरो प्रकाश पार्नुभयो स्मरण रहोस् उक्त समारोहमा अन्य सामुदायिक क्याम्पसहरुको प्रतिनिधिहरुको उपस्थिति थियो । त्यसपछि दमक बहुमुखी क्याम्पसलाई सम्मान तथा सर्टिफिकेट प्रदान गर्ने कार्यक्रम रह्यो । दमक बहुमुखी क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष श्री सुरेश सुब्बा ज्यूलाई माननीय...

शान्ति प्रकि्रयामा अर्को फड्को - दोस्रो लेख

प्रविण बानिया मुलुकको जारी शान्ति प्रकि्रयामा माओवादी लडाकुहरुको समायोजन तथा पुर्नःस्थापनाको विषय सबैभन्दा पेचिलो र जटिल मुद्धा हो । शान्ति प्रकि्रया शुरु भएको यति लामो समय बितिसक्दा पनि माओवादी लडाकुहरुको मुद्धाले निकास नपाउदा सिङ्गो शान्ति प्रकि्रयाको हलो अड्किए सरह सावित हुँदै आएको थियो । तर प्रमुख दलहरु बीच पछिल्लो पटक बनेको सातबुँदे सहमतिले लामो समयदेखि अवरुद्ध शान्ति प्रकि्रयालाई एउटा गति र दिशामा उभ्याएको सही हो । खास गरी माओवादी लडाकु समायोजन तथा पुर्नःस्थापनाको विषयले निकास पाउने सङ्केत देखिदैं गर्दा उक्त सातबुँदे सहमतिलाई धेरैले...

सिद्धान्तको खोलभित्र स्वार्थ - पहिलो लेख

नरपति पाण्डे असल समाजको निर्माण गर्न विभिन्न कालखण्डमा राजनीतिक परिवर्तनहरु भएका छन् । व्यक्ति समाज र देशको समग्र प्रगतिका लागि राजनीतिले नै सम्बोधन गर्ने गर्दछ । शोषण नभएको समाज निर्माण गर्न प्रजातान्त्रिक आन्दोलन र जनवादी आन्दोलनको चर्को रुप नेपालले खेप्दै आएको छ । हुन पनि नेपालमा अधिकारको शोषण भएको थियो । संस्कृतिको शोषण भएको थियो । आस्था र विचारको शोषण भएकेा थियो । श्रम र पसिनाको शोषण भएको थियो । त्याग र बलिदानको शोषण भएको थियो । सेवा र समर्पणको शोषण भएको थियो । शोषणकर्ता अभियुक्तहरु को थिए त नाफाखोरी व्यापारीहरु र तिनीहरुलाई सुरक्षा...

केही सिक्नै पर्छ-सम्पादकीय

नेपाली शान र गौरव विरलै उचो हुने गरेको छ । उसो त नेपाली समाजले युगौँ देखि गीत घन्काउँदै आएका छन्-यो नेपाली शीर उचाली संसारमा लम्कन्छ जुनकिरी झैँ ज्योति बाली अन्धकारमा चम्कन्छ…ू यतिबेला एउटा विशेष कारणले नेपाली शीर उचो भएको छ । यद्यपि राष्ट्रलाइई यो गौरबको गुाजायस छ÷छैन फरक विषय बन्न सक्छ । हाम्रो राष्ट्र भ्रष्टाचार गरीबी अराजकता कानुनी राज्यका प्रचलित ऐन कानुन उल्लंघन गर्ने कार्यमा विश्वकै कहलिँदो सूचिमा छ । नेपालका जनताको दैनिक आम्दानीको कयौँ गुणा बढी श्रण छ मुलुकलाई । अस्थिरता अराजकता दण्डहिनताले नेपाली समाजको गला रेटिएको थिचिएको र मुख...